५० हजार धरौटीमा छुटे निकोलस भुसाल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको अभियोग लागेका डा. निकोलस भुसाल ५० हजार धरौटीमा रिहा भएका छन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले निकोलसलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सूर्यदर्शन सहकारी प्रकरणमा रवि हिरासतमा रहेका बेला निकोलसले सुतिरहेको फोटो सार्वजनिक गरेका थिए । सहकारी वकिल कार्यालय कास्कीले हिजो मात्रै निकोलसविरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा मुद्दा दर्ता गराएको थियो ।

निकोलस भुसालविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता

पोखरा : रास्वपा सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गर्ने डा. निकोलस भुसालविरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मा मुद्दा दर्ता भएको छ ।

शुक्रबार जिल्ला अदालत कास्कीमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो । साइबर अपराध मुद्दामा उनी बिहीबार दोस्रोपटक पक्राउ परेका थिए । शुक्रबार नै जिल्ला अदालत कास्कीमा बयान गराइएको छ भने थुनछेक बहस पनि गरिएको छ ।

यसअघि उनी गत ७ पुसमा पक्राउ परेका थिए । त्यतिबेला न्यायाधीश नवराज दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा थप तथ्य पुष्टि भएको भन्दै सरकारी वकिलको कार्यालयले शुक्रबार अभियोजन पत्र दर्ता गरेको हो ।

 

 महिला प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीको पहिलो जित

काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेशले पहिलो जित हासिल गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले गण्डकीलाई ६ विकेटले पराजित गरेको हो

गण्डकीले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍योलुम्बिनीका लागि सरस्वती पुन ३१ रनमा अविजित रहिन् । रञ्जु श्रेष्ठले २० र आङ्गि पाठकले १८ रन बनाइन् ।

गण्डकीका लागि अपेक्षा बुढाथोकीले २ विकेट लिइन् ।

यसअघि गण्डकीले पूरै २० ओभर खेलेर ४ विकेटको क्षतिमा ९७ रन बनाएको थियो ।

गण्डकीका लागि सलिना सेनले अविजित ३३ र रेखा तामाङले २५ रन बनाइन् ।

लुम्बिनीका लागि मनिष रानाले २ तथा मधु डीसी र अङ्गि पाठकले १–१ विकेट लिइन् ।

रास्वपाको पार्टी कार्यवाहक प्रवक्ताको जिम्मेवारी रावललाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिएको छ ।

कार्यवाहक प्रवक्ता मनिष झा निजी काममा व्यस्त हुने भएपछि पार्टीकी सह–प्रवक्ता समेत रहेकी रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिइएको हो । रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले २७ दिनको लागि रावललाई कार्यवाहक प्रवक्ता तोकेका हुन् ।

यही माघ ३ गतदेखि ३० गतेसम्म कार्यवाहक प्रवक्ता झा निजी काममा व्यस्त हुने भएपछि रावललाई अर्को कार्यवाहक प्रवक्ता तोकिएको कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

पाकिस्तान । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।

न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने, “अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ । खानदोषी ठहरिएका छन् ।” खानकी पत्नी बीबीलाई सात वर्षको जेल सजाय सुनाइएको छ ।

भ्रष्टाचार विरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाईपछि फैसला सुनाएको हो । उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ ।

खान सन् २०२३ को अगष्टदेखि जेलमा छन् र उनीमाथि करिब २०० वटा मुद्दा लगाइएका छन् । ती मुद्दा उनलाई सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दावी खानले गरेका छन् ।

उनकी पत्नी बुशरा बीबी हालसालै जेलबाट रिहा भएको थियो भने उनलाई फैसलापछि शुक्रबार अदालतबाटै पक्राउ गरिएको छ । शुक्रबार बिहान अदालतको सुनुवाइमा भाग लिन उनी खानलाई राखिएको जेलमा उपस्थित भएको थियो । रासस

ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति सहभागी हुने

बेइजिङ, ४ माघ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ ।

गत नोभेम्बरमा दोस्रो पटक निर्वाचित भएका ट्रम्पले सोमबार वासिङ्टनमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना उपराष्ट्रपतिलाई पठाउने भएको हो ।

ट्रम्पले सपथ समारोहमा आमन्त्रण गर्ने पाहुनाको सम्बन्धमा नजिरलाई तोड्दै ट्रम्पले चिनियाँ राष्ट्रपति र विश्वका अन्य नेतालाई समारोहमा आमन्त्रण गर्ने जानकारी ट्रम्पको सङ्क्रमणकालीन टोलीले गराएको थियो । रासस

ओडिशाको सिमेन्ट कारखानामा दुर्घटना, धेरै कामदार भित्र फसेको आशंका

काठमाडौं । ओडिशाको राजगङ्गपुरमा रहेको सिमेन्ट कारखानाको संरचना भत्किँदा धेरै मजदुरहरु फसेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार सिमेन्ट कारखाना भित्र एउटा ठूलो फलामको संरचना भत्किँदा धेरै कामदारहरू भग्नावशेषमुनि फसेको आशंका गरिएको छ।

घटनास्थलमा पुगेका सुन्दरगढका विधायक राजन एक्काले समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै यसबारे जानकारी दिए।

विधायक राजन एक्काले भने, “डालमिया भारत सिमेन्ट लिमिटेडमा आज दुर्घटना भएको छ। खबर पाएपछि हामी सबै घटनास्थलमा पुगेका छौं। यो घटना साँझ साढे ६ बजे भएको हुन सक्छ।”

उनले भने, “हामी सबै भित्र के भयो जान्न चाहन्छौं। डीआईजी, एसपी र सब कलेक्टर लगायत प्रशासनका सबै मान्छे कारखानामा उपस्थित छन्। यदि मानिसहरूलाई कुनै आवश्यकता पर्यो भने हामी सबै सहयोग गर्न बाहिर उभिरहेका छौं।”

उनले भने, “जसको नाममा यो कारखानाको लाइसेन्स छ, सिफ्टको जिम्मा लिने र सुरक्षाको जिम्मा लिनेहरूलाई कम्तिमा ७२ घण्टासम्म गिरफ्तार गरेर सोधपुछ गरिनुपर्छ । यदि कुनै नोक्सान भएको छ भने क्षतिपूर्ति दिनुपर्छ।”

‘पोर्चुगलका पिज्जा किङ्ग’

पोर्चुगलको राजधानी लिस्वन । ईल मार्गरिता पिज्जारिया । समय बिहानको ४ बजे । दुई सय पिज्जा बेचिसके । थप ७० पिज्जाका लागि पिठो तयार गर्दैछन्, गणेश पाण्डेय । सबै कामदार घर गईसके । उनी भने भट्टीमै व्यस्त छन् ।

चिसो लिस्वनको तातो भट्टीमा पिज्जा पोल्न थालेको उनलाई झण्डै एक दशक भयो । दुई वर्षयता भने रातदिन नभनी आफ्नै रेष्टुरेण्टमा पिज्जा पोलिरहेका छन् । सुतेर सपना देख्नेहरुको जमातमा उनी अपवाद् छन् । उनी खुला आँखाले सपना देख्छन् । र, तिनै सपना पुरा गर्न सुत्दैनन् । जव लिस्वन मस्त निन्द्रामा हुन्छ । उनी पिज्जा भट्टीमा व्यस्त हुन्छन् ।

२०३७ साल नयाँ वर्षको पहिलो दिन । चार छोरीपछि कञ्चनपुरको सुडामा पाण्डेय परिवारमा छोराको जन्म भयो । परिवारमा छोराको जन्मले खुशी छायो । ज्योतिषले नाम दिए- गणेश । मुसाफिरको जिन्दगी । न स्थायी ठेगाना । कहाँ गए, के होला ? उनको परिवार सुडाबाट त्यही आसमा धनगढी बसाई स¥यो । वडा नम्बर २ सरस्वतीनगरस्थित शैलेश्वरी प्राथमिक विद्यालय छेउको कटेरो पाण्डेय परिवारको नयाँ डेरा थियो ।

गणेशले त्यही कखरा शुरु गरे । चार वर्षको उमेरमा जेसिज एभरेष्ट ईंगलिस स्कुलमा युकेजीमा भर्ना भए । उनी पढाईमा अब्बल थिए । कक्षामा टप हुन्थे । शुल्क तिर्नु परेन । छात्रवृतिमा पढे । शिक्षक उनलाई आफूभन्दा माथिल्लो तहको कक्षामा पढाउन पठाउँथे । हरेक विद्यार्थीको सपना डाक्टर र ईञ्जिनियर बन्ने हुन्छ । उनी अपवाद थिए । कहिल्यै त्यो ईच्छा पालेनन् । उनको लगाव चित्रकलामा थियो । बन्न चाहन्थे, शिक्षक ।

विद्यालयमा सबै विद्यार्थीका अगाडि उनलाई उभ्याएर प्रिन्सिपल केडी भट्ट भन्थे, यो केटाको आँखामा चमक छ । यसले लाईफमा केही गर्छ ।
हो, जीवन अध्याँरोमा हुदा पनि उनको आँखाको त्यो चमक रहीरह्यो ।

एभरेष्टबाट २०५३ सालमा एसएलसीको पढाई पुरा गरे । त्यसपछि प्रमाण पत्र तहमा भर्ना भए, कैलाली बहुमुखी क्याम्पसमा । विषय रोजे, अंग्रेजी । अर्को विषय थियो, राजनीति शास्त्र ।

उपनाम राख्ने त्यो जमानामा उनले आफैलाई नाम दिए, ‘जिप्सी’ । जसको अर्थ हुन्छ, घुमन्ते जाती । कलेजमा सहपाठी थिए, बंशिराम चौधरी ‘स्माईल’ । पृथक पहिचान बनाउने धुनमा सन् २००१ मा स्माईलसंगै निस्किए उनी, साईकलमा मेची–महाकाली यात्रामा । घरबाट निस्केको तीन दिनपछि संकटकाल लाग्यो । उनको यात्रा रोकिएन । उनी दुस्साहसी थिए । आँटेको काम पुरा गर्थे । संकटकालको त्यो समयमा साईकलमा यति लामो यात्रा गर्नु दुस्साहस थियो ।

उनी उमेरभन्दा पहिले परिपक्व र जिम्मेवार बने । परिपक्व उमेरले हुदैन, परिस्थितिले बनाउछ । उनी त्यसको उदाहरण थिए । निस्फिक्री पढ्ने उमेरमा बुवाआमाको सहयोगी बने । आफ्नो पढाईको खर्च आफै जुटाए ।

क्याम्पस जान थालेपछि करारमा खाद्य संस्थानमा अस्थायी जागीर पाए । मासिक पारिश्रमिक थियो, एक हजार छ सय रुपैया । काम थियो, धान चामलको ईन्ट्री गर्ने । कहाँ शिक्षक बन्ने सपना ? कहाँ धान चामलको ईन्ट्री गर्नुपर्ने दिनचर्या ?

आफू पढेको जेसिज एभरेष्ट स्कुलमा शिक्षकको जागीर आवदेन खुलेको थाह पाए । निवेदन दिए । अंग्रेजी, गणित, विज्ञान र नेपाली विषयको परीक्षा दिए । त्यसपछि अन्तर्वार्तामा सहभागी भए । कक्षामा गएर पढाए । यी सबै प्रकृयामा छ सय प्रतिस्पर्धीलाई उछिनेर छनौट भए उनी । शुरुवाती तलव थियो, एक हजार छ सय रुपैया । केही समयपछि दुई हजार एक सय पुग्यो । दुई वर्षपछि दोब्बर अर्थात चार हजार दुई सय रुपैया पुग्यो ।

सात वर्ष जेसिज एभरेष्ट ईंगलिस स्कुलमा पढाए । त्यसपछि सरस्वती मावि गेटामा करारमा पढाउन थाले । एक वर्षजति पढाए । साथी मुकुन्द भट्टसंगै उनी मोटरसाईकल दुर्घटनामा परे । उनी होशमा आउँदा अस्पतालको शैयामा थिए । मुलुकमा संकटकाल लागेको थियो । प्रहरीले उनलाई उद्दार गरी अस्पताल पु¥याएको थियो । उनले होश आएपछि सोधेको पहिलो प्रश्न थियो, मेरा हात खुट्टा छन् कि छैनन् ? स्वास्थ्यकर्मीले हात खुट्टा भएको बताए । उनले विश्वास गरेनन । फोटो खिचेर देखाउन भने । स्वास्थ्यकर्मीले फोटो खिचेर देखाए । अनि विश्वास गरे । उनको दाया हात र दुईटै खुट्टा भाँचिएका थिए ।

केही महिनापछि उनी हिड्डुल गर्न सक्ने भए । धनगढीबाट गेटा पढाउन जान उनलाई कठिनाई भईरहेको थियो । त्यहीबेला उनलाई राजेन्द्र निर्माण सेवाका प्रबन्धक निर्देशक भीम बहादुर साँउदले म्यानेजरको पद अफर गरे । र उनी निर्माण कम्पनीमा जागीरे भए ।

डेढ वर्ष त्यहाँ काम गरेपछि उनी धनगढी छोडेर काठमाण्डौं पुगे । केही समय ज्ञानोदय स्कुलमा पढाए । त्यसपछि भीएस निकेतनमा । मेरो मोवाईल कम्पनी भर्खर खुलेको थियो । जसका चार वटा डिलर थिए । एउटा डिलर थियो, नेपाल स्याटेलाईट कम्पनी । त्यसका मालिक थिए टेक बहादुर गुरुङ । गुरुङको त्यही कम्पनीमा उनी चिफ मार्केटिङ अफिसर (सिएमओ) भए । उनको मातहतमा ४० जनाभन्दा बढि डाटा ईन्ट्री अफिसर थिए । गुरुङले उनलाई चढ्न कार दिएका थिए । काठमाण्डौंको जाममा उनलाई कारभन्दा मोटरसाईकल उपर्युक्त लाग्यो । उनले मोटरसाईकल रोजे । त्यहाँ उनले २००५ देखि २००९ सम्म म्यानेजर भएर काम गरे ।

अध्ययनका लागि बेलायत जाने निधो गरेका उनको २००९ मा भीसा आयो । उनीसंग पाँच दिनको समय थियो । उता कलेजमा पढाई शुरु भईसकेको थियो । यता जिम्मेवारी र कागजपत्र बरबुझारथको काम बाँकी थियो । काम नसकिदा पहिलो फ्लाईट छुटयो । दोस्रो टिकट लिए । र, बेलायत उडे ।

बेलायत गएको केही दिनमा म्याकडोनाल्डमा ‘क्रु’ मेम्बरको काम पाए । प्रति घण्टाको पाँच युरो ७० सेन्ट पारिश्रमिक मिल्थ्यो । तीन महिनामै मेनेजर भए । पढाई पुरा गरेपछि उनको वार्षिक आम्दानी ४५ हजार पुग्यो । उनी बेलायत एक्लै गएका थिए । काम गर्ने क्रममा चिप्लिएर लडे । गम्भीर घाईते भएका उनलाई अस्पतालले पत्र बनाई दियो । त्यही पत्रका आधारमा एक वर्षपछि उनकी पत्नी बेलायत आउन पाईन् ।

काम र पढाई जारी राखे । २०११ मा एमएस्सी सिध्याए । एक वर्षपछि एमबीए पुरा गरे । दिक्षान्त समारोहमा आमाबुवालाई बोलाए । उहाँहरुलाई घरमा राखेर आफू साईकलमा बेलायतको चक्कर लगाउन निस्किए । घरबाट निस्किएको एक महिना बितेपछि उनकी पत्नी सम्झनाको फोन आयो । तीन महिनाकी गर्भवती उनी अस्पतालमा भर्ना थिईन् । आधा बाटोबाटै गणेश घर फर्किए । त्यसको केही महिनापछि उनको जेठो छोराको जन्म भयो ।

२०१३ मा उनले पिज्जाको ग्लोबल ब्राण्ड ” डोमिनोज पिज्जा ” ज्वाईन गरे । उनी म्यानेजर थिए । तलव आकर्षक थियो । दुई वर्ष त्यहाँ काम गरे । र, २०१५ मा सपरिवार नेपाल फर्के ।

नेपाल फर्किएपछि उनले लायन्स क्लवको कन्ट्री सिईओमा अप्लाई गरे । अन्तर्वार्ता दिए । अन्तर्वार्ता लिने व्यक्ति थिए, बरिष्ठ उद्योगपति राजेन्द्र खेतान । खेतान उनीबाट प्रभावित भए । र, छनौट भए । उनको मासिक पारिश्रमिक थियो, अढाई लाख   रुपैया ।

त्यही बेला छोरालाई अटिजम भएको थाह पाए । उनले नियुक्ति लिएको जागीर छोडिदिए । खेतानले जागीर छोड्ने निर्णयमा उनलाई पुनर्विचार गर्न भने । उनी निर्णयमा अडिग रहे । उनले केही समय केही सोच्नै सकेनन् । कहाँ गए छोराको उपचार होला ? कहाँ गए छोरा निको होला ? त्यही सोचेर उनले छ महिनापछि बेलायत फर्किने निधो गरे ।

बेलायत जान नेपालबाट उडे । बेल्जियम ट्रान्जिट थियो । उनीसंग बेलायतको रेसिडेन्स भीसा थियो । देश छोडेको तीन महिनामा नफर्किए त्यो भिसा ईनभ्यालिड हुन्थ्यो । उनी बेल्जियमबाट बेलायत लागेनन । त्यहाँबाट नयाँ टिकट लिएर पुगे, पोर्चुगल । गन्तव्य एउटा, पुगे अर्कै देश ।

बेलायतमा उनको एक लाख युरो थियो । त्यही पैसा मगाए । र, दुई महिनापछि साझेदारीमा क्याफे शुरु गरे । केही महिनामै क्याफे बन्द भयो । त्यसपछि एक वर्ष काम गरेनन् । छोराको उपचारमा जुटे । उनको रातदिन अस्पतालमा बित्थ्यो ।

एक वर्षपछि एउटा पिज्जा रेष्टुरेण्टमा काम शुरु गरे । त्यसपछि अर्को पिज्जा सेन्टरमा । दुईटै पिज्जा रेष्टुरेण्टमा १६/१६ महिना काम गरे । त्यहीबीचमा कोरोनाको कहर शुरु भयो । लिस्वनमा रेष्टुरेण्टहरु बन्द भए । उनी बेरोजगार । सरकारले नौ सय युरो भत्ता दिन्थ्यो । आमाबुवा पनि साथमै पोर्चुगलमै थिए, पारिवारिक खर्च बढ्यो, ९०० युरो भत्ताले घरखर्च धानेन। उनी कोरोनाको सरकारी भत्ता बन्द गरेर फेरि कामको खोजीमा जुटे।

मुस्किलले लिस्वनबाट ६० किमी टाढा समून्द्री तटमा एउटा रेष्टुरेण्टमा काम पाए । एक हजार पाँच सय युरो पारिश्रमिक थियो । यात्रा लामो र कठिन थियो । उनी कोठाबाट बिहान ९ बजे निस्किन्थे । मेट्रो, टे«न र बसको डेढ घण्टा लामो यात्रा तय गर्थे । र, पुग्थे रेष्टुरेण्ट । कतिदिन त ८० युरो तिरेर ट्याक्सीमा पुगे । परिस्थिति जति प्रतिकूल भएपनि एक दिन पनि काम छोडेनन् । लकडाउन थियो । लिस्वन कोभिडको ईपीसेन्टर । कसैलाई काम बिना हिड्न अनुमती थिएन् । रेष्टुरेण्ट मालिकले कामदारलाई डिक्लेरेसन लेटर दिन्थ्यो । जसमा कामदारको डिटेल हुन्थ्यो । त्यही लेटरका आधारमा  उनी आवात जावत गर्न पाउथे ।

लिस्वनका अस्पतालका बाहिर कोभिड संक्रमितहरु बोकेका एम्बुलेन्सहरुको लाईन हुन्थ्यो । शैया अभावमा संक्रमितहरु एम्बुलेन्सभित्रै ३६ घण्टा बढि समय बिताउन बाध्य थिए । कतिको एम्बुलेन्सभित्रै मृत्यु हुन्थ्यो । त्यो समय लिस्वनमा दैनिक सयभन्दा बढि मान्छेको मृत्यु हुन्थ्यो । पोर्चुगल सरकारको नियन्त्रण बाहिर पुगेको संक्रमणको भयावह अवस्था रोक्न जर्मन सरकारले लिस्वनमा स्वास्थ्य टीम र हेलिकप्टर पठाएको थियो । स्थिति अत्यन्त भयावह थियो ।

गणेश भने त्यही अवस्थामा लिस्वनबाट काममा निस्किन्थे । टे«नमा यात्रा गर्ने उनी एक्लो हुन्थे । डेढ घण्टा लामो टे«नको यात्रामा उनी भने संक्रमितहरुको मृत्युको समाचार बनाउथे । मेटलबाट संक्रमण सर्ने भयले रेलका सबै गेटहरु खुला हुन्थे । यसरी उनले एक वर्ष काम गरे ।

२०२१ को सेप्टेम्बरमा लिस्वनमा उनले साझेदारीमा ईल नाङ्लो पिज्जा खोले । व्यवसाय सफल भयो । पाटर्नरसीप असफल । उनी साझेदारलाई व्यवसाय सुम्पेर बाहिरिए ।

त्यसपछिका दुई महिना खाली बसे । २०२२ को डिसेम्बरमा लिस्वनमा ‘ईल मार्गरिता पिज्जारिया’ खोले । लगानी थियो, ५५ हजार युरो । पिज्जा सेन्टर त खोले । न अनलाईनमा अर्डर आउथ्यो । न त ग्राहक आउथे । पर्खाईमा दिन बित्थ्यो, ग्राहक आउथेनन । ग्राहक नआउदा उनी एक हप्ता पर्दा लगाएर बसे । तीन दिनमा एउटा पिज्जाको अर्डर आयो । त्यसपछि दुई वटा टेबुल र चार वटा कुर्ची राखे । र, पर्दा खोले ।

एक हप्तापछि रेष्टुरेण्टमा एउटा विद्यार्थी पस्यो । भोलिपल्ट उसले चार जना साथी ल्यायो । पर्सी पल्ट उसले थप चार वटा साथी ल्यायो । उनको हौसला बुलन्द हुदै गयो । टेबल थपे । दुईबाट आठ पु¥याए । पहिले सस्तो कुर्सी र टेबल राखेका थिए । व्यापार हुन थालेपछि महंगा कुर्सी र टेबल राख्न थाले । यसरी एक वर्षमा तीन पटक कुर्सी र टेबल बदले । चल्छ कि चल्दैन भन्ने द्विविधामा रहेका गणेशले एक वर्षमै ६८ हजार पिज्जा बेचे ।

लिस्वनमा उनको पिज्जाको स्वादको चर्चा यसरी फैलियो कि, दिउसो १२ बजे उनी अर्डर लिन थाल्थे । दोस्रो दिन बिहान ६ बजेसम्म त्यो क्रम जारी रहन थाल्यो । उनी १८ घण्टा पिज्जाको भट्टीमा व्यस्त हुन थाले । क्रिसमस ईभ र क्रिसमस, न्यू एयर ईभ र न्यू एयरका चार दिनमा उनले लगानीको एक चौथाई रकम उठाए । उनको हातमा जादू छ । एक पटक उनको रेष्टुरेण्टमा पिज्जाको स्वाद लिएको ग्राहक अर्को पटक आफू मात्र आउँदैन, साथमा साथीहरु पनि लिएर आउछ । एकैदिन  ४८०  पिज्जा बिक्री गरेको उनको अनुभव  छ ।

पिज्जा रेष्टुरेण्ट सञ्चालनका लागि नेपालमा बैंकबाट ऋण लिन एक लाख रुपैया खर्च गरेका थिए । ऋण सदर पनि भयो । तर ऋण पाएनन् । नेपालमा ऋण नपाउदा उनले सयकडा १० प्रतिशत व्याजमा व्यक्तिसंग २० हजार युरो ऋण लिएका थिए । छ महिनामा साँवाव्याँज सहित ३२ हजार युरो तिरे । र, ऋणमुक्त भए ।

अन्तर्राष्ट्रिय संस्था रेष्टुरेण्ट गुरुले हरेक वर्ष संसारभरीमा फुड क्वालिटी, सर्भिस, ग्राहकले दिने रेटिङ, बिजनसको गति सबैको रेष्टुरेण्टहरुको मूल्यांकन गर्छ । त्यही आधारमा अवार्ड प्रदान गर्छ । स्थापनाकै वर्ष उनको रेष्टुरेण्टले बेष्ट पिज्जा डेलिभरी कम्पनी, बेष्ट पिज्जा कम्पनी र बेष्ट पिज्जा कम्पनीका सिफारिस सहित तीन वटा अवार्ड पायो । एक्लैले शुरु गरेको रेष्टुरेण्टमा वर्षदिनमै सात जनालाई रोजगारी दिए ।

उनी यो वर्ष लिस्वनमा दुई वटा थप आउटलेट थप्ने तयारीमा छन् । एउटा खोलीसकेका छन् । जसलाई चाँडै सञ्चालनमा ल्याउने उनको योजना छ ।

संसार उनी नभए पनि चल्छ । तर भट्टीमा काम गर्नेले सोचे, म नभए पिज्जा सेन्टर चल्दैन । उनले भनिदिए, ‘गुड बाई’ । उनी जति कठोर छन् । त्यत्तिकै कोमल पनि । भट्टीमा काम गर्नेहरुलाई पोल्दा उनलाई पीडा हुन्छ । तर जव आफूसंग काम गर्नेहरुमा भ्रम पलाउछ, तव उनी उसलाई त्यो भ्रमबाट मुक्त गरिदिन्छन् ।

आगोसंग खेल्ने सोख होईन । तर बाध्यताले आगोसंग जोडिए उनी । साथी भईदिएपछि आगो किन पोल्थ्यो ? हो, उनलाई आगोले पोल्न छोडिसक्यो ।

उनी कहिलेकाही आगोजस्तै कठोर देखिन्छन् शब्दहरुमा । ओकेल्छन्, तातो राप ।

मान्छे एउटै हण्डरले गल्छ । उनले जीवनमा दर्जनौं हण्डर खाए । धनगढीमा घर बनाए । भाईको बिहा गरे । बैंकबाट ऋण लिए । भाईका लागि पसल खोले । त्यही पसल धनगढीमा सडक विस्तारका क्रममा भत्कियो । ५० लाखभन्दा बढि लगानी डुव्यो । उता घर लिलाममा चढ्यो । रातदिन मिहिनेत गरेको पैसाले धेरै ऋण तिरे । केही तिर्न बाँकी छ ।

अरुलाई सुई लगाउने नर्सलाई दुख्छ होला कि नाई ? अनि मल्हम लगाउनेलाई । उनले अरुलाई पीडामा मल्हम लगाए । जसलाई मल्हम लगाए, निको भएपछि उसैले उनलाई दुखायो । त्यसैले उनको भरोसा उठ्यो आफ्ना भनिनेहरुसंग । र, सोचे, संसारमा कोही आफ्ना छैनन् । बस्, पैसा छ आफ्नो । पैसा छ त सबै आफ्ना छन् । नत्र कोही छैन । यो उनको अनुभव हो । कामको खोजीमा भौतारिदा समाजले गर्ने दुत्कार भोगे । व्यावसायीक रुपमा सफल हुदै जादा कहिल्यै फर्केर नहेर्नेहरुको बनावटी मुस्कान र तारिफ पाए ।

अलिकति अराजक । अलिकति बिद्रोही । अलिकति अशान्त । झट्ट हेर्दा यस्तै लाग्छन्, उनी । उनीभित्रको आक्रोश केही समय सामाजिक सञ्जालमा बिष्फोट भईरह्यो । जव उनलाई आफ्नैले लखेटे । ठगे । जव पाए धोका, आफ्नै भनिनेहरुबाट ।

उनले एकै जुनीमा कैयौं जुनी देखे । फिल्मको कथा जस्तै उनको जिन्दगी । जहाँ छन्, आरोह अवरोह । उतार चढाव । सुख । दुःख । मिलन बिछोड । प्रेम । घृणा । भयानक दुर्घटना । पुनर्जीवन । छोराको आसमा चार छोरी जन्मिएपछि उनकी आमाले पूर्णागिरीमा गएर छोराका लागि भाकल गरिन् । त्यसपछि उनी जन्मिए । छोरा नहुदा आफ्नै परिवारले निकै प्रताडित गरेका थिए, उनकी आमालाई ।

उनी सानै थिए । यस्तो क्षण आयो । घरमा गहूँ  थियो । धान थियो । तर पिसाउने पैसा थिएन । गहूँलाई कुटेर पकाए । र, परिवारका सबै सदस्यले त्यो रात त्यही पकाएको गहूँ खाए । उनले त्यो दिन अझै बिर्सिएका छैनन् ।

महेन्द्रनगरमा उनका बुवाको ठूलो पसल थियो । उधारोले पसल डुब्यो । उधारोको खाता थियो । पैसा नउठेपछि उनकी आमाले त्यो जलाईदिईन् । त्यसपछि न पसल रह्यो । न त उधारो उठ्यो । उनीहरु महेन्द्रनगर छोडेर धनगढी बसाई सरे ।

कुनै बेला बेलायतबाट डेनमार्क बसाई सराई गर्ने क्रममा थिए । आफ्ना सपना र योजनाहरुलाई थाँती राखेर भएभरको कमाई एक जना दाईलाई सापटी दिए । तीन महिनापछि तिनै दाई सम्पर्क बिहीन भए । ५० हजार डलर जम्मा गर्न नसकेपछि कागजी प्रकृया अलपत्र भयो । त्योसंगै डेनमार्क सेटल हुने उनको सपना पनि अलपत्र भयो । भनिन्छ, जहाँ ईच्छा त्यहाँ उपाय । उनी निरुपाय थिए । हो, उनले हार्न जानेका थिएनन । थाक्ने, भाग्ने र बिचलित हुने उनको जीनमै थिएन । पोर्चुगलमा उनले शुन्यबाट जीवन शुरु गरे । र, अविचलित संघर्ष र अथक मिहिनेतले पाए सफलता । र बनाए पृथक पहिचान ।

पोर्चुगलमा उनले दुई वटा बर्ग भेटे । एउटा श्रमिक बर्ग । अर्को, समाजसेवी बर्ग । उनी श्रमिक बर्गको वकालत गर्थे । सामाजिक सञ्जालमा उनी समाजसेवी बर्गका बिरुद्ध उनी उभिए । २०१६ मा उनी गैर आवासीय नेपाली संघ पोर्चुगलको उपाध्यक्ष पदमा लडे । हारे । उनले पाँच सय पाँच मत पाएका थिए ।

२०१८ मा फेरि उपाध्यक्ष पदमै भिडे । यस पटक पनि उनले हार व्यहोरे । त्यसपछि उनी त्यो एरिनामा गएनन । बस्, कर्म गरे । गरिरहे ।

२०२१ को वेब समिटमा राष्ट्रपति मार्सेलो रेभेलो डी सौजाले भनेका थिए, ‘जसको संसारमा पाईला टेक्ने ठाउँ छैन । र छैन, जसको घर । तिमी लिस्वन आउ । यो तिमीहरुको घर हो ।’

हुन् पनि लिस्वन युरोपको मात्र नभएर संसारभरीका आप्रवासीको घर हो । संसार कब्जा गर्न हिडेको बेलायतलाई पछि छोडेको थियो कुनै बेला पोर्चुगलले । युरोपको प्राचिन पर्यटकीय शहर लिस्वन, जसलाई सहनशिलताको शहर पनि भनिन्छ, त्यही शहरमा समय र समस्याले पटक पटक उनको सहनशिलताको परीक्षा लिईरह्यो ।

तीन सय वर्ष पुरानो ट्राम अनवरत कुदिरहने लिस्वनमा, उनलाई बेलाबेला ठप्प भईरहने समय देखेर लाग्थ्यो, जिन्दगी यति नै हो । मिठो गोधुँली साँझमा प्रेमिल जोडीहरु रमाउने त्यो अलमिदा डाँडाको एउटा कुनामा बसेर उनी बेस्सरी रुन्थे । एकतमासले उनका आँखाबाट नूनिलो आँशु झरिरहन्थ्यो, वर्षाको झरी झै । कोठामा फर्किदा उनी रित्तिएका हुन्थे । ओभाएका आँखा लुकाएर पस्थे चुपचाप ।

समयले गलाउन खोज्यो । उनी गलेनन । कठिन घडीमा आत्तिएनन् । समय कमजोर भएपनि उनले आफूलाई बलियो बनाईरहे । गलेको भए उनी रहने थिएनन् । उनी पटक पटक ढले । उठे ।

जिन्दगीका उतार चढाव र आरोह अवरोहमा सतिशाल झै उनीसंगै उभिने सम्झना उनकी पत्नी मात्र होईनन् । उनको आड हुन् । भरोसा हुन् । विश्वास हुन् । जसको आडले उनी बिचलित भएनन् । टेक्नलाई जमीन थिएन । जसको अटुट साथले उनी त्यही कठिन घडीमा पनि उभिईरहे । जसले आँशु लुकाएर दिईरहिन मुस्कान । जसले हुन दिईनन कमजोर उनलाई । उनी सफलताको श्रेय पत्नी सम्झनालाई दिन्छन् ।

नेपाल, बेलायत र पोर्चुगलमा समेत गरी उनले त्यही हातको तीन पटक अप्रेशन गरिसके । दुई वटा रड र आठ वटा स्क्रुच दाँया हातभित्र अझै छन् । चिसोमा दुखाउने तिनै रड र स्क्रुचले उनलाई त्यो भयानक दुर्घटना याद दिलाईरहन्छ । अरु पीडा र दुःखाईले त उनलाई असर गर्न छोडीसक्यो ।

जीवन पहाडको श्रृंखला हो । हरेक मान्छेलाई आफूले बाँचेको जिन्दगी र भोगेको पीडा ठूलो लाग्छ । उसले अरुका दुःख र पीडालाई नजरअन्दाज गर्छ । यही नै मान्छेको दुःखको कारण हो । एउटा दुःखले गलाएको मान्छे अर्को दुःखका लागि तयार नै हुदैन । हो, एउटा पहाड उक्लिएपछि थाह हुन्छ, चढ्नु पर्ने अझै अर्को ठूलो पहाड छ । उनी त्यस्ता तमाम पहाडहरु पार गरेर अहिलेको अवस्थामा आईपुगेका हुन् ।

छोराछोरी अध्ययन र अवसरका लागि युरोप, अमेरिका र अष्टे«लियामा पुग्दा अभिभावकहरु दंग पर्छन । त्यहाँ गगनचुम्बी भवन, बिलासी गाडी, आईफोन र चमकधमक मात्र छैन । त्यहीभित्र छन्, गुमनाम डिप्रेशनका कथाहरु । पैसाका पछाडि कुद्दा गुमाएका सम्बन्धहरु । व्यवसायीकताका नाममा संवेदनाशुन्य भएका हृदयहरु ।

त्यहाँ पुग्नेलाई भाग्यमानी ठान्ने देशका मान्छेलाई के थाह कहिलेकाही त्यहाँ रेष्टुरेण्टमा भाडा चम्काउने काम पाउन पनि भाग्यमा लेखेको हुनुपर्छ ।

उनी हताश भएन । निराश भएनन । उनी कठिन घडीमा पनि बिचलित भएनन । सबैभन्दा ठूलो कुरा उनले कामलाई सानो ठूलो मानेनन । जे काम मिल्यो, त्यही गरे ।

युरोपमा छ महिना, वर्ष दिन जसले सबै दुःख कष्ट सहन सक्यो । त्यसैले सिक्छ बाँच्न । त्यसैले सक्छ बाँच्न । त्यसको उदाहरण हुन्, उनी ।

गाडीको सोख उनले पालेनन् । पदमा हुदा पाएको गाडी छोडेर मोटरसाइकल रोज्ने मुडी जो हुन्, उनी । उनीसंग नेपाली १२ लाख रुपैयासम्म मूल्य पर्ने तीन वटा साईकल छन् । र छन्, २० लाख रुपैयाभन्दा बढि मूल्यका केही थान क्यामेरा ।

हरेक मान्छेको बाँच्नुको उद्देश्य हुन्छ । मान्छेका सपना पनि हुन्छन् । र, जीवनको केही न केही लक्ष्य हुन्छ, हरकोहीको । उनी परे जिप्सी । अर्थात घुमन्ते । सुनाए, मर्नु अघि संसार घुम्न चाहन्छु ।

 

मेलिना राईले गरिन् इंगेजमेन्ट

काठमाडौं । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग इंगेजमेन्ट गरको बताइन्छ । आज उनीहरुले इंगेजमेन्ट गरेका हुन् ।

उनीहरुको इंगेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी छिन् ।
भोलि उनीहरुको विवाह हुने बताइएको छ । गोकर्णेश्वरमा हुने वैवाहिक कार्यक्रममा परिवार र नजिकका इष्टमित्रलाई निम्तो गरिएको छ ।

युट्युबमा सर्वाधिक हेरिएको ‘कुटुमा कुटु’ सहित मेलिनाले स्वर दिएका दर्जनौं गीत सुपरहिट छन् । उनी कोच रहेको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ६’ को प्रसारण पनि भोलि शुक्रबारदेखि सुरू हुँदैछ।

 

सैफ अली खानको कम्मरको हड्डीबाट निकालियो चक्कुको टुक्रा

काठमाडौँ : बलिउड अभिनेता सैफ अली खान खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । सैफलाई बिहीबार सबेरै मुम्बईको बान्द्रास्थित घरमै घुसेर अज्ञात व्यक्तिले चक्कु हानेका थिए ।

चक्कु प्रहारबाट उनको शरीरमा ६ ठाउँमा चोट लागेको चिकित्सकले बताएका छन् । जसमध्ये २ वटा गहिरा चोटसमेत छन् । उनीमाथि आक्रमण भएपछि तत्काल लीलावती अस्पताल लगिएको थियो ।

चिकित्सकहरूका अनुसार सैफको कम्मरको हड्डीबाट करिब २ इन्चको चक्कुको टुक्रा निकालिएको छ । प्रहरीले घटनाको छानबिन गरिरहेको जनाएका छन् ।

शेखरले बेलायतमा उठाए भूपू गोर्खा सैनिकलाई विभेदको मुद्दा, अरु के के छन् ?

लण्डन- बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायती संसद्को नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष अलेक्स बेकरसँग बिहीबार भेटघाट गरेका छन्।

१३ जनवरीमा बेलायती संसद् भवनभित्र आयोजना गरिएको विशेष कार्यक्रममा सम्बोधन गरेपछि भेटघाटलाई तीव्र पारेका कोइरालाले नेपालीसँग सम्वद्ध मुद्दा पनि उठाइरहेका छन् । यही क्रममा उनले बिहीबार लण्डनस्थित नेपाली राजदूतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले विभिन्न तीन कुरामा जोड दिएका छन् ।

उनले बेलायती सैनिकमा सेवा गरेर अवकाश प्राप्त गोर्खाहरूको सेवा सुविधाका समस्या समाधान गर्न नेपाल हेर्ने समितिका अध्यक्ष अलेक्स बेकरलाई आग्रह गरेका छन् ।

त्यसैगरी लण्डन-काठमाडौं सिधा उडानको वातावरणका लागि पनि उनले बेलायती अधिकारीसँग आग्रह गरेका छन् । बेलायतमा हजारौँ नेपालीको बसोबास रहेकाले सिधा उडानले फाइदा पुग्ने उनले बताएका छन् ।

त्यसैगरी जलवायु परिवर्तनको मुद्दा पनि उनले बेलायती अधिकारीसँग उठाएका छन् । ‘जलवायु परिवर्तनका कारण नेपाल संकटमा छ, हिउँ पग्लेर हिमालहरू कुरुप बनिरहेका छन्’, उनले त्यसक्रममा भने, ‘जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ, त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्छ। त्यसका लागि बेलायतको सहयोग नेपाललाई चाहिएको छ ।’

नेता कोइरालाका कुरा सुनिसकेपछि बेकरले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेकी छन् । यो भेटघाटमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी पनि सहभागी थिए ।

शेखरले उठाएका तीन मुद्दा

१. भूपू गोर्खा सैनिकहरूको सेवा सुविधामा देखिएको समस्याको समाधान हुनुपर्ने ।
२. ब्रिटिस एअरवेजको लण्डन-काठमाडौं सिधा हवाई उडान हुनुपर्ने ।
३. जलवायु परिवर्तनका कारण नेपाल संकटमा छ । हिउँ पग्लेर हिमालहरू कुरुप बनिरहेका छन् । जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ, त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्छ । त्यसमा बेलायतले नेपाललाई सहयोग गर्नुपर्छ ।

४२ दिनमै ३ चरणमा सकिन्छ युद्धविरामका सबै काम

काठमाडौं– हमास र इजरायलबिच भएको युद्धविराम अनुसार सुरुवातमा ३ इजरायली महिला बन्दी रिहा हुने भएका छन् ।

हमासका अधिकारी बसिम नसिमले दिएको जानकारी अनुसार १९ जनवरीदेखि युद्धविरामका प्रक्रिया सुरु हुने छ ।

४२ दिनमा सबै काम सकिने तय भएको छ । पहिलो चरणमा गाजामा रहेको ३३ बन्दीलाई हमासले छाड्ने अनुमान गरिएको छ ।

पहिलो दिन ३ तथा त्यसको एक साता पछि अर्को ४ जना छाड्ने तय भएको छ । सुरुवातमा छाडिनेमा महिला प्राथमिकतामा परेका छन् ।

सहमति अनुसार ६ सातामा हमासले सबै बन्दी छाड्ने छ । इजरायलले पनि आफूले बन्दी बनाएकाहरूलाई छाड्ने छ । 

दोस्रो चरणमा सम्पूर्ण इजरायली गाजाबाट हट्ने, सबै बन्दी रिहा गर्ने तथा इजरायलले पनि जेलमा रहेका प्यालेस्टाइनीहरुलाई सबै छाडी सक्ने सहमति छ । तेस्रो चरणमा मारिनेहरूको शव पनि हस्तान्तरण हुने छ ।

यसरी शव हस्तान्तरण भए पछि प्यालेस्टाइनको पुन संरचनामा अर्को ४ या ५ वर्ष लाग्ने अनुमान गरिएको छ ।

अमेरिकामा केही धनीहरूको वर्चस्व बढ्दैछ : जो बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा केही धनीहरूको वर्चस्व बढिरहेको बताएका छन् । स्थानीय समयअनुसार बुधबार राति राष्ट्रपतिका रूपमा आफ्नो अन्तिम सम्बोधन गर्दै उनले धनीहरूको वर्चस्व बढ्दा अमेरिकी लोकतन्त्र खतरामा परेको बताएका छन् ।

‘देशमा धनीहरूको सानो वर्गको वर्चस्व बढ्दैछ। यसले देश र लोकतन्त्रलाई खतरा पुर्‍याइरहेको छ,’ बाइडेनले भने । आफ्नो सम्बोधनमा उनले प्रविधि र औद्योगिक क्षेत्रको एकाधिकार बढिरहेको प्रति पनि चिन्ता प्रकट गरे । यो ‘अमेरिकी नागरिकका अधिकारहरूका लागि खतरनाक’ रहेको उनको टिप्पणी थियो ।

आफ्नो कार्यकालको समीक्षा गर्दै उनले भने, ‘हामीले जुन कार्यहरू गरेका छौं, त्यसको असर देखिन केही समय लाग्नेछ, तर बीउ रोपिसकिएको छ। ती बढ्नेछन् र आउने दशकहरूमा फक्रनेछन्।’

बुधबार बिहान सार्वजनिक गरिएको एक विज्ञप्तिमा उनले आफूले सार्वजनिक गरेका केही प्रतिबद्धताहरू पूरा गर्न नसकेको स्वीकार गरेका छन् ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हाल्नु ठीक पाँच दिन पहिले बाइडेनले दिएको अन्तिम भाषणमा उनले आफ्नो पाँच दशक लामो राजनीतिक यात्राको पनि चर्चा गरे ।

‘संसारमा केवल अमेरिकामा मात्र यस्तो सम्भव छ, जहाँ एक भकभकाउने बच्चा पनि राष्ट्रपति बन्न सक्छ।’ बाइडेनलाई बाल्यकालमा भकभकाउने समस्या थियो ।

बाइडेनले यसअघि सोमबार राजधानी वासिङ्गटनमा विदेश नीतिबारे आफ्नो अन्तिम सम्बोधन गरेका थिए। उक्त सम्बोधनमा उनले चीन कहिल्यै अमेरिका भन्दा अगाडि बढ्न नसक्ने दाबी गरेका थिए ।

साथै, उनले अफगानिस्तानमा युद्ध अन्त्य गर्ने आफ्नो निर्णयलाई पनि उचित ठहर गरेका थिए। बाइडेनको कार्यकालमै अगस्ट २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट फर्किएको थियो ।

२० वर्षदेखि त्यहाँ तैनाथ अमेरिकी सेना फर्काएसँगै यसलाई अमेरिकी इतिहासको सबैभन्दा लामो युद्ध अन्त्य भएको मानिन्छ ।

उनी अमेरिकी इतिहासमा राष्ट्रपतिको बहसपछि चुनावी मैदान छाड्ने पहिलो राष्ट्रपति हुन् । उनी अमेरिकाको सबैभन्दा वृद्ध राष्ट्रपति पनि हुन् । राष्ट्रपतिको शपथ गर्दा उनी ७८ वर्ष २२० दिनका थिए । जबकि ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्दा ७८ वर्ष ६१ वर्षका हुनेछन् ।

अमेरिकी संविधानअनुसार ट्रम्प तेस्रो पटक राष्ट्रपति बन्न सक्दैनन्। यस्तोमा, केही वर्षसम्म बाइडेनको यो रेकर्ड कायम रहनेछ।

सैफ अली खानमाथि छ पटक चक्कु प्रहार

एजेन्सी । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु आक्रमण भएको छ । रातको साढे दुई बजे एक व्यक्तिले अभिनेतामाथि चक्कु प्रहार गरेका हुन् । ति व्यक्ति चोरी गर्नका लागि शैफको मुम्बई, बान्द्रस्थित घरमा छिरेका थिए ।

सैफलाई यतिबेला मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएका छन् । त्यहाँ उनको शल्यक्रिया भइरहेको छ । उनलाई चक्कुले ६ पटकसम्म प्रहार गरिएको बताइन्छ । सैफको घाँटी र मेरुदण्डको नजिक गहिरो चोट लागेको छ ।

उनको शरीरमा तीन इन्च गहिरो चोट छ । उनको स्नायु र कस्मेटिक सर्जरी गरिदैछ । चोरसँगको घम्साघम्सीमा सैफका घरेलु कामदारलाई पनि सामान्य चोट लागेको छ ।

सैफमाथि यो आक्रमण उनका बच्चा तैमूर र जेहको कोठामा भएको थियो । आक्रमणकारी कसरी घरभित्र प्रवेश गरे र त्यहाँसम्म पुगे भनी प्रहरीले अनुसन्धान गरिरहेका छन् । ति व्यक्ति पहिले नै घरभित्र थिए वा बाहिरबाट आए भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सैफकी बच्चालाई स्यहारसुसार गर्ने कामदार राती साढे दुई बजे कुनै आवाज सुनेर उठेकी थिइन् । त्यसबेला घरमा सैफ अली खानका सम्पूर्ण परिवार सुतिरहेका थिए । हल्ला सुनेर सैफ उठे । आक्रमणकारी र उनी आमनेसामने भए । सैफले आक्रमणकारीलाई पक्रने प्रयास गरिरहँदा उनले सैफमाथि चक्कु प्रहार गरेका थिए ।

 

प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको एक महिना नपुग्दै खुटिया -दिपायल – चैनपुर सडकमा एक अर्ब बजेट

कैलाली । सरकारले खुटिया, दिपायल,चैनपुर,उरैभन्ज्याङ सडक योजनाका लागि एक अर्बको स्रोत सुनिश्चितता गरेको छ ।

धनगढी हसनपुरबाट सुरु भएर स्याउले खुटिया हुँदै दिपायल चैनपुर र चिनियाँ सिमाना उरैभन्ज्याङसम्म जोड्ने सडकको चर्चा धेरै भएपनि बजेट अभावमा कामले तीव्रता पाउन सकेको थिएन । तर, अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले उक्त योजनालाई स्रोत सहमति प्रदान गरेको विवरणमा समावेश गरेर १ अर्ब रकमको स्रोत सुनिश्चितता गरेपछि रोकिएको काम अघि बढ्ने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिमको मात्र नभई मुलुकको आर्थिक संवृद्धिमा टेवा पुग्न सक्ने नेपाल भारत र चीन जोड्ने मार्ग निर्माणमा सरकारले तदारुकता देखाएको भन्दै नेकपा एमाले जिल्ला कमिटी बझाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आभार प्रकट गरेको छ ।

पुस १३ गते बालुवाटार पुगेर एमाले बझाङको सिङ्गो टोलीले प्रधानमन्त्री ओलीसँग ११ बुँदे माग राखेको थियो । त्यसको दोस्रो नम्बरमा खुटिया दिपायल चैनपुर ताक्लाकोट सडकलाई बजेट विनियोजन गर्न माग थियो ।

प्रधानमन्त्रीलाई माग राखेको एक महिनामै उक्त सडकको लागि बजेट विनियोजन गरेर काम अघि बढाउने वातावरण सृजना गरिएको एमाले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा इन्चार्ज ऐन महरले बताए ।

‘हामीले प्रधानमन्त्री ज्यूलाई दिपायल चैनपुर ताक्लाकोट सडकमा बजेट नहुँदा काम अघि बढ्न नसकेको लगायतका समस्याहरू राखेका थियौँ । उहाँले पनि ती समस्या समाधान गर्न गम्भीर रहेको बताउनु भएको थियो । हामीले लिखित माग राखेको एक महिनामै स्रोत सुनिश्चित भएको छ’, नेता महरले भने, ‘प्रधानमन्त्री ज्यू सुदूरपश्चिमको विकास र संवृद्धिको विषयमा निकै सकारात्मक हुनुहुन्छ ।’

चीन र भारतलाई जोड्ने यो सबैभन्दा छोटो सडक हो ।यो सडकखण्ड निर्माण गर्न सके सुदूरपश्चिम प्रदेश त्रिदेशीय व्यापारिक क्षेत्रका रूपमा स्थापित हुने र संवृद्धिको ढोका खुल्ने नेता महरले बताए ।

‘खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ–ताक्लाकोट सडक विस्तारको लागि बजेट विनियोजन हुनु विकासको दृष्टिले ठुलो कदम हो। यो परियोजना सफलतापूर्वक कार्यान्वयन भएमा बझाङ लगायत सम्पूर्ण सुदूरपश्चिम क्षेत्रको व्यापार, पर्यटन र आर्थिक उन्नतिमा ठूलो टेवा पुग्नेछ’ नेता महरले भने ।

प्रधानमन्त्री ओलीलाई ११ बुँदे माग पत्र बुझाउन केन्द्रीय सदस्य महरसहित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारी, प्रदेश कमिटी सदस्य जनक जोशी, शारदा विक, दल बहादुर धामी, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष दिलबहादुर भण्डारी, उपाध्यक्ष लालबहादुर विष्ट, सचिव नयन बोहरा,उपसचिव पङ्कज भण्डारी, नेकपा एमाले जिल्ला कमिटी बझाङका निवर्तमान सचिव आनन्दलाल विश्वकर्मा लगायतका नेताहरू बालुवाटार पुगेका थिए ।

एक महिना नबित्दै सरकारले आफ्नो माग पत्रमा समेटिएको एउटा योजना समावेश गरेको र अन्य योजनाहरू सरकारले प्राथमिकतामा राख्ने अपेक्षा रहेको उनीहरुले बताएका छन् ।

आयल निगमको धनगढी डिपो गोदावरी सारिँदै, वैशाखमा शिलान्यासको तयारी

नेपाल आयल निगमले धनगढीस्थित सुदूपश्चिमाञ्चम प्रादेशिक डिपो कैलालीको गोदावरी नगरपालिकामा सार्ने भएको छ । डिपो सार्नका लागि गोदावरीमा २० बिघा १६ कठ्ठा आठ धुर जग्गा पहिचान गरिएको निगमले जनाएको छ ।

काठमाडाैंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजना संयोजक प्रदीपकुमार यादवले डिपो सार्न जग्गा प्राप्ति प्रक्रिया अघि बढाउन सिफारिस गरिएको जानकारी दिए । उनले हाल धनगढी उपमहानगरपालिकाको चटकपुरस्थित डिपो घना बस्तीबीचमा रहनुका साथै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न जग्गा साँघुरो भएकाले सुरक्षित स्थानमा सार्नु परेको बताए ।

‘एक बिघा आठ कट्ठामा सञ्चालित धनगढी डिपोको क्षेत्रफल अपर्याप्त हुनुका साथै सुरक्षाको मापदण्डभन्दा बाहिर परेको हुनाले डिपो स्थान्तरण अनिवार्य भएको हो’, परियोजना प्रमुख यादवले भने ।

विसं २०३७ मा स्थापना गरिएको उक्त डिपोले हालको पेट्रोलियम पदार्थको माग धान्न नसक्नुका साथै भौतिक पूर्वाधार पनि जीर्ण भएकाले स्थान्तरण गर्नुपरेको उनले उल्लेख गरे । आगामी चैतभित्र जग्गा अधिग्रहण सम्पन्न हुने र आगामी वैशाख पहिलो साता डिपो शिलान्यास गरिने निगमको योजना छ ।

विसं २०८४ वैशाखभित्र नयाँ डिपो सञ्चालनमा ल्याइने छ । जग्गा अधिग्रहण र डिपो निर्माणका लागि तीन अर्ब ५० करोड लागत लाग्ने अनुमान गरिएको छ । काठमाडाैं विश्वविद्यालयले डिपोको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) निर्माण गर्ने आयल निगमले जनाएको छ ।

यसअघि डिपो सार्न कञ्चनपुरको पुनर्वास नगरपालिका–३ र ६ मा अवस्थित राष्ट्रिय आवास कम्पनीको २२ बिघा जग्गा लिने तयारी गरेको थियो । पुनर्वास नगरपालिकाले जग्गा प्राप्तिको सिफारिस दिन अस्वीकार गरेपछि अर्को जग्गा खोज्नु परेको हो ।

नयाँ डिपोमा पेट्रोल एक हजार आठ सय किलोलिटर, डिजेल छ हजार छ सय किलोलिटर र मट्टितेल पाँच सय किलोलिटर भण्डारण क्षमता निर्माण गरिनेछ । सो डिपोबाट सुदूरश्चिमाञ्चका नौ जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्था मिलाउँदै आएको छ । हालको डिपोमा पेट्रोल र डिजेल सात सय ६० किलोलिटर र मट्टितेल ७० किलोलिटर भण्डारण क्षमता रहेको छ ।

निगमको चालु आवको बजेटमा सबै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने नीतिअनुरूप कर्णाली र सुदूपश्चिम प्रदेशमा जग्गा प्राप्ति प्रक्रिया अघि बढाउन सिफारिस गरिएको परियोजना संयोजक यादवले जानकारी दिए ।

इजरायल – हमासबीच युद्धविराम सम्झौता, विपिन रिहाइको पनि खुल्यो बाटो

इजरायल र हमास गाजामा १५ महिना जारी युद्ध अन्त्य गर्न युद्धविराम सम्झौतामा पुगेका छन् ।

स्रोतहरूलाई उदृत गर्दै बीबीसीलाई जनाएअनुसार स्थायी युद्धविरामको लागि दुवैपक्ष तयार भएका हुन् । सम्झौताको औपचारिक रूपमा घोषणा भने गरिएको छैन । यो सम्झौताले लाखौं विस्थापित गाजाहरूलाई घर फर्कन अनुमति दिनेछ भने बन्धकहरूको रिहाइको सुनिश्चितता गरेको छ ।

हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरी १२ सय बढीको ज्यान लिएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगेको थियो ।

नेपाली विद्यार्थी विपिन जोशीसमेत हमासको बन्धक बनेका छन् । यो सम्झौतासँगै विपिनको रिहाइको पनि बाटो खुलेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको आक्रमणबाट अहिलेसम्म ४६ हजार बढी प्यालेस्टाइनीहरू मारिएका छन्। इजरायलले अझै पनि ९४ जनालाई हमासले बन्धक बनाएको छ जसमध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

यसैबीच अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकहरूको रिहाइका लागि सम्झौता भएको र उनीहरूलाई छिट्टै रिहा गरिने बताएका छन्।

सम्झौताको पहिलो चरणमा हमासले ५० वर्षभन्दा माथिका महिला, बालबालिका र पुरुषसहित ३३ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने छ । पहिलो चरणको १६ औँ दिनदेखि सुरु हुने दोस्रो चरण कार्यान्वयन सुरू हुने र बाँकी रहेका सबै बन्धकहरूको रिहाइ हुने मध्यस्थकर्ताहरूले जनाएका छन् ।

स्थायी युद्धविराम र गाजाबाट इजरायली सेनाको फिर्ती सम्झौतामा उल्लेख रहेको बीबीसीले जनाएको छ । तेस्रो चरणले मृत बन्धकहरूको बाँकी सबै शवहरू फिर्ता गर्ने र गाजाको पुनर्निर्माणको सुरुवातलाई सम्बोधन गर्ने बताइएको छ।

सुदूरपश्चिम र कर्णालीमा वर्षा, गण्डकीको हिमाली भेगमा हिमपात

पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । गण्डकी प्रदेशको हिमाली भेगमा हिमपातको सम्भावना छ भने अन्य ठाउँमा आंशिक बादल मात्र लाग्ने पूर्वानुमान छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।यसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ ।

आज यस्तो छ सातवटै प्रदेशको सम्भावित मौसमी अवस्था-

सुदूरपश्चिम

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिमको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

सुदूरपश्चिममा आज राति भने हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । यसैगरी पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।

कर्णाली

कर्णाली प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे महाशाले जनाएको छ ।

आज राति कर्णालीका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ ।

लुम्बिनी

आज दिउँसो लुम्बिनीको पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति भने पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने र तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।

गण्डकी

आज दिउँसो गण्डकीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । गण्डकीको तराई क्षेत्रमा भने आज दिउँसो आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति गण्डकीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाले जनाएको छ । पहाडी क्षेत्रमा भने आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।

बागमती

आज दिउँसो र राति बागमती प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी र तराई क्षेत्रमा भने आंंशिक बदली रहने सम्भावना छ ।

मधेश

मधेश प्रदेशमा आज दिउँसो र राति आंंशिक बादल मात्रै लाग्ने सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी

आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी र तराई  क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।

आज राति पनि हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ । पहाडी क्षेत्रमा र तराई क्षेत्रमा दिउँसोको जस्तो आंंशिक बादल लाग्ने सम्भावना छ ।

कञ्चनपुरमा भारतीय तस्कर प्रेमीसँग मिलेर श्रीमानको हत्या, थियो बीमा रकम हत्याउने योजना

कैलाली । कञ्चनपुरमा एक महिलाले भारतीय युवकसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरेको खुलेको छ । जिल्लाको बेलौरी नगरपालिका-६ भूराकोटका ४९ वर्षीय सियाराम रानाको हत्यामा उनको श्रीमती जनककुमारी मात्रै संलग्न नभएर श्रीमतीसँग सम्बन्धमा रहेका भारतीय युवक पनि जोडिएका छन् ।

गत १३ मङ्सिरमा जनककुमारीले आफ्नो भारतीय प्रेमी फारुखसँगको योजनापछि श्रीमान् सियारामको हत्या गरेको प्रहरीले ठहर गरेको छ । भारतको उत्तर प्रदेश, लक्खिमपुर खीरी जिल्ला, सम्पूर्णानगर बस्ने अन्दाजी ३० वर्षीय फारुख र सियारामकी श्रीमती केही समयदेखि सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सितारामले गरेको २८ लाखको बीमा हत्याउने र श्रीमानको मृत्युपछि सँगै बस्ने योजना बनाएर जनककुमारीले हत्या गरेकी थिइन् ।

पुस १३ गते शौचालयमा लडेर मृत्यु भएको बयान दिएकी जनककुमारीले १४ गते आफैले रिसमा आएर इट्टाले हानेर हत्या गरेको बयान दिएकी थिइन् । शवको अवस्था हत्या भएको जस्तो देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

त्यसैमाथि मृतकको शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटेपछि घटना थप शङ्कास्पद बनेको थियो ।

केहीबेरको केरकार पछि श्रीमती जनककुमारीले दुवै जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला इँटा प्रहार गरी हत्या गरेको स्वीकार गरेकी थिइन् । तर, त्यो बेला उनले आफ्नो प्रेमी समेत रहेका भारतीय नागरिकका विषयमा कुनै कुरा खोलिनन् ।

सियारामले गरेको २८ लाखको बिमा, जनककुमारीको कल डिटेल र स्थानीय केहीको बयानका आधारमा घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको थियो । त्यस क्रममा भारतीय युवकसँगको सम्बन्ध र सम्पर्कपछि श्रीमानको हत्या गरेको प्रहरीले ठहर गरेको हो ।

अनुसन्धानका क्रममा भारतीय नागरिक फारुखसँग मृतककी श्रीमतीको प्रेम सम्बन्ध रहेको देखिएको बताउँदै दुवै जनाले योजना बनाएर हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेशराज जोशीले जानकारी दिए ।

रानाको हत्यामा भारतीय नागरिकको संलग्नता देखिएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका भारतीय नागरिक नेपाल–भारतमा तस्करीको सामान ओसारपसार गर्ने काम गर्दै आएको समेत प्रहरीको भनाई छ ।

अर्कोतिर मृतक सियाराम रानाले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेकाले उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरिएको देखिएको डिएसपी जोशी बताउँछन् । भारतीय नागरिक फारुखले योजना बनाए पनि हत्या भने स्वयं श्रीमतीले नै गरेको बयान प्रहरीलाई दिइएको छ ।

सियारामकी श्रीमतीलाई जिल्ला अदालतले ८ पुसमा पुर्पक्षका लागि कारागार चलान गरेको छ भने हालै पक्राउ परेका भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।

कैलाली । कञ्चनपुरमा एक महिलाले भारतीय युवकसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरेको खुलेको छ । जिल्लाको बेलौरी नगरपालिका-६ भूराकोटका ४९ वर्षीय सियाराम रानाको हत्यामा उनको श्रीमती जनककुमारी मात्रै संलग्न नभएर श्रीमतीसँग सम्बन्धमा रहेका भारतीय युवक पनि जोडिएका छन् ।

गत १३ मङ्सिरमा जनककुमारीले आफ्नो भारतीय प्रेमी फारुखसँगको योजनापछि श्रीमान् सियारामको हत्या गरेको प्रहरीले ठहर गरेको छ । भारतको उत्तर प्रदेश, लक्खिमपुर खीरी जिल्ला, सम्पूर्णानगर बस्ने अन्दाजी ३० वर्षीय फारुख र सियारामकी श्रीमती केही समयदेखि सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सितारामले गरेको २८ लाखको बीमा हत्याउने र श्रीमानको मृत्युपछि सँगै बस्ने योजना बनाएर जनककुमारीले हत्या गरेकी थिइन् ।

पुस १३ गते शौचालयमा लडेर मृत्यु भएको बयान दिएकी जनककुमारीले १४ गते आफैले रिसमा आएर इट्टाले हानेर हत्या गरेको बयान दिएकी थिइन् । शवको अवस्था हत्या भएको जस्तो देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

त्यसैमाथि मृतकको शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटेपछि घटना थप शङ्कास्पद बनेको थियो ।

केहीबेरको केरकार पछि श्रीमती जनककुमारीले दुवै जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला इँटा प्रहार गरी हत्या गरेको स्वीकार गरेकी थिइन् । तर, त्यो बेला उनले आफ्नो प्रेमी समेत रहेका भारतीय नागरिकका विषयमा कुनै कुरा खोलिनन् ।

सियारामले गरेको २८ लाखको बिमा, जनककुमारीको कल डिटेल र स्थानीय केहीको बयानका आधारमा घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको थियो । त्यस क्रममा भारतीय युवकसँगको सम्बन्ध र सम्पर्कपछि श्रीमानको हत्या गरेको प्रहरीले ठहर गरेको हो ।

अनुसन्धानका क्रममा भारतीय नागरिक फारुखसँग मृतककी श्रीमतीको प्रेम सम्बन्ध रहेको देखिएको बताउँदै दुवै जनाले योजना बनाएर हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेशराज जोशीले जानकारी दिए ।

रानाको हत्यामा भारतीय नागरिकको संलग्नता देखिएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका भारतीय नागरिक नेपाल–भारतमा तस्करीको सामान ओसारपसार गर्ने काम गर्दै आएको समेत प्रहरीको भनाई छ ।

अर्कोतिर मृतक सियाराम रानाले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेकाले उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरिएको देखिएको डिएसपी जोशी बताउँछन् । भारतीय नागरिक फारुखले योजना बनाए पनि हत्या भने स्वयं श्रीमतीले नै गरेको बयान प्रहरीलाई दिइएको छ ।

सियारामकी श्रीमतीलाई जिल्ला अदालतले ८ पुसमा पुर्पक्षका लागि कारागार चलान गरेको छ भने हालै पक्राउ परेका भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।

पीएम कप महिला क्रिकेट : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।

बुधबार धनगढीस्थित फाप्ला मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशलाई ७५ रनले पराजित गर्दै सुदूरपश्चिमले लगातार दोस्रो जित हात पारेको हो ।

सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश १९.१ ओभरमा अलआउट हुँदै ५२ रनमा समेटियो ।

लुम्बिनीका लागि सरस्वती पुनले १४ र कप्तान सरस्वती जिएमले १२ रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमकी रेवती धामीले ३, आशिका महराले २ तथा कविता कुँवर, ऋतु कनौजिया, करिष्मा थापा र जानकी थापाले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँँदै १२७ रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिमका लागि कविता कुँवरले ५५ र मनिषा बोहराले २३ रन बनाए ।

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । यसअघि गत बिहीबार कास्की अदालतले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

महिला यू-१९ विश्वकप : दोस्रो अभ्यास खेलमा अमेरिकासँग हार्‍यो नेपाल

काठमाडौँ : आईसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि मलेशियामा रहेको नेपाली महिला यू-१९ टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ।

मलेशियाको रोयल सेलान्गोर क्लबमा आज भएको दोस्रो खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको हो।

जितका लागि नेपालले पहिले ब्याटिङ गर्दै दिएको ५९ रनको झिनो लक्ष्य अमेरिकाले १४ ओभरमा ५ विकेटमात्र गुमाएर पूरा गरेको थियो।

अमेरिकाका लागि इसानी वाघेलाले सर्वाधिक २४ रन बनाइन् भने पूजा शाहले १० रन बनाइन्।

नेपालका लागि रिया शर्माले ३ विकेट लिइन् भने कप्तान पूजा महतोले एक विकेट खसालिन्।

अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५८ रनमात्र बनाउन सक्यो।

नेपालका लागि साना प्रविनले १२ रन र कप्तान पूजा महतोले १० रन बनाउनुबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन नसकेपछि नेपालको स्कोर प्रतिष्पर्धी हुन सकेन।

बलिङमा अमेरिकाका लागि इसानी वाघेला, पूजा शाह, ऋतु सिंह, माही माधवन, सुहानी थडानी र सानवी इम्मादीले १/१ विकेट लिए।

यसअघि सोमवार भएको पहिलो अभ्यास खेलमा पनि नेपाल वेष्ट इण्डिजसँग ९ रनले पराजित भएको थियो।

यू–१९ महिला टी–२० विश्वकप माघ ५ गतेदेखि मलेशियामा शुरु हुनेछ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। यो समूहमा अष्ट्रलिया, बंगलादेश र स्कटल्याण्ड छ।

नेपालले समूह चरणको पहिलो खेल आगामी माघ ५ गते बंगलादेशसँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ। नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो खेल अष्ट्रेलियासँग माघ ९ गते खेल्नेछ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेशियासहित भारत, श्रीलंका र वेष्ट इण्डिज छन्।

समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्।

समूह ‘सी’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाइजेरिया छन्।

 

भारतको बेंगलुरुमा नेपाली बालिकाको यौन दुर्व्यवहारपछि हत्या

बेंगलुरु । भारतको बेंगलुरुस्थित होयसाला नगरमा एक छ वर्षीया नेपाली बालिकालाई निर्माणाधीन भवन भित्र यौन दुर्व्यवहार र हत्या गरिएको समाचार छ । इन्डिया टुडेमा प्रकाशित समाचार अनुसार बेंगलुरु प्रहरीले उक्त अपराधमा बिहारका एक जनालाई पक्राउ गरेको हो ।

बाबुआमा नेपाली मूलको भएको र घटनास्थलमा सुरक्षा कर्मचारीको रूपमा काम गर्ने गरेको समाचारमा उल्लेख छ । सोमबार साँझ ७ः३० बजे बालिकाका अभिभावक काममा गएका बेला उक्त घटना भएको बताइएको छ ।

अभिषेक कुमार भनेर चिनिने अभियुक्त बिहारबाट आएका मजदुर थिए । बालिकालाई सुनसान क्षेत्रमा लगेर बलात्कार गरेपछि उनले हत्या गरेका थिए ।

स्थानीयले बालिकालाई फेला पारेर आरोपीलाई पक्राउ गरेपछि घटनाको खुलासा भएको हो । प्रहरीलाई जिम्मा दिनुअघि उनीहरुले अभियुक्तलाई कुटपिट समेत गरेका थिए ।

प्रहरीका डीसीपी डी देवराजले अभियुक्त पक्राउ परेको पुष्टि गरेका छन् । राममूर्ति नगर प्रहरीले यौन अपराधबाट बालबालिकाको संरक्षण (पोक्सो) ऐन र भारतीय न्याय संहिता (बीएनएस) को सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरेको छ।

दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवालविरुद्ध मुद्दा चलाउन अनुमति

काठमाडौं । भारतको गृह मन्त्रालयले दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालविरुद्ध ‘मनी लाउन्डरिङ’ (सम्पत्ति शुद्धीकरण)को मुद्दा दायर गर्न प्रवर्तन निर्देशनालय (ईडी)लाई स्वीकृति दिएको छ ।

दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले केजरीवालमाथि मुद्दा चलाउन अनुमति दिएको केही दिनपछि गृह मन्त्रालयले पनि स्वीकृति दिएको हो । ईडीले गत डिसेम्बर ५ मा अनुमति मागेको थियो । तर, उपराज्यपाल सक्सेनाले गत शनिबारमात्र अनुमति दिएका थिए ।

सर्वोच्च अदालतले गत नोभेम्बर ६ मा केजरीवालविरुद्ध मुद्दा चलाउन उपराज्यपाल र गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने भनेको थियो ।

दिल्लीमा आउने फेब्रुअरी ५ मा विधानसभा चुनाव हुँदै छ । त्यसको २० दिनअघि गृह मन्त्रालयले केजरीवालविरुद्ध मुद्दा चलाउन स्वीकृत दिएको हो ।

आम आदमी पार्टीले भने गृह मन्त्रालयको निर्णयको विरोध गरेको छ । पार्टीकी प्रवक्ता प्रियंका कक्कडले झुटा मुद्दा दायर गरेर आम आदमी पार्टीका नेताहरूलाई बदनाम गर्ने प्रयासलाई निरन्तरता दिइएको बताएकी छन् । तर, सत्तारूढको पुरानो तरिकालाई जनताले बुझिसकेको उनको भनाइ छ ।

 

सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० बढीको मृत्यु

काठमाडौं । सुडानी स्वयंसेवक उद्धारकर्ताहरूले नाइल नदीको छेउमा रहेको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढीको मृत्यु भएको बताएका छन् । पश्चिमी ओमदुरमानमा सोमबार भएको ‘अन्धाधुन्ध गोलाबारी’ मा १२० जना सर्वसाधारणको मृत्यु भएको युद्धग्रस्त देशभरका स्वयंसेवक उद्धारकर्ताहरूको नेटवर्कको हिस्सा रहेको ओम्बाडा आपतकालीन प्रतिक्रिया कक्षले जनाएको छ ।

नेटवर्कले यो मृत्यु संख्या प्रारम्भिक रहेको बताउँदै आक्रमणको पछाडि को थियो भनेर निर्दिष्ट गरेको छैन । स्वास्थ्य कार्यकर्ताहरूका अनुसार उद्धारकर्ताहरूले ‘विभिन्न स्तरका चोटपटकबाट पीडित ठूलो संख्यामा घाइते व्यक्तिहरूको’ उपचार गर्न संघर्ष गरिरहेका बेला चिकित्सा आपूर्तिको अत्यन्त अभाव रहेको बताए । सुडानमा २० महिनाभन्दा लामो युद्धपछि हालैका हप्ताहरूमा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज ९आरएसएफ० बीचको लडाइँ बढेको छ ।

सहायता एजेन्सीहरूका अनुसार युद्धमा दशौँ हजार मानिस मारिएका छन् जसले देशलाई अनिकालको सँघारमा पारेको छ । सेना र आरएसएफ दुवैमाथि स्वास्थ्य कार्यकर्तासहित सर्वसाधारणलाई लक्षित गरेको र आवासीय क्षेत्रमा अन्धाधुन्ध गोलाबारी गरेको आरोप लगाइएको छ । ओमदुरमानको अधिकांश भाग सेनाको नियन्त्रणमा छ भने आरएसएफले राजधानी र बृहत्तर खार्तुम क्षेत्रको केही भाग नियन्त्रण गरेको छ । नाइल नदीका दुवै तर्फका बासिन्दाहरूले नदी पार गरेर गोलाबारी भएको बताएका छन् । त्यहाँ बम र छर्राहरू नियमित रूपमा घरहरू र नागरिकहरूमाथि पर्ने गरेका छन् । रासस

 

एचपीभी खोप अभियानका लागि आवश्यक खोप नेपाल आइपुग्यो

काठमाडौ‌ं – पाठेघरको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियानका लागि आवश्यक करिब १७ लाख ७० हजार ४ सय मात्रा खोप नेपाल आइपुगेको छ।

आइतबार राती  ७:४५ मा २ लाख ६६ हजार ६३० मात्रा खोप क्याथे प्यासेफिकको उडानबाट काठमाडौ आईपुगेसँगै अभियानका लागि आवश्यक सबै मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन इकाई प्रमुख सञ्जीव कट्टेलले  जानकारी दिए। यस वर्षको एचपीभी खोप अभियानका लागि यो अन्तिम चरणको खोप हो।

करिब ३ लाख ८० हजार मात्रा खोप मधेस प्रदेशमा पठाउने तयारी गरिएको छ। अन्य प्रदेशका लागि आवश्यक खोप वितरण तालिका अनुसार पठाइसकिएको उनले बताए।  ‘आगामी दुई तीन दिनभित्र प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका खोप पुग्नेछ’, उनले भने, ‘प्रत्येक जिल्लामा प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले आवश्यक खोप वितरण गर्नेछन्।’

विभिन्न चार चरणमा गरी अभियानका लागि आवश्यक करिब १७ लाख ७० हजार ४ सय मात्रा खोप नेपाल आइपुगेको हो।पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गएको अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यका साथ करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको हो। यही माघ २२ गतेदेखि एचपीभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षकी किशोरीलाई खोप लगाइने छ।नेपालमा पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले एचपीभी खोप अभियान २०८१, ८२ सञ्चालन गर्ने निर्णय गरिसकेको छ।

सरकारले १० देखी १४ वर्षसम्मका किशोरीहरुलाई दिन लागेको सिकोलिन नामक उक्त खोपले नेपालमा बढी मात्रामा देखिएको पाठेघरको मुखको क्यान्सरका १६ देखी १८ प्रजातीलाई रोकथाम गर्न सक्ने टेकुस्थित बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा अभियान गौतम बतााउँछन्।  विश्वमा हरेक वर्ष ५ लाख ७० लाख महिलाहरुलाई पाठेघरको क्यान्सर हुने तथा उक्त संख्या सन् २०३० सम्ममा उक्त संख्या ७ लाख पुग्ने अनुमान गरिएको छ। तथ्यांक अनुसार तीमध्ये  ३ लाख ११ हजार महिलाको मृत्यु हुने गरेको छ।

यु–१९ विश्वकपअघि कप्तानहरुले गरे ट्रफी अनावरण

काठमाडौँ : यु–१९ विश्वकपअघि सहभागी देशका कप्तानहरुले ट्रफी अनावरण गरेका छन्।

मलेसियाको चर्चित ट्विन टावरलाई ब्याग्राउन्ड बनाएर विश्वकपमा सहभागी टोलीका कप्तानहरुले फोटो सुटसमेत गरेका छन्।

प्रतियोगितामा कुल १६ टोली सहभागी रहेका छन्। प्रतियोगिता आगामी १८ जनवरीबाट सुरु हुँदै छ।

प्रतियोगितामा नेपालले १८ जनवरीमा बंगलादेशसँग खेल्दै विश्व कपको यात्रा सुरु गर्नेछ। त्यसपछि नेपालले जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्ने छ।

twitter sharing button

messenger sharing button

whatsapp sharing button

sharethis sharing button

 

परराष्ट्रमन्त्री राणा र कतारका विदेशमन्त्री फोनवार्ता : विपिनको रिहाइको पहलका लागि अपिल

काठमाण्डु : हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ ।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिरहेकी छिन् ।

यसै अन्तर्गत मन्त्री डा. राणाले आज बिहान कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी छिन् । मन्त्री डा. खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं पध्यस्थकर्ता छिन् ।

मन्त्री राणाले कतारका मन्त्री डा. खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी थिइन् ।

मन्त्री राणाले कतार नेपालको सदैव हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग उल्लेख गर्दै कतारले हमाससँगको सम्पर्कमा रहेर शान्ति वार्ताका लागि युद्धविराम गराउन विशेष पहल गरिरहेकाले नेपाली युवा विपिनको रिहाइका लागि पनि विशेष पहल गरिदिन अपिल गरेकी थिइन् ।

कुराकानीका क्रममा कतारका मन्त्री डा. खुलाइफीले हमासहरुलाई इजरायलसँग युद्धविराममा ल्याउने विषय सकारात्मक रुपमा अघि बढिरहेको जानकारी गराउँदै हमासहरुको अपहरणमा रहेकाहरुको मुक्तिका लागि कतार सरकारले पहल गरिरहेको बताए ।

कतारका मन्त्री खुलाइफीले नेपाली युवा विपिनको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरुले प्राथमिकतामा राखेको बताउँदै पहिलो चरणमा उनीहरुले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा विपिन अपहरण मुक्त हुनेमा आफू विश्वस्त रहेको बताए ।

यसअघि मन्त्री राणाले इजिप्ट सरकारलाई पनि विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी थिइन् । इजिप्ट सरकार पनि हमासको सम्पर्कमा रहेर युद्धविरामका लागि पहल गरिरहेको छ ।

गत हप्ता उनले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुबै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिनका लागि आग्रह गरेकी थिइन् ।

यसअघि उनले गत हप्ता नै नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग पनि सो आग्रह गरेकी थिइन् ।

राजदूत बासले मन्त्री राणासँग हमास समूहले ३४ जनालाई रिहा गर्न लागेको र त्यसमा बृद्धबृद्धा, महिला, बालबालिका र नाजुक स्वास्थ्य अवस्थाका व्यक्ति रहेका समाचार इजरायल सरकारले प्राप्त गरेको जानकारी गराएका थिए ।

सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए । त्यसलगत्तै उनीहरुले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि रहेका छन् ।

विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्नो कूटनीतिक प्रयासलाई जारी राखेको छ ।

खोज्नुहोस