यूएसएआईडीका साढे पाँच हजार बढी कर्मचारी बिदामा

अमेरिकामा ट्रम्प प्रशासनले यूएसएआईडीका अधिकांश कर्मचारीलाई बिदामा पठाएको छ ।
युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएआईडी)का ४ हजार २ सय कर्मचारीलाई बिदामा पठाइएको बीबीसीले जनाएको छ ।
यसबाहेक कम्तीमा एक हजार ६ सय कर्मचारीलाई जागिरबाट निकालिएको समाचारमा उल्लेख छ । तीमध्ये कतिजना कर्मचारीलाई फिर्ता गर्ने भन्ने टुंगो छैन ।ट्रम्प प्रशासनले सरकारी खर्च घटाउन एलन मस्कको सरकारी दक्षता विभाग वा डज योजनाअन्तर्गत संघीय कर्मचारीको संख्या घटाउने प्रयास गरिरहेको छ।
यूएसएआईडी सन् १९६१ मा स्थापना भएको थियो । जसमा लागत कटौतीसम्म करिब १० हजार कर्मचारी कार्यरत थिए ।