बद्रीनाथमा हिमपहिरो, फसेका ५७ जनामध्ये १० जनाको उद्धार

एजेन्सी – भारतको उत्तराखण्डको चमोली जिल्ला स्थित बद्रीनाथ मन्द्रिर क्षेत्रमा शुक्रबार ठूलो हिमपहिरो जाँदा ठूलो संख्यामा कामदार फसेका छन् । सडक निर्माणमा संलग्न कम्तीमा ४७ जना कामदार हिउँको ठूलो थुप्रोमुनि फसेका छन् । हिमपहिरोमा फसेका १० जनालाई उद्धार गरिएको छ । भने अन्यको उद्दार कार्य जारी छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भने, “सीमा सडक सङ्गठन (बीआरओ) शिविरका निर्माण मजदुरहरू बद्रीनाथको माना गाउँनजिकै काम गरिरहेका समय एक्कासी हिमपहिरो आउँदा केही व्यक्ति हिउभित्र फसेका छन् । उद्धारका लागि सुरक्षकर्मी त्यसतर्फ गइसकेका छन् ।” प्रहरी मुख्यालयका प्रवक्ता आईजी निलेश आनन्द भर्नेले यो समाचार तयार पार्दासम्म ५७ जना कामदारमध्ये १० जना कामदारको उद्धार गरिएको बताए ।