तीनकुनेमा मारिएका दुई जनाको परिवारलाई भाटभटेनीका गुरुङको सहयोग

द एभरेष्ट पोष्ट
२५ चैत २०८१ १३:२८
तीनकुनेमा मारिएका दुई जनाको परिवारलाई भाटभटेनीका गुरुङको सहयोग

काठमाडौं,२६ चैत्र ।
भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले काठमाडौंको तीनकुनेमा राजावादी समूहको आक्रमणका क्रममा मारिएका दुई जनाको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

भाटभटेनीका अध्यक्ष गुरुङले मंगलवार विहान मृतकका परिवारलाई चेक हस्तान्तरण गरे ।

तीनकुने हिंसाका क्रममा मृत्यु भएका एभिन्युज टीभीमा कार्यरत पत्रकार सुरेश रजककी श्रीमती सुजेन रजकलाई ताहाचलस्थित निवासमा पुगेर पाँच लाखको चेक दिएका गुरूङले अर्का मृतक कीर्तिपुरका सविन महर्जनकी पत्नी भविसालाई घरमै पुगेर उनले तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

उनले सविनकी श्रीमती भविसा महर्जनलाई तीन लाखरुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए ।पाँच लाखरुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

गुरुङले मृतक सविनकी श्रीमती भविसालाई भाटभटेनीमा जागिरको प्रबन्ध गरिदिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस