रवि लामिछाने कारागार चलान

द एभरेष्ट पोष्ट
२४ चैत २०८१ १२:४४
रवि लामिछाने कारागार चलान

काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरी भैरहवा कारागार पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, सोमबार अदालती प्रक्रिया पूरा भएपछि उनलाई कारागार पठाइएको हो। लामिछानेलाई शुक्रवार राति काठमाडौँबाट पक्राउ गरिएको थियो, र चैत २३ गते बिहान यति एअरलाइन्सको विमानमार्फत गौतमबुद्ध विमानस्थल ल्याइएकाे थियाे।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको आरोपमा थुनामा पठाउन आदेश दिएको थियो । पहिलेको १ करोड धरौटी आदेशलाई खारेज गरिदिएको छ। अदालतको फैसला नभएसम्म लामिछाने कारागारमै रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस