घाईते नेपाली काँग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सहित सबैको अवस्था खतरामुक्त

धनगढी, १४ बैशाख ।
भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परी घाईते भएका नेपाली काँग्रेस सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह (मनु) सहित तीन जनाको अवस्था खतरामुक्त रहेको छ ।
शाहजहाँपुरस्थित सरकारी अस्पतालमा उपचाररत शाहको अवस्था खतरामुक्त चिकित्सकले बताएका छन् । तीनै जनाको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका हुन् । शाहको टाउकोमा चोट लागेको छ । उनकी पत्नीको हात भाँचिएको छ ।
खुटारमा दुर्घटनामा घाईते भएका छ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको थियो । तीन जनाको खुटारस्थित अस्पतालमा उपचार भईरहेको छ।
परिवारका सदस्य सहित धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आज बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको हो ।
शाह चढेको गाडी बससंग ठोकिएको थियो । बसको ठक्करबाट उनी चढेको गाडी पुरै क्षतिग्रस्त भएको छ ।
दुर्घटनापछि खुटारस्थित सरकारी अस्पतालमा भर्ना गरिएका शाह सहितका घाईतेलाई आकस्मिक उपचारपछि शाहजहाँपुर लगिएको हो । त्यहाँ पनि उपचार संभव नभएपछि लखनउ लगिने बताईएको छ । शाहको अवस्था खतरामुक्त रहेको बताईएको छ ।
दुर्घटनापछि खुटारस्थित सरकारी अस्पताल भर्ना गरिएका शाहलाई त्यहाँबाट शाहजहाँपुरस्थित सरकारी अस्पतालमा रेफर गरिएको थियो।
बसको ठक्करबाट शाह चढेको गाडीको अगाडिको भाग पुरै कच्याकचुक भएको छ । दुर्घटना लगत्तै घट्नास्थल पुगेका सर्वसाधारणहरुले गाडीभित्रबाट शाह सहितका घाईतेहरुलाई बाहिर निकालेका थिए । शाह नियमित स्वास्थ्य जाँचका लागि सपरिवार दिल्ली जादै थिए ।
गाडीमा शाह, उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाई सवार थिए । शाह, उनकी पत्नी र बहिनीलाई थप उपचारका लागि शाहजहाँपुर लगिएको हो । शाहकी छोरी, आमा र ज्वाईको खुटारस्थित अस्पतालमा उपचार भईरहेको छ।
दुर्घटनाको जानकारी पाएपछि धनगढीबाट हिडेका परिवारका सदस्य शाहजहाँपुर पुगेका छन् ।