काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर बन्यो

काठमाडौं : वायु प्रदूषणको हिसाबले काठमाडौं विश्वकै दाेस्राे स्थानमा प्रदुषित सहरको सूचीमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई बिहान ११: १२ बजे १८३ पुगेको छ ।
पाकिस्तानको कराची २२४ एक्यूआईसहित प्रदूषित शहरमध्ये पहिलो नम्बरमा छ । दोस्रो स्थानमा नेपालको काठमाडाैं शहर रहँदा तेस्राे स्थामा चीन उहान रहेको छ । १५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ ।