नयाँ दिल्लीमा वायु प्रदूषण भयावह, नेपालमा पनि असर देखिँदै

द एभरेष्ट पोष्ट
१८ कार्तिक २०८१ १४:४४
नयाँ दिल्लीमा वायु प्रदूषण भयावह, नेपालमा पनि असर देखिँदै

भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदुषण भयावह अवस्थामा पुगेको छ । जाडो मौसम सुरु नहुँदै दिल्लीमा वायु प्रदूषणको समस्या यो वर्ष पनि गम्भीर अवस्थामा पुगेको बताइन्छ ।

भारतीय केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीको नेहरू नगरमा सबैभन्दा बढी प्रदूषण देखिएको छ । उक्त नगरमा आज बिहान १० बजेको समयमा वायु प्रदुषण ४ सय ५० एक्यूआई पाइएको थियो । दिल्लीका अधिकांश स्थानको वायु प्रदुषण ४ सय हाराहारीमा छ ।

भारतमा विशेषगरी नयाँ दिल्लीमा दिपावलीको दिन पड्काइने पटका र वरपरका पञ्जाव, हरियाणा र उत्तर प्रदेशका खेतबारीमा बालिने झारपातका कारण हिउँद नलाग्दै वायु प्रदुषण उच्च हुने गरेको छ । अघिल्ला वर्षमा उक्त प्रदुषण नेपालको राजधानी काठमाडौं र त्यसभन्दा पूर्वसम्म पनि पुग्ने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस