ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयलाई दिइने आर्थिक सहयोग

द एभरेष्ट पोष्ट
२ वैशाख २०८२ १२:१५
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयलाई दिइने आर्थिक सहयोग

काठमाडौं । डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिइने २ अर्ब डलरभन्दा बढीको सङ्घीय कोष रोकेको छ ।

प्रतिष्ठित कलेजले ह्वाइट हाउसको माग अस्वीकार गरेपछि यस्तो कदम चालिएको बीबीसीले जनाएको छ ।

“हार्वर्डको भनाइले हाम्रो राष्ट्रका सबैभन्दा प्रतिष्ठित विश्वविद्यालय र कलेजहरूमा व्याप्त विचलित गर्ने अधिनायकवादी मानसिकतालाई प्रतिबिम्बित गर्दछ,” शिक्षा विभागले भन्यो ।

यसअघि ह्वाइट हाउसले हार्वर्डलाई मागहरूको सूची पठाएको थियो ।

विश्वविद्यालयमा यहूदी विरोधी भावनाविरुद्ध लड्न यी मागहरू तयार पारिएको ह्वाइट हाउसको दाबी छ । यी मागहरूमा विश्वविद्यालयको प्रशासन, भर्ना र नियुक्ति प्रक्रियामा परिवर्तन समावेश थियो ।

तर, हार्वर्डले सोमबार यी मागहरूलाई दृढतापूर्वक अस्वीकार गर्‍यो । विश्वविद्यालयले भन्यो, “ह्वाइट हाउसले हाम्रो समुदायमाथि नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस