आमा

१४ वैशाख २०८२ ७:५३
आमा

मनभरी असंख्य पीडा
आँखाभरी अनगिन्ती सपना
फेरि पनि मुस्कुराईरहने
आँखाका डीलभित्र लुकाएर आँशु
ओठमा मुस्कान छर्ने
यो कला होईन
हो, अदभूत सामथ्र्य
भन त तिमीमा त्यो अद्भूत सामथ्र्य
कहाँबाट आयो ?

सैयौ अभाव झेल्यौ
कैयौ दवाव झेल्यौ
तर कहिल्यै भनिनौ ऐया
बस्, मुस्कुराई रह्यौ
भन त तिमीलाई दुख्छ कि दुख्दैन ?
दुखाईमा पनि मुस्कुराउन कहाँबाट सिक्यौ ?

किनारसंगै अविरल बग्ने नदी
नदी झै बग्ने तिमी
न थाक्छौ
न भाग्छौ
न बिचलित हुन्छौ
भन त तिमी के ले बनेकी छौ ?
तिमी नदी जस्ती
जो रोकिदैन कहिल्यै
बगिरहन्छ निरन्तर
निरन्तर
जसले मार्दैन थकाई
हाल्दैन जसले सुस्केरा
जसले भन्दैन ऐया
बगिरहनु जसको धर्म हो
तिमी र नदी उस्तै उस्तै लाग्छ मलाई
दया, माया
र, करुणाको सागर तिमी
तिमीभित्र खाँदिएको बात्सल्य प्रेम
मापन गर्न नसकिने
सगरमाथाभन्दा अग्लो
मातृत्व र सहनशिलताको उचाई
सन्तानहरुमा न्यौछावर ग¥यौ
आफ्ना सबै ईच्छा,आकांक्षा र रहरहरु

आमा
तिमी आकाश जस्ती
तिमी सागर जस्ती
जोभित्र फैलिएको छ, माया
अनन्त आकाशजस्तै
जोभित्र फैलिएको छ, करुणा
त्यो गहिरो सागर जस्तै
आकाश ओढेर सुतेको
सागर झै तिमी

तिमी गुलाव जस्ती
तिमी ईस्पात जस्ती
कोमलता गुलाव जस्तो
सबै चोट सहन सक्ने
त्यो सामथ्र्य, ईस्पात जस्तो
भन त आमा,
तिमी गुलाव हौ कि ईस्पात ?

आमा,
तिमी सुरक्षाकवच
तिमी भरोसा
तिमी अटुट विश्वास
पेटलाई पटुकाले बाँधेर
तिमीले भोक सह्यौ
आफ्नो गास काटेर
भ¥यौ सधै सन्तानको पेट
तिमीलाई भोक लाग्छ कि लाग्दैन ?

आमा भन त,
तिमीलाई कहिल्यै
जिम्मेवारीको बोझले थिचेन ?
तिम्रा सपनाहरुले
तिमीलाई पछ्याईरहदा
आफ्नै सपनाहरुले
तिमीलाई गिज्याईरहदा
तिमी त बस्, मुस्कुराईरहयौ

आफू रित्तिएर
तिमीले माया बाडिरह्यौ
आफू खिईएर
तिमीले साहस भरिरह्यौ
सन्तानहरुमा
आफ्ना
रहर, आकांक्षा र सपनाहरु दवाएर
तिमीले सधै भन्यौ, म छु नि

आमा भन त,
तिमी के ले बनेकी छौ ?
तिमी गुलाव जस्ती
तिमी ईस्पात जस्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस