टीकापुर बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

द एभरेष्ट पोष्ट
२८ चैत २०८१ ११:५९
टीकापुर बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

कैलाली । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पस र कृषि विज्ञान सङ्काय स्कुल अफ एग्रिकल्चरको संयुक्त स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घको प्यानल नै विजयी भएको छ ।

चैत २७ गते भएको निर्वाचनको २८ गते साँझ सार्वजनिक मत परिणाम अनुसार नेवि सङ्घका अध्यक्षका उम्मेदवार किरण साउँद ६५२ मत पाइ विजयी हुनु भएको छ । उनका प्रतिस्पर्धी अनेरास्ववियुका गोविन्दप्रसाद भण्डारीले ५४७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार देवा शिषजंग थापाले ४२ मत पाइका छन् छ । निर्वाचनमा कूल एक हजार २५४ मत खसेको थियो ।

यसै गरी सचिवमा नेवि सङ्घकै उम्मेदवार छविलाल चौधरी ६१९ मत, कोषाध्यक्षमा डिम्पल चौधरी ६६६ मत पाइ विजयी हुनु भएको निर्वाचन अधिकृत आत्माराम अधिकारीले जानकारी दिनुभएको छ । सदस्यमा नेवि संघकै समीक्षा शाही, कुशल जैसी, शिशिर तिरुवा, आस्मा चौधरी, इशान लम्साल, मनोज धामी, अनुषा कुमारी चौधरी, शिशिर रावल विजयी भएका छन्।

समानुपातिक तर्फ नेवि सङ्घले ६८२ मत, अनेरास्ववियुले ३१३ मत, नागरिक विद्यार्थी समाजले १२७ मत र अखिल क्रान्तिकारीले ११४ मत पाएको छ । निर्वाचनमा नेवि सङ्घ एक्लै र अनेरास्ववियु, अखिल क्रान्तिकारी, नागरिक विद्यार्थी समाज, अखिल समाजवादी संयुक्त प्यानल बनाएर निर्वाचनमा भाग लिएका थिए । यस अघिको निर्वाचनमा पनि नेवि सङ्घ नै विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस