सुदूरपश्चिम प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य

द एभरेष्ट पोष्ट
२५ चैत २०८१ १२:३९
सुदूरपश्चिम प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य

धनगढी, चैत २६ गते । सुदूरपश्चिम प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य भएको छ । प्रतिपक्षी दलको अवरोधका कारण प्रदेशसभाको बैठक बस्न नसकिरहेकाले सूचना टाँस गरेर पाँचौं अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेकोको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

प्रदेश सभाको पाँचौं अधिवेशन गत साउन २७ गतेबाट सुरु भएको थियो । यो अधिवेशन अवधिभरि १९ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । पछिल्लो समय सरकारसँग विभिन्न माग राख्दै प्रतिपक्षी दलको अवरोधका कारण सभाको बैठक बस्न सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस