सभामुखलाई भेट्न सिंहदरबार जाँदै रवि लामिछाने

द एभरेष्ट पोष्ट
१८ माघ २०८१ १२:१०
सभामुखलाई भेट्न सिंहदरबार जाँदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार जान लागेका छन् ।

लामिछानेसहित रास्वपा सांसदहरूले शुक्रबार सभामुखलाई भेट्न लागेका हुन्।

प्रतिनिधि सभा बैठकअघि रास्वपा सांसदहरू सभामुख घिमिरेलाई भेट्न सिंहदरबार जाँदैछन्।

सभामुख भेट्ने टोलीमा सभापति लामिछाने पनि सहभागी रहेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वतस् निलम्बनमा परेको थियो।

संघीय संसद सचिवालयले पुस ८ गते सूचना निकालेर लामिछानेको पद निलम्बनमा परेको उल्लेख गरेको थियो। रास्वपाले संसदको नियमावलीअनुसार आफ्नो सभापतिलाई सांसदबाट निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेका छन्।

सोही विषयमा रास्वपाले यसअघि पनि सभामुख घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका थिए।लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख, जिल्ला अदालत काठमाडौंले ६० लाख र जिल्ला अदालत रूपन्देहीले एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस