बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने तयारी

द एभरेष्ट पोष्ट
१७ असोज २०८१ ५:४३
बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने तयारी

काठमाडौँ — नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा फिर्ता हुने भएको छ ।

रिट निवेदक सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले घिमिरेका बिरुद्ध दायर गरिएको मुद्दा फिर्ता लिने बताएका हुन् ।
सर्वोच्च अदालत प्रशासनले असोज १४ मा बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलनाको मुद्दा दर्ता गरेको थियो । न्यायपरिषद्को न्यायाधीश सिफारिससम्बन्धी निर्णयमाथि आलोचना गरेको विषयलाई लिएर बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको थियो ।

मुद्दाको पहिलो पेसी कात्तिक १ का लागि तोकिएको थियो । बार जनताको आवाज र लोकतन्त्रको हिमायती भएकोले यसको नेतृत्वका बिरुद्ध दायर गरिएको अवहेलनामा दिएको प्रतिबेदन फिर्ता लिएको जानकारी गराएका छन् ।

उनले कार्तिक १ मा अदालत खुलेको दिन मुद्दा फिर्ताको निवेदन दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस