परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा बैठकपछि कतारमा भएको उक्त सम्मेलनमा सहभागी हुन मन्त्री राणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ पुगेकी थिइन् ।
आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको मन्त्री राणाको दाबी छ । उनले भनिन्, ‘कतारमा एसियन कोअपरेटिभ डाइलग थियो । त्यसमा २ वटा इस्यु थियो–एउटा एआईकै इस्यु थियो । त्यसमा अन्तर्राष्ट्रिय जगतले नै चासो देखायो । वल्ड पिस, एसियामा भइरहेको लडाइँका विषयमा पनि कुरा भयो । त्यहाँ स्पोर्टस् डेभ्लोमेसीको कुरा पनि थियो । त्यसमा मैले नेपालमा माउन्टेरिङ र वाटर र्याफ्टिङको एकदमै सम्भावना भएको कुरा राखेँ । हामी त्यसमा लिडरसिप लिनसक्छौं भन्ने कुरा पनि राखेर आएको छु ।’
उनले आफू जुन देशमा पुग्दा पनि नेपाल र नेपालीप्रतिको राम्रो दृष्टिकोण बनेको पाएको बताइन् । ‘नेपालको इमेज बढाउन, नेपालमा इन्भेष्टमेन्ट ल्याउन, नेपालको विकास गर्ने काममा लागि यो भ्रमण सफल भएको छ,’ उनको दाबी छ ।