सिरियाको क्विनेट्रास्थित अन्डोफको मुख्यालय बाहिर गोलाबारी जारी, नेपालीहरु सुरक्षित

काठमाण्डौं, २४ मंसिर ।
बिद्रोहीले सिरियाको राजधानी दमस्कसमाथि कब्जा जमाएपछि शुरु भएको लुटपाट र गोलाबारीका बीच सुरक्षित स्थानको खोजीमा क्विनेट्रास्थित युनाईटेड नेशन्स डिसईन्गेजमेण्ट अब्जर्भर फोर्स (अन्डोफ) को मुख्यालयमा पुगेका एक नेपाली कर्मचारीसंग नेपाली समय अनुसार सोमवार बिहानको ९ः३० बजे कुरा भईरहेको थियो । बाहिर गोलीबारी शुरु भएपछि उनले सुरक्षाका लागि आफू बंकरभित्र पस्न लागेको बताउदै कुरा टुंग्याए ।

यसअघि आईतवार राति ११ बजे सिरियाको पछिल्लो अवस्थाका बारेमा उनीसंग कुरा हुदै थियो । उनीसंग कुरा गरिरहेकै बेला बाहिर गोलाबारी शुरु भयो । उनी त्यसपछि बंकर भित्र पसे ।

अन्डोफ मुख्यालय बाहिर निरन्तर रुपमा गोलीबारी भईरहेको छ । गोली चल्नछोडेपछि बाहिर निस्किने उनीहरुले गोलीचल्न थालेपछि बंकरभित्र पस्छन । यो क्रम दुई दिन बाहिर छ । बाहिर गोलीबारी भईरहेका कारण अन्डोफ मुख्यालयबाट गैर सैनिकहरु निस्किन सकेका छैनन ।

बाहिर गोलीबारी भईरहेको छ, हामी सुरक्षाका लागि बंकरभित्र पसिरहेका छौ, उनले भने, शहरमा लुटपाट भईरहेको छ । एचटीएएस ससाना राष्ट्रपति बसर अल असदलाई सत्ताच्यूत गरेर राजधानी कब्जामा लिएपनि अन्य भूभागमा भने ससाना बिद्रोही समूहले बिभिन्न क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेका छन् ।

हयात तहरिर अल–शाम (एचटीएएस)का बिद्रोहीहरु दमस्कस प्रवेश गर्न थालेपछि राजधानी नजिकैको होटलमा बस्दै आएका ईन्डोफका कर्मचारीहरु त्यहाँबाट अन्डोफको मुख्यालय पुगेका हुन् ।

लामो लडाईपछि सन १९७४ मा ईजरायल र सिरियाका बीचमा एउटा सम्झौता भएको थियो । जसलाई ‘डिसईन्गेजमेण्ट’ सम्झौताका रुपमा चिनिन्छ । दुबै देशबीच गोलान हाईटलाई लिएर लडाई नगर्ने सहमती भएयता सो भाग ईजरायलको अधिनमा छ ।

सो भागमा शान्ति कायम राखिरहन स्थापना गरिएको युनाईटेड नेशन्स डिसईन्गेजमेण्ट अब्जर्भर फोर्स९अन्डोफ० को मुख्यालय अन्तर्गत बिभिन्न देशका एक हजार दुई सय सैनिक कार्यरत छन् । जसमध्ये ४०० को हाराहारीमा नेपाली सेना छन् ।

अन्डोफमा झण्डै डेढ सय गैर सैनिक कर्मचारी कार्यरत छन् । जसमध्ये ५० अन्तर्राष्ट्रिय र सय जना सिरियन र ईजरायली नागरिक छन् । ईन्डोफमा तीन जना नेपाली कार्यरत छन् । ईन्डोफ ईजरायल र सिरियामा कार्यरत मिसन हो ।

बिद्रोहीले दमस्कस कब्जामा लिएपछि सिरियामा कार्यरत नेपालीहरुको अवस्था जानकारी लिन द एभरेष्ट पोष्टले अन्डोफमा कार्यरत नेपाली कर्मचारीसंग सम्पर्क गरेको थियो । यतिबेला गोलानको क्विनेट्रास्थित अन्डोफको मुख्यालयमा रहेका नेपाली कर्मचारीले सिरियाको अवस्था तनावग्रस्त भएपछि विदेशी नागरिकहरु त्रसित रहेको सुनाए ।

दमस्कस बिमानस्थलमा सिरिया छोड्नेहरुको लर्को छ । र, कतिपय सडक मार्ग भएर पनि अन्यत्र जान खोजिरहेका छन् ।
अन्डोफले दमस्कसमा रहेका आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएपछि उनीहरुले शनिवार साँझ होटल छोडेका थिए । त्यसको आधा घण्टापछि होटलमा लुटपाट र आक्रमण भएको उनले सुनाए ।

हामी मुस्किलले जोगिएर दमस्कसबाट ६० किमी टाढा रहेको क्विनेट्रास्थित अन्डोफको मुख्यालयमा आईपुग्यौ, उनले भने, यहाँबाट हामी ईजरायल प्रवेश गर्न खोजिरहेका छौ । तर गोलान हाईटको तनावपूर्ण अवस्थाका कारण आइडिएफले ईजरायल प्रवेशमा रोक लगाएको छ ।

अन्डोफको मुख्यालय सिरियाको मातहतमा रहेको क्विनेट्रामा अवस्थित पर्छ । त्यहाँबाट १० किमीको दूरीमा रहेको गोलान हाईट ईजरायलको नियन्त्रणमा छ ।

गोलान भित्र गोलान हाईट सहित अन्य भूभागहरु पनि पर्छन । ईजरायलसंग जोडिएको गोलान हाईट भने सन १९६७ देखि ईजरायलको अधीनमा छ । जहाँ ईजरायली सैन्य बल आईडिएफए तैनाथ छ ।

एनआरएनए यूके निर्वाचनको प्रमुख आयुक्तमा सिम्खडा, निर्वाचन कहिले ?

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको काउन्सिल बैठक आगामी मार्च महिनाको पहिलो साता हुने निर्णय गरिएको छ। उक्त बैठकले संघको नियमित र महत्वपूर्ण कार्यक्रम ‘काउन्सिल बैठक’ आगामी मार्च २ तारिख, आइतबार, अल्डरशटमा आयोजना गरिने सर्बसम्मत निर्णय गरेको हो ।

उक्त काउन्सिल बैठकमा बेलायतका सम्पूर्ण सामाजिक सङ्घसंस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहने छ। काउन्सिल बैठकको आयोजना गर्नका लागि उपाध्यक्ष लिलाराम निउरेको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ। बैठकको अध्यक्षता एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ्गले गरेका थिए।

बैठकमा गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष रामशरण सिमखडाले संघका हालैका गतिविधिहरूका बारेमा प्रकाश पार्नुको साथै संघको आगामी गतिविधिहरुको बारेमा जानकारी दिँदै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई निर्वाधरुपमा आफ्ना गतिविधि सुचारु राख्न पूर्ण अधिकार रहेको समेत बताए ।

उपमहासचिव सोम सापकोटाले संस्थाको वैधानिकतालाई अदालतको निर्णयले समाधान गरेकोले सबै एनसीसीहरु नियमित कार्यक्रमहरू अघि बढाउन अनुरोध गरे।

एनआरएनए गोर्खा कार्यदलका संयोजक चन्द्र बहादुर गुरुङ्गले बेलायतमा नेपाली भाषा कक्षाको आवश्यकता रहेको बताएका थिए र एनआरएनए यूकेको अभियानमा आफ्नो सहयोग सुनिश्चित गर्ने कुरा उल्लेख गरेका थिए।

बैठकले एनआरएनए यूकेको सदस्यता वितरण आगामी १५ जनवरी २०२५ देखि ३१ मे सम्म गर्ने निर्णय गरेको छ। सदस्यता शुल्क १० पाउण्ड तोकिएको छ। नबिकरण प्रक‍ृयालाई सरलिकृत गर्न केन्द्रीय प्रणालीमा सुधारको लागी अनुरोध गर्ने समेत निर्णय गरेको छ । यसैगरी, एनआरएनए यूकेको आगामी निर्वाचन १२ जुलाई २०२५ मा केन्द्रीय एमआईएस प्रणालीको प्रयोग गरेर अनलाइन मार्फत सदस्यता बितरण र निर्वाचन गर्ने सर्बसम्मत निर्णय समेत बैठकले गरेको छ। साथै बैठकले सर्बसम्मतिले  एनआरएनएका उपाध्यक्ष रामशरण सिमखडालाई निर्वाचन समितिको संयोजक तोकेको छ।

डोटीमा वर्षासँगै हिमपात

डोटी । डोटीमा यो वर्षको पहिलो पटक हिमपात भएको छ। डोटीको बडीकेदार गाँपालिका आसपास हल्का वर्षासँगै हिमपात भएको हो।

बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले आइतबार बेलुकीदेखि हल्का वर्षसँगै हिमपात भएको जानकारी दिए।

‘१ फिटभन्दा बढि हिउँ जमेको छ। अहिले पनि हिमपात भइरहेको छ,’ उनले भने।

CM_DIPAYAL_IMG-20241209-WA0016-1733716438.jpg
तस्बिर: चक्र मल्ल/रासस

वर्षा र हिमपात भएपछि बालीनालीमा सिँचाई पाएको र अब लगाउने बेला भएको बालीनालीका लागि अनुकूल वातावरण सिर्जना भएको अध्यक्ष  साउदले बताए।

जल तथा मौसम विज्ञान विभागले डोटीको पश्चिम सेती केन्द्रमा ६ घन्टाको अवधिमा १.८ र दिपायलमा १ मिलिमिटर वर्षा भएको उल्लेख गरेको छ।

वर्षा र हिमपातसँगै तापक्रम घट्दा भने जनजीवन केही प्रभावित भएको छ। -रासस

भारतलाई हराउँदै बंगलादेश बन्यो च्याम्पियन

काठमाडौं : बंगलादेशले लगातार दोस्रो पटक यू-१९ एसियाकपको उपाधि जितेको छ।

आइतबार दुबइमा भएको फाइनलमा भारतलाई ५९ रनले पराजित गर्दै उपाधि जितेको हो। यो प्रतियोगितामा नेपाली युवा टिम भने समूहचरणबाटै बाहिरिंदै घर फर्किएको थियो। नेपालकै समूहमा रहेको बंगलादेशले उपाधि उचालेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.१ ओभरमा १ सय ९८ रन बनाएको थियो। उसका लागि रिजन होसेनले ४७ रन बनाउँदा मोहमद सिहाब जेम्सले ४० रन बनाए।

त्यस्तै फरिद हसनले ३९ रन बनाउँदा जवाद अब्राले २० रन बनाएका थिए। कप्तान अजिजुल हाकिमले १६ रन बनाउँदा मरुफ मृधाले ११ रन बनाए। तुलनात्मक रुपमा कम स्कोरमै समेट्ने क्रममा भारतका युद्धजित गुहा, चेतन शर्मा र हार्दिक राजले २-२ विकेट लिएका थिए। त्यस्तै किरन चोर्माले, केपी कार्थीकेया र आयुष महत्रेले समान १-१ विकेट लिए।

१ सय ९९ रनको लक्ष्य पछ्याएको भारत कमजोर ब्याटिङको सिकार भयो। भारत केबल ३५‍.२ ओभरमै १ सइ ३९ रनमा अलआउट भयो। भारतका लागि कप्तान मोहमेद अमानको २६ रन सर्वाधिक रह्यो। थप दोहोरो स्कोरका रुपमा आन्द्रे सिद्दार्थले २० रन बनाउँदा केपी कार्थीकेइले २१ रन बनाए भने हार्दीक राजले २४ र चेतन शर्माले १० रन जोडेका थिए।

भारतलाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका इकबाल होसेन इमोन र अजिजुल हाकिमले ३-३ विकेट लिए। त्यस्तै अल फहादले २ विकेट हात पार्दा मारुफ मृधा र रिजन होसेनले १-१ विकेट लिए।

रूस पुगे सिरियाका राष्ट्रपति असद

विद्रोहीको सामना गर्न नसकेपछि देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका छन् । रूसी सरकारी समाचार एजेन्सीहरूले बसर अल असद परिवारसहित मस्को आएको जनाएका हुन् ।

मिडिया रिपोर्टका अनुसार सिरियाका राष्ट्रपति असदलाई रूसले शरण दिएको छ । असद र उनको परिवारका सदस्यलाई ‘मानवीय दृष्टिकोण’का आधारमा रूसले शरण प्रदान गरेको स्रोतलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

बीबीसीले भने असद मस्कोमा रहेको रिपोर्टहरू सार्वजनिक भइरहे पनि आफूहरूले त्यसलाई पुष्टि गर्न नसकेको जनाएको छ।

विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस) आइतबार देशका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि असदले राजधानी छाडेका थिए ।

तर उनी परिवारसहित कहाँ गए भन्ने खुलेको थिएन । कतिपयले असद चढेको प्लेन दुर्घटना भएको अफवाह फैलाएका थिए ।

बसर अल असद २४ वर्षदेखि सिरियाको सत्तामा थिए । असद परिवारको शासन भने ५० वर्षसम्म चलेको थियो ।

सिरियामा सन् २०११ मा राष्ट्रपति असद विरुद्ध सुरु भएको शान्तिपूर्ण र लोकतन्त्र समर्थित एक विद्रोह गृहयुद्धमा परिणत भएको थियोे । यो लडाइँमा पाँच लाख भन्दा बढीको मृत्यु भइसकेको छ । एक करोड २० लाखभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । तीमध्ये करिब ५० लाख जना शरणार्थी बनेका छन् ।

ईजरायल प्रवेशका लागि अन्डोफमा कार्यरत तीन नेपाली सहित १८५ जना गोलान पुगे, गोलाबारी जारी

काठमाण्डौं, २३ मंसिर ।

रक्तपात बिना विद्रोहीहरुले सिरियाको राजधानी दमस्कस कब्जा गरेपछि शहरमा शुरु भएको लुटपाट र गोलीबारी पछि त्यहाँ कार्यरत नेपालीहरुले राजधानी छोडेका छन् ।

दमस्कस छोडेर झण्डै ६० किमी टाढा गोलान पुगेका युनाईटेड नेशन्स डिसईन्गेजमेण्ट अब्जर्भर फोर्स(अन्डोफ) मा कार्यरत नेपाली सहितका कर्मचारीहरु रहेको क्षेत्रमा यतिबेला गोलीबारी भईरहेको छ ।

नेपाली समय अनुसार रातिको ११ बजे गोलानमा रहेका युनाईटेड नेशन्स डिसईन्गेजमेण्ट अब्जर्भर फोर्स(अन्डोफ) मा उच्च तहमा कार्यरत एक नेपालीले द एभरेष्ट पोष्टलाई उनी सहित युनाईटेड नेशन्स डिसईन्गेजमेण्ट अब्जर्भर फोर्स(अन्डोफ) का कर्मचारीहरु रहेको ठाउँमा गोलीबारी भईरहेको बताए ।

बाहिर गोलीबारी भईरहेको छ, हामी सुरक्षाका लागि बंकरभित्र पसिरहेका छौ, उनले भने, शहरमा लुटपाट भईरहेको छ । एचटीएएस ससाना राष्ट्रपति बसर अल असदलाई सत्ताच्यूत गरेर राजधानी कब्जामा लिएपनि अन्य भूभागमा भने ससाना बिद्रोही समूहले बिभिन्न क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेका छन् ।

युनाईटेड नेशन्स डिसईन्गेजमेण्ट अब्जर्भर फोर्स(अन्डोफ) मा बिभिन्न देशका एक हजार दुई सय सैनिक कार्यरत छन् । जसमध्ये ४०० को हाराहारीमा नेपाली सेना कार्यरत छन् ।

ईन्डोफमा झण्डै दुई सय जना गैर सैनिक कार्यरत छन् । जसमध्ये ८५ अन्तर्राष्ट्रिय र सय जना सिरियन र ईजरायली कर्मचारी कार्यरत छन् । ईन्डोफमा तीन जना नेपाली कार्यरत छन् । ईन्डोफ ईजरायल र सिरियामा कार्यरत मिसन हो ।

हयात तहरिर अल–शाम (एचटीएएस)का बिद्रोहीहरु दमस्कस प्रवेश गर्न थालेपछि राजधानी नजिकैको होटलमा बस्दै आएका ईन्डोफका कर्मचारीहरु होटलमा लुटपाट र आक्रमण शुरु गरेपछि हिजो त्यहाँबाट गोलान पुगेका हुन् ।

गोलानबाट सुरक्षाका लागि ईजरायल प्रवेश गर्न खोजेका उनीहरुलाई इजरायल रक्षा बल (आईडिएफ) ले तत्काल ईजरायल प्रवेशमा रोक लगाएको छ । आईडिएफले ईजरायलसंग जोडिएको सिरियन भूभाग कब्जामा लिएको छ । र, त्यही भूभाग भएर ईन्डोफका कर्मचारीहरु ईजरायली भूभागमा प्रवेश गर्न खोजिरहेका थिए ।

सरकार निजी क्षेत्र मिलेर पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ : मन्त्री पाण्डे

सुदूरपश्चिम – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकार र निजी क्षेत्रको संयुक्त प्रयासमा पर्यटन क्षेत्रको विकास गर्न सकिने बताएका छन् ।

कैलालीको धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशको पर्यटन विकास रणनीतिसम्बन्धी अन्तरक्रियामा मन्त्री पाण्डेले निजी क्षेत्र अगाडि नबढेमा सरकारको एकल प्रयासले मात्रै पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताए ।

दक्षिण र पश्चिममा भारतसँग टाँसिएकाले सुदूरपश्चिम प्रदेशलाई पर्यटनको गन्तव्यस्थल बनाउन सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले यसका लागि आवश्यक पूर्वाधार जुटाउने वातावरण बनाउन जरुरी रहेकामा जोड दिए । मन्त्री पाण्डेले समयानुकूल पर्यटन र हवाई नीति बनाउन लागिएको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटनको विकासका लागि नीतिगत सुधार जरुरी रहेको बताए । उनले निर्माणाधीन सेती लोकमार्गमार्फत सुदूरपश्चिम प्रदेशलाई चीनसँग जोड्ने नाका खुल्न सकेमा ठूलो सङ्ख्यामा विदेशी पर्यटक नेपालकै बाटो भएर कैलास मानसरोवर पुग्नसक्ने भई यसबाट प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने देखिएकाले आफूले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक पटक छलफल गरेको बताए ।

कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधिले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास र स्तरोन्नति, उरै भन्ज्याङ हुँदै कैलास मानसरोवर जाने बाटोको व्यवस्था, गौरीफन्टा र वनबासा नाकाको स्तरोन्नति, सुक्खा बन्दरगाह निर्माण, उड्डयन क्षेत्रको सबलीकरण र नीतिगत सुधारमा सहजीकरण गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका क्षेत्रमा गरिरहेको गतिविधिका बारेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले प्रकाश पार्नुभएको थियो । प्रदेशको मन्त्रालयले पर्यटन गुरुयोजना र पर्यटन ऐन लागू गरेर पर्यटनसम्बन्धी आवश्यक पूर्वाधार निर्माण गरिरहेको भए पनि पूर्वाधार निर्माणमा पर्याप्त बजेटको अभाव रहँदा यसको विकासमा अपेक्षित सुधार आउन सकिरहेको छैन । नेपाल सरकारले सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटन क्षेत्र घोषणा गरेपनि त्यस अनुसारका पूर्वाधार अझै जुट्न सकेको छैन ।

कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरी, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेशसभा सदस्य धर्मराज पाठक, शिवसिंह ओलीलगायतले पर्यटनको विकासका लागि गर्नुपर्ने सुधारका बारेमा सुझाव दिएका थिए। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र त्यसअन्तर्गतका निकायका कर्मचारी, निजी क्षेत्रका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

सिरियाली राजधानी विद्रोहीको कब्जामा, राष्ट्रपति असदले देश छाडे

सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल-असदबाट सिरिया “मुक्त” भएको घोषणा गरेका छन्।
विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको छ र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएका छन्।

रुसी रक्षामन्त्रीले राष्ट्रपति असदले देश छाडेको बताएका छन्। असदले एक विमानमार्फत् दमास्कस छाडेको विवरण आए पनि उनी कहाँ गएका हुन् भन्ने प्रस्ट भएको छैन।

सिरियाको विद्रोही फौजले पनि राष्ट्रपति असद देश छाडेर भागेको जनाइएको छ। असदको २५ वर्ष लामो शासनको अन्त्यलाई कैयौँ पश्चिमा राष्ट्रहरूले स्वागत गरेका छन्।

सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि तस्बिर खिचेका छन्

तस्बिर स्रोत,Reuters

सोसल मिडियामा देखा परेका अपुष्ट भिडिओ फुटेजहरूमा असदका विरोधीलाई यातना र मृत्युदण्ड दिने गरिएको त्यहाँको कुख्यात सनाय जेलबाट हजारौँ बन्दीहरू मुक्त पारिएको देखिन्छ।

विद्रोहीहरूले देशको तेस्रो ठूलो सहर होम्सलाई “पूर्ण रूपबाट स्वतन्त्र पारेको” बताएको केही घण्टामा उनीहरू राजधानी प्रवेश गरेका हुन्।

विद्रोही फौज दमास्कस प्रवेश गरेसँगै त्यहाँको सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको थियो।

राजधानी कब्जापछि सिरियामा कसले के भने?

राजधानी कब्जापछि विद्रोहीहरूले सिरियाको दोस्रो ठूलो सहर अलेपोमा पनि उत्सव मनाएका छन्

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,राजधानी कब्जापछि विद्रोहीहरूले सिरियाको दोस्रो ठूलो सहर अलेपोमा पनि उत्सव मनाएका छन्

सिरियाका विपक्षी नेता हदि अल-बहराले अरबीक समाचार संस्था अल-अरबीयालाई असदको शासन ढलेको र “सिरियाको इतिहासमा एउटा अँध्यारो युग सकिएको” बताएका छन्।

सिरियाली आन्दोलन र विपक्षी फौजहरूको एक राष्ट्रिय गठबन्धनको नेतृत्व गरिरहेका बहराले दमास्कसको अवस्था सुरक्षित रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरेका छन्।

“हाम्रा सबै सम्प्रदाय र धर्मका मानिसहरू – जबसम्म तपाईँ अरू कुनै नागरिकविरुद्ध हतियार उठाउनुहुन्न र जबसम्म तपाईँ आफ्नो घरमा बस्नुहुन्छ, तपाईँ सुरक्षित हुनुहुन्छ,” उनले एक्समा लेखेका छन्।

“त्यहाँ बदला वा प्रतिशोध र मानव अधिकार उल्लङ्घनको कुनै घटना हुने छैन। मानिसको मर्यादाको सम्मान गरिनेछ र उनीहरूको मर्यादा सुरक्षित गरिनेछ।”

एचटिएसका नेताले टेलिग्राममा लेख्दै सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी संस्थाहरूमा प्रवेश नगर्न आदेश दिएका छन्।

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,एचटिएसका नेताले सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी कार्यालयहरूमा प्रवेश नगर्न आदेश दिएका छन्

देशलाई सम्बोधन गर्दै सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल-जलालीले आफू पदमा रहिरहेर देशमा सरकारको निरन्तरता कायम राख्ने काम “गर्न सघाउन तयार” रहेको बताएका छन्।

उनले बशर अल-असद यतिखेर कहाँ छन् भन्ने जानकारी आफूलाई नभएको बताए।

सिरिया

तस्बिर स्रोत,Reuters

नयाँ चरणको सरकारविरोधी हमलाको नेतृत्व गरिरहेको इस्लामवादी विद्रोही समूह हायात तहरिर अल–शामका नेताले टेलिग्राममा सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी संस्थाहरूमा प्रवेश नगर्न आदेश दिएका छन्।

अबु मोहम्मद अल-जुलानीले आधिकारिक रूपमा हस्तान्तरण नहुँदासम्म ती निकायहरू प्रधानमन्त्रीको निगरानीमा रहने बताएका छन्।

आफ्नो जितलाई ऐतिहासिक क्षण बताउँदै उनले आत्मसमर्पण गर्नेलाई हानि नपुर्‍याउन आफ्ना मानिसहरू आह्वान गरेका छन्।

इरानी दूतावासमा हमला, दमास्कसको अरू अवस्था के छ?

इरानी सञ्चारमाध्यममा आएका विवरणमा दमास्कसस्थित इरानी दूतावासमा हमला भएको जनाइएको छ।

रोयटर्स समाचार संस्थाको तस्बिरमा दूतावासमा टाँगिएको इरानको रिभोलुशनरी गार्डस्‌का जनरल कासिम सुलेमानी र हिज्बुल्लाहका नेता हसन नस्रल्लाहको तस्बिर च्यातिएको देखिन्छ। उनीहरू दुवैको यसअघि नै मृत्यु भइसकेको छ।

त्यसैगरी कूटनीतिक स्रोतलाई उल्लेख गर्दै त्यहाँ रहेको इराकी दूतावासलाई खाली पारिएको समाचार संस्था एएफपीले जनाएको छ।

दमास्कसमा रहेको इरानी दूतावास

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,दमास्कसमा रहेको इरानी दूतावास भवन

दमास्कस पुगेकी बीबीसी संवाददाता बार्बरा प्लेट असरले त्यहाँ सिरियालीहरू खुसीले नाराबाजी गरेको बताएकी छन्।

“धेरै मानिसहरू अब के होला भन्ने कुराले अत्तालिएका छन्। ती खासगरी अल्पसङ्ख्यक समुदायका मानिसहरू, असदको सत्ताका समर्थकहरू, सेनामा रहेका मानिसहरू लगायत छन्,” सिरियाको राजधानीबाट असर भन्छिन्।

“मलाई लाग्छ आउँदा केही दिन धेरै मानिसहरू बाहिर धेरै देखा पर्ने वा घुलमिल गर्ने काम गर्नेछैनन्।”

सहरमा गोली चलेका र विस्फोटनका आवाज सुनिए तापनि आइतवारको बिहान तुलनात्मक रूपमा शान्त रहेको उनी बताउँछिन्।

अमेरिकी प्रतिक्रिया

दमास्कसमा खुशी मनाउँदै विद्रोहीहरू

तस्बिर स्रोत,Getty Images

अमेरिकी राष्ट्रपति जो बाइडन र उनका अधिकारीहरूले “सिरियाका अभूतपूर्व घटनाक्रम”को निगरानी गरिरहेको ह्वाइटहाउसले जनाएको छ।

बाइडन प्रशासन आफ्ना क्षेत्रीय साझेदारहरूसँग निरन्तर सम्पर्कमा रहेको ह्वाइटहाउसको विज्ञप्तिमा जनाइएको छ।

राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पले यसअघि सोसल मिडियामा एक पोस्ट लेख्दै सिरियाको युद्धसँग अमेरिकाको कुनै सरोकार नहुनुपर्ने बताएका थिए।

उनको भनाइ थियो: “त्यो हुन दिनुस्। यो हाम्रो लडाइँ होइन।”

आधा शताब्दीको पारिवारिक राज अन्त्य

दमास्कसमा नियन्त्रण गुमाएसँगै असद परिवार र सिरियन बाथ पार्टीको झण्डै आधा शताब्दी लामो शासन अन्त्य भएको छ।

सन् २००० मा आफ्ना बुवालाई पछ्याउँदै सत्तामा आउँदा बशर अल-असद सुरुमा सुधारवादी नेताका रूपमा थिए।

सन् २००० देखि सिरियामा शासन गर्दै आएका राष्ट्रपति बशर अल–असदको सत्ता सन् २०११ को 'अरब स्प्रिङ'मा त जोगियो, तर देश गृहयुद्धमा डुब्यो

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,सन् २००० देखि सिरियामा शासन गर्दै आएका राष्ट्रपति बशर अल–असदको सत्ता सन् २०११ को ‘अरब स्प्रिङ’मा त जोगियो, तर देश गृहयुद्धमा डुब्यो

तर अरब स्प्रिङका बेला सन् २०११ मा प्रदर्शनकारीहरूविरुद्ध निर्मम रूपमा उत्रिएपछि उनको त्यस्तो छवि मेटिएको थियो।

सुरुमा नागरिक समाजका तर्फबाट भएको उक्त विरोधमा पछि कट्टर इस्लामवादी समूहहरू हाबी भए र सिरियामा गृहयुद्ध सुरु भयो।

उनी विद्रोही पकडका क्षेत्रमा रासायनिक अस्त्रको प्रयोग र अन्य विभिन्न अत्याचारसँग जोडिएका छन्।

असदले यस द्वन्द्व सिरिया टुक्र्याउन चाहने पश्चिमा शक्तिहरूले उक्साहटबाट सिर्जना भएको आरोप लगाउने गर्छन्।

बीबीसीबाट ।

‘नेपाली बालबालिकालाई नेपाल चिनाउन नेपाली कक्षा आवश्यक ‘

लन्डन –  प्रवासमा हुर्कीरहेका नेपाली बालबालिकालाई नेपाल चिनाउन नेपाली कक्षाहरु  संचालन गर्नु पर्ने सुझाव दिइएको छ।

एनआरएनए युके तथा नेप्लिज इन युकेद्वारा शनिबार लन्डनस्थित नेपाली दूतावासमा आयोजित ‘सामाजिक संजालको प्रयोग र नेपाली भाषाको संरक्षण’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै कवि तथा लेखक नारायण गाउँलेले प्रवासमा हुर्की रहेका बालबालिकाहरुलाई नेपाली सिक्न उत्प्रेरित गर्नु पर्ने आवश्यकता रहेको बताए।

उनले दोश्रो पुस्ताका नेपालीलाई नेपालसंग जोड्न भाषा एक महत्वपूर्ण माध्यम रहेको भन्दै संसारभरि रहेका नेपालीलाई एउटा ‘मुलुक’ मानेर नेपाल सरकारले नीति तथा कार्यक्रम ल्याउनु पर्ने सुझाव दिए।

एनआरएन अभियन्ता सेवानिवृत्त लेफ्टिनेन्ट चन्द्र गुरुङले आफुहरुले आफ्ना नानीहरुलाई नेपालसंग जोड्न प्रयास गरि रहेको र यसमा नेपाल सरकारले पनि मदत गर्नु पर्ने बताए।

शैक्षिक अभियन्ता राजेन्द्र थापा मगरले नेपाली बच्चालाई नेपाली माटो, देश, संस्कृति र भूगोल चिनाउने एक मात्रै माध्यम भाषा भएको बताए।

मर्जिंग नेपाल सक्सका अध्यक्ष पवन कडेलले क्याम्ब्रिज विश्वविद्यालयले ‘ओ’ लेभेलको नेपाली विषयको प्रश्नपत्रहरु तयार गरि रहेको भन्दै विदेशमा बसेर पनि नेपाली सिक्न सक्ने वातावरण बनाउन आग्रह गरे।

बीबीसी नेपाली सेवाका पूर्व पत्रकार  भगीरथ योगीले विभिन्न मुलुकमा संचालित नेपाली पाठशालाहरुमा गुणस्तरीय शैक्षिक  सामग्री र दक्ष शिक्षकको अभाव रहेको बताए।

उनले प्रविधिको प्रयोग गरी  शैक्षिक सामग्रीको उत्पादन र वितरण गर्न तथा त्यस्तो काममा सघाउन सबै संघसंस्था र दूतावासहरुलाई आग्रह गरे।

बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाली भाषा, संस्कृति जोगाएर मात्रै नेपाली गौरव र नेपालीपन कायम राख्न सकिने बताए।

उनले प्रवासमा हुर्की रहेका नेपाली बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउदै नेपालसंग जोड्न दूतावासले पहल गर्ने र राज्यले पनि सहयोग गर्ने जनाए।

‘सामाजिक संजालको प्रयोग’ सम्बन्धी सत्रमा बोल्दै हाल बेलायतको भ्रमणमा रहेका रुटिन अफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेलले  नेपालमा सामाजिक संजाल नियमन गर्न आवश्यक भएको बताए।

उनले  सामाजिक संजालमा देखिएको बेथिति नियन्त्रण गर्न खबरदारी  गर्ने निकाय हुनु पर्ने धारणा राखे ।

‘नेप्लिज इन युके’ का बिरेन्द्र नेपालले सबैलाई स्वागत गरेका थिए भने  रबिन भारतीले कार्यक्रमको उद्देश्य बारे प्रकाश पारे।  एनआरएनए युकेका उपाध्यक्ष मनीष खत्रीले कार्यक्रम संचालन गरेका थिए।

‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म

काठमाडौं– बिहीबारबाट प्रदर्शनमा आएको साउथ फिल्म ‘पुष्पा २’मा एउटा संवाद छ, ‘फायर होइन, वाईल्ड फायर’।

यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइमा बुलन्द देखियो। फिल्मले तीन दिनमा हिन्दी भर्सनमा मात्र २०५ करोड नेट कमाएको छ।

७२ करोडको कीर्तिमानी ओपनिङ हासिल गरेको फिल्मले शुक्रबार ५९ करोड र शनिबार ७४ करोड जोडेको ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन्। योसँगै ‘पुष्पा २’ तीन दिनमा सर्वाधिक कमाइ गर्ने र दुई अलग दिनमा ७० करोडमाथि व्यापार गर्ने पहिलो भारतीय फिल्म बनेको छ। यसलाई तरणले नयाँ बेन्चमार्क भनेका छन्। र, फिल्मको व्यापारलाई सुनामीको संज्ञा दिएका छ

यसअघि सर्वाधिक ठूलो ओपनिङ र तीन दिनमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको कीर्तिमान अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘जवान’को नाममा थियो। यसले ६५ करोड ५० लाखको ओपनिङ गरेको थियो भने तीन दिनमा १ सय ८० करोड छापेको थियो। अब ‘जवान’को नाममा रहेको दुईवटै रेकर्ड तोडिएको छ। ‘पुष्पा २’को व्यापारिक गति हेर्दा यसले सर्वाधिक कमाउने भारतीय फिल्मको कीर्तिमान समेत बनाउन सक्ने देखिन्छ।

ट्रेड पोर्टल स्याकेनिल्कका अनुसार तीन दिनमा फिल्मले विश्वभरबाट ५८८ करोड नेट कमाएको छ। विदेशमा मात्र तीन दिनमा फिल्मको कमाइ १२५ करोड छ भने हिन्दीसहित अन्य भाषामा फिल्मले तीन दिनमा भारतभरि ३८७ करोडमाथिको नेट व्यापार गरेको छ। फिल्मले भारतमा ७ सय करोड नघाउन सक्ने प्रक्षेपण गरिएको छ भने विश्वव्यापी १५ सय करोड पुग्ने अनुमान छ।

सुकुमारले लेखन तथा निर्देशनमा तयार भएको ‘पुष्पा २’मा अल्लू अर्जुन, रश्मिका मन्दाना, फहद फासिल, सुनिल वर्मा लगायतको अभिनय छ। रक्तचन्दन काठको तस्करीमा ठूलो साम्राज्य खडा गरेको पुष्पराज पात्रको वरिपरि फिल्मको कथा केन्द्रित छ। ५ सय करोड भारुमा बनेको फिल्मले प्रदर्शन अगावै विभिन्न राइट्सबाट लगानी सुरक्षित गरिसकेको थियो।

सिरियाका राष्ट्रपति असद चढेको प्लेन दुर्घटना भएको हो?

काठमाडौं । विद्रोही समूहले राजधानी दमास्कस कब्जा गरेपछि सिरियाका राष्ट्रपति बसर अल असदले देश छाडेका छन् । उनी कहाँ गए भन्ने स्पष्ट हुन सकेको छैन ।

उनी रुस वा इरानतर्फ प्रस्थान गरेको अनुमान छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले असाद रुसको राजधानी मस्को प्रस्थान गरेको सोसल मिडिया ट्रुथमा लेखेका छन् । यद्यपि यो पुष्टि हुन बाँकी छ ।

कतिपय मिडियाले देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद सवार प्लेन दुर्घटना भएको अनुमानसहितका समाचार पनि लेखेका छन् । तर यो पनि स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन ।

असद र उनको परिवारका सदस्य सवार आईएल–७६ विमान जमिनबाट ५०० मिटर माथि आकासमा दुर्घटना भएको हल्ला छ । त्यसअघि विमान राडारबाट सम्पर्कविच्छेद भएको बताइन्छ । कतिपयले विमानलाई विद्रोहीहरुले खसालेको दाबी समेत गरेका छन् । दुर्घटना भएको वा विद्रोहीले खसालेको भन्ने विवरण पुष्टि हुन भने बाँकी छ ।

सिरियाका विद्रोहीहरुले राजधानी दमास्कस कब्जा गर्नुभन्दा अगाडि दमास्कसबाट अन्तिम उडान भर्ने सिरियाई एयरको उडान नम्बर ९२१८ आईएल ७६ विमान थियो । ओपन सोर्स फ्लाइट ट्र्केर्सका अनुसार उड्नासाथ विद्रोहीहरुले कब्जा गरेको होम्स शहरमाथिको आकासबाट विमान सम्पर्कविच्छेद भएको थियो ।

विद्रोहीहरु देशका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि असदले राजधानी छाडेका थिए । विद्रोही समूह एचटीएसले सिरियामा असद परिवारको ५० वर्ष लामो शासन अन्त्य भएको र नयाँ दिन सुरु भएको जनाएको छ ।

साईकल यात्री शाह चैतन्य पाठशालाको ब्राण्ड एम्बेसडर नियुक्त

धनगढी, २३ मंसिर ।
चैतन्य पाठशाला धनगढीले फार्वेस्टर्न राईडरका नामले चिनिने साईकल यात्री भरत विक्रम शाहलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

साईकल संस्कृतिसंगै सुदूर पश्चिमको पर्यटन प्रबद्र्धनमा सक्रिय शाहलाई आईतवार चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले ब्राण्ड एम्बेसडर नियुक्त गरेका हुन् ।

अध्यक्ष जोशीले आईतवार चैतन्य पाठशालाको विहानी प्रार्थना सभामा शाहलाई एम्बेसडरको नियुक्ति पत्र हस्तान्तरण गरे । अभिभावक संघका अध्यक्ष ईश्वर गिरी र प्रधानअध्यापक कटक बहादुर सिंहको उपस्थितिमा जोशीले साईकल यात्री शाहलाई ब्राण्ड एम्बेसडरको नियुक्त गरेको पत्र हस्तान्तरण गरेका हुन् ।

जोशीले  सुदूर पश्चिमको पर्यटन प्रबद्र्धन र साईकल संस्कृतिको विकासमा पु¥याएको योगदानको कदर गर्दै शाहलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको बताए ।

शाहले शिक्षा र संस्कारको सङ्‌गम प्रकृति र संस्कृतिको सम्मानका लागि चिनिने चैतन्य पाठशालाले आफूलाई ब्राण्ड एम्बसेडर नियुक्त गरेकोमा धन्यवाद दिए ।

शाहले चैतन्य पाठशालाका अध्यक्ष जोशीले आफूलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेर साईकल संस्कृति र प्रर्यटन प्रबद्र्धनमा लागीरहन हौसला प्रदान गरेको बताए ।

 

चितवन राइनोजसँग सुदूरपश्चिम रोयल्स ३३ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लीग (एनपीएल) मा अपराजित रहेको सुदूर पश्चिम रोयल्सले आईतवार पहिलो हार व्यहोरेको छ । तीन खेलमा अपराजित रहेको सुदूर पश्चिम रोयल्सले आईतवार भएको चौथो खेलमा पहिलो पटक पराजित हुदा चितवन राइनोजले तेस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको हो ।

चितवनले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले १८.२ ओभरमा १३१ रन बनाउँदा सवै विकेट गुमाएको हो । सुदूरपश्चिमका आज शिर्ष ब्याटर नै चलेनन् । इसान पाण्डेले ३५ रन, सेफ जैवले १८ रन, ब्राण्डनले १३ रन तथा दिलप्रीत बाजवाले १२ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । उसका लागि ओपनर हसन एइसाखिलले सर्वाधिक ६५ रन बनाए । उनले ५२ बल खेल्ने क्रममा छ चौका र तीन छक्का प्रहार गरे ।

साथै रवि बोपाराले १८ बलमा दुई चौका र दुई छक्काको साहरामा ३६ रन बनाए भने विपीन रावलले १७ रनको योगदान दिए । त्यसैगरी कप्तान कुशल मल्लले १३, सन्तोष कार्कीले नौ र अमर रौतेलाले छ रन बनाए ।

सुदूरपश्चिमका लागि स्कट कुगेलिजिनले दुई विकेट लिए भने ब्राण्डोन म्याक मुलेन, दीपेन्द्र सिंह ऐरी, सैफ जेबले समान एक–एक विकेट लिए ।

सिरियाली विद्रोहीद्वारा राजधानी दमास्कस कब्जाको घोषणा, राष्ट्रपति असद देश छाडेर भागेको दाबी

सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल-असदबाट सिरिया “मुक्त” भएको घोषणा गरेका छन्।

विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको छ र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएका छन्। ।

विवरणहरूमा असदले एक विमानमार्फत् दमास्कस छाडेको बताइएको छ। तर उनी कहाँ गएका हुन् भन्ने प्रस्ट भएको छैन।

सिरियाको अवस्थाबारे विद्रोही फौजले गरिरहेका कैयौँ नयाँ घोषणामध्ये एकमा राष्ट्रपति असद देश छाडेर भागेको जनाइएको छ।

सिरियाको राजधानी दमास्कसमा विद्रोही

तस्बिर स्रोत,Reuters

सोसल मिडियामा देखा परेका अपुष्ट भिडिओ फुटेजहरूमा असदका विरोधीलाई यातना र मृत्युदण्ड दिने गरिएको त्यहाँको कुख्यात सनाय जेलबाट हजारौँ बन्दीहरू मुक्त पारिएको देखिन्छ।

विद्रोहीहरूले देशको तेस्रो ठूलो सहर होम्सलाई “पूर्ण रूपबाट स्वतन्त्र पारेको” बताएको केही घण्टामा उनीहरू राजधानी प्रवेश गरेका हुन्।

विद्रोही फौज दमास्कस प्रवेश गरेसँगै त्यहाँको सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको थियो।

राजधानी कब्जापछि सिरियामा कसले के भने?

राजधानी कब्जापछि विद्रोहीहरूले सिरियाको दोस्रो ठूलो सहर अलेपोमा पनि उत्सव मनाएका छन्

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,राजधानी कब्जापछि विद्रोहीहरूले सिरियाको दोस्रो ठूलो सहर अलेपोमा पनि उत्सव मनाएका छन्

सिरियाका विपक्षी नेता हदि अल-बहराले अरबीक समाचार संस्था अल-अरबीयालाई असदको शासन ढलेको र “सिरियाको इतिहासमा एउटा अँध्यारो युग सकिएको” बताएका छन्।

सिरियाली आन्दोलन र विपक्षी फौजहरूको एक राष्ट्रिय गठबन्धनको नेतृत्व गरिरहेका बहराले दमास्कसको अवस्था सुरक्षित रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरेका छन्।

“हाम्रा सबै सम्प्रदाय र धर्मका मानिसहरू – जबसम्म तपाईँ अरू कुनै नागरिकविरुद्ध हतियार उठाउनुहुन्न र जबसम्म तपाईँ आफ्नो घरमा बस्नुहुन्छ, तपाईँ सुरक्षित हुनुहुन्छ,” उनले एक्समा लेखेका छन्।

“त्यहाँ बदला वा प्रतिशोध र मानव अधिकार उल्लङ्घनको कुनै घटना हुने छैन। मानिसको मर्यादाको सम्मान गरिनेछ र उनीहरूको मर्यादा सुरक्षित गरिनेछ।”

एचटिएसका नेताले टेलिग्राममा लेख्दै सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी संस्थाहरूमा प्रवेश नगर्न आदेश दिएका छन्।

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,एचटिएसका नेताले सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी कार्यालयहरूमा प्रवेश नगर्न आदेश दिएका छन्

राष्ट्रलाई सम्बोधन गर्दै सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल-जलालीले आफू पदमा रहिरहे देशमा सरकारको निरन्तरता कायम राख्ने काम “गर्न सघाउन तयार” रहेको बताएका छन्।

उनले बशर अल-असद यतिखेर कहाँ छन् भन्ने जानकारी आफूलाई नभएको बताए।

सिरिया

तस्बिर स्रोत,Reuters

नयाँ चरणको सरकारविरोधी हमलाको नेतृत्व गरिरहेको इस्लामवादी विद्रोही समूह हायात तहरिर अल–शामका नेताले टेलिग्राममा सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी संस्थाहरूमा प्रवेश नगर्न आदेश दिएका छन्।

अबु मोहम्मद अल-जुलानीले आधिकारिक रूपमा हस्तान्तरण नहुँदासम्म ती निकायहरू प्रधानमन्त्रीको निगरानीमा रहने बताएका छन्।

आफ्नो जितलाई ऐतिहासिक क्षण बताउँदै उनले आत्मसमर्पण गर्नेलाई हानि नपुर्‍याउन आफ्ना मानिसहरू आह्वान गरेका छन्।

अमेरिकी प्रतिक्रिया

दमास्कसमा खुशी मनाउँदै विद्रोहीहरू

तस्बिर स्रोत,Getty Images

अमेरिकी राष्ट्रपति जो बाइडन र उनका अधिकारीहरूले “सिरियाका अभूतपूर्व घटनाक्रम”को निगरानी गरिरहेको ह्वाइटहाउसले जनाएको छ।

बाइडन प्रशासन आफ्ना क्षेत्रीय साझेदारहरूसँग निरन्तर सम्पर्कमा रहेको ह्वाइटहाउसको विज्ञप्तिमा जनाइएको छ।

राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पले यसअघि सोसल मिडियामा एक पोस्ट लेख्दै सिरियाको युद्धसँग अमेरिकाको कुनै सरोकार नहुनुपर्ने बताएका थिए।

उनको भनाइ थियो: “त्यो हुन दिनुस्। यो हाम्रो लडाइँ होइन।”

आधा शताब्दीको पारिवारिक राज अन्त्य

दमास्कसमा नियन्त्रण गुमाएसँगै असद परिवार र सिरियन बाथ पार्टीको झण्डै आधा शताब्दी लामो शासन अन्त्य भएको छ।

सन् २००० मा आफ्ना बुवालाई पछ्याउँदै सत्तामा आउँदा बशर अल-असद सुरुमा सुधारवादी नेताका रूपमा थिए।

सन् २००० देखि सिरियामा शासन गर्दै आएका राष्ट्रपति बशर अल–असदको सत्ता सन् २०११ को 'अरब स्प्रिङ'मा त जोगियो, तर देश गृहयुद्धमा डुब्यो

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,सन् २००० देखि सिरियामा शासन गर्दै आएका राष्ट्रपति बशर अल–असदको सत्ता सन् २०११ को ‘अरब स्प्रिङ’मा त जोगियो, तर देश गृहयुद्धमा डुब्यो

तर अरब स्प्रिङका बेला सन् २०११ मा प्रदर्शनकारीहरूविरुद्ध निर्मम रूपमा उत्रिएपछि उनको त्यस्तो छवि मेटिएको थियो।

सुरुमा नागरिक समाजका तर्फबाट भएको उक्त विरोधमा पछि कट्टर इस्लामवादी समूहहरू हाबी भए र सिरियामा गृहयुद्ध सुरु भयो।

उनी विद्रोही पकडका क्षेत्रमा रासायनिक अस्त्रको प्रयोग र अन्य विभिन्न अत्याचारसँग जोडिएका छन्।

उनले यो द्वन्द्व देशलाई टुक्र्याउन चाहने पश्चिमी शक्तिहरूले उक्साएको दाबी गर्ने गर्थे।

बीबीसीबाट

नयाँ फूल

विश्वकै सबैभन्दा गरिब मुलुक कुन हो ? एक समय यस्तो थियो हाजिरीजवाफमा यो प्रश्न सोधिँदा त्यसको सही जवाफ मानिन्थ्यो— इथियोपिया । त्यस्तै इथियोपिया मेरो मानसपटलमा थियो । तर राजधानी अदिस अबाबाको विकास र समृद्धि अनि त्यहाँको भव्य विमानस्थल देखेपछि केही बेर पत्याउन कठिन भयो । के मैले पढेको र सुनेको इथियोपिया यही हो ?

हो, म त्यही विश्वकै सबैभन्दा गरिब मुलुक भनेर कुनै बेला चिनिएको भोकमरी, जातीय द्वन्द्व र अभावग्रस्त मुलुकमा थिएँ । तर यी सबै कुरा त इथियोपियाका लागि इतिहास भइसकेका रहेछन् ।

इथियोपियन भाषामा अदिस अबाबाको अर्थ हो, नयाँ फूल । राजधानी अदिस अबाबा साँच्चिकै फूलजस्तो लाग्छ । सुन्दर । रमणीय । अनि मनमोहक । त्यस्तो सुन्दर उपत्यका, जसका चारैतिर पहाड छन् । गज्जबको भूबनोट छ । पक्की फराकिला सडक, गगनचुम्बी भवनहरू र जोगाएर राखिएको हरियालीले कम्ती सुन्दर देखिँदैन, अदिस अबाबा ।

छिमेकमा  उसबाटै अलगिएको इरिट्रियासँगै सोमालिया, केन्या, सुडान र जिबुटी छन् । यी सबै देशको अवस्था अहिले पनि नाजुक छ । तर इथियोपिया भने गरिबीबाट समृद्धितर्फ लम्किँदै छ । द्वन्द्वका कारण कतिपय अफ्रिकी मुलुकहरू इतिहासमा सीमित रहने त होइनन् भन्ने चिन्ता छ । तर इथियोपिया भने नयाँ इतिहास बनाउँदै छ ।

  • म कुनै बेला चिनिएको भोकमरी, जातीय द्वन्द्व र अभावग्रस्त मुलुक इथियोपियामा थिएँ । तर यी सबै कुरा त इथियोपियाका लागि इतिहास भइसकेका रहेछन् ।

इथियोपिया ११ लाख चार हजार तीन सय वर्गकिमिमा फैलिएको ईथियोपियाको कुल जनसंख्या १३ करोड ३५ लाख २७ हजार ३८६ रहेको छ । यो संसारको कुल जनसंख्याको एक दशमलव ६२ प्रतिशत हिस्सा हो ।छ । क्षेत्रफलका हिसाबले यो स्पेन र फ्रान्सभन्दा पनि ठूलो छ । सैनिक शक्तिका हिसाबले अफ्रिकाको तेस्रो र विश्वको ४२ औं सूचीमा छ, इथियोपिया ।

१९९२ अघि १२ स्वायत्त राज्य र दुई चार्टर्ड सहरमा विभाजित इथियोपियाकै एक हिस्सा थियो, इरिट्रिया । स्वायत्त राज्यहरूलाई आत्मनिर्णयको अधिकार दिइएको थियो । आत्मनिर्णयको अधिकार प्राप्त तिनैमध्येको एक राज्य थियो, इरिट्रिया । त्यही आत्मनिर्णयको अधिकार प्रयोग गर्दै इरिट्रियाका बासिन्दाले छुट्टै राष्ट्रको माग गर्दै झन्डै ३० वर्ष संघर्ष गरे । अन्तत: त्यही अधिकार प्रयोग गर्दै मतदान भयो । अधिकांश जनताले छुट्टिने पक्षमा मतदान गरे । र, एउटा स्वतन्त्र राष्ट्र इरिट्रियाको जन्म भयो । १९९२ मे २४ मा पहिलो स्वतन्त्रता दिवस मनायो, इरिट्रियाले । संविधानमा उल्लेख भएको आत्मनिर्णयको अधिकारको प्रयोग गरेर अलग भएको इरिट्रियाले आफ्नो संविधानमा भने आत्मनिर्णयको अधिकार दिएन । उसलाई थाहा थियो त्यही अधिकार प्रयोग गरेर अरू पनि स्वतन्त्र राष्ट्र जन्मिन सक्छन् ।

समुद्रसँग जोडिएको भूभागजति इरिट्रियासँग थियो । त्यही भूभागसहित इरिट्रिया अलग्गिएपछि इथियोपिया भने भूपरिवेष्ठित मुलुक भयो । तर भूपरिवेष्ठित भए पनि उसको प्रगति रोकिएन । उता समुद्रसँग जोडिएको इरिट्रिया भने अहिले पनि अशान्त छ ।
इरिट्रिया अलग भएपछि १९९४ मा नयाँ संविधानअन्तर्गत नौ प्रशासनिक क्षेत्र राज्य र एक संघीय राजधानीमा बाँडियो । नयाँ संविधानमा भने इथियोपियाले पनि आत्मनिर्णयको अधिकार कटौती गर्‍यो । इरिट्रियाबाट सिकेको पाठको परिणाम थियो, यो कदम ।

इथियोपियामा ८० जाति छन् । जमसध्ये चार प्रमुख जाति छन् । ओरोमिया र सोमाली प्रमुख जाति हुन् । केही जातिहरूले अहिले पनि ‘सरकारले आफूहरूलाई हेरेन, सत्ता र निर्णायक तहमा आफूहरूलाई समेटेन’ भन्दै विरोध गरिरहेका छन् । जातीय भावना र त्यही भावनाबाट उत्पन्न द्वन्द्व कति भयावह हुन्छ भन्ने उदाहरण अफ्रिकाका देशहरू हुन् । तर जातीय भावनाबाट माथि उठेर सबैले देशलाई प्राथमिकता दिए प्रगतिका लागि दशकौं पर्खन पर्दैन भन्ने उदाहरण पनि रुवान्डा, दक्षिण अफ्रिकालगायतका मुलुक हुन् । आज तिनै मुलुकको बाटो पछ्याउँदै इथियोपिया पनि समृद्धितर्फ लम्किएको छ ।

इथियोपियाका बारेमा धेरै रोचक कुरा छन् । आज संसारभरि कफीका पारखी छन् । कफी इथियोपियाको कफ्फा भन्ने ठाउँमा पत्ता लागेको हो । कृषिमा निर्भर ईथियोपियाको विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत कफी हो । तेल, दाल र सुन पनि उसको आम्दानीका आधारहरु हुन् ।

अफ्रिकाको यो त्यस्तो एउटा मुलुक हो । जो कसैको अधीनमा रहेन । सन् १९३६ देखि १९४१ सम्म इटालीले यसका केही भूभाग कब्जा गरेको थियो । र, अफ्रिकाका आफ्नो लिपि भएको एउटा मात्र मुलुक हो यो । युनेस्कोले इथियोपियाका ९ वटा सम्पदालाई विश्व सम्पदा सूचीमा राखेको छ ।

इथियोपियाले आफ्नो छवि र पहिचान दुई दशकमै फेरेको छ । इथियोपियालाई चिनाउनेमध्ये इथियोपियन एयरलाइन्स पनि एक हो । २१ डिसेम्बर १९४५  मा स्थापना भएको इथियोपियन एयरलाइन्ससँग अहिले १५६ भन्दा बढी ठूला जहाज छन् ।

ईथियोपियन एयरलाईन्स धेरै देशमा उडान भर्ने संसारको चौथो ठूलो हवाई कम्पनी हो । ईथियोपियन एयरलाईन्सका जहाजहरुले हरेक दिन संसारका १५५ गन्तव्यमा उडान भर्छन । जसमध्ये २२ आन्तरिक गन्तव्य हुन् । उसका मालबाहक जहाजहरु हरेक दिन संसारका ६८ वटा गन्तव्यमा पुग्छन ।

‘हाम्रा लागि अफ्रिका पहिले’ भन्ने नारा बोकेको इथियोपियन एयरलाइन्समा वार्षिक रुपमा २ करोड ४२ लाख यात्रुले यात्रा गर्छन । जसमध्ये उसको सेवा लिने अन्तर्राष्ट्रिय यात्रको संख्या २ करोड २२ लाख छ । यो संख्या पनि हरेक वर्ष बृद्धि हुने गरेको छ । १७ हजारभन्दा बढि कर्मचारी रहेको ईथियोपियन एयरलाईन्सले २०२२ मा उसको खुद मुनाफा ९४२ मिलियन डलर थियो ।

संसारमा निजी विमान कम्पनीले उडान सुरु गरेको जनवरी २०२४ मा एक सय ३७ वर्ष पुग्यो । ७८ वर्षको इतिहास भएको इथियोपियन एयरलाइन्सले विश्वभरि कार्गो ढुवानीका लागि त नाम कमाएको छ नै । अफ्रिकालाई विश्वमा नै चिनाउनसमेत योगदान पुर्‍याएको छ ।

इथियोपियाको राजधानी अदिस अबाबास्थित व्यस्त अन्तर्राष्ट्रिय भव्य र विशाल विमानस्थलमा लहरै इथियोपियन एयरलाइन्सका जहाजहरू अन्तर्राष्ट्रिय उडान भर्न तम्तयार छन् । एउटा जहाजले उडान नभर्दै अर्को जहाज उडान भर्न तयार भइसकेको हुन्छ । र, अवतरण गर्ने जहाजको पनि त्यस्तै ताँती हुन्छ । त्यही कारण कतिपय जहाजहरू आकाशमै जाममा पर्छन् त कतिपय जहाज विमानस्थलमै जाममा परेका हुन्छन् । हामी चढेको जहाजले उडान भर्न केही मिनेट विलम्ब गर्दा त्यसका पछाडि थुप्रै जहाज उडान भर्ने पालो पर्खिरहेका थिए ।

त्यस्तो अभाव, द्वन्द्व र गरिबीबाट माथि उठेको इथियोपिया र इथियोपियन एयरलाइन्सबाट हाम्रो देश र हाम्रो देशको ध्वजाबाहक एयरलाइन्स नेपाल वायु सेवा निगमले कहिले पाठ सिक्ला ?

एनपीएल : लुम्बिनीमाथि जनकपुरको १ रनको रोमाञ्चक जित

काठमाडौं । हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।

थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो ।

जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।

लिगमा जनकपुरको यो लगातार चौथो जित हो । ४ खेलबाट ८ अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लेको छ ।

लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति

काठमाडौँ, २३ मङ्सिरः  रास्वपाका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति मागेको छ ।

उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति मागेर अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले बताए ।

लामिछाने कार्तिक २ मा पक्राउ परेका थिए । उनलाई प्रहरीले बुटवल, काठमाडौँ र चितवनमा लगेर बयान गराइसकेको छ ।

अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि

अमेरिका, मङ्सिर २३ गते । अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरमा अमेरिकी वृद्धिमा उछाल आएको हो ।

विभागको तथ्याङ्क श्रमाङ्क ब्यूरो (बीएलएस) अनुसार स्वास्थ्य सेवा, मनोरञ्जन र आतिथ्य, सरकारी सामाजिक र सहायतामा केही रोजगारी बढेको भए पनि खुद्रा व्यापार व्यवसायी गुमाएको छ ।

अक्टोबरमा जागिर वृद्धि २४ हजारबाट ३६ हजारसम्म मात्रै भएको छ । नोभेम्बरमा, निजी गैर–फार्म पेरोल सबै कर्मचारीहरूको औसत प्रतिघण्टा आम्दानी १३ सेन्ट वा ०.४ प्रतिशतले बढेर ३५.६१ अमेरिकी डलर छ । गत १२ महिनामा, औसत प्रतिघण्टा आय ४.० प्रतिशत बढेको थियो ।

एनपीएल : लुम्बिनीले जितका लागि पायो १३७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनायो ।

जनकपुरका कप्तान अनिलकुमार शाहले सर्वाधिक ४५ रन बनाए । लाहिरु मिलान्था २४, आसिफ शेख १६, हर्ष थाकर १, जिमी जिशम १, मोहम्मद मोहसिन ३, शेर मल्ल ०, हेमन्त धामी ९ रनमा आउट भए । शुभ कंशाकार २२ रनमा अविजित रहे ।

बलिङमा लुम्बिनीका अभिषेक गौतम ३, कप्तान रोहित पौडेल र साद विन जफर २–२ र सन्दीप जोराले एक विकेट लिए ।

पहिला ३ खेल गुमाएको लुम्बिनी पहिलो जितको खोजीमा रहनेछन् । भने जनकपुरले ३ ओटै खेलमा जित निकालेको छ ।

कैलालीमा १ करोडभन्दा बढीको सुनचाँदीसहित ३ जना पक्राउ

कैलाली : कैलालीमा एक करोड रुपैयाँ भन्दा धेरै मूल्यको सुन, चाँदी, नगद तथा अन्य सामानसहित तीन जना पक्राउ परेका छ । सशस्त्र प्रहरीले एक करोड रुपैयाँ भन्दा धेरैको सुन, चाँदी र नगदसहित तीन जनालाई पक्राउ गरेको हो । भजनी नगरपालिका वडा नम्बर–५ मा रहेको कौवाखेडा सीमा ईलाकाबाट उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका वडा नम्बर–१० का महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१ का हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका वडा नम्बर–११ का महेश सुनार रहेका छन् ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहतको बोर्डर आउट पोष्ट बीओपी पगियापसारले उनीहरूलाई उक्त सामानसहित नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको जाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको आठ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेपलगाएका भाँडाकुँडा पनि बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सैन्य क्याम्पमा चार रात

कैलालीको तत्कालीन पण्डौनगाविस–३ खिमडीमा २०६० साल मंसिर १६ गते माओवादी विद्रोहीसँग भीषण युद्धपछि सेनाले त्यो भूगोलको रणनैतिक र सामरिक महत्व बुझिसकेको थियो । आफू त्यहाँबाट हटेपछि माओवादीले त्यहाँ गतिविधि पूर्ववत् सञ्चालन गर्ने सेनाको स्पष्ट बुझाइ थियो ।

युद्धपछि सेनाको उपस्थिति त त्यहाँ थियो नै तर सेनासँग जनता थिएनन् । जनतासँग नजिक हुन र सेवा मार्फत जनताको मन जित्न सेनाले खिमडीमा लडाइँ भएको दोस्रो साता घुम्ती सरकार सञ्चालन गर्ने भयो ।

कैलालीको तेघरीस्थित बरख गणले घुम्ती सरकारको संयोजन गरेको थियो । बरख गणका गणपति थिए, महासेनानी रामशरण कार्की । कार्की घुम्ती सरकारको रिपोर्टिङ मिडियामा आओस् भन्ने चाहन्थे । उनले रिपोर्टिबका लागि जाने हो भनेर सोधे। हाम्रा लागि त्यो एउटा अवसर थियो। र, हामी युद्ध व्यहोरेको खिमडीको अवस्था र घुम्ती सरकारको रिपोर्टिबका लागि नेपाली सेनाको हेलिकोप्टर चढेर तेघरीबाट खिमडी पुग्यौं ।

एक रात खिमडी बस्ने । दोस्रो दिन घुम्ती सरकार मार्फत नेपाली सेना र सरकारी अड्डाहरूले प्रदान गरेका सेवाका बारेमा जानकारी लिएपछि धनगढी फर्किने। हामीलाई यही कुरा भनिएको थियो । तर दोस्रो दिन हामीलाई फिर्ता लैजान हेलिकोप्टर नै आएन । नेपालगञ्जमा राजा ज्ञानेन्द्रको अभिनन्दन समारोह आयोजना हुँदै थियो । त्यस कारण नेपाली सेनाको हेलिकोप्टर त्यतै व्यस्त भयो ।

हुन त, युद्धले त्यो भूगोल अनि जनतामा पारेको असर र घुम्ती सरकारबाट लाभान्वित जनताको मनोविज्ञानको रिपोर्टिङ गर्न एक दिन पर्याप्त थिएन । तर सेनाले त्यहाँ डेरा जमाएर बसेको सह्य नभएको माओवादीले जुनसुकै बेला आक्रमण गर्ने जोखिम उत्तिकै थियो । हामी त्यस कारण थप दिन त्यहाँ बस्ने मूडमा थिएनौं ।

वारि कैलाली, पारि डोटी । उत्तरमा ठूलीगाड । त्यही गाडले छुट्याएको सिमाना । पूर्वमा सुर्खेत । सुर्खेतलाई सीमामा पारेर बगिरहेको कर्णाली । ठूलीगाड र कर्णाली नदीको दोभान । दुवै नदीको छेउमा समथर भागमा फैलिएको सुन्दर बस्ती खिमडी । सुसेलिंदै कर्णाली । त्यही छेउमा शान्त खिमडी । जसले भर्खरै भयानक युद्ध व्यहोरेको छ ।

सेना र माओवादी दुवैको छायाँबाट तर्सिने सर्वसाधारण । दुवै पक्ष कतिबेला कुन बहानामा कसलाई लगेर जान्छन् । र, त्यो व्यक्ति मृत अवस्थामा भेटिन्छ, ठेगान थिएन । माओवादीलाई आश्रय दिएको निहुँमा सेनाले सर्वसाधारणलाई दुःख दिन्थ्यो । सेनालाई सुराकी गरेको आरोपमा माओवादीले सर्वसाधारणको सफाया गथ्र्यो । मान्छेसँग मान्छे डराउने समय थियो त्यो । को कतिबेला के बनेर आउँछ, भरोसा थिएन । कहिले सेना ठानेको समूह माओवादी भएर निस्किन्थ्यो । कहिले माओवादी ठानेको समूह सेना भएर निस्किन्थ्यो । झुक्किएर लालसलाम अभिवादन गरेकै कारण कति सर्वसाधारण त्यो अवधिमा सेनाबाट मारिए ।

युद्ध मैदान बनेको भृकुटी माविमा शिक्षक र विद्यार्थीहरू जान डराउँथे । मेलापात र गाईगोरु चराउन जंगल जाने अवस्था थिएन । किनकि त्यही जंगल थियो, जहाँ कहिले सेनाको बास हुन्थ्यो, कहिले माओवादी लडाकुको । युद्धको कुरुप छाप परेको थियो, खिमडीमा । बाँच्नुभन्दा दिन काट्नु उनीहरूको जीवनको उपलब्धि थियो । किनकि त्यो समयले खुशी लिएर आउने आशभन्दा मृत्यु लिएर आउने त्रास बढी थियो ।

कर्णाली नदी र ठूलीगाडको किनारमा घुम्ती सरकार सञ्चालनमा थियो । सरकारी टोलीले दिनभरि कर्णाली र ठूलीगाडको किनारमा घुम्ती सरकार मार्फत स्थानीय बासिन्दालाई सदरमुकाममा सरकारी कार्यालयहरुले प्रवाह गर्ने सेवा दिन्थ्यो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीको नेतृत्वमा सरकारी कर्मचारीहरूको टोली त्यहाँ परिचालन गरिएको थियो । जिल्ला प्रशासन कार्यालयको टोलीले स्थानीयलाई नागरिकता बाँड्थ्यो । पशु सेवा, कृषि, महिला विकास लगायत कार्यालयले आफ्नो विषयगत सेवा दिन्थे ।

लामो समयदेखि पण्डौनमा राज्यको उपस्थिति थिएन । त्यस कारण त्यो क्षेत्र माओवादी विद्रोहीका लागि सुरक्षित आश्रयस्थल थियो। त्यहीं माओवादीको तालिम केन्द्र थियो । बन्दोबस्ती, हतियार र औषधि, खाद्यान्न लगायत सामग्री माओवादीले तराईबाट खिमडी हुँदै पहाडी जिल्लामा आपूर्ति गर्थे । पहिलो पटक राज्यको त्यहाँ उपस्थिति भएको थियो। सदरमुकाममा सरकारी कार्यालयले प्रदान गर्दै आएको सेवा घरदैलोमै पाउँदा पनि स्थानीयहरू निर्धक्क घुम्ती शिविरमा आउन सकिरहेका थिएनन् ।

सरकारी सेवा लिएकै कारण पछि माओवादीबाट प्रताडित हुने डर उनीहरूमा थियो । किनकि सेना सधैंभरि त त्यहाँ बस्न सक्ने अवस्था थिएन । डर र संशयका बीच पनि स्थानीयले नागरिकता लिए । साथै अन्य सेवाहरू पनि । हामी त्यहाँबाट निस्किन चाहन्थ्यौं । किनकि हामीलाई सेनाको शिविरभित्र बसिरहन मन थिएन । दिनभरि नदी किनारको समथर मैदानमा चल्ने घुम्ती शिविरमा सहभागी हुन्थ्यौं ।

साँझ नपर्दै खिमडी छेउको डाँडाको जंगलभित्र रहेको सेनाको क्याम्पमा जान्थ्यौं । राति त्यहीं सुत्थ्यौं । डरैडरमा पहिलो रात काट्यौ । किनकि यो त्यही ठाउँ थियो, जहाँ दुई हप्ता अघि माओवादी र सेनाका बीचमा भीषण लडाइँ भएको थियो । चारैतिर युनिफाइड कमाण्डको घेरा थियो । हाम्रो बास त्यही घेराको बीचको टेन्टमा थियो । युद्ध त्रासदी व्यहोरेको खिमडीमा जति बाक्लो सुरक्षा घेरा भए पनि चैनसँग निदाउन कसले सकोस् ? राति अबेरसम्म निद्रा नै पर्दैनथ्यो । सरकारी कर्मचारीको टोलीसँगै हामीलाई राखिएको थियो। सरकारी कर्मचारीसँगै राति अबेरसम्म तास खेल्थे, साथीहरू । टाइम पास गर्ने अर्को उपाय थिएन ।

हामीसँगै त्यहाँ थिए, सेनाका मेजर कृष्ण खत्री । उनी बेला–बेला हाम्रो टेन्टमा आउँथे । युनिफाइड कमाण्डको फौजले चारैतिरबाट सुरक्षा दिएको सुनाउँथे । र, लडाइँ भए पनि हामीलाई केही पनि नहुने आश्वासन दिन्थे । हामीभित्रको डर भगाउन उनी हामीलाई हौसला दिइरहन्थे । भन्थे, युनिफाइड कमाण्डको फौज यति विशाल छ कि, माओवादीले आक्रमण गर्ने आँट गर्नै सक्दैन । उनी हामीलाई आश्वस्त पार्दै भन्थे, आक्रमण गरिहाले पनि तपाईंहरूलाई केही हुनदिने छैनौं । उनले जे–जति विश्वस्त पार्न कोशिश गरे पनि हामी निरस्त्र थियौं, माओवादीले आक्रमण गरे हामी जोगिन्छौं भन्ने ग्यारेण्टी थिएन । अबेर रातिसम्म गफ ग¥यौं । र, मध्यरातिपछि सुत्यौं ।

दोस्रो दिन हामीले मेजर खत्रीलाई भन्यौं, हामी पैदल भए पनि धनगढी फर्किन्छौं । हेलिकोप्टर आउने निश्चित नभएपछि कति दिन त्यहाँ बस्नुपर्ने हो, ठेगान थिएन । तर मेजर खत्रीले हामीलाई बाहिर नजान आग्रह गरे । तपाईंहरू हामीसँग आउनुभएको हो, तपाईंहरूलाई केही भए त्यसको जवाफदेही हामी हुन्छौं । उनले आग्रह गरे, त्यसैले पैदल नजानुहोस् ! हामी धर्मसंकटमा प¥यौं । न त्यहाँबाट जान सक्थ्यौं । न त त्यहाँ बस्न सक्ने अवस्था थियो । सेनासँग हेलिकोप्टरमा आएका कारण माओवादीले दुःख दिन्छ कि भन्ने मेजर खत्रीको आशंका थियो । त्यसमाथि उनलाई माथिबाट हामीलाई पैदल निस्किन नदिन निर्देशन थियो । खत्रीको आग्रहलाई हामीले टार्न सकेनौं । र, हेलिकोप्टरको पर्खाइमा बस्ने निधो ग¥यौं ।

त्यसपछि शुरू भयो, फेरि उही दिनचर्या । दिनभरि कर्णाली नदीको किनारमा सञ्चालित घुम्ती शिविरमा सहभागी भयो, साँझ परेपछि डाँडामाथि उक्लियो । सेनाको घेरामा टेन्टमा बस्यो । सेनाको सामूहिक मेसमा सहभागी भयो । पकाएको भात त्रिपालमा खन्याउँथे । किनकि एकैपटक सबैका लागि खाना पकाउने ठूला भाडाहरू थिएनन् । अनि पकाउँदै खन्यायो, फेरि पकायो । थालहरू थिएनन्, सेनाको कटौरामा दाल–भात मिसाएर खायो । युद्धमा सेनाको मेसको त्यो पहिलो अनुभव थियो ।

दोस्रो दिन पनि मध्यरातसम्म जाग्राम बसेर बितायौं । अबेर सुत्यौं । त्यो राति पनि युद्ध ट¥यो । माओवादीले डाँडाको चारैतर्फ घेरा हालेको सेनालाई सूचना आएको थियो । तर माओवादीले आक्रमण गरेन । राति एक बजेपछि माओवादीले आक्रमण गर्दैन भन्ने सेनाको बुझाइ थियो । किनकि आक्रमण गरेर भाग्नका लागि माओवादीले समय पाउँदैन । त्यही कारण अबेर राति माओवादीले आक्रमण गर्दैनन् भन्ने उनीहरूको बुझाइ थियो ।

तेस्रो दिन उज्यालो भयो । फेरि शुरू भयो, उही दिनचर्या । कर्णाली किनारमा गयो । दिनभरि घुम्ती शिविरमा आउने स्थानीय बासिन्दाहरूसँग कुराकानी ग¥यो । र, साँझ परेपछि सेनासँगै उकालो लाग्यो । खिमडीमा व्यहोरेको पराजयले माओवादी युनिफाइड कमाण्डप्रति आक्रामक थियो । कुनै पनि बेला आक्रमण गर्न सक्नेमा युनिफाइड कमाण्ड सचेत र सतर्क थियो ।

तेस्रो राति । बासस्थान उही । चारैतिर सुरक्षा घेरा । बीचमा हामी । न निदाउन सक्छौं । झण्डै साढे ११ बजेतिर सेनाका मेजर हाम्रो टेन्टभित्र पसे । उनले माओवादीले चारैतिर घेरा हालेको र लडाइँ हुनसक्ने हामीलाई जानकारी गराए । अब कुनै पनि बेला लडाइँ शुरू हुन सक्छ । तपाईंहरू सुरक्षित स्थानमा हुनुहुन्छ । नआत्तिनुहोला । न डराउनुहोला । जहाँ हुनुहुन्छ, त्यहीं बस्नुहोला ।’ खत्रीले हामीलाई विश्वस्त पार्दै भने, । तपाईंहरूलाई केही हुन्न । हाम्रो फौज यति ठूलो संख्यामा छ कि माओवादी यहाँसम्म पुग्नै सक्दैन ।’ माओवादी हामी बसेको ठाउँसम्म पुग्न नसके पनि माओवादीको गोली हामी बसेको ठाउँसम्म सहजै पुग्न सक्छ भन्ने हामीमा डर थियो ।

माओवादीले कर्णाली पारि सुर्खेतको डाँडासँगै हामी बसेको डाँडा भन्दा नजिकै रहेको अर्को डाँडाबाट माइकिब शुरू गरेको थियो । माओवादीले सेनालाई गाली गर्दै आत्मसमर्पण गर्न धम्क्याइरहेको थियो । सेनालाई गाली गर्नुपर्दा ।।ज्ञानेन्द्रका भतुवा’, ।।शाही जल्लाद’ जस्ता शब्दहरू त्यतिबेला माओवादीले निकै प्रयोग गर्थे । मध्यरातमा डाँडाको चारैतिर कोलाहल र चिच्याहट गरिरहेका माओवादी लडाकुहरू युनिफाइड कमाण्डलाई उत्तेजित बनाइरहेका थिए ।

माओवादीहरूले डाँडामा राँको बालेको जस्तो देखिन्थ्यो । अब लडाइँ हुने निश्चित भयो भन्दै हामीसँगै रहेको सशस्त्र प्रहरीका एक जना निरीक्षक लडाइँको मोर्चामा सहभागी हुन निस्किए । त्यसपछि भने सरकारी कर्मचारीहरूसँग खाँदिएर एउटै टेन्टमा बस्न पुगेका हामी चार जना पत्रकारहरू आ–आफ्ना देवीदेवता र कुलदेवताको नाम लिन थाल्यौं । डर भन्ने चिज कस्तो हुन्छ ! हरेक दिन लडाइँको मोर्चामा रहने सेनाले कस्तो मनोबलका साथ लड्दो हो, सोचें । कतिबेला तातो गोलीले शरीर छेडेर जीवन समाप्त हुन्छ, ठेगान हुन्थेन । हुनत, सुरक्षा फौजमा भर्ती हुनेहरू त्यही मनोबल र सोचका साथ भर्ना हुँदा हुन् । हामी त निरस्त्र थियौं । र, सैनिक पनि थिएनौं । दुई पक्षको चेपुवामा हामी परेका थियौं ।

माओवादीले एकै पटक चारैतिरबाट फायर शुरू ग¥यो । उनीहरू फायर खोलेसँगै जोड–जोडले माइकमा चिच्याउँथे । यता युनिफाइड कमाण्ड प्रतिकार गर्न तयारी अवस्थामा बसिसकेको थियो । तर उसले जवाफी हमला गरिसकेको थिएन । जसै, माओवादीले फायर शुरू ग¥यो, एनटीभीका संवाददाता राजेश बागचन्द शैलेश्वरी मातालाई पुकार्दै थिए । भन्दै थिए, शैलेश्वरी माता हाम्रो रक्षा गर्नु । अर्को पत्रकार साथी उग्रतारा माता रक्षा गर्नु भन्दै अनुनयविनय गर्दै थिए । अबेरसम्म जोड–जोडले भगवान्लाई पुकारिरह्यौं । हामीसँग त्यो बाहेक अर्को उपाय थिएन । करीब एक घण्टापछि युद्धको माहोल केही बेरमा सुनसान भयो, गोली चल्न छोड्यो ।

माओवादीले युनिफाइड कमाण्डलाई जिस्क्याउन मात्र फायर खोलेको सुरक्षा अधिकारीहरूको अनुमान थियो । तर फेरि आक्रमण गर्दैनन् भन्ने ग्यारेण्टी थिएन । सुरक्षाफौज हाईअलर्ट थियो । त्यसपछि निद्रा कसरी परोस् ? जब रातको दुई बज्यो त्यसपछि भने सेनाका एक मेजर आएर हामीलाई सान्त्वना दिदै भने, अब लडाइँ हुदैन । ढुक्क भएर सुत्नुहोस् । उज्यालोमा माओवादीले आक्रमण गर्ने सम्भावना हुँदैनथ्यो । किनकि आक्रमणपछि माओवादी भागेर टाढा–टाढा पुग्ने उनीहरूको युद्ध नीति थियो । त्यो रात हाम्रा लागि जिन्दगीको सबैभन्दा लामो रात थियो । मिनेट होइन, सेकेण्ड पनि हाम्रा लागि भारी थियो । हामीले त अझै पूरै रात बिताउनु थियो ।

पूरै रात डरैडरमा काट्यौं । उज्यालो भयो। तब हामी ढुक्क भयौं । हामीलाई बचाएकोमा सबैले भगवान्लाई धन्यवाद दियौं । खिमडी आएको चौथो दिन थियो । दिउँसोसम्म हामीलाई फिर्ता लैजान हेलिकोप्टर आउने सेनाबाट सूचना पायौं । फर्किन पाउने आशाले हामीमा खुशी सञ्चार भयो । तर हेलिकोप्टर आउने कतिखेर समय तय भइसकेको थिएन ।

करीब ११ बजेतिर अचानक गोली चल्यो। खाना पकाउन पानी भरेर उक्लिंदै गरेको सेनामाथि माओवादीले आक्रमण गरेको सूचना आयो । हामी त्यही सूचनामा निर्भर थियौं । हामी फेरि आतंकित भयौं । किनकि खिमडीमा दिउँसै सेनामाथि माओवादीले आक्रमण गरेको थियो । र, त्यही घटनाको पुनरावृत्ति हुन्छ कि भन्ने संशय अझै थियो । एकछिनमै घाइते सैनिकको उद्धारका लागि हेलिकोप्टर आयो । तर उद्धार नहुँदै ती सैनिकको मृत्यु भयो । उनको मृत्यु त्यहींभित्रको सेनाको हातबाट भूलवश चलेको एम–१६ को गोलीबाट भएको पछि थाहा पायौं । सेनाले हामीलाई आफ्नै सहकर्मीको गोलीबाट मृत्यु भएको अवस्थामा उसका परिवारजनले राहत र क्षतिपूर्ति नपाउने भएकोले उनको मृत्यु माओवादी आक्रमणबाट भएको लेखिदिन आग्रह गरे । त्यसो लेख्न नसके उक्त घटनाका सम्बन्धमा मौन बसिदिन सेनाको आग्रह थियो । हामीले दोस्रो आग्रहलाई स्वीकार ग¥यौं । हामीले एउटा समाचार नलेखिदिएर कसैको परिवारले राहत र क्षतिपूर्ति पाउँछ भने, मानवीयताका दृष्टिकोणले चुप बस्न उचित ठान्यौं । पत्रकारिता भन्दा माथि त मानवीयता नै छ भन्ने मेरो बुझाइ थियो ।

साँझ नपर्दै सेनाको हेलिकोप्टर हामीलाई फिर्ता लैजान खिमडी आइपुग्यो । त्यसैमा बसेर हामी फर्कियौं । चौथो दिन युद्धस्थलबाट फर्किन पाउँदा हामीहरूले युद्ध जितेको महसूस ग¥यौं । सेनाको जनतासँग घुलमिल हुने यो एउटा माध्यम थियो । खिमडीको भिडन्तपछि सेनासँग स्थानीय बासिन्दा त्रसित थिए । जनतासँग सम्बन्ध सुधार नगरी विकट क्षेत्रमा माओवादीले सञ्चालन गर्ने गतिविधिको सूचना प्राप्त हुन सम्भव थिएन ।

चार दिनपछि खिमडीबाट फर्किएका सबैले आ–आफ्ना मिडियामा रिपोर्टिब ग¥यौं । तर संयोग पनि कस्तो, घुम्ती सरकारको समाचार प्रकाशित कहींकतै भएन । कार्कीले घुम्ती सरकारको समाचार नआउनुलाई नियोजित षड्यन्त्र ठाने । त्यही कारण क्रूद्ध भएका महासेनानी कार्कीले समाचारमा नाकाबन्दी लगाउने निर्णय सुनाए । उनले मलाई भने, आजदेखि समाचारमा तपाईंलाई नाकाबन्दी भयो ।

त्यतिबेला युद्धको सूचनाको स्रोत सेना थियो । सेनाले नदिई युद्धको सूचना प्राप्त हुँदैनथ्यो । कार्की बरख गणभित्र टाइगर नामले चिनिन्थे । त्यतिबेला माओवादी र उसका शुभेच्छुकप्रति सेना निकै आक्रामक थियो । कार्की भने अलि बढी नै आक्रामक थिए । केही समयपछि शान्त भएका कार्कीले समाचारमा लगाएको नाकाबन्दी खोलेको आफैंले सुनाए । शायद ढिलै भए पनि उनले हामीहरूले नियोजित रूपमा समाचार रोकेको भन्ने आकलन गलत भएको ठाने ।

च्याउ बेचेर वार्षिक २५ लाख आम्दानी

डडेल्धुरा- अमरगढी नगरपालिका-२ मौरडाका खेमराज जोशीले ६ वर्षअघि दुई लाख ५० हजार रूपैयाँ लगानी गरेर व्यावसायिक च्याउखेती सुरु गरेका थिए। उनले वार्षिक च्याउ बिक्री गरेर वार्षिक २० देखि २५ लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

देशमा रोजगारी नभएको भन्दै कतिपय युवा रोजगारीको खोजीमा विदेशिएका बेला जोशीले वैदेशिक रोजगारी छाडेर कृषि पेसामा भविष्य खोजिरहेका हुन्। विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्र हुने भन्दै स्वदेशमा स्वरोजगार बन्न कृषि पेसातर्फ आकर्षित भएको उनले बताए।

जोशी अहिले ३३ वर्षका हुन्। कक्षा १२ सम्म अध्ययन गरेपछि विदेश जाने योजनासहित काठमाडौं गएको जोशीले सुनाए। काठमाडौं रहँदा विभिन्न किसिममा कृषि फार्महरूको अवलोकन गरेपछि च्याउखेती गर्ने योजना बनाएर गाउँ फर्किएको उनले बताए। अहिले परिवारको सबै खर्च कटाएर वार्षिक आठ लाख रूपैयाँसम्म बचत हुने गरेको उनले जानकारी दिए।

दुई रोपनी जग्गा भाडामा लिएर च्याउको बीउ उत्पादनका साथै खेतीसमेत गरिरहेको कृषक जोशीले बताए। ६ वर्षअघि सुरु भएको च्याउखेतीबाट उनी अहिले जिल्लाको नमूना कृषकका रूपमा स्थापित भएका छन्।

च्याउखेतीमा भविष्य राम्रो देखेर आफू लागेको जोशीले बताए। ‘पहिले च्याउको बीउ लिन काठमाडौं जानुपर्ने बाध्यता थियो। अहिले आफैले फार्ममा उत्पादन गरिरहेको छु’, उनले भने, ‘अधिकांश साथीहरू रोजगारीका लागि भारतलगायत तेस्रो मुलुक पलायन भएका छन्। आफू कृषि पेसामा रमाइरहेको छु।’

उत्पादित च्याउ स्थानीय बजारमा खपत हुने जनाउँदै जोशीले बजारीकरणको समस्या नरहेको बताए। एकपटकमा तीनसय किलोसम्म च्याउ बिक्री हुने उनले जानकारी दिए। कम लगानीमा मनग्य आम्दानी लिन सकिने बताउँदै उनले जीविकोपार्जनका लागि युवा विदेश जानुभन्दा स्वदेशमा नै स्वरोजगार बन्न सकिने उल्लेख गरे।

‘डडेल्धुराको च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासहित तराई पनि पठाउने गरेको छु’, जोशीले भने, ‘वर्षमा तीन पटक च्याउ उत्पादन गर्न सकिने भएकाले यसबाट प्रशस्त लाभ लिन सकिन्छ।’ च्याउखेतीबाट सबै खर्च कटाएर वार्षिक सात लाख रूपैयाँसम्म बचत भइरहेको उनले जानकारी दिए।

‘विदेशमा लगानी गर्ने श्रमले स्वदेशमा दोबर आम्दानी हुने रहेछ। अहिले प्रतिकिलो दुईसय रूपैयाँका दरले च्याउ बिक्री गरिरहेको छु’, जोशीले भने। फार्ममा अहिले सात जनालाई रोजगारी दिएको भन्दै उनले आगामी दिनमा च्याउखेती विस्तार गर्दै लैजाने योजना रहेको उनले बताए।

स्थानीय सरकार तथा सरोकार भएका निकायले युवालाई स्वरोजगारका अवसर सृजना गर्न, सीप विकास गर्न तालिमसहित आर्थिक, प्राविधिक सहयोग गर्नुपर्नेमा जोशीले जोड दिए। स्थानीयस्तरमा आम्दानीका स्रोत बनाउन सके युवाको विदेश पलायन दरमा कमी आउने उनको बुझाइ छ। रासस

 

बीआरआइ सम्झौता कांग्रेसको सहमतिमा भएको हो : गृहमन्त्री लेखक

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआइ सम्बन्धि थप सम्झौता कांग्रेससँगैको सहमति भएको बताएका छन् ।

नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनमा गृहमन्त्री लेखकले बीआरआइ सम्झौता कांग्रेसको धारणा, सल्लाह र सहमतिमा भएको बताएका हुन् । ‘नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बिआरआइ सम्बन्धि थप सम्झौता गरेको छ । यो सम्झौता नेपाली कांग्रेसको धारण सल्लाह र सहमति अनुसार भएको हो । यसमा अन्यथा सोच्न जरुरी छैन,’ उनले भने ।

गृहमन्त्री लेखकले मुलुकको समग्र विकास गर्नका लागि आर्थिक सहायता लिने  आवश्यक रहेको भन्दै बीआरआइमा ऋण लिने कुरा नभएको बताए । ‘कांग्रेसले ऋण लिन्न भनेर भनिसकेको छ । सम्माननीय प्रधानमन्त्रीजीले ऋण लिने कुरा भएको छैन भनिसक्नु भएको छ । अब यसको ठीक कार्यान्वयन लाग्नुपर्छ,’ उनले भने ।

यस्तै कांग्रेस र एमाले मिलेर बनेको राजनीति समीकरणको लक्ष्य भ्रष्टचार नियन्त्रण, विकास र समृद्धि रहेको उनले बताए । ‘त्यस समीकरणको धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन् । यो समीकरण कही मान्छेलाई मन्त्री बनाउन बनेको होइन,’ उनले भने, ‘यो स्थायित्वका लागि बनेको हो । यसले भ्रष्टचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेको छ । देशमा दिगोशान्ति, सुशासन, विकास र समृद्धिका लागि यो समीकरण बनेको हो ।’

संविधान संशोधनको विषय उठेको भन्दै संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशितालाई थप उन्नत बनाउनका लागि संविधान संशोधन गरिने बताए । संविधान संशोधनका लागि आन्तरिक छलफल सुरु भइसकेको उनको भनाइ छ ।

कांग्रेस र एमालेले सत्ता समीकरणलाई ८४ निर्वाचनसम्म पुराउनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो । ‘वर्तमान व्यवस्थामाथि आक्रमण हुँदै छ । यो संविधानमाथि आक्रमण हुँदै छ । यसलाई सुरक्षित गर्नु कांग्रेसको पहिलो दायित्व हो,’ उनले भने,  ‘नेपाली कांग्रेस बलियो नभएर लोकतन्त्र र यो व्यवस्था बलियो हुँदैन । कोशी प्रदेशको प्रथम सम्मेलन बलियो, प्रभावकारी, नेतृत्वदायी कांग्रेस निर्माणमा कोसेढुंगा सावित हुनेछ ।’

एनपिएलः विराटनगरलाई हराउँदै कर्णालीले निकाल्यो दोस्रो जित

काठमाडौँ – नेपाल प्रिमियर लिगमा विराटनगरले चौंथो खेलमा तेस्रो हार भोगेको छ। शनिबार भएको दिनको दोस्रो खेलमा मध्यम लक्ष्य जोगाउँदै कर्णालीले चौथो खेलमा दोस्रो जित निकालेको हो। कर्णालीले लो–स्कोरिङ खेलमा विराटनगरमाथि ७ रनको जित निकालेको हो।

कर्णालीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सफल भएको थियो।

विराटनगरका लागि निकोलस कीर्टनले सर्वाधिक ४० रन बनाए। उनले ३९ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरेका थिए। थप दोहोरो स्कोरका रुपमा लोकेश बमले १९ रन बनाउँदा दिपक बोहराले १८ रनको इनिङ खेलेका थिए।

विराटनगरविरुद्ध कसिलो बलिङ गरेको कर्णालीका लागि नन्दन यादवले ३ विकेट लिँदा विपिन शर्माले २ विकेट लिए। त्यस्तै, सोमपाल कामी, विलियम बोसिस्टो र युनिस ठकुरीले १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ३३ रन बनाएको थियो। खराब सुरुवात गरे पनि कर्णालीका देव खनाल र विलियम बोसिस्टोले तेस्रो विकेटका लागि १ सय २ रनको साझेदारी गरेपछि कर्णलीले मध्यम लक्ष्य प्रस्तुत गरेको थियो।

कर्णालीका लागि खनालले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए। उनको यो जारी लिगमा पहिलो अर्धशतक हो। त्यस्तै, बोसिस्टोले ६६ रन प्रहार गरे। उनले ४९ बलमा ६६ रन बनाए। यी दुईबाहेक अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेका थिएनन्।

कर्णालीले अन्तिम ओभरमा मात्रै ४ विकेट गुमाएको थियो। अन्तिम ओभरमा उसले बिना रन ४ विकेट गुमाउन पुग्यो। प्रतिश जिसीले अन्तिम ओभरमा ३ विकेट लिए। बीचमा एकजना रनआउट भएका थिए।

विराटनगरका लागि प्रतिश जिसीले ४ विकेट लिँदा बसिर अहमद र क्रिस सोलले २–२ विकेट लिए। त्यस्तै, अकिब इलियसले १ विकेट लिएका थिए।

सैफ जैबको सानदार ब्याटिङमा सुदूर पश्चिम रोयल्सको लगातार तेस्रो जित

काठमाण्डौं, २२ मंसिर। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) शनिवार भएको खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ ।

सुदूर पश्चिम रोयल्सको यो तेस्रो जित हो । यसअघि विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको सुदूर पश्चिम रोयल्सले शनिवार लुम्बिनी लायन्सलाई पराजित गर्दै अपराजित यात्रा तय गरेको हो ।

सुदूर पश्चिमले लगातार तीन खेल जित्दा लुम्बिनी लायन्सले व्यहोरेको यो तेस्रो हार हो । लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । १९ रनमै ५ विकेट गुमाएको लुम्बिनीका लागि विवेक यादवले सर्वाधिक ७७ रन बनाए । अविजित रहेका उनले ५४ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे ।

यस्तै सन्दिप जोराले २० तथा दिनेश अधिकारीले १४ रन बनाए भने बाँकीले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका तीन खेलाडीले खाता समेत खोल्न सकेनन् ।

बलिङमा सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलेन ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । यस्तै सैफ जैबले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट नै लिए । स्कट कुगेलेइनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अविनाश बोहराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सैफ जैबको सानदार ब्याटिङमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

ओपनर जैबले ६१ बल खेल्दै ६ चौका र ५ छक्का मदतमा सर्वाधिक ९० रन बनाए । शतकतर्फ अग्रसर भएका जैब १८ ओ ओभरको चौथो बलमा आउट भए ।

उनले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४९ रनको साझेदारी गरेका थिए भने त्यसपछि दुई अर्धशतकिय साझेदारी गरे । जैब र ब्राण्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । यस्तै तेस्रो विकेटका लागि जैब र कप्तान दीपेन्द्र सिंह ऐरीले ५३ रनको साझेदारी गरे ।

म्याकमुलेनले २० बलमा २३ तथा विनोदले १३ बलमा १७ रन जोडे । आरिफ शेख खाता नखोली आउट भए ।

कप्तान दीपेन्द्रले १९ बल खेल्दै ४ चौका र २ छक्का मदतमा अविजित ३९ रन बनाए । स्कट कुगेलेइन ११ रनमा अविजित रहे ।

बलिङमा लुम्बिनीका लागि रामोन सिमोण्ड्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेल र विवेक यादवले १-१ विकेट लिए ।

एनपिएल : सुदूरपश्चिमको जितमा ‘ह्याट्रिक’

काठमाण्डौं, २२ मंसिर। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) शनिवार भएको खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ ।

सुदूर पश्चिम रोयल्सको यो तेस्रो जित हो । यसअघि विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको सुदूर पश्चिम रोयल्सले शनिवार लुम्बिनी लायन्सलाई पराजित गर्दै अपराजित यात्रा तय गरेको हो ।

सुदूर पश्चिमले लगातार तीन खेल जित्दा लुम्बिनी लायन्सले व्यहोरेको यो तेस्रो हार हो । लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । १९ रनमै ५ विकेट गुमाएको लुम्बिनीका लागि विवेक यादवले सर्वाधिक ७७ रन बनाए । अविजित रहेका उनले ५४ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे ।

यस्तै सन्दिप जोराले २० तथा दिनेश अधिकारीले १४ रन बनाए भने बाँकीले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका तीन खेलाडीले खाता समेत खोल्न सकेनन् ।

बलिङमा सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलेन ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । यस्तै सैफ जैबले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट नै लिए । स्कट कुगेलेइनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अविनाश बोहराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सैफ जैबको सानदार ब्याटिङमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

ओपनर जैबले ६१ बल खेल्दै ६ चौका र ५ छक्का मदतमा सर्वाधिक ९० रन बनाए । शतकतर्फ अग्रसर भएका जैब १८ ओ ओभरको चौथो बलमा आउट भए ।

उनले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४९ रनको साझेदारी गरेका थिए भने त्यसपछि दुई अर्धशतकिय साझेदारी गरे । जैब र ब्राण्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । यस्तै तेस्रो विकेटका लागि जैब र कप्तान दीपेन्द्र सिंह ऐरीले ५३ रनको साझेदारी गरे ।

म्याकमुलेनले २० बलमा २३ तथा विनोदले १३ बलमा १७ रन जोडे । आरिफ शेख खाता नखोली आउट भए ।

कप्तान दीपेन्द्रले १९ बल खेल्दै ४ चौका र २ छक्का मदतमा अविजित ३९ रन बनाए । स्कट कुगेलेइन ११ रनमा अविजित रहे ।

बलिङमा लुम्बिनीका लागि रामोन सिमोण्ड्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेल र विवेक यादवले १(१ विकेट लिए ।

सैफको आक्रामक ब्याटिङमा सुदूरपश्चिमले दियो लुम्बिनीलाई १८८ रनको लक्ष्य

काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि सैफ जैबले ९० रनको योगदान गरे । उनले ६१ बलमा अर्धशतक ६ चौका र ५ छक्का प्रहार गरे । एनपीएलमा यो उनको पहिलो अर्धशतक हो । यसअघि उनी काठमाडौं गुर्खाजविरुद्ध ११ र विराटनगर किंग्सविरुद्ध १४ रनमा आउट भएका थिए ।
कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए । ब्राण्डन म्याकमुलनले २३ रन बनाउँदा विनाद भण्डारीले १७ रनको योगदान गरे । आरिफ शेख भने् शून्य रनमा आउट भए ।

लुम्बिनीका लागि भने रामोन सिमन्ड्सले २ तथा कप्तान रोहितकुमार पौडेल र विवेक यादवले १–१ विकेट लिए ।

सुदूरपश्चिम महोत्सव : उद्योगमन्त्री भण्डारीले उद्घाटन गर्ने

धनगढी: सुदूरपश्चिम महोत्सवको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने भएका छन।

धनगढीमा शनिवारदेखि सुरु हुने १८ औँ संस्करणको महोत्सवको उद्घाटन उद्योग मन्त्रीले गर्ने भएका हुन। कैलाली उद्योग वाणिज्य संघले महोत्सवको सबै तयारी पूरा भएको जानकारी दिएको छ। संघले आज धनगढीमा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी पूरा भएको र मन्त्री भण्डारीले उद्घाटन गर्ने जनाएको हो।

व्यवसाय अभिवृद्धिसँगै सुदूरपश्चिमको आर्थिक विकासका लागि लगानीको संभावनाहरूको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, खानपान, भेषभूषाको संरक्षण गर्ने उद्देश्यले संघले २०६३ सालदेखि हरेक वर्ष महोत्सव सञ्चालन गर्दै आएको छ। महोत्सव अवलोकनका लागि एक सय रुपैयाँ टिकट लाग्ने छ। विद्यार्थीलाई ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको महासचिव बिष्टले बताए।

खोज्नुहोस