अछामको जयगढ बजारमा भीषण आगलागी, २२ भन्दा बढि पसल जलेर नष्ट

अछाम, २६ चैत्र ।
अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजार लागेको नियन्त्रणभन्दा बाहिर गएको छ ।
साँझ ६ः४५ बजे पुष्पराज शर्माको पसलबाट फैलिएको आगोले २२ भन्दा बढि पसल जलेर नष्ट भएका छन् ।
आईएमई सेन्टर सञ्चालन गर्दै आएका शर्मा पसल बन्द गरेर गएपछि आगलागी भएको थियो । शर्माको पसलबाट फैलिएको आगोले पुरै बजार आगलागीको चपेटामा परेको हो । आगो फैलिएर शिक्षक रतन बहादुर साउँदको घरसम्म पुगेको छ ।
बान्नीगढी जयगढ गाउँपालिकाको दमकलको सहायताले सशस्त्र प्रहरी, प्रहरी र स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । सशस्त्र प्रहरीले आगो फैलिन नदिन जोडिएका घरहरुलाई भत्काउने कोसिस गरेका छन् ।