डाक्टर विद्याप्रसाद पन्त ५ हजार अमेरिकी डलरसहित ‘बोबर्ग–एन्स लेक्चर एन्ड अवार्ड’ बाट सम्मानित

द एभरेष्ट पोष्ट
१२ असोज २०८१ ६:१७
डाक्टर विद्याप्रसाद पन्त ५ हजार अमेरिकी डलरसहित ‘बोबर्ग–एन्स लेक्चर एन्ड अवार्ड’ बाट सम्मानित

धनगढी : कैलालीको गेटा आँखा अस्पतालका पूर्व निर्देशक तथा आँखा विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्तले ‘बोबर्ग–एन्स लेक्चर एन्ड अवार्ड’ पाएका छन् ।

 एसियाली मुलुकहरूमा यो अवार्ड पाउनेमा उनी पहिलो व्यक्ति हुन । आँखा विशेषज्ञ मध्ये ५ हजार अमेरिकी डलर राशिको पुरस्कार उक्त पुरस्कार पाउने पन्त पहिलो एसियाली व्यक्ति हुन ।
डेनिस अप्थाल्मोलोजिकल सोसाइटीले आफ्नो वार्षिकोत्सवको अवसरमा शुक्रबार डाक्टर पन्तलाई उक्त पुरस्कार प्रदान गरेको हो । डेनिस अप्थाल्मोलोजिकल सोसाइटीले हरेक वर्ष उक्त पुरस्कार आँखाको क्षेत्रमा विश्वव्यापी रुपमा उत्कृष्ट कार्य गर्ने विशेषज्ञलाई यो पुरस्कार दिदै आएको छ ।

गेटा आँखा अस्पतालका संस्थापक अलवर्ट कोलस्टडका सहायकबाट सन १९८४ बाट आँखा उपचारको क्षेत्रमा प्रवेश गरेका डाक्टर विद्या प्रसाद पन्तका नाममा विश्वमा एकै दिनमा सबैभन्दा बढी आँखाको शल्यक्रिया गर्ने र एसियाली मुलुकमा सबैभन्दा बढी शल्यक्रिया गर्ने रेकर्डहरू बनेका छन् ।

कैलालीको गेटा आँखा अस्पतालमा उनले २४ घण्टामा ३१२ जनाको शल्यक्रिया गरेको विश्व रेकर्ड रहेको छ । एसियाली मुलुकमा २ लाख भन्दा बढी मानिसहरूको आँखाको शल्यक्रिया गरेको रेकर्ड पनि डाक्टर विद्या प्रसाद पन्तको नाममा छ ।
गेटा आँखा अस्पतालको निर्देशकबाट राजीनामा दिएपछि डाक्टर पन्त म्यानमार सहित एसिया र दक्षिण एसियाका अविकिसीत र विकासशील मुलुकहरूमा आँखा उपचारको क्षेत्रमा खटिएका छन् ।

अनवरत रुपमा ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा कार्यरत रहेका ७० वर्षीय डाक्टर पन्तले आँखा उपचारको क्षेत्रमा गरेको उत्कृष्ट कार्यको प्रशंसा गर्दै डेनिस अप्थाल्मोलोजिकल सोसाइटीले उनलाई ५ हजार डलरको ‘बोबर्ग–एन्स लेक्चर एन्ड अवार्ड’ दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस