जनसम्पर्क समिति नर्वेको सभापतिमा पारसमणि मिश्र विजयी

द एभरेष्ट पोष्ट
९ वैशाख २०८२ १५:०७
जनसम्पर्क समिति नर्वेको सभापतिमा पारसमणि मिश्र विजयी

नर्वे, ९ बैशाख ।
नेपाली कांग्रेस जनसम्पर्क समिति नर्वेको सभापतिमा पारसमणि मिश्र विजयी भएका छन् । आइतबार सम्पन्न जन सम्पर्क समिति नर्वेको पाँचौं अधिवेशनबाट मिश्र सभापतिमा बिजयी भएका हुन् ।

अधिवेशनका क्रममा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा निकटतम प्रतिद्धन्दी  शालिकग्राम अर्याललाई ९७ मतको फराकिलो अन्तरले हराउँदै मिश्र बिजयी भए ।

निर्वाचन अधिकृत नविन थपलियाका अनुसार मिश्रले मिश्रले २८३ मत ल्याउदा अर्यालले १८६ मत ल्याए ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा पूर्ण शाही सर्वसम्मत निर्वाचित भए । चार उपाध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको थियो ।

जसमा गणेश थापा, रमेश घिमिरे, गोविन्द अधिकारी र चक्रविक्रम शाही निर्वाचित भएका छन् । उक्त पदमा सुनिल ढुङ्गाना, इन्द्रकुमार थापा र रोशन अधिकारीले पनि चुनावी प्रतिस्प्रर्धामा भाग लिएका थिए । 

त्यस्तै महामन्त्रीमा सुरेश यादव र रमेश सुवेदी, कोषाध्यक्षमा निर्मला परियार, सहमहामन्त्रीमा विनोद श्रेष्ठ, कृष्णबहादुर खत्री र नरेश बास्कोटा निर्वाचित भएका छन् । 

२१ सदस्यीय कार्यसमिति सदस्यमा घनश्याम तिवारी, नविन सापकोटा, नवराज श्रेष्ठ, रमेश शर्मा र शुनिल बास्तोला निर्वाचित भए । 

नेपाली जन सम्पर्क समिति नर्वेका सभापति जितेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं भारतस्थित जनसम्पर्क समिति सभापति बालकृष्ण पाण्डेको प्रमुख अतिथि रहेका थिए । 

अधिवेशनपछि निवर्तमान अध्यक्ष शाहीले नव निर्वाचित कार्यसमितिलाई बधाई दिनुका साथै कार्यकालको सफलताको शुभकामना दिए ।

नव निर्वाचित सभापति मिश्रले चुनावी प्रतिस्पर्धालाई बिर्सेर सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता गर्दै सबैको साथ र सहयोगको अपेक्षा गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

सोफिज वर्ल्ड

२ वैशाख २०८२ १२:३६

खोज्नुहोस