परराष्ट्र मन्त्री राणा र कतारका परराष्ट्र मन्त्री मुरैखीबीच भेटवार्ता

विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह

द एभरेष्ट पोष्ट
४ फागुन २०८१ १४:४९
परराष्ट्र मन्त्री राणा र कतारका परराष्ट्र मन्त्री मुरैखीबीच भेटवार्ता

काठमाण्डौं, ४ फागुन
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र कतारका परराष्ट्र मामिला मन्त्री सुल्तान बीन साद बीन सुल्तान अल मुरैखीबीच आज भेटवार्ता भएको छ ।

आठौं हिन्द महासागर सम्मेलन २०२५ का क्रममा परराष्ट्र मन्त्री राणाको कतारका परराष्ट्र मामिला मन्त्री मुरैखीबीच भेटवार्ता भएको हो ।

दुई पक्षीय भेट वार्तामा परराष्ट्र मन्त्री राणाले कतारका परराष्ट्र मामिला मन्त्री मुरैखीबीच मुरैखीसंग दुई पक्षीय र बहुपक्षीय सहयोग, दक्ष जनशक्ति र छात्रवृतिका बारेमा छलफल भएको जनाएकी छन् ।

कतारका परराष्ट्र मामिला मन्त्री मुरैखीसंग ७ अक्टोवर २०२३ देखि हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेको परराष्ट्र मन्त्री राणाले बताएकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस