प्रहरी काठमाण्डौंका प्रमुख अधिकारीले सम्हाले जिम्मेवारी

काठमाडौं, १६ माघ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले मंगलवार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका छन्।

एसएसपी अधिकारीले मंगलबार अपराह्नबाट जिल्ला प्रहरी परिसर काठमाण्डौंको प्रमुखका रूपमा कार्यभार सम्हालेका हुन्।
कैलालीका अधिकारी यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका उनी नेपाल प्रहरीको सहप्रवक्ता र सूचना अधिकारीको भूमिकामा थिए । केहीदिन अघि उनको सरुवा जिल्ला प्रहरी परिसरको प्रमुखमा भएको थियो ।

कैलालीका अधिकारी नेपाल प्रहरीको योजना तथा नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनलाई प्रहरी मेरो साथीको परिकल्पनाकारका रुपमा चिनिन्छ ।

अधिकारीले काठमाडौं प्रहरीको प्रवक्तामा अपिलराज बोहोरालाई जिम्मेवारी दिएका छन्।

भारतको कुम्भमेलामा भागदौड, कैयौँ हताहत भएको आशङ्का

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलाका क्रममा बुधवार बिहान करिब १:३० बजे एउटा घाटमा भागदौड मच्चिएको छ। त्यस क्रममा धेरै मानिसहरू हताहत भएको ठानिएको छ।

प्रयागराजका एक चिकित्सकले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा समाचारसंस्था एएफपीलाई उक्त घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको बताएका छन्।

यद्यपि प्रशासनले अहिलेसम्म कसैको मृत्यु भएको जानकारी दिएको छैन।

कुन बेला भयो घटना?

बुधवार मौनी अमावस्याका अवसरमा अमृतस्नान हुन लागेका बेला उक्त घटना भएको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार भिडले त्यहाँ लगाइएका बारहरू तथा अवरोधलाई तोडेर ठेलमठेल गर्दा उक्त अवस्था निम्तिएको थियो।

प्रयागराज मेला प्राधिकरणकी एक अधिकारी आकाङ्क्षा राणाले पत्रकारहरूसँग कुरा गर्दै केही ठाउँमा भिडलाई व्यवस्थित गर्नका लागि राखिएका अवरोधहरू तोडफोड भएको खबर आएकाले भागदौड निम्तिएको तर अवस्था गम्भीर नरहेको बताइन्। घाइतेहरूको उपचार भइरहेको उनले बताइन्।

भारतीय समाचारसंस्था पीटीआईले सामाजिक सञ्जाल एक्समा एउटा भिडिओ पोस्ट गरेको छ। त्यसमा घाइतेहरूलाई सेक्टर २४ स्थित अराइल उपकेन्द्रीय अस्पतालमा लगिएको देखिन्छ।

कुम्भमेला

तस्बिर स्रोत,Getty Images

मौनी अमावस्याको स्नान ‘रद्द’

कुम्भमेला

तस्बिर स्रोत,Getty Images

उक्त घटनापछि सबै अखाडाहरूले मौनी अमावस्याको स्नान कार्यक्रम रद्द गरेको सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।

अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीले बुधवार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै भागदौडका कारण कार्यक्रम रद्द गरिएको बताएका छन्।

उनले बिहानका राति भएको घटनालाई दृष्टिगत गरी कार्यक्रम नगर्ने निर्णय गरिएको बताएका हुन्।

उनले भने, “मौनी अमावस्यामा स्नान गर्न सबै साधुसन्तहरू तयार अवस्थामा थिए तर उक्त घटनालाई ध्यानमा राख्दै जनहितका लागि स्नान नगर्ने निर्णय गरियो।”

बीबीसीबाट ।

बैकिङ क्षेत्रको रुपान्तरणबारे जेनेस सलुशनले आयोजना ग¥यो अन्तरक्रिया

काठमाडौँ, १५ माघ ।
बेलायतमा मुख्यालय भएको सूचना प्रविधि सम्बन्धी सेवाप्रदायक परामर्शदाता कम्पनी, जेनेस सलुशनले नेपालका बैकिङ क्षेत्रका अगुवाहरुसंग एक अन्तरक्रिया आयोजना गरेको छ।

अमेजन वेब सर्भिसेज  (एडब्लुएस)को सहयोगमा  जेनेस सलुशनद्वारा  गत आइतबार बैकिङको भविष्यः भोलिका लागि रुपान्तरणको शुरुआत विषयमा आयोजित अन्तरक्रियामा नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स एसोसियसन तथा क एवम् ख वर्गका बैंकका प्रमुख कार्यकारीहरुको सहभागिता थियो। अन्तरक्रियामा सहभागीहरुले नवपरिवर्तन, सहकार्य तथा बैकिङ उद्योगका सामु  रहेका प्रमुख मुद्दाहरुबारे छलफल गरेका  थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उत्थानशील तथा नवपरिवर्तनमा आधारित बैकिङ सेवा तर्फ अगाडी बढ्नु पर्ने बताए ।

उनले नेपालको वित्तीय प्रणालीमा विश्वसनीयता, दक्षता र ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न डिजिटल पूर्वाधारको विकास गर्न र नीतिनियमहरुमा सुधार ल्याउन राष्ट्र बैंकले काम गरिरहेको जनाए ।

उनले  बैंकहरुलाई  साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउन थप ध्यान दिन सुझाव पनि दिए।

त्यस्तै नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष सन्तोष कोइरालाले ग्राहकको रुची र चाहना अनुसार बैकिङ क्षेत्रले आफुलाई रुपान्तरण गर्दै लागेको जनाउंदै साइबर सुरक्षा जस्ता विषयमा अरु बढी चनाखो भएर अगाडी बढ्नु पर्ने बताए ।

कार्यक्रममा जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले बैकिङ क्षेत्रमा भै रहेका नयाँ विकासक्रम बारे चर्चा गर्दै पुराना प्रणालीहरुलाई हटाएर समय सुहाउँदो प्रणाली अपनाउनु पर्ने बेला आएको बताए ।

उनले नेपालको बैंकिंग क्षेत्रले पनि  क्लाउड पूर्वाधार, कृत्रिम बौद्धिकतामा आधारित धोखाधडी पत्ता लगाउने प्रणाली तथा डिजिटल माध्यमबाटै ग्राहकहरुको समस्या सम्बोधन गर्न  स्मार्ट तथा थप  सुरक्षित बैंकिंग भविष्य तर्फ अगाडी बढ्न सुझाव दिए ।

जेनेस सलुशनका प्रमुख प्रविधि तथा प्रमुख सूचना सुरक्षा अधिकृत निरन्जन कुँवरले साइबर सुरक्षा चुनौतीहरु बारे विस्तृत प्रस्तुति गर्दै अहिले देखिएका चुनौतीहरुसंग जुध्न वित्तीय संस्थाहरुले अपनाउनु पर्ने सुरक्षा उपायहरुबारे जानकारी दिए ।

नेपाल प्रहरीको साइबर ब्युरोका सूचना अधिकृत प्रहरी उपरीक्षक  दिपक अवस्थीले  अन्तरराष्ट्रिय साइबर अपराधीहरुले संगठित रुपमा बैंक तथा वित्तीय संस्थाहरुलाई निशाना बनाउन थालेको जनाउँदै थप सुरक्षा अपनाउन सुझाव दिए।

कार्यक्रममा प्रस्तोताहरुले सहभागी बैंकरहरुका जिज्ञासाहरुको जवाफ दिएका थिए।

युकेमा मुख्यालय रहेको जेनेस सलुशनले व्यवसायहरुलाई सूचना प्रविधि सम्बन्धी परामर्श दिनुका साथै रुपान्तरणकारी डिजिटल इकोसिस्टमु तयार गरेर तिनका प्राविधिक लक्ष प्राप्त गर्न पनि सघाउँदै आएको छ ।  जेनेस सलुशनको  नेपाल, बंगलादेश, फिनल्याण्ड, अमेरिका, नाइजेरिया  लगायत १० ओटा मुलुकहरुमा कार्यालय छन्।

सुदूरपश्चिम अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा ओझा निर्वाचित 

धनगढी, १५ माघ ।
सुदूरपश्चिम अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा पुष्कर राज ओझा निर्वाचित भएका छन् । मंगलवार धनगढीमा सम्पन्न साधारण सभाद्धारा ओझाको नेतृत्वमा संघको नयाँ कार्यसमिती निर्विरोध निर्वाचित भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा श्याम जोशी, सचिव प्रजापति जोशी र कोषाध्यक्षमा स्मारिका बम निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा सुमन सैंजू, एलिस भण्डारी र दीपेन्द्र राना चयन भएका छन् । एशोसियनले विनोद बलायरलाई सदस्य मनोनित गरेको छ ।

विगत १६ वर्षदेखि मोटरस्पोर्टस्, अटोमोवाइल मोविलिटि, सडक सुरक्षा, र अटोमोवाइल क्षेत्रको पेशागत हकहितमा कार्य गर्दै आएको नेपाल अटोमोवाइल्स एसोसिएसन अन्तर्गत रहेको सुदूरपश्चिम अटोमोबाइल्स एसोसिएसन सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्मा आवद्ध छ ।

साधारण सभाले धनगढी अटोक्रस र ¥याली, मोटरसाइकल फ्ल्याट रेसिङ्, टुरिङ ¥याली तथा सडक सुरक्षाको लागि युवा कार्यशाला जस्ता कार्यक्रम समेत पारित गरेको छ । कर्णाली प्रदेश खेलकुद परिषदका पूर्व सदस्य सचिब विश्वामित्र सञ्जेल र नेपाल अटोमोबाइल्स एसोसिएसन ट्रेनिङ्ग तथा मार्शल कमिसनका सचिब आशिष रौनियारले नवनिर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिए । एफआइए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले राष्ट्रिय संघ र अन्तर्राष्ट्रिय महासंघहरूका क्यालेण्डर बारेमा प्रकास पारे ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक बहादुर सिंहले साधारण सभाको उदघाटन गरेका थिए ।

डेनमार्कले ग्रीनल्यान्डकाे सुरक्षामा २ अर्ब ५ करोड डलर खर्च गर्ने

एजेन्सी । ग्रीनल्यान्डकाे सुरक्षा बलियो बनाउन डेनमार्क र ग्रीनल्यान्डबीच २ अर्ब डलरभन्दा धेरै खर्च गर्ने सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार ग्रीनल्यान्ड जसरी पनि अमेरिकाको माताहतमा आउनुपर्ने बताउन थालेपछि डेनमार्कले ग्रीनल्यान्ड र आर्कटिक क्षेत्रको सुरक्षा बढाउने भएको हो । तत्कालका लागि डेनमार्कले ग्रीनल्यान्डको सुरक्षाका लागि २ अर्ब ५ करोड डलर खर्च गर्ने तयारी गरेको बीबीसीले जनाएको छ ।

डेनमार्क र ग्रीनल्यान्डबीच भएको समझदारीअनुसार उन्नत खालका ३ वटा आर्कटिक जहाज, लामो दूरीका मिसाइल खरिद गरेर तैनाथ गरिनेछ । डेनमार्कका रक्षामन्त्री ट्रोल्स लुन्ड पोल्सेनले आर्कटिक र उत्तरी एट्लान्टिकमा सुरक्षा र रक्षाको सम्बन्धमा गम्भीर चुनौतीहरू देखिएकाले आफूहरूको याे कदम आएको बताउनुभएको छ ।

ग्रीनल्यान्ड ५६ हजार बासिन्दाको एउटा टापु हो, धेरै हदसम्म ग्रीनल्यान्ड स्वायत्त रहे पनि डेनमार्कको हिस्साका रूपमा रहेको छ । २१ लाख ६६ हजार वर्गकिलोमिटर ठूलो ग्रीनल्यान्डमा अमेरिकाले लामो समयदेखि सुरक्षा चासो राखेको छ ।

दोस्रो विश्वयुद्धको समयमा नाजी जर्मनीले डेनमार्कको मुख्य भूमि कब्जा गरेपछि अमेरिकाले ग्रीनल्यान्डमा आक्रमण गरेर यस क्षेत्रमा सैन्य र रेडियो स्टेशनहरू स्थापना गरेको छ । त्यस बेलादेखि यस क्षेत्रमा अमेरिकाको पनि उपस्थिति कायम छ ।

ग्रीनल्यान्ड उत्तर अमेरिकाबाट युरोप जोड्ने सबैभन्दा छोटो मार्ग पनि हो । त्यसैले अमेरिकाका लागि ग्रीनल्यान्ड रणनीतिक रूपमा महत्त्वपूर्ण छ । पछिल्ला वर्षहरूमा दुर्लभ खनिज, युरेनियम र फलामको खानीसहित ग्रीनल्यान्डकाे प्राकृतिक स्रोतहरूमा अमेरिकाकाे चासो बढेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार ग्रीनल्यान्ड खरिद गर्ने बताएपछि डेनमार्क र ग्रीनल्यान्डका नेताहरूले आफ्नो देश किनबेचका लागि कुनै वस्तु नभएकोले यस्ता कुरा नगर्न चेतावनी दिँदै आएका छन् ।

अछामका किशोरी मृत्यु प्रकरण : दुई जनाविरुद्ध किटानी जाहेरी

अछाम । अछामको किशोरी मृत्यु प्रकरणमा दुई जनाविरुद्ध किटानी जाहेरी परेको छ । जिल्लाको ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र इशरा खड्काको हत्या भएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय अछाममा किटानी जाहेरी दिएका हुन् ।

मृतक सरस्वतीका ठुलोबुवा तथा इशराका हजुरबुवा अवि खड्काले दिएको किटानी अनुसार ढकारी गाउँपालिका ३ तालीका १७ वर्षीय चक्र बुढा र १५ वर्षीय कमल बुढा छन् । उनिहरु प्रहरीको हिरासतमा छन् ।

पक्राउ परेकाहरु सँग प्रहरीले प्रारम्भिक बयान लिने काम गरिरहेको छन् । उनिहरुले प्रहरीसँगको बयानमा घटना भएको दिन शव फेला परेको जङ्गलमा गएको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामले अनुसन्धान गरिरहेकोमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पनि थप टोली खटाइएको छ ।

प्रहरी स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नरेन्द्र भण्डारीको नेतृत्वमा टोली खटाइएको हो । जसमा एकजना पोलिग्राफ गर्ने प्रहरी सहायक निरीक्षक पनि रहेका छन । यस्तै, प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्द पनि आज सोही सिलसिलामा अछाम जाने कार्यक्रम छ ।

शुक्रबार ढकारी गाउँपालिका १ को छिन्ने ओढार जङ्गलमा ढकारी ८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको थियो । सोही घटनाको अनुसन्धानका लागि टोली परिचालन गरिएका हुन् । अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० ईश्वरी भण्डारीका अनुसार घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबिको टोली मङ्गलबार अछाम पुग्ने छ । अछाम प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेका बताएको छ ।

जिल्ला प्रहरी कार्यालयले किशोरी मृत्युको घटनामा अहिलेसम्म ११ देखि ४० वर्षसम्मका पाँच जनालाई नियन्त्रणमा लिएको छ भने झण्डै आधा दर्जन मानिसको बयान लिइएको बताएको छ ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक टेकबहादुर देउवाको टोली घटनास्थल आसपासमा रहेको स्रोतले बताएको   छ ।

मृतक किशोरीको भेरी प्रादेशिक अस्पताल नेपालगन्ज पोस्टमार्टम गरिएको छ । उनहरुको स्वाब सङ्कलन गरेर परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । मृतक दुबै जनाको अन्त्यष्टि भोली बुधबार स्थानिय परम्परा अनुसार गरिने मृतकका आफन्त कमल भण्डारीले जानकारी दिए । 

सम्झनामा बज्यैको एकसय पाँच वर्षीय दिव्य जीवन

नीलम शर्मा
अन्ततः माघ २ गते बुधवार साँझ एक नमीठो खवर सुन्न नै प¥यो । बज्यै त्रिपुरासुन्दरीदेवी पन्त एक सय पाँच बर्षको दिव्य जीवन यात्रा पुरा गरी अनन्तमा लीन हुनुभयो । साँझ परिसकेको हुनाले शवयात्रा भोलिपल्ट हुने भयो । विहीवार विहान हामी बज्यैको शवयात्राका लागि धनगढी तारानगरस्थित काका मुक्तिकान्त पन्तको घरतर्फ लाग्यौ । अघिल्लो दिनमात्र हामी बज्यैलाई भेट्न गएका थियौ, तर त्यो नै अन्तिम भेट होला भन्ने लागेको थिएन् । हुन त बज्यै केही महिना देखि ओछ्यान पर्नु भएको थियो, शरीरका अंगहरुले काम गर्न छोड्दै थिए । तैपनि सँधै जस्तै बज्यै फर्किनु हुन्छ की भन्ने आशा पनि थियो । शव यात्राको तयारी हुदै थियो । धनगढी उपमहानगरपालिकाले मृत्यु भएका व्यक्तिहरुलाई नगरप्रहरीहरुवाट सलामी दिने प्रथा अनुसार नगरपालिकाका कर्मचारीहरुले बज्यैको आत्मा शान्तिको निम्ति सम्मान धुन बजाउनु भयो ।

बज्यै नातामा मेरो हजुरआमा सासु हुनु हुन्थ्यो । आँखा चिम्लिएर बज्यैका एक सय पाँच वर्षको जीवनलाई सम्झिएर अन्तिम विदाइको प्रार्थना गरिरहदा बज्यैप्रति अथाह सम्मानले मेरा जस्तै धेरैका आँखाहरु रसाइरहेका थिए हृदय साँच्चै नै भारी भयो । म उदास एक कुनामा उभिएको रहेछु । अचानक छोरी निधीले विस्तारै मेरो हात समातेर भनिन्, ‘आमा, के हजुर दुःखी हुनुहुन्छ ? सोच्नुस त उहाँको आत्मा खुला आकाशमा कति खुशी साथ उडिरहेको होला’ अहो ! मेरी सानी छोरीले जीवनको यति गहिरो दर्शनलाई कति सजिलोसँग सम्झाइन्, म छक्क परें । मेलै छोरीतिर हेरें, उनलाई धन्यवाद भने । र,अंकमाल गरे । मन हलुका भयो ।

बज्यै त्रिपुरासुन्दरी देवीको जन्म ई.सं. १९७६ मा सुदूरपश्चिमको डोटी जिल्लामा भएको थियो । उहाँको विवाह नौ वर्षको उमेरमा लक्ष्मीकान्त पन्तसँग भएको थियो । विवाहका दुलाहा बाजे लक्ष्मीकान्त पन्त चाँही साढे नौ वर्षका हुनु हुन्थ्यो रे । बज्यै एघार बर्षकी हुँदा वाजे र वज्यैको जीवनमा तेस्रो सदस्य थपिनु भएछ, कान्छी बज्यै । यसको कारण चाँही यस्तो थियो रे, कुनै चाडमा बज्यै माइत जानु भएको रहेछ । केही दिन पछि बाजेको घरवाट कोही वज्यैलाई लिन गएका रहेछन् । यता माइतीले छोरीलाई केही दिनपछि वनभोज खाएर मात्र पठाउने भन्नु भएछ । बाजेका बुवा चन्द्रकान्त पन्तलाई यो कुरा मन परेनछ । तुरुन्तै दोस्री बुहारीको खोजी गरेर विवाह समेत गरी दिनु भएछ । आफ्ना तीनै पत्नीको अल्पायुमा मृत्युभएको हुनाले आफ्ना एकमात्र छोरा लक्ष्मीकान्तको पनि एक श्रीमती गुमे अर्की जिउँदै रहने छिन् भन्ने उहाँको विचार थियो रे । र, सोही बमोजिम आफ्ना छोराको एघार वर्षकै उमेरमा दुई विवाह जुराएको रे । वज्यैल १६ बर्षको उमेरमा पहिलो सन्तान देवकान्त पन्तलाई जन्म दिनु भएको रहेछ । त्यसपछि कान्छी र जेठी वज्यै दुवैबाट गरी चौध सन्तान (मृत्यु भएका दुई सहित) भएका रहेछन् ।

त्यो बेला सुदूरपश्चिममा शिक्षाको सहजता हुने कुरै भएन । बाजे पढ्न भारत जानु भएछ । बाल्यकालवाटै बज्यैका काँधमा परिवारको जिम्मेवारी आइपरेछ । उता वाजेलाई पढ्ने जोहो मिलाउनु पर्ने, खर्च, सातु सामल पठाउनु पर्ने, यता छोराछोरीको लालनपालन, व्यवहार धान्नु पर्ने । समयक्रममा बाजेले भारतको पिलिभीतवाट आयुर्वेदाचार्य गर्नु भएछ । पढाइसकेर फर्किएपछि बाजेले आफ्नो जीवन समाजलाई स्वस्थ र शिक्षित बनाउन समर्पित गर्नु भएछ ।

बाजे पारिवारीक जिम्मेवारीवाट माथि उठेर शिक्षाका प्रवद्र्धक सँगै वरिपरीका गाउँका समेत ‘डाक्टर बा’ बन्नुभएछ । गाउँमै स्कूल खोल्ने मिसनमा लाग्नु त भयो, तर यो सजिलो कुरा थिएन । स्रोत कहाँवाट जुटाउने ? बाजे नेपाल र भारतका कयौ ठाउँहरुमा बर्षौसम्म चन्दा संकलन गर्दै हिड्नु भएछ । र, १०१७ सालमा उच्चाकोटमा सीताराम नामको स्कुल स्थापना भएछ, जुन हाल सीताराम माध्यमिक विद्यालयका रुपमा सञ्चालनमा छ । उक्त स्कुलवाट शिक्षाको ज्योतीले सिंचिनेहरुमध्ये एक नेपालका पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा पनि हुनुहुन्छ । बाजे सामाजिक परिवर्तनका अगुवासमेत हुनुहुन्थ्यो । बाहुनले हलो जोत्नुहुन्न भन्ने अन्धविश्वास रहेको त्यतिबेलाको समाजमा बाजेले आफूले हलो जोतेर बिद्रोह गर्नुभएको थियो ।

बाजे डाक्टर लक्ष्मीकान्त पन्तले नेपाल सरकारवाट सम्मानस्वरुप २०४९ मा गोरखा दक्षिण बाहु चौथो र २०७९ सालमा मरणोपरान्त प्रवल जनसेवाश्री पदक समेत प्राप्त गर्नु भएको थिया । बाजेका यस्ता कार्यले समाजलाई त अभूतपूर्व योगदान भयो, यता बज्यैको जीवन भने संघर्षको पर्याय बनेछ । घरभित्र र बाहिरको असिमित जिम्मेवारी र बोझ एकपछि अर्को थपिदै गएछन् । बाह्र छोराछोरीका निम्ति झण्डै बा र आमा दुवैको भूमिका निर्वाह गर्नुपर्ने बाध्यता दुई बज्यैको काँधमा आएछ, नेतृत्व भने बज्यैले लिनुभएछ । आफ्नी आमाका ती दिनहरु सम्झिदै जेठी छोरी सरस्वती भन्नुहुन्छ,‘मेरी इजा (आमा) बहादुर महिला थिइन् । बाको पढाइ पुरा गर्ने जिम्मेवारी आमाले नै पूरा गरिन् । बा जोगी बनेर हिंडेपछि उनले नै घरको मुलीको भूमिका निभाइन् ।

बिहान तीन बजे जितरा पिस्दै शुरुहुने उनको दैनिकी राती अबेर सम्म कठोर परिश्रममा बित्थ्यो । यदि आमाले साथ नदिएको भए बाको समाजसेवा, छोराछोरीको पढाइ केही पनि सम्भव थिएन । उनी भित्रवाट मायालु भएता पनि बाहिरवाट कठोर देखिन्थिन्, आफू अत्याधिक परिश्रमी भएर होला, काम गर्ने मान्छेलाई मात्र मन पराउँथिन् ।’ बज्यै मानसिक रुपमा मात्र नभएर शारिरीक रुपमा आश्चर्यजनक रुपमा बलियो थिइन् रे । बलिया लोग्नेमान्छेहरुले गर्न नसकेका कामहरु बज्यैले सजिलै गरेको देखेर गाउँनै आश्चर्यमा पर्ने गथ्र्यो रे । मैले एकपटक बज्यैलाई महिनावारी र सुत्केरी अवस्थाका बारेमा सोधेको थिएं । महिनावारीमा महिलाहरुले के लगाउँथे त ? बाक्लो गामन (फरीया) लगाउने गर्थे रे, त्यो बाहेक शरिरवाट बग्ने रगत व्यवस्थापन गर्ने अर्को कुनै उपाय हुदैनथ्यो रे । उनीहरु काम गर्दा गर्दै धारा, घाँस, दाउरा वा कुनै पनि स्थानमा सुत्केरी हुने गर्थे, न्वारन नहुन्जेल कसैले पनि छुँदैनथ्यो, सबै काम सुत्केरी स्वयमले गर्नुपथ्र्यो । कयौं खानेकुरामा रोक थिए । ती दिनहरु कति कष्टपूर्ण थिए होला ? ‘मेरो धेरै नै रगत बग्ने गथ्र्यो । हिड्दा गोरेटोमा रगत चुहिएको देखेर गाउँलेले देवकान्तकी इजा भनेर सजिलै थाहापाउँथे’ बज्यैले भन्नुभएको थियो ।

हामीलाई अहिले सोच्दा नै आङ जिरिंङ हुने गर्दछ । बज्यै आफ्ना वरिपरीका सबैखाले स्रोतहरु जुटाउने र परिचालन गर्ने गजवको खुबी राख्नुहुन्थ्यो रे । आफ्नी सासुको कुशल व्यवस्थापकीय पक्षलाई सम्झिदै बज्यैकी जेठी बुहारी उमा भन्नुहुन्छ, ‘बज्यैसँग आर्थीक मात्र होइन मानवीय स्रोत परिचालन गर्न सक्ने अद्भूत क्षमता थियो । उहाँले सँधै भन्नु हुन्थ्यो, काम गर्न सक्नुमात्र होइन, काम गराउन सक्नु पनि सीप हो, जसको अभावमा दुःख पाइन्छ । सुदूरपश्चिमको समाज सुधारको निम्ति बाजेको योगदानको पछाडि बज्यैकै प्रमुख भूमिका रहेको थियो । परिवारलाई आज यहाँसम्म ल्याइ पु¥याउन र एकतावद्ध राख्न बज्यैको अतुलनीय योगदान रहेको छ ।’ हुनत नेपालका आम महिला (आमा, हजुरआमा) हरु प्राय सबैको जीवन संघर्षमय नै वितेको पाइन्छ ।

बज्यै मलाइ असाधारण महिला लाग्नुहुन्थ्यो । उहाँलाई निराश र थाकेको मैले कहिल्यै देखिन । सय बर्ष पार  गरिसक्दा पनि उहाँको स्मरण शक्ति आश्चर्यलाग्दो गरी तीक्ष्ण थियो । भेट्न आउने सबैलाई चिन्नु मात्र हुन्थेन, त्यो व्यक्तिको वरिपरीका व्यक्ति, परिवारका सदस्य सबैको बारेमा सोधीखोजी गर्नु हुन्थ्यो । आफ्नो जीवनकालमा घटेका घटनाहरुका फेहरिस्त सबै सम्झनु हुन्थ्यो । उहाँको आत्मविश्वास जीवनका अन्तिम दिनहरुमा पनि लोभलाग्दो थियो । उहाँ आफूलाई ठीक लागेको काममात्र गर्नु हुन्थ्यो र आफ्नो निर्णयमा अडिग रहनु हुन्थ्यो । नेपाली समाज, त्यसमा पनि सुदूरपश्चिमको अति नै पितृसत्ताले जकडिएको परिवेशमा उहाँको यो पक्ष सशक्त थियो ।

बज्यैको अन्तिम दिनहरुमा अविराम सेवामा खटिनु भएकी बज्यैकी अर्की बुहारी कृष्णा आफ्नी सासु र वाल्यकाललाई सम्झिदै भन्नुहुन्छ, ‘विवाह हुँदा म बाह्र बर्षकी थिएँ । त्यो बेलाको समाजमा बुहारी त के छोरीलाई पनि पढाउने चलन थिएन । तर हाम्रा सासु, ससुरा फरक हुनु हुन्थ्यो । उहाँले आफ्ना छोरा मात्र होइन छोरी र बुहारीलाई पनि पढ्न पठाउनुभएको थियो । हामी चार बुहारी र दुइ छोरीहरु स्कुलको घण्टी लाग्नु अगाडि बिहानको घाँस दाउरा सकेर उपस्थित भइसकेका हुन्थ्यौं । ससुराले हामीलाई सेतो कोटा मार्किनको कपडालाई जामुनको बोक्राले रंगाएर हरीयो फ्रक र गुलावी सर्ट(विद्यालय पोशाक) सिलाई दिनुभएको थियो । ससुराका लागी पढाइ र गृहकार्य पुरा गर्नु नै पर्ने हुन्थ्यो, र सासुका लागि घरायसी काम सक्काउनै पर्ने हुन्थ्यो । तर दुवैले पढाइमा बाधा पु¥याउनु भएन ।’ समयकालमा, पहाडवाट मधेस झरेपछि उहाँहरुको पढाई छुट्न पुग्यो यद्दपी, यो नै वहाँहरुको जीवनका शैक्षिक आधार बन्यो । यही दौरानमा छोराछोरी पढ्कै देखेर, सुनेर बज्यै पनि पढ्न सक्ने हुनुभयो ।

त्यो समयमा हुने संचारका माध्यम भनेकै चिठीपत्र थिए । बाजे भारतमा पढ्ने बेलामा बाजे र बज्यैबीच चिठीवाट यदाकदा बात हुने गरेको रहेछ । एकपटक घरमा काम परेर बज्यैले बाजेलाई लिन एक व्यक्ति भारत पठाउनु भएछ । तर बाजे घर आउन मिलेनछ । सट्टामा बज्यैलाई चिठी पठाउनु भएछ । उक्त कवितात्मक चिठीका हरफहरु वज्यैलाई अन्तिम दिनहरुमा पनि कण्ठस्त थिए । ‘अरु बिर्सिए तर यो धेरै मनपरेको हुनाले याद गरे ।’ मुजा परेका आँखाहरु खुशीले चम्काउँदै चिठीका हरफहरु बज्यै यसरी सुनाउनु हुन्थ्यो, यसो भाग्यवती प्रिय शशीमुखी, सूर्यै जलाउँ सुन्दरी, मानिस आइपुग्यो पठाइ दिएछौ । धन्य म भन्छु प्रिय, माया लाग्छ मलाइ सुन्दरी सदा तिम्रो, प्रिय म के गरुँ, घरमा आउँ भनी तयार थिए, बिघ्नै प¥यो म के गरु ।

शुरुका दिनहरुमा मलाई बज्यैको कडा स्वभावका बारेमा सुन्दा अलि डर पनि लाग्थ्यो । धेरैबर्ष अगाडिको एक घटना सम्झिन्छु । म अफिसवाट केही दिनका लागी बाहिर जानुपर्ने काम सकेर घर फर्किएकी थिए । यात्रा र कामले होला शायद म थकि त देखिएकी हुन सक्छु । बज्यैले पहाडी भाषामा, तँ थाकेर आइस्, भोक तिर्खा लाग्यो होला, खाना खाएर आराम गर भन्नुभयो । सँगै उहाँले आर्थिक उपार्जन गर्न सजिलो नभएको, परिवर्तित समयमा महिला पुरुष दुवैले कमाउन पर्ने बाध्यता रहेको, पुरुष भन्दा महिलाले धेरै चुनौतीहरुको सामना गर्नुपर्ने यथार्थको बर्णन गर्नुभयो । अनि त्यो सबै गर्न सकेकोमा मेरो र सबै कामकाजी महिलाहरुको प्रशंसा गर्नुभयो ।

त्यो बेला म आश्चर्य र खुशीले भावुक मात्र भइन कि, त्यो सोच राख्न सक्ने हजुर आमा सासुका निम्ति हृदय देखि नै सम्मान व्यक्त गरे । एक कामकाजी महिलाका निम्ति घर बाहिरको संसार सहयोगी हुन जती जरुरी छ, त्यो भन्दा कयौ बढि आवश्यक छ, घरभित्रको वातावरण सकारात्मक र सहयोगी हुन । अन्यथा जीवन कठिन मात्र बन्दैन कि, यति कुरा नबुझ्नाले आजको दिनमा कयौ परिवारहरु विखण्डित पनि भएका छन् । बज्यैका ती भनाइ र वहाँले गरेको व्यवहार महिला सशक्तिकरणका निम्ति लेखिएका कानूनका ठेली र भाषण भन्दा जीवनोपयोगी र सशक्त लागे मलाई ।

हरेक परिवारका सदस्यहरुले यसरी नै सोच्ने हो भने कामकाजी महिलाको जीवन कती सहज हुन्थ्यो होला ? कल्पनासंगै म आफैलाई प्रश्न गर्छु ! बज्यै रसीक र हँसीमजाक गर्न पनि निकै रुचाउनु हुन्थ्यो । आफूलाई मन नपरेको कुरा ठाडै भनी हाल्ने बानी थियो । एकपटक एउटा रमाइलो घटना भयो । हाम्रो समाजमा पतीको नाम लिने चलन छैन । परिवारका बुज्रुकहरुलाई यो अझै पनि मन पर्दैन । म पनि बज्यै नजिक हुँदा भरसक रविनलाई नाम लिएर बोलाउँदैनथे । एकपटक बोलाउने क्रममा रविनलाई चलनचल्तीको शब्द बाबा भन्न पुगेंछु । बज्यैले सुनि हाल्नु भएछ । उहाँले सोध्नुभयो, कैलाई बाबा भन्नाछै, मेरो नाती तेरो बा हो ? त्यसपछि म झसंग भए । हामी सबै मज्जाले हास्यौं । त्यसपछी वहाँलाई नै सोधें, नाम भने तम्रिसाउँछौ, के भनेर बोलाउँ त बज्यै ?

बज्यैलाई नजिकवाट जान्नेहरु सबैले भन्नुहुन्छ, बज्यै एकदमै अनुशासीत, आत्म विश्वासी र सकारात्मक सोचकी धनी हुनु हुन्थ्यो । आफ्नो स्वस्थ खानपानमा बिशेष ध्यान राख्नु हुन्थ्यो । सबैभन्दा महत्वपूर्ण वहाँ आफूलाई प्रेम गर्न हुन्थ्यो । जसले आफूलाई प्रेम गरेर बाँच्न सक्छ, त्यो व्यक्ति खुशी हुन्छ । र, खुशी व्यक्ति दीर्घजीवि हुन्छ, बज्यै हामीलाई यही संदेश दिएर जानुभयो । जीवन र मृत्यु एकअर्काका पर्याय हुन् । हामी सबैको पुग्ने अन्तिम गन्तव्य एउटै हो । यद्यपि बज्यैको जस्तो अभूतपूर्व जीवन बाँच्न विरलै सम्भव हुन्छ । वहाँले हिंड्नु भएका पदचापहरु हामीले पछ्याउन सक्यौ भने यही  नै हाम्रो तर्फवाट सही श्रद्धाञ्जली हुनेछ । बज्यै हाम्रो मन र प्रार्थनामा जीवित रहनु हुनेछ ।

डिपसिकले अमेरिकी सेयर मार्केटबाट गुम्यो एक ट्रिलियन, ट्रम्पले दिए चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप डिपसिकबाट पाठ सिक्नुपर्ने टिप्पणी गरेका छन् । चिनियाँ कम्पनीले कम लागतमै शक्तिशाली एआई बनाउन सफल हुनु राम्रो भएको उनको भनाइ छ ।

“चिनियाँ कम्पनीले रिलिज गरेको डिपसिक एआई हाम्रो उद्योगका निम्ति एक वेकअप कल हुनुपर्छ, ताकि हामी यो प्रतिस्पर्धा जित्न लेजरकेन्द्रित भएर लाग्न सकौँ,” ट्रम्पले सोमबार फ्लोरिडामा भने ।

डिपसिक न्यून लागतको आर्टिफिसियल इन्टेलिजेन्स मोडेल हो । यसको उदयले हालका महँगा अमेरिकी एआई कम्पनीको प्रभुत्व खतरामा पर्न सक्ने चिन्ता बढेको छ । त्यसकारण लगानीकर्ताले अमेरिकी प्रविधि कम्पनीका सेयर बेचेका छन् ।

यसै सन्दर्भमा ट्रम्पले अमेरिकी टेक कम्पनीलाई आफ्नो वर्चस्व कायम राख्न चेतावनीपूर्ण सन्देश दिएका हुन् । “मैले चीन र चीनका केही कम्पनीबारे पढेँ र एउटा तीव्र गति एवं न्यून लागतको एआई आएको छ । यो राम्रो हो, किनभने हामीले त्यसका निम्ति धेरै खर्च गर्नु पर्दैन,” उनले भनेका छन् ।

ट्रम्पले चीनको सस्तो एआई प्रविधिलाई अमेरिकी कम्पनीले पनि पछ्याउने बताएका छन् । उनले भने, “हामीसँगै धेरै प्रतिभावान् व्यक्ति छन् र हामी सधैँ पहिलो हुन्छौँ । त्यसैले म भन्न चाहन्छु– अर्बौँ खर्च गर्नुको सट्टा यस किसिमको प्रविधिको विकास हामीले गर्छौँ ।”

डिपसिकको चर्चासँगै अमेरिकी टेक कम्पनीको सेयर घटेको छ । सोमबार अमेरिकी सेयर बजारबाट करिब एक ट्रिलियन अमेरिकी डलर गुमेको छ ।

१६ प्रतिशत सेयर मूल्य गिरावाट भएर चिप निर्माता कम्पनी एनभिडियाको मात्र ५०० अर्ब अमेरिकी डलरभन्दा बढी गुमेको छ ।

यस्तै, माइक्रोसफ्टको सेयर मूल्य ३.७, गुगलको मुख्य कम्पनी अल्फाबेटको २.६, टेस्लाको १.५, सिस्को सिस्टमको ४.९ र चिप निर्माता ब्रोडकमको सेयर मूल्य १६.४३ प्रतिशतले घटेको छ ।

अमेरिकी स्टक एक्सचेन्ज नास्ड्याक नै सोमबार करिब तीन प्रतिशतले घटेको छ । सस्तो र कम शक्तिशाली चिपबाटै डिपसिकजस्तो एआई प्रविधि बन्ने देखिएपछि लगानीकर्ताले महँगा अमेरिकी एआई कम्पनीहरुको सेयर बेचेका हुन् ।

डिपसिकको एप एप्पलको एप स्टोरमा हाल अमेरिका, बेलायतलगायत विभिन्न देशमा डाउनलोड र रेटिङका आधारमा एक नम्बरमा पुगेको छ । बीबीसीबाट ।

चौमाला–खैराला सडक :शिलान्यास भएको १७ वर्षपछि कालोपत्रको काम सुरु

कैलाली । कैलालीको चौमाला–खैराला सडक शिलान्यास भएको १७ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार निर्माण कम्पनीले सडकको नालीसहितका पूर्वाधारको काम सकेर नौ सय मिटरमा कालोपत्र गर्ने काम सुरु गरेको हो ।

सो सडकको नौ सय मिटर सडक कालोपत्र गर्नका लागि गत आर्थिक वर्ष २०८०÷८१ को वैशाखमा रु एक करोड ९५ लाखमा ठेक्का सम्झौता भएको थियो । सडक डिभिजन कार्यालयका इन्जिनियर चित्र चौलागाईंका अनुसार उक्त सडकमा नालीसहितका पूर्वाधारको काम सकेर कालोपत्र गर्ने काम अघि बढेको छ ।

उनले फागुन मसान्तभित्र सडक कालोपत्र सम्पन्न हुने गरी निर्माण कम्पनीले काम गरिरहेको छ । चौमाला बजार क्षेत्रदेखि उत्तरी भेगको नौ सय मिटर कालोपत्रको काम शिलान्यास भएको १७ वर्षपछि सुरु भएको बताए ।
चालु आर्थिक वर्षमा सडक डिभिजन कार्यालयले उक्त सडकको चुरे फेदीसम्म थप पाँच किलोमिटर कालोपत्र गर्नका लागि रु १० करोड बजेट सङ्घीय सरकारसँग माग गरेको छ । चुरे क्षेत्रको सडक कालोपत्र तथा स्तरवृद्धिका लागि थप बजेट माग गरेको इन्जिनियर चौलागाईंको भनाइ छ  ।

सङ्घीय सरकारले सडक डिभिजन कार्यालयले गरेको मागअनुसार रु १० करोड बजेटको सुनिश्चितता प्रदान गरेमा थप पाँच किलोमिटर सडकको स्तरवृद्धि गरिने उनले जानकारी दिए । चौमाला बजारदेखि खैराला जोड्ने उक्त सडकको २०६४ चैत २८ गते शिलान्यास गरिएको थियो । चौमाला–खैराला सडकको शिलान्यास गरेको १७ वर्षपछि सडकको स्तरवृद्धि गरिन थालेपछि सडक निर्माणले पूर्णता पाउने आशा पलाएको चुरे गाउँपालिका–४ का स्थानीय प्रेम गुरुङको भनाइ छ ।

चौमाला–खैराला सडकको स्तरवृद्धि नहुँदा हरेक वर्षायाममा यातायात सञ्चालनमा समेत समस्या हुँदै आएको उनले बताए । चौमाला–खैराला सडकको चुरे क्षेत्रमा स्तरवृद्धि भएमा आवागमनमा सहजतासँगै त्यहाँ उत्पादित कृषिजन्य वस्तुले बजार पाउने उनको भनाइ छ । चौमालादेखि ऐतिहासिक गर्भा दरबारसम्मको सडकको लम्बाइ २४ किलोमिटर रहेको छ । कैलालीको चुरे–४ खैराला सुन्तला, बेसार, अदुवा, अमिलो, कागतीको पकेट क्षेत्रका रुपमा चिनिँदै आएको छ ।

टिकटकको स्वामित्व माइक्रोसफ्टले लिन सक्ने ट्रम्पको संकेत

वासिंगटन डिसी ।  चिनियाँ भिडियो प्लेटफर्म टिकटक अमेरिकन कम्पनी माइक्रोसफ्टले खरिद गर्ने संकेत देखिएको छ ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट टिकटक किन्न विचार गर्ने कम्पनीहरू मध्ये एक रहेको बताए पछि सो बारेमा थप चर्चा परिचर्चा सुरु भएको हो ।

चिनियाँ प्लेटफर्म टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै हाल ‘प्रतिबन्धको अवस्था’ मा रहेको बेला ट्रम्पको यो पछिल्लो टिप्पणी आएको हो ।

माइक्रोसफ्टले लोकप्रिय भिडियो साझेदारी एप प्राप्त गर्न वार्ता गरिरहेको छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले भने, ‘हो भइरहेको छ ।’

ट्रम्पले टिकटकमा ठूलो चासो रहेको बताउँदै बिक्रीमा चासो राख्ने अमेरिकी फर्महरूको पूर्ण सूची उपलब्ध गराउन भने अस्वीकार गरेका छन् ।

मियामीबाट वाशिंगटन, डीसी, एयर फोर्स वनमा यात्रा गर्दा ट्रम्पले पत्रकारहरूलाई भने, ‘मलाई युद्धहरू बिड गर्न मन पर्छ किनभने तपाईं आफ्नो उत्तम सम्झौता गर्नुहुन्छ।’

माइक्रोसफ्ट र टिकटक दुवैले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

अछामका किशोरी मृत्यु प्रकरण : अनुसन्धानमा खटियो प्रदेश टोली

अछाम । अछाममा गोठालो गएका बेला दुई जना किशोरी मृत अवस्थामा भेटिएको घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयको टोली समेत परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालयले ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएका थिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्दले जिल्ला प्रहरी कार्यालयले गरिरहेको अनुसन्धानलाई सघाउन प्रदेशबाट छुट्टै टोली परिचालन गरिएको बताए । “जिल्ला प्रहरी कार्यालयले दुई जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिररहेको छ तर अहिलेसम्म धेरै कुरा खुलेको छैन्,” उनले भने, “अनुसन्धानलाई सघाउन प्रदेशबाट टोली परिचालन गर्दैछौं । दिउँसोसम्म अछाम पुग्छ ।”

शनिबार बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवै जना आइतबार मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरी भण्डारीकाअनुसार घटनाको अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको छ । उनीहरूमाथि अनुसन्धान जारी छ ।

सोधपुछका लागि समेत प्रहरीले केहीलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ । डीएसपी भण्डारीले घटना हत्या वा भवितव्य के हो ? अहिले नै भन्न सकिने अवस्था नरहेको बताए । भण्डारीले अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) सँग पनि सहयोग लिइरहेको बताए ।

भेरी प्रादेशिक अस्पतालमा मृतक किशोरीहरूको शव परीक्षण गरिएको छ तर रिपोर्ट आउन बाँकी छ । उनीहरू शव मंगलबार अछाम ल्याइने प्रहरीले जनाएको छ ।

प्रहरीले तालिमप्राप्त कुकुरको प्रयोग गरेर पनि अनुसन्धान गरेको थियो । मृतकका आफन्तले घटना शंकास्पद रहेकाले गहिरो अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

आशिका तामाङलाई १० हजार धरौटीमा छाड्ने निर्णय

काठमाडौँ । अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले रिहा गर्ने निर्णय गरेको छ । उनलाई १० हजार धरौटीमा छाड्ने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

उनलाई स्वयम्भूबाट पक्राउ गरेर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरेको थियो । माघ २ मा पक्राउ परेकी आशिकालाई धरौटी बुझाएपछि फेरि पक्राउ गर्ने प्रहरीको तयारी छ । उनीविरुद्ध भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएको छ । काठमाडौँका प्रजिअ भन्छन्, ‘भक्तपुरमा पनि मुद्दा रहेछ, धरौटी बुझाएपछि उता पठाउँछौँ ।’
पशुपति क्षेत्र विकास कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी शुकदेव खनालसँग ‘विवाद’ गरेकी थिइन् । प्रहरीसँग उनले विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले प्रहरीको काममा अवरोध सिर्जना गरेको आरोप छ ।

 

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि ३९ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला टोलीका ३९ खेलाडी बन्द प्रशिक्षणमा बोलाइएको छ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकमा पुनः नियुक्त भएका राजेन्द्र तामाङले प्रारम्भिक सूचीमा ३९ खेलाडी छनोट गरेका छन्।

बन्द प्रशिक्षण माघ १८ गतेदेखि सुरु हुनेछ। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमारको सहभागिता रहनेछ। खेलहरु फिफा विन्डो अन्तर्गत हुने भएकाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछन्।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरू:

अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, अमृता जैशी, गीता राना, विमला बिके, निशा ठोकर, समिक्षा घिमिरे, पूजा राना, अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रीति राई, विमला चौधरी, रेनुका नगरकोटी, सरु लिम्बु, सबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, सबिता राना मगर, सजनी ठोकर, चन्द्रा भण्डारी, रेनुका हमाल, सम्झना लावती, सबित्री किशन, साहरा लिम्बु, सुष्मा तामाङ, मनमाया दमाई, हेमा चौधरी, सुजाता तामाङ, बिर्सना चौधरी, सुक्रिया मियाँ, प्रतीक्षा चौधरी, सेमिहाङ्मा लिम्बु पन्धाक, मीना देउवा, पुष्पा कुमारी खड्का, यशोदा शाही, ममता पुन र झुमा विश्वकर्मा।

अछामका किशोरी मृत्यु प्रकरण : जनप्रतिनिधिद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

अछाम । अछामका जनप्रतिनिधिहरुले दुई जना किशोरीको मृत्यु भएको घटनाबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखको ध्यानाकर्षण गराएका छन्।

सोमबार बिहान गृहमन्त्री निवासमै पुगेर पूर्वमन्त्री तथा अछाम १ का सांसद शेरबहादुर कुँवर, अछाम २ का सांसद पुष्पबहादुर शाह र पन्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले घटनाको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन ।

उनिहरूसँग मन्त्री लेखकले घटनाको सुरुवातदेखि नै आफूले गम्भीरतापूर्वक लिएको बताएको नगरप्रमुख चलाउनेले जानकारी दिए ।

उनका अनुसार घटनाको छानबिनका लागि प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान थालेको छ ।

जिल्लाको ढकारी गाउँपालिका ८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी शव फेला परेको थियो ।

शवको भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा पोस्टमार्टम भइरहेको छ ।

यस्तै, भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउने अछामका पाँच जनाको परिवारलाई सरकारले राहत दिनुपर्ने विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्रीसमक्ष माग गरेका छन् । साथै उनहरुले नेपालदेखि भारतमा काममा जाने मजदुरको बिमा गरिनुपर्ने धारणा राखे ।

नेपालमा यूएसएआईडीका सबै परियोजना तीन महिनाका लागि स्थगित हुने

काठमाण्डौ : अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले नेपालमा सञ्चालित सबै परियोजना स्थगित गर्न पत्र पठाएको छ ।

अमेरिकाले तीन महिनाका लागि विदेशी अनुदान स्थगित गर्ने निर्णय गरेसँगै यूएसएआईडीले नेपाललाई पनि पत्र पठाएर तीन महिनाका लागि सबै कार्यक्रम रोक्न भनेको हो ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले दातृ निकायमार्फत हिजो पत्र प्राप्त भएको उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार पत्रमा तालिम, सामान किनमेल, समुदायका लागि सञ्चालित कार्यक्रमलगायत स्थगित गर्न भनिएको छ ।

तीन महिना पछि प्रभावकारिताका आधारमा मूल्याङ्कन गरेर अनुदान दिने/नदिनेसम्बन्धी निर्णय गर्नेसमेत पत्रमा उल्लेख भएको सुवेदीले जानकारी दिनुभयो ।

नयाँ सरकार आउँदा अघिल्ला कार्यक्रमहरूको लगानीमा प्रभावकारिता हेर्नु स्वाभाविक भएको र पत्रमा कार्यक्रमहरू खारेज नभनी स्थगित भनेकाले पछि अनुदानले निरन्तरता पाउने सम्भावना रहेको उहाँको भनाइ छ ।

नेपाल जस्तो अल्पविकसित देशलाई दिएको अनुदान पूर्ण रूपमा रोक्ला जस्तो आफूलाई नलागेको सुवेदीले उज्यालोलाई बताउनुभयो ।

यूएसएआईडीले अर्थ मन्त्रालयलाई पनि पत्र लेखेर अनुदानमा सञ्चालित सबै कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी दिएको छ ।

पत्रमा यूएसएआईडी र नेपालको सम्झौताअनुसार सञ्चालित स्वास्थ्य, शिक्षा, कृषि र समावेशी नीतिसहित मुख्यतः चार क्षेत्रका कार्यक्रम तत्काल निलम्बित भएको उल्लेख छ ।

पत्रमार्फत राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयनका लागि अहिलेलाई ९० दिनका लागि अनुदान निलम्बन गरिएको जानकारी दिए पनि पनि त्यसपछि के हुन्छ भन्ने उल्लेख छैन ।

अमेरिकाले नेपाललाई बजेटमा समावेश हुने गरी (बजेटरी) र बजेटभन्दा बाहिर खर्च गर्ने गरी (गैरबजेटरी) माध्यमबाट अनुदान दिँदै आएको छ  । धेरै अनुदान यूएसएआईडीमार्फत आउने गर्छ ।

नेपालमा पूर्वाधारसम्बन्धी कार्यक्रमका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत आइरहेको अनुदान छुट्टै हो ।

अमेरिकाबाट प्राप्त अनुदान नेपालमा सुशासन, मानव विकास, विपद् सुरक्षण तथा पूर्वतयारी, पूर्वाधार निर्माण, शिक्षा तथा स्वास्थ्य र जनसङ्ख्या क्षेत्रअन्तर्गत मातृ तथा शिशु स्वास्थ्य र परिवार नियोजन, एचआईभी एड्स, पानी आपूर्ति तथा सरसफाइ, आधारभूत स्वास्थ्यलगायत क्षेत्रमा प्रयोग हुँदै आएको छ ।

देशको वित्तीय सुधार, प्रशासन सुधारलगायत क्षेत्रमा पनि अमेरिकी अनुदान खर्च हुँदै आएको छ । कृषि क्षेत्रतर्फ कृषि नीति तथा प्रशासन व्यवस्थापनमा अमेरिकी अनुदानको ठूलो रकम उपयोग भइरहेको छ ।

राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले पद सम्हाले लगत्तै अमेरिकाले तत्कालका लागि वैदेशिक अनुदान रोक्ने निर्णय गरेपछि विश्वभर नै तरङ्ग उत्पन्न भएको छ । अब तीन महिनाको समीक्षापछि अनुदान स्थगन गर्ने वा निरन्तरता दिने भन्ने विषय अमेरिकी सरकारले टुङ्गो लगाउने छ ।

इजरायल र हमास : थप छ बन्धक रिहाइ गर्ने सहमति

गाजा  । इजरायल र हमासले थप छ जना बन्धकलाई रिहा गर्ने सम्झौता भएको छ ।बन्धक र कैँदी आदानप्रदानका लागि थप कुटनीतिक वार्तापछि प्यालेस्टिनीहरू सोमबारदेखि युद्धग्रस्त गाजा पट्टीको उत्तरी क्षेत्रमा फर्किन थालेका छन् ।

इजरायल–हमास युद्धले गाजा पट्टीलाई तहसनहस पारेको छ र यसका लगभग सबै बासिन्दाहरूलाई विस्थापित गरेको छ । गाजामा चलेको १५ महिनाभन्दा बढीको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले एक सम्झौता अन्तर्गत थप बन्धक–कैदी अदला–बदलीका लागि मार्ग प्रशस्त भएको छ ।

हमासले नागरिक महिला बन्धकहरूलाई रिहा गर्न असफल भएको भन्दै इजरायलले उत्तरी गाजामा प्यालेस्टिनीहरूको ठुलो भीडलाई उनीहरूको घर फर्कनबाट रोक्दै आएको थियो ।

हमासको नेतृत्वमा रहेको प्यालेष्टिनी गृह मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताएअनुसार प्यालेस्टिनीहरूको भीड सोमबार बिहानैदेखि उत्तरतर्फ जान थालेको छ ।

“विस्थापित प्यालेस्टिनीहरूको बाटो खुल्न थालेको छ’’, ती अधिकारीले भने ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले बिहीबार तीन जना र शनिबार अन्य तीन जनालाई रिहा गर्ने सहमति भएको जनाएको छ ।

हमासले सोमबार जारी गरेको विज्ञप्तिमा उक्त सहमतिको पुष्टि गरेको छ ।

यसैबीच प्यालेस्टिनी नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई ‘खाली’ गर्ने योजनाको निन्दा गर्दै युद्धग्रस्त क्षेत्रका बासिन्दालाई जबर्जस्ती विस्थापित गर्ने कुनै पनि प्रयासको प्रतिरोध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा ‘विध्वंसस्थल’ बनेको बताउँदै जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग प्यालेस्टिनीलाई बाहिर निकाल्ने विषयमा कुरा भएको बताएका थिए।

“इजिप्टले गाजामा रहेका आफ्ना मानिसहरूलाई लिएर जाओस् र जोर्डनले पनि त्यसै गरोस् भन्ने म चाहन्छु”, ट्रम्पले शनिबार एयर फोर्स वनमा पत्रकारहरूसँगको कुराकानीमा भने, “तपाईं शायद १५ लाख मानिसहरूको बारेमा चिन्ता व्यक्त गर्दै हुनुहुन्छ, र हामी त्यो सबै खाली गर्न चाहन्छौँ । तपाईंलाई थाहा छ, शताब्दियौंदेखि यो स्थानमा धेरै सङ्घर्षहरू थिए । मलाई थाहा छैन तर त्यहाँ केहि हुनुपर्छ ।

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणपछि सुरु भएको युद्धका कारण गाजाका २४ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् ।

शनिबार ट्रम्पले गाजाका बासिन्दालाई स्थानान्तरण गर्नु ‘अस्थायी वा दीर्घकालीन पनि’ हुन सक्ने बताएका थिए।

इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा रहेका प्यालेस्टाइनी नेता महमुद अब्बासले गाजाबाट प्यालेस्टाइनीहरुलाई विस्थापित गर्ने उद्देश्यले सञ्चालित कुनै पनि परियोजनाको कडा अस्वीकार र भत्र्सना गरेका छन्।

हमासको राजनीतिक ब्यूरोका सदस्य बासेम नईमले एएफपीसँग भने, “प्यालेस्टिनीहरूले यस्ता परियोजनाहरूलाई विफल पार्नेछन्, जसरी उनीहरूले ‘दशकौंदेखि विस्थापन र वैकल्पिक मातृभूमिका लागि’ यस्तै योजनाहरू गर्दै आएका छन् ।”

गाजामा हमाससँग मिलेर लडेको इस्लामिक जिहादले ट्रम्पको विचारलाई ‘निन्दनीय’ भनेको छ ।

इस्लामिक जिहादले भनेको छ, “प्यालेस्टिनीहरूका लागि गाजाबाट उनीहरूलाई अन्यत्र सार्ने कुनै पनि प्रयासलाई अरब संसारले ‘नक्बा’ वा विपत्ति भनेको छ । यसले सन् १९४८ मा इजरायलको स्थापनाको समयमा प्यालेस्टिनीहरूको सामूहिक विस्थापनको अँध्यारो सम्झनाहरू जगाउनेछ ।

“हामी ट्रम्प र सम्पूर्ण विश्वलाई भन्छौं, जे सुकै भए पनि हामी प्यालेस्टाइन वा गाजा छोड्ने छैनौं,” गाजाका विस्थापित बासिन्दा रशाद अल–नाजीले भने ।

इजरायलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोटरिचले युद्धविराम सम्झौताको विरोध गर्दै गाजामा इजरायली बस्ती पुनः स्थापनाका लागि समर्थन जनाएका छन् ।

अरब लिगले उक्त प्रस्तावलाई अस्वीकार गर्दै प्यालेस्टिनी जनतालाई आफ्नो भूमिबाट विस्थापित गर्ने प्रयासविरुद्ध चेतावनी दिएको छ ।

लिगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जबर्जस्ती विस्थापन र आफ्नो भूमिबाट मानिसहरूलाई निष्कासन गर्नुलाई जातीय सफाया मात्र भन्न सकिन्छ।”

जोर्डनका विदेशमन्त्री अयमान सफादीले भने, “प्यालेस्टिनीहरूको विस्थापन योजनामा हाम्रो दृढ अस्वीकृति छ र स्थानान्तरण हुनेछैन। जोर्डन जोर्डनका लागि हो र प्यालेस्टाइन प्यालेस्टिनीका लागि हो ।

इजिप्टको विदेश मन्त्रालयले प्यालेस्टाइनको ‘अविभाज्य अधिकार’ को कुनै पनि उल्लङ्घनलाई अस्वीकार गरेको जनाएको छ । इजरायलले बन्धक बनाइएकी एक महिला अर्बेल येहुदको रिहाई नभएसम्म प्यालेस्टिनीलाई आवतजावतमा रोक लगाउने बताएको थियो ।

नेतन्याहूको कार्यालयका अनुसार उनी बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

हमासले उत्तरमा फर्कन रोक्नु पनि युद्धविरामको उल्लङ्घन भएको बताउँदै येहुदको रिहाईका लागि आवश्यक सबै ग्यारेन्टी प्रदान गरेको जनाएको छ ।

इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले सोमबार स्थानीय समयअनुसार बिहान ७ बजेदेखि पैदल र बिहान ९ बजे कारमा फर्किन अनुमति दिइने बताएका छन् ।

गाजा युद्धविरामको पहिलो चरणमा इजरायली जेलमा रहेका करिब एक हजार ९०० प्यालेस्टिनीहरूको बदलामा ३३ जना बन्धकहरूलाई छ हप्तामा चरणबद्ध रूपमा रिहा गरिने सहमति भएको छ र सम्झौताका बुँदा अनुसार अन्यथा नभएमा यो आदानप्रदान सुनिश्चित गरिएको छ ।

पछिल्लो पटक भएको अदलाबदलीमा चार जना इजरायली महिला बन्धक, सबै सैनिक र २०० जना कैदी, लगभग सबै प्यालेस्टिनीलाई शनिबार रिहा गरिएको थियो । एएफपी

 

सामुदायिक वनका १६ तालमा भजनी नगरपालिकाको कब्जा,संकटमा उपभोक्ता समुह

रञ्जना बि.सी. / कैलाली । कैलालीको भजनी नगरपालिका–६ की चक्रभामी चौधरी ईन्डक्सन चुलोमा खाना पकाउछिन् । आधुनिक प्रविधिमा आधारित यो विद्युतीय चुलोको प्रयोगले दाउरामाथिको निर्भरताको त अन्त्य भयो नै, चक्रभामीको समय पनि बचत हुन थाल्यो ।

पहिला उनलाई दाउरा नभए खाना पाक्दैन भन्ने चिन्ताले सताउथ्यो । ‘खाना पकाउनै प¥यो । अरु काम छोडेर पनि दाउरा खोज्न जंगल जान्थे ।’ उनी भन्छिन्, जुन दिनदेखि ईन्डक्सन प्रयोग गर्न थाले । त्यही दिन दाउराको खोजीमा जंगल जानुपर्ने बाध्यताको अन्त्य भयो ।

दाउरामा खाना पकाउँदा त्यसबाट निस्किने धुवाले उनलाई असर पुग्थ्यो । ईन्डक्सन चुलोको प्रयोगले उनको स्वास्थ्यमा पनि सकारात्मक असर परेको छ । ‘धुवाँले एकातिर स्वास्थ्य बिग्रिने । अर्कोतिर गर्मीयाममा त आगो नजिक बसेर खाना पकाउन नै गाह्रो हुने,’चक्रभामी भन्छिन्, ईन्डक्सन चुलोको फाईदै फाईदा । न स्वास्थ्य बिग्रिने डर । न त खाना पकाउन समस्या ।’

धुवाँ रहित चुलोले एकसाथै सवै समस्या अन्त्य गरिदिए पछि उनी दंग छिन् । त्यसको श्रेय आफू उपभोक्ता रहेको प्रगतिशिल सामुदायिक वनलाई दिन्छिन्, र भन्छिन्, त्यसका लागि सामुदायीक वनलाई धन्यवाद ।
चक्रभामीलाई यो ईन्डक्सन चुलो सामुदायिक वनले आफ्नो वार्षिक योजना मार्फत दिएको थियो ।

सामुदायीक वनबाट चुलो पाएका उनीसंगै अन्य १५ जना उपभोक्ताको प्रतिक्रिया पनि फरक छैन् । आफ्ना उपभोक्ताहरुको सुविधाका लागि ईन्डक्सन चुलो वितरण गरेको प्रगतिशिल सामुदायिक वनले आयआर्जन वृद्धिका लागि उनीहरुलाई बाख्रा र बंगुर पालनका लागि विऊ पूँजी पनि दिएको छ ।

त्यतिमात्र नभएर न्यून आय भएका विद्यार्थीलाई छात्रवृती समेत प्रदान गर्दै आएको छ । त्योसंगै स्थानीय सडकको मर्मत र सामुदायीक वनको भवन निर्माण पनि गरेको छ ।  यसको स्रोत सामुदायीक वन र त्यही वन भित्र रहेको ललकपरिया तालबाट प्राप्त हुने राजस्व थियो ।

चार हेक्टर क्षेत्रफलमा फैलिएको वडा नम्बर ४ स्थित ललकपरिया तालमा माछा पालनबाट वार्षिक एक लाख रुपैया भन्दा बढी आम्दानी हुन्थ्यो । तर २०७७ साल देखि सामुदायिक वनको आम्दानी घट्यो । आफ्नो मातहतमा रहेको तालमाथि भजनी नगरपालिकाको स्वामित्व कायम भएपछि भने सामुदायीक वनको आम्दानी घटेको हो ।

प्रगतिशिल सामुदायिक वनले वनकै आम्दानीबाट निर्माण गरेको भवन

यही नगरपालिकामा रहेको अर्काे सयपत्री सामुदायीक वनले टोलसुधार कार्यक्रम संगै महिलाहरुलाई आत्मनिर्भर बनाउन बाख्रा र बंगुरपालन लगायतका तालिम दिने गरेको छ । यस बाहेक स्थानीय शिक्षामा पनि महत्वपूर्ण योगदान पु¥याएको छ । सयपत्री सामुदायीक वनका अध्यक्ष पदम चौधरीले वनको आम्दानीबाट सात वर्षको अवधिमा स्थानीय राष्ट्रिय मावि पचमुडियालाई १० लाख भन्दा बढी सहयोग गरेको बताए । जुन रकम विपन्न विद्यार्थीहरुलाई छात्रवृत्तिसंगै निजीश्रोतबाट राखिएका शिक्षकको तलबमा खर्च गरिएको थियो ।

यस्तै गञ्जवास्थित शिव आधारभूत विद्यालयलाई एक लाख ५० हजार बराबरको सहयोग गरेको अध्यक्ष चौधरीले बताए । यो वनको पनि आम्दानीको प्रमुख श्रोत त्यसभित्र रहेका तालहरु हुन् । सयपत्रीमा एउटा प्राकृतिक ताल र दुई वटा मानव निर्मित ताल छन् । जसबाट वार्षिक रुपमा चार देखि पाँच लाख रुपैया आम्दानी हुने गरेको छ ।

पहिले खैलाँड गाविसको मातहतमा रहेका यी तालहरु आफ्नो स्वामित्वमा आएपछि भजनी नगरपालिकाले ठेक्कामा लगायो । नगरपालिकाले आह्वान गरेको ठेक्कामा  टेण्डर नपरेपछि यी तालहरुको संरक्षण र व्यवस्थापन भने सामुदायीक वनले गर्दै आएको छ ।

आफ्ना उपभोक्ताहरुको आर्थिक प्रगतीसंगै स्थानीयस्तरमा शैक्षिक, भौतिक र सामाजिक विकासमा अहम भूमिका निर्वाह गर्ने प्रगतिशिल र सयपत्री सामुदायीक अपवाद होईनन् । भजनी  नगरपालिका भित्रका थुप्रै सामुदायिक वनले यस्ता तमाम उदाहरणीयकाम गरेका छन् । जसको श्रेय सामुदायीक वन भित्र रहेका तालहरुको आम्दानीलाई जान्छ ।

केही वर्ष अघिसम्म निलकण्ठ सामुदायीक वनले पनि तालहरुबाटै वार्षिक रुपमा १६ देखि २० लाख रुपैयासम्म आम्दानी गथ्र्यो । त्यही आम्दानीबाट तीन सय भन्दा बढी उपभोक्तालाई ग्याँस सिलिण्डर बितरण गरेको थियो । गाउँ र जंगल जोड्नेएक किलोमिटर लामो सडक ग्रावेल र ७५ घरधुरीमा  विद्युत जडान वनकै आर्थिक सहयोगबाट संभव भयो ।

निलकण्ठ सामुदायीकवनले महिलाहरुलाई आत्मनिर्भर बनाउन दुई वर्ष सम्म सिलाई कटाई तालिम दियो । जसबाट ५० जना महिला स्वरोजगार भए । वनले आफ्नो आम्दानीबाट विपन्न वर्गका विरामीलाई दुई हजार रुपैया सहयोग पनि दिने गरेको थियो ।

नगरपालिकाले वन भित्रका तालहरु आफ्नो स्वामित्वमा लिएपछि भने कर्मचारीलाई तलब दिन र कर चुक्ता गर्न नसकेको निलकण्ठ सामुदायीक वनका अध्यक्ष लक्षीराम चौधरी बताउछन् ।

उता प्रतिक्षा सामुदायिक वनको अबस्था पनि निलकण्ठको भन्दा फरक छैन् । जंगलको क्षेत्रफल सानो थियो । आम्दानीको प्रमुख स्रोत तालहरु थिए । जसबाट वार्षिक रुपमा ८० हजार भन्दा बढि आम्दानी हुन्थ्यो । वनका अध्यक्ष मनसरी चौधरीका अनुसार त्यही रकमबाट कर्मचारीको तलब र कर चुक्ता हुने गरेको थियो । दुई वटा तालमाथि नगरपालिकाको स्वामित्व कायम भएपछि वनको आम्दानीका आधारहरु बन्द भए ।

प्रगतिशिल सामुदायिक वन क्षेत्र भित्र रहेको ललकपरिया ताल

यो समस्या प्रतिक्षा, निलकण्ठ र प्रगतिशिल सामुदायिक वनको मात्रै होइन । नगरपालिकाले ताल स्वामित्वमा लिएका १३ वटै सामुदायिक वनको अवस्था उस्तै छ । तालको स्वामित्वलाई लिएर नगरपालिका र स्थानीय सामुदायीक वनबीचको छलफल पछि सम्पूर्ण तालहरुमाथि नगरपालिकाले हस्तक्षेप ग¥यो ।

वनहरुले त्यसको भोगाधीकार गुमाए । तालमाथिको भोगाधीकार गुमाएका वनहरु संग आम्दानीको स्रोत बन्द भयो । जसका कारण वनका सबै आर्थिक गतिबिधि र सहयोगका कार्यक्रमहरु बन्द भए ।

विवाद कसरी सुरु भयो ?

२०७७ साल चैत २७ गते भजनी  नगरपालिका र ताल तलैया भएका सामुदायीक वन उपभोक्ता समुहबीच बैठक बस्यो । जसको अध्यक्षता तत्कालीन उपमेयर छाया देवकोटाले गरेकी थिइन । बैठकमा सामुदायीक वनभित्र रहेका ताल तलैयाहरुको सम्पूर्ण भोगचलन नगरपालिकाले गर्ने निष्कर्ष निस्कियो ।

न्यूनतम मुल्य तोकेर टेण्डर गरेपछि जुन सामुदायिक वनको तालबाट जति रकम उठ्छ त्यसको ५० प्रतिशत रकम सोही ताल रहेको समुदायमा परिचालन गर्ने लिखित निर्णय पनि भयो । आम्दानीको  ५० प्रतिशत रकम पाउने सहमती भएपछि उपभोक्ता समूहले १६ वटा ताल नगरपालिकालाई दिन सहमत भएको सामुदायिक वन समन्वय समिति भजनीका उपाध्यक्ष दिपक चौधरी बताउछन् ।

भजनी नगरपालिकाले ताल स्वामित्वमा लिएबापत ताल तलैया भएका उपभोक्ता समूहहरूलाई ५० प्रतिसत दिने लिखित सहमति 

तर ताल स्वामित्वमा लिएको चार वर्ष वितिसक्दा पनि नगरपालिकाबाट उपभोक्ता समुहले कुनै रकम पाएका छैनन् । अहिले नगरपालिकाले १७ वटा ताल ठेक्कामा दिदै आएको छ । जसमध्ये १६ वटा ताल सामुदायीक वनभित्र रहेका छन् । तर राजस्व असुली गर्न पालिका असक्षम भएको छ ।

भजनी नगरपालिकाको राजश्व शाखाको तथ्याङ्क अनुसार हालसम्म ठेक्कामा लगाएका तालहरुबाट आर्थिक वर्ष २०७९÷८० मा १३ लाख ४० हजार, आ.व. २०८०÷८१ मा ३६ लाख ९८ हजार ४ सय ४९, आ.व. २०८१÷८२ मा ३१ लाख ४२ हजार ७२६ गरी तीन वर्षमा ८१ लाख ८१ हजार १ सय७५ रुपैया मात्रै संकलन भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छद ९ मा स्थानीय सरकारले बित्तिय अधिकार क्षेत्र अन्तर्गत बिभिन्न कर तथा शुल्क आए ठेक्का वाफत बक्यौता रकम समेत असुली गर्नु पर्ने व्यवस्था छ । रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन २०२० को दफा १२ बमोजिम वार्षिक बुझाउनु पर्ने रकम तीन किस्तामा अग्रिम रकम बुझाउनु पर्ने, समयमा नबुझाए वार्षिक १० प्रतिशतका दरले सुद लिनु पर्ने व्यवस्था छ ।

तर पालिकाले सो व्यहोरा पालना नहुने गरी ठेक्का बन्दोबस्त गरेका १८ वटा व्यवसायीहरुबाट २ करोड २३ लाख ४४ हजार ६२ रुपैयाँ असुल गर्न बाँकी रहेको छ । यो कुरा महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदका अनुसार आ.व. २०७९/८० मा ठेक्का सम्झौता भएका १७ वटा तालबाट १ करोड ९८ लाख २३ हजार ५ सय ५९ रुपैयाँ पनि असुल गर्न बाँकी रहेको छ ।

भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी तालहरुको ठेक्काबाट झण्डै छ करोड राजश्व उठाउन नसकिएको बताउछन् ।  यद्यपी ताल स्वामित्वको विवादबारे भने उपभोक्ता समूहलाई दोष दिन्छन् । भन्छन्, ‘उपभोक्ता समूहहरु स्थानीय सरकारसंग समन्वय गरेर अघि बढ्नु पर्ने हो । तर उहाँहरु अनावश्यक रुपमा विवाद सिर्जना गरिरहनु भएको छ ।’

तालहरु नगरपालिकाले लिएपछि आम्दानीको प्रमुख श्रोत गुमाउनु परेको सामुदायीक वनका उपभोक्ताहरु बताउछन् । आफ्नो स्वामित्वमा लिएका सबै तालहरु नगरपालिकाले वनलाई फिर्ता गर्नु पर्ने उनीहरुको माग छ ।  त्यसो नगरे पालिका भित्रका ५४ वटै सामुदायिक वन उपभोक्ता समूहले सामुहिक राजिनामा दिने चेतावनी समेत दिएका छन् ।

सामुदायिक वनका अध्यक्षहरू आफ्नो गुनासो सुनाउँदै

यता नगर प्रमुख चौधरी सामुदायीक वनको काम तालहरु ठेक्कामा दिने नभएर वन संरक्षण गर्ने मात्र भएको बताउछन् । ‘स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र रहेका प्राकृतिक श्रोतहरुको उपभोग गर्न सक्छ’ नगरप्रमुख चौधरी भन्छन्, नगर क्षेत्रभित्र पर्ने सबै श्रोत हाम्रै हो ।’ सामुदायीक वनहरुलाई ताल फिर्ता गर्ने विषयमा सोधिएको प्रश्नमा नगरप्रमुखले त्यो सम्भावना नरहेको प्रष्ट पारे ।

यता उपभोक्ता समूहहरु पालिकाले ताल फिर्ता गर्नु पर्ने भन्दै वन कार्यालयहरुमा धाइरहेका छन् । डिभिजन वन कार्यालय पहलमानपुर पनि ताल फिर्ता गर्नु पर्ने पक्षमै छ । राम बिचारी ठाकुर डिभिजन प्रमुख हुदा २०८१ साल जेठ २९ गते   कार्यालयले सामुदायीक वन क्षेत्रभित्रका ताल तलैया तथा सीमसार क्षेत्रमा ठेक्का पट्टा नगर्न भन्दै पत्र पनि काटेको थियो ।

तर नगरपालिकाले स्थानीय सरकार र उपभोक्ता समुहबीच डिभिजन वन कार्यालयले विवाद सिर्जना गराउन खोजेको भन्दै वास्ता गरेन् ।

हाल डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कडँेल यो विवादवारे आफूलाई जानकारी नभएको बताउँछन । यद्यपि स्थानीय सरकार र उपभोक्ता समूहसंग सामूहिक छलफल गरेर विवाद सुल्झाउन सहयोग गर्ने उनको भनाई छ ।

कानुनमा के छ ?

नेपालको संविधान २०७२ को अनुसुचि ५ को क्र.स. २७ मा सीमसार क्षेत्रलाई संघको एकल अधिकारको सूचीमा राखिएको छ । राष्ट्रिय वन नीति २०६९ मा सिमसार क्षेत्रको संरक्षण, पुर्नस्थापना र व्यवस्थापन स्वामित्वका आधारमा सिमसारलाई वर्गिकरण गरी व्यवस्थापनका लागि सम्बन्धित निकायलाई जिम्मेवार गराइनेछ भन्ने व्यवस्था छ ।

वन ऐन २०७६ ले सीमसार,पोखरी,तालतलैया, नदी र खोलानाला लाई समेत वन क्षेत्रको परिभाषामा समेटिएको छ । वन ऐन २०७६ कै दफा १३ मा राष्ट्रिय वन क्षेत्र भित्रको सिमसार क्षेत्रको संरक्षण सम्बद्र्धन प्रर्बद्धन र व्यवस्थापन नेपाल सरकारले गर्ने भन्ने व्यवस्था छ ।

वन नियमावली २०७९ को नियम ११ को उपदफा (४) बमोजिम उपभोक्ता समुहद्धारा व्यवस्थापन गरिएका वन क्षेत्र भित्र रहेका सीमसार क्षेत्रको व्यवस्थापन स्वीकृत कार्ययोजना बमोजिम गर्नु पर्ने छ भन्ने स्पस्ट व्यवस्था रहेको छ । यसले सामुदायीक वन क्षेत्रभित्र रहेका तालतलैया, सिमसार क्षेत्रकोे संरक्षण तथा व्यवस्थापनको हक अधिकार सामुदायिक वन उपभोक्ता समुहमा नै रहेको देखाउछ ।

अर्कोतिर स्थानिय सरकार सञ्चालन ऐन २०७४ मा स्थानिय तहको सम्पती संरक्षण सम्बन्धि व्यवस्था अन्तरगत गाउँपालिका तथा नगरपालिका क्षेत्रभित्रको सम्पति संरक्षण (१) को (ङ) मा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिमसार क्षेत्र तथा राष्ट्रिय वन बाहेक आफ्नो क्षेत्राधिकार भित्र पर्ने अन्य वन रेखदेख, मर्मत संभार तथा अन्य प्रबन्ध स्थानीय सरकारले गर्नु पर्ने व्यवस्था छ ।

पवेरा सामुदायिक वन क्ष्त्र भत्रि रहेको रखौना ताल

विज्ञहरु के भन्छन् ?

सुदुरपश्चिम वन निर्देशनालयका प्रदेश वन निर्देशक हेमराज बिष्ट स्थानिय तहले सामुदायिक वन भित्रका तालहरुमाथि हस्तक्षेप गर्न नपाइने बताउँछन् । ‘भजनी नगरपालिकाले सामुदायिक वनहरुलाई जमिन तेरो तर त्यो भित्रको ताल मेरो भनेको छ । यो उचित होइन ।’ वन ऐनले स्पस्ट रुपमा सामुदायिक वनलाई श्रोतमाथिको अधिकार दिएकाले तालहरु फिर्ता गर्नु पर्ने उनको भनाइ छ ।

नगरपालिकाले तालहरु ठेक्कामा दिएपछि वनहरुमा वातावरणीय जोखिमको सम्भावना बढेको सामुदायीक वन समन्वय समिति भजनीका अध्यक्ष खोजराम चौधरी बताउछन् । ‘ताल ठेक्कामा लिने ठेकेदारहरुले ताल वरपर पानी खान आउने पशुपंक्षीहरु मार्ने गरेका छन्’, चौधरी भन्छन् ‘ठेकेदारलाई आफ्नो माछा सम्मको मात्रै चिन्ता हुन्छ । उनीहरुलाई वन र वातावरणको चिन्ता छैन । वन भित्र भोज गर्छन । प्लाष्टिक लगेर जथाभावी फाल्छन् ।’

वनभित्र गरिने यस्ता क्रियाकलापले वन्यजन्तु र बोट विरुवामा मात्रै नभएर समग्र इको सिस्टममा नै असर पर्ने वातावरणवीद् लोकराज पन्त बताउँछन् । ‘ताल जसले ठेक्कामा लिए–दिए पनि त्यहाँ भित्र गरिने गतिविधिले वातावरणमा कस्तो असर पर्छ भन्न बारे सचेत हुनु पर्छ । ठेकेदारले माछा जोगाउन वन्य जन्तु र पंक्षीको शिकार गर्छ । वन भित्र प्लाष्टिकजन्य फोहर गर्छ भने त्यसको प्रत्यक्ष असर जंगलमा मात्र नभएर उसको माछा र तालमा पनि पर्छ ।’

उनले वन भित्रका श्रोतहरुलाई आम्दानीको श्रोतको रुपमा मात्र नभएर पर्यावरणीय दृष्टिकोणले हेर्न सुझाव दिए ।

माछा निकाल्नलाई तयार पारिएको जाल, रखौना ताल

स्थानीय सरकार र उपभोक्ता समुह विचको यो विवाद आफ्नो जानकारीमा नभएको सुदूरपश्चिम प्रदेश, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका वन अधिकृत भरत श्रेष्ठ बताउछन । तर नगरपालिकाले सामुदायिक वनका तालहरु लिएको हो भने कानुन अनुसार नै यो विवाद सुल्झाउनु पर्ने उनको भनाइ छ ।

‘यो विवाद मिलाउन नेपालको संविधान अनुसार नै जानु पर्ने हुन्छ । ऐन कानूनमा सबै स्पष्ट व्यवस्था छ । सीमसार क्षेत्रमा संघीय सरकारको एकल अधिकार छ ।  स्थानीय सरकारका पनि सिमित अधिकार छन्  । यो कानूनी विषय भएको हुनाले कानूनमा के छ त्यही अनुसार जानु पर्छ ।’

प्रदेश वन निर्देशक बिष्ट पनि दुबै पक्ष कानूनी आधारमा समन्वय गरेर अघि बढ्नु पर्ने बताउछन् ।

अचानक मौसम बिग्रिएपछि धनगढीका लागि उडेका जहाजहरु काठमाण्डौं फिर्ता

रञ्जना बिसी,

धनगढी, १४ माघ ।
आईतवार साँझ काठमाण्डौंबाट धनगढीका लागि उडेका जहाजहरु अचानक मौसम बिग्रिएपछि काठमाण्डौं फिर्ता भएका    छन् ।

काठमाण्डौंबाट उडेको श्रीएयरको जहाज धनगढीको आकाशबाट फिर्ता भयो भने बुद्ध एयरको जहाज नेपालगञ्जको आकाशबाट काठमाण्डौं फिर्ता भयो ।

केही मिनेटको फरकमा काठमाण्डौंबाट उडेका जहाजहरु अचानक मौसम  बिग्रिएपछि धनगढी बिमानस्थलमा अवतरण हुन् सकेनन ।

श्रीएयरको अपरान्ह ४ः०५ मिनेटमा उड्ने भनिएको जहाज साँझ ६ः२० मा काठमाण्डौंबाट उड्यो । ७ : १० मा धनगढी बिमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको जहाज बाक्लो हुस्सुका कारण अवतरण हुन नसकेर काठमाण्डौं फर्किन बाध्य   भयो । धनगढीको आकाशबाट फिर्ता हुदै गर्दा बिमानपरिचारिकाले मौसमको खरावीका कारण अवतरण गर्न नसकिएको जानकारी दिदै जहाज काठमाण्डौं फर्किएको बताईन । काठमाण्डौंको आकाशमा पुगेर पनि जहाज एयर ट्राफिकका कारण करीव २० मिनेटसम्म आकाशमा होल्ड भयो । र, राति ८ः२५ मा काठमाण्डौं बिमानस्थलमा अवतरण भयो ।

धनगढी अवतरण हुनै लागेको जहाज अवतरण हुन नसकेर फर्किएपछि आत्तिएका यात्रुहरु काठमाण्डौंको आकाशमा जहाज होल्ड भएपछि निकै आतंकित भए । जव जहाज अवतरण भयो, तव यात्रुहरुको शान्तिको सास फेरे ।

त्यस्तै अवस्था बुद्ध एयरका यात्रुहरुको रह्यो । काठमाण्डौंबाट ६ः१९ मा उडेको बुद्ध एयरको जहाज नेपालगञ्जको आकाश पार गर्दै थियो । धनगढीमा बाक्लो हुस्सुका कारण पर्याप्त भिजिबलिटी नभएको भन्दै धनगढी नपुगेरै काठमाण्डौं फिर्ता भयो । जहाज आकाशबाटै फिर्ता भएपनि बिमानस्थलमा रहेका यात्रुहरु निराश भएर घर फर्किदा जहाजमा रहेका यात्रुहरु पनि संशय र त्रासले आतंकित भए ।

काठमाण्डौं जान बिमानस्थलमा जहाजको पखाईमा रहेका पूर्व मन्त्री एनपी साँउद, नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष चतुर बहादुर चन्द, सुदूर पश्चिमका पूर्व मन्त्री प्रकाश देउवा लगायतका यात्रुहरु जहाज आकाशबाटै काठमाण्डौं फर्किएपछि बिमानस्थलबाट बाहिर निस्किए ।

बाक्लो हुस्सुका कारण बिहानदेखि बन्द रहेको धनगढी बिमानस्थल दिउँसो १ : ३० बजेको खुलेको थियो । आकाश खुलेपछि काठमाण्डौं बिमानस्थलमा जहाजको पर्खाईमा रहेका यात्रुहरु धनगढी जान पाईने भयो भनेर खुशी भए । यता धनगढी बिमानस्थलमा रहेका यात्रुहरु भने काठमाण्डौं जान पाईने भयो भनेर खुशी भए । तर दुबै बिमानस्थलमा रहेका यात्रुहरुको खुशी धेरै समय भने टिक्न सकेनन ।

केहीदिनयता धनगढीका अधिकांश उडानहरु बाक्लो हुस्सुका कारण प्रभावित हुदै आएका छन् ।

दिउँसो खुलेको आकाश साँझ अचानक बिग्रिएपछि जहाजहरु धनगढीका लागि उडेका जहाजहरु आकाशबाटै फिर्ता भएका बुद्ध एयर धनगढीका ईञ्चार्ज बुधराम माझीले बताए ।

गत शनिवार पनि धनगढी बिमानस्थलको धावनमार्गका अवतरणका क्रममा रहेको जहाज बाक्लो हुस्सुका कारण धावनमार्गबाटै ओभरसुट गरेर काठमाण्डौं फर्किएको थियो ।

 

कृषि विज्ञ मदन राई बाल यौन दुर्व्यवहारमा दोषी ठहर

विराटनगर । कृषि विज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको छ । माघ १० गते बिहीबार जल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले राईलाई दोषी ठहर गरेका हुन् ।

राईलाई उनी आफैंले खोलेको ‘सुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको अभियोग थियो । ७५ वर्षीय मदनले आफ्ना संवेदनशील अङ्गमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अङ्गमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूको आरोप थियो ।

राईलाई सजाय भने माघ २५ गते इजलासले निर्धारण गर्नेछ । २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

उनीविरूद्ध बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिम विभिन्न कसुर गरेको भन्दै सजायको मागदाबी गरेको थियो। मदन राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग) (ङ) कसुर गरेकाले, दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय गर्न माग भएको थियो । उनलाई ७५ हजार रुपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गरेको थियो ।

सुडानमा अस्पतालमाथि हमला हुँदा ७० जनाको मृत्यु

खार्तुम । सुडानको अल फशर शहरको एक अस्पतालमा भएको ड्रोन आक्रमणमा झण्डै ७० जनाको मृत्यु भएको छ ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा यो जानकारी दिएका हुन् ।

सुडानको अल फशरमा रहेको साउदी अस्पतालमा भएको भयानक आक्रमणमा १९ जना घाइते भएको ७० जना बिरामी र उनीहरूका कुरुवा मारिएका उनले पोष्टमा लेखेका छन् । आक्रमणको समयमा अस्पतालमा बिरामीहरू खचाखच थिए ।

पोष्टमा उनले आक्रमण कसले गरेको थियो भनेर भनेका छैनन् । तर, स्थानीय अधिकारीहरूले आक्रमणको लागि विद्रोही ‍‘यापिड सपोर्ट फोर्सलाई दोष लगाएका छन् ।  आरएसएफले तुरुन्तै आरोप स्वीकार गरेको छैन ।

भारतको एक कारखानाभित्र विस्फोट हुँदा ८ जनाको मृत्यु

एजेन्सी– पश्चिमी भारतको महाराष्ट्र राज्यको अर्डनेन्स कारखानाभित्र भएको ठूलो विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। साथै सातजना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ८३० किलोमिटर पूर्वमा रहेको भण्डारा जिल्लामा रहेको अर्डनेन्स कारखानामा विस्फोट भएको थियो। स्थिति नियन्त्रण गर्न अग्निनियन्त्रकहरू घटनास्थल पुगेका थिए।

विस्फोटका कारण कारखानाको छत भत्किएपछि कामदारहरु फसेका थिए। विस्फोटको आवाज पाँच किलोमिटरको दायरामा सुनिएको बताएका छन्।

२ हजार पाउण्डको बम इजरायल पठाउन ट्रम्पको निर्देशन

एजेन्सी : राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्ववर्ती अमेरिकी सरकारले दुई हजार पाउण्डको बमको प्रावधानमा रोक लगाएको भन्ने समाचार सार्वजनिक भइरहेका समय अमेरिकी राष्ट्रपतिमा अघिल्लो हप्ता मात्र पुनरागमन गरेका ट्रम्पले इजरायलले अर्डर गरेका धेरै कुरा अहिले आपूर्ति भइरहेको बताए।

‘इजरायलले माग गरेका र पैसा तिरेका तर बाइडेन प्रशासनले नपठाएका धेरै कुराहरू अहिले आफ्नो बाटोमा छन्, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा लेखेका छन्।

पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले गत वर्ष गाजाको घना बस्ती भएको क्षेत्रमा इजरायलले ठूलो सैन्य कारबाही सुरू गर्न लागेको देखेपछि दुई हजार पाउण्डको बमको ढुवानी रोकेको थियो।

पूर्वराष्ट्रपति बाइडेनले त्यस्ता क्षेत्रमा ठूला विष्फोटक हतियारको प्रयोगले ‘ठूलो मानवीय त्रासदी र क्षति’ निम्त्याउने भन्दै आपूर्तिमा रोक लगाएका थिए।

पूर्वराष्ट्रपति बाइडेनले ह्वाइट हाउस छाड्नुभन्दा केही दिनअघि इजरायल र हमासबीच गाजामा जारी युद्धको स्थायी अन्त्य गर्ने उद्देश्यले अस्थायी युद्धविराम भएको थियो।

इजरायल र हमासले इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूको दोस्रो समूहलाई सप्ताहन्तमा आदानप्रदान गर्दै युद्धविराम सम्झौतालाई निरन्तरता दिइरहेका छन्।

ट्रम्पको पोस्टमा इजरायलमा कुनै खास हतियार पठाउने उल्लेख गरिएको छैन।

तर एक्जिओसमा लेख्दै इजरायलका प्रमुख राष्ट्रिय सुरक्षा पत्रकार बाराक राविडले ट्रम्पले रक्षा मन्त्रालयलाई बाइडेनले दुई हजार पाउण्डको बममा लगाएको रोक फुकुवा गर्न आदेश दिएको बताए।

राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालको दौडान ‘ह्वाइट हाउसमा इजरायलले कहिल्यै राम्रो मित्र बनाउन नसकेको’ दावी गरेका थिए। यो भावना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अक्सर प्रतिध्वनित गरेका थिए।

इजरायली नेताले बाइडेनलाई फोन गरेर सन् २०२० को चुनावमा जित हासिल गरेकोमा बधाई दिएपछि ट्रम्प र नेतान्याहुबीचको सम्बन्धमा केही समयका लागि तिक्तता आएको थियो।

सन् २०२० को चुनाव जितेको झुटो दाबी गरेका ट्रम्पले नेतन्याहूमाथि विश्वासघात गरेको आरोप लगाएका थिए।

टीकापुर सरोकार समुहले वीरेन्द्र विद्या मन्दिर टीकापुरमा सुविधा सम्पन्न पुस्तकालय बनाउने

टीकापुर, (कैलाली),१३ माघ ।
विगत केही वर्षयता टीकापुर र त्यस आसपासका क्षेत्रमा सामाजिक एवम मानवीय कार्यसंगै विभिन्न परियोजना सञ्चालन गर्दै आएको टीकापुर सरोकार समूहले  वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा अत्याधुनिक सुविधा सम्पन्न  पुस्तकालय,  इलेक्ट्रोनिक लाइब्रेरी(ई-लाईव्रेरी)  स्थापना गर्ने भएको छ  ।

सरोकारवाला र वीज्ञहरुले विद्यालयको शैक्षिक सुधारका लागि सुविधा सम्पन्न पुस्तकालयको आवश्यकता औल्याएपछि टीकापुर सरोकार समूहले पुस्तकालय स्थापना गर्न लागिएको जनाएको छ । समूहले जारी गरेको विज्ञप्तिमा पुस्तकालयको आधुनिकीकरणबाट हुने पठन संस्कृतिको विकासले विद्यार्थीहरुको ज्ञानको दायरा फराकिलो गर्नुका साथै उनीहरुलाई बाह्य संसारसंग जोड्ने विश्वास गरेको छ । सोही सोचले वीरेन्द्र विद्या मन्दिरमा अत्याधुनिक पुस्तकालय निर्माण गर्न लागिएको र त्यसका लागि आवश्यक सहयोग जुटाईसकेको टीकापुर सरोकार समूहले जनाएको छ ।

टीकापुर सरोकार समूहका संरक्षक हिक्मत थापाको अगुवाईमा वीरेन्द्र विद्या मन्दिरमा पुस्तकालय स्थापना हुन लागेको हो । पुस्तकालयमा पाठ्यक्रमका सहित  सयौं महत्त्वपूर्ण  पुस्तकहरु , १० हजार भन्दा बढि ई पुस्तकहरु,  कम्प्युटरहरु, त्यसका सहायक सफ्टवेयर र अन्य उपकरणहरु, बस्ने आरामदायी कुर्सी एवं पढ्ने टेबुलहरु लगायतका सुविधाहरू स्थापित रजडान गरिने बताईएको छ ।

विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगमा सरोकार समूहको संयोजनमा स्थापना गर्न लागिएको पुस्तकालयका लागि नेपाल लाइब्रेरी फाउन्डेसनको प्राविधिकले गर्नेछ, समूहका सचिव नवराज भट्टराईले बिज्ञप्तीमा भनेका छन्, पुस्तकालय  निर्माणको ऎतिहासिक कार्यमा  सहयोग गर्ने सम्पूर्ण दाता र संघसंस्थाहरु प्रति हामी अत्यन्त अनुग्रहित छौ ।

पुस्तकालय स्थापनाका लागि डा. सुधीर रुपारेलिया, रुपारेलिया फाउन्डेसन युगान्डा, अफ्रिकाले  अमेरिकी डलर ५००० ( छ लाख ८० हजार रुपैया), मीनबहादुर रावलले चार लाख र गगन फाउन्डेसन टीकापुरले एक लाख  रुपैया प्रथम चरणमा सहयोग गरेको छ ।

पुस्तकालयको परिकल्पनालाई साकार बनाउन अहोरात्र खटिने वीरेन्द्र विद्या मन्दिरका गुठियार, प्राचार्य, शिक्षक, युगान्डाका लागि नेपाल सरकारका मानार्थ महावाणिज्यदूत  डा.सुधीर रुपारेलिया, टीकापुर विकास समितिका पूर्व अध्यक्ष मीन बहादुर रावल, यस योजनाका परिकल्पनाकार र समन्वयकर्ता  टीकापुर सरोकार समूहका संरक्षक हिक्मत थापा, अध्यक्ष प्रशान्त अर्याल, सदस्य विकास रावल लगायत समूहका सदस्य, शुभचिन्तक र दाताहरु प्रति समूहले आभार व्यक्त गरेको छ ।
पुस्तकालय स्थापनाका लागि सर्वाधिक सहयोग गर्ने डा.सुधीर रुपारेलिया युगान्डाका लागि नेपालका अवैतिनिक वाणिज्य दूत हुन् । उनी युगाण्डाको सबैभन्दा ठूलो औद्योगिक एवम व्यापारिक प्रतिष्ठान  रुपारेलिया ग्रुपका अध्यक्ष समेत हुन् ।

अर्का दाता रावल टीकापुर नगर तथा वीरेन्द्र विद्या मन्दिरको स्थापनामा योगदान दिने प्रमुख व्यक्तिमध्ये एक हुन् टीकापुर विकास समितिका पूर्व योजना अध्यक्ष रावल विद्वान, सामाजिक चिन्तक तथा कुशल योजनावीद तथा ब्यबस्थापकका रुपमा चिनिन्छन् ।

त्यस्तै अर्को सहयोगी संस्था गगन फाउन्डेसन स्वर्गीय साहित्यकार तथा समाजसेवी गगनसिंह थापाको स्मृतिमा स्थापित सामाजिक संस्था हो । थापाका कर्णालीको छेउछाउ, पुर्खाको चिठ्टी, अस्ताचलको ढोकाबाट  लगायत नौ वटा साहित्यिक कृतिहरु प्रकाशित छन् ।

पत्रकार घनश्याम खड्काको ‘आनन्द संहिता’ पुस्तक माथि विमर्श

धनगढी । वरिष्ठ पत्रकार तथा लेखक घनश्याम खड्काद्वारा लिखित पुस्तक ‘आनन्द संहिता’ माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ कैलालीको आयोजनामा धनगढीमा कार्यक्रम सम्पन्न भएको हो ।

पुस्तकमा समावेश जीवन उपयोगी सन्देशहरू उजागर गर्दै समाजमा मानसिक शान्ति र सकारात्मक सोचको महत्वबारे कार्यक्रममा छलफल भएको थियो । पुस्तकका लेखक खड्काले सकारात्मक दृष्टिकोणको महत्वबारे चर्चा गर्दै मनलाई संयमित राख्ने कला सिक्न आवश्यक रहेको बताए ।

“संसारभरका मानिसले सबैभन्दा धेरै खोज्ने कुरा आनन्द हो। तर यो एकदम कम मान्छेले मात्र पाइरहेका हुन्छन् । आनन्द पाउन कतै टाढा जानु पर्दैन । हामि भित्रको नकारात्मकतालाई हटाउन सक्यौ भने हामि आनन्दित हुन्छौ । ”  खड्काले आनन्द संहिता पुस्तकले सकारात्मक सोच र मनलाई संयमित राख्ने कला सिकाउने भएकाले हरेक मानिसले पुस्तक पढ्न पर्ने बताए ।

पुस्तक अध्ययन गरिसकेकी अनुसन्धानकर्ता निलम शर्माले पुस्तकलाई बालबालिकाको पाठ्यक्रममा समावेश गर्नुपर्ने कुरामा जोड दिइन। उनले भनिन्, “ पुस्तकमा मानिस कसरी खुसी हुन सक्छ भन्ने कुरा उपाय सहित सरल ढङ्गले प्रस्तुत गरिएको छ । यो पुस्तक विद्यालय स्तरको पाठ्य पुस्तकमा राख्न सकियो भने  यसले सानै उमेरदेखि जीवन व्यवस्थापन सिकाएर भविष्यमा तनाव र निराशाबाट जोगिन सहयोग गर्ने छ।”

प्रदेश सभा सदस्य धर्मराज पाठकले अरूको पीडामा सहभागी हुनु नै साँचो खुसी भएको बताए । उनले खुसी प्राप्त गर्न दुःखको सामना गर्न सक्ने क्षमता हुनु पर्ने बताए।

विमर्श कार्यक्रममा पुस्तकका लेखक घनश्याम खड्का, प्रदेशसभा सदस्य नरेश शाही, पदम बहादुर शाही, धर्मराज पाठक, जानकी कुँवर, प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवा र  वरिष्ठ पत्रकार दिर्घराज उपाध्यायको विशेष सहभागिता रहेको थियो । साथै विभिन्न सङ्घसंस्था तथा विभिन्न क्षेत्रका व्यतिहरुको पनि उपस्थिति रहेको थियो ।

वक्ताहरूले आनन्द संहिता लाई हरेक वर्गका मानिसका लागि उपयोगी कृति भन्दै यसलाई व्यापक रूपमा अध्ययन र प्रचार गर्नुपर्नेमा जोड दिए। साथै पुस्तकलाई वर्तमान समाजमा मानसिक शान्ति, जीवन व्यवस्थापन, र खुसीका लागि मार्गदर्शक पुस्तकका रूपमा चर्चा गरेका थिए।

सुदूरलाई हराउदै प्रधानमन्त्री कप महिला क्रिकेटको च्याम्पियन बन्यो एपिएफ

काठमाडौं । सुदूरपश्चिमलाई हराउँदै विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा साविक विजेता समेत रहेको एपीएफ सुदूरलाई ९ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

सुदूरले लिएको ६८ रनको लक्ष्य एपीएफले १३औं ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफका लागि ममता चौधरीले र इन्दु बर्माले अविजित रहँदै क्रमश ४३ र १८ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले १८।१ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो । मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन् । कप्तान विन्दु रावलले १७ रन बनाइन् ।

एपीएफका लागि कविता जोशीले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् । सबनम राईले ३ ओभरमा ८ रन दिएर २ विकेट लिइन् । इन्दु बर्माले ४ ओभरमा १४ रन दिएर २ विकेट लिइन् । करुणा भण्डारीले १ विकेट लिइन् ।

एपीएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । एपीएफले महिला पीएम कप सातौंपटक जितेको हो । इन्दु बर्माको कप्तानीमा एपीएफले पहिलोपटक उपाधि जितेको हो ।

यसअघि एपीएफले सन् २०१६ देखि सन् २०१९ सम्म लगातार तथा त्यसपछि २०२१ र २०२३र२४ मा उपाधि जितेको थियो ।

रुस-युक्रेन वार्ताका लागि तयार छौ :पुटिन

मस्को : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताएका छन् ।

नेता पुटिनले भने, ‘हामीले जहिले पनि यो कुरा भन्दै आएका छौँ र म फेरि एक पटक यसमा जोड दिन चाहन्छु, हामी युक्रेनी विषयमा वार्ताका लागि तयार छौँ ।’

राष्ट्रपति पुटिनले केही विषयमा विशेष ध्यान दिन आवश्यक रहेको बताउँदै भने, ‘प्रतिबन्धित भइसकेको अवस्थामा अब वार्ता कसरी सुरु गर्न सकिन्छ ?’ वार्ताका अलागि पहिले प्रतिबन्ध खुकलो पार्नु आवश्यक छ । ‘यदि वार्ता पुनः सुरु भयो भने युक्रेनको वर्तमान कानुनी ढाँचाअन्तर्गत यो अवैध हुनेछ ।’

उनले भने, ‘जबसम्म यो आदेश जारी रहन्छ, तबसम्म यी वार्ताहरू सुरु गर्न सकिन्छ कि सकिंदैन वा ती सही तरिकाले पूरा गर्न सकिन्छ भन्ने विश्वास मलाई छैन । त्यसैले वार्ताका लागि वातावरण बनाउन पहिले अर्को चरणको छलफल जरुरी छ।’

उनले भने, ‘युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि रुससँगको वार्तालाई निषेध गर्ने आदेश जारी गरेका थिए । के यो अवस्थामा वार्ता गर्न सम्भव छ ।’ 

उनले केही प्रारम्भिक छलफल हुन सक्ने भए पनि युक्रेनी पक्षबाट विद्यमान प्रतिबन्धका कारण गम्भीर वार्ता गर्न कठिन हुने उल्लेख गरे ।

रूसी नेताले जेलेन्स्कीलाई वार्तामा प्रतिबन्ध लगाउने आदेश हटाउन र आफ्ना प्रायोजकहरूको आदेश पालना गर्न कुनै हतार नभएको बताएका छन्। उनले किएभलाई आर्थिक सहयोग गर्नेहरूले युक्रेनी नेतालाई वार्ताको वातावरण तयार पार्न दबाब दिनुपर्ने बताए।

विश्व आर्थिक मञ्च (डब्लुईएफ) को डाभोसमा बिहीबार आयोजित वार्षिक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौताका लागि अमेरिकी प्रयास ‘आशाजनक रूपमा अघि बढेको’ बताएका छन् ।

आफैँलाई गोली हान्ने प्रहरी जवानको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।

कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए । माघ ९ गते बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए ।

गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिए पनि उपचार हुन नसकेपछि कैलालीको निःशर्ग अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।

 

ट्रम्पले रोके गर्भपतनका लागि दिइने सरकारी सहायता

काठमाडौँ, १२  माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भपतनका लागि दिइने सरकारी सहायता रोक्न कार्यकारी आदेश जारी गरेका छन्।

गर्भपतनका लागि राज्यबाट सहायता दिने प्रावधानलाई हाइड संशोधन भनिन्छ। यो पहिलोपटक १९८० मा लागू गरिएको थियो। यद्यपि, त्यसबेलादेखि यसमा धेरै पटक सुधार गरिएको छ।

यसअघिका राष्ट्रपति जो बाइडेनले यो कानुन खारेज गर्ने प्रयास गरेका थिए तर असफल भए। ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा बाइडेन प्रशासनले यसलाई धेरै हदसम्म बेवास्ता गरेको आरोप लगाइएको छ।

यो कानुनले प्रायः सरकारी चिकित्सा कार्यक्रमअन्तर्गत कम आय भएका महिलाका साथै सैन्य र सरकारी कर्मचारीलाई असर गर्छ।सर्वोच्च अदालतका लागि चयन गरिएका ट्रम्पको एक न्यायाधीशले दशकौँ पुरानो कानुन खारेज गर्दै भने- अमेरिकामा गर्भपतन नीति  राज्यहरू आआफ्नै निर्धारण गर्नुपर्छ।

खोज्नुहोस