अमेरिकी हवाई आक्रमणमा परी यमनमा ६८ जनाको ज्यान गयो

काठमाडौँ –अमेरिकी सेनाले यमनको सादा प्रान्त (गभर्नोरेट) स्थित आप्रवासी हिरासत केन्द्रमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जनाको मृत्यु गएको छ ।
यमनको नागरिक सुरक्षा संस्थाका अनुसार सादा शहरमा गरिएको यो रातभरि चलेको आक्रमणमा थप ४७ जना घाइते भएका छन् । आक्रमण भएको केन्द्रमा करिब १०० जना अफ्रिकी आप्रवासीहरू राखिएका थिए ।
अमेरिकी पक्षले अहिलेसम्म यो आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि, अमेरिकी सेनाको केन्द्रिय इकाई (सेन्ट्रल कमाण्ड)ले यसअघि जारी गरेको वक्तव्यमा १५ मार्चदेखि सुरु भएको “तीव्र र स्थायी अभियान” अन्तर्गत ८०० भन्दा बढी लक्ष्यमा प्रहार गरिएको र सयौं हुथी लडाकू र नेताहरू मारिएको दाबी गरिएको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मार्च १५ देखि इरान समर्थित हुथी विद्रोहीहरू विरुद्ध अमेरिकी आक्रमण अभियान तीव्र पारेको हो, जुन अभियान पूर्व राष्ट्रपति जो बाइडेनको पालामा सुरु गरिएको थियो ।
हुथीहरूद्वारा २०२३ अक्टोबरमा इजरायली माथि गरिएका हमलाको प्रतिशोधस्वरूप गाजामा इजरायली कारबाही सुरु भएपछि यमनबाट पनि अमेरिकी र ब्यापारिक जहाजहरू लक्षित हमला सुरु भएको थियो ।