बझाङको साईपालमा पाँचदिनयता ईन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

द एभरेष्ट पोष्ट
९ वैशाख २०८२ १३:३७
बझाङको साईपालमा पाँचदिनयता ईन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

बझाङ, ९  बैशाख ।
बझाङको विकट साइपाल गाउँपालिकामा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ ।

सञ्चार सेवा अवरुद्ध हुँदा साईपाल गाउँपालिकाका सञ्चार सम्पर्कबाट बिच्छेद भएको छ । जसका कारण स्थानीयको दैनिकीसंगै गाउँपालिका र बैंकिङ सेवा समेत प्रभावित भएको छ।

स्थानीय बासिन्दाले नेपाल टेलिकम केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई टेलिफोन र इन्टरनेट सेवा सुचारु गर्न सरकारसंग लिखित अनुरोध गरेका छन् ।

घाम लागेको समयमा मात्र नेटवर्क लाग्ने गरेको साईपालमा सोलारबाट व्याट्री चार्ज हुन नसक्दा बेलाबेलामा नेटवर्कमा समस्या उत्पन्न हुने गरेको स्थानीयको गुनासो छ ।

पाँच दिनयता टेलिफोन र ईन्टरनेट सेवाबाट बञ्चित भएका स्थानीय बासिन्दाले तत्काल सञ्चार सेवा सञ्चालनका लागि आग्रह गरेका छन् ।

नेटवर्कको क्षमता र गुणस्तर बृद्धिको आग्रह गर्दै स्थानीय बासिन्दाहरुले नेपाल टेलिकम केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृतसंग आग्रह गरेका हुन् ।

स्थानीय बासिन्दा प्रदीप बोहरा, कृष्ण बिक, नरेश बिक, सुमित बोहरा, नारायण धामी लगायतका स्थानीय बासिन्दाले नेपाल टेलिकमसंग लिखित रुपमा आग्रह गरेका छन् ।

टु जी सेवा मात्र सञ्चालनमा रहेको ईन्टरनेट समेत साईपालमा ईन्टरनेट समेत अत्यन्त स्लो चल्थ्यो । त्यसमाथि त्यही सेवा पनि अवरुद्ध हुदा स्थानीय बासिन्दाको दैनिकी समेत प्रभावित भएको छ ।

एभरेष्ट बैंक साईपालका कर्मचारी हरीश अवस्थीले पाँच दिनयता साईपालका जनता सञ्चार विहीन भएको बताए ।

साईपाल भरीमै धलौनमा एउटा मात्र वाईफाई सुविधा रहेको बताए । बैंकबाट दुई घण्टा पैदल हिडेर साँझ वाईफाई भएको ठाउँमा पुगेको उनले सुनाए । उनले भने,कुरा गर्दा गर्दै ईन्टरनेट अवरुद्ध हुने अवस्था छ ।

उनी ईन्टरनेट सेवा अवरुद्ध भएपछि बैंकिङ सेवासंगै गाउँपालिकाको सुविधा समेत प्रभावित भएको बताउछन् ।

अवस्थीले टेलिफोन र ईन्टरनेट सेवा अवरुद्ध भएपछि साईपालका दुई हजारभन्दा बढि नागरिक प्रभावित भएको बताए ।

उनले साईपालका नागरिकका समस्या सरकार र टेलिकमलाई सुनाई दिन समेत आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस