रास्वपा टेक्सस च्याप्टरको संयोजकमा पाठक

द एभरेष्ट पोष्ट
११ माघ २०८१ ८:२६
रास्वपा टेक्सस च्याप्टरको संयोजकमा पाठक

ड्यालस, टेक्सास
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रवास नेपाली सम्पर्क समिति टेक्सस च्याप्टरको संयोजकमा रविन पाठक चयन भएका छन् ।

रास्वपाका केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीको प्रमुख आतिथ्यतामा टेक्ससमा आयोजित भेलाले पाठकलाई संयोजक चयन गरेको हो ।

भेलाबाट च्याप्टरको उप संयोजकमा राज अधिकारी, सचिवमा अर्जुन फुयाँल र कोषाध्यक्षमा रमेश थापा चयन भएका छन ।

त्यस्तै सदस्यमा टंकमणी घिमिरे, केशव थपलिया, बिप्लप पराजुली, सुदिप कँडेल, शम्भु गैह्रे, सुचना पन्त, ईश्वर ढकाल, सन्जिव गुप्ता र प्रेम पौडेल चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस