अमेरिकामा ४० हजार संघीय कर्मचारीले एकै पटक छोडे जागिर

द एभरेष्ट पोष्ट
२५ माघ २०८१ १४:१८
अमेरिकामा ४० हजार संघीय कर्मचारीले एकै पटक छोडे जागिर

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले संघीय कर्मचारी कटौती गर्ने नीति अघि बढाएपछि देश भित्र र बाहिर बहस चुलिएको छ। संघीय सरकारमा कर्मचारीहरूको संख्या घटाउने योजनाअन्तर्गत ट्रम्प प्रशासनले कर्मचारीहरूलाई स्वेच्छिक राजीनामाको प्रस्ताव गरेको थियो।

यस प्रस्तावअनुसार करिब ४० हजार संघीय कर्मचारीले जागिर छोड्ने निर्णय गरेका छन्। प्रशासनले राजीनामा दिने कर्मचारीलाई आगामी सेप्टेम्बरसम्मको पारिश्रमिक प्रदान गर्ने योजना ल्याएको थियो, जसका लागि फेब्रुअरी ६ सम्मको समयसीमा तोकिएको थियो।

यसैबीच, एलन मस्कको नेतृत्वमा गठन भएको सरकारी दक्षता विभागले घरबाट काम गरिरहेका संघीय कर्मचारीहरूलाई कार्यालय फर्कन निर्देशन दिएको छ। नयाँ निर्देशअनुसार ती कर्मचारीहरूले हप्ताको पाँच दिन कार्यालयबाटै काम गर्नुपर्नेछ।

स्वेच्छिक राजीनामा स्वीकार्ने कर्मचारीलाई आठ महिनाको तलब र निश्चित भत्ता प्रदान गरिने भए पनि, राजीनामा दिनेहरूको संख्या प्रशासनको अपेक्षाभन्दा कम रहेको बताइएको छ।

ट्रम्पको यो निर्णयको विरोध पनि भइरहेको छ। अमेरिकन फेडरेशन अफ गभर्नमेन्ट एम्प्लॉइज युनियनका अध्यक्ष एभरेट केलीले संघीय कर्मचारीहरूलाई प्रशासनको नीति स्वीकार गर्न दबाब दिइएको आरोप लगाएका छन्।

सरकारी तथ्यांकअनुसार अमेरिकामा संघीय कर्मचारीहरूको संख्या ३० लाखभन्दा बढी रहेको छ, जुन देशको १५ औं सबैभन्दा ठूलो कार्यबल मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस