महाकुम्भ : मकर सङ्क्रान्तिको बिहान एक करोड ३८ लाखले गरे स्नान

एजेन्सी । महाकुम्भ २०२५ को पहिलो ‘अमृत स्नान’ को अवसरमा मङ्गलबार बिहान १०ः३० बजे (स्थानीय समय) सम्म एक करोड ३८ लाख श्रद्धालुले यहाँ सङ्गममा पवित्र स्नान गरेको अधिकारीहरूले बताएका छन्।

विश्वकै सबैभन्दा ठूलो जमघटको पहिलो दिनमा एक करोड ५० लाखभन्दा बढी तीर्थयात्रीले सङ्गममा पवित्र स्नान गरेका थिए।

यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मङ्गलबार पहिलो ‘अमृत स्नान’ मा सहभागी भएका सबै भक्तजनलाई हार्दिक बधाई दिएका छन्।

एक्समा पोस्ट गर्दै मुख्यमन्त्री योगीले यस पवित्र कार्यक्रमलाई भारतको सनातन संस्कृति र आस्थाको जीवन्त प्रमाणको रूपमा वर्णन गरे। ‘यो हाम्रो सनातन संस्कृति र आस्थाको जीवन्त रूप हो। आज लोक आस्थाको महान् पर्व ‘मकर सङ्क्रान्ति’ को शुभ अवसरमा महाकुम्भ–२०२५, प्रयागराजको त्रिवेणी सङ्गममा पहिलो ‘अमृत स्नान’ गरी पुण्य कमाउने सबै श्रद्धालुलाई बधाई !’ उनले भने।

यसअघि मुख्यमन्त्रीले मकर सङ्क्रान्तिमा राज्यका जनतालाई शुभकामना दिँदै भने, ‘राज्यका जनता, सबै पूज्य सन्त, भक्त र अनुयायीहरूलाई मकर सङ्क्रान्तिमा हार्दिक बधाइ ! यो ब्रह्माण्डका पिता सूर्य भगवान्प्रति कृतज्ञता व्यक्त गर्ने पर्व हो।’

सनातन धर्मका १३ अखाडाका साधुहरूले त्रिवेणी सङ्गममा पवित्र स्नान गरिरहेका छन्।

आफ्नो तेस्रो कुम्भ मेलामा सहभागी हुँदै एक विदेशी श्रद्धालुले भने, ‘म यसलाई शब्दमा वर्णन गर्न सक्दिनँ। यो मेरो तेस्रो कुम्भ हो। म सन् २०१० मा हरिद्वार, २०१३ मा प्रयागराज र अहिले फेरि यहाँ आएँ। यहाँ सबै उन्माद छ तर त्यसभित्र केही यस्तो छ जो परिवर्तन हुँदैन… सौभाग्यवश, यहाँ भीड नियन्त्रण गर्न धेरै प्रहरी कर्मचारी छन्… यहाँ तपाईं केवल प्रवाहसँगै बग्न सिक्नुहुन्छ।’

महानिर्वाण अखाडाका महामण्डलेश्वर स्वामी चिदम्बरानन्दले कुम्भलाई भारतीय सभ्यताको भव्यताको अनुभव रहेको बताए।

‘हामी भारतीय सभ्यताको भव्यता अनुभव गर्छौं। करोडौँ मानिसले हाम्रो संस्कृतिको गौरव देखिरहेका छन्। चारैतिर खुशी र उत्साह छ। मानिसहरू जाडो बिर्सेर बिहान २ बजेदेखि नै सन्तहरूको दर्शनका लागि पर्खिरहेका छन्’, उनले भने, ‘यहाँ अविश्वसनीय दृश्यहरू छन्। जसले जातीय विभेद सिर्जना गर्छन् र हाम्रो धर्मलाई दोष दिन्छन्, उनीहरू यहाँ आएर हेरून् कि करोडौँको भीडमा न त कुनै ब्राह्मण छन् न शूद्र, केवल हिन्दू र हिन्दू संस्कृति मात्र छ।’

कुम्भमा सहभागी एक विदेशी श्रद्धालुले भने, ‘महाकुम्भ केवल भारतको मात्र होइन, सम्पूर्ण विश्वको अवसर हो।’

 

चीनले अमेरिकी टिकटक मस्कलाई बेच्न लागेको हो ?

न्युयोर्क । चिनियाँ अधिकारीहरूले भिडियो–सेयरिङ प्लेटफर्म टिकटकले चीनबाट तत्काल विनिवेश गर्नुपर्ने अमेरिकी कानूनको सामना गरिरहेको बेला अर्बपति एलन मस्कलाई अमेरिकी टिकटक सञ्चालन बेच्ने सम्भावना खोजिरहेको ब्लुमबर्ग न्युजले जनाएको छ ।

यस मामिलासँग परिचित अज्ञात व्यक्तिहरूलाई उद्धृत गर्दै रिपोर्टले बेइजिङमा छलफल भइरहेको एउटा परिदृश्यलाई उल्लेख गरेको छ । त्यहाँ मस्कको सोशल मिडिया कम्पनी एक्सले चिनियाँ मालिक बाइटडान्सबाट टिकटक खरीद गर्नेछ र यसलाई पहिले ट्विटर भनेर चिनिने प्लेटफर्ममा एकीकृत गर्नेछ ।

रिपोर्टले टिकटकको अमेरिकी सञ्चालनको मूल्य ४० देखि ५० अर्ब डलरको बीचमा रहेको अनुमान गरेको छ । यद्यपि मस्क हाल विश्वको सबैभन्दा धनी व्यक्तिका रूपमा रहे पनि मस्कले लेनदेन कसरी कार्यान्वयन गर्न सक्नुहुनेछ वा उहाँलाई अन्य सम्पत्तिहरू बेच्नु पर्ने हो कि होइन भन्ने स्पष्ट नभएको ब्लुमबर्गले बताएको छ ।

अमेरिकी सरकारले गत वर्ष एउटा कानून पारित गरेको थियो । उक्त कानूनअनुसार टिकटकको बाइटडान्सलाई या त अत्यन्त लोकप्रिय प्लेटफर्म बेच्न वा बन्द गर्न आवश्यक छ । राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुभन्दा एक दिनअघि यो आइतबार लागु हुनेछ ।

अमेरिकी सरकारले टिकटकले बेइजिङलाई डाटा सङ्कलन गर्न र प्रयोगकर्ताहरूको जासुसी गर्न अनुमति दिएको आरोप लगाएको छ र यो प्रचार प्रसारको माध्यम हो ।

चीन र बाइटडान्सले ती दावीलाई कडा रूपमा अस्वीकार गरेका छन् । टिकटकले अमेरिकी सर्वोच्च अदालतमा अपिल गर्दै कानूनलाई चुनौती दिएको छ । अदालतले शुक्रबार मौखिक तर्क सुनेको थियो ।

सुनुवाइमा नौ सदस्यीय बेन्चका बहुमत कन्जरभेटिभ र लिबरल न्यायाधीशहरू बिक्री गर्न बाध्य पार्नु पहिलो संशोधनको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको उल्लङ्घन हो भन्ने टिकटकका वकिलको तर्कप्रति शङ्कास्पद देखिएका थिए ।

चिनियाँ अधिकारीहरूले कसरी अघि बढ्ने भन्नेमा अझै सहमति जुटाउन बाँकी रहेको उल्लेख गर्दै ब्लुमबर्गले बेइजिङको सम्भावित मस्क कारोबारको विचारलाई ‘अझै प्रारम्भिक’ का रूपमा वर्णन गरेका छन् ।

चिनियाँ सरकारको योजनाका बारेमा बाइटडान्सलाई कति थाहा थियो भन्ने स्पष्ट नभएको अधिकारीहरूले बताए । टिकटकले टिप्पणीका लागि एएफपीको अनुरोधलाई तुरुन्तै जवाफ दिएन तर भेराइटीले एक प्रतिनिधिलाई उद्धृत गर्दै भनेको छ, “हामीलाई शुद्ध काल्पनिक कुरामा टिप्पणी गर्न अपेक्षा गर्न सकिँदैन ।”

ट्रम्पका निकट सहयोगी मस्कले आगामी चार वर्षमा वासिङ्टनमा प्रभावशाली भूमिका खेल्ने अपेक्षा गरिएको छ । उहाँले विद्युतीय कार कम्पनी टेस्ला पनि चलाउनुहुन्छ । टेस्लाको चीनमा प्रमुख कारखाना छ र देश अटो निर्माताको सबैभन्दा ठूलो बजारहरूमध्ये एक हो।

ट्रम्पले चिनियाँ वस्तुहरूमा नयाँ शुल्क लगाउने बारम्बार धम्की दिनुभएको छ । यसले उहाँको पहिलो कार्यकालमा सुरु भएको व्यापार युद्धलाई विस्तार गर्नेछ । यसलाई निवर्तमान राष्ट्रपति जो बाइडेनले मोटामोटी कायम राख्नुभयो र केही मामलामा थप गरे ।

 

सुन खानीमा फसेका सय जना दक्षिण अफ्रिकी मजदुरको भोकले मत्यु

एजेन्सी : दक्षिण अफ्रिकाको सुन खानीमा फसेका एक सयभन्दा बढी कामदारको मृत्यु भएको छ। अल जजिराको रिपोर्टका अनुसार खानीमा दुई महिनादेखि ४ सयभन्दा बढी कामदार फसेका थिए। उनीहरू सबै अवैध रूपमा सुन उत्खनन गर्न खानीमा प्रवेश गरेका थिए।

राहत र उद्धारका लागि विशेष खानी उद्धार टोली घटनास्थलमा पठाइएको छ। प्रतिवेदन अनुसार भोक र तिर्खाका कारण मजदुरको ज्यान गएको हो। हालसम्म १३ जनाको शव निकालिएको छ। धेरै मानिसलाई विस्थापित गरिएको छ।

उद्धार गरिएका कामदारहरूबाट एउटा सेलफोन भेटिएको थियो, जसमा २ भिडियो थिए। यी भिडियोमा दर्जनौं शव पोलिथिनमा बेरिएको देखिन्छ।

खानीमा काम गर्ने मजदुरसँग सम्बद्ध सामाजिक संस्था माइनिङ इफेक्टेड कम्युनिटीज युनाइटेड इन एक्सन ९म्याकुए०का अनुसार प्रहरीले गत मंसिरदेखि अवैध उत्खननविरुद्ध कारबाही थालेको थियो। प्रहरीले यो खानी सिल गर्ने प्रयास गरेको थियो। यसका लागि कामदारलाई बाहिर आउन आग्रह गरिएको छ। पक्राउ पर्ने डरले कामदारले खानीबाट बाहिर निस्कन मानेनन्। त्यसयता यी मजदुर खानीमा फसेका थिए।

मजदुरले अस्वीकार गरेपछि प्रहरीले खानीभित्र पस्न र बाहिर निस्कन प्रयोग गरिने डोरी र पुली हटाएको मकुआले जनाएको छ। त्यसपछि कामदार खानीमै अलपत्र परेका थिए।

दक्षिण अफ्रिकी अखबार सन्डे टाइम्सका अनुसार उद्धार टोलीले एउटा पिंजरा तयार पारेको छ, जसलाई खानीमा ३ किलोमिटर तल झर्ने काम भइरहेको छ। यो पिंजराको सहायताले पहिले बाँकी रहेकालाई बाहिर निकाल्ने काम भइरहेको छ।

एसईई परिक्षा चैत ७ गतेदेखि

काठमाडौं । एसईई परिक्षा चैत ७ गतेदेखि हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका आज सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

पहिलो दिन अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली, चैत १० गते अनिवार्य गणित,  १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा बिहान ८:०० बजेदेखि सुरु भएर ११:०० बजे सकिने छ।

‘डायस्पोरासंग नजोडिंदा सम्म नेपालको विकास सम्भव छैन’

लन्डन ।

प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटिका अध्यक्ष भक्त गुरुङले डायस्पोरासंग नजोडिंदा सम्म नेपालको विकास सम्भव नहुने बताएका छन्

आइतबार पश्चिम लन्डनमा आयोजित  प्रवासी नेपाली मंच युकेको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गुरुङले  सन् २००४ मा तत्कालिन राजा ज्ञानेन्द्रले लोकतन्त्र अपहरण गरेको बेला लोकतन्त्र तथा मानव अधिकारको  रक्षा गर्न एनडीएफको स्थापना गरिएको बताए ।

उनले नेपाललाई समृद्ध बनाउन, प्रवासमा आर्जन गरेको ज्ञान र धनलाई नेपालसंग जोड्न र समृद्ध नेपाल बनाउन संस्थाले काम गर्नु पर्नेमा जोड दिए ।

उनले भारत लगायत संसारभरि रहेका झन्डै एक करोड प्रवासी नेपालीलाई  समृद्ध नेपाल बनाउन परिचालित गर्नु पर्ने जनाए ।

उनले प्रवासी नेपाली मंचलाई बढी भन्दा बढी नेपालीहरुसम्म पुराउन  आग्रह पनि गरे।

प्रवासी नेपाली मंच युकेका अध्यक्ष तुङ्गभद्र भुसालको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व अध्यक्षहरु दिनेश घिमिरे, रामशरण सिंखडा, राजेन्द्र पुडासैनी, सुरेन्द्र थपलिया लगायतले  शुभकामना दिएका थिए ।

एनआरएनएका केन्द्रीय उपाध्यक्ष तथा संस्थाका पूर्व अध्यक्ष सिम्खडाले २०१४ जनवरी ५ मा आफु मंचको अध्यक्षमा निर्वाचित  भएको स्मरण गर्दै अझ जुझारु रुपमा अगाडी बढ्न संस्थालाई  शुभकामना दिए।

पूर्व अध्यक्ष पुडासैनीले संस्थाको स्थापनाको स्मरण गर्दै बार्षिकोत्सवमा सहभागी हुन आउनु भएका सबैलाई धन्यबाद दिए ।

पूर्व अध्यक्ष सुरेन्द्र थपलियाले सन् २००४ डिसेम्बर २० का दिन  आङ्ग कल्जंग लामाको निवासमा भेला भएर आफुहरुले संस्था स्थापना गरेको स्मरण गरे ।

उनले नेपालको उन्नति प्रगति र नेपालीको दुखसुखमा साथ दिनुका साथै मंचले सामाजिक र परोपकारी कामहरु गर्दै आएको  जनाए ।

उनले श्रमिक राहत कोष खडा गर्न संस्थाले छिट्टै आकर्षक उपहार सहितको  राफल टिकट बिक्री अभियान संचालन गर्न लागेको जनाए ।

त्यस्तै प्रवासी नेपाली मंच युके इन्चार्ज सरस्वती केसी, प्रवासी नेपाली मंचका पुर्व अध्यक्ष तथा अन्तरराष्ट्रिय कमिटिका उपसचिव कर्ण   शाही, ओएनएफ युके नर्थ वेष्ट कमिटि अध्यक्ष भिम लाल भट्टराई लगायतले पनि शुभकामना दिए।

शुभकामना मन्तव्य दिंदै राष्ट्रिय स्वतन्त्र पार्टी युकेका अध्यक्ष पवन शर्माले विदेशमा बसेर पनि देशको हितमा केही भए पनि योगदान गर्ने उद्देश्यले नेपालीहरु विभिन्न संगठनमा आबद्ध भएको  बताए ।

उनले  राष्ट्रिय स्वतन्त्र पार्टी एक वैकल्पिक पार्टीको रुपमा स्थापित भै सकेको बताउंदै जुनसुकै पार्टीमा भए पनि सुसंस्कृत विचार राख्न आग्रह गरे ।

प्रवासी नेपाली मंच युकेका अध्यक्ष भुसालले कोभिड महामारीको समयमा मन्चले अन्तरराष्ट्रिय कमिटिसंग मिलेर पोखराको एक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नुका साथै थुप्रै अक्सिजन कन्सनट्रेटरहरु नेपाल पठाएको स्मरण गरे उनले सन् २०१५ को महाभूकम्प लगायत विपदको  बेलामा सक्दो सहयोग गर्दै आएको जनाए ।

उनले मंच नेकपा एमालेसंग निकट रहेको बताउंदै एमालेका राम्रा कामहरुको प्रचार प्रसार गर्नुका साथै कमी कमजोरी सच्याउन आफुहरुले रचनात्मक सुझाव पनि दिनेगरेको बताए।

कार्यक्रममा सपन राई तथा श्याम खत्रीले विभिन्न गीत प्रस्तुत गरेका थिए भने  सीमा अधिकारी, अनीशा  लगायतले रोचक नृत्य प्रस्तुत गरे।

प्रवासी नेपाली मंच युकेका सचिव पुण्य रेग्मीले संचालन गरेको समारोहमा कार्यक्रम संयोजक कृष्णभण्डारीले स्वागत मन्तव्य  व्यक्त गरेका थिए भने उपाध्यक्ष डा. मुकुन्द बास्तोलाले हेल्थ एण्ड  सेफ्टीका बारेमा जानकारी गराएका थिए ।

समारोहको शुरुमा संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय आङ्ग कल्जंग लामाको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो।

रवि लामिछाने आज र भोलि प्रहरी हिरासतमै रहने

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको बचत अपचलनसम्बन्धी मुद्दामा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने आज पनि न्यायिक हिरासतमै रहने भएका छन् ।

काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहस लम्बिँदा उनको पक्षबाट आज बहस हुन नसकेको हो ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा चलेको बहसमा सरकारी वकिलहरू खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापालगायतले बहस गरेका हुन्। जाहेरवालाको पक्षबाट सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका छन्।

रवि लामिछानेका तर्फबाट भने वरिष्ठ अधिवक्ताद्वय रमनकुमार श्रेष्ठ र सुशील पन्तले बहस गर्न बाँकी छ ।

बिहान बहस सुरु हुनुअघि नै न्यायाधीश अधिकारीले सरकारी वकिलका तर्फबाट २ घन्टा र अभियुक्त रवि लामिछानेका तर्फको बहस सवा १ घण्टामा सक्न निर्देशन दिएका थिए । र ३ बजेभित्र बहस सकेमा आजै आदेश गर्न सकिने बिहानै बताएका थिए। तर सरकारी वकिल र जाहेरवालाका तर्फबाट पनि बहस लम्बिन पुग्दा आज थुनछेक नसकिएको हो । भोलि मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदा भएकाले पर्सि बुधबार मात्र बहस हुने भएको हो।

 

नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित

काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ ।

मलेसियास्थित कोलेज टुएन्कु जाफर मैदानमा सोमबार भएको खेलमा ११० रनको लक्ष्य पछ्याएको नेपाल १०० रनमा अलआउट भएको हो ।

नेपालका लागि सीमाना केसीले २३ र किरण कुँवरले १८ रन बनाइन् । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

वेस्ट इन्डिजका लागि भने तृषा हर्दात र आलिया विक्स्ले २–२ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले पूरै २० ओभर खेलेर ४ विकेटको क्षतिमा १०९ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि समारा रामनाथले २५ र असाबी कल्लेन्डरले २३ रन बनाइन् ।

नेपालका लागि रचना अधिकारी र सिमाना केसीले १–१ विकेट लिइन् ।

यू–१९ विश्वकपमा नेपाल, स्कटल्याण्ड, अष्ट्रेलिया र बंगलादेशसँगै समूह ‘डी’मा रहेको छ । माघ ५ गते नेपालले भने आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो खेलमा माघ ७ गते स्कटल्याण्ड र तेस्रो खेलमा ९ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

परराष्ट्रमन्त्री राणाको प्रस्टोक्ति: बीआरआई सम्झौतामा ‘ऋण’ शब्द छैन्

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीनसँग भएको बीआरआई सम्झौतामा कहिँ कतैपनि ऋण शब्द उल्लेख नभएको प्रष्ट पारेकी छन् ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैकमा सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै उनले चीन सरकारसँग ऋण लिनेसम्बन्धी कुनैपनि समझदारी पत्रमा हस्ताक्षर नभएको प्रष्टीकरण दिएकी छन् ।

‘दस्तावेजमा ‘ऋण’ शब्द छैन , एकसयपटक पढ्नोस्, ऋण शब्द भेटिँदैन । मैले चीनको परराष्ट्रमन्त्रीज्यूलाई स्पष्टसँग कुरा राखेको छु । अहिले हामीले जतिपरि परियोजना यसमा हालेका छौं, त्यो सबै एड फाइनान्सिङमै आउँछ। चीन सरकारले पनि के भन्नभुभएको छ भने जतिपनि परियोजना हामीले दिने भनेका छौं, त्यही अन्तर्गत आउँछ ’ उनले भनिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गरेका थिए । भ्रमका बेला नेपाल र चीनबीच बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कलगायत १० वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

सुदूरको ठूलो पर्यटन पूर्वाधार, जाल्पादेवी केबलकार

धनगढी । नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्स पुग्नुअघि देखि नै कीर्तिपुर रङ्गशालामा अर्कै माहोल थियो । खेलको बीचबीचमा बजाइने लोकप्रिय देउडा गीत र नृत्यमा झुम्दै गरेका दर्शकहरूले सुदूरपश्चिमलाई राम्रैसँग परिचित गराएका थिए ।

सुदूरपश्चिम अब टाढा होइन, आम नेपालीको मनमुटुमा र केन्द्रमै छ भन्ने सन्देश त्यहाँ देखिन्थ्यो, सुनिन्थ्यो । देशको भूगोलमा त सुदूरपश्चिम टाढै छ, तर धेरै कुरामा केन्द्रमा छ । राजनीति होस् या कला सङ्गीत, प्रशासन होस् या सुरक्षा । अनेक आयाममा राष्ट्रको केन्द्रमा छ सुदूरपश्चिम ।

यी क्षेत्रमा प्रायः प्रभावशाली भूमिकामै देखिन्छ यो प्रदेश । अहिले पनि सुदूरपश्चिम प्रदेशबाट सङ्घीय मन्त्रिपरिषद्मा सङ्ख्या र प्रभावका आधारमै महत्त्वपूर्ण जिम्मेवारीमा छन् । यसअघि पटक(पटक सुदूरपश्चिमले मुलुकको शासनको बागडोर सम्हालेको त छँदैछ ।

यसबाहेक संस्कृति, पर्यटन र प्रकृतिको कुरा गर्ने हो भने पनि अरूभन्दा सम्पन्न छ, सुदूरपश्चिमको भूगोल । धार्मिक पर्यटकीय क्षेत्र, जलस्रोतको अथाह भण्डार, जडीबुटीसमेत अनेकन प्राकृतिक स्रोतसाधनले भरिपूर्ण मानिन्छ यहाँको माटो ।

यति हुँदाहुँदै पनि यो क्षेत्रमा पर्यटन होस् या अन्य पूर्वाधारले भने अपेक्षाकृत कमी नै छ यहाँ । जलविद्युत् उत्पादनमा केही लगानी त देखिन्छ तर मुलुकको निजी क्षेत्र खासै ठूला परियोजनामा यहाँ अघि सरेको देखिएको छैन ।

सायद यसैकारण पनि हुनसक्छ राजधानी काठमाडौँबाट निकै टाढा भएकैले आफूहरू हेपिएको गुनासो यहाँका आम मानिसमा व्याप्त छ । सरकार र निजी क्षेत्र दुवैको लगानी सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा अन्य प्रदेशको तुलनामा कमै रहेको मात्र होइन मानव विकास सूचकाङ्कमा पनि यी दुवै प्रदेश धेरै पछि रहेका छन् तर यतिखेर भने सुदूरपश्चिममा पूर्वाधारको लगानीमा उत्सुकता देखिन थालेको महसुस भएको छ ।

खासगरी पर्यटन पूर्वाधार निर्माण, उद्योग स्थापना तथा मेडिकल कलेज स्थापनाजस्ता केही क्षेत्रमा निजी क्षेत्र आकर्षित हुन थालेका छन् । रोजगारीको विकराल समस्या भोगिरहेको सुदूरपश्चिमबाट बर्सेनि हजारौँ मानिस छिमेकी भारतका विभिन्न सहर, बजारमा कामका लागि भौँतारिरहेको अवस्थामा नेपालभित्रै रोजगारी सिर्जना गर्ने प्रयत्न हुनु आफैँमा ठूलो उपलब्धि हो ।

यही सिलसिलामा हालै मात्र आइएमई समूहले सुदूरपश्चिममै पहिलो पटक झण्डै पाँच अर्ब लगानीमा जाल्पादेवी केबलकार निर्माण गर्नेगरी शिलान्यास गरेको छ । पछिल्ला वर्षहरूमा सरकारी एवं निजी क्षेत्रको लगानी खुम्चिरहेको र लगानीकर्ताहरूमा संशयका बीच कैलालीको कर्णाली पुल नजिक चिसापानीमा जोखिम मोलेर यति ठूलो लगानीमा केबलकारसहित पर्यटन पूर्वाधार बन्न लागेको छ ।

नेपालसहित सीमावर्ती भारतीय पर्यटकलाई समेत आकर्षित गर्नेगरी निर्माण हुन लागेको यस पर्यटन पूर्वाधारमा केबलकारसहित पाँचतारे होटेल, बालउद्यान, जिपलाइन, क्यासिनो समेतका संरचना बन्न लागेको आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले बताए।

निजी क्षेत्रबाट सुदूरपश्चिममा यति ठूलो लगानी भएकै यो पहिलो हो, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका ढकालले भने, ‘हामी जोखिम मोलेरै यो ठाउँमा आएका छौँ । यस परियोजनाले अरूलाई पनि सुदूरपश्चिममा लगानी गर्न उत्प्रेरित गर्ने हाम्रो विश्वास छ । देशका सातै प्रदेशमा कम्तीमा एउटा केबलकारसहित होटेल तथा अन्य एकीकृत पर्यटकीय संरचना निर्माणको अभियानअन्तर्गत सुदूरपश्चिम आइपुगेका छौँ ।’

सुन्दर कर्णाली पुल तर्नासाथ सुदूरपश्चिम प्रदेश सुरु हुन्छ । यो पुलको पश्चिमतर्फ कैलाली जिल्लामा निर्माण हुने यो बृहत् पर्यटन पूर्वाधारको परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले हालै शिलान्यास गरेका हुन् । यो पूर्वाधार सुदूरमै लगानीको नयाँ ढोका खुल्न लागेको शिलान्यास समारोहमा मन्त्री डा राणासहितका सहभागी मन्त्रीहरू र पर्यटन व्यवसायीहरूले बताएका थिए ।

अध्यक्ष ढकालका अनुसार झण्डै ३।२ किलोमिटर लामो यस केबलकारले चिसापानी र मोहन्याल गाउँपालिकाको राजकाँडालाई जोड्नेछ । यो नेपालमा हाल सञ्चालित केबलकारमध्ये सबैभन्दा लामो हो । यसमा ४० वटा गोन्डोला रहने पनि ढकालले जानकारी दिए ।

विश्वकै उत्कृष्ट इटालियन कम्पनीका उपकरण जडान गरेर निर्माण हुने यस केबलकारले कैलालीको सबैभन्दा दुर्गम मानिएको मोहन्याल गाउँपालिकाको राजकाँडालाई जोड्नेछ । तुलनात्मक रुपमा हरेक मौसममा चिसो हावा बहने राजकाँडाबाट कर्णाली नदी, उत्तरतर्फ अपी र सैपाल हिमाल, सुर्खेत, डडेल्धुरा समेतका धेरै जिल्लाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

जाल्पादेवी केबलकार निर्माणको शिलान्यास समारोहमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा राणाले कर्णाली नदी पश्चिममा लगानी गर्न निजी क्षेत्र आउनु प्रदेशकै लागि गौरवको कुरा भएको बताइन्।

‘हामी त वर्षौँदेखि यो दिनको पर्खाइमा थियौँ, आज त्यो दिन आएको छ । अब अरू व्यवसायीलाई पनि सुदूरपश्चिम आउने ढोका खुलेको छ । सुदूरपश्चिममा त जनता पनि गरिब छन् । यहाँ साधन स्रोत पनि छैन, लगानी उठ्दैन भन्ने धेरैको सोचलाई अब यो परियोजनाले बदलिदिएको छ । कसै न कसैले जोखिम लिनै पथ्र्यो, आइएमई ग्रुपले यो आँट लिएर अरूलाई पनि अब यहाँ आउन ढोका खोलिदिएको छ,’ मन्त्री डा। राणाले भनिन्।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले पनि सुदूरपश्चिममा निजी क्षेत्रले यति ठूलो परियोजना विकास गर्न थालेकामा खुसी हुँदै भने, ‘पूर्वाधार निर्माणमा वन क्षेत्र बाधक भए त्यसलाई सुल्झाउन र सहजीकरण गर्न वन मन्त्रालय तयार रहेको छ । हामी निजी क्षेत्रसँग हातेमालो गर्न तयार छौँ ।’

अझ, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानी गर्न चाहने निजी क्षेत्रका लागि जमिन, विद्युत् र सडक निर्माणमा सहजीकरण गरी उपयुक्त वातावरण तयार गर्न हरक्षण तत्पर रहेको बताए। आफूहरूले प्रदेशमा लगानी सम्मेलन आयोजना गरेको, निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई प्रदेशमा लगानीका लागि निरन्तर संवाद र आग्रह गरिरहेको बताउँदै उनले चिसापानीमा केबलकार बनाउने योजना सुनेदेखि नै आफूले सहजीकरण गरिरहेको सुनाए ।

कैलालीका उद्योगी एवं जाल्पादेवी केबलकार परियोजनाका साझेदार सूर्यबहादुर थापाले केबलकार निर्माणका क्रममा आफूहरूले अनेकन चुनौतीको सामना गरे पनि अन्ततः सफलतातर्फ उन्मुख भएको बताए।

उनले भने, ‘सरकार र निजी क्षेत्र मिलेर सिङ्गो सुदूरपश्चिमका आकर्षक धार्मिक तथा पर्यटकीय गन्तव्यहरूलाई विकास गर्नुपर्छ । यी पूर्वाधार निर्माणले यहाँ रोजगारी सिर्जना हुनाका साथै राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ ।’

सुदूरपश्चिम प्रदेशलाई देवभूमिका रूपमा पनि चिनिन्छ । यो प्रदेशसँगै महाकालीपारिको भारतको उत्तराखण्ड क्षेत्र समेतमा थुप्रै मठमन्दिर रहेकाले यो समग्र क्षेत्रलाई देवभूमि भन्ने गरिएको हो । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सङ्गम क्षेत्र खप्तड पर्यटकीय रूपमा महत्त्वपूर्ण छ । यहाँ त्रिवेणी धामका साथै २२ पाटन छन् । समुद्री सतहबाट तीन हजार दुई सय २७ मिटरको उचाइमा रहेको यो क्षेत्र दुई सय २५ वर्ग किमीमा फैलिएको छ ।

कैलालीको कर्णाली नदीमाथि बनेको एक खम्बे ९स्टेट केबुल ब्रिज० पुल, तत्कालीन राजा महेन्द्रले विसं २०२८ मा एक महिना बसेर राजकाज गरेको इतिहास रहेको कैलालीको टीकापुरस्थित टीकापुर उद्यान, कैलालीकै घोडाघोडीस्थित विश्व रामसार क्षेत्रको सूचीमा सूचीकृत घोडाघोडी ताल क्षेत्र यहीँ छ ।

यसैगरी, बाह्रसिङ्गाको झुण्ड देख्न सकिने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, सोही जिल्लाको महाकाली नदी माथि बनेको नेपालकै लामो मध्येको झोलुङ्गे पुल, डडेल्धुराको ऐतिहासिक अमरगढी किल्ला, अजयमेरुकोटको दरबार, अछामको रमारोशन क्षेत्र ९१२ ताल अठार ठूला मैदान भएको क्षेत्र०, वैद्यनाथधाम, चुरे पहाडको फेदमा रहेको कैलालीको गोदावरी धाम क्षेत्र, सीमापारि भारतीय नागरिकका कुलदेवता मानिने कैलालीको बेहँडाबाबा धाम, डडेलधुराको उग्रतारा मन्दिर, घटाल बाबाको मन्दिर र महाकाली नदी किनारको पर्शुराम धाम, डोटीको शैलेश्वरी मन्दिर र बड्डीकेदारधाम, बैतडीको त्रिपुरासुन्दरी मन्दिर, निङ्लाशैनी र भूमेश्वर महादेवको गुफा, बाजुराको बडिमालिका आदि मुख्य छन् ।

कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवर कर्णाली चिसापानीमा केबलकार स्थापनाको योजनाले प्रदेशको आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने बताउँछन्। होटेल, रेष्टुरेन्ट, यातायातलगायत क्षेत्रको गतिविधि पनि बढ्न गई समग्रमा आर्थिक समृद्धिमा टेवा पुग्नेछ ।

चिसापानी क्षेत्र सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको केन्द्र भाग रहेकाले यहाँ बन्न लागेको केबलकार मुख्यगरी भारतीय पर्यटकलाई लक्षित गरेर स्थापना गर्न लागिएको भन्दै उनले भने, ‘सुदूरपश्चिम र लुम्बिनी प्रदेश नजिकका भारतीय क्षेत्रमा केबलकार सञ्चालनमा नरहेकाले चिसापानीमा केबलकारको योजना ल्याउनु निकै सान्दर्भिक छ ।’ उनले भने, ‘हाम्रो यहाँ त्यति धेरै जनसङ्ख्या छैन, भारतको उत्तरप्रदेशमा झण्डै २४ करोड बढी जनसङ्ख्या छ, आन्तरिक पर्यटकसँगसँगै भारतीय पर्यटकलाई भित्र्याउन सकेमा केबलकारको योजनाले आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ ।’

मोहन्याल गाउँपालिकाका प्रमुख देवीदत्त उपाध्यायले विकास पूर्वाधारका दृष्टिले सबैभन्दा पिछडिएको चुरे पहाडमा अवस्थित मोहन्यालको आर्थिक विकासमा यस परियोजना निर्माणले ठूलै टेवा दिने विश्वास व्यक्त गरे। मोहन्याल क्षेत्रमा उत्पादन हुने वस्तुको खपत हुने, स्थानीय जनताले उत्पादित वस्तुको राम्रो मूल्य पाउने, ‘होम स्टे’ अझ फस्टाउने तथा गाउँपालिका क्षेत्रमा रहेका अन्य पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनमा मद्दत पुग्ने बताए।

कैलालीको चिसापानी समेत ठूलो बजार र औद्योगिक क्षेत्र ओगटेको लम्कीचुहा नगरपालिकाका प्रमुख सुशीला शाहीले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारका रूपमा रहेको चिसापानीमा केबलकार निर्माणले पर्यटकीय गतिविधि बढ्ने र व्यावसायिक पूर्वाधार निर्माणमा निजी क्षेत्र थप उत्साहित हुने बताए।

सुदूरपश्चिमको कैलाली चिसापानीमा निर्माण हुने यस पूर्वाधारले सुदूरपश्चिमका साथै लुम्बिनी क्षेत्रका नेपालगन्ज, बर्दिया समेतका क्षेत्रको पर्यटन प्रवर्द्धनमा सघाउने व्यवसायी सूर्यबहादुर थापाको भनाइ छ । हुन पनि कर्णालीवारि लुम्बिनी प्रदेशको बर्दिया छभने पुल तर्नासाथै दाहिनेपट्टिबाट लाग्ने बाटोले छोटो दूरीमै सुर्खेत भएर कर्णाली प्रदेशलाई जोड्छ ।

अनि केबलकार निर्माण स्थल त सुदूरपश्चिमको कैलाली भइहाल्यो । जसरी यो स्थान तीन प्रदेशको संगमस्थल छ त्यसै गरी, पर्यटनको पनि त्रिवेणी छभन्दा हुन्छ । किनभने कर्णालको र्याफ्टिङ र बर्दिया राष्ट्रिय निकुञ्ज त पर्यटनका विश्व प्रसिद्ध आकर्षण नै हुन् ।

त्यसैले आफैँमा सुन रहेको यो ठाउँमा केबलकारले सुगन्ध थप्ने विचार शिलान्यास समारोहमा उपस्थित स्थानीयले राखेका थिए ।  -राससबाट    

रवि लामिछानेलाई थुनामा पठाउन सरकारी वकिलको जोड

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउन सरकारी वकिलहरुले जोड दिएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी थुनछेक बहसका क्रममा सरकारी वकिलहरुले कास्की अदालतले गरेको आदेशलाई मौन राखेर लामिछानेलाई थुनामै पठाउन माग गरेका हुन् ।

लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालसहित ११ जनाले बहस गर्दैछन्, जसमा अहिले ५ जना सरकारी वकिलहरूले बहस सकेका छन् ।

पोखराबाट ६५ लाख धरौटीमा रिहा भएका लामिछानेविरुद्ध स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन आरोपमा मुद्दा दर्ता गरिएको छ । उक्त सहकारीबाट अपचलन भएको रकमसहित एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरिएको छ । यस प्रकरणका दुई अभियुक्त यसअघि नै धरौटीमा छुटिसकेका छन् । मुख्य अभियुक्तमध्येका जीबी राई फरार छन् भने अर्का अभियुक्त कुमार रम्तेल कास्की कारागारमा छन् । लामिछाने र गोरखा मिडियाका सञ्चालक जीबी राईविरुद्ध ५ करोड ८ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ ।

 

लस एन्जलसमा डढेलो : मृतकको संख्या २४ पुग्यो, फेरि ठूलो हुरीको चेतावनी

क्यालिफोर्नियाका मौसम पूर्वानुमानकर्ताले ठूलो हुरीको चेतावनी दिएसँगै त्यहाँ लागेको आगो यो साता फेरि उग्र रूपले फैलने ठानिएको छ ।

अग्नि नियन्त्रक झन्डै एक सातादेखि उक्त डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् । यसबीचमा उनीहरूले तीनवटा डढेलो नियन्त्रण गर्ने काममा उल्लेख्य प्रगति गरेको बताइएको छ ।

सप्ताहान्तमा हावाको वेग तुलनात्मकरूपमा केही शान्त रहेता पनि सुक्खा हावासहितको निकै खराब सेन्टा एना वायु आइतबार रातिबाट बुधबारसम्म सक्रिय हुने भन्दै चेतावनी दिएका छन् ।

उक्त हुरीको गति प्रतिघण्टा ९६ किलोमिटरसम्मको हुन्छ । गत मङ्गलबारदेखिको यस विपद् नियन्त्रणको प्रयासमा जुटेका स्थानीय अग्निनियन्त्रकहरूलाई अन्य आठ राज्यका साथै क्यानडा र मेक्सिकोका सहायताकर्ताले साथ दिइरहेका छन् ।

लस एन्जलस सहरका स्वास्थ्य अधिकारीहरूले आइतबारसम्म मृतकको सङ्ख्या २४ पुगेको बताएका छन् । यो डढेलो अमेरिकी इतिहासकै सबैभन्दा बढ्ता आर्थिक क्षति गराउनेमध्येमा समेत पर्ने देखिएको छ ।

आइतबार मूल्याङ्कनकर्ताहरूले यसको प्रारम्भिक क्षतिको अनुमानलाई बढाउँदै त्यो २५० देखि २७५ अर्ब अमेरिकी डलरबीच हुने बताएका छन् ।

अग्नि नियन्त्रकहरू ठूला आगलागी नियन्त्रणमा लिने प्रयास सुरु गर्दै गर्दा अधिकारीहरूले आउन लागेको नयाँ हुरीले ‘सम्भावितरूपमा विनाशकारी हावा’ सिर्जना गर्न सक्ने चेतावनी दिएका छन् ।

पूरै एलए काउन्टीलाई सजग अवस्थामा राखिएको छ । एलए सहरका अग्नि नियन्त्रणसम्बन्धी प्रमुख क्रिस्टिन क्रोलेले घर छाड्नुपर्ने हुन सक्ने अवस्थामा राखिएका मानिसहरूलाई चेतावनी जारी हुँदाका अवस्थामा भाग्नका लागि तयार रहन आग्रह गरेका छन् ।

उनले सहायताकर्ताहरूलाई अवरोध नहुनका लागि सक्दो सडक र आसपास नरहन आग्रह गरेका छन् । सअनिवार्यरूपमा खाली गराइएका क्षेत्रबाट लुटपाटमा संलग्न कम्तीमा २९ जना मानिसलाई पक्राउ गरिएको छ जसमध्ये दुईजना अग्नि नियन्त्रकको पोसाकमा थिए ।

अधिकारीहरूका अनुसार दक्षिण क्यालिफोर्निया क्षेत्रमा यतिखेर १४ हजार अग्नि नियन्त्रकहरू सक्रिय छन्, जसलाई ८४ वटा विमान र १ हजार ३५४ वटा दमकलले सघाइरहेका छन् ।

अनिवार्यरूपमा घर छाड्नुपर्ने आदेशका कारण अन्यत्र सारिएका मानिसको सङ्ख्या घटेर यतिखेर १ लाख ५ हजार पुगेको छ । अझै ८७ हजार मानिसलाई घर छाड्नुपर्ने हुन सक्ने भनिएको छ । बीबीसी 

एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्ने भएको छ । एनआरएनएले आज यहाँ पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्णयानुसार थाइल्याण्डको बैंककमा उक्त सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।

एनआरएनएका अध्यक्ष डा बद्री केसीले विदेशमा रहेका युवा र दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई अपनत्व महसुस गराई मातृभूमिसँग जोड्न सम्मेलन गर्न लागेको बताए ।

यसैगरी एनआरएनएले आगामी चैत  ३ र ४ गते कम्बोडियाको न्होम पेन्ह सिटीमा १०औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजना गर्ने भएको छ । यसपटक संघले एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनलाई ‘सङ्गम’ नामकरण गरेको छ ।

लस एन्जसलसको आगलागीमा मृत्यु सङ्ख्या १६ पुग्यो

काठमाडौँ – हावाको वेग बढ्दै गएर आगोलाई पहिले नछोएका क्षेत्रहरूतर्फ धकेलिरहँदा दमकलकर्मीहरू शनिबार लस एन्जलस वरिपरिका विशाल डढेलोहरू नियन्त्रण गर्न समयसँगै दौडिरहेका थिए ।

सहरभर फैलिएको आगलागीबाट कम्तीमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागीले समुदायहरूलाई तहसनहस पारेको छ र हजारौँ दमकलकर्मीहरू र लाखौँ क्यालिफोर्नियाका बासिन्दाहरूको साहसको परीक्षा लिइरहेको छ ।

हवाई कर्मचारीहरूबाट सटीक उडानहरू सहित वीरतापूर्ण प्रयासहरू भए पनि पालिसेड्स आगलागी शनिबार बढ्दै गयो र यो पूर्वमा गेट्टी सेन्टर कला सङ्ग्रहालयको अमूल्य सङ्ग्रहहरू र उत्तरमा घना जनसङ्ख्या भएको सान फर्नान्डो उपत्यकातर्फ फैलिँदै छ ।

सारा कोहेनले लस एन्जलस टाइम्सलाई आफ्नो टार्जानास्थित घरमाथिको खतराबारे भने, “हामी चिन्तित छौँ, जब–जब उनीहरूले पानी खसाल्छन्, स्थिति राम्रो हुन्छ तर फेरि खराब हुन्छ ।”

मन्डेभिल क्यानियन क्षेत्रका फुटेजमा एउटा घर जलिरहेको देखाइएको छ । हावाको छोटो विश्राम द्रुत गतिमा हावाहुरीमा परिणत भइरहेको छ र यसले मौसम पूर्वानुमानकर्ताहरूका अनुसार आगामी दिनहरूमा आगलागीलाई बढाउनेछ ।

“दुर्भाग्यवश दक्षिणी क्यालिफोर्नियाका लागि आज फेरि गम्भीर आगो–मौसमको अवस्था बढ्नेछ र कम्तीमा अर्को हप्ताको सुरुसम्म रहनेछ”, राष्ट्रिय मौसम सेवाले भन्यो, “यसले चलिरहेका आगलागीहरूको विस्तार साथै नयाँ आगलागीहरूको विकासमा योगदान पुर्याउन सक्छ ।”

जीवित व्यक्तिहरूलाई सहरमा फैलिएको बाक्लो धुवाँका विषाक्त कणहरू सास फेर्नबाट बच्न बाहिर समय बिताउन वा मास्क लगाउन चेतावनी दिइएको थियो ।

पालिसेड्स आगलागी शनिबार ११ प्रतिशत नियन्त्रणमा थियो तर २३ हजार ६०० एकड (९,५०० हेक्टर) सम्म फैलिएको थियो भने इटन आगलागी १४ हजार एकडमा फैलिएको र १५ प्रतिशत नियन्त्रणमा थियो ।

आधिकारिक तथ्यांकले १२ हजारभन्दा बढी संरचना जलेको देखाउँछ तर क्याल फायरका टोड हप्किन्सले सबै घरहरू नभएको र सङ्ख्यामा बाहिरी भवनहरू, आरभी, सवारी साधन र छाप्राहरू पनि समावेश भएको बताए ।

लुटपाट र रातको समयमा कफ्र्यूको रिपोर्टका साथ प्रहरी र नेसनल गार्डले मानिसहरूलाई विपद् क्षेत्रमा प्रवेश गर्नबाट रोक्नका लागि चौकीहरू स्थापना गरेका छन् ।

शव खोजी 

यस त्रासदीमा मृत्यु भएकाहरूमध्ये सन् १९९० को दशकमा बेलायती टिभी शो ‘किड्डी क्यापर्स’ मा देखिएका पूर्व अस्ट्रेलियाली बाल कलाकार रोरी साइक्स पनि थिए ।

“मेरो सुन्दर छोरा रोरी साइक्सको हिजो मालिबु आगलागीमा मृत्यु भएको घोषणा गर्नुपर्दा म अत्यन्त दुःखी छु । म पूर्णतः टुटेकी छु”, उनकी आमा शेली साइक्सले सामाजिक सञ्जालमा लेख्नुभयो ।

अनुसन्धान 

एफबिआई र ब्युरो अफ अल्कोहल, टोबाको, फायरआम्र्स एन्ड एक्सप्लोसिभ्स (एटिएफ) र स्थानीय अधिकारीहरू मिलेर आगलागीको कारण पत्ता लगाउन ठूलो अनुसन्धान भइरहेको लस एन्जलस काउन्टीका सेरिफ रोबर्ट लुनाले भने ।

“हामी कुनै कसर बाँकी राख्ने छैनौँ, यदि यो आपराधिक कार्य हो भने –– म यस्तै हुन्छ भन्दिनँ –– यदि हो भने, जसले यो गर्यो वा जुन समूह जिम्मेवार छ, उनीहरूलाई पक्राउ गर्नुपर्छ”, लुनाले कुनै जानकारी भएका व्यक्तिहरूलाई अगाडि आउन आग्रह गर्दै भने ।

डढेलो जानीजानी लगाइएको हुनसक्छ, तर प्रायः प्राकृतिक हुन्छन् र वातावरणको जीवन चक्रको महत्त्वपूर्ण हिस्सा हुन् ।

तर सहरी विस्तारले मानिसहरूलाई बढी जोखिममा पार्छ र जलवायु परिवर्तन–मानवताको जीवाश्म इन्धनको अनियन्त्रित प्रयोगले अतिप्रभावित गरेको–ले विनाशकारी आगलागी उत्पन्न गर्ने अवस्थाहरूलाई बढाइरहेको छ ।

अमेरिकामा आगलागीमा परेर ११ जनाको मृत्यु

क्यालिफोर्निया : अमेरिकामा आगालागीमा परेर हालसम्म ११ जनाको मृत्यु भएको लस एन्जलस काउन्टीको मेडिकल एक्जामिनरले पुष्टि गरेका बीबीसी समाचारमा उल्लेख छ।

शुक्रबार दिउँसो (अमेरिकी समय) जारी गरिएको अपडेटमा, चिकित्सा परीक्षकले पालिसेड्स आगलागीमा पाँच जनाको मृत्यु भएको र अन्य छ जना इटन आगलागीमा मृत्यु भएको बताएका छन्।

मृतकमध्ये अहिलेसम्म तीन जनाको मात्र पहिचान भएको छ।

लस एन्जलसका पाँच क्षेत्रमा फैलिएको आगो नियन्त्रण गर्न अग्निनियन्त्रकहरू अथक प्रयास गरिरहेका छन्।

पालिसेड्समा आगोले अन्यत्रभन्दा विकराल रुप लिएको छ। यहाँको २० हजार एकडभन्दा बढी जमिन आगलागीबाट प्रभावित भएको छ। अहिलेसम्म जम्मा आठ प्रतिशत आगो नियन्त्रणमा आइसकेको छ।

इटनमा लागेको आगलागीका कारण करिब १४ हजार एकड क्षेत्रफल जलेर खरानी भएको छ। यहाँ तीन प्रतिशत आगो नियन्त्रणमा आएको जनाइएको छ।

लिडियामा लागेको आगो ७५ प्रतिशत नियन्त्रणमा आइसकेको छ। यहाँ आगलागीबाट करिब ४०० एकड जमिन प्रभावित भएको छ।

हर्स्टमा ७७१ एकड जमिन जलेको छ र आगो ३७ प्रतिशत नियन्त्रणमा आइसकेको छ।

यसैबीच केनेथमा एक हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको आगो फैलिनबाट रोकिएको छ। अहिलेसम्म ३५ प्रतिशत आगो नियन्त्रणमा आइसकेको बीबीसीमा जनाइएको छ।

विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सिमित

काठमाडौंं । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ ।

प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ । चुहावट घटाउनु पनि कमाउनु हो भन्ने मूल मर्मलाई आत्मसात् गरेको प्राधिकरणले अनाधिकृत विद्युत् चोरी तथा प्राविधिक चुहावटलाई कम गर्न अनेकन प्रयास गरिएको जनाएको छ ।

आठ वर्षअघिसम्म प्रणालीमा २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो । आव २०७९/८० मा विद्युत् चुहावट १३.४६ प्रतिशत थियो । आव २०८०/८१ मा चुहावट १२.७३ प्रतिशतमा सीमित गरिएको विवरणमा उल्लेख छ ।

प्राधिकरणले गत आवमा १४ अर्ब ४६ करोड नाफा कमाएको थियो । आव २०७२/७३ मा एकै वर्ष आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण ०७३/७४ मा एक अर्ब ५० करोड खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरू गरेको थियो ।

त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरणले अहिले ४७ अर्ब ४१ करोड सञ्चित नाफा गरेको छ ।

प्राधिकरणले आठ वर्षमा विद्युतीकरणमा ठूलो सफलता हात पारेको छ । आव २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षअघि ८९ दशमलव आठ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ ।

इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ । गत आवको वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् भारतर्फ निर्यात गरी १७ अर्ब सात करोड रुपैयाँ आम्दानी गरेको थियो ।

गत आवमा आयातभन्दा करिब १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेर इतिहास बनाउन सफल भएको छ ।


 

विदेशी मुद्राको विनिमय दर :अमेरिकी डलर अहिलेसम्मकै उच्च

काठमाण्डौ – अमेरिकी डलर अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा र खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा रहेको छ ।

डलर लगातार बलियो बनिरहँदा नेपाली मुद्रा (नेरु) अहिलेसम्मकै कमजोर बनेको छ । विशेषगरी डलरको भाउमा आएको उतारचढावले भारतीय मुद्रा (भारु) प्रत्यक्ष प्रभावित हुन्छ । त्यसको असरले नेपाली मुद्रा बलियो वा कमजोर हुने गरेको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ ।

नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि प्रभावित हुन्छ । डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ ।

सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् । डलरको भाउ बढ्दा विशेषगरी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा असर पर्छ ।

आज धेरैजसो विदेशी मुद्राको भाउमा बढेको छ । विनिमयदरअनुसार, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, यूएई दिराम, मलेसियन रिङ्गेट, स्वीडिस क्रोनर,डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य बढेको छ ।

यस्तो छ आजको विनिमय दर

अमेरिकी डलर एकको बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा र खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा, युरोपियन युरो एकको खरिदर एक सय ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४८ पैसा,स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५० रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर आठ रुपैयाँ ६८ पैसा र बिक्रीदर आठ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा,साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा यूएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा,साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ९५ पैसा र बिक्री दर १९ रुपैयाँ ०३ तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७ रुपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६४ रुपैयाँ ०८ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ६७ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ०८ पैसा तोकेको छ ।

 

Inclusive Education : A Practice for Positive Change

Inclusion is not as vast or ambiguous as it is discussed. It depends upon our mindset about other people who are different to us in some or the other way. If we accept differences and create space for all, it is inclusion. Inclusion in education refers to practices that aims to provide education to all children regardless of their physical, mental, social, emotional, linguistic or any possible barrier in the main stream school. Inclusive education practices are important to ensure the basic rights to education for all. It is also a need of today’s time to create an environment of empathy, support, positive attitude and opportunities for learning and growing without judgement. As we dream about a better future of our children with better education and every available opportunities, it is our social responsibility to make this dream possible for every child in our country with whatever possible efforts we can make.

Inclusive education is a global concept now which has become necessary in order to ensure a better tomorrow for all. Children learning in inclusive setup develop the importance of empathy and valuing each other regardless of their diversity. Many countries are practicing it to ensure quality education as a basic human right.

UNESCO’S 2030 agenda for sustainable development emphasize inclusive education as a fundamental right. In context of Nepal the concept of inclusive education is not new and is backed up by national policies. The constitution of Nepal(2015)guarantees the right to education for all Citizens. The Persons With Disability Act(2017) has stated that children with disabilities should be able to study in their own communities without discrimination.

The National education Policy (2019) ensures the importance of providing inclusive education to children with disabilities and marginalized groups. There are also several other legal frameworks in term of inclusion and education as well as many NGOs and INGOs are also working on establishing the environment of equal opportunities for children with special needs in terms of disability, marginalization or any other factors.

However, even after having supported with government policies and national and international agencies the value of inclusive education is yet to be understood and practiced all over the country. Though it has been included in national policies but very rarely practiced in our schools.

Various factors like lack of awareness in parents of children with special needs about their rights , objection of other parents, unpreparedness of schools, less availability of skilled human resource, lack of monitoring and evaluation in terms of policy implementation and following curriculum guidelines serves as major barriers for inclusive education practices.

There is a need of education providers, parents, community, government agencies etc. to come together to determine a proper framework for inclusion in our mainstream schools under a Whole School Approach(WSA) ensuring the availability of infrastructural resources, educational resources and skilled human resources with proper team of educators, teachers, care takers, therapists and other professionals to ensure overall wellbeing of our children.

In conclusion Inclusive Education is a major need of today to ensure education and skill development opportunities for all children regardless of their physical, cognitive, social, emotional, linguistic or geographical or any other barriers. Inclusive practice will also develop the concept of equity, empathy and confidence in children from very young age and help them grow as responsible citizens.

This practice will help to develop a respectful and non- judgmental generation who will value people and not their strength or limitations. It is possible for every child to learn and grow and be self-sufficient and successful provided the required resources and opportunities.

-Khushbu Ghimire

पन्ध्र महिनादेखि विपिन जोशीको सकुशल फिर्तीको प्रतीक्षा

कञ्चनपुर: सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ।

छोरासँग सम्पर्क टुटेको १५ महिना भइसक्दा पनि छोराबारे कुनै खबर नआउँदा जोशी परिवारका आँखा ओभाएका छैनन्। पढाइसँगै कमाइ गर्न इजरायल पुगेका विपिनसँग सम्पर्क टुटेदेखि बुबा महानन्द, आमा पद्मा र बहिनी पुष्पा विरक्त छन्। मोबाइलमा समाचार हेर्दै विपिनको सुखद् खबरको आशामा दिन बित्न थालेका छन्। छोराको अवस्थाबारे बेखबर विपिनका बुबाआमाले भीमदत्त नगरपालिका–३ स्थित आफ्नै निवासमा विपिनको सकुशल रिहाइको कामना गरिरहेका छन्।

जोशी परिवार विपिनको सकुशल घर फिर्तीको पर्खाइमा छ। ‘छोरा आउने आशामा १५ महिना बितिसके, मेरो छोरा विपिनलाई सकुशल कहिले ल्याइदिने हो सरकार?’ विपिनका आमा पद्माले भनिन्, ‘मेरो छोरालाई सकुशल घर ल्याउन सरकारले पहल गरिदेओस्।’ जोशी परिवारले छोराको रिहाइका लागि सरकारसँग अनुनय गरिरहेको छ। छोराको रिहाइका लागि मन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्री, राजदूत सबैलाई भेटेर विपिनको रिहाइका लागि अनुनय गरिसकेका छन्।

हमासले ३४ जना बन्दी छोड्ने खबरले आमाबुबाको मलिन अनुहारमा थोरै भए पनि खुसीका रेखा देखापरे। तर जब त्यो लिष्टमा छोरा विपिनको नाम छैन भन्ने समाचार आयो अनुहार निन्याउरा भए। ‘अहिलेसम्म अन्य देशका नागरिक धेरै छुटिसके’, आमा पद्माले भनिन्, ‘अब छुट्ला अब छुट्ला भन्दाभन्दै आशामै डेढ वर्ष बितिसके।’

हमास समूहले इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम, किबुजबाट नियन्त्रणमा लिएको इजरायल सरकारले जानकारी गराएको थियो । त्यसयता  विपिनको अवस्था अज्ञात छ । अध्ययनसँगै कमाइ गर्ने कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयमा ३९ विद्यार्थी इजरायल गएका थिए।  त्यहाँ पुगेको एक महिनामै हमास समूहले आक्रमण गरेको थियो। ‘हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। अरू देशका नागरिक बेलाबेला छुटिरहेका छन्, हाम्रो सरकारको पहल पुगेन कि?’, विपिनका बुबा महानन्दले भने, ‘मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्म सबैलाई भेटेर छोराको रिहाइका लागि अनुनय गरिसक्यौँ।’ उनले सबैबाट पहल गरिरहेका छौँ बाहेकको जवाफ नसकेको बताए।

‘जसरी हुन्छ सरकारले छोरोको रिहाइलाई पहल गरिदिनुपर्यो’, जोशीले भने, ‘सरकारले कतारसँग कूटनीतिक पहल गरिदिए छोराको रिहाइ हुन्थ्यो कि।’ गत कात्तिकमा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई पनि भेटेका जोशी परिवारले छोराको रिहाइका लागि आग्रह गरिसकेका छन्। कतारका राजा आमिर तमिमबिन हमाद अल थानी नेपाल भ्रमणमा आउनुअघि पनि विपिनका परिवारले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर रिहाइका लागि पहल गरिदिने आग्रह गरेका थिए।

‘जसले बढी पहल गर्यो उसले पनि त्यही देशका नागरिक पहिला रिहा गर्ने हो’, बुबा महानन्दले भने, ‘नेपाल सरकारले कतारसँगै बढी पहल गर्नुपर्छ।’ गत सोमबार मात्र विपिनका परिवार र आफन्तले विपिनकोे तस्बिर सामाजिक सञ्जालमा राख्दै जन्मदिनको शुभकामना दिँदै सकुशल रिहाइका लागि अनुनय गरेका छन्। परिवारका सदस्यले सरकारको तर्फबाट कूटनीतिक पहल हुन नसकेको भन्दै विपिनको रिहाइका लागि सरकारसँग आग्रह गरेका छन्।

‘अहिले पनि विपिन सकुशल फर्केर आउनेमा पूरा विश्वास छ’, विपिनका दाजु किशोर जोशीले भने, ‘सरकारले पहल गरिदियो भने चाँडै आउने थियो, तर सरकारको पहल पुगेन कि भन्ने महसुस भएको छ।’ उनले अन्य मुलुकले आफ्ना देशका नागरिकलाई रिहाइ गरिसक्दा नेपालले एकजना नागरिकसमेत रिहा गर्न नसकेको बताए।

उनी भन्छन्, ‘हामीले भेट्न बाँकी मन्त्री, प्रधानमन्त्री कोही छैन सबैले प्रयास भइरहेको छ। युद्धविराम हुँदा अन्य देशका नागरिक छुट्दैछन् हाम्रोचाहिँ पहल नै पुगेनजस्तो लागेको छ।’ केही दिनअघि इजरायल र हमासबीच युद्धविराम हुने खबर आएपछि विपिनको परिवार उनको रिहा हुने आशामा थियो। तर हमासले रिहा गर्ने ३४ जनाको लिष्टमा विपिनमा नाम समावेश नभएको खबर पाएपछि परिवार विरक्त छ। -रासस 

अमेरिकाको भर्जिनियामा पोखरीमा डुबेर दुई नेपालीको निधन

अमेरिका, पुस २६ गते । भर्जिनियाको च्याान्टिलीस्थित एक होटेल बाहिर रहेको पोखरीमा डुबेर बिहीबार बिहान दुई जना नेपालीको दुःखद निधन भएको छ । मृतक दुवै जना कारभित्र सवार थिए ।

फेयरफ्याक्स काउन्टी प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार, विन्डहम होटेल नजिकै ती दुई नेपाली चढेको कार हिउँका कारण चिप्लिँदै पोखरीमा खसेपछि दुवै जनाको निधन भएको हो । मृतकहरूमा बुटवल स्थायी घर भई भर्जिनियाको च्यान्टिली बस्ने ५५ वर्षीय कर्णबहादुर खड्का र काठमाडौँका २१ वर्षीय निश्चल भट्ट रहेको पारिवारिक स्रोतले जनाएको छ । भट्ट विद्यार्थी भिसामा छ महिना अघि मात्र अमेरिका आएका थिए । पारिवारिक स्रोतका अनुसार, खड्का र भट्ट मामा भान्जा हुन् ।

उनीहरूले चलाएको गाडी पोखरीभित्र खसेपछि उनीहरू निस्कन नसकेका कारण उनीहरूको निधन भएको प्रहरीको भनाइ छ । उनीहरू खसेको १० मिनेटभित्रै प्रहरीसहितको उद्धार टोली आएर सो गाडी पोखरीबाट निकाल्दासम्म उनीहरूको चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भइसकेको प्रहरीले जनाएको छ । प्रहरीले यस बारे थप अनुसन्धान गरिरहेको छ ।

रविलाई छाड्ने आदेशपछि रास्वपाले भन्यो- न्याय प्रणाली अझै जीवित छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएपछि रास्वपाले न्याय प्रणालीमाथी विस्वास बढेको बताएको छ ।

रास्वपा   प्रवक्ता मनिष झाले अदालतको आदेशले  देशमा न्याय प्रणाली अझै जीवित छ भन्ने कुराको पुष्टि गरेको  बताए ।

‘यसअघि हामीले जति बहस, तर्कवितर्क जे गरेपनि न्यायालयले एउटा आदेश दिएको छ, यसले न्यायालय जीवित छ, न्यायालयले न्याय दिँदो रहेछ भन्ने कराको  पुष्टि गर्‍यो ।’

उनले अदालतले सभापति लामिछानेलाई धरौटीमा छाड्नु  स्वागतयोग्य भएको प्रतिक्रिया समेत दिए ।

जिल्ला अदालत, कास्कीले बिहीबार लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

यतिबेला रास्वपा नेता तथा कार्यकर्ताहरुले कास्की जिल्ला अदालतबाहिर नाराबाजीसहित खुसियाली मनाइरहेका छन् ।

धरौटी बुझाए पनि छुट्न पाउनेछैनन् रवि

काठमाडौं- जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश  दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले आज उनलाई धरौटीमा छाड्न आदेश दिएको हो। सोही अभियोग लागेका पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख धरौटी मागिएको छ।

धरौटी बुझाए पनि रवि रिहा हुने अवस्था छैन। किनभने काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं ल्याउनेछ।

लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिलको कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो।

लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको छ। सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको हो।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा तीन करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ रकम बिगो दाबी गरिएको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि र छविसहित सातै जनालाई धरौटीमा रिहा गर्न आदेश

पोखरा- सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत कास्कीले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातै जनासँग धरौटी माग गर्ने आदेश दिएको हो।

अब अदालतले माग गरेको धरौटी बुझाएमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीबाहेक रिहा हुनेछन्। उनीहरूलाई भने अन्य चार जिल्लामा पनि सहकारी ठगीकै मुद्दा रहेकाले तत्तकाल रिहा गरिनेछैन।

रवि लामिछानेसँग अदालतले ६५ लाख धरौटी माग गरेको छ। उनलाई भन्दा बढी पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ। लिला पछाईलाई ३७ लाख, पूर्वप्रहरी रामबहादुर खनाललाई १५ लाख, पूर्वसांसद मीना गुरुङलाई ५ लाख, मीनाका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गरिएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा पुस ८ गतेदेखि थुनछेकको प्रक्रिया अगाडी बढेको हो। छविलाई प्रहरीले असोज ६ गते पक्राउ गरेको थियो। लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। उनीहरू दुवै जनालाई काठमाडौँबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो।

छविलाई पक्राउ गरेपछि कास्की प्रहरीले अन्य प्रतिवादीहरूलाई पनि पक्राउ गरेको हो। तर प्रतिवादी बनाइएका मध्ये अधिकांश फरार छन्। सातै जना प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको छ। उनीहरूको पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो। पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा चलाइएको छ। लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि मुद्दा चलाइएको छ। लामिछानेसहितका केहीलाई काठमाडौँमा पनि मुद्दा दायर भएको छ। कास्कीबाट रिहा भए पनि उनीहरूलाई पक्राउ गरी अन्यत्र लगिनेछ।

तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन

काठमाडौं – दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मगंलवार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपरान्ह् ३ः०० बजेसम्म कूल एक हजार २११ वटा परकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।

चीनको दक्षिणपश्चिमी क्षेत्र सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलवार ६.८ म्याग्निच्यूडको भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् । भूकम्पका कारण १२६ जनाको मृत्यु हुनुका साथै १८८ जना घाइते भएका थिए भने फसेका ४०७ जनाको उद्धार गरिएको छ ।

क्षेत्रीय भूकम्प ब्यूरोका अनुसार ६.८ म्याग्निच्यूडको भूकम्पको केन्द्र विन्दुबाट करिब १८ किलोमिटरको दूरीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । ३३ वटा पराकम्पन तीनभन्दा बढी म्याग्निच्युडको रहेको पनि ब्यूरोले उल्लेख गरेको छ ।रासस

सिड्नीमा नेपाली नर्स दीक्षाको शंकास्पद मृत्यु, इमर्जेन्सी सर्भिसमा गएको थियो फोन

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपालकी ३९ वर्षीया दीक्षा दाहालको शंकास्पद मृत्यु भएको हो ।

सिड्नीमा दीक्षाको शंकास्पद मृत्यु भएको डेली मेलले जनाएको छन् । पारामाट्टा अपार्टमेन्ट ब्लकको ७औं तलाबाट खसेर दीक्षाको मृत्यु भएको छ । दीक्षाको मृत्यु हुनुभन्दा दुई घण्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेनसी सर्भिस नम्बर ००० मा फोन आएको थियो । त्यसबेला पृष्ठभूमिमा ठूलो आवाजसहित भनाभन भएको सुनिएको डेली मेलको समाचारमा उल्लेख छ ।

प्रहरीले दीक्षाको मृत्यु भएको घटनामा प्रारम्भीक अनुसन्धानका लागि उनका श्रीमान् ४० वर्षीय रविन्द्र सुवेदीलाई पक्राउ गरेर सोधपुछपछि छाडेको छ । दीक्षा अष्ट्रेलियामा नर्सका रुपमा काम गर्दै आएकी थिइन् । केही वर्ष अगाडि दीक्षा र रविन्द्रबीच विवाह भएको थियो ।

उनीहरूको आन्तरिक झगडा यसअघि प्रहरीसम्म समेत पुगिसकेको डेली मेलको समाचारमा उल्लेख छ । पछिल्लो समय उनीहरू सँगै बस्न छाडेका थिए ।

रविको मुद्दामा आजै आदेश आउन सक्ने

काडमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दाको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सात जना प्रतिवादी र सरकारी पक्षको बहस बुधवार सकिएको छ । बुधवारै जवाफी बहस सुरु भएको थियो । बुधवार जाहेरवाला सहकारी पीडित पक्षका कानुन व्यवसायीहरूले प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले उठाएका सवालहरूको जवाफ दिएका थिए ।

बिहीबार सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ । अदालतका स्रेष्तेदार राजन खनालले बिहीबार बाँकी जवाफी बहस हुने जानकारी दिनुभयो । “बुधवार जाहेरवालाको तर्फबाट जवाफी बहस भएकोमा बिहीबार सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ,” स्रेष्तेदार खनालले भन्नुभयो, “सम्भवतः आजै नभए शुक्रवारसम्म इजलासले आदेश गर्न सक्छ ।”

न्यायाधीश नीतिज राईको इजलासले जवाफी बहसपछि प्रतिवादीहरूलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक निर्णय लिनेछ । न्यायाधीश नीतिज राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका थुनछेक बहस जारी छ ।

लामिछानेसहितले सूर्य दर्शनको बचत गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ । लामिछाने गोरखा मिडियाको पूर्व प्रबन्ध निर्देशक र सेयर सदस्य हुनुहुन्छ । अहिले कास्की प्रहरीको हिरासतमा गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल, मिना गुरुङ, आरती गुरुङ छन् ।

लामिछानेसहितका प्रतिवादीमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोग पत्र दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले सूर्य दर्शन सहकारीको रकम ठगी प्रकरणमा पूरक र थप गरी अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । प्रतिवादीहरूसँग एक अर्ब ५१ करोड बिगो माग गरिएको छ ।

लस एन्जलसको डढेलो नियन्त्रणबाहिर, ५ जनाको मृत्यु, हजारभन्दा बढी घर जले

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसको जंगलमा मंगलबारदेखि लागेको डढेलो नियन्त्रणबाहिर पुगेको छ।

मंगलबार लस एन्जलसको प्यालिसेड्सबाट सुरू भएको डढेलो हालसम्म कम्तिमा २५ हजार एकडसम्म फैलिएको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले जनाएको छ।

तीव्र गतिमा चलेको हुण्डरीका कारण डढेलो एक स्थानबाट अर्को स्थानमा सरेको र केही क्षणमै ठूलो रूप लिएको बताइएको छ।

प्यालिसेड्समा डढेलो १५ हजार ८०० एकडमा फैलिएको छ।  त्यहाँ आगो निभाउनका लागि १ हजार ७९२ जना अग्निनियन्त्रक र सुरक्षाकर्मी परिचालन गरिएको छ।

विभिन्न क्षेत्रमा फैलिएको डढेलोलाई विभिन्न नाम दिइएको छ। अहिलेसम्म ६ ठाउँमा डढेलोले भयानक रूप लिएको अमेरिकी अखबार सिएनएनले जनाएको छ। ती डढेलोलाई प्यालिसेड्स, हर्स्ट, वुड्ली, इटन, लिडिया र सनसेट डढेलोको नाम दिइएको छ।

हलिउड हिल्स क्षेत्रमा पनि डढेलो प्रवेश गरेको छ। अमेरिकी सिनेमा उद्योगको प्रमुख केन्द्र हो हलिउड हिल्स। त्यहाँ २० एकडमा डढेलो फैलिसकेको न्यूयोर्क टाइम्सले जनाएको छ।  डढेलो प्रवेश गरेपछि त्यहाँ बसोबास गर्दै आएका कलाकारहरूले त्यस ठाउँ छाडेका छन्।

मंगलबारदेखि लागेको डढेलो नियन्त्रण गर्न हजारौंको संख्यामा अग्निनियन्त्रकहरू खटाइएको भएपनि उनीहरूको प्रयास विफल भएको छ। बरू नयाँ नयाँ ठाउँमा डढेलो फैलिएको छ।

डढेलोबाट अहिलेसम्म ५ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। विभिन्न ठाउँका गरी १ हजार भन्दा बढी घरहरू जलेका छन्। १ लाख भन्दा बढी मानिसहरूलाई ठाउँ खाली गरेर अन्यत्र जान चेतावनी दिइएको छ।

डढेलोका कारण प्रभावित ठाउँहरूमा पानी र विद्युतको आपूर्ति बन्द भएको छ। डढेलो नियन्त्रणबाहिर गएपछि लस एन्जलसमा आपतकाल घोषणा गरिएको छ। त्यहाँको मौसम विभागले शुक्रबारसम्म सतर्क रहन भनेको थियो।

लस एन्जलसमा डढेलो व्यापक बनेपछि राष्ट्रपति जो बाइडेनले इटालीको रोम भ्रमण रद्द गरेका छन्। डढेलो नियन्त्रमा ध्यान केन्द्रित गर्नुपर्ने भएकाले राष्ट्रपतिले रोम भ्रमण रद्द गरेको ह्वाइट हाउसले जनाएको छ।

किन बढ्दैछ विश्वका नेताहरुसँग एलन मस्कको विवाद ?

काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क पछिल्लो केही दिनयता राजनीतिमा निकै सक्रिय देखिन्छन् । विशेष गरी अमेरिकामा राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टी र डोनाल्ड ट्रम्पको विजयपछि । यस चुनावपछि मस्कको शक्ति कत्तिको बढेको छ भन्ने अनुमान यस तथ्यबाट गर्न सकिन्छ कि ट्रम्पको विदेशी नेताहरुसँगको फोन वार्तामा पनि मस्कको संलग्नता रहेको खबर बाहिर आएको छ । यति मात्र होइन, मस्कले पछिल्ला केही दिनमा धेरै राष्ट्र प्रमुखलाई पनि निशाना बनाएका छन् । देशको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप पनि लाग्न थालेको छ ।

मस्कले हालै एक्समा एक पोस्ट साझा गरेका थिए । यस पोस्टमा लेखिएको थियो- ‘ट्रम्पले जित्यो, ट्रुडोले राजीनामा दिए, कियर स्टाररको पर्दाफाश भयो, नाइब बुकेले एल साल्भाडोरमा अपराध ९५ प्रतिशतले घटाए । सन् २००८ पछि पहिलो पटक जेभियर मीलीले अर्जेन्टिनाको अर्थतन्त्रलाई विकासको बाटोमा ल्याए। तर महान मानिस बढ्दै छ हामीलाई उहाँको आवश्यकता छ ।’

मस्कको पछिल्लो विवाद को को सँग छ ?

बेलायतका प्रधानमन्त्री केयर स्टारमर

हाल मस्कलाई राजनीतिमा संलग्न भएको आरोप लागेको देश बेलायत हो । पछिल्ला केही दिनमा मस्कले बेलायतको सत्तारुढ लेबर सरकारलाई निशाना बनाएका छन् । उनले बेलायतमा पाकिस्तानी ग्रूमिङ गिरोह काण्डको मुद्दा उठाएका छन् । वास्तवमा, पाकिस्तानबाट यहाँ आएका शरणार्थीहरू, जो पछि नागरिकता प्राप्त गर्न सफल हुन्छन्, उनीहरूले बेलायती केटीहरूलाई गलत काममा फसाएर उनीहरूसँग यौन अपराध गरेको आरोप लगाइएको छ । बेलायतमा पछिल्ला केही दिनदेखि यस विषयमा हंगामा मच्चिएको छ ।

मस्कले यो मुद्दा उठाउदै कियर स्टारर र पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनको नाम लिए र उनीहरू यौन अपराधमा संलग्न भएको दाबीसमेत गरे । मस्कले एक पोस्टमा गोर्डन ब्राउनले ‘भोटको लागि पीडित साना केटीहरूलाई बेचेको’ आरोप पनि लगाए । यति मात्र होइन, टेस्लाका मालिकले ३ जनवरीमा बेलायतमा भएको यो बलात्कारको अपराधमा स्टारमर साझेदार भएको बताएका थिए । उनले स्टारमरलाई बेलायती इतिहासमा सबैभन्दा खराब अपराधको लागि अभियोग लगाउन माग गरेका थिए ।

स्टारमरमाथि मस्कको आक्रमणको कारण वर्तमान प्रधानमन्त्रीको प्रशासनिक इतिहास रहेको छ । सन् २०१२ मा बेलायतमा ग्रूमिङ गिरोहसँग सम्बन्धित घटनाहरू पहिलो पटक खुलासा हुँदा कियर स्टारमर क्राउन प्रोसिक्युसन सर्भिसका प्रमुख थिए भन्ने आरोपहरू छन् । उनी सन् २००८ देखि २०१३ सम्म बेलायतमा मुख्य अभियोजक थिए । यस्ता घटना बाहिर आएपछि सन् २०१३ मा स्टारमरले बालबालिकामाथि हुने यौन दुर्व्यवहारका मुद्दाहरूमा कसरी पीडित बालबालिकालाई राख्ने र यस्ता घटनामा अभियोजन पक्षले के गर्नुपर्छ भनी निर्देशन जारी गरेको बताइएको छ । यो पूरै प्रकरणमा ठूलो कुरा के हो भने प्रहरी र समाजसेवी बाहेक सरकारले यी घटनामा आँखा चिम्लिएको आरोप लागेको छ । यद्यपि, मुद्दासँग सम्बन्धित कुनै पनि अनुसन्धानमा, स्टारमरविरुद्ध उनले अभियोग रोक्न वा कसैलाई बचाउने प्रयास गरेको कुनै आरोप थिएन ।

बेलायतको सत्तारुढ लेबर पार्टीका धेरै नेताहरू र प्रधानमन्त्री केयर स्टारमर आफैले पनि मस्कका यी आरोपहरूको जवाफ दिएका छन् । स्टारमरले भनेका छन्, केही व्यक्तिहरूले बेलायतको बारेमा झूट र गलत जानकारी फैलाउँदैछन् । उनीहरुलाई पीडितप्रति कुनै चासो छैन, उनीहरु आफ्नो स्वार्थका लागि मात्र काम गर्छन् । केही व्यक्तिले हामीलाई यसअघि पनि धम्की दिने, हिंसा भड्काउने जस्ता धम्की दिएको उनले आरोप लगाए । सञ्चारमाध्यमले आफ्नो विचारलाई बढाइचढाइमा राख्ने आशा उनीहरूले गरेका छन् । स्टारमरले भने कि मुख्य अभियोजकको रूपमा आफ्नो कार्यकालमा बेलायतमा यौन उत्पीडन सम्बन्धी सबैभन्दा ठूलो संख्यामा आरोपहरू दायर गरिएको थियो । स्टारमरले श्रम सरकारका मन्त्री जेस फिलिप्सको पनि बचाउ गरे र भने कि मेरो लागि यो रेखा पार हुन्छ जब अति दक्षिणपन्थीले फैलाएको विष उनीहरूका लागि गम्भीर खतरा हुन्छ । उल्लेखनीय छ, मस्कले बेलायतको महिला सुरक्षा मन्त्रालयकी प्रमुख जेस फिलिप्सको बारेमा आफू जेलमा हुनुपर्ने बताएका थिए । जेस फिलिप्सले ग्रूमिङ ग्याङ्ग्स स्क्यान्डलमा राष्ट्रिय अनुसन्धान गर्न अस्वीकार गर्दा मस्कले यस्तो भनेका थिए ।

यसअघि बेलायतमा ग्रूमिङ गिरोहसँग सम्बन्धित मुद्दाहरू बाहिर आएपछि टेस्ला मालिकले बेलायती राजा चार्ल्सलाई बेलायती संसद भंग गर्न माग गरेका थिए ।

ओलाफ स्कोल्ज (जर्मनी) 

पछिल्ला केही दिनमा एलन मस्कले आफ्नो प्रभाव छोड्ने प्रयास गरेका अन्य देशहरूमा जर्मनी पनि परेको छ । वास्तवमा, वर्तमान केन्द्र-वामपन्थी सरकारको पतन पछि जर्मनीमा फेब्रुअरीमा चुनावहरू तय गरिएको छ । यस अवसरलाई लिएर, मस्कले जर्मनीमा अति दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर डचल्याण्ड (एएफडी) लाई समर्थन गरे । मस्कले सामाजिक सञ्जाल पोष्ट र एक जर्मन अखबारमा एक अप-एड लेख पनि लेखे जसमा उनले एएफडीलाई समर्थन गरे । यो पार्टीले नाजी विचारधाराको प्रचार गर्छ भन्ने विश्वास गरिन्छ । मस्कले यस पार्टीको समर्थनमा भने अब एएफडीले मात्र जर्मनीलाई बचाउन सक्छ ।

त्यति मात्र होइन, इलोन मस्कले जर्मनीका चान्सलर ओलाफ स्कोल्जमाथि पनि आपत्तिजनक टिप्पणी गरेका थिए र उनलाई ओफ अर्थात् न्यून विचारधारा भन्दै आफ्नो हारको भविष्यवाणी गरेका थिए । यति मात्र होइन, मस्कले उनलाई इडियट समेत भने ।

यद्यपि, स्कोल्जले मस्कले गरेका यी व्यक्तिगत आक्रमणहरूमा जवाफ दिँदै भने, मस्कले दक्षिणपन्थी चरमपन्थीहरूको पार्टी एएफडी जस्ता पार्टीलाई समर्थन गर्ने कुरामा उनी वास्तवमै चिन्तित छन् । यो पार्टी पुटिनको नेतृत्वमा रहेको रुससँग वार्ताको वकालत गर्छ र एट्लान्टिक महासागरमा रहेका देशहरूबीचको सम्बन्धलाई कमजोर बनाउन चाहन्छ । यसपछि, स्कोल्जले मस्कलाई ‘ट्रोल’ भने र मलाई समर्थन जुटाउन उहाँलाई विश्वास नगर्ने बताए। उसको समर्थन अरूको लागि मात्र हुनुपर्छ । त्यहाँ एक सरल नियम छ – ट्रोलहरूमा ध्यान नदिनुहोस् ।

यसअघि जर्मनीको ग्रीन पार्टीका चान्सलर उम्मेदवार रोबर्ट हेबेकले पनि मस्कलाई प्रहार गर्दै जर्मन लोकतन्त्रबाट टाढा रहन भनेका थिए । जर्मनीका प्रधानमन्त्री जोनास स्टुरेले प्रजातन्त्र र साथी राष्ट्रहरूबीच यस्ता कुरा हुन नहुने बताएका छन् । सामाजिक सञ्जालमा अथाह प्रभाव र अथाह आर्थिक स्रोत भएका व्यक्तिले देशको आन्तरिक मामिलामा प्रत्यक्ष रूपमा संलग्न हुनुहुँदैन ।

यसबाहेक जर्मन सरकारका एक प्रतिनिधिले मस्कको नाम लिएर उनको अभियानले खासै प्रभाव नपर्ने बताए । मस्कले जर्मनीका मानिसहरूमा थोरै प्रभाव पारेको छ । उनले जर्मनीमा धेरै बौद्धिक र सभ्य मानिस रहेको बताए ।

इमानुएल म्याक्रोन (फ्रान्स)

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले विभिन्न देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै एलन मस्कलाई घेरा हालेका छन् । नाम नलिई उनले विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनीको मालिकले अन्तर्राष्ट्रिय प्रतिक्रियावादी अभियानलाई समर्थन गर्ने र जर्मनीलगायत धेरै देशको चुनावमा प्रत्यक्ष हस्तक्षेप गर्न खोजेको टिप्पणी गरेका छन् ।
म्याक्रोनले स्पेसएक्सका मालिकहरूले जर्मनीलगायत केही देशको चुनावमा प्रत्यक्ष हस्तक्षेप गरिरहेको बताएका छन् । यो आजको संसार हो, जसमा हामीले कूटनीति अपनाउनुपर्छ ।

फ्रान्सेली राष्ट्रपतिको यो भनाइबाट मस्क रिसाएका थिए । को मालिक मस्कले लेखे, ‘जस्तै जब स्टारमरले डोनाल्ड ट्रम्प जातिवादी हुन् र बेलायती सरकारले उनलाई रोक्नको लागि सबै गर्नुपर्दछ ? वा जब स्टारमरले बेलायती लेबर पार्टीका सदस्यहरूलाई अमेरिकामा ट्रम्पको बिरूद्ध अभियान गर्न आग्रह गरे । यसअघि नर्वेका प्रधानमन्त्री जोनास गेहर स्टोरले युरोपेली देशहरूको आन्तरिक मामिलाबारे मस्कको पछिल्लो अभिव्यक्तिबाट आफू गहिरो चिन्तित भएको बताएका थिए । उनले लोकतन्त्र र सहकारी मुलुकमा यस्ता घटना हुन नहुने बताए ।

जस्टिन ट्रुडो (क्यानाडा)

डोनाल्ड ट्रम्पको विजयको बीचमा, टेस्लाका प्रमुख र अर्बपति मस्कले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको आलोचना गरे । उनले आगामी क्यानडाको संघीय चुनावमा पनि आफ्नो पतन हुने भविष्यवाणी गरेका छन् । मस्कले ट्वीटरमा जर्मनीको समाजवादी सरकार पतन भएको भन्दै टिप्पणी गरेका थिए । यसको जवाफ दिँदै उनले भनेका थिए, ‘ट्रुडोको खेल आगामी चुनावमा समाप्त हुन्छ ।’

यति मात्र होइन, जस्टिन ट्रुडोले लिबरल पार्टीको प्रमुख र क्यानडाको प्रधानमन्त्रीको पदबाट राजीनामा दिएपछि पनि मस्कले एक्समा लेखेका थिए- ‘सन् २०२५ निकै राम्रो देखिन्छ ।’ यो बाहेक ब्राजिलको सरकारसँग पनि मस्कको विवाद रहेको छ ।

डोटीमा ड्युटीका क्रममा रहेका प्रहरी सहायक हवल्दार मृत्यु

डोटी : इलाका प्रहरी कार्यालय बीपीनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको ड्युटीका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विनोद शर्माका अनुसार बुधबार बिहान ९आज० ०३स्१५ बजे ड्युटीको क्रममा एक्कासी छाती दुखेर बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई तत्कालै स्थानीय बिपिनगर पोलिक्लिनिकमा उपचारका लागि पुर्‍याइएको थियो । सामान्य जाँचपछि थप उपचारको लागि बिहान ४बजे सेती प्रादेशिक अस्पताल धनगढीमा रिफर गरिएको थियो।

अस्पतालले पालीलाई ६स्४० बजे मृत घोषणा गरेको हो । मृतक पालीको स्थायी घर डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिका–५ रूपालमा रहेको छ बताइएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विनोद शर्माका अनुसार पालीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने बताइएको छ ।

खोज्नुहोस