सेती अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने एक पक्राउ

द एभरेष्ट पोष्ट
५ फागुन २०८१ १७:५२
सेती अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने एक पक्राउ

धनगढी, फागुन ५ गते । कैलालीको सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण राना पक्राउ परेका हुन् । बिरामी कुरुवा बसेका रानाले आज विहान अस्पतालमा कार्यरत डा. वेदप्रकाश भट्टमाथि आक्रमण गरेको जनाइएको छ ।

बिरामी बुबाको कुरुवा बसेका कृष्णले बिरामी जाँच गरेर बाहिर निस्किने क्रममा डाक्टरमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए । कृष्णको आक्रमणबाट डाक्टर भट्टको मुखमा चोट लाग्नुका साथै चश्मा फुटेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस