काठमाडौं – कमल थापा नेतृत्वको राप्रपा नेपालले तीनकुने घटना सरकारको नियोजित षडयन्त्र भएको निष्कर्ष निकालेको छ ।
सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले चैत १५ गतेको तीनकुने घटनालाई अराजक र हिंसात्मक बनाउन सरकार स्वयम् लागेको निष्कर्ष निकालेको हो ।
राप्रपा नेपालले कुनै अराजक गतिविधिमा संलग्न नरहेकाहरूलाई झुठा मुद्दा लगाई थुनामा राखिएको निष्कर्ष निकालेको छ । सबैलाई तत्काल रिहा गर्न समेत राप्रपा नेपाल सरकारसँग माग गरेको छ ।