‘विगतमा केही कमजोरी गरेकाले समस्या पैदा भए’ : प्रचण्ड

काठमाण्डौं, १५ चैत ।
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी दलहरूले जनअपेक्षाअनुरूप काम गर्न नसक्दा राजावादीहरूले टाउको उठाउन खोजेको बताएका छन्।
उनले आफूहरूले त्यसप्रति आत्मालोचना गर्नुपर्नेमा प्रचण्डको जोड छ। “हामी गणतन्त्रवादीले जनताका आशा/अपेक्षाअनुरूप काम गर्न नसकेकै कारण इतिहासको कुडा-कर्कटमा पुर्याइएकाहरूले टाउको उठाएका हुन्।”
“हामी गम्भीर आत्मालोचना गर्दै गल्तीबाट शिक्षा लिएर जनताका सम्पूर्ण जनताको पक्षमा लाग्छौँ।”
उनले नेपाली जनता र राजनेताको उदारतालाई उट्याउने कोसिस नगर्न चेतावनी दिए। उनले विगतमा गरेका गल्तीको फल अहिले उनले भोगिरहेको र थप गल्ती नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिए।
उनले “सामन्ती निरङ्कूशता र दलाल पुँजीवादलाई पूर्ण रूपमा परास्त गर्नका लागि अर्को क्रान्ति आवश्यक भएको” पनि बताए।
उनले गणतन्त्रवादीले केही गल्ती गरेकाले अरूले फाइदा उठाएको भन्दै अब सच्चिएर आफूहरूले नयाँ क्रान्तिको नेतृत्व गर्ने दाबी गरे। उनले तीनकुनेमा “मण्डले अराजकता” फैलाएको र आगलागी गरेको भन्दै राजावादी प्रदर्शनकारीहरूको आलोचना पनि गरे।
अहिले पनि केपी शर्मा ओली उल्टो बाटो हिडेको बताए।
उनले कुलमानलाई हटाइएको विषयलाई उल्लेख गर्दै त्यो व्यक्तिको लडाइँ नभइ सुशासन र कुशासनको लडाइँ भएको बताए।
गणतन्त्रको मर्म विपरीत सत्ताधारी ‘बिचौलियाको मतियार’ बनेको बताए।
उनले जनतामा अहिले देखिएको आक्रोशको समीक्षा गरेर लोकतन्त्रतर्फ फर्कँन आग्रह पनि गरे।
जनतातर्फ नफर्किए “बिचौलियाको पछाडि लागिरहेमा” अबको क्रान्तिको तारो सत्ताधारी दल र त्यसका नेता पर्ने चेतावनी पनि प्रचण्डले दिएका छन्।
उनले आत्मआलोचनासहित मोर्चासँग सहकार्य गर्न पनि आग्रह गरे।
वीवीसी नेपालीबाट