कैलाली बहुमुखी क्याम्पसमा मतगणना पुनः शुरु, नेविसंघको प्यानलको अग्रता कायमै

द एभरेष्ट पोष्ट
२८ चैत २०८१ ८:४०
कैलाली बहुमुखी क्याम्पसमा मतगणना पुनः शुरु, नेविसंघको प्यानलको अग्रता कायमै

धनगढी, २८ चैत्र ।
कैलाली बहुमुखी क्याम्पसमा मध्यराति रोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत गणना आज बिहान शुरु भएको   छ ।

एक हजार मत गणना हुदा नेपाली विद्यार्थी संघले फराकिलो अन्तर बनाएको छ । दोब्बर बढि मतले नेविसंघका सभापतिका उम्मेदवार सन्तोष पन्तले अग्रता कायम गरेका छन् ।

नेविसंघका सभापतिका उम्मेदवार सन्तोष पन्तले चार सय ३४ मत ल्याएका छन् ।

हाल स्ववियु सभापति रहेका अनेरास्ववियुका उम्मेदवार यमराज जोशीलाई अखिल क्रान्तिकारी पवन सुनारले उछिनेका छन् ।
अखिल क्रान्तिकारीका सुनारले दुई सय ४५ मत ल्याएका छन् भने अनेरास्ववियुका जोशीले दुई सय पाँच मत ल्याएका छन् ।

नेविसंघकी बागी उम्मेदवार अम्विका चौधरीले ४७ मत ल्याएकी छन् । समाजवादी निकट अनेरास्ववियुका सुनिल राज जोशीले ३० मत ल्याएका छन् । अन्य पदाधिकारी र पदमा पनि नेविसंघले अन्तर बढाएको छ ।

नेविसंघले मतान्तर बढाएपछि मध्यराति नेविसंघ बाहेकका अन्य संगठनहरुले मत गणना बहिस्कार गरेका थिए ।
राति रोकिएको मत गणना आज बिहान शुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस