दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

द एभरेष्ट पोष्ट
२८ चैत २०८१ १७:०३
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, चैत २९ गते । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसार काठमाडौंका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी अपीलराज बोहराले प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जानकारी दिए । प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

प्रहरीले दुवैलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार अलदालतले म्याद थपको अनुमति दिएको हो । तीनकुने घटनामा फरार रहेका प्रसाई र खड्कालाई आज झापाको भद्रपुरबाट नियन्त्रणमा लिई काठमाडौं ल्याइ जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस