प्रधानन्यायाधीशमा राउतलाई नियुक्त गर्न संवैधानिक परिषद्को सिफारिस

काठमाडौँ,३१ भदौ ।
संवैधानिक परिषद्को सोमवार साँझ बसेको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरेको छ ।
न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका ८ जना न्यायाधीशहरु मध्य संवैधानिक परिषद्ले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
परिषद्ले वरिष्ठताका आधार सर्वोच्चका न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको बताईएको छ ।
न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोज शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको नाम सिफारिस गरी पठाएको थियो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी १९ असोजमा ६५ वर्षे उमेर हदका कारण अवकाश हुँदैछन् ।