भट्टलाई गभर्नर नियुक्त नगर्न माग गरिएको रिट हेर्न नभ्याइनेमा

द एभरेष्ट पोष्ट
७ वैशाख २०८२ १६:२२
भट्टलाई गभर्नर नियुक्त नगर्न माग गरिएको रिट हेर्न नभ्याइनेमा

काठमाडौं,७ बैशाख ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न माग सहित दायर भएको रिट हेर्न नभ्याइनेमा परेको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा आजका लागि पेशी तोकिएकामा हेर्न नभ्याइनेमा परेको हो ।

आज ४१ वटा मुद्दाको सुनुवाइ हुन लागेकामा अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिट र निवेदनको पेशी ४० औं नम्बरमा परेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस