यू-१९ महिला टी-२० विश्वकप : अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

द एभरेष्ट पोष्ट
९ माघ २०८१ १४:०२
यू-१९ महिला टी-२० विश्वकप : अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

काठमाडौँ- अस्ट्रेलियाले आईसिसी यु-१९ ट्वान्टी-२० विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल सामू १४० रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पार्‍यो।

अस्ट्रेलियाका लागि काओइमहे ब्रेले ३४ बलमा सामान तीन चौका र छक्काको मद्दतले सर्वाधिक ४५ रनको योगदान गरिन्। यसैगरी एलेनोर लारेसाले ३१, हसरत गिलले अविजित ३० र क्लो एन्वर्थले अविजित १६ रन बनाए। नेपालका लागि कप्तान पूजा महतोले तीन, सीमाना केसीले दुई र रिया शर्माले एक विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस