नयाँ वर्ष

१ वैशाख २०८२ ७:०३
नयाँ वर्ष

यसअघिका वर्षहरुमा
तिमी सधै क्यालेण्डरमा आयौ
तिमी कफिनमा आयौ
आँखामा आँशु ल्याएर आयौ
मनमा निराशा बोकेर आयौ
छोडेर आयौ, कही
उत्साह, ऊमंग र सपनाहरु

यस पटक तिमी
हरेक नेपालीको
मुस्कान ल्याएर आउनु, ओठमा
आशा जगाएर आउनु, मनमा
मिठो सपना बनेर आउनु, आँखामा
आउनु, सुखद भविश्य बनेर जीवनमा

तिमी त्यसै आयो भने
फेरि पनि तिमीलाई
झुड्याउनेछु, क्यालेण्डरमा
हो, तिमी क्यालेण्डरमा
झुण्डिन आउदै नआउनु

युवाको मलामी गईरहने देश
छोराको यादमा वर्षौदेखि
नुनिलो आँशु पिएर
बाँचेकी बुढी आमा
अनिदो पहाडको जीवन बाँचेकी जहान
र, बाबाको बाटो कुरेर बसेकी छोरी

जसले बर्षौ भयो, बिशुँ नमनाएको
तिमी यस पटक
बुढी आमाको छोरोसंगै आउनु
आउनु, बिहा पछि नफर्केको
‘बैकान’ ल्याएर
र, ल्याएर आउनु नानासंगै छोरीको बाबा
ती सबैका लागि आउनु
खुशी, आशा र सपना बोकेर
नयाँ वर्ष,
यस पटक तिमी एक्लै नआउनु
पालुवा पलाएको त्यो पीपलमा
फर्किउन, परदेशिएका कोईलीहरु
र, गाउन ऊमंगका गीतहरु

क्यालेण्डरका हरेक पत्रहरु
पल्टाउदा
मिलोस, सुख, समृद्धि र ऐश्वर्य
तिमी यस पटक
एक्लै नआउनु है,
नयाँ वर्ष ।।

धनगढी,कैलाली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस