धनगढीमा ब्राण्ड प्रतिको आकर्षण बढ्दो,खुल्यो नयाँ शो रुम

रञ्जना बिसी
धनगढी, १९ माघ ।
एक समय थियो, जुत्ता र कपडा लगाउन पाए पुग्यो । त्यो कुन कम्पनीको हो ? कसैलाई वास्ता हुदैनथ्यो ।
समय फेरियो । मान्छेहरु अरुले लगाएको जुत्ता र कपडामा चासो राख्न थाले । साथीभाई माझ चर्चा हुन थाल्यो, उसले त महंगो ब्राण्डका जुत्ता र कपडा लगाउछ ।
त्यही चर्चा, चासो र आकर्षणले ब्राण्डेड जुत्ता र कपडाको माग हुन थाल्यो । ग्राहकहरुको मागलाई मध्यनजर गर्दै धनगढीमा ब्राण्डेड जुत्ता र कपडाका पसलहरु खुल्नेक्रम शुरु भएको छ ।
हालै धनगढीको एलएनचौकमा ईर्के, पीक, जुमा र एन्टा ब्राण्डका जुत्ता र कपडाको शो रुम खुलेको छ । व्यवसायी अनिल चौधरीले ब्राण्डेड जुत्ता र कपडा प्रति ग्राहकहरुको बढ्दो आकर्षण र माग देखेर शो रुम खोलेको बताए ।
व्यवसायी चौधरीद्वारा सञ्चालित शो रुममा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय ब्राण्ड ईर्के, पीक, जुमा र एन्टा ब्राण्डका जुत्ता र कपडा उपलब्ध छन्। जहाँ छ हजार देखि १६ हजार सम्मका जुत्ता र दुई हजार देखि १५ हजार रुपैयासम्म कपडा पाइन्छन् । भन्छन्, सुदूरपश्चिममा फेसनेवल तथा उच्च गुणस्तरका जुत्ता र कपडाको अभाव महशुस गर्दै ग्राहकहरुको माग र सुविधालाई मध्यनजर गर्दै ब्राण्डेड जुत्ता र कपडाको शो रुम खोलेको हूँ ।
अन्तर्राष्ट्रिय स्तरको व्यवसायको विस्तारले धनगढीको आर्थिक तथा व्यापारिक गतिविधिलाई नयाँ उचाइमा पु¥याउने चौधरीको भनाइ छ ।
यो ब्राण्डले धनगढीको बजारमा विविधता मात्र होइन रोजगारीका अवसरहरू सिर्जना पनि गरेको छ । सुदूरपश्चिमका फेसनप्रेमी तथा गुणस्तर खोज्ने ग्राहकहरुलाई नयाँ विकल्प दिएको छ ।
धनगढीका ग्राहकलाई ब्राण्डेड कपडा जुत्ता उपलब्ध गराउने मेरो पहिला देखि नै सपना थियो, सञ्चालक चौधरी भन्छन्,अहिले त्यो पुरा भएको छ ।
विगत २५ वर्ष देखि धनगढीमा जुत्ता चप्पल व्यापार गर्दै आएका चौधरीका लागि यो यात्रा सहज भने थिएन । केही समय व्यवसायमा धेरै उतारचढाव आयो आयो । तर उनी बिचलित भएनन् ।
कोरोना अघि उनको व्यापार राम्रै थियो । कोरोनाले थला परेको व्यापार तंग्रिदै थियो । सडक विस्तारका क्रममा धनगढी उपमहानगरपालिकाले मूल सडकका संरचना भत्काएपछि व्यापार धराशायी भयो । उनले घाटा सहे । तर व्यवसाय छोडेनन् ।
बरु उनले व्यवसायमा नयाँपन दिने सोचे । र, ब्राण्डेड जुत्ता र लुगाको शोरुम खोल्ने निधो गरे । र, खोले नयाँ शोरुम । शोरुमको भुई तलामा ईर्के ब्राण्डका जुत्ता र लुगाहरु उपलब्ध छन् । पहिलो तलामा जुमा, एन्टा र पीक ब्राण्डका जुत्ता र कपडाहरु ।
देखासिकी र ब्राण्डप्रतिको बढ्दो आकर्षणले डो¥याएर ग्राहकहरु शो रुममा पुग्न थालेको चौधरीको अनुभव छ ।
राष्ट्रि«य अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण योगदान भएपनि सरकारको व्यवहार र नीति व्यवसायी मैत्री नभएको उनको गुनासो छ । व्यवसायीसंग करमात्र असुल्ने कि, व्यवसायी पनि बचाउने ? उनी प्रश्न गर्छन्, व्यवसायी बाँचे पो कर तिर्लान । न बाँचे कसरी तिर्लान ? सरकारले यस तर्फ कहिले सोच्ला ?