कांग्रेस नेता शेखर कोइरालाले बेलायतको संसदमा सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद (वेस्ट मिनिस्टर) मा सम्बोधन गर्ने भएका छन् ।

उनले पुस २९ गते संसद भवनमा आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने बताइएको छ । उक्त कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहने छ ।

नेता कोइराला बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा पुस २५ गते त्यसतर्फ जाँदै छन् ।

बेलायतको संसद भवन भित्र त्यहाँका मन्त्री र सांसदलाई सम्बोधनको अवसर पाउने डा. कोइराला पहिलो नेपाली नेता हुनेछन् ।

धनगढीको विकासका साक्षीहरु

धनगढी,२० पुस । पाँच दशकअघिसम्म मलेरिया र औलो प्रभावित क्षेत्रका रुपमा चिनिने र मान्छेहरु बस्न डराउने धनगढी पाँच दशकको अबधिमा सुदूरपश्चिम प्रदेशको राजधानी मात्र बनेन । सुदूरपश्चिमका पहाडसंगै नेपालका अन्य भूभागका बासिन्दाका लागि समेत सुरक्षित र आकर्षक व्यवसायीक केन्द्रसमेत बनेको छ ।

पाँच दशकअघि सुनसान धनगढी यतिबेला सुदूरपश्चिमकै गुल्जार शहर बनेको छ । यहाँ व्यापार र बसाई सराई गरेर अन्यत्रबाट मान्छेहरु आउने क्रम तिब्र भएकै कारण धनगढी नेपालको महंगो शहर समेत भएको छ । यहाँको आकाशिएको जग्गाको मूल्य कोभिड १९ बाट समेत प्रभावित भएन ।

पाँच दशकअघि सडकको ट्रयाक समेत नभएको धनगढीमा यतिबेला फराकिला सडक छन्  । धनगढी-अत्तरीया जोड्ने सडक ६ लेनको भईसक्यो । पाँच दशकअघि एउटा मेडिकल पसल र विद्यालय नभएको धनगढीमा हरेक वर्ष सुबिधा सम्पन्न अस्पताल र विद्यालयहरु खुल्नेक्रम जारी छ । सुबिधा सम्पन्न मेडिकल कलेज सञ्चालनमा आउने क्रममा छ ।

आजको अंकमा उहिलेको धनगढी कस्तो थियो ? आजको धनगढी बन्न कति दशक लाग्यो ? धनगढीको विकास क्रमलाई नजिकबाट हेरेका ती पाका मान्छेहरुसंग गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौ, जो धनगढीका विकासका साक्षी हुन् ।

तिनै मध्येका एक हुन्, डा. शिवदत्त जोशी । ५७ वर्षअघि वि.स.२०२४ सालमा धनगढीमा डा. जोशीले खोलेको मेडिकल यो क्षेत्रकै पहिलो निजी मेडिकल थियो ।

वि.स.१९८८ साल मंसिर २३ गते बैतडीको शेरामा जन्मिएका जोशी कैलाली कञ्चनपुरका शिक्षा,स्वास्थ्य, राजनीति र यहाँको विकासका साक्षी हुन् । र हुन् उनी राणा शासन,पञ्चायती व्यवस्था, प्रजातन्त्र, गणतन्त्र र हरेक परिवर्तनका साक्षी । उनले राणा शासन देखे । २००७ साल देखे । २०१५ को मुलुकको पहिलो संसदीय निर्वाचनलाई नजिकबाट महशुस गरे । २०३६ को जनमत संग्रह अझै बिर्सिएका छैनन । २०४७ को प्रजातान्त्रिक आन्दोलन उनको आँखामा अझै ताजै छ । त्यसपछि १० वर्षे सशस्त्र संघर्ष, २०६२/६३ को जनआन्दोलन त पनि उनले नजिकबाट हेरे ।

भारत सरकारले प्रदान गर्ने कोलम्बो प्लानको छात्रबृतिमा उनी चार वर्षे आयुर्वेदाचार्य व्याचलर अफ मेडिकल सर्जरी(एएमबीएस) पढाई पुरा गरेका जोशीले सरकारी जागीर छोडेर निजी मेडिकल खोलेका थिए । उनी यतिबेला ९३ वर्षका भए । हामीले केही समयअघि उनीसंग यहाँको ईतिहास र उनकै बारेमा कुराकानी गरेका थियौ । उनीसंगै धनगढीका विकास नजिकबाट देखेका व्यक्तिहरुसंग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौ ।

डा. शिवदत्त जोशी, जोशी मेडिकल  

उहिलेको धनगढी

राणा शासन कालमा कैलाली र कञ्चनपुर एउटा गोश्वारा थियो । जिल्ला भईसकेका थिएनन । कैलाली कञ्चनपुर गोश्वाराको सदरमुकाम बेलौरी थियो । त्यही कारण त्यतिबेलाको प्रशासनिक केन्द्र बेलौरी थियो । वि.स.१९९७ मा सदरमुकाम धनगढी सारियो । र धनगढीमा बेलौरीबाट सरकारी कार्यालयहरु पनि सार्नेक्रम त्यही बेला शुरु भयो ।

कैलाली र कञ्चनपुर गोश्वाराको जनसंख्या ५० हजार जति थियो । २०१५ सालको निर्वाचनमा यहाँबाट लोकेन्द्र बहादुर शाहले चुनाव जिते । २०१९ सालमा जिल्ला बिभाजन भयो । कैलाली र कञ्चनपुर अलग भए ।

२०२० सालतिर धनगढीमा पाँचवटा मात्र घर पक्की थिए । जताततै जंगल थियो । अस्पतालका दुई वटा साना पक्की भवन थिए । गोश्वारा, अञ्चलाधिशको आवास, कारागार, वन बिभागको एउटा घर र माल अड्डा(मालपोत कार्यालय) का गरी जम्मा पाँच वटा पक्की घर थिए । केही फुसका घर थिए । जताततै जंगल । रुख काटेर चार खामा गाड्यो । माथि फुसले छायो । घर तयार भयो । घरको छाना नाम मात्रको हुन्थ्यो । भित्ता हुन्थेन । बिजुली वत्तीको त कसैले कल्पना पनि गर्थेन । मट्टितेल हालेर टुकी बाल्यो । बिजुली पनि होला भन्ने सोचेका पनि थिएनन । अहिलेको व्यस्त धनगढीको मुल सडकमा त्यतिबेला दिउसो एक्लो हिड्न डर हुन्थ्यो । अस्पताल नाम मात्रको थियो । जहाँ उपचारका लागि जानु भनेको मर्नु थियो । उपचार गर्न ल्याईएकाहरु पनि अन्तिम अवस्थामा ल्याइएका हुन्थ्यो । अस्पतालमै अधिकांशको मृत्यु हुन्थ्यो । मृत्यु भएपछि गाड्न धेरै टाढा पनि लग्थेनन । जताततै लाश गाडिएका हुन्थे । अहिलेका कतिपय वस्ती उहिले चिहानघर थिए । गाँउबाट लडियामा बिरामी आउथे । जमिन्दारहरु हात्तीमा चढ्थे । उनीहरुको सामान लडियामा आउथ्यो । मोहना नदी तर्न हात्ती पर्खिनु पथ्र्यो । हात्तीको तर्ने बेला मोहना पुग्नुपथ्र्यो । जो त्यो बेला पुग्यो, उ हात्तीमा तरेर पारी जान्थ्यो । बर्खामा मोहना नदी तरेर पारी जान सकिदैनथ्यो ।

धनगढी बजार अहिले जस्तो थिएन । सडकको ट्रयाक खोलिसकेको थिएन । बाटोमा जताततै खाल्डाखुल्डी । बर्खामा हिलो । हिउँदमा धुलो । जताततै जंगल भएका कारण धनगढीकै एक ठाउबाट अर्को ठाउ जादा डर हुन्थ्यो ।

धनगढीको पुरानो बजार हालको मस्जिद र शिवमन्दिर क्षेत्र हो । मस्जिदको गल्लीमा मुसलमान व्यापारी थिए । र शिवमन्दिरको गल्लीमा हिन्दु व्यापारी । पछि त्यहाँबाट बजार विस्तार हुदै गयो । उनी भन्छन्, अहिलेको चौराहा त त्यतिबेला केही थिएन । धनगढीमा मान्छे थिएनन । मान्छे नभएपछि व्यापार हुने कुरै भएन । एक जना भारतीय व्यापारीको सानो पसल थियो, उनी ३० को दशक सम्झना सुनाउछन्, उनले बरेलीबाट चामल, आटा र अरु सामान ल्याउथे । उनले पसल खोले सामान पाईन्थ्यो, नत्र पाईदैन थियो । शिव मन्दिरको छेउमा एक लालाको पसल थियो । जो हप्तामा एक दिन लखनउ जान्थे । र त्यहाँबाट ल्याउथे,दुई टोकरी फलफुल र तरकारी । धनगढीमा त्यही एउटा पसल थियो । तरकारी र फलफुल पाउने । तरकारी पनि हप्तामा एक दिन मात्र खान पाईन्थ्यो ।

तरकारी झै दुध पनि दुर्लभ थियो । धनगढीमा एउटा गोरे होटल थियो । डडेल्धुराबाट झरेका गोरेले एउटा भैसी पालेका थिए । दुध दही त्यतिबेला कोही खादैनथे । दुध खाए मलेरिया हुन्छ भन्ने डर थियो । दुध चियाका लागि मात्र प्रयोग हुन्थ्यो । र चियाका लागि दुध किन्नु परे गोरेको घरमा पुग्थे । दुध किन्ने त थपिए । तर गोरेको भैसी थपिएन । पछि धनगढीमा उनकै सिको गरेर अरुहरुले पनि भैसी पाल्न थाले । जसलाई गोरेले नै पहाडबाट धनगढी ल्याएर बसाएका थिए । यसरी धनगढीमा भैसी पाल्ने र दुध बिक्री गर्ने चलनको शुरुवात भयो ।

जुगेडा, फुलवारी पनि घनघोर जंगल थियो । लालझाडी चारकोशे झाडी । धनगढीमा वस्ती बस्न शुरु भयो,२०२४/२५ सालतिर । २०३६ सालतिर पहाडमा भोकमरी भयो । धमाधाम मान्छेहरु तराई झर्न थाले । पूर्वबाट पनि आए । आसाम र बर्माबाट लखेटिएर नेपालीहरु आए । त्यसपछि जंगल फाड्ने क्रम तिब्र भयो । पुनर्वास गरिएका जनतालाई सरकारले दुई वर्षसम्म पौष्टिक आहार दिएर पाल्यो ।

उहिले पैसाको महत्व 

उहिले मान्छेसंग साईकल हुन्थेन । रेडियो सिमित व्यक्तिसंग हुन्थ्यो । रेडियोका लागि पनि लाईसेन्स लिनुपथ्र्यो । त्यतिबेला टिभीको त कसैले पनि कल्पना गरेका थिएनन । तर मान्छेले अहिले मोटरसाईकल,कार, हेलिकोप्टर हुदै प्लेन समेत किनि सकेका छन् । ५० को दशकमा मैले टेलिभिजन किने । महाभारत र रामायण हेर्न मेरो घरमा सिनेमा हलमा झै भीड लाग्थ्यो । छिमेकी र बजारका मान्छे महाभारत र रामायण हेर्न आउथे ।

२०२४/२५ सालतिर डेढ सय रुपैयामा एक तोला सुन पाईन्थ्यो । २०३० सालसम्म ८० रुपैयामा एक हजार ईटा पाइन्थ्यो । प्रति क्विन्टल सरियाको मूल्य ८० रुपैया पथ्र्यो । र प्रति बोरा सिमेण्ट १५ रुपैयामा पाईन्थ्यो । २०१८ सालमा १० बिगाहा जग्गा मैले पाँच हजार रुपैयामा किनेको हूँ । अहिले धनगढीमा जग्गाको मूल्य छोई नसक्नु छ ।

जमिन्दारको बोलवाला

४० को दशकसम्म कैलालीका बिभिन्न भागमा जमिन्दारको शासन चल्थ्यो । जमिन्दारले जे चाह्यो, त्यो गर्थे । नियम,कानुन, प्रहरी, प्रशासन उनीहरुका अगाडि नाम मात्रका थिए । यद्दपि केही जमिन्दारहरु राम्रा पनि थिए । धनगढीमा डिल्लीराज भण्डारी,श्रीपुरमा चेतराज पन्त,बसौटीमा देशराज महतो, छिमानन्द महतो कहलिएका जमिन्दार थिए । कतिपय जमिन्दारको नाम उनी बिर्सिसके । अधिकांश जमिन्दारसंग हात्ती थिए । उनीहरु कही जानु पर्दा हात्तीमा जान्थे । कतिसम्म भने, देशराज महतो र छिमानन्द महतो दुधुवा नेशनल पार्कमा जादा रेल रोकिन्थ्यो । देशराजले उर्दी गर्थे, गार्ड से कहेदेना रेल दो घण्टा लेट चलेगी । यस्ता थुप्रै किस्सा छन्, जमिन्दारहरुका ।  देशराज महतोको चर्चा लखनउसम्म हुन्थ्यो । धनगढी र आसपासका थारु गाँउहरुमा महाजन हुन्थे । हरेक गाँउमा एक महाजन । जो भारतीय मुसलमान थिए । उनीहरु व्यापारका लागि वस्ती–वस्तीमा पसेका थिए । वर्षभरी उनीहरुले जमिन्दार तथा किसानलाई भने जति सामान दिन्थे । र एकै पटक पैसा उठाउथे । पैसा दिन नसक्नेले उनीहरुलाई आफ्नो जमीन दिन्थे । त्यो जमिन अरुलाई बेचेर उनीहरु आफ्नो पैसा असुल गर्थे । ती महाजनहरु भूमि सुधार लागु भएपछि फिर्ता भए ।

अंग्रेजले सुदूरपश्चिमको जोगबुढासम्म रेलको लिक पु¥याएका थिए । यहाँको सालको काठ ओसार्न रेलको लिक बिछ्याईएको थियो । धनगढीमा पनि रेलको लिक थियो । भारतबाट अंग्रेजीहरु लखेटिएपछि यहाँको रेलको लिक हटाईएको थियो ।

सामाजिक संघसंस्थाको स्थापना

मेरो नेतृत्वमा नेपाल रेडक्रस सोसाईटी कैलाली शाखा २०२७ सालमा भयो । जसको सभापति २०३७ सम्म रहे ।  २०४२ सालमा अपांग संघ खुल्यो । खेमराज शाही त्यसको पहिलो सभापति रहे । शाही जिल्ला पञ्चायतका सदस्य थिए । सामाजिक संस्थामा पञ्चायती व्यवस्थाका सहयोगी बाहेक अरुले नेतृत्व गर्न पाउथेनन । उनको पृष्ठभूमि पञ्चायती व्यवस्थाको सहयोगी थिएन । २०५० सालमा मेरो नेतृत्वमा नेत्रज्योती संघको स्थापना भयो ।

धनगढीमा शैक्षिक संस्थाको शुरुवात

२० को दशकसम्म धनगढीमा विद्यालय खुलिसकेका थिएनन । दुई वटा भाषा पाठशाला थिए । एउटा भाषा पाठशाला हालको नैनादेवी मन्दिरको छेउमा थियो । मन्दिर छेउमै रुख थियो । त्यही रुखको मुन्तिर फुसको छानो थियो । विद्यालय भने पनि भाषा पाठशालाको हविगत यस्तो थियो ।

२०३३ सालमा धनगढीमा पहिलो निजी विद्यालय ऐश्वर्य विद्या निकेतन सञ्चालनमा आयो । २०३७ सालमा कैलाली बहुमुखी क्याम्पस स्थापना भयो । कोषाध्यक्ष थिए, तोलाराम दुगड । दुगड यहाँका ठूला गल्ला व्यापारी थिए ।

सुनिल भण्डारी, नेता, नेपाली काँग्रेस

म उर्माको बिउसाहामा २००५ सालमा जन्मिए । बिउसाहा र धनगढीमा हाम्रो परिवारको जमिन्दारी थियो । बिउसाहाबाट भैसी र गोरु गाडा र लहरुमा धनगढी आउथ्यौ । घोडा चढेर हामी कैयौ पटक धनगढी आयौ । धनगढी आउदा बाटोमा घनघोर जंगल पथ्र्यो । बाटोमा जंगली जनावर र डाकाको डर हुन्थ्यो । अहिले जस्तो बाटो बनिसकेको थिएन । जंगलको भित्रभित्रै जहाँबाट हिड्यो । पछि त्यही बाटो बन्थ्यो ।

२०२० सालसम्म धनगढी जंगलले घेरिएको थियो । यो बजारका रुपमा बिकसित भईसकेको थिएन । दिउसै एक्लो हिड्न डर लाग्थ्यो । घरहरु पनि खासै थिएन । केही फुसका घरहरु थिए । अस्पताल, सिडिओ अफिस लगायत ३/४ वटा पक्की घर थिए । बेलौरी र भजनीमा बजार थियो । चौमाला,मालाखेती, सत्ती, मुडामा मण्डी थिए । २०१५ सालसम्म अघि कैलाली र कञ्चनपुर गोश्वाराको सदरमुकाम बेलौरी थियो । ७५ वटा जिल्लामा बनाएपछि मात्र कैलाली र कञ्चनपुर अलग भयो । र, कैलालीको सदरमुकाम धनगढी भयो । र, बेलौरीका सरकारी कार्यालयहरु धनगढी सारिए । त्यसअघि धनगढीमा हटिया चल्थ्यो । नुन, गुड, कासका भाडा, कपडाको हाट लाग्थ्यो । पहाडबाट पनि सामान किन्न हटियामा आउथे ।

२००७ सालअघि हाल मस्जिद रहेको क्षेत्रमा केही पसलहरु थिए । जसमध्ये एउटा पसल काशेपुरेको थियो । भारतको काशीपुरबाट आएको हुनाले उसलाई काशिपुरे भनेर चिन्थे । स्थायी पसलहरु थिएनन । भारतको बिभिन्न शहरबाट व्यापारीहरु खेती काट्ने सिजनमा आउथे । र, उनीहरु सामानसंग तोरी साटेर लग्थे । भारतको बरेली लगायतका क्षेत्रबाट आउने महाजनहरुले खेतीका लागि पहिले नै लगानी गर्थे । र, खेती काट्ने समयमा उनीहरु गाँउमै आईपुग्थे । र, लगानी वाफतको अन्नबाली उठाउथे ।

गौरीफन्टामा राम अवतारको मिल थियो । तिकुनियामा त्यस्तै अर्को मिल थियो । यहाँका किसानहरु त्यही गएर धान गहुँ बेच्थे ।

कैलाली नाला र मोहना नदीमा पुल लिएन । २०१० सालपछि मोहना नदीमा पुल बनेको हो । सीमावर्ती भारतीय बजार गौरीफन्टासम्म भारतीय रेल चल्थ्यो । धनगढीमा सरकारी विद्यालयहरु थिएनन । जमिन्दार र हुने खाने परिवारका सन्तानहरु पिलिभित, बरेली, लखनउ, नैनिताल पढ्न जान्थे ।

धनगढीमा २००७ सालअघि नै ब्रिटिस ट्याक्टर भित्रिए । हाम्रो परिवारसंग पनि मार्सल भन्ने ट्याक्टर थियो । मोटरसाईकल २०२० सालपछि धनगढी देखिन थाले । जिल्ला विकास समितिसंग एउटा मोटरसाईकल थियो । तर कसैलाई चलाउन आउदैनथ्यो । त्यो मोटरसाईकल कर्मचारीसंग मागेर मैले चलाएको छु ।

२०२० सालअघिको धनगढी र अहिलेको धनगढीको तुलना हुदैन । धनगढीले विकासमा ठूलो फड्को मारेको छ ।

ओमप्रकाश अग्रवाल, बरिष्ठ उद्योगपति

बि.स २००९ साल कार्तिकमा झापामा मेरो जन्म भएको हो । हाम्रो परिवार व्यापारको सिलसिलामा २०३७ सालमा धनगढी आएको हो । त्यति बेला धनगढीमा सानो बजार थियो उद्योगधन्दा थिएनन । अहिलेको जस्तो सडक थिएन । सवारी साधनहरु छिटफुटमा देखिन्थे । त्यति बेला यहाँ खासै उब्जनी हुदैन्थ्यो । बाहिरबाट किनेर ल्याएर खानु पथ्र्यो । त्यो बेला धनगढीमा त्यति बजार नहुँदा सामानहरु किन्न पनि भारत जानुपथ्र्यो । त्यो बेला यता उता जान सवारी साधनहरु पनि थिएनन । जता गए पनि हिँडडुल गरेर पुग्नु पथ्र्यो । अहिले सबैका घर घरमा ठूला ठूला गाडीहरु छन  । ठूला ठूला घरहरु बनेका छन् । करिब ४० वर्ष अघिको धनगढी र अहिलेको धनगढीमा धेरै फरक छ । अझै भन्ने हो भने जुन ४० वर्षसम्म विकास हुनुपर्ने हो त्यो अझै भने हुन सकेको जस्तो लाग्दैन् । सीमावर्ती भारतीय बजारहरु भन्दा धनगढीको विकास तिब्र गतिमा भएको छ । त्यतिमात्र होईन, धनगढीका मान्छेहरुको जीवनशैली छिमेकी भारतका शहरका उच्च स्तरको छ ।

राजकुमार अग्रवाल, बरिष्ठ उद्योगपति

१९९४ मा भद्रपुर जन्मिएका राज कुमार २०३६ सालमा धनगढी पुगे । उनले धनगढीमा सुरुमा ठेकेदारीको काम सुरु गरे । केहि वर्षपछि चित्रराज पन्तको जग्गा भाडामा लिएर धान चामलको गल्ला सुरु गरे । अहिले राज कुमारको नेतृत्वमा थुप्रै उद्योगहरु सञ्चालनमा छन् । राइस मिल मैदा मिल सञ्चालनमा छन् । सुरुमा धनगढी आउदा धनगढीमा सुनसान थियो । पुरै जंगलले घेरिएको थियो । कुनै पनि बाटोघाटो थिएन । साँझको समयमा एक्लै हिड्न समेत गाह्रो थियो । त्यतिबेला यहाँ घरहरु एकदमै कम थिए । त्यो बेला औलामा घरहरु गन्न सकिने अवस्था थियो । त्यो बेला धनगढीमा सेती अस्पताल मात्रै सञ्चालनमा थियो । कुनै पनि मेडिकलहरु थिएनन । डाक्टरपनि यहाँ आउन मान्दैनथे । सुदूरका नागरिकहरु बिरामी भएपछि भारतका विभिन्न सहरहरु जस्तै दिल्ली, लखनउ, पलिया लगायतका ठाँउहरुमा जानुपथ्र्यो । यहाँ बत्ती, खानेपानीको कुनै पहुँच थिएन । त्यो समयमा पुरै दुख कष्टकर थियो । त्यो बेला गौरीफन्टा नाकामा रेल पुग्थ्यो । तर अहिले रेल बन्द छ । तर अहिले धनगढीले विकासमा ठूलै  फड्को मारेको छ । धनगढी व्यापार व्यवसायको दृष्टिले राम्रो हो । विगत ३०/४० बर्ष अघि धनगढीमा व्यापारको प्रतिस्पर्धा थिएन ।

स्व. तारानाथ ओझा, समाजसेवी

डोटीको निरौलीबाट वि.स.२०१० सालमा तराई झरे । धनगढीमा आउदा ९ वर्षको थिए । त्यति बेला कैलाली जिल्ला जंगल नै भरिएको थियो । धनगढीको कुरा गर्नै हो भने धनगढीमा अहिलेको जस्तो बहुमूल्य सामान, अहिलेको जस्तो बस्ती थिएन् । त्यति बेला धनगढीमा तीन चार वटा मात्रै पसलहरु थिए  । जहाँ अहिले प्रदेश सभा भवन छ त्यहाँ पहिले भन्सार कार्यलय थियो । त्यति बेला नेपाली व्यापारी थिएनन । सबै भारतीय व्यापारी थिए । अहिले भन्सार कार्यालय पनि पुरै जंगलले भरिएको थियो । कपडाहरु किन्नको लागि भारतको बरेली, लखीमपुर जानु पर्दथ्यो । पलियामा राम्रो बजार थिएन । धनगढीमा एक दुई जीप र तीन/चार जिम्दार (जमिन्दार) का ट्याक्टर मात्रै थिए । टाढा टाढा जान पनि हिडेर जानुपथ्र्यो । शिक्षण संस्थाको नाममा केहि थिएनन् ।

धनगढीमा एउटा आजाद मेडी स्कुल थियो । त्यसमा २ जना शिक्षक थिए । त्यस्तै धनगढीमा राणाहरुले सञ्चालन गरेको भाषा पाठशालाहरु थिए । त्यसपछि धनगढीमा पञ्चोदय स्कुल स्थापना भयो । सुरुमा पञ्चोदय मावि अहिलेको त्रिनगर स्कुलमा रहेको थियो ।  पछि हसनपुर पञ्चोदय मावि लगियो र सो स्थानमा त्रिनगर स्कुल स्थापना भयो । स्वास्थ्यको अवस्था नाजुक थियो । धनगढीमा एउटै सेती अस्पताल थियो । त्यहाँ नेपालको कुनै पनि डाक्टर थिएन । सबै भारतबाट ल्याएर आमसर्वसाधारणलाई उपचार सेवा प्रदान गरिन्थ्यो । धनगढीमा अस्पताल र मालपोत कार्यालयका मात्र पक्की घर थिए । अब पहिलेको र अहिलेको कुरा गर्ने हो भने आकाश पातालको फरक छ । यसरी यहाँको विकास हुन्छ भने सोचेका पनि थिएनौ । तर अहिले हेर्नुस् धनगढी ठूलो शहर भइसकेको छ । (समाजसेवी ओझाको निधन भईसकेको छ । उहाँसंग तीन वर्षअघि धनगढीको विकासक्रमका बारेमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका हौ ।)

चक्रबहादुर सिंह, समाजसेवी, पूर्व अध्यक्ष, नवजीवन सहकारी संस्था,

म २००७ सालमा डोटीको तलहरा भन्ने स्थानमा जन्मेको हुँ । धनगढीमा २०२२ मा आएँ । तर, बसाइँ सराइँ २०२७/२८ सालमा भएको हो । पढाईको सिलसिलामा काठमाण्डौं थिए, त्यसै क्रममा जागिर सुरु गरे । र, जागिरको सिलसिलामा धनगढी आएको  हुँ ।

जतिबेला म यहाँ आए, धनगढी एकदम गाउँ जस्तो थियो । पक्की घर दुई÷तीन वटा देखिन्थे । बर्खा लागेपछि चिया खाने पसल पाइदैनथ्यो । एउटा गुरुजी भन्नेको पसल थियो, एउटा शर्माको । तिनीहरु प्नि चैत लागेपछि उठेर जान्थे । हिउँदको दिनमामात्रै अलिकति चहलपहल हुन्थ्यो । यहाँभन्दा बरु, मालाखेती, चौमालातिर बढी चहलपहल हुन्थ्यो । यहाँ खासै त्यस्तो केही थिएन ।

यहाँ बजार केही छँदै थिएन । अहिलेको सीडीओे कार्यालयको दक्षिणपट्टि सानो गोल बजार थियो । नेशनल ट्रेडिङको दुईटा दोकान थियो । त्यतिमात्रै थियो, अरु साना साना पसल थिए ।

मैले डोटीबाट इन्टर गरे । त्यसपछि काठमाण्डौं शंकरदेव क्याम्पसबाट ग्रेजुयसन पुरा गरे । जागिर खाए अनि जागिरकै क्रममा यहाँ आए । मैले कृषि विकास बैंकमा जागिर खाएँ । मैले बैंकमा ३० वर्ष काम गरेँ । अहिले रिटार्यड भएको छु ।

म धनगढी बस्न थालेपछि ‘डीडीआर’(धनगढी–डडेल्धुरा राजमार्ग) सुरु भयो । त्यहाँ धुलैधुलो हुन्थ्यो । बस रिक्सा भन्ने कुरा केहि पाइदैनथ्यो । यहाँबाट हिडेरै जानु पथ्र्यो । डोटीबाट छ/सात दिनमा हिडेरै हामी धनगढी पुग्थ्यौ । बजारमा पक्की घर छँदै थिएन । कच्ची बाटोमा पहिलो बाटो भनेकै धनगढी डडेल्धुरा राजमार्ग हो ।

त्यो बेला अस्पतालको नाममा यही सेती अस्पतालको पुरानो भवन थियो । अहिले भत्काएर नयाँ बनाइएको छ । अरु अस्पतालको नामै थिएन । गाउँतिर बंगाली डाक्टर भन्ने यस्तै, यस्तै बाहिरबाट आएकाले सेवा दिन्थे । म आउँदा २७ सालमा दुई वटा हाइस्कुल भइसकेको थियो यहाँ, त्रिनगर हाइस्कुल र पञ्चोदय । म आउने बेला त त्रिनगर मात्रै थियो । पञ्चोदय पछि स्थापना भएको हो ।

त्यो बेला कोही बिरामी भएमा उपचारका लागि पलिया जान्थ्यौंँ । त्यति बेलाको भनेको भारतको पलिया हो । किनभने, काठमाण्डौं जानू भनेको त गाह्रो कुरा थियो । अलि हुने खाने मान्छेहरु लखिमपुर, लखनऊसम्म जान्थे । खास भन्या लखनऊमा बढी जान्थे । गौरीफन्टासम्म रेल चल्थ्यो । रेलमा त्यहाँ जान्थ्यौँ । धेरै पछिबाट बस पनि चल्न थाल्यो । काठमाण्डौं जान हामीले डोटीबाट छ÷सात दिन पैदल हिडेर धनगढी पुग्ने । त्यसपछि धनगढीबाट गौरीफन्टा, पलिया, मैलानी, लखनऊ, गोरखपुर, गोण्डा हुँदै विरगन्ज । विरगन्जबाट त्यसपछि काठमाण्डौंमा । गौरीफन्टाबाट विरगन्जसम्म रेलमा जाने गर्दथ्यौंं ।

अहिले त धनगढी त्यो बेलाको तुलनामा धेरै फरक भइसकेको छ । धनगढी यस्तो होला भन्ने हामीले त कल्पना पनि गरेका थिएनौं । यहाँ टाठाबाठाहरु मात्र बस्थे ।  त्यति बेला धनगढी यस्तो हुन्छ भन्ने थाहा भएको भए त । चटकपुरमा त्यो बेला दुई हजार रुपैयामा एक बिगाह जग्गा पाइन्थ्यो । त्यो बेला पहाडबाट झरेर यहाँ जग्गा किन्न सबै तयार हुदैनथे । मैले बुवालाई यहाँ जग्गा किनौ भन्दा, उहाँले मान्नु भएन । यहाँ धान फल्दैनथ्यो । पछि  मैले चौमालामा जग्गा किने । त्यति बेलाको धनगढी त कहाली लाग्दो भन्ने कि कस्तो भन्ने, खाली जमिन्दारहरु मात्र थिए । भारतीय मुसलमानहरु, जसलाई महाजन भन्थे । तिनीहरुले बेमौसममा किसानहरुलाई लगानी गर्थे । तेल, लुगाकपडा, मालपोतका लागि पैसा दिन्थे । अनि त्यो पैसाको सट्टा धान, तोरी, मटर, मसुर लैजान्थे । त्यतिबेला यहाँ गहूँको खेती नै हुदैनथ्यो ।

अहिले हेर्ने हो भने त धनगढीको धेरै कुरा मन पर्छ । यहाँ एउटा चार्म छ । हाम्रो नौ जिल्लाको मात्रै हैन, पूर्वका मान्छेहरु पनि यहाँ आइरहेका छन् । यहाँ गरिखानेहरुका लागि प्रशस्त अवसर छ । एउटा विकासोन्मुख शहर हो । र, अहिलेको आश लाग्दो कुरा बजार व्यवस्थित भइरहेको छ । बाटोघाटो बनिरहेका छन् । शिक्षाको व्यवस्था छ । स्वास्थ्यको पनि अहिले राम्रो व्यवस्था भइसकेको छ । यी सबै हिसाबले धनगढी राम्रो लाग्छ ।

अब धनगढीलाई व्यवस्थित बनाउन आवश्यक छ । डुबानको समस्याबाट धनगढीलाई मुक्त गर्नुपर्छ । गेंटामा स्वास्थ्यका लागि जुन संरचना बनेको छ, त्यसलाई प्रतिष्ठान सरह बनाएर चलाउन पाए राम्रो हुन्थ्यो जस्तो लाग्छ ।

लक्ष्मीराज पन्त, समाजसेवी

बुवा ब्रह्मदेव भन्सारको डिठ्ठा हुनुहुन्थ्यो । भन्सारको ठेक्का व्यक्तिलाई दिन्थ्यो । व्यक्तिले भन्सार कर उठाएर सरकारलाई पठाउथ्यो । म बि.स. १९९४ सालमा पिलिभित, बरेली, सिंगाहीमा पढे । आईएसम्मको अध्ययन गरे । कमैयाहरुलाई दाङ, देउखुरीबाट कमैया ल्याएर यहाँ जमिन्दारहरुले खेतीपातीको शुरुवात गरेका हुन् । धनगढीमा केही थिएन । सबैतिर जंगल थियो । अहिलेको घनावस्ती तारानगर, हसनपुरमा पनि त्यतिबेला घना जंगल थियो । धनगढीमा एउटा अस्पताल थियो । अहिलेको जस्तो बजार थिएन । मानव वस्ती पनि थिएन ।

२००७ सालपछि यहाँ चहल पहल शुरु भएको हो । त्यही बेला धनगढीमा गोमती स्कुलमा प्राथमिक तहको पढाई शुरु भएको हो । त्यतिबेला सम्म यहाँ विद्यालयहरु थिएनन । हामीले त्यतिबेला राईस मिल सञ्चालनमा ल्याएका हौ । व्यापार व्यवसायको शुरुवात पनि हामीले गरेका हौ ।

हाम्रो परिवारको श्रीपुरमा जमिन्दारी थियो । हाम्रो जमिन्दारी अन्तर्गत १७/१८ वटा गाँउ थिए । कैलालीमा हामी झरेको दुई सय वर्ष भयो होला । मेरो बाजे यहाँ आउनु भएको हो । हाम्रो पुख्र्यौली घर डोटीको जोरायल हो । जाडोमा तराई झथ्र्यौ । गर्मीमा पहाड जान्थ्यौ ।

जोरायलबाट ६/७ दिनमा यहाँ पुग्थ्यौ । सामान किन्न ब्रह्देव पुग्थ्यौ । ७० वर्ष पहिलेको धनगढी र अहिलेको धनगढीको विकास त आकाश पतालको फरक छ ।

छ दशक पहिले यस्तो थियो काठमाण्डौं

काठमाण्डौं, २० पुस ।
छ दशक पहिले काठमाण्डौं कस्तो थियो होला  संसारकै प्रदुषित शहरहरुको सूचिमा परेको काठमाण्डौं र त्यही मध्येभाग भएर बागमती के अहिलेकै जस्तो प्रदुषित थियो होला ? अहिले सास फेर्ने गाह्रो भईरहेको काठमाण्डौंमा कहीकतै खाली ठाउँ र स्वच्छ हावा पाईन छोडिसक्यो ? छ दशकअघि काठमाण्डौं यस्तो थिएन । काठमाण्डौं खुला थियो । यस्तो कंक्रिटको विकास थिएन । यस्तो भीडभाड र प्रदुषण थिएन,काठमाण्डौंमा । अहिले जस्तो छुन नमिल्ने थिएन बागमती । सफा थियो । पिउन मिल्ने थियो बागमतीमा बग्ने पानी । काठमाण्डौंका चारैतिर खुला आँखाले छ्यांगै हिमाल देखिन्थे ।

कीर्तिपुर अहिले जस्तो थिएन । खुला कीर्तिपुरमा देखिने एउटा पक्की र ठूलो संरचना थियो,त्रिभुवन विश्वविद्यालयको । टुडीखेलमात्र होईन, त्यसको आसपासको क्षेत्रमा पनि खाली थियो ।

डिल्लीबजारको अहिलेको गल्लीमा त्यतिबेलै पक्कीघरहरु थिए । र, त्यही नजिकै थिए, धान फल्ने खेतहरु ।  पशुपती मन्दिरको संरचनाहरु धेरै उहिल्यै बनिसकेका थिए । चोभारको गल्छी प्रष्ट देखिन्थ्यो, टाढैबाट ।

२०२५ साल असोज २९ गते भारतीय राष्ट्रपति डा= जाकीर हुसैन काठमाण्डौं आएका थिए । महात्मा गान्धीको शत वार्षिकीको अवसरमा राष्ट्रपति डा= जाकीर हुसैनले त्रिभुवन विश्व विद्यालयमा गान्धी भवनको शिलान्यास गरेका थिए । उनको नेपाल भ्रमणका दुर्लभ तस्वीरहरु हामीले यस समाचारमा प्रकाशित गरेका छौ ।

अमेरिकी पीस कोर ड ह्याचले आजभन्दा ५८ वर्ष अघि खिचेका काठमाण्डौंका दुर्लभ तस्वीरहरु द एभरेष्ट पोष्टले प्राप्त गरेको छ । जसलाई हामीले आजको अंकमा प्रकाशित गरेका छौ । यी तस्वीरहरु हामीले पीसकोरहरुको फोटो ग्यालरीबाट साभार गरेका हौ ।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल
सोल — प्रहरीले महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल भएको छ ।

करिब छ घण्टा लामो संघर्षपछि दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रहरीको कदम रोकिएको छ । युनको सुरक्षामा रहेको सेनाको टोलीले मानव पर्खाल बनाएर पक्राउ गर्न आएका प्रहरीको बाटो छेकेको कोरियाली समाचार संस्था योन्हापले जनाएको छ ।

युनको सुरक्षा दस्ता तथा दक्षिण कोरियाली सेनाले प्रहरीलाई रोक्नका लागि बाटोमा सवारी साधन समेत तेर्स्याएको थियो । युनमाथि शक्तिको दुरुपायोग गरेको र सैन्य कानुन लागू गर्न खोजेको भन्दै महाभियोग प्रस्ताव संसदमा पुगेको छ । संसदमा महाभियोग प्रस्ताव पुगेपछि उनी निलम्बित भएका थिए । दक्षिण कोरियामा संसद्को महाभियोग प्रस्तावको अन्तिम निर्णय संवैधानिक अदालतले गर्छ ।

तर, अदालतले तीनपटक बोलाउँदा पनि युन अदालतमा उपस्थित नभएपछि उनलाई पक्राउ गर्ने अनुमति दिएको थियो । त्यही अनुमतिका आधारमा प्रहरीको टोली शुक्रबार युनलाई पक्राउ गर्न गएको थियो । प्रहरीका २० वटा टोली बिहान ८ बजे नै युनको घरमा पुगेका थिए ।
तर, युनको सुरक्षा दस्ता र सेना प्रहरीसँगै भिड्ने अवस्थामा पुगेपछि प्रहरीले युनलाई पक्राउ गर्ने मिसन रोकेको बताएको छ ।

 

भूपेन्द्र बडुवाल हत्या प्रकरण : अभियुक्त हिमाल शाही काठमाडौँबाट पक्राउ

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणका एक जना अभियुक्तलाई काठमाडौँबाट पक्राउ गरिएको छ। लम्कीचुहा नगरपालिका–१ का २५ वर्षीय हिमाल शाहीलाई शुक्रवार पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले शाहीलाई कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको बताए। शाहीलाई विमानमार्फत धनगढी ल्याइएको छ। बडुवालको २०७८ कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो।

प्रहरीले गरेको अनुसन्धानका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुख्य अभियुक्त नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्‍दा दायर गरेको थियो। अभियुक्त मध्ये १२ जना पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। तर, मुद्‍दाको अन्तिम फैसला हुन भने सकेको छैन। उक्त मुद्‍दामा पटक–पटक पेशी तोकिने गरेको छ।

थाइल्याण्डका प्रधानमन्त्रीको सम्पत्ति ४० करोड अमेरिकी डलर,५० लाखका घडी मात्रै

एजेन्सी : थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। उनले आफूसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २०० भन्दा बढी डिजाइनरद्वारा बनाइएका ह्यान्डब्याग र करिब ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ वटा लक्जरी घडी रहेको बताएकी छन्।

थाई टेलिकमका मालिक तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी पेटोङ्टार्नले गत सेप्टेम्बरमा थाइल्यान्डमा २० वर्षमा सरकारको नेतृत्व गर्ने परिवारका चौथो सदस्यका रूपमा पदभार ग्रहण गरेकी थिइन्।

पेटोङटार्नले आफ्नो सम्पत्ति र दायित्व राष्ट्रिय भ्रष्टाचार विरोधी आयोग (एनएसीसी)को अनुरोधमा घोषणा गरेकी हुन्। उनले आफूसँग कूल १३ अर्ब ८० करोड भाट (४० करोड अमेरिकी डलर) बराबरको सम्पत्ति रहेको बताएकी छन्।  उनको लगानी ११ अर्ब भाट रहेको र एक अर्ब भाट निक्षेप र नगद रहेको घोषणामा उल्लेख छ।

उनको अन्य सम्पत्तिमा करिब सात करोड ६० लाख बाहत मूल्यका २१७ वटा ह्यान्डब्याग र १६ करोड २० लाख भाट बराबर मूल्यका ७५ वटा घडी रहेको उल्लेख छ। उनले आफूसँग बेलायती र जापानका अन्य सामान पनि सम्पत्तिका रूपमा रहेको उल्लेख गरिन्।

स्थानीय सञ्चारमाध्यमले पोस्ट गरेको एनएसीसीको दस्तावेजअनुसार उनले करिब पाँच अर्ब भाटको अन्य दायित्व पनि घोषणा गरेकी छन्। योसहित उनको कूल सम्पत्ति २५ करोड ८० लाख अमेरिकी डलर दिएको थियो।

फेउ थाई पार्टीका एक प्रतिनिधिले एएफपीसँग कुरा गर्दै थाइ सञ्चारमाध्यमले सार्वजनिक गरेको तथ्याङ्क सही भएको पुष्टि गरेका छन्।

फोब्र्सका अनुसार कुनै समय म्यानचेस्टर सिटी फुटबल क्लबको मालिकसमेत पेटोङ्टार्नका पिता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको कुल सम्पत्ति २.१ अर्ब अमेरिकी डलर छ। फोब्र्सको सूचीमा उनी थाइल्याण्डको १० औं धनी व्यक्ति हुन्।

थाक्सिनले आफ्नो शिन कर्प दूरसञ्चार कम्पनीले कमाएको धनलाई राजनीतिमा उत्प्रेरित गर्न प्रयोग गरेका थिए। उनको परिवार निर्वासनमा रहेका वर्षहरूमा पनि थाइ राजनीतिमा प्रभावशाली थियो।

विश्लेषकहरूका अनुसार थाइल्याण्डमा सम्पत्ति र पारिवारिक विरासतको लामो समयदेखि सम्बन्ध देखिँदै आएको थियो।  सुखोथाई थाम्माथिरात विश्वविद्यालयका युट्टापोर्न इस्साराचाइले एएफपीसँग भने, ‘पूर्ण रूपमा क्रियाशील लोकतन्त्र नभएको देशमा राजनीतिक गतिविधिमा पैसाको महत्वपूर्ण भूमिका हुन्छ।’

पारदर्शिताको कमीको दावीको साथ यसलाई अक्सर सैन्य हस्तक्षेपको लागि जिम्मेवार मानिने गरिएको छ।

थाइल्याण्डको संवैधानिक अदालतले गत अगस्टमा पदच्युत गर्दा पेटोङ्टार्नका पूर्ववर्ती प्रधानमन्त्री श्रेता थाभिसिनले ९८ करोड ५० लाख भाटको सम्पत्ति घोषणा गरेका थिए।

भीम रावलको ‘विद्रोह’ लाई मसालद्वारा स्वागत

काठमाडौं । नेकपा (मसाल) ले नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलको ‘विद्रोह’लाई स्वागत गरेको छ। महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार एक वक्तव्य प्रकाशित गरी रावलले ‘एमाले बाट साहसपूर्ण विद्रोह’ गरेको उल्लेख गर्दै उनको कदम स्वागतयोग्य बताएका छन्।

 

वक्तव्यमा एमालेभित्र ओलीको अलोकतान्त्रिक र अधिनायकवादी कार्यशैलीको विरुद्ध रावलको कदमलाई ‘विद्रोह’ को सङ्ज्ञा दिइएको छ।

 

राष्ट्रियताको सन्दर्भमा रावलको दृष्टिकोण सही र देशभक्तिपूर्ण बताउँदै पार्टीले वक्तव्यमार्फत् प्रतिगमन र साम्राज्यवादको नेपाली राष्ट्रियतामाथिको खतराको सन्दर्भमा पनि उनले सही दृष्टिकोण अपनाउने अपेक्षा गरेको छ।

यस्तो छ प्रेस वक्तव्य
एमालेबाट कामरेड भीम रावललाई निष्काशन गरिएको छ र उनले आफ्नो बेग्लै पार्टी बनाउन पहलकदमी सुरु गरेका छन्। उनले आफ्नो पार्टीको दशौँ महाधिवेशनदेखि नै त्यो पार्टीको नेतृत्वको विरोध गर्दै आएका थिए र पछिल्ला दिनमा पनि उनले आफ्नो पार्टीका नीतिको चर्को विरोध गर्दै आएका थिए। त्यस प्रकारको पृष्ठभूमिमा उनीमाथि त्यस प्रकारको कारबाही अप्रत्यासित थिएन। उनले उक्त दशौँ महाधिवेशनदेखि चर्को रूपले उठाउँदै आएको विरोधको स्वरमाथि विचार गर्दा उनीमाथिको कारबाहीलाई निष्काशन भन्नुभन्दा उनको विद्रोह भन्नु नै उपयुक्त हुने छ।

कामरेड भीम रावलमाथिको त्यो कारबाही वा विद्रोह जे भए पनि त्यो एमालेभित्र ओलीको अलोकतान्त्रिक र अधिनायकवादी कार्यशैलीको परिणाम हो। उनको त्यही प्रकारको कार्यशैलीको कारणले नै पूर्व माओवादी र एमाले मिलेर बनेको नेकपाको विघटन भएको थियो र माधव नेपाल समूहले एमालेबाट विद्रोह गर्नुपरेको थियो। त्यही प्रकारको स्थितिमा जुनसुकै रूपमा भए पनि भीम रावल पनि एमालेबाट अलग भएका छन्। उनको त्यो साहसपूर्ण कदमलाई हामीले स्वागत गर्दछौँ। त्यसपछि उनी कुन रूपमा अगाडि बढ्ने छन्? त्यसको आधारमा हामीले उनको मूल्याङ्कन गर्दै जाने छौँ।

यो आम रूपमा थाहा भएको कुरा हो कि देशको राजनीति, खास गरेर राष्ट्रियताको प्रश्नमा भीम रावलको दृष्टिकोण पहिलेदेखि नै सही र देशभक्तिपूर्ण रहँदै आएको छ। त्यसका साथै आज देशमा प्रतिगमन र साम्राज्यवादीको राष्ट्रियतामाथिको खतरा पनि धेरै बढेर गएको छ। त्यो अवस्थामा उक्त दुवै विषयमा उनले सही दृष्टिकोण अपनाउने छन् भन्ने हामीले आशा र कामना पनि गर्दछौँ। त्यो दिशामा उनले उठाउने सकारात्मक कदमलाई हामीले समर्थन गर्दै जाने छौँ।

२०८१ पुस १९ गते
मोहनविक्रम सिंह
महामन्त्री

 

परराष्ट्रमन्त्री राणाद्वारा अमेरिकी पूर्व राष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ, १९ पुस ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकी पूर्व राष्ट्रपति एवं नोबेल शान्ति पुरस्कार विजेता जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।

अमेरिकी पूर्वराष्ट्रपति कार्टरको स्मृतिमा काठमाडौंस्थित अमेरिकी राजदूतावासमा राखिएको शोक पुस्तिकामा शुक्रवार हस्ताक्षर गर्दै परराष्ट्रमन्त्री राणाले कार्टरको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिन् ।

नेपाली जनता, नेपाल सरकार र आफ्नो तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै परराष्ट्रमन्त्री राणाले कार्टर एक प्रजातन्त्रवादी नेता तथा नेपालका सच्चा मित्र भएको बताईन ।

पूर्वराष्ट्रपति कार्टर, परोपकार, शान्ति तथा प्रजातन्त्रका क्षेत्रमा एक उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो,उनले शोक सन्देशमा भनेकी छिन्, अमेरिकाको राष्ट्रपतिका साथै कार्टर सेन्टरको संस्थापकका रुपमा रहेर उहाँले मानवअधिकार तथा प्रजातान्त्रिक मूल्य मान्यताका पक्षमा निर्वाह गर्नुभएको भूमिकाको सर्वत्र प्रशंसा हुने गर्दछ ।

कार्टरले नेपालमा संविधानसभाको निर्वाचनका समयमा सन् २००७ र २०१३ मा नेपाल भ्रमण गरेका थिए ।

पूर्वराष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा गत डिसेम्बर २९ मा निधन भएको थियो ।

उपसचिवमा ५७ जनाको बढुवा (नामावली सहित)

काठमाण्डौं, १९ पुस ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवमा ५७ जनालाई बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समितिले गरेको छनौटका आधारमा मन्त्रालयले ५७ जनालाई उपसचिवमा बढुवा गरेको जनाएको छ ।

मन्त्रालयले शुक्रवार प्रकाशित गरेको बढुवा भएकाहरुको नामावलीको पहिलो नम्बरमा कमल प्रसाद भट्टराई र दोस्रो नम्बरमा मोहनचन्द्र जोशी रहेका छन् ।

बढुवा हुनेहरुको नामावली यस प्रकार छ :

सहसचिवमा १८ जनाको बढुवा (नामावली सहित)

काठमाण्डौं, १९ पुस ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवमा १८ जनालाई बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समितिले गरेको छनौटका आधारमा मन्त्रालयले १८ जनालाई सहसचिवमा बढुवा गरेको जनाएको छ ।

मन्त्रालयले शुक्रवार प्रकाशित गरेको बढुवा भएकाहरुको नामावलीको पहिलो नम्बरमा प्रेम प्रसाद लुईटेल रहेका छन् ।
बढुवा हुनेहरुको नामावली यस प्रकार छ :

यस्तो छ आजको विदेशी मुद्राको बिनिमय दर

काठमाडौँ, १९ पुस  । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ । यस्तै, युरोपियन युरो, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्गेट, डेनिस क्रोनर र ओमनी रियालको भाउ घटेको छ ।

केन्द्रीय बैंकले तोकेको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रूपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ५१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रूपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ४१ रूपैयाँ ९४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रूपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ७१ रूपैयाँ ०६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५० रूपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ५१ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ०६ पैसा र बिक्रीदर ८५ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रूपैयाँ ९२ पैसा र बिक्रीदर ९५ रूपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रूपैयाँ ३० पैसा र बिक्रीदर एक सय रूपैयाँ ७४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रूपैयाँ ७१ पैसा र बिक्रीदर आठ रूपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७६ पैसा र बिक्रीदर १८ रूपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९९ पैसा र बिक्रीदर चार रूपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ५७ पैसा र बिक्रीदर ३० रूपैयाँ ७० पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३३ पैसा र बिक्रीदर नौ रूपैयाँ ३७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १२ रूपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रूपैयाँ ९५ पैसा र बिक्रीदर १९ रूपैयाँ ०३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६० पैसा र बिक्रीदर १७ रूपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रूपैयाँ ७९ पैसा र बिक्रीदर चार सय ४५ रूपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रूपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ६४ रूपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रूपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५७ रूपैयाँ १६ पैसा तोकिएको छ ।

त्यसैगरी, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाएको छ ।

“नेपाली संगीतले गुमायो बहुप्रतिभाशाली बालकलाकार सचिन परियार”

नवीन पार्की ।

जन्म र मृत्यु जीवनका अपरिहार्य सत्य हुन्। यी दुई कुरालाई हामीले स्वीकार गर्नैपर्छ, तर केही मृत्यु यस्ता हुन्छन्, जसले सम्पूर्ण समाजलाई गहिरो चोट पुर्याउँछ।

आज नेपालले एउटा होनहार प्रतिभा गुमाएको छ—बहुप्रतिभाशाली बालकलाकार सचिन परियार। सानै उमेरमा उनले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो अद्वितीय पहिचान बनाएका थिए। गीत, दोहोरी, र अभिनयमा उनको बहुमुखी प्रतिभाले सम्पूर्ण देशलाई मन्त्रमुग्ध बनायो। उनी केवल कलाकार मात्र थिएनन्; उनले नेपाली कला र संस्कृति झल्किने गीत र भाकाको माध्यमबाट हाम्रो हृदयमा गहिरो छाप छोडेका थिए।

उनका मधुर आवाज र सरल बोलीले सबैलाई आफ्नो बनाउँथ्यो। नेपालका महानायक राजेश हमालसँग अभिनय गर्ने अवसर पाएका सचिनले छोटो समयमा नै अपार चर्चा बटुलेका थिए। तर, यो प्रतिभाशाली बालकको जीवन यात्राले उचित मार्गदर्शन र संरक्षण पाउन सकेन।

उनी सही अभिभावकीय हातमा परेनन्, जसका कारण उनले व्यक्तिगत जीवनमा धेरै चुनौतीहरूको सामना गर्नुपर्यो। उनका बुवाको अनियन्त्रित व्यवहार र मिडियासँगको बारम्बारको अन्तरक्रियाले सचिनलाई विवादको केन्द्रमा पुर्यायो। त्यसमाथि, नेपाली मिडियाको असंवेदनशील दृष्टिकोणले समस्या झनै गहिरो बनायो।

“सहानुभूति” र “सफलताको कथा” भन्दै उनीमाथि बनाइएका सामग्रीहरूले उनको मानसिक र सामाजिक जीवनलाई अझ कमजोर बनायो। बिरामी पर्दा धेरैले आर्थिक सहयोग गरे पनि ती सहयोग सही व्यवस्थापनको अभावमा दुरुपयोग भए। जातीय विभाजन र असमानताका कारण उनका अभिभावकले गम्भीर आलोचना भोग्नुपर्यो।

यसले बालकलाकार सचिनलाई मानसिक रूपमा झनै कमजोर बनायो। बाल कलाकारको उज्ज्वल भविष्य निर्माण गर्नुको सट्टा, मिडिया र समाजको अनुत्तरदायित्वपूर्ण व्यवहारले उनको जीवनलाई बर्बाद गर्‍यो। आज, रोगसँग लड्दै गर्दा सचिन परियार हामीबाट बिदा भएका छन्। यो केवल एउटा परिवारको क्षति होइन; यो सम्पूर्ण नेपाली समाजको अपूरणीय क्षति हो। हामीले एउटा यस्तो बालकलाकार गुमायौं, जसले नेपाली सांगीतिक क्षेत्रमा अद्वितीय योगदान दिन सक्थ्यो।

सचिनको असमयिक निधनले बालप्रतिभाको संरक्षण र प्रोत्साहनको विषयलाई गम्भीरतापूर्वक उठाएको छ। समाज, अभिभावक, र मिडियाले आफ्नो जिम्मेवारीलाई कति सही रूपमा निर्वाह गरिरहेका छन् ? सचिन परियारको कथा केवल एक कलाकारको यात्रा मात्र होइन, यो हामी सबैका लागि पाठ हो। सचिन, तिम्रो आवाज, तिम्रा गीत र तिम्रा योगदानलाई नेपाली समाजले सधैं सम्झनेछ। तिमीप्रति हाम्रो हार्दिक श्रद्धाञ्जलि। अब तिमी सधैं हाम्रो सम्झनामा अमर रहनेछौ।

बझाङमा छुट्टाछुट्टै जीप दुर्घटना चालकसहित पाँच जनाको मृत्यु

बझाङ, १९ पुस । बझाङमा बिहीवार भएका दुई वटा छुट्टाछुट्टै जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

बिहीवार राति साढे आठ बजे तिर तलकोट गाउँपालिकाबाट चैनपुर तिर आइरहेको से १ ज ८४३ नम्बरको जीप तलकोट गाउँपालिका–२ सुकगाडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिं ठगुन्नाले मृत्यु हुनेमा जीप चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका –४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र मृतक बम बहादुर धामीको छोरी पाँच वर्षीया आकृती धामी रहेको बताए ।

दुर्घटना भएको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । चालक सहित तीन जनाको घटना स्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

त्यस्तै बिहीवार राति भएको अर्को जीप दुर्घटनामा चालकको मृत्यु भएको छ । राति करिब नौ बजे मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ जादै गरेको सु.प्र.प्र.०१००१ ज १३९८ नं.को जीप कोटदेवलमा दुर्घटना हुँदा ४२ वर्षीय जीप चालक धर्म थापाको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालक मात्रै सवार रहेको उक्त जीप सडकबाट एक सय मिटर तल खसेको थियो ।

भीम रावलका दुःख

पाँच दशकदेखि राजनीतिमा सक्रिय भीम रावल यतिबेला चर्चामा छन् । उनलाई अन्तर्वार्ता दिन भ्याई नभ्याई छ । नेकपा एमालेको उपाध्यक्ष र पटक पटक मन्त्री भएका रावललाई उनकै पार्टी एमालेले संगठित सदस्यबाट निष्कासन गरेपछि चर्चा हुनु स्वाभाविक हो । ‘स्कुप’ र ‘ब्रेकिङ’ न्यूजको आसमा बसिरहेका मिडियालाई उनको निष्कासन मसला हुने नै भयो ।

नेपाली मिडियाका लागि उनी फगत मसला मात्र भए । कहिले उनको राष्ट्रवाद मसला बन्यो । कहिले ओली विरोध मसला बन्यो । यतिबेला उनको निष्कासन मसला बनेको छ ।

निष्कासनपछि रावलले के गर्लान भनेर प्रश्न गरिरहेका मिडियाहरुले उनका बारेमा अनुमान पनि आफै गरिरहेका छन् । प्रश्न, अड्कल र अनुमान गरिरहेका मिडियाले उनको भावी कदमका विषयमा निक्र्यौल पनि आफै गरिहेका छन् । मानौ, रावलको मनोदशा र मनोविज्ञान मिडियाकर्मीहरुले राम्रैसंग बुझेका छन् ।

उनले कुनै पनि निर्णय सार्वजनिक नगरी सकेको अवस्थामा उनका बारेमा अड्कल वा निक्र्यौल गर्नुअघि उनको पृष्ठभूमि र विगत हेर्नुपर्ने हुन्छ ।

२०५९ सालमा धनगढीमा एक साप्ताहिक पत्रिकाले रावलका बारेमा एउटा समाचार प्रकाशित गरेको थियो । जसको शीर्षक थियो–‘नेकपा एमाले एकीकृत, माक्र्सवादी, लेनिनवादी, अछामवादी बन्दै’

त्यतिवेला कैलालीमा पाँच वटा निर्वाचन क्षेत्रका सबै क्षेत्रीय समितिको नेतृत्व र महत्वपूर्ण पदमा अछामी थिए । र, कैलाली बहुमुखी क्याम्पसको संगठन र स्वतन्त्र विद्यार्थी युनियनमा पनि अछामीकै नेतृत्व थियो ।

रावलका समर्थकहरुले समाचारलाई लिएर आपत्ती जनाए । तर रावल त्यतिमै रोकिएनन, उनले पछि नेकपाको प्रदेश समितिमा १२ जना रावल र कुवँर राखेको चर्चा थियो । उनी अछामवादी भन्दा पनि रावल र कुवँरवादी भएको एमाले वृत्तमा सधै चर्चा रह्यो । अछाममा पनि उनी सबैका साझा हुन सकेनन् । गुण र दोषका आधारमा उनले नेताहरुको समर्थन वा बिरोध गरेनन । जो आफ्ना थिए, उनका सबै दोष माफ गरे । जसलाई आफ्नो ठानेनन्, तिनको योगदान, क्षमता र अनुभवको मूल्यांकन गर्न आवश्यक नै ठानेनन । कुनै बेला उनका लागि सोडारी खराव थिए । सोडारीसंग उनको छत्तिसको आँकडा थियो । पछि सोडारी नै सबैभन्दा नजिक भए । अरुलाई पाखा लगाए ।

उनले जिल्लाकै पुराना नेता कृष्ण प्रसाद जैसीको नाम छुटाउँदा कुनै नेताकी पत्नीलाई प्रदेश समिति सदस्य बनाए । पार्टी विभाजनपछि रावलको साथ छोड्नेमा ती नेता समेत थिए ।

रावलको दुर्भाग्य हो, उनले ज जसलाई नेता बनाए, सांसद, मन्त्री र मुख्यमन्त्री बनाए, ती कसैले उनलाई अप्ठ्यारो अवस्थामा साथ दिएनन् । जसलाई उनले झण्डै तीन दशकसम्म पेले, उनीहरुले साथ दिने कुरै भएन । बरु उनलाई साथ दिनेहरु एमालेमा पाखा लगाईए । पार्टी विभाजन हुदा मन्त्री पद त्यागेर रावललाई साथ दिने बाजुराका प्रकाश शाहले २०८० को प्रदेश सभाको निर्वाचनमा टिकटबाट बञ्चित हुनु प¥यो । पार्टीको महाधिबेशनमा रावललाई साथ दिएकै कारण दीपायल सिलगढी नगरपालिकाकी मेयर रहिसकेकी मञ्जु मलासीको पनि टिकट खोसियो ।

जिन्दगीभरी रावलको पेलानमा परेका कतिपय नेताहरु रावल नै एकीकृत समाजवादीको नेता हुने भयले समाजवादीमा गएनन् । न त रावल एमालेमा गए । न त समाजवादीमा । उनैले दिएको टिकटमा चुनाव जित्नेहरुले पद र अवसरका लागि उनलाई छोडिदिए ।

एक टेलिभिजन अन्तर्वार्तामा सुदूर पश्चिम प्रदेश सरकारकी एक मन्त्रीले त सुदूर पश्चिमको नाम नै भीम रावल प्रदेश राख्नु पर्ने बताईन । तर पार्टी विभाजन हुदा रावलको साथ छोड्नेमा उनी अग्रपंक्तिमा थिईन । एमाले कैलालीका तत्कालीन अध्यक्ष दीर्घ सोडारी, जसका लागि रावलले थुप्रै नेताहरुलाई चिढ्याए । अन्ततः तिनै सोडारीले एमालेका १८ मध्ये १४ जना सांसद आफूसंगै एकीकृत समाजवादीमा लगे र, रावललाई कमजोर बनाए । एमालेका सांसद जोगाउन नसक्दा रावल शक्तिविहीन भए ।

ओलीलाई हटाएर शेर बहादुर देउवालाई प्रधानमन्त्री बन्न कन्भिन्स गर्ने रावल नै थिए । यो जगजाहेर छ । तर अन्तिममा उनले देउवाका पक्षमा मतदान गरेनन् । पछि उनैले देउवा बिरोध गरे । कतिसम्म भने लुम्बिनीको एउटा कार्यक्रममा देउवाको बसाईलाई लिएर नै रावलले भद्दा टिप्पणी गरे ।

आफूलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाएको दिनदेखि रावलप्रति आक्रामक भएका ओली उनलाई सिध्याउने अनुकूल समयको पखाईमा थिए । ओलीलाई लाग्यो यो भन्दा उपर्युक्त समय अरु हुन सक्दैन र गरे, उनलाई संगठित सदस्य नरहने नरहने गरी कार्बाही ।

आवेशमा निर्णय गर्ने, अन्तिममा आफ्नो त्यही निर्णयमा अडिग नरहने स्वभावले उनी पटक पटक एक्लिए । रावलका कारण आफूले प्रधानमन्त्री पद गुमाउनु परेको पीडा बोकेर हिडेका ओली त्यो पीडालाई प्रतिशोधमा बदल्ने मौकाको पर्खाईमा थिए । उनी सबैभन्दा कमजोर रहेको अवस्थामा ओलीको त्यही प्रतिशोधको शिकार भएका हुन् । ओलीले ठाने, अव रावलमाथिको कारबाहीले एमालेलाई क्षति हुने छैन । एमालेको पछिल्लो निर्णय ओलीको त्यही ठम्याईको नतिजा हो ।

अध्ययनशील रावल एमालेका प्रखर वक्ताका रुपमा चिनिन्थे । राष्ट्रवादका मुद्दामा एमालेभित्र सधै अग्रपंक्तिमा उभिएका रावल र अध्यक्ष ओलीका बीचमा धेरै कुरामा समानता थियो । भारतले नाकाबन्दी लगाउदा ओली झै महाकाली सन्धीमा रावल ओलीसंगै उभिदा बामदेव गौतमहरु भने विपक्षमा उभिए ।

आफूसंग असहमत हुने र आफ्नो आदेश नमान्ने प्रति ओली झै रावलको व्यवहार क्रुर रह्यो । आफू निकट व्यक्तिहरुको सारा दोष माफ गर्ने र जस्तोसुकै कसुरदार भएपनि उसलाई संरक्षण गर्ने दुबैका साझा गुण हुन् ।

ओली र रावलबीच केही भिन्नता थिए । झलनाथ खनाल र माधव नेपाल नेतृत्वमा हुदा ओली सधै पेलानमा थिए । ओली पार्टीबाट किनारा लगाईएका थिए । तर खनाल शक्तिमा हुदा खनालका निकट रहेका रावल नेपाल नेतृत्वमा हुदा नेपालको निकट भए । ओली पार्टीको नेतृत्व हुदै सत्तामा पुगेपछि रावल ओली निकट भए । सत्ता र नेतृत्वमा जो भएपनि रावलले भने अवसर पाईरहे । सुदूर पश्चिममा एमालेबाट सबैभन्दा बढि अवसर पाउने नेता नै रावल हुन् ।

पार्टीको नीति, नेतृत्व र निर्णयका बिरुद्ध बोले वाफत रावललाई ओलीले संगठित सदस्यबाट निष्कासन गरे । झण्डै तीन दशक सुदूर पश्चिममा एमालेको नेतृत्व गरेका रावलले पनि त्यही गरेका थिए, जुन नीति ओलीले उनको हकमा अवलम्बन गरे । रावलले एमालेको सुदूर पश्चिम ईञ्चार्ज हुदा पार्टीको नीति, नेतृत्व र निर्णयका बिरुद्ध सामाजिक सञ्जाल वा सार्वजनिक रुपमा कही कतै बोलेमा कारबाही गर्ने निर्णय नै गरेका थिए । तर ओलीले उनलाई पेल्दै गए । तव त्यही सामाजिक सञ्जाल ओली विरुद्ध आप्mना कुरा राख्ने उनको माध्यम बन्यो ।

ओली चतुर छन् । हठी पनि । रावल हठी छन् । चतुर छैनन । र त, पटक पटक कही निर्णयमा चुके । कही बोलीमा । त कही निर्णय गर्न अलमलिए । सार्वजनिक रुपमा ओलीका विरुद्ध बोल्दा एमाले कमजोर हुन्छ भन्ने उनले भेउ पाएनन् होलान् भन्नु अन्यथा हुन्छ । तर उनले त्यही गरे । उनीमाथि कारबाही गर्ने एमालेको आधार त्यही थियो ।

उनी केही समय सामाजिक सञ्जालमा सेलीब्रेटी भए । तर पछि फेरिईरहने अभिव्यक्तिका कारण त्यही सामाजिक सञ्जालबाट लखेटिन थाले । कुनै बेला सामाजिक सञ्जालमा डा.बाबुराम भट्टराईको त्यस्तै क्रेज थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नचाहेर पनि भट्टराईलाई प्रधानमन्त्री बनाउन बाध्य भए । अहिले सामाजिक सञ्जालमा सबैभन्दा आलोचना हुने पात्रहरु हुन्,भट्टराई र रावल ।

सामाजिक सञ्जालले हिरो बनाएका रवी लामिछानेको हुर्मत यतिबेला त्यही सामाजिक सञ्जालले लिईरहेको छ । यसैले पुष्टि गर्छ, सामाजिक सञ्जालमा प्राप्त हुने लोकप्रियताको आयु लामो हुदो रहेनछ ।

यतिबेला उनी सबैभन्दा कठीन घडीमा छन् । र, पार्टीबाटै निष्कासनमा परेका छन् । तर उनको पक्षमा केन्द्रमा केही नेताहरुले कारबाही नगरे हुन्थ्यो भन्ने समेत अभिव्यक्ति दिएका छन् । सुदूर पश्चिममा उनका लागि बगावत गर्ने त के बोली दिने समेत कोही देखिदैन । यो उनले हिजोका दिनमा गरेको व्यवहारको नतिजा हो । जसलाई उनले सधै किनारा लगाए, उनीहरु किन बोलुन । जसलाई उनले सधै साथ दिए, नेता बनाए, ती यतिबेला अर्कै पार्टी र कित्तामा छन् । यो नै भीम रावलको दुःखको कारण हो ।

पार्टीबाट निष्कासनमा परेपछि पत्रकार सम्मेलन गरी ओलीप्रति आक्रोश व्यक्त गरेका उनले आफ्नो भावी कार्यदिशा वा रणनीतिबारे भने खुलासा गरेनन् । तर उनी बामपन्थबाट बिरक्तिएको भान उनका अभिव्यक्तिबाट प्रतित हुन्छ । उनी अझै अलमलमा छन्, पार्टी खोल्ने कि नखोल्ने ? पार्टी विभाजनका क्रममै समाजवादीमा गएको भए उनी संभवत माधव नेपालपछि दोस्रो बरियताक्रममा हुन्थे । ढिलो चाँडो समाजवादी पार्टीको नेतृत्व गर्थे । र, यो बीचमा निर्वाचित भएर सरकारको महत्वपूर्ण जिम्मेवारीमा हुन्थे । भन्नलाई उनका समर्थकहरु भन्छन्, रावलले कहिले आफूलाई केन्द्रमा राखेर सोचेनन् । तर उनले सनक, लहड र अलमलले यी सबै अवसर गुमाईसके ।

उनलाई एमालेको भावी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा हेर्न थालिएको थियो । एमालेबाट निष्कासित भएसंगै देउवापछि सुदूरपश्चिमबाट राष्ट्रियस्तरमा स्थापित हुने अवसर समेत रावलले गुमाए ।

अव उनीसंग सबै पार्टीबाट असन्तुष्टहरुलाई एकीकृत गरेर एउटा राष्ट्रवादी मोर्चा बनाउने एउटा बिकल्प छ भने समाजवादीमा जाने अर्को । तेस्रो, सुदूर पश्चिममा क्षेत्रीय पार्टी खोल्ने र, त्यसको नेतृत्व गर्ने । चौथो तथा अन्तिम, राजनीतिबाट विश्राम लिने ।
तर समयमा सही निर्णय लिन पटक पटक चुकेका रावलबाट समयमै ठोस निर्णय आउनेमा उनी निकट व्यक्तिहरु नै ढुक्क  छैनन् ।

शक्तिमा हुदा पेले, शक्ति बिहीन भएपछि पेलिए

नेपालगञ्जमा भएको छैठौं महाधिवेशनमा योगेश भट्टराई र रुप नारायण श्रेष्ठलाई कारबाही गर्नमा रावलको भूमिका महत्वपूर्ण रहेको बताईन्छ । रावलको एउटा अभिव्यक्ति पछि त्यही महाधिवेशनबाट उनलाई बन्दुके भन्न थालियो । एमाले भित्र उनी बन्दुके नामले चिनिन थाले ।

उनको त्यही बन्दुके स्वभावबाट अछाममा भीम कडायत, गोकुल खनाल, कमल तिमिल्सेना, कृष्ण प्रसाद जैसी, यज्ञ बोगटी लगायतका तमाम नेताहरु शिकार भए । डोटीमा डिल्लीराज भट्ट, नन्दलाल जोशी र प्रेम आले शिकार भए । आले एमाले छोडेर समाजवादीमा गए ।

कञ्चनपुरमा भोजराज जोशी, उर्वादन्त पन्त र ऋषीराज लुम्साली लगायतका नेताहरुलाई किनार लगाएको आरोप रावलले खेप्दै आएका छन् ।

डडेल्धुरामा गजेन्द्र शाही, बीपीन ओझा र डा. तारा जोशी रावलको पेलानमा परे । एमाले डडेल्धुराका अध्यक्ष डा. जोशी रावलको रवैयाका कारण एमालेमै रहेनन् । डडेल्धुराबाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएर जितेका जोशी कुनै पार्टीमा गएनन् ।

२०५६ मा एमाले विभाजन हुदा मालेतिर लागेकाहरुलाई रावलले पार्टी एकतापछि प्रतिशोधपूर्ण व्यवहार गरेको सम्झनेहरु धेरै छन् ।

बाजुरामा दयाल बहादुर शाही र कर्ण बहादुर थापा माथि रावलले कारबाही नै गरे । लाल बहादुर थापा पनि रावलबाट प्रताडित भए । बझाङका पुराना नेताहरु भानुभक्त जैसी र भैरव बहादुर सिंहले पनि रावलको प्रतिशोधको शिकार हुनु प¥यो ।

रावलका कारण बैतडीका पृथ्वीराज अवस्थीले जीवनभरी टिकटबाट बञ्चित हुनु प¥यो । र उनी पार्टी छोडेर स्वतन्त्र उम्मेदवार भए । मृत्यु हुदाँ उनी एमालेमै थिएनन् ।

रावलले ०५१ सालमा कैलाली क्षेत्र नम्बर १ मा एमालेबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हिमाञ्चल भट्टराईलाई हिड्दा हिड्दै कार्बाही गरे । कैलाली क्षेत्र नम्बर २ का मोहनसिंह राठौरलाई काँग्रेसमा पु¥याए । रावलको प्रताडनाका कारण कैलालीमा एमालेको जिल्ला अध्यक्ष भईसकेका होरीलाल चौधरीले पार्टी नै छोड्नु प¥यो । थारु समुदायबाट एमालेको नेतृत्व गर्ने होरीलाल पहिलो नेता थिए । सरोज पोखरेल जस्ता बौद्धिक युवाहरु पार्टीबाट पलायन भए ।

नेतृत्व र समय यति प्रतिकूल र क्रुर होला भन्ने सोचेको भए रावल आफू शक्तिमा हुदाँ फरक मत राख्नेलाई यो हदसम्म पेल्दैनथे होलान । तर समय घर्किसकेको छ । उनीसंग फर्केर हेर्ने र पछुताउने समय छैन ।

राष्ट्रवादको मुद्दामा कुनै बेला अत्यन्त लोकप्रिय रहेका ओली यतिबेला सत्ताको नेतृत्वमा त छन् । तर सत्तामा भएर पनि ईतिहासकै सबैभन्दा कमजोर अवस्थामा छन् ओली । र, उनी माथि चौतर्फी आक्रमण भईरहेको छ । पछिल्लो समयमा त्यही हालत रावलको एमालेभित्र रह्यो ।

२०७४ सालमा कैलालीको क्षेत्र नम्बर २ मा प्रदेश सभा ‘ख’ को उम्मेदवारमा डेजी पाण्डेय एकल सिफारिस गरिए । सुदूर पश्चिममा प्रदेश सभाका ३२ निर्वाचन क्षेत्रमध्ये एकल सिफारिस हुने पाण्डेय एक्ला उम्मेदवार थिए । रावलले पाण्डेयको नाम सुन्नै चाहेनन । र उनी टिकटबाट बञ्चित भए । ८० मा रावलले त्यही नियति भोगे । अछामबाट प्रतिनिधि सभा तर्फ एकल नाम सिफारिस गरिएपनि ओलीले टिकट दिए, झपट बोहरालाई । रावल टिकटबाट बञ्चित भए ।

रावलको उदय र पतन

२०४८ को अन्तरिम सरकारमा वन तथा वातारण मन्त्री थिए, झलनाथ खनाल । रावलका लागि विशेष पदको सृजना गरियो । र बने, राजनैतिक सल्लाहकार ।

दुर्घटनामा परी प्रेम सिंह धामीको मृत्यु भएपछि सुदूर पश्चिमबाट एमालेमा हावी भएका रावलले त्यसयता आफूलाई चुनौती दिने कुनै पनि नेतालाई सुदूरपश्चिममा माथि उठ्नै दिएनन् ।

२०५२ सालमा उनी पर्यटन राज्य मन्त्री भए । त्यहीबेला चाईना साउथ वेष्टमा मुछिए । केपी शर्मा ओलीको पालामा उपप्रधान तथा रक्षा मन्त्री भए ।

प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री मागेका उनलाई शिक्षा मन्त्री हुन भनियो । उनी शिक्षा मन्त्री बन्न तयार भएनन ।

बुटवलमा भएको नेकपा एमालेको आठौ महाधिबेशनमा रावल उपाध्यक्ष पदमा हारे । केन्द्रीय सदस्यमा जिते । तर उनले केन्द्रीय सदस्यको शपथ खाएनन ।  तर माधव नेपालको नेतृत्वको सरकारमा गृहमन्त्री हुने भएपछि रावलले छ महिनापछि हतार हतारमा भ¥याङ मुनी शपथ खाएको चर्चा थियो । बिधिका कुरा गर्ने, अरुलाई पालना गर्न निर्देशन दिने तर आफू पालना नगर्ने । अरुले पालना नगरे कारबाही गर्ने यो रावलको स्वभाव थियो ।

चितवनमा २०७८ सालमा भएको एमालेको १० औं महाधिवेशनमा ओलीलाई अध्यक्ष पदमा चुनौती दिएपछि रावलका एमालेमा खराव दिनहरु शुरु भए । नेकपा बिभाजनका क्रममा ओलीका बिरुद्ध जवर्जस्तढंगले उभिएका रावल ओलीलाई चुनौती दिने एमालेका १० जना नेतामध्ये एक थिए । अधिकांश नेता मूलघर एमालेमै फर्किदा उनी दोमनमा रहे । न समाजवादीमा गए । न त एमालेमा सक्रिय रहे । त्यसयता ओलीसंग सम्बन्ध सुधार गर्न नसेकका रावल अन्ततः संगठित सदस्य समेत नरहने गरी एमालेको कारवाहीमा परे ।

सुदूरपश्चिममा कस्तो होला रावल बिनाको एमाले ?

सुदूरपश्चिममा रावल बिनाको एमाले कस्तो होला ? के एमाले पुरानै अवस्थामा उभिन सक्ला ? रावलको कारबाहीले एमालेलाई कति क्षति होला ? क्षति होला कि नहोला ? यस्ता तमाम प्रश्नहरु उठिरहँदा उनीको निष्कासनपछिको शान्ति हेर्दा एमालेमा सुनामी जाने देखिदैन । निकै कमजोर अवस्थामा रावलमाथि गरिएको कारबाहीले सुदूरपश्चिममा खासै असर नगर्ने एमाले नेताहरुको दावी छ ।

२०७९ को निर्वाचनमा एमाले बिभाजित थियो । काँग्रेस, माओवादी र समाजवादी मिलेर चुनावमा गएका थिए । त्यसमाथि एमाले एक्लै लडेको थियो । टिकटबाट बञ्चित रावल भूमिका बिहीन थिए । एमालेले प्रतिनिधिका १६ सिट मध्ये पहाड र तराईमा एक एक एक सिट जित्यो । ३२ वटा प्रदेश सभाको सिटमा तीन वटामा मात्र जित हात पार्यो । रावल एमालेमा सक्रिय भएको अवस्थामा केही सिट तलमाथि हुनसक्थ्यो । एमालेलाई थप केही सिट लाभ हुन्थ्यो । तर यतिबेला उनको त्यो पुरानो क्रेज एमाले कार्यकर्तामाझ छैन । न त एमालेका नेता तथा कार्यकर्ताहरु उनकै पछि लागेर एमाले छोड्ने मनस्थितिमा छन् । त्यस कारण रावलको निष्कासनमा एमालेलाई खासै क्षति हुने देखिदैन ।

यद्दपि रावलको निष्कासनपछि सुदूर पश्चिममा एमालेभित्र नेतृत्वमा ‘भ्याकुम’ हुने आंकलन गर्नेहरु नभएका होईनन ।
लामो समय सुदूर पश्चिममा रावल र कर्ण बहादुर थापाकाबीच टकरावपूर्ण सम्बन्ध रह्यो । रावललाई चुनौती दिएर सुदूरपश्चिममा एमालेमा अहिलेसम्म उभिन सकेका थापा अपवाद हुन् । उनीहरुका बीचमा कहिले मेल भएन । २०७४ को निर्वाचनमा रावलको गृहक्षेत्रमा थापा चढेको गाडीमा आगजनी गरियो । थापा मुस्किलले जोगिए । उनको गाडीमा रावलको निर्देशनमा आगो लगाईएको आरोप लाग्यो ।

सुदूरपश्चिमको कमाण्ड एमालेका केन्द्रीय सचिव लेखराज भट्टको काँधमा आउने देखिन्छ ।

भनिन्छ, कार्यकर्ताको मनका कुरा बुझ्ने नेताले मात्र पार्टी हाँक्न सक्छ । एकथरीको बुझाई छ, लेखराज भट्टले एमाले धेरै बुझेका छैनन । माओवादीको लडाकु पृष्ठभूमिबाट आएपनि भट्टको स्वभाव कडा छैन । उनी एमालेको नेतृत्व, नीति र निर्णयका पक्षमा ईमान्दारीपूर्वक उभिएका छन् । यद्दपि पार्टीभित्र बिभिन्न तहका एमालेका नेताहरुसंग उनको औपचारिक सम्बन्ध मात्र छ । खुलेर कुरा गर्न र बिचारहरु माझिन अनौपचारिक सम्बन्ध हुनुपर्ने ठान्छन्, कतिपय नेताहरु ।

ओलीसंग कुनै बेला निकट सम्बन्ध रहेका कर्ण बहादुर थापा सुदूरपश्चिममा बेला बेला ओलीको आडमा रावलमाथि हावी हुन खोज्थे । तर रावलको राष्ट्रियस्तरको उचाईका अघि थापाको डेग चल्थेन । पार्टीमा यतिबेला रावल छैनन् । तर पनि थापाले सुदूरपश्चिममा रावलको स्थान लिने अवस्था भने देखिदैन । आफैले नियुक्त गरेका थापालाई हठात उद्योग मन्त्रीबाट हटाएका ओली त्यसयता थापासंग सकारात्मक नभएको चर्चा सेलाईसकेको छैन । ओलीसंग त्यसयता चिसिएको सम्बन्धमा कुनै चामत्कारिक सुधार नभए थापालाई तत्काल सुदूर पश्चिमको नेतृत्व गर्ने अवसर प्राप्त हुने संभावना क्षीण छ ।

ट्रम्प होटलबाहिर कसरी पुग्यो इन्धन र बारुद भएको टेस्ला साइबरट्रक, कसले गरायो विस्फोटन

काठमाडौं । संयुक्त राज्य अमेरिकाको नभाडा राज्यस्थित लास भेगसमा ट्रम्प होटलबाहिर इन्धन भरिएका क्यान र पटका राखिएको एउटा टेस्ला साइबरट्रक विस्फोटन भएपछि प्रहरीले उक्त घटनाबारे अनुसन्धान थालेको छ।

प्रहरीका अनुसार उक्त घटनामा सवारीचालकको मृत्यु भएको थियो भने अरू सात जना घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न भएको आशङ्का गरिएका कसैको पनि नाम सार्वजनिक गरेको छैन। अधिकारीहरूका अनुसार घाइते भएका सातै जना नाबालक हुन्।

उक्त सवारीसाधान कोलोराडो राज्यबाट भाडामा लिइएको र बुधवार बिहान लास भेगस आइपुगेको प्रहरीले जनाएको छ। सहरमा प्रवेश गरेको दुई घण्टाभित्रै विस्फोटन भएको हो। होटलअगाडि सिसाको प्रवेशद्वारनजिकै पार्क गरिएको साइबरट्रकबाट पहिला धुँवा निस्किएको थियो र त्यसपछि त्यसमा विस्फोटन भयो।

बुधवार साँझ राष्ट्रपति जो बाइडनले उक्त घटनाबारे ह्वाइट हाउसले निगरानी गरिरहेको र कानुन कार्यान्वयन गर्ने निकायले त्यसको र न्यूओर्लिअन्समा भएको आक्रमणबीच कुनै सम्बन्ध छ कि छैन भनेर अनुसन्धान गरिरहेको बताए। एक व्यक्तिले भिडमा लगेर गाडी जोत्दा नववर्षका अवसरमा रमाइलो गरिरहेका १५ जनाको मृत्यु भएको थियो।

दिउँसो आयोजित पत्रकार सम्मेलनमा लास भेगस प्रहरी प्रमुख केभिन मक्मेहिलले लास भेगस होटलमा भएको नाटकीय विस्फोटनको भिडिओ र त्यसपछिका तस्बिरहरू सार्वजनिक गरे। ती सामग्रीमा साइबरट्रकमा इन्धन भरिएका कैयौँ क्यान र पटका देखिन्थ्यो।

भिडिओमा उक्त साइबरट्रक होटलको प्रवेशद्वारअगाडि नै रोकिएको देखियो। विस्फोटन हुनुभन्दा अगाडि केही सेकन्डसम्म उक्त ट्रक स्थिर थियो। त्यसपछि रङ्गीविरङ्गी पटकाहरू पड्किएर चारैतिर उडेका थिए।

लास भेगस होटलमा विस्फोटन भएको ट्रकनजिकै एक सुरक्षाकर्मी

तस्बिर स्रोत,Reuters

अर्को एउटा भिडिओमा अनुसन्धानकर्ताहरूले आगो नियन्त्रण गर्न कालो रङ्गको ‘टार्प’ प्रयोग गरेको र ट्रकभित्र जलेर बाँकी भएको अवशेष देखिएको थियो।

साइबरट्रकभित्र ग्यास र इन्धनका क्यानहरू पटकाका ‘मोर्टार’का अवशेषसँगै थिए।

उक्त घटनापछि होटलमा बसेका मानिसहरूलाई अन्यत्र सारिएको थियो।

न्यूओर्लिअन्सको घटनासँग सम्बन्ध रहेको आशङ्का किन

न्यूओर्लिअन्समा घटनास्थलनजिकै एफबीआईका दुई अधिकारीहरू

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,न्यूओर्लिअन्समा भएको आक्रमणसँग सम्बन्धित दसी र प्रमाण सङ्कलन गर्ने काम र उक्त सहरबाहेक विभिन्न राज्यमा खानतलासी भइरहेको सङ्घीय जाँच ब्यूरो एफबीआईले जनाएको छ

न्यूओर्लिअन्समा एक व्यक्तिले नववर्ष २०२५ को दिन उत्सव मनाइरहेका मानिसहरूको भिडमा गाडी जोतेको एक घण्टापछि लास भेगसमा विस्फोटन भएको थियो। न्यूओर्लिअन्सको घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्।

लास भेगस प्रहरीका अनुसार ती दुई घटनाबीच कुनै सम्बन्ध छ कि छैन भनेर अनुसन्धान भइरहेको छ। न्यूओर्लिअन्समा घटनास्थलनजिकै विस्फोटक पदार्थ फेला परेको थियो।

मक्मेहिलका अनुसार लास भेगस घटना राष्ट्रपति पदमा निर्वाचित भएका डोनल्ड ट्रम्पसँग वा उनलाई सहयोग गर्दै आएका धनाढ्य उद्योगपति इलोन मस्कप्रति लक्षित थियो कि थिएन भनेर छानबिन हुँदै छ। विस्फोटन भएको होटलमा ट्रम्प लगानी छ भने उक्त घटनाका लागि प्रयोग गरिएको टेस्ला साइबरट्रक मस्कको स्वामित्वमा भएको कम्पनीले उत्पादन गर्छ।

“साइबर ट्रक, ट्रम्प होटल। पक्कै पनि हामीले उत्तर खोज्नुपर्ने धेरै प्रश्नहरू छन्,” उनले भने।

लुईजियाना राज्यकी महान्यायाधिवक्ता लिज म्यूरिलले न्यूओर्लिअन्स घटनामा “धेरै व्यक्ति संलग्न रहेको” सञ्चारमाध्यमलाई बताएकी छन्।

यसअघि अनुसन्धानकर्ताहरूले “सन्दिग्ध व्यक्ति एक्लैले घटना गराए जस्तो आफूलाई नलागेको” बताएका थिए।

एफबीआईले उक्त घटनाका सन्दिग्ध आक्रमणकारीको नाम ४२ वर्षीय शमसुद-दिन जब्बर र उनी टेक्ससमा बसोबास गर्ने अमेरिकी नागरिक भएको जनाएको छ। उनी भूतपूर्व सैनिक हुन्। उनी विभिन्न अपराधमा संलग्न भएको अभिलेखले देखाएको छ।

उनले चलाएको गाडीमा इस्लामिक स्टेटको झण्डा फेला परेको अधिकारीहरूले बताएका छन्। उक्त घटना आतङ्ककारी कृत्य हो किन हैन भनेर छानबिन भइरहेको छ।

गुप्तचर निकाय के भन्छ

ट्रम्प टावरको द्वारअगाडि विस्फोटन भएको टेस्ला साइबरट्रकमा आगो निभिसकेपछि निरीक्षण गर्दै एक अनुसन्धानकर्ता

तस्बिर स्रोत,Reuters

सङ्घीय जाँच ब्यूरो एफबीआईले उक्त घटना आतङ्ककारी कृत्य हो कि हैन भनेर आफूले अनुसन्धान थालेको बताएको छ। तर अधिकारीहरूले उक्त घटनामा ज्यान गुमाउने सवारीचालकको परिचय स्पष्ट हुन बाँकी रहेको जनाएका छन्।

उनीहरूका अनुसार अहिलेसम्म उक्त घटनामा इस्लामिक स्टेट (आईएस)को संलग्नता रहेको प्रमाण फेला परिसकेको छैन।

“सबै जनाको रुचि त्यो शब्दमा छ भन्ने मलाई थाहा छ। अनि उनीहरू हामीले ‘यो आतङ्ककारी आक्रमण हो’ भन्छौँ कि भनेर सुन्न खोज्दै छन्। त्यो हाम्रो उद्देश्य हो, अनि हामी त्यसै गर्न खोज्दै छौँ,” एफबीआईका विशेष अधिकारी जेरमी श्वार्ट्जले एउटा पत्रकार सम्मेलनमा भने।

घटनामा प्रयोग गरिएको गाडी कसको

लास भेगसका प्रहरी प्रमुख मक्मेहिलका अनुसार दुवै सवारीसाधन एपमा आधारित गाडी भाडामा दिने कम्पनी ‘ट्यूरो’बाट भाडामा लिएको देखिएको छ।

एउटा विज्ञप्ति प्रकाशित गर्दै ट्यूरोका एक प्रवक्ताले आफ्नो कम्पनीले लास भेगस र न्यूओर्लिअन्सका अधिकारीहरूलाई अनुसन्धानमा सघाइरहेको जनाएका छन्। ट्यूरोका अनुसार दुवै गाडी भाडामा लिने व्यक्तिहरूको “आपराधिक पृष्ठभूमि” देखिएको थिएन।

अधिकारीहरूले कोलोराडोमा गाडी भाडामा लिने व्यक्तिको नाम थाहा भए पनि निजले नै उक्त गाडी चलाएको हो भनेर पुष्टि गर्न बाँकी रहेको जनाएका छन्।

दुवै घटनाबारे राष्ट्रपति बाइडनलाई जानकारी दिइएको थियो।

होटलसँग डोनल्ड ट्रम्पको कस्तो सम्बन्ध

ट्रम्प टावर र विस्फोटन भएको टेस्ला साइबरट्रकबाट निस्किएको धुँवा

तस्बिर स्रोत,Reuters

लास भेगस होटलमा डोनल्ड ट्रम्पको कम्पनीको आंशिक स्वामित्व छ।

ट्रम्पका छोरा एरिक ट्रम्पले सामाजिक सञ्जाल ‘एक्स’मा “ट्रम्प लास भेगसको द्वारमा विद्युतीय सवारीसाधनमा आगलागी भएको” थाहा भएको लेखेका छन्।

इलोन मस्कले ‘एक्स’मा लेख्दै न्यूओर्लिअन्स र लास भेगस घटनाबीच कुनै न कुनै सम्बन्ध हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।

घटनाका एक प्रत्यक्षदर्शी स्टीभन फर्नान्डोले ट्रम्प टावरको ५३औँ तलाबाट उक्त घटना भएको देखेको ‘वाशिङ्टन पोस्ट’लाई बताएका छन्। उनका अनुसार विस्फोटनका कारण झ्यालहरू हल्लिएका थिए।

वाशिङ्टन पोस्टका अनुसार ट्रम्प होटलमा ६४ तला र झन्डै १,३०० कोठा छन्।

राष्ट्रपति पदमा निर्वाचित भएपछि ट्रम्पले इलोन मस्कलाई ‘डिपार्टमन्ट अफ गभर्न्मन्ट इफिशन्सी’ नामक राष्ट्रपतीय परामर्श आयोगको सहनेता नियुक्त गरेका छन्। राष्ट्रपति निर्वाचन अभियानका बेला ट्रम्प र मस्कको घनिष्ठता बढेको थियो।

ट्रम्पले ज्यानुअरी २० मा राष्ट्रपति पदको शपथ लिने छन्। –बीबीसी नेपालीबाट 

सुदूर पश्चिम नीति तथा योजना आयोगको उपाध्यक्षमा राना नियुक्त

धनगढी, १८ पुस ।
सुदूर पश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा जीवन राना नियुक्त भएकी छन् ।

मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्री परिषदको बैठकले रानालाई नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो । त्यस्तै शेर बहादुर भण्डारी र हिरा चन्दलाई नीति तथा योजना आयोगको सदस्यमा नियुक्त भएका छन् ।

द सोसियो कल्चर अफ राना थारु विषयमा विद्या वारिधी प्राप्त रानाले एजुकेशन प्लानिङ म्यानेजमेण्टमा स्नातकोत्तर गरेकी छन् । राना थारु समाजकी पूर्व अध्यक्ष राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् ।

मुख्यमन्त्री शाहले बुधवार नै रानालाई उपाध्यक्ष पदको शपथ खुवाए । त्यसपछि उपाध्यक्ष रानाले नवनियुक्त सदस्यद्धय भण्डारी र चन्दलाई शपथ खुवाईन् ।

Processing…x

रामदत्त जोशी : जसले बदले सामुदायीक विद्यालय प्रतिको दृष्टिकोण

दार्चुलाको सदरमुकाम खलंगा । त्यसै साँघुरो सडक । त्यसमाथि सडक नै ढाक्ने विद्यार्थीको हुल । छात्र र छात्राको संख्या उस्तै । सबै टाई, बेल्ट र जुत्ता सहित पोशाकमा छन् । हेर्दा निजी विद्यालयका विद्यार्थी जस्तै ।

ओहो ! यति विद्यार्थी कुन निजी विद्यालयका हुन, मनको प्रश्न अचानक मुखमा आयो ? संगै रहेका पत्रकार कमलराज जोशीले पलभरमै जवाफ दिए– कहाँ निजीका हुनु ? यी विद्यार्थी त सामुदायिक विद्यालयका हुन् ।

विश्वास लागेन । फेरि सोधे– साँच्चै ? हो दाई साँच्चै हुन् । कमल टसमस भएनन् । उनको जवाफ उही थियो– हो दाई ।

हाम्रो गाडी विद्यार्थीको त्यही भीड छिचोल्दै विस्तारै अघि बढिरहेको थियो । विद्यालयको गेट आयो । कमलले भने, दाई यी विद्यार्थी यही विद्यालयका हुन् । त्यो गेट महेन्द्र नमूना माविको थियो ।

गुरुजीलाई गाडी रोक्न भने । र, कमल भाईलाई अगाडी लगाएर आफू उनकै पछि पछि विद्यालय भित्र पसे ।
विद्यालय हेर्न मन लाग्यो । त्यसको अगुवाई गर्ने हेडमास्टरलाई भेट्ने ईच्छा भयो । र शिक्षकहरुले पढाउने बिधि जान्न मन    लाग्यो ?

त्यस्तो के जादु छ ? कि यो विद्यालयसंग यतिधेरै विद्यार्थी भए ? मनभित्र उब्जिएको प्रश्नको जवाफ खोज्दै प्रधानअध्यापकको कार्यकक्षमा पुगे । त्यही थिए–प्रधानअध्यापक रामदत्त जोशी ।

सामुदायिक विद्यालयमा विद्यार्थीहरुको खडेरी परेका बेला । दुईरतीन वटा विद्यालय ‘मर्ज’ गर्नुपर्ने बाध्यतात्मक परिस्थिति देशभरीकै सरकारी विद्यालयको नियति बनेका बेला । कसरी महेन्द्र मावि फरक भयो ?

महाकाली किनारमा तिर्खाएका यी प्रश्नहरुको प्यास भने रामदत्त जोशीको जवाफबाट मेटिन्थ्यो । महेन्द्र मावि दार्चुलाको उत्कृष्ट सामुदायिक विद्यालय हो । असफलताको चाङमा उभिएका हजारौ सामुदायिक विद्यालयहरुका अगाडि महेन्द्र मावि सफलताको सुत्र पहिल्याउनेहरुका लागि एउटा विश्व विद्यालय हो । अझ सामुदायिक विद्यालयको पढाई त खत्तम हुन्छ भनेर आलोचना गर्नेहरुका लागि त दरो जवाफ हो, महेन्द्र मावि । कोसिस गरे असम्भव केही छैन भन्ने सन्देश पनि हो, सामुदायिक विद्यालयहरुका लागि महेन्द्र मावि ।

३६ वर्ष शिक्षण पेशामा बिताएका जोशीले २० पुस २०८१ मा अवकाश लिए । महेन्द्र माविको यो सफलतामा नेतृत्वदायी भूमिका निर्बाह गर्ने रामदत्त जोशी र उनले अपनाएको शिक्षण बिधिका विषयमा यहाँ चर्चा गर्नेछु ।

रामदत्त जोशीको जन्म र शिक्षा

बि.स. २०२१ साल कार्तिक २० गते जन्मिएका रामदत्त जोशी बीरदत्त जोशी र स्वर्गीय झिमादेवी जोशीका माईला सन्तान थिए । उनीभन्दा जेठा दाई थिए । र उनीभन्दा कान्छा एक भाई, एक बहिनी ।

उनी जन्मिएको गाउँ तत्कालीन धाप पञ्चायत – ९ पौने खोला गाउँ, जो हाल महाकाली नगरपालिका– ८ मा पर्छ, त्यहाँ न बाटोको सुबिधा थियो । न त गाडीको । सदरमुकाम खलंगा पुग्न पैदल एक दिन लाग्थ्यो ।

गाउँमा पौनेखोला प्रावि थियो । जहाँ तीन कक्षासम्म पढाई हुन्थ्यो । उनले प्रारिम्भक शिक्षा त्यहीबाट पास गरे । तीन कक्षामा पढ्दै गर्दा आमाको निधन भएपछि उनले एक वर्ष पढ्न पाएनन । एक जना दाईले उनको पढ्ने ईच्छा बुझेर पढाई छुटाउन नहुने सल्लाह दिए । त्यही कारण पढ्न पाएको उनी अहिले पनि बिर्सेका छैनन ।

थप पढ्न खलंगा जानु पर्ने भयो । खलंगामा उनका मामाको घर थियो । मामाले उनको थप पढाईको जिम्मेवारी लिए । र मामाकै घरबाट चार देखि १२ कक्षासम्मको पढाई पुरा गरे ।

महेन्द्र माविमा चार कक्षामा भर्ना भएका उनले पछाडि फर्केर कहिल्यै हेर्नु परेन । धमाधम पास भए । २०३९ सालमा उनले त्यही विद्यालयबाट एसएलसी दिए । एक वर्षपछि नतिजा आयो । परीक्षा दिने ९० जना विद्यार्थी थिए । प्रथम श्रेणीमा पास हुने दुई जना थिए । जसमध्ये उनी एक थिए । अर्का थिए, प्रेमदत्त भट्ट । जो अहिले ईञ्जिनियर छन् ।

११ र १२ कक्षाको पढाई भने सीमावर्ती भारतीय बजार धार्चुलाको गभरमेण्ट ईन्टर कलेज (जिआईसी) बाट पुरा गरे । थप पढ्ने हुटहुटीले उनलाई पु¥यायो, पिथौरागढ । त्यहीको राजकीय महाविद्यालय बेरिनागबाट बिज्ञानमा स्नातक गरे । पढ्ने उत्कण्ट चाहना यतिमै सिमित भएन । उनले ललित शिक्षा क्याम्पस पाटनबाट एक वर्षे बीएड गरे । पिथारौगढको पोष्ट ग्राजुयट कलेजबाट एमएएको अध्ययन पुरा गरे ।

शिक्षण पेशामा प्रवेश

उनी बीएस्सी पास भए । यो खवर जिल्लाभरी फैलिएको थियो । किनकी उनी बिएस्सी पास हुने दार्चुला जिल्लाकै पहिलो विद्यार्थी थिए । त्यो सुनेर उनका गुरुले पढाउन बोलाए । उनले गुरुका आग्रह टार्न सकेनन । र २०४५ सालमा मालिकार्जुन मावि धापबाट शिक्षण पेशामा प्रवेश गरे । तीन वर्ष अस्थायी शिक्षकका रुपमा पढाए । २०४८ सालमा स्थायी भए । र सरुवा भएर पुगे, आफैले अध्ययन गरेको महेन्द्र मावि । २०६६ सालमा उनी विद्यालयको सहायक प्रधानअध्यापक भए । २०७० बैशाख २४ गते प्रधानअध्यापकको जिम्मेवारी पाए ।

जोशीको बैबाहिक जीवन

बि.स. २०३७ सालको मंसिर महिनामा रामदत्त सात कक्षाको परीक्षा दिईरहेका थिए । त्यही बेला उनको बिबाहको कुरा चल्यो । उनले हुन्न भनेनन । व्यास गाँउपालिकाको तिगरमकी १४ वर्षीया जानकी जोशीसंग बिहा भयो ।

जोशी दम्पत्तीका तीन सन्तान छन् । जेठी छोरी स्टाफ नर्स छन् । माईलो छोरा ईञ्जिनियर छन् । कान्छो छोराले पुरा गरे, कृषिमा स्नातक ।

जोशीको नेतृत्वमा महेन्द्र माविको छलाङ

भनिन्छ, जित्ने मान्छे फरक काम गर्दैन । उसको काम गर्ने तरिका फरक हुन्छ । त्यही फरक तरिकाले उसले जित हात पार्छ । जोशीको हकमा पनि यही कुरा लागु भयो ।

जतिबेला उनले प्रधानअध्यापकको जिम्मेवारी पाए । त्यतिबेला महेन्द्र माविमा ११०० विद्यार्थी थिए । उनलाई ती विद्यार्थी कसरी जोगाउने भन्ने चिन्ता त छदै थियो । तिनको भविश्य कसरी सफल बनाउने चिन्ता पनि थियो ।

जहाँ ईच्छा, त्यहाँ उपाय भने झै उनले पठन पाठनमा नयाँ उपाय प्रयोग गरे । शिक्षक,विद्यार्थी र अभिभावकलाई संगै लगे । पहिले विद्यार्थी कमजोर हुनुको दोष विद्यार्थीलाई मात्र दिईन्थ्यो । शिक्षक कहाँ निर चुके ? यसको खोजी नै हुदैनथ्यो । र सन्तानलाई विद्यालय पठाए पछि त अभिभावक सम्झिन्थे, अव सबै जिम्मेवारी शिक्षकको हो ।

हरेक विषयमा विद्यार्थीहरुबीच गरिने सामूहिक छलफलले नजान्ने विद्यार्थीलाई पनि जान्ने बनायो । र विद्यार्थीहरुबीच हरेक पाठका विषयमा गरिने छलफलले कोही बोल्ने, कोही बोल्दै नबोल्ने समस्याको समाधान पनि भयो । जोशी भन्छन्, शिक्षक र प्रधानअध्यापकबीचको  समन्वयले पनि पठनपाठन प्रभावकारी भयो ।

उनले विद्यार्थीको होमवर्क डायरी बनाए । हरेक विद्यार्थीले हरेक दिन, हरेक होमवर्क त्यसमा टिपोट गर्नैपर्ने । शिक्षकलाई पनि होमवर्क डायरी अनिवार्य बनाए ।

पहिले शिक्षकको कक्षामा जाने कुनै निश्चित समय र तालिका हुन्थेन । विद्यार्थीहरुको मनिटर हुन्थ्यो । तर शिक्षकको मनिटर हुने कुरै भएन । उनले प्रत्येक कक्षामा मनिटर डायरी बनाए । र संगै शिक्षक डायरी पनि । शिक्षक कतिखेर कक्षामा आए । के पढाए रु त्यसको हरेक दिनको अनुगमन गरे । कमजोरी विद्यार्थीलाई पछाडिको बेञ्चबाट अगाडिको बेञ्चमा सारेर मात्र उसले सिक्दैन । उसलाई त सिक्न प्रोत्साहित गर्नुपर्छ । विद्यार्थीहरुले शिक्षकलाई दण्ड दिने अधिकारी होईन, सिकाईको साथी ठान्नु पर्छ । तव मात्र शिक्षक र विद्यार्थीका बीचमा अन्तरसंवाद हुन्छ । र आफ्ना सन्तान प्रति अभिभावकको पनि दायित्व हुन्छ । त्यो दायित्व विद्यालय र शिक्षकसंगको संवाद र सन्तानको निगरानीबाट पुरा हुन्छ । तव मात्र विद्यार्थी सफल हुन्छ ।

विद्यार्थी संख्या बढेपछि सेक्सनहरु थपिए । सेक्सनहरु थपिएपछि सबै कक्षाकोठामा गएर अनुगमन गर्न कठिनाई हुन थाल्यो । र उनले ४२ वटालाई एकसाथ अनुगमन गर्न सीसी टीभी जडान गरे । जसको मनिटर आफ्नो कार्यकक्षामा राखे ।

अन्य सरकारी र निजी विद्यालयलाई विद्यार्थी कसरी जोगाउने चिन्ता हुन्छ । उनलाई भने नयाँ शैक्षिक सत्र शुरु भएपछि अभिभावकहरुको दवाव खेप्न समस्या हुन्छ ।

उनी प्रधानअध्यापक हुनु अघि ११०० मा थिए । उनले अवकाश लिदा विद्यार्थी संख्या दुई हजार छ सय थियो । एउटै कक्षाका छ वटा सेक्सन छन् । आठ कक्षामा पाँच वटा सेक्सन छन् । ११ कक्षामा ६ वटा सेक्सन । १२ मा पाँच वटा सेक्सन छन् ।

शिशु कक्षा र ११ कक्षामा त विद्यार्थीको चाँप थेगि नसक्नुछ । गतवर्ष ११ कक्षामा तीन सय विद्यार्थी थपिए । शिशुमा दुई सय ५० विद्यार्थी । अन्य कक्षामा पनि विद्यार्थी भर्ना गरिदिनु प¥यो भनेर त्यस्तै दवाव आउछ ।

२०७४ सालदेखि उनले अंग्रेजी माध्यमा पढाई शुरु गरे । र विद्यार्थीहरुलाई टाई, बेल्ट, जुत्ता र पोशाक अनिवार्य गरे । चर्को शुल्कका कारण निजी विद्यालयमा आफ्ना नानीहरुलाई पढाउन नपाएका अभिभावकहरुलाई आकर्षण गर्ने गजवको तरिका थियो । जसले विद्यार्थीहरुलाई पनि तान्यो ।

के निजी विद्यालयको झै देखिने पोशाक टाईबेल्ट र जुत्ताले विद्यार्थी र तिनका अभिभावकलाई तानेको हो, पंक्तिकारको प्रश्न थियो, उनले जवाफ दिए–त्यो पनि एउटा कारण हो । उनले थपे–मुख्य आकर्षण पढाईको गुणस्तर हो ।

गुणस्तर देखिने ठाउँ हो, परीक्षाको नतिजा । २०७५ मा सालमा एसएलसी परीक्षा दिने २०२ जना विद्यार्थीमा कोही पनि फेल भएनन । तीन जनाले ए प्लस ल्याए । १९ जनाले ए ग्रेड ।

विद्यार्थी बढेसंगै शिक्षक थप्नु प¥यो । उनले शिक्षक थपे । सरकारी दरबन्दी थपिएन । अहिले ५४ जना शिक्षक सहित ६६ जना कर्मचारी छन् । सरकारी दरबन्दीमा २५ जना शिक्षक कार्यरत छन् । बाँकी २७ जना निजी स्रोतमा । सरकारी आदेश छ–विद्यार्थीसंग कुनै पनि बहानामा शुल्क नलेउ ।

शुल्क नलिई विद्यालय चलाउने कसरी ? अभिभावकबाट सहयोग भनेर लिएर विद्यालय चलाएका छौ, जोशी भन्छन्, यो हाम्रो बाध्यता हो ।

नतिजा मात्र खोज्ने सरकारी संयन्त्रले यो बाध्यता बुझि दिए कति सहज हुन्थ्यो ? भन्छन्, यो ओपन सेक्रेट बाध्यता सरकारी आँखामा परिदिए दरबन्दी थपिन्थ्यो कि ?

प्लस टुमा विज्ञान, शिक्षा, व्यवस्थापन संकाय पढाई हुन्थ्यो । उनले २०७५ सालमा डिप्लोमा ईन सिभिल ईञ्जिनियरिङको पढाई पनि शुरु गरे । भन्छन्, प्राबिधिक शिक्षा अध्ययनका लागि बाहिर जानु नपरोस भनेर प्राबिधिक शिक्षाको पठनपाठन शुरु गरेका हौ ।

निजी विद्यालयलाई विद्यार्थी जोगाउन सकस

शहर होस वा गाउँ ।  नजिकमा निजी विद्यालय खुले सामुदायिक विद्यालयलाई आफ्ना विद्यार्थी जोगाउन हम्मेहम्मे हुन्छ । तर खलंगाको परिस्थिति भने फरक छ । यहाँ निजी विद्यालयलाई आफ्ना विद्यार्थी जोगाउन सकस छ ।

जिल्लादेखि राष्ट्रिय राजनीतिमा छाएका पूर्व विद्यार्थीहरु

राष्ट्रिय राजनीतिमा पहिचान बनाएका पूर्व सुचना तथा सञ्चार मन्त्री दिलेन्द्र बडु यही विद्यालयका उत्पादन हुन् । पूर्व मन्त्री गणेश ठगुन्नाले यही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन् । पूर्व प्रदेश सभा सदस्य ग्याल्बु बोहरा, जिल्ला समन्वय समितिका पूर्व प्रमुख करबीर कार्कीले बनाएको पहिचानमा यही विद्यालयको योगदान छ ।

भक्तपुरको क्षयरोग केन्द्रका प्रमुख डा.बीएस टिंकरीको सफलता र पहिचानको जग महेन्द्र मावि नै हो । यसले शिक्षक, चिकित्सक, नेता मात्र जन्माएको छैन, थुप्रै ईञ्जिनियरहरु पनि देशलाई दिएको छ ।

जिल्लाभित्रै पनि बिभिन्न पेशा र क्षेत्रमा महेन्द्र माविका उत्पादनहरुले सेवा गरिरहेका छन् । देशविदेशमा पनि विद्यार्थीहरुले नाम र दाम दुबै कमाएका छन्,  जोशी भन्छन्, विद्यालयले कमाएको पूँजि भनेकै यही हो ।

अमेरिकाको ट्रम्प होटल अगाडि टेस्ला साइबरट्रकमा विस्फोट

एजेन्सी । अमेरिकाको लस भेगासमा रहेको ट्रम्प होटल अगाडी टेस्ला साइबरट्रकमा विस्फोट भएको छ । यो घटनामा चालकको ज्यान जानुका साथै अरु सात जना घाइते भएका छन् । होटल बाहिर इन्धन र आतिशबाजीले भरिएको रोकिराखेको ट्रकमा विस्फोट भएपछि प्रहरीले अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ ।

ट्रक विस्फोट हुनु भन्दा दुई घण्टाअघि मात्र लस भेगास शहरमा आइपुगेको प्रहरी अधिकारीले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको छ । अनुसन्धानकर्ताले यसअघि न्यू अर्लिन्समा भएको घटनासँग पछिल्लो घटनाक्रम जोडिएको छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन् ।

न्यू अर्लिन्समा एउटा ट्रक मानिसको भिडमा घुस्दा १५ जनाको ज्यान गएसँगै ३५ जनाभन्दा धेरै घाइते भएका थिए ।

टेस्लाका मालिक उद्योगपति एलोन मस्कले टेस्ला साइबरट्रकमा भएको विस्फोट र न्यू अर्लिन्समा भएको घटना कुनै न कुनै रूपमा सम्बन्धित हुनसक्ने बताउनुभएको खबरमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने ह्वाइट हाउसले घटनाबारे सुक्ष्म विश्लेषण गरिरहेको भन्दै दुई घटनाबीच कुनै सम्बन्ध नभएको बताउदै आएका छन् ।

रामदत्त जोशी : जसले बदले सामुदायीक विद्यालय प्रतिको दृष्टिकोण

दार्चुलाको सदरमुकाम खलंगा । त्यसै साँघुरो सडक । त्यसमाथि सडक नै ढाक्ने विद्यार्थीको हुल । छात्र र छात्राको संख्या उस्तै । सबै टाई, बेल्ट र जुत्ता सहित पोशाकमा छन् । हेर्दा निजी विद्यालयका विद्यार्थी जस्तै ।

ओहो ! यति विद्यार्थी कुन निजी विद्यालयका हुन, मनको प्रश्न अचानक मुखमा आयो ? संगै रहेका पत्रकार कमलराज जोशीले पलभरमै जवाफ दिए– कहाँ निजीका हुनु ? यी विद्यार्थी त सरकारी विद्यालयका हुन् ।

विश्वास लागेन । फेरि सोधे– साँच्चै ? हो दाई साँच्चै हुन् । कमल टसमस भएनन् । उनको जवाफ उही थियो– हो दाई ।

हाम्रो गाडी विद्यार्थीको त्यही भीड छिचोल्दै विस्तारै अघि बढिरहेको थियो । विद्यालयको गेट आयो । कमलले भने, दाई यी विद्यार्थी यही विद्यालयका हुन् । त्यो गेट महेन्द्र नमूना माविको थियो ।

गुरुजीलाई गाडी रोक्न भने । र, कमल भाईलाई अगाडी लगाएर आफू उनकै पछि पछि विद्यालय भित्र पसे ।
विद्यालय हेर्न मन लाग्यो । त्यसको अगुवाई गर्ने हेडमास्टरलाई भेट्ने ईच्छा भयो । र शिक्षकहरुले पढाउने बिधि जान्न मन    लाग्यो ?

त्यस्तो के जादु छ ? कि यो विद्यालयसंग यतिधेरै विद्यार्थी भए ? मनभित्र उब्जिएको प्रश्नको जवाफ खोज्दै प्रधानअध्यापकको कार्यकक्षमा पुगे । त्यही थिए–प्रधानअध्यापक रामदत्त जोशी ।

सरकारी विद्यालयमा विद्यार्थीहरुको खडेरी परेका बेला । दुईरतीन वटा विद्यालय ‘मर्ज’ गर्नुपर्ने बाध्यतात्मक परिस्थिति देशभरीकै सरकारी विद्यालयको नियति बनेका बेला । कसरी महेन्द्र मावि फरक भयो ?

महाकाली किनारमा तिर्खाएका यी प्रश्नहरुको प्यास भने रामदत्त जोशीको जवाफबाट मेटिन्थ्यो । महेन्द्र मावि दार्चुलाको उत्कृष्ट सामुदायिक विद्यालय हो । असफलताको चाङमा उभिएका हजारौ सामुदायिक विद्यालयहरुका अगाडि महेन्द्र मावि सफलताको सुत्र पहिल्याउनेहरुका लागि एउटा विश्व विद्यालय हो । अझ सरकारी विद्यालयको पढाई त खत्तम हुन्छ भनेर आलोचना गर्नेहरुका लागि त दरो जवाफ हो, महेन्द्र मावि । कोसिस गरे असम्भव केही छैन भन्ने सन्देश पनि हो, सरकारी विद्यालयहरुका लागि महेन्द्र मावि ।

३६ वर्ष शिक्षण पेशामा बिताएका जोशीले २० पुस २०८१ मा अवकाश लिए । महेन्द्र माविको यो सफलतामा नेतृत्वदायी भूमिका निर्बाह गर्ने रामदत्त जोशी र उनले अपनाएको शिक्षण बिधिका विषयमा यहाँ चर्चा गर्नेछु ।

रामदत्त जोशीको जन्म र शिक्षा

बि.स. २०२१ साल कार्तिक २० गते जन्मिएका रामदत्त जोशी बीरदत्त जोशी र स्वर्गीय झिमादेवी जोशीका माईला सन्तान थिए । उनीभन्दा जेठा दाई थिए । र उनीभन्दा कान्छा एक भाई, एक बहिनी ।

उनी जन्मिएको गाउँ तत्कालीन धाप पञ्चायत – ९ पौने खोला गाउँ, जो हाल महाकाली नगरपालिका– ८ मा पर्छ, त्यहाँ न बाटोको सुबिधा थियो । न त गाडीको । सदरमुकाम खलंगा पुग्न पैदल एक दिन लाग्थ्यो ।

गाउँमा पौनेखोला प्रावि थियो । जहाँ तीन कक्षासम्म पढाई हुन्थ्यो । उनले प्रारिम्भक शिक्षा त्यहीबाट पास गरे । तीन कक्षामा पढ्दै गर्दा आमाको निधन भएपछि उनले एक वर्ष पढ्न पाएनन । एक जना दाईले उनको पढ्ने ईच्छा बुझेर पढाई छुटाउन नहुने सल्लाह दिए । त्यही कारण पढ्न पाएको उनी अहिले पनि बिर्सेका छैनन ।

थप पढ्न खलंगा जानु पर्ने भयो । खलंगामा उनका मामाको घर थियो । मामाले उनको थप पढाईको जिम्मेवारी लिए । र मामाकै घरबाट चार देखि १२ कक्षासम्मको पढाई पुरा गरे ।

महेन्द्र माविमा चार कक्षामा भर्ना भएका उनले पछाडि फर्केर कहिल्यै हेर्नु परेन । धमाधम पास भए । २०३९ सालमा उनले त्यही विद्यालयबाट एसएलसी दिए । एक वर्षपछि नतिजा आयो । परीक्षा दिने ९० जना विद्यार्थी थिए । प्रथम श्रेणीमा पास हुने दुई जना थिए । जसमध्ये उनी एक थिए । अर्का थिए, प्रेमदत्त भट्ट । जो अहिले ईञ्जिनियर छन् ।

११ र १२ कक्षाको पढाई भने सीमावर्ती भारतीय बजार धार्चुलाको गभरमेण्ट ईन्टर कलेज (जिआईसी) बाट पुरा गरे । थप पढ्ने हुटहुटीले उनलाई पु¥यायो, पिथौरागढ । त्यहीको राजकीय महाविद्यालय बेरिनागबाट बिज्ञानमा स्नातक गरे । पढ्ने उत्कण्ट चाहना यतिमै सिमित भएन । उनले ललित शिक्षा क्याम्पस पाटनबाट एक वर्षे बीएड गरे । पिथारौगढको पोष्ट ग्राजुयट कलेजबाट एमएएको अध्ययन पुरा गरे ।

शिक्षण पेशामा प्रवेश

उनी बीएस्सी पास भए । यो खवर जिल्लाभरी फैलिएको थियो । किनकी उनी बिएस्सी पास हुने दार्चुला जिल्लाकै पहिलो विद्यार्थी थिए । त्यो सुनेर उनका गुरुले पढाउन बोलाए । उनले गुरुका आग्रह टार्न सकेनन । र २०४५ सालमा मालिकार्जुन मावि धापबाट शिक्षण पेशामा प्रवेश गरे । तीन वर्ष अस्थायी शिक्षकका रुपमा पढाए । २०४८ सालमा स्थायी भए । र सरुवा भएर पुगे, आफैले अध्ययन गरेको महेन्द्र मावि । २०६६ सालमा उनी विद्यालयको सहायक प्रधानअध्यापक भए । २०७० बैशाख २४ गते प्रधानअध्यापकको जिम्मेवारी पाए ।

जोशीको बैबाहिक जीवन

बि.स. २०३७ सालको मंसिर महिनामा रामदत्त सात कक्षाको परीक्षा दिईरहेका थिए । त्यही बेला उनको बिबाहको कुरा चल्यो । उनले हुन्न भनेनन । व्यास गाँउपालिकाको तिगरमकी १४ वर्षीया जानकी जोशीसंग बिहा भयो ।

जोशी दम्पत्तीका तीन सन्तान छन् । जेठी छोरी स्टाफ नर्स छन् । माईलो छोरा ईञ्जिनियर छन् । कान्छो छोराले पुरा गरे, कृषिमा स्नातक ।

जोशीको नेतृत्वमा महेन्द्र माविको छलाङ

भनिन्छ, जित्ने मान्छे फरक काम गर्दैन । उसको काम गर्ने तरिका फरक हुन्छ । त्यही फरक तरिकाले उसले जित हात पार्छ । जोशीको हकमा पनि यही कुरा लागु भयो ।

जतिबेला उनले प्रधानअध्यापकको जिम्मेवारी पाए । त्यतिबेला महेन्द्र माविमा ११०० विद्यार्थी थिए । उनलाई ती विद्यार्थी कसरी जोगाउने भन्ने चिन्ता त छदै थियो । तिनको भविश्य कसरी सफल बनाउने चिन्ता पनि थियो ।

जहाँ ईच्छा, त्यहाँ उपाय भने झै उनले पठन पाठनमा नयाँ उपाय प्रयोग गरे । शिक्षक,विद्यार्थी र अभिभावकलाई संगै लगे । पहिले विद्यार्थी कमजोर हुनुको दोष विद्यार्थीलाई मात्र दिईन्थ्यो । शिक्षक कहाँ निर चुके ? यसको खोजी नै हुदैनथ्यो । र सन्तानलाई विद्यालय पठाए पछि त अभिभावक सम्झिन्थे, अव सबै जिम्मेवारी शिक्षकको हो ।

हरेक विषयमा विद्यार्थीहरुबीच गरिने सामूहिक छलफलले नजान्ने विद्यार्थीलाई पनि जान्ने बनायो । र विद्यार्थीहरुबीच हरेक पाठका विषयमा गरिने छलफलले कोही बोल्ने, कोही बोल्दै नबोल्ने समस्याको समाधान पनि भयो । जोशी भन्छन्, शिक्षक र प्रधानअध्यापकबीचकोको प्रभावकारी समन्वयले पनि पठनपाठन प्रभावकारी भयो ।

उनले विद्यार्थीको होमवर्क डायरी बनाए । हरेक विद्यार्थीले हरेक दिन, हरेक होमवर्क त्यसमा टिपोट गर्नैपर्ने । शिक्षकलाई पनि होमवर्क डायरी अनिवार्य बनाए ।

पहिले शिक्षकको कक्षामा जाने कुनै निश्चित समय र तालिका हुन्थेन । विद्यार्थीहरुको मनिटर हुन्थ्यो । तर शिक्षकको मनिटर हुने कुरै भएन । उनले प्रत्येक कक्षामा मनिटर डायरी बनाए । र संगै शिक्षक डायरी पनि । शिक्षक कतिखेर कक्षामा आए । के पढाए रु त्यसको हरेक दिनको अनुगमन गरे । कमजोरी विद्यार्थीलाई पछाडिको बेञ्चबाट अगाडिको बेञ्चमा सारेर मात्र उसले सिक्दैन । उसलाई त सिक्न प्रोत्साहित गर्नुपर्छ । विद्यार्थीहरुले शिक्षकलाई दण्ड दिने अधिकारी होईन, सिकाईको साथी ठान्नु पर्छ । तव मात्र शिक्षक र विद्यार्थीका बीचमा अन्तरसंवाद हुन्छ । र आफ्ना सन्तान प्रति अभिभावकको पनि दायित्व हुन्छ । त्यो दायित्व विद्यालय र शिक्षकसंगको संवाद र सन्तानको निगरानीबाट पुरा हुन्छ । तव मात्र विद्यार्थी सफल हुन्छ ।

विद्यार्थी संख्या बढेपछि सेक्सनहरु थपिए । सेक्सनहरु थपिएपछि सबै कक्षाकोठामा गएर अनुगमन गर्न कठिनाई हुन थाल्यो । र उनले ४२ वटालाई एकसाथ अनुगमन गर्न सीसी टीभी जडान गरे । जसको मनिटर आफ्नो कार्यकक्षामा राखे ।

अन्य सरकारी र निजी विद्यालयलाई विद्यार्थी कसरी जोगाउने चिन्ता हुन्छ । उनलाई भने नयाँ शैक्षिक सत्र शुरु भएपछि अभिभावकहरुको दवाव खेप्न समस्या हुन्छ ।

उनी प्रधानअध्यापक हुनु अघि ११०० मा थिए । उनले अवकाश लिदा विद्यार्थी संख्या दुई हजार छ सय थियो । एउटै कक्षाका छ वटा सेक्सन छन् । आठ कक्षामा पाँच वटा सेक्सन छन् । ११ कक्षामा ६ वटा सेक्सन । १२ मा पाँच वटा सेक्सन छन् ।

शिशु कक्षा र ११ कक्षामा त विद्यार्थीको चाँप थेगि नसक्नुछ । गतवर्ष ११ कक्षामा तीन सय विद्यार्थी थपिए । शिशुमा दुई सय ५० विद्यार्थी । अन्य कक्षामा पनि विद्यार्थी भर्ना गरिदिनु प¥यो भनेर त्यस्तै दवाव आउछ ।

२०७४ सालदेखि उनले अंग्रेजी माध्यमा पढाई शुरु गरे । र विद्यार्थीहरुलाई टाई, बेल्ट, जुत्ता र पोशाक अनिवार्य गरे । चर्को शुल्कका कारण निजी विद्यालयमा आफ्ना नानीहरुलाई पढाउन नपाएका अभिभावकहरुलाई आकर्षण गर्ने गजवको तरिका थियो । जसले विद्यार्थीहरुलाई पनि तान्यो ।

के निजी विद्यालयको झै देखिने पोशाक टाईबेल्ट र जुत्ताले विद्यार्थी र तिनका अभिभावकलाई तानेको हो, पंक्तिकारको प्रश्न थियो, उनले जवाफ दिए–त्यो पनि एउटा कारण हो । उनले थपे–मुख्य आकर्षण पढाईको गुणस्तर हो ।

गुणस्तर देखिने ठाउँ हो, परीक्षाको नतिजा । २०७५ मा सालमा एसएलसी परीक्षा दिने २०२ जना विद्यार्थीमा कोही पनि फेल भएनन । तीन जनाले ए प्लस ल्याए । १९ जनाले ए ग्रेड ।

विद्यार्थी बढेसंगै शिक्षक थप्नु प¥यो । उनले शिक्षक थपे । सरकारी दरबन्दी थपिएन । अहिले ५४ जना शिक्षक सहित ६६ जना कर्मचारी छन् । सरकारी दरबन्दीमा २५ जना शिक्षक कार्यरत छन् । बाँकी २७ जना निजी स्रोतमा । सरकारी आदेश छ–विद्यार्थीसंग कुनै पनि बहानामा शुल्क नलेउ ।

शुल्क नलिई विद्यालय चलाउने कसरी ? अभिभावकबाट सहयोग भनेर लिएर विद्यालय चलाएका छौ, जोशी भन्छन्, यो हाम्रो बाध्यता हो ।

नतिजा मात्र खोज्ने सरकारी संयन्त्रले यो बाध्यता बुझि दिए कति सहज हुन्थ्यो ? भन्छन्, यो ओपन सेक्रेट बाध्यता सरकारी आँखामा परिदिए दरबन्दी थपिन्थ्यो कि ?

प्लस टुमा विज्ञान, शिक्षा, व्यवस्थापन संकाय पढाई हुन्थ्यो । उनले २०७५ सालमा डिप्लोमा ईन सिभिल ईञ्जिनियरिङको पढाई पनि शुरु गरे । भन्छन्, प्राबिधिक शिक्षा अध्ययनका लागि बाहिर जानु नपरोस भनेर प्राबिधिक शिक्षाको पठनपाठन शुरु गरेका हौ ।

निजी विद्यालयलाई विद्यार्थी जोगाउन सकस

शहर होस वा गाउँ । सरकारी विद्यालय नजिक निजी विद्यालय खुले सरकारी विद्यालयलाई आफ्ना विद्यार्थी जोगाउन हम्मेहम्मे हुन्छ । तर खलंगाको परिस्थिति भने फरक छ । यहाँ निजी विद्यालयलाई आफ्ना विद्यार्थी जोगाउन सकस छ ।

जिल्लादेखि राष्ट्रिय राजनीतिमा छाएका पूर्व विद्यार्थीहरु

राष्ट्रिय राजनीतिमा पहिचान बनाएका पूर्व सुचना तथा सञ्चार मन्त्री दिलेन्द्र बडु यही विद्यालयका उत्पादन हुन् । पूर्व मन्त्री गणेश ठगुन्नाले यही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन् । पूर्व प्रदेश सभा सदस्य ग्याल्बु बोहरा, जिल्ला समन्वय समितिका पूर्व प्रमुख करबीर कार्कीले बनाएको पहिचानमा यही विद्यालयको योगदान छ ।

भक्तपुरको क्षयरोग केन्द्रका प्रमुख डा.बीएस टिंकरीको सफलता र पहिचानको जग महेन्द्र मावि नै हो । यसले शिक्षक, चिकित्सक, नेता मात्र जन्माएको छैन, थुप्रै ईञ्जिनियरहरु पनि देशलाई दिएको छ ।

जिल्लाभित्रै पनि बिभिन्न पेशा र क्षेत्रमा महेन्द्र माविका उत्पादनहरुले सेवा गरिरहेका छन् । देशविदेशमा पनि विद्यार्थीहरुले नाम र दाम दुबै कमाएका छन्,  जोशी भन्छन्, विद्यालयले कमाएको पूँजि भनेकै यही हो ।

शुभ-यात्रा प्रकाश भाई

प्रिय भाई प्रकाश,

तिमी धनगढीमै केही ईलम गर्ने अठोटका साथ फर्किएको हिजो जस्तै लाग्छ । अमेरिकाको सबै थोक बेचेर मात्र आएका थिएनौ, तिमी त्यहाँको सबै सुख, सुबिधा छोडेर धेरै आशा, सपना र योजना बोकेर आएका थियौ ।

यस्तो लाग्थ्यो, तिमी उमेरभन्दा बढि परिपक्व भएछौ । राष्ट्रवादका कुरा गर्नेहरुभन्दा धेरै बढि तिमी भित्र देश प्रेम छ । तिमी अथाह कमाएर फर्किएका थिएनौ, तर तिमी अथाह संभावना बोकेर पक्कै आएका थियौ । प्रायः युरोप र अमेरिकामा बस्नेहरुको रेडिमेड जवाफ हुन्छ, मलाई त स्वदेश फर्किने मन थियो । तर श्रीमतीले मानिन । बच्चाको भविश्यका लागि बस्न बाध्य छु । भन त भाई तिमी सानी छोरी बोकेर सपरिवार स्वदेश फर्किन गाह्रो भएन । तिमीलाई छोरीको भविश्यको चिन्ता अरुलाई झै भएन ?

देश त बर्बाद भयो । सबै बिग्रे । मै सब सपार्छु । तिमी चटक देखाउन वा त्यो ढोंग गर्न पनि आएका थिएनौ । तिमीले हल्ला गरेनौ । काम ग¥यौ । हो, अमेरिकाबाट फर्केपछि तिमीले चुपचाप कर्म गरिरह्यौ । धनगढीमा साथी मार्टको शुरुवात ग¥यौ । एग्रो फर्म खोल्यौ । कालिज पाल्यौ । कृषि पर्यटनमा हात हाल्यौ । र, अरु पनि थुप्रै योजनाहरु साकार पार्ने तिम्रो अठोट थियो ।

ज्यानै फालेर चोरबाटोबाट अमेरिका जान मरिहत्ते गर्नेहरुको भीडमा तिमी अपवाद थियौ । तिमी त्यो चिज छोडेर आयौ, जुन चिज प्राप्तीका लागि मान्छे ज्यानको बाजी लगाउछन् । हो, तिमी संसारभरीका नागरिकको सपनाको देश अमेरिका छोडेर आएका थियौ । तिमीले गलत काम कहिल्यै गरेनौ । सही काम गर्न तिमी भित्र कहिल्यै डर भएन । तीन वर्षमै तिमी थाक्ने छौ, बिचलित हुने छौ भन्ने कहिल्यै लागेन ।

सबै सपनाहरुलाई थाँती राखेर तिमी आज अमेरिका फर्किदै गर्दा नमिठो लागेको छ । तिमीलाई कसले गलायो ? समय वा व्यवस्थाले ? तिमी यति चाँडै कसरी गल्यौ ? नथाक्ने, नभाग्ने, न बिचलित हुने मानसिंह साउँद जस्तै लाग्थ्यौ, तिमी । भन त, यति चाँडै कसरी बिचलित भयौ ? यसलाई तिम्रो पलायन भनु कि ? तिम्रो सपनाको पलायन ? उज्यालोका लागि संघर्ष गरिरहेका तमाम प्रकाशहरुको सुनौलो योजनाको अवसान हो, तिम्रो पलायन ।

शासकहरुका लागि तिम्रो पलायन सामान्य घट्ना हुन सक्छ । त्यो कुनै अभिलेखमा पनि नरहला । एउटा कर्मठ प्रिय भाईले देश छोडेको पीडा भन्दा पनि तिमीबाट शुरु भएको देश छोड्ने श्रृंखला कही डढेलो झै नफैलियोस भन्ने चिन्ता हो ।

धनगढी जति द्रुततर गतिले विकास भइरहेको तराईमा अर्को शहर थिएन । चिन्ता यो होईन कि तिमी पलायन भयौ, चिन्ता यो हो कि, तिमी जस्ता आफ्नै देशमा केही गर्ने हुटहुटीले स्वदेश फर्किएका युवाहरुको पलायन हुने श्रृंखला नरोकिए, कही यो मृत शहर त हुने होईन ? शहर उज्यालो भएर मात्र नहुदो रहेछ, त्यहाँ बस्ने नागरिकको अनुहार र मनमा पनि उज्यालो हुन जरुरी  छ ।

धेरैले सोच्छन, अमेरिकामा डलर फल्छ । र त, अमेरिकामा रहेका आफन्त तथा साथीहरुसंग नेपालमा बस्नेहरु आश गरिरहन्छन । कोही अमेरिकाबाट आउदै गरेको थाह पाए, कति सजिलै भन्छन्, मलाई एउटा आईफोन ल्याई दिनु । त्यो आईफोनको मूल्य, उसैलाई थाह छ, जो चार वर्षअघिको मोवाईल चलाएर बसेको छ । र, स्क्रिन चर्किएको उसले बिर्सिसक्यो ।

अमेरिका र युरोपमा बस्नेहरु सबैको अवस्था राम्रो छैन । ९० प्रतिशतको अवस्था त्यहाँ पनि निर्बाहमुखी छ । १० प्रतिशतमा पनि तीन प्रतिशतको आर्थिक अवस्था धेरै राम्रो छ । बाँकी सात प्रतिशतको अवस्था भने ठिकै भन्न मिल्छ । र, त्यहाँ गर्नु पर्ने संघर्ष त भनि साध्य छैन । र, त्यो संघर्षबाट पनि खुशी प्राप्त हुन्छ भन्ने होईन । सुख प्राप्त हुन्छ । खुशी होईन । किनकी खुशी पैसाले किन्न सकिने चिज होईन । सुख र खुशी फरक कुरा हुन् ।

तिमीले अमेरिका राम्रोसंग बुझेका छौ । नेपालमा भन्दा त्यहाँ सबै कुराको संभावना बढि छ । तर तिमी आफ्नै देशमा अथाह संभावना देखेर फर्किएका थियौ । र, तिमीभित्र केही अलग काम गर्ने अठोट थियो । रुखोसुखो जे जस्तो भएपनि ‘जिना यहाँ मरना यहाँ’ को भावनाबाट तिमी अमेरिकाबाट आएका थियौ । र, तिमीजस्तै थुप्रै, तिमी भन्दा अघि र तिमीपछि विदेशबाट फर्किएकाले धनगढीमा केही नयाँ उद्यमहरु शुरु गरे । कोरियाबाट धर्मराज जोशीहरु, अष्टे«लियाबाट दिवस जोशी र राजेन्द्र चन्दहरु    फर्किए ।

केही समय अघि तिमी सहित धनगढीका युवा व्यवसायीहरुका बारेमा एउटा स्टोरी लेख्दै गर्दा तिमीले भनेको सम्झिन्छु, दाई तपाई मलाई यही बस्न दवावमा पार्दै हुनुहुन्छ, जसलाई शिर्षक दिएको थिए, ‘पौरखी युवा : जो उद्यम गर्न स्वदेश फर्किए’ ।

धर्मराज जोशीले गार्मेन्ट्स, हार्डवेयर र वालपेपरमा हात हालेका छन् । दिवसले होटल र मिट सप चलाएका छन् । सरकारी काम र कर्मचारीको व्यवहारबाट उनीहरु आजित छन् । उनीहरुसंग यस्तो व्यवहार भएको छ, मानौ व्यवसाय गर्नु अपराध    हो । उद्योग दर्ता गर्दा घुस । विद्युतको ट्रान्सफर्मर जडान घुस नदिई नहुने । करको करकाप उस्तै छ । धर्मराज सुनाउदै थिए, सरकारी कर्मचारीहरु हाजिर गरे वाफत तलव खान्छन् । काम गरे वाफत घुस ।

होटल चलाइरहेका दिवसले केही दिनअघि प्रहरीबाट नमिठो व्यवहार खेपे । उनीसंग प्रहरीले यस्तो व्यवहार ग¥यो, मानौ, उनले होटलमा आतंकवादी लुकाईराखेका छन् । पालिकाको सहयोग गर्ने नीति नै छैन । नक्सा पास, पोत, उद्योग दर्ता सबै चिजमा कर, त्यो पनि उद्योग मुनाफामा नजादै ।

भए भरका कर लिने सरकारको व्यवसायीको सुरक्षा गर्ने दायित्व हो कि होईन, व्यवसायीहरु भन्छन्, बोहनी भएको हुदैन । अझ भएन भने हरेक महिना बिभिन्न नामका रसिदहरु लिएर पालिकाका कर्मचारीहरु आउछन् ।

प्रिय भाई, सधै आशा र सपनाका कुरा गरे । आज पलायन र निराशाका कुरा गर्दैछु । यसको अर्थ यो होइन कि, सबै चिज सकियो, अव केही बाँकी छैन । तर तिम्रो पलायन केवल एउटा युवाको पलायनका रुपमा मात्र हेरिन हुदैन भन्ने हो ।  घोडा चढ्ने मान्छे लड्छ । तर यहाँ न त घोडा रह्यो । न त घुडा ।

केही बर्षमा धनगढीमा थुप्रै नयाँ व्यवसायको थालनी भयो । फन पार्क खुल्यो । स्वीमिङ पुलहरु खुले । रेष्टुरेण्ट खुल्ने त लहर नै चल्यो । कफि सपहरु खुल्नेक्रम जारी छ । मार्टहरु खुले । डिपार्टमेण्टल स्टोरहरु खुले । फ्रेञ्चाईज चेन रेष्टुरेण्टहरुप्रतिको आकर्षण र सञ्चालनले धनगढी ठूलो शहरका रुपमा विकास हुदै गरेको छनक दिएको थियो । बिडम्बना, ती मध्ये अधिकांश व्यवसाय बन्द भईसकेका छन् । हो, पछिल्ला दिनहरु आम व्यवसायीका लागि सुखद छैनन ।

सुदूर पश्चिमकै पहिलो डिपार्टमेण्टल ‘चौलानी’ को अन्तिम स्टोर बन्द भयो । बीबी मार्ट असमयमै बन्द हुन पुग्यो । हेलो मार्टका तीन वटा शाखा मध्ये एक बन्द भएको छ  । साथी मार्टले चौलानीकै नियति भोग्यो । यसलाई केही व्यक्ति वा व्यवसायीको असफलताका रुपमा मात्र हेरिन हुदैन । नयाँ मानसिंह साँउद र प्रकाशहरु जन्मिन बर्षौ लाग्नेछ । कसैले फेरि यस्तो नयाँ व्यवसायको थालनी गर्ने दुस्साहस आँट गर्ने छैनन, चिन्ता यो हो ।

तीनै तहका सरकारका सञ्चालकहरु, अझ खासगरी स्थानीय सरकार सञ्चालकहरुले सोच्न जरुरी छ, विकासका नाममा कही दाजुभाई र आफन्तहरुसंग संवाद गर्न ढिला त भएन ? प्रकाशहरुको पलायनको रमिता हेर्ने कि ? पलायन रोक्नका लागि बैंक, वित्तीय संस्था र सम्बन्धित पक्षहरु, जोबाट आम व्यवसायीहरु प्रभावित भएका छन्, जसको व्यबहारका कारण हतोत्साही भएका छन्, उनीहरुसंग समस्या समाधानका लागि सहजीकरण गर्ने ? शासकहरु लोकप्रिय हुने कि सफल ? प्रकाशहरुको पलायन शासकहरुको असफलताको शुरुवात हो । यहाँ नागरिकलाई बाँच्न गाह्रो भईसक्यो । शासक उज्यालो सपना देखाउदैछ । यो बुझ्न जरुरी छ, चिहानको उज्यालो पनि डरलाग्दो हुन्छ ।

‘भोलि उठी कहाँ जाने केही थाह छैन’ गीत जस्तै भएको छ, आम व्यवसायीसंगै धेरैको जिन्दगी । न गन्तव्य छ । न सपना बाँकी छन् । न त कुनै रहरहरु ।  एउटा व्यवसायी सुनाउदै थिए, अचेल उज्यालोदेखि डर लाग्छ । हो, रात अनिन्द्रामा कोल्टे फेरेर बित्छ । उज्यालो भएपछि बैंक र साँहुहरुको फोन आउने डरले सताउछ ।

चार जना व्यवसायी एउटा ठाँउमा बस्दा पहिले कि रमाईलो कुराकानी, कि मोवाईलमा व्यस्त हुन्थे । अचेल छेउको साथीले के बोलिरहेको छ, कसैलाई वास्ता हुदैन, बस्, उ टोलाईरहेको हुन्छ । यस्तो लाग्छ, व्यवसायीहरु हाँस्न बिर्सिसके । हुन पनि मुटुभरी पीडा बोकेर हास्नु पनि कसरी ?

धनगढीकै एकजना अग्रणी व्यवसायी सुनाउदै थिए, कसैले किनी दिए, सबै सम्पत्ती बेचेर धनगढी छोड्थे । यस्तो मनोदशामा बाँचेकाहरु एक होईन, दुई होईन, तमाम छन् । जसले हिजो भन्थे, जिना यहाँ मरना यहाँ । आज तिनै कतिबेला धनगढी छोड्ने, समयको पखाईमा छन् ।

हामीले सधै सफलताका कथा लेख्यौ । सयमा एक जना सफल भयो, उसका कथा लेख्यौ । त्यही पढ्यौ । बाँकी ९९ जनाको असफलताको कथा कहिल्यै लेखिएन । उनीहरुका व्यथा र पीडा कसैले सुनेन । उनीहरु किन असफल भए ? त्यसको पछाडिका कारणहरु के थिए, कसैले सोधीखोजी गरेनन । सायद उनीहरुको असफलताका बारेमा सोधीखोजी गरेर त्यसको पछाडिका कारणहरु पत्ता लगाईएको भए, त्यसलाई नजिर बनाउन सकिन्थ्यो, असफलताहरुको पाठले सफल हुने बाटो र उपाय पहिल्याउन सजिलो हुन्थ्यो । कोही किन असफल हुन्छ ? के कसैलाई असफल हुने रहर होला ? पक्कै पनि कोही पनि रहर वा खुशीले असफल हुदैन । पौडी काट्न नजान्ने मान्छे पनि अन्तिम समयसम्म मृत्युसंग संघर्ष गर्न छोड्दैन । हामीले सधै सफल हुनेहरुको उदाहरण पस्कियौ । अव असफल हुनेहरुलाई उदाहरण बनाउनुपर्छ । ताकि भोलि कोही असफल नहोस ।

समुन्द्र तैरिन हाम फालेको मान्छे मध्य भागमा पुगेर थाके भने के गर्ला ? पछाडि फर्किएला कि अघि बढ्ला ? जोसंग आत्मविश्वास छैन, त्यो पछाडि फर्किन्छ । र, उसको त्यही मृत्यु हुन्छ । जोसंग आत्मविश्वास रहिरहन्छ, त्यो पक्कै अघि बढ्छ, । र, जसरी पनि समुन्द्रको किनार चुम्छ ।

अहिले अधिकांश व्यवसायीहरुको अवस्था यस्तै छ । आर्थिक संकट समुन्द्र जस्तै छ । जसको  मध्य भागमा छन्, आम व्यवसायीहरु । जसलाई पछाडि फर्किने सुबिधा छैन । हो, त्यसैले अघि बढ्नुको बिकल्प छैन । हिम्मत जोगाईरहनुको बिकल्प छैन ।

कुनै बेला धनगढीमा सटर भाडामा पाईदैनथ्यो । अहिले धनगढीमा दुई सटरमा एक खाली छ । भाडामा लागेका नयाँ सटर र भवनहरु केही महिनामै खाली भएका छन् । भाडा दर घटाएर पनि सटरमा बस्न कोही तयार छैनन ।  फेरि पनि धनगढीमा सटरहरु निर्माणको क्रम रोकिएको छैन । यही हो, आशा । यसैलाई भन्छन, जिन्दगी । संभावना भन्ने चिज यस्तो छ, जो मृत्यु पर्यन्त पनि जीवित रही रहन्छ ।

एउटा पहाड उक्लिएपछि थाह हुन्छ, चढ्नु पर्ने पहाडहरु अझै कति छन् ? जसले ती पहाडहरुलाई चुनौतीका रुपमा स्वीकार गर्न सक्यो, त्यो व्यक्ति उचाईमा पुग्छ । बाँकी फेदमै हराउछन् ।

मलाई विश्वास छ, तिमी थाकेको छैनौ । र, भागेका पनि होईनौ । तिमी भन्ने गर्छौ नि जिन्दगी ना मिलेगी दोबारा । हो भाई यही एकबारको जुनीमा हाम्रो भेट फेरि हुनेछ । तिमीलाई यही देशमा स्वागत गर्न पाउने विश्वास छ ।

जिन्दगी र मृत्युका बीचमा एउटा गजवको चिज हुन्छ, आशा । त्यही आशाले मान्छेलाई बचाईराख्छ । र, मान्छे संघर्ष गरिरहन्छ । जसरी तिमी केही थान सपनाहरु सहित निकै उत्साही भएर केही वर्षअघि धनगढी फर्किएका थियौ । आशा छ, केही वर्षमै तिमी फेरि त्यही उत्साह र सपनाहरु बोकेर फर्किने छौ । तर आज तिमीलाई शुभ–यात्रा भन्नु बाहेक मसंग कुनै उपाय छैन । तिम्रो सुखद भविश्यको कामना सहित शुभ-यात्रा प्रिय भाई प्रकाश ।

उही प्रिय दाई
दीर्घराज उपाध्याय

 

लखनउमा होटलमा एकै परिवारका पाँच जनाको शव भेटियो

धनगढी । भारतमा लखनउको एक होटलमा एकै परिवारका पाँच जनाको शव भेटिएको छ । लखनउको नाका क्षेत्रमा नयाँ वर्षको पहिलो दिन नै एउटै परिवारका पाँच जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकमध्ये आमा र उनका चार जना छोरी रहेका छन् । उनीहरू सबै नयाँ वर्ष मनाउन आगराबाट लखनउ आएका थिए । प्रहरीले मृतक आमाका छोरा अरशदलाई पक्राउ गरेको छ । अरशदले आफूले नै हत्या गरेको स्वीकारेका डीएसपी रवीना त्यागीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

हत्यामा उनका बुबा पनि संलग्न रहेको शङ्कामा प्रहरीले खोजी गरिरहेको छ । प्रारम्भिक अनुसन्धानले पारिवारिक झगडाका कारण आमा र चार जना छोरीको हत्या भएको देखाएको छ ।

प्रहरीका अनुसार हत्या हुनुअघि पाँचैं जनालाई अभियुक्तले नशालु पदार्थ खुवाएका थिए । गला दबाएर र नशा काटेर उनीहरूको हत्या भएको पाइएको छ ।

मृतक दिदिबहिनी सबै २० वर्षमुनिका छन् । उनीहरू नौ वर्षकी आलिया, १९ वर्षीया अलसिया, १६ वर्षीया अक्सा र १८ वर्षीया रहमानी रहेका प्रहरीले जनाएको छ ।

 

मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा रावल

काठमाडौँ, १७ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गरेका छन् ।

पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भने, “आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु ।”

एमाले सचिवालय बैठकले उहाँलाई यही पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ । एमालेमा रहँदा उहाँले सरकारको उपप्रधानमन्त्री, पर्यटन तथा नागरिक उड्डयन, गृह र रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसरसमेत प्राप्त गरेका थिए ।

पार्टीभित्र आफूलाई राष्ट्रवादी नेता भन्न रुचाउने डा रावल पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी हुनुहुन्थ्यो । विसं २०३२ मा सदस्य लिएपछि देश, जनता, स्वाभिमान र सिद्धान्तप्रति इमान्दार भई पार्टीभित्र सम्हाल्दै आएको जिम्मेवारी र सामना गर्नुपरेका चुनौतीलगायत विषय उहाँले आज पत्रकार सम्मेलनमा सुनाए।

खोज्नुहोस