अस्ट्रेलियामा उडिरहेका दुई विमान ठोक्किएर खसे

काठमाडौं । अस्ट्रेलियाको सिड्नीदेखि दक्षिणपश्चिम क्षेत्र शनिबार दुईवटा हल्का विमान आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान भएको विमान दुर्घटनामा तीन जना अपरिचित व्यक्तिको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ । उनीहरूको पहिचान पत्ता लगाउने प्रयास भइरहेको बताइएको छ । एजेन्सी