अछामको जयगढका अग्नि पीडितलाई प्रदेश सरकारले ५० लाख दिने निर्णय

द एभरेष्ट पोष्ट
२६ चैत २०८१ १२:०८
अछामको जयगढका अग्नि पीडितलाई प्रदेश सरकारले ५० लाख दिने निर्णय

धनगढी, २७ चैत्र ।

अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारका आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

मंगलवार राति ग्याँस लिक भएर लागेको आगो फैलिएर जयगढ बजारका २७ पसल जलेर नष्ट भएका थिए ।

बुधबार बिहान बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को जयगढ बजारका आगलागी पीडितहरुलाई ५० लाख सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले बताए ।

मुख्यमन्त्री शाहले आगलागीबाट भएको क्षतिको विवरण लिन प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री मेघराज खड्का र आन्तरिक मामिलामन्त्री हीरा सार्कीलाई जयगढ पठाउने निर्णय गरिएको बताए ।

मुख्यमन्त्री शाहले आगलागीबाट भएको क्षतिको प्रारम्भिक विवरण प्राप्त भएको र सोका आधारमा तत्काल ५० लाख रुपैया सहयोग गर्ने निर्णय गरिएको बताए ।

तस्वीर : धनराज साँउद

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस