स्ववियु निर्वाचन : कैलाली बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघ विजय

द एभरेष्ट पोष्ट
२८ चैत २०८१ १६:२८
स्ववियु निर्वाचन : कैलाली बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघ विजय

धनगढी । स्वतन्त्र विद्यार्थी युनियनको बुधबार भएको निर्वाचनमा कैलाली बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघ विजय भएको छ । नेविसंघका उम्मेदवार सन्तोष पन्त ८ सय २७ मत ल्याउँदै विजयी भएका हुन् ।

निर्वाचन अधिकृत तर्कराज भट्टका अनुसार अध्यक्षमा अखिल क्रान्तिकारीका पवन सुनारले ५ सय २८ मत प्राप्त गर्दा अनेरास्ववियुका यमराज जोशीले ४२७ मत प्राप्त गरे । यस्तै विद्यार्थी एकता समूहकी उम्मदवार अम्बिका चौधरीले ९२ मत प्राप्त गरिन् भने अनेरास्ववियूका सुनिलराज जोशीले ६८मत प्राप्त गरेका छन्।

सचिवमा नेविसंघकै ओमप्रकाश बस्ती ६ सय ९७ मत ल्याउँदै विजयी भएका छन् । उनका निकटतम प्रतद्वन्द्वी अनेरास्ववियुका किरणप्रसाद उपाध्यायले ४ सय ९८ मत ल्याएका छन् । कोषाध्यक्ष पदमा भने नेविसंघकी प्रमिला शाहलाई ४ मतले पराजित गर्दै अखिल क्रान्तिकारीका धर्मराज तिमिल्सेना विजयी भएका छन् । तिमिल्सेनाले ४ सय ८ मत ल्याउँदा शाहले ४ सय ४ मत पाएकी छन् ।

सदस्यमा नेविसंघका राम रोकाया, सरिता भट्ट, पूजन विष्ट,जनक खड्का, देवेन्द्र धामी, बिनिता चौधरी, रामबहादुर बोगटी, पूजा ओड र गणेश दाहाल विजयी भएका छन्।

क्याम्पसमा कूल ३ हजार ५ सय ९२ जना मतदाता रहेकोमा २ हजार ५७ मत खसेको थियो । जसमध्ये ७२ मत बदर भएको थियो । स्ववियू निर्वाचनमा कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिमको सबैभन्दा बढी मतदाता भएको क्याम्पस हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस