पाकिस्तानमा बसबाट ओरालेर सात यात्रुको हत्या

काठमाडौँ- पाकिस्तानमा अज्ञात समूहले एक यात्रुबाहक बसमा आक्रमण गरेर सात जनाको हत्या गरेको छ।
बलूचिस्तानको बरखान जिल्लामा अज्ञात समूहले बसबाट ओरालेर उनीहरूको हत्या गरेका हुन्। यो आक्रमण गएराति भएको हो।
बरखान प्रहरीका अनुसार आक्रमणकारीले बसमा गोलीबारी गरेको र त्यसपछि सात जनाको हत्या गरेका छन्। अज्ञात समूहले क्वेटाबाट लाहौरतर्फ गइरहेको यात्रुबाहक बसलाई निशाना बनाएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक सबै जना पाकिस्तानको पञ्जाब राज्यका हुन्।