नेपालमा ठूलो आन्दोलनको आवश्यकता महसुस गर्दैछु : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा ठूलो आन्दोलनको आवश्यकता महसुस भइरहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित संविधान निगरानी समूह र आईएसएसआर ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “नेपालमा एउटा ठूलो आन्दोलन आवश्यक हो कि भनेर मलाई नै लाग्न थालेको छ। के देशले फेरि अर्को आन्दोलन खोजेको हो?”
प्रचण्डले जनतामा निराशा बढिरहेको र यसले मानिसहरूको मनमा आन्दोलनको विचार उठाएको जिकिर गरे। “जनतामा निराशा लगातार बढ्दै गइरहेको छ। अब प्रश्न भनेको भनेको विस्तारै मानिसहरूको मनमा आउँदैछ,” उनले थपे।