युवा व्यवसायी तथा समाजसेवी पुष्कर राज ओझा सम्मानित

धनगढी, २५ माघ ।
नेपाली काँग्रेस कैलालीले युवा व्यवसायी तथा समाजसेवी पुष्करराज ओझालाई सम्मान गरेको छ ।
शुक्रवार धनगढीमा शुरु भएको नेपाली काँग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनमा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी ओझा सम्मान गरिएको हो ।
सम्मेलनको प्रमुख अतिथि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले ओझालाई कदर पत्र प्रदान गरिन् ।
परराष्ट्र मन्त्री डा. राणा र नेपाली काँग्रेस कैलालीका सभापतिद्धारा हस्ताक्षरित कदर पत्रमा लामो समयदेखि व्यापार तथा व्यवसायमा संलग्न रही मर्यादित र सेवामुखी बनाउदै समाजसेवा र रोजगारी प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको उल्लेख गरिएको छ ।
विशेष अटोमोवाईल्स प्रा.लि र विशेष मोटाकर्प प्रा.लि.का सञ्चालक ओझा रोटरी क्लव अफ धनगढीका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष हुन् ।
100%x