गायिका एलिना चौहानले गरिन सम्बन्धविच्छेदको मुद्दा दायर

काठमाडौँ । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । काठमाडौँ जिल्ला अदालतमा उनले वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी हुन् ।

एलिनाले गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह गरेकी थिइन् । पछिल्लोसमय एलिनाको दाम्पत्य जीवन राम्रो नभएको चर्चा हुँदै आएको थियो ।

एलिनाले जिल्ला अदालतमा पेस गरेको निवेदनमा आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुँदा कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्ने हुँदा पतिले विभिन्न शंका–उपशंका गरेको खुलाएकी छन् ।

विवाहपछि आफू अस्ट्रेलियामै पतिसँग गएर बसेको जिकिर गर्दै उनले यस क्रममा सुरुका केही दिन राम्रै भए पनि पछि सम्बन्धमा खटपट आएपछि आफू नेपाल आएर बस्न थालेको जनाएकी छन् ।

पतिसँग भावनात्मक सम्बन्ध राम्रो हुन नसकेकाले कागजी सम्बन्धमा मात्र पति–पत्नी भएर बस्न उचित नरहेको भन्दै एलिनाले सम्बन्धविच्छेदका लागि निवेदन दिएकी हुन् ।

सरकारले जनतामा आशा जगाउन सकेन : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलकोतर्फबाट आफ्नो धारणा राख्दै उनले नेपाली कांग्रेस र नेकपा ९एमाले० को संयुक्त सरकारले जनताको अपेक्षालाई सम्बोधन गर्न नसकेको र सुशासनका पक्षमा कुनै काम गर्न नसकेको भनी आरोप लगाए ।

अध्यक्ष लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीका वरिपरि भएका मान्छेहरूले अहिले पनि भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । तर, उनले उक्त भ्रष्टाचारमा संलग्न को हुन् भन्ने खुलाएनन् । बरु, ती भ्रष्टाचार भइरहेकोबारे प्रधानमन्त्री नै बेखबर रहेको चाहिँ उनले भने । उनले निरन्तर रुपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धि सुनाएको पनि उल्लेख गरे ।

‘निरन्तर रुपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धि सुनायो । यो सरकार नभएको भएर सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु हुने थिएन रु,’ उनले भने, ‘विद्युत व्यापारको लागि बंलादेशसँग सम्झौता हुने थिएन रु कांग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धि यही हो । यो हर्ने हो भने मुलुकमा सरकार छैन भने हुन्छ । सरकारले नियमित कुरालाई पनि उपलब्धि भन्ने यस्ता धेरै कुराहरु हुनेछन् र गर्नुपर्नेछ ।’

सरकारले पछिल्लो पटक ल्याएको अध्यादेशका कारण पछिल्ला दिनमा निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि भएको भए पनि राज्यका निकायले थाहा नपाए जस्तो गरेको उनको भनाइ थियो । सहकारीपीडितले अझै न्याय पाउन नसकेको उल्लेख गर्दै उनले सत्तापक्षसँग जोडिएका नेतालाई छुट दिने र अरुलाई कानुन लाग्ने अवस्था किन भयो भन्ने प्रश्न गरे । उनले निरासा जनतालाई आशा जगाउन समेत सरकारले नसकेको बताए । उनले सरकारले रेमिट्यान्समार्फत आएको पैसासमेत खर्च गर्न नसकेको उल्लेख गरे।

‘सुशासनको क्षेत्रमा वर्तमान सरकारले के गर्‍यो । निरासा जनतालाई आशा जगाउने के काम गर्‍योरु देशभित्र कति मान्छेको लागि रोजगारी सिर्जना र अर्थतन्त्रमा के सुधार गर्‍यो रु अहिले बैंकमा विदेशी मुद्रा सञ्चिति बढेको छ,’ उनले थपे, ‘यो सरकारको कारणले भएको हो रु यो हाम्रा भाइ छोरा बेचेर आएको पैसा हो । सरकारले आएको पैसा खर्च गर्न सकेको छैन भनौं । साढे ६ महिनाको वर्तमान सरकारको समय निरासाजनक छ । हामी चाहन्छौं । काँंग्रेस एमाले जस्तो पार्टी मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्छ । सरकारको विरोध मात्रै गर्दैनौं सुधारको अपेक्षा पनि गछौं । तर अहिलेसम्मको स्थिति हेर्दा भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागि रहेको जस्तो लाग्छ । भ्रष्टाचारसम्बन्धि ऐन पेस हुँदा कुनै पनि पदाधिकारी पदबाट विदा भएपछि पाँच वर्षभित्रमा उजुरी हुनुपर्छ भनिएको थियो । तर प्रधानमन्त्रीले प्रतिवाद गर्नुभयो ।’

 

आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न आदेश

काठमाडौं । आफूलाई अभियन्ता दाबी गर्ने आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, भक्तपुरले उनलाई धरौटीमा छाड्न आदेश दिएको भक्तपुर प्रहरीका डीएसपी ढुण्डिराज नेउपानले  बताए । न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासमा तामाङविरुद्ध आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी मुद्दामा आजै थुनछेक बयान र बहस भएको थियो ।

उनीविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो । तामाङले ४ असोज २०८१ मा सूर्यविनायक नगरपालिका–९ बाट वडा नं- १० मा जाने क्षेत्रमा रहेको झोलुङ्गे पुल चढ्दा लाग्ने शुल्कबारे विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन् । त्यसको तीन दिनपछि उनले साँगाको झोलुङ्गे पुल तरेवापत लिइने शूल्कको रसिदसमेत जलाइदिएकी थिइन् ।

सोही विषयमा आशिकाविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा आपराधिक उपद्रवको जाहेरी दिएको थियो । प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।


टिकटक भिडियोले बदनाम गर्‍यो भन्दै बुबाले गरे छोरीको हत्या

काठमाडौं । टिकटकमा भिडिओ शेयर गरेको विषयमा विवाद बढेपछि पाकिस्तानमा एक १५ वर्षीया अमेरिकी किशोरीको आफ्नै बुवाले हत्या गरेका छन् ।

पाकिस्तानी अधिकारीहरूका अनुसार क्वेटा सहरमा मंगलबार साँझ सडकमा गोली हानेर किशोरीको हत्या गरिएको हो । सुरुमा आरोपी अनवर उल-हकले अज्ञात व्यक्तिले गोली हानेको दाबी गरे पनि पछि आफैंले छोरीलाई मारेको स्वीकार गरेका छन् ।

अनुसन्धान अधिकारीहरूका अनुसार परिवारले किशोरीको लुगा लगाउने शैली, जीवनशैली र सामाजिक घुलमिलप्रति आपत्ति जनाएको थियो । प्रहरीले उनको मोबाइल फोन नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

अनवरको परिवार करिब २५ वर्षसम्म अमेरिकामा बसेर केही समयअघि मात्र पाकिस्तान फर्किएको थियो । बुवाले छोरी अमेरिकामा हुँदा नै ‘आपत्तिजनक’ सामग्री टिकटकमा अपलोड गर्न थालेको बताएका छन् । पाकिस्तान फर्किएपछि पनि छोरीले त्यस्तो कार्य जारी राखेपछि हत्या गरेको अनवरले बयान दिएका छन् ।

पाकिस्तानी प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मुख्य आरोपीका भिनाजुलाई पनि पक्राउ गरेको बीबीसीले जनाएको छ ।

पाकिस्तानमा टिकटकका पाँच करोड ४० लाखभन्दा बढी प्रयोगकर्ता छन् । सरकारले विभिन्न समयहरूमा सामग्री नियन्त्रणको कारण देखाउँदै एपमाथि प्रतिबन्ध लगाउँदै आएको छ ।

मानव अधिकार आयोगका अनुसार पाकिस्तानमा हरेक वर्ष एक हजारभन्दा बढी महिलाहरू परिवार वा समुदायका सदस्यहरूद्वारा तथाकथित ‘इज्जतको नाममा’ हत्या गरिन्छन् । सामाजिक सञ्जालमा सामग्री पोस्ट गर्ने, पुरुषहरूसँग खुलेर बोलचाल गर्ने वा परिवारको इच्छाविपरीत बिहे गर्ने जस्ता कारणले पनि महिलाहरू हिंसाको शिकार बन्ने गरेका छन् ।

अमेरिकाको घातक हवाई दुर्घटनामा सबै ६७ जनाको मृत्यु

भर्जिनिया । आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

बुधबार राति रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको अमेरिकन एयरलाइन्सको क्षेत्रीय जेट विमानको मार्गमा हेलिकप्टर उडेपछि पोटोमाक नदीको चिसो पानीबाट कम्तीमा २८ शव निकालिएको अधिकारीहरूले बताए । विमानस्थल वासिङ्टनबाट नदीपारि छ । विमानमा ६० यात्रु र चार चालक दलका सदस्य थिए भने हेलिकप्टरमा तीन सैनिक थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस पत्रकार सम्मेलनमा कोही पनि जीवित नबचेको बताए ।

“अब हामी उद्धार कार्यबाट शव निकाल्ने कार्यमा रूपान्तरण भइरहेका छौँ”, राजधानीका दमकल प्रमुख जोन डोनेलीले भने ।

ह्वाइट हाउस र क्यापिटलको दक्षिणमा तीन माइल (लगभग ४.८ किलोमिटर) भन्दा बढी विश्वको सबैभन्दा कडा नियन्त्रण र निगरानी गरिएको एयरस्पेसमा राति ९ बजेभन्दा पहिले दुर्घटना भएको थियो ।

हवाई दुर्घटनाको अनुसन्धानमा महिनौँ लाग्न सक्छ र सङ्घीय अनुसन्धानकर्ताहरूले पत्रकारहरूलाई उनीहरूले कारणबारे अनुमान नगर्ने बताए ।

राष्ट्रिय यातायात सुरक्षा बोर्डका अनुसन्धानकर्ताहरूले बोम्बार्डियर सिआरजे७०० विमानबाट ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर बरामद गरेको एजेन्सीका प्रवक्ता पिटर नुडसनले बताए । उनीहरू ती मूल्याङ्कनका लागि एजेन्सीको प्रयोगशालामा छन् ।

डोनेलीका अनुसार विमान कम्मरसम्मको पानीमा तीन खण्डमा उल्टो अवस्थामा फेला परेको थियो र प्रथम प्रतिक्रियाकर्मीहरूले पोटोमाकको माइलौँ क्षेत्र खोजिरहेका छन् । हेलिकप्टरको भग्नावशेष पनि फेला परेको छ । नदीका तस्बिरहरूमा आंशिक रूपमा डुबेको पखेटा र विमानको फ्युजलाजको क्षतविक्षत भग्नावशेष वरिपरि डुङ्गाहरू देखिन्छन् ।

अमेरिकन एयरलाइन्सका सिइओ रोबर्ट इसोमले जेटको ‘सैन्य विमान बाटोमा आएपछि’ विमान सामान्य अवतरणको तयारीमा रहेको बताए ।

एसोसिएटेड प्रेसले प्राप्त गरेको सङ्घीय उड्डयन प्रशासनको प्रतिवेदन अनुसार दुर्घटना हुँदा एक एयर ट्राफिक कन्ट्रोलर हेलिकप्टर यातायात र आउने–जाने विमानहरूको समन्वय गर्न जिम्मेवार थिए । यी जिम्मेवारी प्रायः दुई व्यक्तिबीच विभाजित गरिन्छ तर यातायात कम हुन थालेपछि विमानस्थलले साँझ ९ः३० बजे यी भूमिकाहरू एकीकृत गर्छ । बुधबार टावर सुपरभाइजरले तिनलाई चाँडै नै एकीकृत गर्न निर्देशन दिएका थिए ।

“दिनको समय र ट्राफिकको मात्राका लागि स्थिति पद व्यवस्था सामान्य थिएन”, प्रतिवेदनमा भनिएको छ । यद्यपि यस मामिलासँग परिचित एक व्यक्तिले त्यस रात टावरमा कर्मचारीहरू सामान्य स्तरमा रहेको बताएका छन् ।

आन्तरिक प्रक्रियाहरूबारे छलफल गर्न नाम न छाप्ने सर्तमा बोल्दै उनले भने, “कन्ट्रोलरहरूलाई कन्सोलबाट ब्रेकका लागि टाढा जानुपर्दा, सिफ्ट परिवर्तन हुँदा वा हवाई यातायात कम हुँदा यी पदहरू नियमित रूपमा एकीकृत गरिन्छ ।”

सङ्घीय उड्डयन प्रशासन लामो समयदेखि एयर ट्राफिक कन्ट्रोलरहरूको कमीसँग जुधिरहेको छ ।

नेपाल शिक्षक महासंघले सार्वजनिक गर्यो पहिलो चरणको आन्दोलन तालिका

काठमाडौं । नेपाल शिक्षक महासंघले पहिलो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । विगतमा भएका सबै सहमति सम्बोधन हुनेगरी, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री शिक्षा ऐन जारी गराउन भन्दै महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

महासंघले माघ १६ र १७ गते बसेको राष्ट्रिय समितिको बैठकले तयार गरेको पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।  माघ २० गतेदेखि गर्ने आन्दोलन विद्यालय शिक्षा जारी नभएसम्म नरोकिने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।

महासंघले स्थानीय, जिल्ला, प्रदेश र राष्ट्रियस्तरमा विभाजन गरी आन्दोलनको तालिका सार्वजनिक गरेकाे हो ।

आन्दोलनको तालिका

-२०८१ माघ २५ गते दिउँसो १ बजे सबै पालिकामा ध्यानाकर्षण तथा जानकारीपत्र बुझाउने । सोही दिनमा आन्दोलन परिचालन समिति गठन गर्ने ।

-माघ २९ गते हरेक विद्याालयमा विद्यार्थी, अभिभावक विद्यालय व्यवस्थापन समिति विच अन्तरक्रिया कार्यक्रमको आयोजन गर्ने र शिक्षक कर्मचारीका माग तथा आन्दोलनको आवश्यकताबारे सुसूचित गर्ने ।

-माघ ३० गते पालिका कार्यलयमा भेला भई ‘हाम्रा माग सम्बोधन हुने गरी यो हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ भन्ने नारासहित हातमा कालोपट्टी बाँधेर खबरदारी जुलुस प्रदर्शन गर्ने ।

-फागुन २ गते देशका ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने ।

-फागुन ११ गते संघीय सांसदलाई सरकार र महासंघबीच भएका विगतका सबै सहमति समावेश गरी ध्यानाकर्षण पत्र बुझाउने ।


सभामुखलाई भेट्न सिंहदरबार जाँदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार जान लागेका छन् ।

लामिछानेसहित रास्वपा सांसदहरूले शुक्रबार सभामुखलाई भेट्न लागेका हुन्।

प्रतिनिधि सभा बैठकअघि रास्वपा सांसदहरू सभामुख घिमिरेलाई भेट्न सिंहदरबार जाँदैछन्।

सभामुख भेट्ने टोलीमा सभापति लामिछाने पनि सहभागी रहेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वतस् निलम्बनमा परेको थियो।

संघीय संसद सचिवालयले पुस ८ गते सूचना निकालेर लामिछानेको पद निलम्बनमा परेको उल्लेख गरेको थियो। रास्वपाले संसदको नियमावलीअनुसार आफ्नो सभापतिलाई सांसदबाट निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेका छन्।

सोही विषयमा रास्वपाले यसअघि पनि सभामुख घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका थिए।लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख, जिल्ला अदालत काठमाडौंले ६० लाख र जिल्ला अदालत रूपन्देहीले एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो।


ब्रिक्स शुल्कको खतरा दोहोर्‍याउँदै ट्रम्प

एजेन्सी – क्यानडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ब्रिक्स राष्ट्रहरूमा शतप्रतिशत कर लगाउने धम्की दोहोर्‍याएका छन् ।

यसअघि ट्रम्पले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका ब्रिक्स राष्ट्रहरूलाई अमेरिकी डलरको प्रतिस्पर्धी मुद्रा सिर्जना गरेमा शतप्रतिशत कर लगाउने धम्की दिएका थिए ।

‘ब्रिक्स देशहरूले डलरबाट टाढा जाने प्रयास गरिरहेको र हामी हेरेर बस्ने अवस्था अब समाप्त भएको छ’, उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘हामी यी देखिने रूपमा शत्रुवत देशहरूबाट प्रतिबद्धता माग्नेछौँ कि उनीहरूले न त नयाँ ब्रिक्स मुद्रा सिर्जना गर्नेछन्, न त शक्तिशाली अमेरिकी डलरको प्रतिस्थापन गर्न कुनै अन्य मुद्रालाई समर्थन गर्नेछन्, अन्यथा उनीहरूले शतप्रतिशत भन्सार महसुलको सामना गर्नुपर्नेछ’ ।

ब्रिक्स भन्सार महसुलबारे ट्रम्पको टिप्पणी पद आसीन भए लगत्तै तोकिएको फेब्रुअरी १ को समय सीमाभन्दा केही दिनअघि आएको छ । जसअनुसार छिमेकी क्यानडा र मेक्सिकोले अमेरिकी सीमा पार गर्ने अवैध आप्रवासीहरू र घातक फेन्टानलको प्रवाहमाथि कडा कारबाही नगरे तिनीहरूमाथि २५ प्रतिशत भन्सार महसुल लगाउने बताएका छन् ।

ट्रम्पले छुट्टै ब्रिक्स समूहको सदस्य चीनमाथि व्यापार असन्तुलन र अमेरिकी फेन्टानल आपूर्तिमा कथित भूमिकाका कारण फेब्रुअरी १ देखि नै वस्तुहरूमा थप १० प्रतिशत कर लगाउने धम्की दिएका छन् ।

 

इजरेल र हमासले बन्दी आदानप्रदान गर्दा विपिन जोशी छुट्ने सम्भावना कति ?

इजरेल र हमासबीच भएको युद्धविराम सम्झौताअन्तर्गत बिहीवार बन्दी साटासाटका क्रममा हमासको नियन्त्रणमा रहेको ठानिएका नेपाली विद्यार्थी विपिन जोशी पनि छुट्न सक्ने सम्भावनाबारे विभिन्न अनुमान भइरहेको छ।

तर इजरेलस्थित नेपाली राजदूतले जोशीको पछिल्लो अवस्था तथा उनी कहिले छुट्लान् भन्नेबारे “नयाँ जानकारी प्राप्त हुन नसकेको” बीबीसीलाई बताएका छन्।

इजरेली अधिकारीहरूले “विपिन जोशी जुनसुकै बेला छुट्न सक्ने भएकाले तयारी अवस्थामा रहनू” भनेको राजदूत धनप्रसाद पण्डितको भनाइ छ।

हमासले तीन इजरेली बन्धकहरूलाई बिहीवार मुक्त गरेको छ। उक्त लडाकु समूहले आईसीआरसीलाई ती बन्धक हस्तान्तरण गरेको हो।

यी तीन जना मुक्त भइसकेपछि अझै १५ जना हमासको नियन्त्रणमा बाँकी छन्। आगामी शनिवार अर्को खेपमा बन्धकहरू मुक्त हुने तालिका छ।

हमासले बिहीवार नै पाँच थाई नागरिकलाई पनि मुक्त गर्ने भएको छ। विदेशी नागरिको मुक्ति यो इजरेल-हमास सम्झौतामा परेको थिएन। उनीहरूको मुक्तिका लागि बिहीवार बिहान छुट्टै सहमति भएको थियो।

‘जुनसुकै बेला छुट्न सक्छन्’

सन् २०२३ को नोभेम्बरमा अल-शिफा अस्पतालको सीसीटीभी फुटेजमा देखिएका एक व्यक्ति विपिन जोशी भएको इजरेली सेनाले जनाएको थियो

तस्बिर स्रोत,ISRAEL DEFENSE FORCES/REUTERS

तस्बिरको क्याप्शन,सन् २०२३ को नोभेम्बरमा विपिन जोशी अल-शिफा अस्पतालमा देखिएको बताइएको थियो

राजदूत पण्डितका अनुसार बुधवार राति उनले इजरेली अधिकारीहरूसँग जोशीको अवस्थाबारे बुझ्ने कोसिस गरेका थिए। त्यस क्रममा इजरेली अधिकारीहरूले बिहीवार तीन इजरेली र पाँच थाई नागरिक छुट्न सक्ने जानकारी दिएको उनले बताए।

“त्यसो भयो भने एक थाई र हाम्रा विपिन जोशी गरी दुई जना विदेशी नागरिक बन्धक बाँकी रहने अवस्था हुन्छ। आज विपिन जोशी छुटेनन् भने शनिवार हुने अर्को आदानप्रदानमा उनी छुट्छन् भन्ने आशा छ,” पण्डितले बिहीवार दिउँसो भने।

पण्डितले इजरेली अधिकारीहरूले हमासले छाड्ने बन्धकहरूको सूचीमा विदेशी नागरिकको नाम समावेश नहुने दोहोर्‍याएको जानकारी पनि दिए। तर आफूहरूलाई इजरेली अधिकारीहरूले “तयारी अवस्थामा रहन” भनेको पण्डितले बताए।

“बन्दी आदानप्रदानको सूचीमा नपर्ने भएकाले ‘विदेशी कुनै पनि बेला छुट्न सक्छन्। छुटे भने तपाईँलाई पहिलो जानकारी गराउँछौँ’ भनेर अधिकारीहरूले मलाई भनेका छन्।”

“बुधवार राति पनि मैले यहाँका प्रधानमन्त्रीज्यूको बन्दीहरूसम्बन्धी हेर्ने अधिकारीलाई सम्पर्क गरेको थिएँ। उहाँले ‘अहिलेसम्म हामीसँग कुनै पनि अप्डेट छैन’ भन्नुभयो। त्यसैले विपिन कहिले छुट्छन् भन्ने आधिकारिक जानकारी अहिले मसँग छैन।”

अन्य नियोगमार्फत् पनि ‘कुराकानी जारी’

गाजास्थित त्रिदेशीय बिन्दुमा राजदूत धनप्रसाद पण्डित

तस्बिर स्रोत,Dhanaprasad Pandit

तस्बिरको क्याप्शन,इजरेलले विदेशी कूटनीतिज्ञहरूलाई गाजास्थित त्रिदेशीय बिन्दुमा भ्रमण गराएको थियो

नेपालको परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नियोगका अधिकारीहरूले जनाएअनुसार जोशीलाई हमासको कब्जाबाट मुक्त गर्नका लागि कतार तथा इजिप्टका अधिकारीहरूसँग पुन: अनुरोध गरिएको छ।

तर सबैले “कोसिस गर्छौँ” भने पनि सन् २०२३ को नोभेम्बरयता जोशीको अवस्था के छ भन्नेबारे हालसम्म यकिन जानकारी प्राप्त हुन नसकेको अधिकारीहरू बताउँछन्।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले गएका जोशीलाई मुक्त गर्नका लागि पहल गरिदिन साताहरूमा इजरेल, इजिप्ट तथा कतारका विदेशमन्त्रीहरूसँग टेलिफोनमा कुराकानी गरेकी थिइन्।

इजरेल र हमासबीच युद्धविराम सम्झौता गराउनमा कतार तथा इजिप्टले मध्यस्थकर्ताको भूमिका खेलेका थिए।

विपिन जोशीको पछिल्लो अवस्था

विपिन जोशी हाल कुन अवस्थामा छन् भन्ने यकिन जानकारी आफूसँग नभएको इजरेलस्थित राजदूत पण्डितले बताए।

सन् २०२३ नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल-शिफा अस्पतालको एउटा सीसीटीभी भिडिओमा देखिएका केही मानिसमध्ये एक जना नेपाली नागरिक पनि रहेको इजरेली सेनाले जनाएको थियो।

उक्त भिडिओमा देखिएका व्यक्ति आफ्ना भाइ नै रहेको विपिन जोशीका दाजु किशोर जोशीले त्यसै बेला बीबीसी न्यूज नेपालीसँग बताएका थिए।

अहिलेको अवस्थाबारे इजरेली पक्षले पनि नयाँ जानकारी प्राप्त नभएको बताउने गरेको इजरेलस्थित नेपाली दूतावासको भनाइ छ।

बिहीवार मुक्त हुने सूचीमा परेका तीन इजरेली

तस्बिर स्रोत,The Hostages and Missing Families Forum

तस्बिरको क्याप्शन,बिहीवार मुक्त भएका तीन इजरेली नागरिक (फाइल तस्बिर)

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरेलमा अप्रत्याशित आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी र अन्य देशका नागरिकसहित १,२०० जनाको मृत्यु भएको थियो।

उक्त घटनामा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएर प्यालेस्टिनी भूमितिर लगेका थिए।

तीमध्ये नेपालका विपिन जोशी पनि रहेको बताइँदै आएको छ।

यही ज्यानुअरी १९ देखि सुरु भएको पछिल्लो युद्धविराम सम्झौताअन्तर्गत बिहीवार छुट्नेसहित १५ जना इजरेली बन्दी मुक्त हुने छन्।

बाँकी बन्धकमध्ये कति जना जीवित छन् भन्ने हमासले खुलाएको छैन।

कति बन्धक मुक्त हुन बाँकी

युद्धविराम सम्झौता तीन विभिन्न चरणमा अघि बढ्ने बताइएको छ। अहिले प्रथम चरण नै चलिरहेको छ जुन ४२ दिनसम्म चल्ने छ। सम्झौता १९ ज्यानुअरीबाट आरम्भ भएको हो।

इजरेल-हमास युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३३ इजरेली बन्धकहरू मुक्त हुनुपर्ने र त्यसको बदलमा १,९०० प्यालेस्टिनी कैदीहरू रिहा हुनुपर्ने थियो।

तेत्तीस जनामध्ये हमासले बिहीवार अगम बर्जर, अर्बेल यहुद र गाडी मोजेजलाई बिहीवार नै मुक्त गर्ने छ। बर्जर दक्षिणी इजरेल फर्किसकेकी छन् र उनको आफ्नो परिवारसँग पुनर्मिलन भएको छ।

इजरेली सेनाले बर्जर मुक्त भएको दृश्य उनको परिवारका सदस्यहरूले हेरेको यो तस्बिर सार्वजनिक गरेको हो

तस्बिर स्रोत,IDF

तस्बिरको क्याप्शन,इजरेली सेनाले बर्जर मुक्त भएको दृश्य उनको परिवारका सदस्यहरूले हेरेको यो तस्बिर सार्वजनिक गरेको हो

यसअघि करिना आरियेभ, ड्यानिएला गिल्बोआ, नाम लेभी र लिरी अल्बागलाई गत शनिवार र रोमी गोनेन, डोरोन स्टाइन्ब्रेचर अनि गत सप्ताहान्तमा एमिली डामारी मुक्त भएका थिए।

मुक्त हुनेको सूचीमा परेकामध्ये आठ जनाको मृत्यु भइसकेको इजरेल सरकारले यसै हप्ता पुष्टि गरेको थियो।

हमासले नोभेम्बर २०२३ मा १९ थाई नागरिकसहित २० विदेशी बन्धकलाई मुक्त गरेको थियो।

विष्णु पोखरेल, बीबीसीबाट ।

अमेरिका विमान दुर्घटनामा ‘कोही नबाँचेको हुन सक्ने’, २८ शव फेला परे

संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीस्थित विमानस्थलमा अवतरण गर्न लागेको एउटा यात्रुवाहक विमान आकाशमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको छ।

दुर्घटनाबारे जारी अनुसन्धानबारे जानकारी राख्ने एक अधिकारीले विमान खसेको स्थानबाट कम्तीमा २८ वटा शव निकालिएको स्थानीय अग्निनियन्त्रक निकायका प्रमुख जन डनेलीले बताएका छन्।

उनले थप जीवित मानिसहरू फेला पर्ने सम्भावना नरहेको बताएका छन्।

यद्यपि बीबीसीको साझेदार सञ्चारमाध्यम सीबीएसले आपत्कालीन उद्धारकर्मीहरूलाई उद्धृत गर्दै कम्तीमा ३० ओटा शव निकालिएको बताएको छ।

गोताखोर र उद्धारकर्मीहरू सवार डुङ्गाहरूले न्यूनतम बिन्दुमा पुगेको तापक्रमका माझ नदीमा खोजी तथा उद्धारकार्य गरिरहेका छन्। अधिकारीहरूले अँध्यारो, तीव्र वेगको हुरी र चिसोका कारण उद्धारकार्य प्रभावित भएको बताएका छन्।

क्यान्सस राज्यबाट उडेको उक्त जेट विमान अमेरिकाको राजधानीको मध्यभागमा अवस्थित रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो।

विमानमा चालकदलका सदस्यसहित ६४ जना सवार थिए भने हेलिकप्टरमा तीन सैनिक रहेको बताइएको छ।

सेनाको हेलिकप्टर प्रशिक्षण उडानमा रहेको सेनाका एक अधिकारीले बताएका छन्।

पोटोम्याक नदीमा कठ्याङ्ग्रिने जाडोमा उद्धारकार्य जारी छ

तस्बिर स्रोत,Getty Images, तस्बिरको क्याप्शन,कठ्याङ्ग्रिने जाडोमा उद्धारकार्य भइरहेको छ

‘दुर्घटना टार्न सकिन्थ्यो’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले परिस्थितिको निगरानी गरिरहेको बताउँदै आपत्कालीन उद्धारकर्मीहरूलाई उनीहरूको कामका लागि धन्यवाद दिएका छन्। तर उनले दुर्घटना टार्न सकिने खालको थियो भन्दै कसरी त्यसो हुन गयो भनेर प्रश्न गरेका छन्।

उड्डयनविज्ञहरूले रेगन विमानस्थल व्यस्तमध्येमा पर्ने र त्यहाँ राजधानीमाथिको हवाईमार्गमा प्रायः विमानहरूको चाप रहने गरेको बताएका छन्।

अमेरिकी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।

एफएएले उक्त विमान रेगन विमानस्थलको धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा उक्त घटना भएको जानकारी सीबीएस न्यूजलाई दिएको छ।

रेगन विमानस्थलनजिकै विमान र हेलिकप्टर ठोकिएपछि पोटोम्याक नदीमा खोजी तथा उद्धारकार्य जारी छ

तस्बिर स्रोत,EPA

उद्धारकर्ताहरूले पोटोम्याक नदीमा खोजी तथा उद्धार‍ अभियान सुरु गरेका छन्

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,उद्धारकर्ताहरूले पोटोम्याक नदीमा खोजी तथा उद्धार‍ अभियान सुरु गरेका छन्

विमान दुई टुक्रा, हेलिकप्टर उत्तानो

अमेरिकी सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त विमान दुई टुक्रा भएको छ भने डुङ्गा र गोताखोरहरूले विमान र हेलिकप्टरमा सवार मानिसहरूको खोजी गरिरहेका छन्।

दुर्घटनाग्रस्त हेलिकप्टर सग्लो नै रहेको तर पानीमा उत्तानो परेर खसेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

उक्त हेलिकप्टर भर्जिनिया राज्यस्थित फोर्ट बेल्भोयरबाट उडेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

डीसीस्थित आपत्कालीन उद्धारकार्य गर्ने निकायका प्रमुखले अहिलेसम्म कोही व्यक्ति जीवित भए नभएको थाहा नभएको बताएका छन्। जोन डनेलीका अनुसार उद्धारकर्ताहरूको प्राथमिकता जीवित व्यक्ति खोज्नु हो।

रेगन विमानस्थल बिहीवार बिहान ११ बजेसम्मका लागि बन्द गरिएको छ

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,रेगन विमानस्थलले बिहीवार बिहानसम्म कुनै उडान नहुने सूचना प्रकाशित गरेको छ

विमानमा को थिए

अमेरिकन एअरलाइन्सले फ्लाइट ५३४२ मा चालकदलका चार सदस्य र ६० यात्रु गरी कुल ६४ जना सवार रहेको जानकारी दिएको छ।

फिगर स्केटिङको अमेरिकी नियामक निकाय ‘यूएस फिगर स्केटिङ’का अनुसार सो विमानमा केही स्केटिङ खेलाडी, प्रशिक्षक र तिनका आफन्तहरू चढेको पुष्टि गरेको छ।

उनीहरू विचिटामा आयोजित एउटा कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा रहेको सो संस्थाले एउटा विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

रुसी समाचारसंस्था टीएएसएसका अनुसार सो विमानमा रुसका दुई फिगर स्केटर र प्रशिक्षक पनि थिए।

रेगन विमानस्थलनजिकै दुर्घटनास्थलमा उद्धारका लागि खटेका सुरक्षाकर्मीहरू

तस्बिर स्रोत,EPA

विमानस्थल बन्द

बीबीसी संवाददाताहरूका अनुसार रेगन विमानस्थलभन्दा पछाडिपट्टि रहेको भागमा खोजी तथा उद्धारकार्य भइरहेको छ। उक्त अभियानमा स्थानीय प्रहरी, सङ्घीय अधिकारीहरू र अन्य विभिन्न निकाय संलग्न छन्।

पोटोम्याक नदीमा खोजी तथा उद्धारकार्यका क्रममा बत्ती बलेको देखिन्छ तर विमानस्थल चाहिँ चकमन्न छ। दुर्घटनास्थलको हवाईगस्ती गर्दै गरेको एउटा हेलिकप्टरबाहेक आकाशमा अरू कुनै विमान छैन।

उक्त विमानस्थलतिर आउन लागेका विमानहरूलाई डलस अन्तर्राष्ट्रिय विमानस्थलतिर पठाइएको छ। हवाईयात्रुलाई सुविधा प्रदान गर्न डीसीको मेट्रो रेल राति अवेरसम्म चल्ने भएको छ।

दुर्घटनास्थलमा खोजी तथा उद्धारकार्यमा छिमेकी राज्य मेरिल्यान्डले पनि सघाउने भएको छ। सङ्घीय जाँच ब्यूरो एफबीआईले पनि अनुसन्धानमा सघाउने जनाएको छ।

सन् २००९ पछिको ठूलो दुर्घटना

यो दुर्घटनालाई संयुक्त राज्य अमेरिकामा सन् २००९ पछि व्यावसायिक विमानमा भएको सबैभन्दा ठूलो मानिएको छ। उक्त वर्ष फेब्रुअरी महिामा नेवार्क, न्यूजर्सीबाट उडेको कन्टिनेन्टल एअरलाइन्सको एउटा यात्रुवाहक विमान बफेलो, न्यूयोर्कस्थित विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा घरमा गएर जोतिएको थियो।

उक्त दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो।

सन् २००१ को नोभेम्बर महिनामा जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलनजिकै अमेरिकन एअरलाइन्सको विमान उड्नेबित्तिकै दुर्घटनामा पर्दा २६५ जनाको मृत्यु भएको थियो। उक्त विमान डोमिनिकन रिपब्लिकको सान्टो डोमिनिगोका लागि प्रस्थान गरेको थियो।

सन् २००९ मा यूएस एअरवेजको एअरबस ए३२० ले आफ्ना दुइटै इन्जिन उड्ने बित्तिक‍ै चराहरूको बथानका कारण बिग्रिएपछि न्यूयोर्कमा आकस्मिक अवतरण गरेको थियो। विमानचालकले विमानलाई नजिकै रहेको हड्सन नदीमा अवतरण गराउँदा विमानमा सवार १५५ जनाको ज्यान जोगिएको थियो।

‘चेतावनी दिँदा हेलिकप्टर चालकले कुनै प्रतिक्रिया जनाएनन्’

सीएनएनका अनुसार रेगन विमानस्थलमाथि दुर्घटना हुनुभन्दा केही बेरअघि एक एअर ट्राफिक कन्ट्रोलरले सेनाको ब्ल्याक हक हेलिकप्टरलाई अमेरिकन एअरलाइन्सको यात्रुवाहक जेट देखिएको छ कि छैन भनेर प्रश्न गरेका थिए।

एअर ट्राफिक कन्ट्रोलले फेरि उक्त हेलिकप्टरले अर्को चेतावनी दिएको थियो। तर त्यसको केही सेकन्डमै हेलिकप्टर र विमान ठोकिए।

एअर ट्राफिक कन्ट्रोलरले हेलिकप्टर चालकलाई प्रश्न सोधेको सुनिने अडिओ ‘लाइभ एटीसी’ले सार्वजनिक गरेको छ। उक्त अडिओको आधिकारिकता बीबीसीले पुष्टि गरेको छैन।

उक्त अडिओमा एअर ट्राफिक कन्ट्रोलले दिएको चेतावनीपछि हेलिकप्टर चालकले कुनै प्रतिक्रिया दिएको सुनिँदैन।

बीबीसीबाट ।

त्यो धनगढी र गुल्जार सुरेश चिया पसल

रञ्जना बिसी,
धनगढी, १७ माघ ।
धनगढीको एलएनचौकस्थित सुरेश चिया पसल कुनै समय राजनीतिको केन्द्र थियो । जहाँ राजाको चर्चा हुन्थ्यो । राजनीतिको चर्चा हुन्थ्यो । देशको चर्चा हुन्थ्यो। पार्टी जुन सुकै होस, चिया खानेहरुका लागि सुरेश चिया पसल साझा थलो थियो । शिक्षक हुन् वा व्यापारी । नेता हुन् वा सर्वसाधारण । कर्मचारीहरु पनि चिया पिउन यही पुग्थे । कतिपयलाई सुरेश चिया पसलमा दिनमा एक पटक नपुगी धीत मर्दैनथ्यो ।

‘यो रेडियो नेपाल हो’ बाट कतिपयको बिहानीको शुरुवात हुन्थ्यो, त्यही पसलबाट । पछि कायाकैरन त्यही बज्न थाल्यो । त्यही सुनिन्थे, देश विदेशका खवर । रेडियोका वरीपरी झुम्मिरहन्थे ग्राहकहरु । चिया त बहाना थियो ।

सुरेशलाई चिया बनाउन भ्याई नभ्याई हुन्थ्यो । कतिसम्म भन्ने चिया पिउनेका लागि बस्ने ठाउँसम्म हुदैनथ्यो ।

नेपाली काँग्रेसका नेताहरुको त त्यो अखाडा नै थियो । काँग्रेस नेता टेक बहादुर चोख्याल चिया खान त्यही पुग्थे ।

उनलाई लिएर थुप्रै किस्सा छन् । कुनै दिन एक जना ग्राहकले चिया पिउदा बस्ने ठाउ नभएर कुर्सीका लागि आग्रह गरे । उनले जवाफमा भनेछन्, तुम कौन होते हो कुर्सी मागने वाले, तुम्हारे नेता…तो खडे खडे चाय पिते है ।

फुर्सद भए च्याँ खाउ है । केही कुरा गर्नुछ, च्याँ खान आउनुस है । मर्निङ वाक सकेर च्याँ खाउ है । बहाना जे सुकै होस, एक समय च्याँ अर्थात चिया खाने ठाउ एउटै थियो, सुरेश चिया पसल ।

भारतबाट आएका सुरेश गुप्ताले २०४२ सालमा एलएनचौकमा राम व्रदर्शको छेउमा चिया पसल खोले । पसलको नाम केही थिएन । सबैले नाम दिए, सुरेश चिया पसल ।

५० को दशकमा धनगढीमा अर्को जमघट हुने ठाउँ थियो, जोशी टाकिज अघिल्तिरको बटाला चिया पसल ।

त्यसअघि ३० को दशकमा धनगढीको पुरानो बजार (हालको मस्जिद क्षेत्र) मा कापडाको रुख छेउमा थियो, जोरायले चिया पसल । पञ्चायत अवधिमा त्यो पसल जमघट हुने केन्द्र थियो ।

२०४६ को आन्दोलन ताका सुरेश चिया पसल र बटाला चिया पसलमा नेताहरुसंगै ग्राहकको भेषमा अनुसन्धानका कर्मचारीहरु पनि जासुसीका लागि त्यही पुग्थे । जहाँ मिल्थ्यो, आन्दोलनको सूचना ।

सुरेश र उनको चिया पसल २०४६ सालको आन्दोलन, माओवादी विद्रोह, २०६२/६३ को जनआन्दोलन र धनगढीको विकासको साक्षी हो । एक समोसा र चिया खाएर आन्दोलनकारी जुलुसमा निस्किन्थे । जुलुसबाट फर्किएर त्यही सुस्ताउथे ।

सुरेश गुप्ताले चिया बनाउन थालेको चार दशक भयो । उनी सम्झिन्छन्, त्यतिबेला टाढा टाढाबाट चिया खान आउथे । शुरुवाती दिनमा उनले चार/पाँच लिटर दुधको चिया बेच्थे । ग्राहक थपिदै गए । उनी कहाँ एक पटक चिया पिउन आउने व्यक्ति फर्केर फेरि फेरि आउन थाले ।

उनले दुध थप्दै गए । चियाका लागि दैनिक ४० लिटरसम्म दुध खपत हुन थाल्यो । त्यही चिया पसलको आम्दानीबाट घर खर्च चलाए । बालबच्चा पढाए । हुर्काए । र, बचत पनि गरे ।

उनलाई चिया बनाउन भ्याई नभ्याई हुन्थ्यो । उनकी पत्नीले चिया पसलमा सघाउन थालिन् । त्यसपछि छोरा छोरीले सहयोग गर्न थाले । त्यतिले पनि नपुगेपछि काम गर्ने कर्मचारी थपे । तर समय बदलियो, कुनै बेलाको गुल्जार सुरेश चिया पसल यतिबेला भने सुनसान छ । कुनै समय दैनिक तीन/चार सय कप चिया बेच्ने सुरेश सुनाउछन्, अहिले दैनिक १५/२० कप चिया मुस्किलले बिक्री हुन्छ । समोसाका लागि १० किलोसम्म आलु खपत हुन्थ्यो । अहिले एक किलो आलु खपत हुदैन ।

कुहिरो होस वा शितलहर । झिसमिसैमै सुरेश चिया पसल खुलिसक्थ्यो । बजार र सडक सुनसान हुन्थ्यो । सुरेश चिया पसलमा भने ग्राहकहरुको चहलहपल शुरु भईसकेको हुन्थ्यो ।

हरेक बिहान ग्राहकको घुईचो लाग्ने सुरेश चिया पसल विहीवार सुनसान थियो । चिया पिउने एक जना ग्राहक पनि थिएन । भन्दै थिए, दुई वर्षयता त बाँच्नै मुस्किल भयो ।

धनगढी उपमहानगरपालिकाले सडक विस्तारका क्रममा मूल सडकका संरचनाहरु भत्काउन थालेयता ग्राहकहरु ह्वात्तै घटेको उनको अनुभव छ । सडक निर्माण थालिएपछि बाहिरबाट ग्राहकहरु आउन छोडे । धनगढी एलएलचौकका व्यापारी त उनका नियमित ग्राहक थिए नै, हसनपुर पिपल चौतारा, क्याम्पस रोड, धनगढी गाउँ, तारानगर चौराहा, बेहडीबाट ग्राहकहरु चिया पिउन आउथे ।

पहिले पसलको भाडा सस्तो थियो । व्यापार राम्रो थियो, उनको गुनासो छ, अहिले व्यापार छैन । भाडा बढेको बढ्यै छ ।

बचत गर्ने कुरा त सोच्न छोडिसके । बाँच्ने कसरी भन्ने चिन्ताले सताउछ, उनी सुनाउछन्, ४० वर्ष यही धनगढीमा चिया बेचेर बिताए । अब यो उमेरमा कहाँ जाउ ?

४० वर्षमा यस्तो खराव अवस्था कहिल्यै आएन । कोभिडमा पनि यस्तो भएन, उनी सुनाउछन्, अचेल चिया बेचेर सागसब्जी र चामल किन्न पनि नपुग्ने भयो ।

वर्षौ कच्ची पसलमा चिया बेचे । केही समय त्यहाँबाट हाट बजार जाने बाटोमा पसल सारे । त्यहाँ व्यापार राम्रो थियो । तर शौचालयको व्यवस्था थिएन । फर्केर पुरानै ठाउँमा फर्किए । त्यो भत्कियो । र, त्यहाँ कम्प्लेक्स बन्यो । उनी कम्प्लेक्समा चिया बेच्न थाले ।

उनको व्यवहार चिया झै कडा लाग्थ्यो । यद्यपि फिक्का जीवनमा सुरेशको त्यही कडा चियाको चुस्कीको स्वाद लिदै कतिपयले नयाँ सपनाहरु बुन्थे ।

ग्राहक घटेपछि उनकै सपनाहरु अलपत्र छन्, भन्छन्, न उमेर रह्यो, न त अव कुनै सपना । खुशी हुन त एउटा ग्राहक आए    पुग्छ ।

महाकुम्भमा लाग्यो भयानक आगो

नयाँ दिल्ली । महाकुम्भमा आगलागी भएको छ । झुन्सीको छतनागको सेक्टर २२ मा बनेको टेन्ट सिटीमा बिहीबार आगलागी भएको हो । आगलागीको कारण पत्ता लागेको छैन ।

के भयो भनेर मानिसहरूले थाहा पाउनु अघि नै आगोले भयानक रूप लिइसकेको बताइएको छ । टेन्ट सिटीका एक दर्जनभन्दा बढी टेन्टहरू जलेर खरानी भएका छन् । यस दुर्घटनामा कसैले पनि ज्यान गुमाउनु नपरेको बताइएको छ ।

आगो लागेको जानकारी पाउने बित्तिकै धेरै दमकल घटनास्थलमा पुगेका थिए । निकै प्रयासपछि आगो नियन्त्रणमा आएको बताइएको छ ।

 

अर्जुन ट्रफीका लागि बैतडीको टिम घोषणा

धनगढी। क्रिकेटको सहर धनगढीमा यही माघ १९ गतेबाट आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीको टिम घोषणा गरिएको छ ।

बैतडीको दशरथ चन्द एकेडेमीले भुवन कार्कीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । सो टोलीमा विभिन्न उमेर समूहका राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटर समावेश छन् । टिममा विभागीय एपिएफका खेलाडी अमरसिंह रौटेलासहित दिवान पुन, रुपेश सिंह, बसन्त खत्री, खड्क बोहरा, दिपक बोहोरा छन् ।

यसैगरी, प्रदीप चन्द, हिमाल दौल्याल, जनक सुनार, दिपक चन्द, लोकेश चन्द, सुमित बडाल र सल्लाउद्धिन खान बैतडीको टिममा हुनुहुन्छ । बैतडीले माघ २० गते सिवाइसी अत्तरियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । माघ २२ गते न्यु होराइजन बुटबलसँग खेल्ने छ भने माघ २४ गते क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंसँग प्रतिस्पर्धा गर्ने छ ।

गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेन्डरमा समावेश गरेर यो प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका सबै खेलहरू एक्सन स्पोट्स एचडी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने छ ।

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काप्रति समर्पित अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०र५० हजार पाउने छन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमको सहभागिता रहेको छ ।

महिला त्रिकोणात्मक टी-२० क्रिकेट : नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमाडौं । महिला त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा घरेलु टोली नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको हो ।

नेदरल्याण्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा मात्र १३७ रन बनाउन सक्यो ।

नेपालका लागि ओपनर सीता राना मगरले २८ रन बनाउँदा कविता जोशीले २७ रन बनाइन् ।

पूजा महतोले विस्फोटक ब्याटिङ गरिन् । उनले १४ बलमा २ चौका र २ छक्कासहित २४ रन जोडिन् ।

कप्तान इन्दु बर्मा ७ रनमै आउट हुँदा कविता कुँवरले ८ र रुबिना क्षेत्रीले ११ रन बनाइन् । यस्तै, विन्दु रावल ३ रनमा अविजित रहिन् ।

नेदरल्याण्ड्सका लागि क्यारोलि डे लान्गे र इभा लिन्चले दुई/दुई तथा इरिस ज्विलिङले १ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५७ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका रोबिन राइकेले अर्धशतकीय पारी खेलिन् । उनले ४८ बलमा ८ चौका प्रहार गर्दै ५९ रन जोडिन् ।

ओपनर फेबे मोल्केनबोयर शून्यमा आउट हुँदा स्टेरे कालिस र कप्तान बाबेट डे लीडेले क्रिज सम्हालेका थिए । कालिसले २९ रन बनाउँदा लीडेले ६ रनमै आउट भइन् ।

हेदर सिगर्सले २३ रन जोड्दा आइरिस जुइलिङ ३१ रनमा अविजित रहिन् ।

नेपालका लागि ईश्वरी विष्ट, सीता राना मगर, कविता कुँवर र पूजा महतोले एक/एक विकेट लिइन् ।

नेदरल्याण्ड्सविरुद्धको खेलमा अलिशा के यादव र मनिषा उपाध्यायले राष्ट्रिय टोलीमा डेब्यू गरेकी छन् । अलिशा नेपालका लागि डेब्यू गर्ने ३४ औं खेलाडी बनिन् भने मनिषा ३५औं खेलाडी ।

अब शुक्रबार थाईल्याण्ड र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।


फेसबुकले ट्रम्पलाई खाता बन्द गरेको मुद्दामा २५ मिलियन डलर क्षतिपूर्ति दिने

वासिङ्गटन डीसी । मार्क जुकरबर्गको कम्पनी मेटालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध बिगार्ने कार्य निकै महँगो सावित भएको छ ।

अब मेटाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २०२१ मा दायर गरेको मुद्दा सुल्झाउन २५ मिलियन डलर तिर्नुपर्ने भएको छ । जसमा ट्रम्पले अमेरिकाको क्यापिटल दंगा पछि फेसबुक र इन्स्टाग्रामले आफूलाई गलत तरिकाले सेन्सर गरेको दाबी गरेका थिए ।

अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले यस सम्झौताको बारेमा जानकारी दिएको छ । रिपोर्टमा यसलाई ट्रम्पको विजयको रूपमा देखाइएको छ। सम्झौतासँग परिचित व्यक्तिहरूका अनुसार भुक्तानीको २२ मिलियन डलर ट्रम्पको भावी राष्ट्रपति पुस्तकालयको लागि कोषमा जानेछ । जबकि बाँकी रकमले कानूनी शुल्क र मुद्दामा अन्य वादीहरूलाई भुक्तानीहरू कभर गर्नेछ ।

जनवरी ६, २०२१ मा ट्रम्प समर्थकहरूले सिर्जना गरेको कोलाहलपछि उनको सोसल मिडिया खाता निलम्बित गरिएको थियो । जसपछि ट्रम्पले एकाउन्ट निलम्बन गरेको भन्दै सोसल मिडिया प्लेटफर्मको कडा आलोचना गरेका थिए । तर हालै जुकरबर्ग र एक्सका मालिक एलोन मस्क लगायतका धेरै टेक दिग्गजहरुले ट्रम्पसँग हात मिलाइसकेका छन् । मार्क जुकरबर्गले गत हप्ता वाशिंगटनमा ट्रम्पको राष्ट्रपतिको उद्घाटन समारोहमा भाग लिएका थिए।

अमेरिकामा राष्ट्रपति चुनावका क्रममा एलन मस्कसँगै मेटाका मालिक जुकरबर्गले पनि ट्रम्पलाई समर्थन गरेका थिए ।

आफ्नो कार्यकालमा ट्रम्पले अमेरिकी कम्पनीहरूलाई अगाडि बढाउन धेरै वाचा गरेका थिए, त्यसपछि अधिकांश व्यवसायी ट्रम्पको समर्थनमा आएका थिए ।

मेटा ट्रम्पलाई भुक्तान गर्ने पहिलो कम्पनी भने होइन, गत डिसेम्बरमा एबीसी न्यूजले ट्रम्पद्वारा दायर गरेको मानहानि मुद्दालाई सुल्झाउन १५ मिलियन तिर्न सहमत भएको थियो।

च्यानलका शीर्ष एन्करले ट्रम्पको बारेमा गरेको टिप्पणीलाई लिएर यो मुद्दा दायर गरिएको थियो ।

 

वाशिङ्टन डीसीमा यात्रुवाहक विमान र सैन्य हेलिकप्टर ठोकिए, दुर्घटनास्थलबाट ‘केही शव निकालियो’

वाशिङ्टन : वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमान सेनाको हेलिकप्टरसँग आकाशमा ठोकिएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकाय (एफएए)ले जनाएको छ।

स्थानीय समयानुसार बेलुकी ९ बजेतिर हावामा हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एअरलाइन्सको उक्त विमान वाशिड्टन डीसीमा बग्ने पोटोम्याक नदीमा खसेको थियो। चालकदलका चार र ६० जना यात्रु रहेका उक्त विमान क्यान्सास राज्यको विचिटाबाट प्रस्थान गरेको थियो।

विमान खसेको ठाउँमा खोजी र उद्धार अभियान आरम्भ भएको छ। सरकारी निकायहरूले उक्त दुर्घटनामा कति जना हताहत भए भन्ने औपचारिक जानकारी दिइसकेका छैनन्। तर प्रहरी स्रोतलाई उद्धृत गर्दै बीबीसीको अमेरिकी साझेदार सीबीएसले विमान खसेको स्थानमा १८ वटा शव फेला परेको जनाएको छ। अमेरिकी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।

एफएएले उक्त विमान रेगन न्याश्नल एअरपोर्टको धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा उक्त घटना भएको जानकारी सीबीएस न्यूजलाई दिएको छ। दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ‘ब्ल्याक हक’ भएको र त्यसमा तीन सैनिक सवार रहेको एक अधिकारीले सीबीएसलाई बताएका छन्। उक्त हेलिकप्टर तालिममा प्रयोग गरिएको अमेरिकी सेनाले पुष्टि गरेको छ।

नाम उल्लेख नगर्ने सर्तमा अर्का एक अधिकारीले समाचारसंस्था रोएटर्सलाई ती सैनिकहरूको अवस्था अज्ञात रहेको जानकारी दिएका छन्। उनका अनुसार उक्त हेलिकप्टरमा वरिष्ठ सैन्य अधिकारी थिएनन्।

वाशिङ्टन डीसीमा रात्रिकालीन तापक्रम निकै कम भएकाले उद्धारकार्य चुनौतीपूर्ण बनेको छ।

उद्धारकर्ताहरूले पोटोम्याक नदीमा खोजी तथा उद्धार‍ अभियान सुरु गरेका छन्

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,उद्धारकर्ताहरूले पोटोम्याक नदीमा खोजी तथा उद्धार‍ अभियान सुरु गरेका छन्

विमान दुई टुक्रा, हेलिकप्टर उत्तानो

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई “उक्त भयानक दुर्घटनाबारे पूरा जानकारी” दिइएको बताएका छन्। उनले दुर्घटनापछि तत्काल गरिएको प्रतिकार्यको प्रशंसा गरेका छन्।

“मैले परिस्थितिको निगरानी गरिरहेको छु र थप जानकारी आएपछि विवरण उपलब्ध गराउने छु।”

अमेरिकी सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त विमान दुई टुक्रा भएको छ भने डुङ्गा र गोताखोरहरूले विमान र हेलिकप्टरमा सवार मानिसहरूको खोजी गरिरहेका छन्।

दुर्घटनाग्रस्त हेलिकप्टर पानीमा उत्तानो परेर खसेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

उक्त हेलिकप्टर भर्जिनिया राज्यस्थित फोर्ट बेल्भोयरबाट उडेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

रेगन विमानस्थल बिहीवार बिहान ५ बजेसम्मका लागि बन्द गरिएको छ

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,रेगन विमानस्थलले बिहीवार बिहान ५ बजेसम्म कुनै उडान नहुने सूचना प्रकाशित गरेको छ

विमानस्थल बन्द

बीबीसी संवाददाताहरूका अनुसार रेगन विमानस्थलभन्दा पछाडिपट्टि रहेको भागमा खोजी तथा उद्धारकार्य भइरहेको देखिएको छ।

उक्त अभियानमा स्थानीय प्रहरी, सङ्घीय अधिकारीहरू र अन्य विभिन्न निकाय संलग्न छन्।

पोटोम्याक नदीमा खोजी तथा उद्धारकार्यका क्रममा बत्ती बलेको देखिन्छ तर विमानस्थल चाहिँ चकमन्न छ। दुर्घटनास्थलको हवाईगस्ती गर्दै गरेको एउटा हेलिकप्टरबाहेक आकाशमा अरू कुनै विमान छैन।

उक्त विमानस्थलतिर आउन लागेका विमानहरूलाई डलस अन्तर्राष्ट्रिय विमानस्थलतिर पठाइएको छ। हवाईयात्रुलाई सुविधा प्रदान गर्न डीसीको मेट्रो रेल राति अवेरसम्म चल्ने भएको छ।

दुर्घटनास्थलमा खोजी तथा उद्धारकार्यमा छिमेकी राज्य मेरिल्यान्डले पनि सघाउने भएको छ। सङ्घीय जाँच ब्यूरो एफबीआईले पनि अनुसन्धानमा सघाउने जनाएको छ। -बीबीसी

रेगन विमानस्थलनजिकै दुर्घटनास्थलमा उद्धारका लागि खटेका सुरक्षाकर्मीहरू


गाजामा आठ थाई, एक ताञ्जानियालीसंगै एक नेपाली

काठमाण्डौं, १७ माघ ।
हमासको कब्जामा रहेका कञ्चनपुरका बिपीन जोशी रिहा हुदै गरेको समाचार सार्वजनिक प्रकाशित भएपनि त्यसको आधिकारिता पुष्टि हुन सकेको छैन् ।

यद्यपि ईजरायली अधिकारीहरुलाई उधृत गर्दै नाम उल्लेख नभएका पाँच जना थाई नागरिक मुक्त हुदै गरेको र आठ जना थाई नागरिकसंगै एक नेपाली र एक ताञ्जानियाका नागरिक हमासको कब्जामा गाजामा रहेको टाईम्स अफ ईजरायलले उल्लेख गरेको छ । तर नाम भने कसैको उल्लेख छैन् ।

रिहा गरिएका र रिहा गर्ने भनिएकाहरुको आधिकारिक सूचीमा अहिलेसम्म हमासको कब्जामा रहेका बिपीन जोशीको नाम भने कहीकतै उल्लेख छैन् ।

उनका बारेमा भ्रम छर्ने खालका समाचार भने लगातार आईरहेका छन् । कहिल्यै जीवितै रहेको, कहिल्यै सम्पर्कमा नरहेको, कहिल्यै रिहा गर्ने भनिएकाहरुको सूचीमा नरहेको समाचारहरु प्रकाशित हुदै आएका छन् ।

डिसेम्बर १६ यता बिपीनका बारेमा टाईम्स अफ ईजरायलमा कुनै समाचार प्रकाशित छैन् ।

बिपीन जोशीको नाम रिहा गर्नेहरुको सूचीमा रहेको विषयमा अहिलेसम्म आधिकारिक निकाय परराष्ट्र मन्त्रालय र ईजरायली दूतावासले आफ्नो धारणा सार्वजनिक गरेको छैन् । यद्दपि सामाजिक सञ्जालमा उनको नाम रिहा हुनेहरुको सूचीमा ५८ औं नम्वरमा रहेको भन्दै सूची समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । यसको आधिकारिता भने पुष्टि हुन सकेको छैन् ।

कुम्भमेलाको भागदौडमा कम्तीमा ३० जना मारिएको आधिकारिक जानकारी

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलेको कुम्भमेलामा बुधवार बिहान सबेरै एउटा घाटमा घातक भागदौड हुँदा कम्तीमा ३० जना मारिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार ६० जना घाइते भएका छन्। मृतकमध्ये २५ जनाको सनाखत भइसकेको अधिकारीहरूले जानकारी दिए।

कुम्भमेलाका बेला एउटा घाटमा भागदौड मच्चिएपछि केही मानिसहरू सम्पर्कविहीन भएको तिनका आफन्तले बताएका छन्

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,कुम्भमेलाका बेला एउटा घाटमा भागदौड मच्चिएपछि केही मानिसहरू सम्पर्कविहीन भएको तिनका आफन्तले बताएका छन्

भागदौडपछि हराइरहेका मानिसहरूको खोजी जारी रहेको उनीहरूका आफन्तले बताएका छन्।

कति मानिस हराइरहेका छन् भन्ने ‍औपचारिक विवरण हालसम्म सार्वजनिक भएको छैन।

प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउने मानिसका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

भागदौड भएपछि विभिन्न अखडाहरूले औँसीका दिन आयोजना गर्न लागेको विशेष स्नानको कार्यक्रम स्थगित गर्ने निर्णय गरेका थिए। तर अपराह्ण २ बजेसम्म गङ्गा र यमुना नदीका किनारमा झन्डै पाँच करोड मानिसले स्नान गरेको जानकारी अधिकारीहरूले दिएका थिए।

बीबीसी संवाददाता विकास पाण्डेका अनुसार घटना भएपछि मेला लागेको ठाउँमा सुरक्षाव्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीहरूले भक्तजनलाई सङ्गमतिर नभई नदीको किनारमै स्नान गर्न आग्रह गरेका छन्।

अधिकारीहरूका अनुसार ज्यानुअरी १३ मा कुम्भमेला सुरु भएदेखि अहिलेसम्म झन्डै २५ करोड मानिसले स्नान गरिसकेका छन्। कुम्भमेलालाई संसारकै सबैभन्दा ठूलो भेला मानिन्छ। त्यहाँ उर्लिएको जनसागर अन्तरिक्षबाट पनि देखिएको छ।

कुम्भमेलामा भागदौड मच्चिएको स्थानमा एक महिलाको उद्धार गर्दै प्रहरी

तस्बिर स्रोत,Getty Images

१२ घण्टासम्म राज्य मौन थियो

कुम्भमेलाका बेला प्रयागराजमा भागदौड मच्चिएको स्थानमा मानिसहरू र सुरक्षाकर्मी

तस्बिर स्रोत,Getty Images

घटना भएको १२ घण्टा बितिसक्दासम्म राज्य वा केन्द्र सरकारले मृतकको सङ्ख्या र क्षतिबारे कुनै जानकारी दिएको थिएन।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा टिप्पणी गर्नुअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कुम्भमेलामा भागदौड मच्चिएको र केही मानिस गम्भीर घाइते भएको बताएका थिए। तर उनी वा उनको सरकार तथा अन्य अधिकारीहरू कसैले पनि घटनामा मानिसहरूको मृत्यु भए नभएको विषयमा कुनै जानकारी दिएका थिएनन्।

केन्द्र र राज्य सरकारका विरोधाभासपूर्ण प्रतिक्रियाको धेरैले आलोचना गरेका थिए। सरकारमा पारदर्शिता नभएको मानिसहरूले औँल्याएका थिए।

केही व्यक्तिले बिहानको भागदौडपछि आफ्ना आफन्तहरू भुइँमा लडेको र त्यसपछि सम्पर्कविहीन भएको बीबीसीलाई बताएका छन्।

भारतमा कुम्भमेला भइरहेको स्थान

बिहान प्रयागराजका एक स्वास्थ्यकर्मीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बीबीसीलाई उक्त घटनामा कम्तीमा एक दर्जन मानिसको ज्यान गएको हुन सक्ने बताएका थिए। प्रत्यक्षदर्शीहरूले पनि बीबीसीलाई समान जानकारी दिएका थिए।

“प्रयागराज महाकुम्भमा भएको दुर्घटना निकै दुःखद छ। यसमा आफ्ना प्रियजन गुमाउने श्रद्दालुहरूप्रति म गहिरो समवेदना व्यक्त गर्छु,” सामाजिक सञ्जाल ‘एक्स’मा प्रधानमन्त्री मोदीले लेखेका छन्।

उनले आफू राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको र बिहान भएको घटनाका विषयमा योगी आदित्यनाथसँग कुरा गरेको जानकारी दिएका छन्।

रक्षामन्त्री राजनाथ सिंह र गृहमन्त्री अमित शाहले पनि मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

आलोचना

विपक्षी दलका नेताहरूले अव्यवस्थाका कारण उक्त दुर्घटना भएको आरोप लगाउँदै सरकारको आलोचना गरेका छन्।

संसद्‌मा प्रमुख विपक्षी दल कङ्ग्रेसका नेता राहुल गान्धीले “अव्यवस्था र सर्वसाधारण भक्तजनलाई नभई भीआईपीलाई बढी ध्यान दिने प्रशासनको व्यवहारका कारण यो दुःखद घटना” भएको टिप्पणी सामाजिक सञ्जालमा गरेका छन्।

उत्तर प्रदेशमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको सरकार छ।

अरू विपक्षी दलका नेताहरूले उक्त घटनाप्रति दुःख र शोक व्यक्त गरेका छन्।

कुम्भमेला भएको स्थानमा स्थापित अस्पतालमा सुरक्षाकर्मी र एम्बुलेन्सहरू

“केही तीर्थयात्रीहरू गम्भीर घाइते भए, उनीहरूको अस्पतालमा उपचार हुँदै छ,” केही समयअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भनेका थिए। उनले “परिस्थिति नियन्त्रणमा” आइसकेको पनि दाबी गरे।

तर मेला हुने स्थानमा अहिले पनि आठदेखि १० करोड श्रद्धालुहरू अझै रहेको भन्दै उनले मानिसहरूलाई सङ्गमतिर नजान बरु आफू भएको स्थाननजिकैखो नदीतटमा स्थान गर्न आग्रह गरे।

“यो विशेष दिनमा गङ्गामा जहाँ स्नान गरे पनि उही फल पाइन्छ,” उनले भने।

बीबीसी संवाददाता विकास पाण्डेका अनुसार घाइतेहरूलाई लगिएको एउटा मुख्य अस्पतालमा सञ्चारकर्मीलाई प्रवेश दिइएको छैन।

त्यहाँ बिहानैदेखि एम्बुलेन्सको आउजआउ भएको देखिन्छ।

कुन बेला भयो घटना

बुधवार मौनी अमावस्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा ‘अमृतस्नान’ हुन लागेका बेला उक्त घटना भएको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार भिडले त्यहाँ लगाइएका बार तथा अवरोधलाई तोडेर ठेलमठेल गर्दा उक्त अवस्था निम्तिएको थियो।

योगी आदित्यनाथका अनुसार केही तीर्थयात्रीले प्रहरीद्वारा स्थापित छेकबार नाघेर सङ्गमतिर जान खोजेपछि बिहान १ देखि २ बजेका बीचमा उक्त घटना भएको जानकारी दिएका छन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भागदौडमा परेर केही व्यक्ति गम्भीर घाइते भएको बताएका छन्

प्रयागराज मेला प्राधिकरणकी एक अधिकारी आकाङ्क्षा राणाले पत्रकारहरूसँग कुरा गर्दै केही ठाउँमा भिडलाई व्यवस्थित गर्नका लागि राखिएका अवरोधहरू तोडफोड भएको खबर आएको र त्यहाँ भागदौड निम्तिएको तर अवस्था गम्भीर नरहेको बताइन्। घाइतेहरूको उपचार भइरहेको उनले बताइन्।

भारतीय समाचारसंस्था पीटीआईले सामाजिक सञ्जाल एक्समा एउटा भिडिओ पोस्ट गरेको छ। त्यसमा घाइतेहरूलाई ‘सेक्टर२४’स्थित अराइल उपकेन्द्रीय अस्पतालमा लगिएको देखिन्छ।

घटनास्थलबाट बीबीसी संवाददाता समिरा हुसेनले दिएको जानकारीअनुसार नदीतटमा बिहानीपख “पूरै अस्तव्यस्त र कोलाहलको स्थिति” थियो भने भुइँमा लुगाफाटा, जुत्ता, कम्बल र झोलाहरू छरपस्ट थिए।

विशेष स्नान ‘रद्द’ तर स्नान गर्न जाने मानिसको ठूलो घुइँचो

प्रयागराजमा एउटा घाटमा कुम्भमेलाका बेला भागदौड मच्चिएपछि छरपस्ट सामान र मानिसहरू

तस्बिर स्रोत,Getty Images

उक्त घटनापछि सबै अखाडाहरूले औँसीका दिन हुने विशेष स्नानको कार्यक्रम रद्द गरेको विवरण सार्वजनिक भयो। अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीले बुधवार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै भागदौडका कारण कार्यक्रम रद्द गरिएको बताए।

मध्यरातपछि बिहानीपख भएको घटनालाई दृष्टिगत गरी कार्यक्रम नगर्ने निर्णय लिइएको जानकारी पुरीले दिएका थिए। “मौनी अमावस्यामा स्नान गर्न सबै साधुसन्तहरू तयार अवस्थामा थिए। तर उक्त घटनालाई ध्यानमा राख्दै जनहितका लागि स्नान नगर्ने निर्णय गरियो।”

तर गङ्गा र यमुना नदीका किनारमा करोडौँ मानिसले स्नान गरेका छन्। त्यो क्रम दिनभरि जारी रहने देखिएको छ।

नागासाधुहरूले गर्ने शाहीस्नान भनिने विशेष स्नान केही ढिलो गरी सुरु भएको छ। शरीरभरि विभूति घसेका दिगम्बर नागासाधुहरूको समूह स्नान गर्न गएको हेर्न र उनीहरूबाट आशीर्वाद लिन मानिसहरूको भिड सडकछेउछाउ उभिएको देखिएको थियो।

प्रत्यक्षदर्शी के भन्छन्

कुम्भमेलामा सहभागी हुन गएका  मानिसहरू

समाचारसंस्था आईएएनसँगको कुराकानीमा उक्त भागदौडमा फसेकी एक महिलाले आफूले सुरक्षाकर्मीलाई उद्धार गर्न आउन आग्रह गरेको तर कसैले मद्दत नगरेको बताइन्।

अर्की एक महिलाले पीटीआईलाई अचानक भागदौड हुँदा उनले कहाँ जाने भन्ने अत्तोपत्तो नपाएको बताइन्।

प्रयागराजमा भागदौड मच्चिँदा भिडले धकेलेका एक व्यक्ति

आफूलाई त्यहाँबाट बाहिर निकालिदिन अधिकारीहरूसँग आग्रह गरेको तर त्यहाँका खटिएका व्यक्तिहरू हाँसेको उनको दाबी छ।

मध्यप्रदेशबाट आएका अर्का एक व्यक्तिले घटनास्थलमा प्रहरी पनि नभएको र कोही पनि मद्दतका लागि नआएको बताएका छन्। उनका अनुसार त्यहाँ धेरै मानिसहरू घाइते भएका छन्।

उनले आफ्नी आमा पनि जीवित छन् कि छैनन् भन्ने आफैँलाई थाहा नभएको बताए।

अर्का प्रत्यक्षदर्शी किशनले सङ्गममा स्नान गर्ने पालो कुर्दै गर्दा आफूहरूलाई कसैले धकेलेको महसुस भएको बताए।

“हामीलाई हुत्त्याइदिन। केही महिलाहरू लडे। हामीले उनीहरूलाई छेक्यौँ। त्यति बेला जे पनि हुन सक्थ्यो। भिड अन्यत्र मोडियो, नत्र त्यहाँ निकै अप्रिय घटना हुन सक्थ्यो।”

 प्रयागराजमा आयोजित कुम्भमेलामा तीर्थयात्रीको भिड

तस्बिर स्रोत,UP Information department

तस्बिरको क्याप्शन,प्रयागराजमा आयोजित डेढमहिने कुम्भमेलामा करोडौँ तीर्थयात्री पुगिसकेका छन्

कुम्भमेला के हो?

कुम्भमेलाको आरम्भको कथा समुद्र मन्थन गर्दा उत्पन्न अमृतको घडा (कुम्भ)का लागि देवता र दानवहरूबीच युद्ध भएको पौराणिक प्रसङ्गसँग जोडिएको देखिन्छ।

अमृत पिएर अमर हुन पाउने लोभमा देवासुर सङ्ग्राम हुँदा उक्त कुभ्मबाट केही थोपा प्रयागराज, हरिद्वार, उज्जैन र नासिक गरी चार स्थानमा खसेको किंवदन्ती छ।

उक्त युद्ध १२ देववर्षसम्म चलेको थियो र प्रत्येक देववर्षको अवधि पृथ्वीमा १२ वर्षसम्म हुने गर्छ। कुम्भमेला चार सहरहरूमा प्रत्येक १२ वर्षमा मनाइने गरिन्छ। दुइटा कुम्भमेलाको बीचमा अर्धकुम्भमेला पनि आयोजना गरिन्छ।

चारवटै सहरमा कुम्भमेलाको आयोजना गर्ने गरिएको भए पनि सबैभन्दा प्रयागराजमा आयोजित हुनेलाई महाकुम्भ मानिन्छ। त्यहाँ पुग्ने श्रद्धालु र पर्यटकहरूको सङ्ख्या प्रत्येक पटक बढ्दै गएको पाइन्छ।

अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीले मेला सुरु हुनुअघि यसपालिको कुम्भ “अझ विशेष” हुने बताएका थिए।

“घडाबाट अमृत छचल्किएर पोखिँदाको समय जसरी नै अहिले ग्रह र नक्षत्रहरू मिलेर बसेका छन्,” उनले बीबीसीसँग भनेका थिए, “यस्तो उत्तम अवस्था १२ वटा कुम्भ पर्वपछि अर्थात् १४४ वर्षपछि आएको छ।”

कुम्भमेलाको व्यवस्थापन गर्ने अधिकारीहरूले अमावस्याका दिन हुने अमृतस्नानका लागि आठदेखि १० करोड श्रद्धालु प्रयागराज पुग्ने ठानेका छन्।

मेलामा खटिएको प्रहरीले मङ्गलवार राति सामाजिक सञ्जालमा पोस्ट गर्दै अमावस्याका अवसरमा आउने श्रद्धालुलाई स्वागत गरेको थियो।

उसले कुम्भमेलामा आउने सबैको सुरक्षाका लागि प्रहरी एकाइहरू खटिएको जनाएको थियो।

अब यी दिनहरूमा विशेष स्नान हुने छ –

  • ३ फेब्रुअरी : वसन्तपञ्चमी (श्रीपञ्चमी)
  • १२ फेब्रुअरी : माघ शुक्ल पूर्णिमा (माघस्नान समाप्त हुने दिन)
  • २६ फेब्रुअरी : महाशिवरात्रि

प्रयागराजमा बिहान देखिएका केही दृश्य

कुम्भमेलामा भागदौडमा फसेकी एक महिलालाई उद्धार गर्दै प्रहरीहरू

तस्बिर स्रोत,Getty Images

कुम्भमेलामा भागदौड भएपछि  सुरक्षित स्थानमा जान केही मानिसहरूले तारबार नाघेका थिए

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,भागदौड भएपछि सुरक्षित स्थानमा जान केही मानिसहरूले तारबार नाघेका थिए
कुम्भमेलामा भागदौड भएको स्थानबाट अस्पतालतिर जाँदै गरेका एम्बुलेन्सका लस्कर

तस्बिर स्रोत,AFP

तस्बिरको क्याप्शन,कुम्भमेलामा भागदौड भएको स्थानबाट एकैपटक २० वटा एम्बुलेन्स निस्किएको बीबीसीले देखेको थियो
कुम्भमेलामा भागदौड  भएपछि एक घाइतेसँगै एम्बुलेन्समा बसेकी एक महिला रुँदै

तस्बिर स्रोत,AFP

तस्बिरको क्याप्शन,भागदौड भएपछि एक घाइतेसँगै एम्बुलेन्समा बसेकी एक महिला बिलौना गर्दै
नदीतटमा भागदौड भएपछि केही मानिसहरूहातमा हात मिलाएर बाहिर निस्किँदै

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,नदीतटमा भागदौड भएपछि केही मानिसहरूहातमा हात मिलाएर बाहिर निस्किए
गङ्गा, यमुना र गुप्त सरस्वती नदीको त्रिवेणीमा स्नान गर्न जान लागेका तीर्थयात्रीलाई निर्देशन दिँदै एक प्रहरी अधिकारी

तस्बिर स्रोत,AFP तस्बिरको क्याप्शन,तीर्थयात्रीलाई निर्देशन दिँदै एक प्रहरी अधिकारी

भारतमा बारम्बार घातक भागदौड

भारतमा बारम्बार घातक भागदौडका घटनाहरू हुने गरेका छन्।

यही महिना आन्ध्र प्रदेश राज्यस्थित तिरुपति मन्दिरमा भिडले कुल्चिँदा छ जनाको मृत्यु भएको थियो। गत वर्ष उत्तर प्रदेशको हाथरसमा आयोजित एउटा धार्मिक प्रवचनस्थलमा भागदौड मच्चिँदा कम्तीमा १२० जनाको ज्यान गएको थियो।

सरकारी तथ्याङ्कका अनुसार भारतमा सन् २०२१ र २०२२ मा ४७ वटा भागदौडका घटना भए। तर मृतकको कुल सङ्ख्या भने स्पष्ट छैन।

सन् २०१३ मा प्रयागराजमै भएको कुम्भमेलामा भागदौड हुँदा कम्तीमा ३० तीर्थयात्रीको मृत्यु भएको थियो।

धार्मिक कार्यक्रम, मेला र सार्वजनिक स्थानमा ठूलो भिड लाग्ने भएकाले मानिसहरूको ज्यान जानेको गरेको देखिन्छ।

सरकारी निकायहरू ठूला भेलाको व्यवस्थापन गर्न प्रायः सक्षम भए पनि फितलो योजना, भिड नियन्त्रण गर्ने अपर्याप्त उपाय र उत्तरदायित्व वहन नगर्ने प्रवृत्तिका कारण भागदौड हुँदा मानिसहरू हताहत हुने गरेको पाइन्छ।

साँघुरो स्थान, अकस्मात् बढ्ने मानिसहरूको घुइँचो र आपत्कालीन निकासको अभावजस्ता कुराले जोखिम अझै बढाइदिन्छन्।

बीबीसीबाट ।

Tikapur Sorkar Samuha to establish a well-equipped library at Virendra Vidya Mandir, Tikapur”

Dhangadhi, 16 Magh.

In celebration of the golden jubilee of Birendra Vidya Mandir Secondary School in Tikapur, a state-of-the-art library, including an electronic library (e-library), is set to be established. The initiative is being led by the Tikapur Sarokar Samuha, which has been actively involved in social and humanitarian projects in the region for the past few years.

The need for a well-equipped library was emphasized by stakeholders and experts to enhance the school’s academic standards. In a statement, the Tikapur Sarokar Samuha expressed confidence that modernizing the library would foster a culture of reading, expand students’ knowledge, and connect them to the broader world. The group has already secured the necessary support for this project.

Under the leadership of Hikmat Thapa, the patron of the Tikapur Sarokar Samuha, the library will be established at Birendra Vidya Mandir. The facility will include hundreds of essential books, more than 10,000 e-books, computers with supporting software and other equipment, as well as comfortable seating and study tables.

The Nepal Library Foundation will provide technical support for the library’s establishment, with funding coordinated by the Tikapur Sarokar Samuha. In a statement, the group’s secretary, Navaraj Bhattarai, expressed gratitude to all donors and organizations contributing to this historic initiative. Financial contributions for the first phase of the project include USD 5,000 (approximately NPR 680,000) from Dr. Sudhir Ruparelia and the Ruparelia Foundation in Uganda, NPR 400,000 from Min Bahadur Rawal, and NPR 100,000 from the Gagan Foundation, Tikapur.

The Tikapur Sarokar Samuha has extended its appreciation to all individuals and organizations working tirelessly to bring this vision to life, including the school’s trustees, principal, and teachers, as well as Nepal’s Honorary Consul to Uganda, Dr. Sudhir Ruparelia, former chairman of the Tikapur Development Committee, Min Bahadur Rawal, and the group’s patron, Hikmat Thapa, chairman Prashant Aryal, member Vikas Rawal, along with other members, well-wishers, and donors. Dr. Sudhir Ruparelia, the project’s largest donor, serves as Nepal’s Honorary Consul to Uganda and is also the chairman of Uganda’s largest industrial and commercial conglomerate, the Ruparelia Group.

Another key donor, Min Bahadur Rawal, is recognized as one of the leading figures behind the establishment of Tikapur Municipality and Birendra Vidya Mandir. He is known for his expertise in social development, strategic planning, and management.

The Gagan Foundation, another contributor, is a social organization established in memory of the late writer and social activist Gagan Singh Thapa. Thapa authored nine literary works, including Karnali Ko Cheuchau, Purkhako Chitthi, and Astachal Ko Dhoka Bata.

एन्फा राष्ट्रिय महिला लिग च्याम्पियनसिपको उपाधि एपिएफलाई

काठमाडौं- विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई हराउँदै एपिएफ क्लब एन्फा राष्ट्रिय महिला लिग च्याम्पियन बनेको छ ।

दशरथ रङ्गशालामा बुधबार भएको फाइनलमा एपिएफले पुलिसलाई ४–० गोलले हरायो । महिला फुटबलमा छुट्टै पहिचान बनाएको एपिएफले अपराजित रहेर लगातार चौथो पटक लिग उपाधि जितेको हो ।

उपाधिसँगै एपिएफले १० लाख रुपियाँ पुरस्कार पायो । उपविजेता पुलिसले पाँच लाख रुपियाँ पुरस्कार पायो । एपिएफको जितका सविता रानामगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफ एपिएफले एकपक्षीय प्रदर्शन गरेको थियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ ढाँचाका महिला लिग सञ्चालन गरेको हो ।

एपीएफ र पुलिस दुवैले क्वालिफायरमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।

१ हप्तामा जागिर छाड्ने सरकारी कर्मचारीलाई ८ महिनाको तलब दिने ट्रम्पको अफर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारमा कर्मचारीको संख्या घटाउने कार्य सुरु गरेका छन् । ट्रम्प प्रशासनले मंगलबार संघीय कर्मचारीहरूलाई आफै जागिर छाड्न अफर दिएको छ । यसका लागि एक साता अर्थात् फेब्रुअरीको ६ तारिखसम्मको समय दिइएको छ ।

जागिर छाडेको बदलामा यी कर्मचारीलाई ८ महिनाको थप तलब दिइनेछ । सरकारी जागिरमा भर्ना गर्ने कर्मचारी विभागले आगामी दिनमा कर्मचारी कटौती गर्ने चेतावनी समेत दिएको छ । लाखौं कर्मचारीलाई पठाइएको इमेलमा आफ्नै इच्छामा पद छाड्नेले करिब आठ महिनाको तलब पाउने तर फेब्रुअरी ६ सम्ममा यो विकल्प रोज्नुपर्ने बताइएको छ ।

सरकारी तथ्यांकअनुसार संघीय कर्मचारीको संख्या ३० लाखभन्दा बढी छ । यो अमेरिकाको १५ औं ठूलो कार्यबल हो। प्यू रिसर्चका अनुसार संघीय कर्मचारीको औसत कार्यकाल १२ वर्ष हो। समाचार एजेन्सी एपीका अनुसार भेटरन्स अफेयर्स डिपार्टमेन्टमा काम गर्ने स्वास्थ्यकर्मी, घर वा व्यवसायका लागि ऋण प्रशोधन गर्ने अधिकारीहरू र सेनाका लागि हतियार खरिद गर्ने ठेकेदारहरू सबै सँगै बाहिर जान सक्छन्।

कर्मचारी विभागलाई पठाइएको इमेलमा घरबाट काम गर्ने कर्मचारीलाई कार्यालय फर्कन भनिएको छ । यी कर्मचारीहरूले हप्ताको पाँच दिन कार्यालयबाट काम गर्नुपर्नेछ।

अमेरिकन फेडरेशन अफ गभर्नमेन्ट एम्प्लाइज युनियनका अध्यक्ष एभरेट केलीले ट्रम्पको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् । केलीले यो आदेशमार्फत ट्रम्प प्रशासनप्रति वफादार नभएका कर्मचारीहरूलाई जागिर छोड्न दबाब दिइने बताए ।

केलीले संघीय कर्मचारीहरूलाई बर्खास्त गर्दा गम्भीर परिणामहरू हुने चेतावनी दिए । उनले ट्रम्प प्रशासनलाई श्रम विरोधी आदेश र नीतिहरू ल्याएको आरोप लगाए। केलीले भने “ट्रम्प प्रशासन संघीय सरकारलाई विषाक्त वातावरणमा परिणत गर्न चाहन्छ जहाँ कर्मचारीहरूले चाहे पनि काम गर्न सक्दैनन्।”

विकासमा चासो छैन, आफ्नै सुविधा थप्न सबै दलका नेताहरु एकमत

रञ्जना बिसी,

धनगढी, १६ माघ ।

प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको प्रकृयामै गएको छैन । सात महिनायता कर्मचारीलाई तलव खुवाउने बाहेक प्रदेश सरकारले अरु कुनै महत्वपूर्ण कार्य गर्न सकेको  छैन ।

जनताका काम र विकासका लागि प्रदेश सभामा रहेका दलका नेताहरुकाबीचमा कहिल्यै छलफल र संवाद भएको छैन् । तर सबै दलका नेताहरु आआफ्नो सेवा सुविधा थप्न र आफ्ना मान्छेलाई करारमा जागीर दिन भने सहमत भएका छन् ।

नेताहरुलाई भाग पु¥याउन प्रदेश सभामा रहेका समितिको संख्या थप्न सहमती जुटाईसकेका दलका नेताहरु सभामुख, उपसभामुख, विपक्षी दलका नेता, सत्ता पक्ष संसदीय दलका नेता, सत्ता पक्षका संसदीय दलका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक र समितिका सभापतिहरुलाई गाडी र चालकको सुविधा थप्न एकमत भएका छन् ।

सबै दलका नेताहरुको सहमतीमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन २०७५ लाई संशोधन गर्न बनेको बिधेयक ल्याईएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले त्यही बिधेयकका आधारमा सभामुख, उपसभामुख, विपक्षी दलका नेता, सत्ता पक्ष संसदीय दलका नेता, सत्ता पक्षका संसदीय दलका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक र समितिका सभापतिहरुलाई गाडी र चालकको सुविधाका लागि सहमती माग गर्दै आर्थिक मामिला मन्त्रालयमा पत्राचार गरेको छ । जुन पत्र आर्थिक मामिला मन्त्रालयले आन्तरिक मामिला मन्त्रालयलाई परिमार्जनका लागि फिर्ता पठाइदियो ।

आर्थिक दायित्व सृजना गर्ने कुरामा असहमती जनाउदै आर्थिक मामिला मन्त्रालयले परिमार्जनका लागि आन्तरिक मामिला मन्त्रालयमा फिर्ता पठाएको स्रोतले बतायो । जुन पत्र एभरेष्ट पोष्टलाई पत्र प्राप्त भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको मन्त्री स्तरीय निर्णयपछि मन्त्रालयले सहमतीका लागि आर्थिक मन्त्रालयमा गत साता पत्राचार गरेको हो ।

आर्थिक मामिला मन्त्रालयका सचिव झलक अधिकारीले प्रदेश सरकारको दायित्व सृजना हुने र व्ययभार थप गर्न आर्थिक मन्त्रालय सहमत नभएको बताए । उनले मन्त्रालयमा पत्र आएको स्वीकार गरे । र, त्यसमा सहमती दिन नसकिने प्रष्ट पारे ।

आर्थिक मन्त्रालयले यस विषयमा सहमती दिए सभामुख, उपसभामुख, विपक्षी दलका नेता, सत्ता पक्ष संसदीय दलका नेता, सत्ता पक्षका संसदीय दलका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक र समितिका सभापति गाडी सुविधा र चालक दिनुपर्नेछ ।

प्रदेश सभामा छ दल छन् । र, एक जना स्वतन्त्र सदस्य । यो निर्णय कार्यान्वयन भए स्वतन्त्र बाहेक सबै दलले सुविधा उपभोग गर्न पाउनेछन् । त्यसकारण सबै दलहरु तै चूप मै चूप छन् । अरु विषयमा सरकारको बिरोध गर्ने माओवादी केन्द्रले समेत यो विषयमा मौनता साँधेको छ ।

नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा(एकीकृत समाजवादी) राप्रपाका संसदीय दलका नेता र प्रमुख सचेतकले गाडी र चालक सुविधा पाउनेछन् । प्रदेश सभामा राप्रपाका एक जना मात्र सदस्य छन् । यो संख्याका आधारमा दलहरुलाई ११ वटा गाडी, समितिका सभापतिहरुलाई पाँच वटा गाडी, सभामुख र उपसभामुखलाई एक/एक गरी १८ वटा गाडी खरीद गर्नुपर्नेछ । प्रति गाडीको ५० लाखका दरले नौ करोड रुपैयाको गाडी खरीद गरिनेछन् ।

सबै दलको सहमतीमा थपियो समितिको संख्या  

प्रदेश सभामा यसअघि चार वटा समिति थिए । यस पटक एउटा समिति थप्न सबै दलहरु सहमत भए । र, समितिको नेतृत्वको भागबण्डामा पनि दलहरुबीच सहमती भयो । भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समितिको नेतृत्व गर्न दिने सहमती भयो । नयाँ गठन गरिएको विशेष समितिको नेतृत्व नेपाली कांग्रेसलाई दिन पनि सबै दलहरुबीच सहमति भयो । प्रदेश सभा नियमावलीमा विशेष समितिको व्यवस्था भएपनि पहिलो कार्यकालमा त्यसको आवश्यकता नदेखिएकोले गठन गरिएन । तर सात वर्षपछि नयाँ समिति थप्न दलहरु सहमत भए ।

१३ जना कार्यालय सहयोगी छदै १० जना थप्न दवाव

प्रदेश सभामा यतिबेला १३ जना कार्यालय सहयोगी छन् । यतिबेला प्रदेश सभामा रहेका दलहरु १० जना थप्न लागेका छन् । प्रत्येक समितिमा दुई जनाका दरले १० जना कार्यालय सहयोगी थप्न सहमत दलहरुले प्रत्येक समितिमा एक जना नायवसुब्बा र एक जना कम्प्युटर अप्रेटरका दरले १० जना थप कर्मचारीको माग गरेका छन् । दलका नेताहरुको यो माग कार्यान्वयन भएमा २० जना अस्थायी कर्मचारी थपिने छन् । जसका कारण प्रदेश सरकारलाई मासिक ६ लाखभन्दा बढि व्ययभार थप हुनेछ ।
आर्थिक मामिला मन्त्रालय भने अस्थायी कर्मचारी थप गर्न असहमत छ । आर्थिक मन्त्रालयले प्रदेश सभामा रहेका कर्मचारीहरुबाटै समितिले काम चलाउनुपर्ने राय दिएको छ । प्रदेश सभासंग यसअघि नै आवश्यकताभन्दा बढि कर्मचारी रहेको बताईन्छ ।

अस्थायी कर्मचारीको संख्या थपेर आफ्ना नातागोता र आफन्तहरुलाई कर्मचारी बनाउने खेलमा दलका नेताहरु एकमत भएको भन्दै केही प्रदेश सभा सदस्यहरुले यसको आलोचना गरेका छन् । एकजना सदस्यले भने, यो विषयमा प्रदेश सभाकै बैठकमा बिरोध गर्नेछु ।
पूर्व मुख्यमन्त्रीहरुका लागि सेवा सुविधाको व्यवस्था गर्न समेत सहमती भईसकेको बताईन्छ ।

एक वर्षमा २६ हजार बढीले आयुर्वेदिक उपचार सेवा लिए

धनगढी। कैलालीको धनगढीस्थित राजपुरमा रहेको सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयबाट एक वर्षमा २६ हजार ७२२ जनाले ओपिडी सेवा लिएका छन् ।

गत आर्थिक वर्षमा सो सङ्ख्यामा सेवाग्राहीले सेवा लिएका हुन् । जसमध्ये महिला १४ हजार ७२५ र पुरुष ११ हजार ९९७ जना रहेका जनाइएको छ । त्यस्तै, १३ हजार २९७ जनाले पूर्वकर्म÷पञ्चकर्म, ७२ जनाले क्षारसूत्र सेवा लिएका अस्पतालका चिकित्सक डा। ओमप्रकाश कलौनीले जानकारी दिए।

यसैगरी, चिकित्सालयले १७ हजार ९३३ जनालाई निःशुल्क औषधी वितरण गरेको छ । सात हजार ३९९ ले ज्येष्ठ नागरिक र ९०८ जनाले स्तनपायी सेवा लिएका जनाइएको छ ।

चालु आर्थिक वर्षको पुससम्म ओपिडी सेवा आठ हजार ४२१, पञ्चकर्म आठ हजार ७८३, ज्येष्ठ नागरिक दुई हजार ८६३ र मातृशिशु सेवा ३६९ जनाले लिएको जनाइएको छ ।

प्रदेशको नागरिकलाई सर्वसुलभ स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यका साथ २०७९ बाट यो चिकित्सालय सञ्चालनमा आएको थियो । यद्यपि, चिकित्सालयले अझै पनि अपेक्षाकृत रूपमा सेवाग्राही पाउन नसकेको अस्पतालका सूचना अधिकारी सुरेन्द्र शाहीले बताए।

बङ्गलादेशमा अवामी लिगद्वारा आमहड्ताल र नाकाबन्दीको आह्वान

एजेन्सी ।  बङ्गलादेशको अवामी लिगले शेख हसिनाविरुद्ध लगाइएका ‘झुटा मुद्दा’ र देशमा धार्मिक अल्पसङ्ख्यकमाथि भइरहेको उत्पीडनको विरोधमा आमहडताल र राष्ट्रव्यापी नाकाबन्दीलगायत राजनीतिक कार्यक्रमको घोषणा गरेको छ।

पार्टीले मङ्गलबार राति एक विज्ञप्ति जारी गर्दै आफ्नो आगामी आन्दोलनको कार्यक्रम र मागको खाका प्रस्तुत गर्दै यदि अधिकारीहरूले उनीहरूको गतिविधिमा बाधा पु¥याउने प्रयास गरेमा कडा कदम चाल्ने बताएको छ ।

पार्टीको आधिकारिक वक्तव्यअनुसार, कार्यक्रमहरू निम्नानुसार सञ्चालन गरिनेछः शनिबार ९फेब्रुअरी १० देखि बुधवार ९फेब्रुअरी ५०  सम्म पार्टी सदस्यहरूले पर्चाहरू वितरण गर्नेछन् भने बिहीबार ९फेब्रुअरी ६० मा विरोध प्रदर्शन र जुलुस निकालिनेछ । फेब्रुअरी १० मा दोस्रो विरोध प्रदर्शन तथा जुलुश गर्ने र फेब्रुअरी १६ मा पार्टीले देशव्यापी नाकावन्दी गर्नेछस र फेब्रुअरी १८ मा बिहानैदेखि साँझसम्म ‘आम हडताल’ गरिनेछ ।

‘देशका जनताको राजनीतिक र लोकतान्त्रिक अधिकार प्राप्तिका लागि यी कार्यक्रमहरूमा कुनै प्रकारको अवरोध आएमा थप कडा कार्यक्रम घोषणा गरिने’ अवामी लिगले चेतावनी दिएको छ ।
मुख्यतया शेख हसिनाविरुद्ध लगाइएका कानुनी मुद्दाहरू फिर्ता लिन माग गर्दै पार्टीको विरोध प्रदर्शन घोषणा गरिएको हो ।

आन्दोलनका कार्यक्रममा पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर गरिएको ‘झूट्टा हत्या मुद्दा’, र ‘अवैध आईसीटी न्यायाधिकरणलगायत सबै प्रकारका गैरकानुनी’ मुद्दाहरू खारेज गर्न भनिएको छ ।

यसबाहेक, अवामी लिगले विशेष गरी “हिन्दू–बौद्ध–इसाईहरू सहित धार्मिक अल्पसंख्यकहरूको आक्रमण र नरसंहार र विभिन्न धार्मिक तीर्थस्थलहरूमा आक्रमण र तोडफोड“ लाई सङ्केत गर्दै आफ्नो आन्दोलनलाई बङ्गलादेशमा धार्मिक अल्पसङ्ख्यकहरूको हिंसा र उत्पीडनको प्रतिक्रियाको रूपमा तयार पारेको बताएको छ ।
पार्टीले वर्तमान् प्रशासनद्वारा भइरहेका भनिएका हत्या रोक्न र सबै नागरिकको सुरक्षा सुनिश्चित गर्न पनि माग गरेको छ ।

गत अगस्ट ५ मा शेख हसिनालाई सत्ताच्युत गरेपछि अवामी लिगको यो पहिलो ठूलो सडक परिचालन हो । यद्यपि, पार्टीले यी विरोध प्रदर्शनहरू कार्यान्वयन गर्न महत्त्वपूर्ण तार्किक र राजनीतिक चुनौतीहरूको सामना गरिरहेको छ । आवामी लिगका धेरै नेता र कार्यकर्ताहरू कानुनी कारबाही र लक्षित आक्रमणको डरका कारण हाल देशभित्र वा विदेशमा विस्थापित बनेका छन् ।
सदस्यहरूको ठूलो सङ्ख्या विस्थापित बनेको अवस्थामा घोषित प्रदर्शनहरूमा सहभागिता र तिनीहरूको प्रभावकारिता अनिश्चित छ ।

अमेरिका पठाउने भन्दै एक करोड ठगी गर्ने भुवन कार्की पक्राउ

धनगढीः अमेरिका पठाउने भन्दै एक करोड ठगी गर्ने कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का २५ वर्षीय भुवन कार्की पक्राउ परेका छन्। कार्कीलाई सोमवार काठमाडौं–१२ बाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार कार्कीले अमेरिका पठाइदिने प्रलोभनमा बेरोजगार युवा–युवतीहरूसँग एक करोड भन्दा बढी रकम ठगी गरेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार्कीलाई आकर्षक रोजगारीको आश्वासन दिएर ठगी गरेको आरोपमा पक्राउ गरेको हो। कार्कीले संकलित रकम लिएर सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी गर्न पुगेका थिए। उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भद्रकाली पठाइएको छ।

सुदूरपश्चिममा संसदीय समिति निर्वाचन कार्यतालिकाले मुख्यमन्त्री र सभामुखबीच टसल

कैलाली । समिति निर्वाचनको कार्य तालिकाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र सभामुख भीम भण्डारीबिच टसल पैदा भएको छ । केही दिन पहिले मुख्यमन्त्री शाह र सभामुख भण्डारीबीच भएको छलफल पछि संसदीय समिति निर्वाचनको कार्य तालिका सार्वजनिक गरिएको थियो ।

१३ माघमा प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार १७ माघमा नामावली प्रकाशन, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता र दाबी विरोधको कार्यक्रम राखिएको थियो भने १८ माघमा सभापति चयनका लागि सम्बन्धित समितिको बैठक बस्ने जनाइएको थियो । तर, मङ्गलवार उक्त मितिमा निर्वाचन नगर्नेगर कार्य व्यवस्था परामर्श समितिमा सहमति गरिकसेको छ ।

सुदूरपश्चिम ११ पुसमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबिच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो । उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली कांग्रेसलाई विशेष समितिका सभापति पाउने सहमति भएको थियो ।

निर्वाचनको कार्य तालिका सार्वजनिक गर्नुभन्दा पहिलो मुख्यमन्त्री शाह र सभामुख भण्डारीबीच पनि यस विषयमा छलफल भएको थियो । उनीहरूबिच १९ गते सबै समितिको निर्वाचन एकै दिन गर्नेगरी कार्य तालिका सार्वजनिक गर्ने सहमति भएको थियो । तर, सभामुख भण्डारीले १९ गते निर्वाचन गर्ने सहमति भन्दा बाहिर आएर १८ गते निर्वाचन गराउने गरी कार्य तालिका सार्वजनिक गरेको र चार वटा समिति मध्ये तीन वटा समितिको मात्रै निर्वाचनको कार्य तालिका सार्वजनिक गरेको मुख्यमन्त्री शाहको आरोप छ ।

‘१९ गते सबै समितिको निर्वाचन गर्नेगर सहमति भएको थियो । तर, सभामुख ज्यूले १८ गते, त्यो पनि तीन वटा समितिको मात्रै निर्वाचन तालिका निकाल्नु भयो । हामी सबैको एकै दिन गरौँ १९ गते नै गरौँ भन्ने पक्षमा हौँ, निर्वाचन ढिला गर्ने पक्षमा हामी होइनौँ’ मुख्यमन्त्री शाहले भने ।

सभामुख भण्डारीले पनि मुख्यमन्त्री शाहसँग १९ गते नै निर्वाचन गर्नेगरी छलफल भएको तर, १९ गते शनिवार भएका हुँदा १८ गते निर्वाचन गर्नेगर कार्य तालिका सार्वजनिक गरिएको बताए । विशेषाधिकार समितिको निर्वाचन एकै पटक गर्न प्राविधिक समस्या भएको हुँदा सोही दिन अर्को मिति तोक्ने गरी तयारी भइरहेको बताएका छन् । सभामुख भण्डारीले निर्वाचनको मिति निर्धारण गर्ने आफ्नो अधिकार रहेको भन्दै सरकारबाट अनावश्यक हस्तक्षेप हुन नहुने बताउँछन् ।

‘हामीबिच १९ गते निर्वाचन गर्नेगर कार्य तालिका निकाल्ने छलफल गरेका थियौँ तर, त्यो दिन शनिवार हुने भएपछि एक दिन अघिको कार्य तालिका निकालिएको हो ’ सभामुख भण्डारीले भने, ‘कार्य तालिका निकाल्ने क्षेत्राधिकार सभामुखको हुन्छ । यसमा सरकारले हस्तक्षेप गर्नुहुँदैन ।’

कांग्रेसले आफ्नो भागमा परेको विशेषाधिकार समितिको पनि एकैसाथ निर्वाचन गराउने तयारी गरेका बेला सभामुखले सहमति भन्दा बाहिर गएर निर्वाचन कार्य तालिका निकालेको आरोप लगाएको छ । मङ्गलवार को कार्य व्यवस्था परामर्श समितिमा २८ गतेभित्र नसार्ने गरी निर्वाचनको मिति निर्धारण गर्ने छलफल भएको छ ।

अमेरिकाले निष्कासन गर्ने आप्रवासीमा १३ सय भन्दा बढी नेपाली

एजेन्सी । अमेरिकाले निष्कासनमा पर्ने १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको संख्या सार्वजनिक गरेको छ ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा सबैभन्दा बढी होन्डुरसका नागरिक रहेका छन् । उसका २ लाख ६१ हजार ६५१ नागरिक अमेरिकाबाट निस्कासन हुने छन् ।

यस्तै, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ नागरिक छन् ।

चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने सूचीमा छन् । यो सूचीमा १ हजार ३६५ जना नेपाली पनि रहेका छन् ।

अमेरिका सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । ट्रम्पले राष्ट्रपतिको सपथ ग्रहणलगत्तै अवैधरूपमा अमेरिकामा रहँदै आएका आप्रवासीको सबैभन्दा ठूलो सामूहिक निर्वासनको अभियान सुरु गरेका छन् ।

 

कुम्भमेलामा भागदौड, कम्तीमा १५ जनाको मृत्यु, सयाैँ घाइते

काठमाडौँ – भारतमा जारी कुम्भमेलामा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको र धेरै घाइते भएको कुम्भ मेलाका एक चिकित्सकले बताएका छन् । अथाह भक्तजनहरूको भीड हुने कुम्भ मेलामा मध्यरातमा भएको यो घटनालाई यसप्रकारका जमघटमा हुनेगरेका घटनाको दुःखद पुनरावृत्ति मानिएको छ ।

६ हप्ते यो उत्सव हिन्दू धार्मिक पात्रोको सबैभन्दा ठूलो मिलनबिन्दु हो र बुधबार पवित्र स्नानको दिनमा लाखौँ मानिसको सहभागिता हुने अपेक्षा गरिएको थियो । ‘अहिलेसम्म कम्तीमा १५ जनाको मृत्यु भएको छ, अरूको उपचार भइरहेको छ’, मिडियासँग बोल्न अधिकार नभएको बताउँदै नाम नखुलाइएका उत्सवस्थलका चिकित्सकले बताए ।

उद्धार टोलीहरूले तीर्थयात्रीहरूसँग मिलेर कपडा, जुत्ता र अन्य छरिएका सामानहरूले भरिएको स्थलबाट पीडितहरूलाई बोकेर लैजाँदै गरेको देखिएको थियो । प्रहरी अधिकारीहरूले बाक्लो कम्बलले ढाकिएका मृतकहरूको शव स्ट्रेचरमा बोकेर हिँडेको देखिन्थ्यो ।

दर्जनौँ आफन्तहरू दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा उत्सवका लागि बनाइएको अस्थायी अस्पतालको ठूलो पालबाहिर चिन्तित भएर समाचारको प्रतीक्षा गरिरहेको भारतीय सञ्चार माध्यामहरुले लेखेका छन् ।

बुधबार उत्सवको सबैभन्दा पवित्र दिनहरूमध्ये एक हो । उत्सवमा भगवा वस्त्रधारी साधुहरूले लाखौँ भक्तजनलाई गङ्गा र यमुना नदीको सङ्गमस्थलमा पाप–मुक्तिका लागि पवित्र स्नान गराउने कार्यक्रम थियो । तर यसको सट्टा अधिकारीहरूले तीर्थयात्रीहरूलाई जलमार्गबाट टाढा रहन आग्रह गर्दै लाउडस्पिकर लिएर उत्सव स्थलमा घुमिरहेका थिए ।

‘हामी सबै भक्तजनलाई मुख्य स्नान स्थलमा नआउन विनम्र अनुरोध गर्दछौँ’, एक उत्सव कर्मचारीले आफ्नो मेगाफोनबाट आवाजमा भने, ‘कृपया सुरक्षाकर्मीहरूसँग सहकार्य गर्नुहोस् ।’ स्थानीय सरकारी अधिकारी आकांक्षा राणाले पिटिआई समाचार एजेन्सीलाई केही भीड नियन्त्रण अवरोधहरू ढलेपछि भागदौड सुरु भएको जानकारी दिइन् । एजेन्सी

खोज्नुहोस