टेक्नोको नयाँ फोन स्पार्क ३० सी सार्वजनिक

काठमाडौं । टेक्नो नेपालले नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ ।
नेपाली बजारमा टेक्नोले ल्याएको स्पार्क ३० सी को सुरुवाती मूल्य १६ हजार ४ सय ९० रुपैयाँ (६ं१२८ जीबी भेरियन्ट) र ८ं२५६ जीबी भेरियन्टको मूल्य १९ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।
खासगरी जेन जी कलेजका विद्यार्थी र ट्रेन्डसेटरहरूका लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता र अत्याधुनिक प्रविधिको संयोजन रहेको छ ।
कम्पनीले ३० सेप्टेम्बरदेखि अनलाइन र अफलाइन दुवै माध्यममा स्पार्क ३० सी उपलब्ध हुने जनाएको छ । उसले स्पार्क ३० सीले गेमिङ, मल्टिटास्किङ र मनोरञ्जनको उत्कृष्ट अनुभव प्रदान गर्ने दाबी गरेको छ ।
५० एमपी एचडी प्राइमरी क्यामेरा, ५००० एमएएच क्षमताको ब्याट्री र १ सय २० हर्ट्ज डिस्प्ले रहेको स्पार्क ३० सीको १२ प्लस १ महिनाको वारेन्टीमा १०० दिनसम्म फोन रिप्लेसमेन्टको ग्यारेन्टी रहेको कम्पनीले जनाएको छ ।
स्पार्क ३० सी को अर्बिट ब्ल्याक, अर्बिट ह्वाइट, र म्याजिक स्किन ग्रीन रंगमा उपलब्धता रहेको छ ।