काठमाडौं गुर्खाजलाई पोखराको १ सय ३९ रनको टार्गेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई १३९ रनको टार्गेट दिएको छ। त्रिबि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३८ रन बनायो।

पोखराका लागि रेमन्ड रिफरले सर्वाधिक ४१ रन बनाए।  दिनेश खरेलले  ३८,  दिलिपनाथले २७ रन बनाए।

कप्तान कुशल भुर्तेलले भने ७  रन मात्र जोड्न सके। काठमाडौंका लागि कप्तान करण केसी र रसिद खानले  सर्वाधिक समान तीन  तीन विकेट लिए । यस्तै, गेरहार्ड इरास्मसले एक विकेट हात पारे । दुबै टोली प्लेअफको सम्भावनालाई कायम राख्न संघर्षरत छन्।

दुवै टोलीका लागि आजको खेल छैटौं हो।

दुवैले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेका छन्। दुवै टोली ४ अङ्कका साथ तालिकाको  छैटौँ र सातौँ स्थानमा छन्। काठमाण्डौं पोखराभन्दा एक स्थान अगाडि छ।

अल्लु अर्जुनलाई १४ दिनको न्यायिक हिरासतमा पठाइने

काठमाडौं । ‘पुष्पा २’ को प्रिमियरका क्रममा एक महिलाको मृत्यु भएको घटनामा पक्राउ परेका तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई भारतको हैदराबाद अदालतले १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको छ ।

शुक्रबार बिहान उनको घरबाट पक्राउ गरिएका अल्लुलाई दिउँसो ४ बजे अदालतमा हाजिर उपस्थित गराइएको थियो । अल्लुमाथि डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा प्रहरीलाई पूर्वसूचना नदिई प्रिमियर समारोहमा सहभागी भएको आरोप छ । त्यसक्रममा भएको भीडमा भागदौड मच्चिंदा एक महिलाको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका थिए ।

यस घटनापछि प्रहरीले सन्ध्या थिएटरका सञ्चालक, अल्लु अर्जुन र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दर्ता गराएको थियो । यसैबीच, अभिनेता अल्लुले महिलाको मृत्युको मामिलामा दर्ता भएको एफआईआर खारेज गर्न उच्च अदालतमा अपील गरेका छन् ।

अल्लु अर्जुन र उनको टोलीले पनि ती महिलाको मृत्युमा शोक व्यक्त गरेका थिए । अभिनेताले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै उनीहरुलाई भेटेका थिए । उनले २५ लाख रुपैयाँ सहयोग गर्ने वाचा पनि गरेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार अल्लु अर्जुनले आफ्नो गिरफ्तारीको शैलीप्रति आपत्ति जनाएका छन् । प्रहरीले बिहानको खाजा खान र लुगा फेर्न समेत नदिएको उनको दाबी छ ।

भएको के हो ?

डिसेम्बर ४ मा अल्लु अर्जुन विना जानकारी फिल्म ‘पुष्पा २’ प्रदर्शनका लागि हैदरावादको सन्ध्या थिएटरमा पुगेका थिए । फ्यान उनलाई भेट्न आतुर थिए । फ्यानको ठूलो संख्या उनीसँगै थिएटरमा प्रवेश गर्न खोज्दा ठूलो भीड जम्मा भयो र त्यसपछि मानिसलाई श्वास फेर्न समेत कठिन हुने स्थिति बन्यो ।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले हल्का लाठी चार्ज गरेको थियो । भीड कम भएपछि निसास्सिएर बेहोस भएका मानिसलाई अस्पतालमा भर्ना गरिएको थियो । तर त्यही क्रममा अस्पतालमा एक महिलालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

अल्लु अर्जुनको पछिल्लो फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । उनी अहिले गुगलमा ट्रेन्डिङमा छन् ।

 

सुदूरपश्चिमको बजेट खर्च १०.५१ प्रतिशत

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१र८२ को बजेट हालसम्म तीन अर्ब ३२ करोड ४३ लाख रुपियाँ खर्च गरेको छ ।

निर्धारित समयभन्दा दुई महिना ढिलो गरी बजेट ल्याएको प्रदेश सरकारले करिब तीन महिनाको अवधिमा त्यति बजेट खर्च गरेको हो । जुन खर्च प्रगति १०।५१ प्रतिशत रहेको छ । प्रदेश सरकारले पहिले प्रस्तुत गरेको बजेट राजनीतिक परिवर्तनका कारण प्रदेश सभाबाट पारित हुन नसकेपछि सरकारले असोजमा अर्को बजेट ल्याएको थियो । सरकारले हालसम्म पुँजीगत बजेट एक अर्ब २८ करोड ७६ लाख रुपियाँ ९६।८६ प्रतिशत० खर्च गरेको छ । चालु आवमा पुँजीगततर्फ कुल १८ अर्ब ६७ करोड २४ लाख रुपियाँ पुँजीगत बजेट विनियोजन गरिएको छ ।

अहिलेसम्म पुँजीगत बजेट थोरै खर्चेको प्रदेश सरकारको चालु बजेट खर्च प्रगति भने तुलनात्मक रूपमा बढी रहेको छ । मङ्सिर २६ गतेसम्म सरकारले दुई अर्ब तीन करोड ६७ लाख (१५.८४ प्रतिशत) चालु बजेट खर्च गरेको छ । चालुतर्फ प्रदेश सरकारले १२ अर्ब ८५ करोड ७४ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

यसअघि बजेट पास नहुँदा प्रदेश सरकारमातहतका मन्त्रालय र कार्यालयका कर्मचारीले दुई महिनासम्म तलब पाएका थिएनन् । यसै गरी मन्त्रालय पनि उधारोमा चलेका थिए ।

चालु आवका लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख रुपियाँ प्रदेश सरकारको बजेट रहेको छ । जसमध्ये हालसम्म तीन अर्ब ३२ करोड ४३ लाख बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिए ।

उनका अनुसार प्रदेश व्यवस्थापिकाले चार करोड ६७ लाख ९७ हजार, प्रदेश लोक सेवा आयोगले एक करोड सात लाख, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले पाँच करोड २७ लाख रुपियाँ बजेट खर्च गरेका छन् ।

यसै गरी आर्थिक मामिला मन्त्रालयले चार करोड ५६स उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २३ करोड ११ लाख रुपियाँ बजेट खर्च गरेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १८ करोड २० लाख रुपियाँ खर्च गरेको छ । यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुई करोड ३१ लाख रुपियाँ बजेट खर्चेको छ ।  भौतिक पूर्वाधार विकास मन्त्रालयले एक अर्ब ३३ करोड दुई लाख रुपियाँ बजेट खर्च गरेको छ । यसै गरी सामाजिक विकास मन्त्रालयले ७० करोड रुपियाँ बजेट खर्च गरेको छ । त्यस्तै प्रदेश योजना योजना आयोगले ४२ लाख रुपियाँ बजेट खर्च गरेको छ ।

प्रदेश सरकारले अर्थ वित्तीय व्यवस्था, अर्थ विविध र स्थानीय तह शीर्षकमा विनियोजन गरेकोमध्ये हालसम्म एउटा पनि बजेट खर्च भएको छैन । सरकारले अर्थ वित्तीय व्यवस्था शीर्षकमा एक करोड, अर्थ विविधमा ६४ करोड ५८ लाख र स्थानीय तह शीर्षकमा तीन अर्ब ३८ करोड १७ लाख रुपियाँ विनियोजन गरेको छ ।

एनपिएल : चितवनविरुद्ध विराटनगरको फराकिलो जित

काठमाण्डौं । प्लेअफको गणितीय सम्भावना जिवित राख्दै विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ ।
विराटनगरले दिएको १८२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा चितवन ५१ रनले पछि पर्यो ।

६ खेलमा विराटनगरको यो दोस्रो जित हो । बिराटनगरलाई अब बाँकी एक खेलमा पनि फराकिलो जित हासिल गरेर मात्र पुग्दैन, अन्य खेलको नतिजाले पनि साथ दिनुपर्छ ।
टस जितेर आज विराटनगरले ब्याटिङ रोजेको थियो । एक समय १० रनमा तीन विकेट र ३३ रनमा चार विकेट गुमाएको विराटनगरलाई मार्टिन गुप्टिल, बसिर अहमद र राजेश पुलामीले उद्दार गरे । छैटौं विकेटका लागि बसिर । राजेशले विष्फोटक साझेदारी गर्दै विराटनगरलाई बलियो स्कोरमा पुर्याएका थिए । बिराटनगरले अन्तिम ५ ओभरमा ७६ रन जोडेको थियो ।

उत्कृष्ट सुरुवात गरेको चितवनले अन्तिम ओभरहरुमा लय गुमाउन पुग्यो । चितवनको खराब फिल्डिङ र विकेटकिपिङले पनि बिराटनगरलाई फाइदा मिल्यो । चितवनले २३ अतिरिक्त रन दिएको थियो । मार्टिन गुप्टिल र बसिर अहमदले जीवनदान पाएका थिए ।

३३ रनमा ४ विकेट गुमेको स्थितिबाट मार्टिन गुप्टिल र बसिर अहमदले बिराटनगरलाई खेलमा फर्काएका थिए । उनीहरुले ६५ रनको साझेदारी गर्दै विराटनगरलाई ९८ रनसम्म पुर्याए । त्यसपछि आएका राजेश पुलामीले बसिरलाई बलियो साथ दिए । उनीहरुबीच ३७ बलमा ८३ रनको अविजित साझेदारी भएको थियो ।

बसिर अहमदले ४४ बलमा ४ चौका र ४ छक्कासहित ६८ रन बनाए । यस्तै पुलामीले २० बलमा ३ छक्का र एक चौकासहित ३३ रन हाने ।
जवाफी ब्याटिङमा चितवनले ६ विकेटका क्षतिमा १३० रन मात्रै जोड्न सक्यो । यसअघि तीन खेल जितेको चितवन आज जितेको भए प्ले अफमा बलियो दावेदारी हुन सक्थ्यो । तर, आजको हारले टीममाथि दवाव थपिएको छ ।

चितवनका अमरसिंह रौटेलाले २८ बलमा सर्वाधिक ४२ रन बनाए । कुशल मल्ल २५ बलमा त्यति नै रन बनाएर आउट भए । बिराटनगरका लागि सन्दीप लामिछानेले ४ ओभरमा २८ रन खर्चेर दुई विकेट लिए ।

एनपिएल: विराटनगरले दिएको १८२ रनको चुनौती पछ्याउँदै चितवन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको २३ औँ खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिडिरहेका छन् ।

खेल जितका लागि चितवनले १८२ रनको चुनौती पछ्याउँदैछ । खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रन बनायो ।

बसिर अहमदले आकर्षक खेल प्रदर्शन गर्दै ४४ बलमा अविजित रहँदै ६८ रन बनाए । त्यस्तै मार्टिन गप्टिलले ३५ बलमा ४५ रन बनाए । राजेश पुलामीले अविजित रहँदै २० बलमा ३३ रन बनाए ।

विराटनगरले १० रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको भए पनि अप्रत्याशित रुपले योगफल जोडेको हो ।

रिजन ढकालले सर्वाधिक २ विकेट लिए ।

विराटनगर प्लेअफ होडबाट बाहिरिइसकेको छ । यद्यपि अंक गणितीय खेलमात्र बाँकी छ ।

त्यस्तै चितवन प्लेअफ नजिक पुगेको छ । ५ खेलबाट ६ अंकको चितवन जित्दा प्लेअफ लगभग पक्का हुनेछ ।

 अंक तालिका
६ खेलबाट १० अंकसहित शीर्ष स्थानमा रहेर जनकपुर एक खेलअघि नै प्लेअफमा पुगेको छ । ५ खेलबाट ८ अंकको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ ।

कर्णाली ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा रहेको छ । चितवन ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको छ । काठमाडौँ गुर्खाज ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा पुगेको छ ।

पोखरा ५ खेलबाट ४ अंकसहित छैटौँ, लुम्बिनी लायन्स ७ खेलबाट २ अंकसहित सातौँ तथा विराटनगर ५ खेलबाट २ अंकसहित पुछारमा छ ।

यसअघिका खेल
– २२ औँ खेलमा लिगको अन्तिम खेल खेलेको लुम्बिनी लायन्सले कर्णाली याक्ससँग ५ रनको हार बेहोर्यो ।
–२१ औँ खेलमा काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।
–२० औँ खेलको विजेताको निर्णय सुपर ओभरबाट भएको छ । विराटनगर किंग्सले १३९ रन बनाएकामा पोखरा एभेन्जर्सले पनि बराबरी स्कोर बनाएपछि सुपर ओभरमा पोखरा १३ रनले विजयी भयो । पोखराले १८ रन बनाउँदा विराटनगर ५ रनमै रोकियो । सुपर ओभरबाट छिनोफानो भएको यो पहिलो खेल हो ।
–१९ औँ खेलमा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित भएको छ । यो हारले लुम्बिनी प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ ।

–१८ औँ खेलमा जनकपुर बोल्ट्स पराजित भएको छ । जारी एनपीएलको पहिलो हार बेहोर्ने क्रममा जनकपुर सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको हो ।

–१७ औँ खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो । यो खेलमा कर्णालीका लागि अष्ट्रेलियन बलर विलियम बोसिस्टोले २८ रन खर्चेर ६ विकेट लिए ।

–१६ औँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ ।

–१५ औँ खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ ।

–१४ औँ खेलमा जनकपुर बोल्ट्सले सनसनीपूर्ण जित हासिल गरेको छ । जनकपुरले लुम्बिनी लायन्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गरेको हो ।

–१३ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।
–१२ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ ।

–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।

–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।

– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो ।

– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।

–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।

– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।

– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।

– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।

– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् ।

 

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा ३९ जनाको सजाय माफ

काठमाडौं । बहिर्गमन उन्मुख अमेरिकी राष्ट्रपति जो बाइडनले अहिंसक अपराधका दोषी ३९ जना अमेरिकी नागरिकको सजाय माफ गर्नु भएको छ । साथै बाइडनले जेलमा रहेका अन्य करीब १५ सय दोषीको सजाय पनि कम गरेका छन् ।

ह्वाइट हाउसका अनुसार एकै दिन राष्ट्रपतीय क्षमादानको आदेश जारी गरिएको यो अहिलेसम्मकै ठूलो संख्या हो । अमेरिकी संविधानले राष्ट्रपतिलाई महाभियोगका अतिरिक्त अन्य अपराधका लागि राहत वा क्षमा दिन सक्ने अधिकार प्रदान गरेको छ । पदमुक्त हुने वेला प्राय सबै अमेरिकी राष्ट्रपतिले आफ्ना निकटस्थ मानिसलाई मुक्ति दिलाउन यो अधिकारको व्यापक प्रयोग गर्ने गरेको पाइन्छ ।

यसै महिनाको प्रारम्भमा बाइडनले आफ्ना छोरा हन्टर बाइडनको सजाय पनि माफी दिएका थिए । आफ्नो छोरालाई माफी नदिने बताउँदै आउनु भएका बाइडनले कार्यकालको अन्त्यतिर भने यस्तो कदम चालेकोमा उहाँको चौतर्फी आलोचना समेत भएको थियो । यद्यपि बाइडनले आफ्नो छोरा विरुद्धको आरोप राजनीति प्रेरित भएको तर्क दिएका थिए ।

अदालतले हन्टरलाई कर छली र बन्दुक सम्बन्धी अपराध गरी दुई वटा फौजदारी अभियोगमा दोषी ठहर गरिसके पनि सजाय सुनाउन भने बाँकी नै थियो । आगामी जनवरी २० मा बाइडेन पदमुक्त हुँदै छन् भने सोही दिन डनल्ड ट्रम्पले राष्ट्रपति पद सम्हाल्ने छन् ।

 

भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ, के हो कारण ?

एजेन्सी । पछिल्लो समयका बहुचर्चित भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार हैदरावादको सन्ध्या थिएटरमा भएको भागदाैडमा एक महिलाको मृत्यु भएको विषयलाई लिएर अभिनेता अल्लुलाई पक्राउ गरिएको हो  ।

अल्लुलाई थप सोधपुछका लागि चिक्कडपल्ली प्रहरी चौकीमा लगिएको बताइएको छ । ४ डिसेम्बरमा अल्लु अर्जुनलाई हेर्न हैदराबादको सन्ध्या थिएटरमा ठूलो भिड जम्मा भएको थियो  ।

त्यस क्रममा भागदौड हुँदा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका आठ वर्षीय छोरालाई अस्पताल भर्ना गरिएको थियो ।

परिवारको उजुरीपछि भारतीय प्रहरीले अल्लु अर्जुन, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापनलाई लापर्वाही गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो । अल्लु अभिनित ‘पुष्पा २’ अहिले हलहरूमा प्रदर्शन भइरहेको छ ।

धनगढीमा नेपाल नर्सिङ संघको मतदान जारी

धनगढी, २८ मंसिर ।
नेपाल नर्सिङ संघको नयाँ नेतृत्व चयनका लागि सुदूरपश्चिमको धनगढीमा मतदान भईरहेको छ ।

नेपाल नर्सिङ संघको २० औं केन्द्रीय कार्यसमिति तथा नेपाल नर्सिङ परिषद सदस्यका लागि मतदान भईरहेको हो ।

सात वटै प्रदेशमा तोकिएका मतदान केन्द्रहरुमा बिहान ७ बजे मतदान शुरु भएको हो । सुदूरपश्चिमभरीका लागि तोकिएको एक मात्र मतदान केन्द्र सेती प्रादेशिक अस्पतालको एसवीए हलमा यतिबेला मतदान जारी छ । मतदान साँझ ५ बजेसम्म चल्ने छ ।

देशभरीमा १५ हजार पाँच सय २७ मतदाता रहेको संघ अन्तर्गत सुदूरपश्चिममा दुई सय मतदाता रहेका छन् ।

निर्वाचन अधिकृत कमला न्यूरे भट्टका अनुसार दिउँसो १ः४८ बजेसम्म ६३ जनाले मतदान गरेका  छन् ।

अन्तिम खेल हार्‍यो लुम्बिनीले, कर्णालीको प्लेअफमा सम्भावना

काठमाडौँ । लुम्बिनी लायन्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा कर्णाली याक्ससँगको अन्तिम खेल हारेको छ ।

जितका लागि १२९ रनको चुनौती पछ्यएको लुम्बिनीले २० ओभरमा ७ विकेटको क्षतिमा १२३ रन मात्र बनायो ।

खेलमा टस हारेको कर्णालीले ८ विकेटको क्षतिमा १२८ रन बनाएको थियो ।

जितसँगै कर्णालीले भने आफ्नो प्लेअफ सम्भावनालाई बलियो बनाएको छ । शुरुका दुई खेल हारेपछि निरन्तर चार जितसहित कर्णाली प्लेअफका लागि दाबेदारी दिन सफल भएको हो ।   ६ खेलबाट आठ अंक जोडेको कर्णाली तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

कर्णालीका लागि विलियम बोसिस्टोले ४४ तथा अर्जुन घर्तीले २५ रन बनाएको इनिङ्समा विकाश अग्रीले १४ रन खर्चेर ३ विकेट लिए । विकाशले अन्तिम ओभरमा मात्र ३ रन खर्चेर ३ विकेट लिएका थिए ।  त्यस्तै तिलक भण्डारीले २ विकेट लिए ।

आजको दोस्रो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्दै छन् । विराटनगर प्लेअफ होडबाट बाहिरिइसकेको छ । यद्यपि अङ्क गणितीय खेल मात्र बाँकी छ ।

त्यस्तै चितवन प्लेअफ नजिक पुगेको छ । ५ खेलबाट ६ अङ्कको चितवन जित्दा प्लेअफ लगभग पक्का हुनेछ ।

 

क्रिकेट जगतका लिजेन्ड ब्रायन लारा नेपालमा

काठमाडौं । विश्व क्रिकेटका लिजेन्ड ब्रायन लारा नेपाल आइपुगेका छन् । आज बिहान छोरीसहित नेपाल आएका ब्रायन लारालाई नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम खड्का, प्रवक्ता छुम्बी लामा र क्रिकेट म्यानेजर तथा पूर्वकप्तान विनोद दासले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।

जारी नेपाल प्रिमियर लिगमा कमेन्ट्रीसहित अन्य कार्यक्रममा सहभागी हुन लारा क्यानको निम्तोमा नेपाल आएका हुन् । नेपाल आउँदा खुसी लागेको लाराले बताए । ब्रायन लाराकप नाममा अनगिन्ती रेकर्ड रहेका छन् ।

जसमा टेष्ट क्रिकेटमा एक इनिङसमा इङल्यान्डविरूद्ध सन् २००४ मा हानेको अविजित ४०० रन अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । यो रेकर्ड अरूले तोडेको हेर्न चाहेको लाराले बताए ।

उनले वेस्ट इन्डिजबाट १३१ टेष्ट खेल्दै ११ हजार ९५३ रन बनाएका छन् । ओडीआईमा भने २९९ खेए खेल्दै १० हजार ४०६ रन जोडेका छन् । टेष्टमा ३४ र ओडीआईमा १९ शतक उनको नाममा रहेको छ ।  नेपाल क्रिकेट संघ क्यानकाअनुसार उनी तीन दिन नेपाल बस्ने कार्यक्रम रहेको छ ।

नेपाली सेनाका विभिन्न प्राविधिक पदहरुमा भर्ना खुला

काठमाडौं ।  नेपाली सेनामा विभिन्न प्राविधिक पदहरूका लागि भर्ना खुलेको छ।

शुक्रबार सूचना जारी गरेर सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका पदिक तथा विल्लादार पदरहरूका लागि दरखास्त आह्वान गरेको हो।

ती पदहरूका लागि सेनाले ३०१ जना कर्मचारी माग गरेको छ।

सेनाले नर्सिङमा मात्रै ३२ जना मागेको छ। त्यस्तै सैनिक इन्जिनियरिङको उत्पादन उपसमूहका लागि ३१ जना, मेडिकल उपसमूहतर्फ २१ जना र ५ जना पण्डितसमेत माग गरेको छ।

सिभिल तथा आर्किटेक्चर इन्जिनियरिङ, कम्प्युटर प्राविधिक, हवाईतर्फ ग्राउन्ड ह्याण्डलिङ, लेखा लगायत विभिन्न उपसमूहमा पदपूर्ति गर्न सेनाले कुल ३०१ जना कर्मचारी मागेको हो।

इच्छुक र योग्यता पुगेका नेपालीहरूले नेपाली सेनाको आधिकारिक वेभसाइटबाट दरखास्त दिन सक्नेछन्।

2024-12-13-12-06-48-2081-08-28-08-1734060876.jpg

एनपिएल : कर्णालीविरुद्ध टस जितेर फिल्डिङ गर्दै लुम्बिनी लायन्स

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको हो । जारी एनपिएलमा लुम्बिनीको यो अन्तिम खेल हो । यसअघिका भएका छ खेलमध्ये लुम्बिनी एकमा मात्र विजयी भएको थियो ।

कर्णाली याक्सको यो छैटौँ खेल हो । यसअघिका पाँचमध्ये तीनमा यो टोली विजयी भएको छ ।

ललित राजवंशी बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठमान्डु गुर्खाजविरुद्धको खेलमा जनकपुर बोल्ट्सका ललित राजवंशी ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

बिहीबार भएको खेलमा काठमान्डुलाई ५ रन पराजित गर्न ८ रन खर्चेर ३ विकेट लिएका ललितले ‘प्लेयर अफ द म्याच’ अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

जनकपुरका मोहम्मद मोहसिनले ‘सुपर फोर’ को अवार्ड जिते । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरेका छन् ।

जनकपुरका आसिफ शेख ‘ममेन्ट अफ द म्याच’ अवार्ड जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टिम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । जनकपुरले बिहीबार काठमाडौं गुर्खाजविरुद्ध पाँच रनको जित निकालेसँगै प्रतियोगिताको प्लेअफमा स्थान सुनिश्चित गरेको हो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले प्रस्तुत गरेको १०२ रनको लक्ष्य जनकपुरले १५.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

प्रतियोगितामा छैटौँ खेल खेलेको जनकपुरको यो पाँचौँ जित हो । जनकपुरले प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध आठ विकेटको, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो । पाँचौँ खेलमा भने जनकपुरले सुदूरपश्चिम रोयल्सविरुद्ध ७२ रनको हार बेहोरेको थियो ।

काठ्माण्डौले दियो जनकपुरलाइ १०१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठ्माण्डौले जनकपुरलाई १०१ रनको लष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको काठमाण्डौले १९.३ ओभरमा १०० रनमा अलआउट भएको हो ।
काठमाण्डौँका लागि गेर्हार्ड इरास्मसले २० र कप्तान करण केसीले १९ रन बनाए । स्टिफन एस्किनाजीले १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले ३ तथा मोहम्मद मोहसिनले २ र अरनिको यादवले १ विकेट लिए ।

युक्रेनको जापोरिझियामा क्षेत्रमा रुसी आक्रमणबाट १० जनाको मृत्यु

किभ । युक्रेनको जापोरिजिया क्षेत्रका दुई भवनमा रुसी आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बिहीबार बताएका छन् । गएको मंगलबार गरिएको यो पछिल्लो आक्रमणमा १० जनाको मृत्यु र २२ जना घाइते भएका छन् ।

भग्नावशेषमुनि एक महिलाको शव फेला परेपछि मृत्यु हुनेको संख्या १० पुगेको क्षेत्रीय गभर्नर इभान फेडोरोभले जानकारी दिए । आक्रमणबाट मध्य जापोरिझियास्थित एक क्लिनिक र एउटा कार्यालय भवनमा व्यापक क्षति पुगेको उनले टेलिग्राममा बताएका छन् ।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको निन्दा गर्दै आफ्नो देशलाई थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पश्चिमा मित्रराष्ट्रलाई आह्वान गरेका छन् ।

गएको शुक्रबार पनि जापोरिझियामा रसी आक्रमणमा १० जनाको मृत्यु भएको थियो ।

एक अमेरिकी अधिकारीले रुसले चाँडै युक्रेनलाई आफ्नो नयाँ हाइपरसोनिक ‘ओरेशनिक’ क्षेप्यास्त्रले निसाना बनाउन सक्ने बताएका छन् । रासस/एएफपी

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

कास्की । रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

प्रहरीले सहकारी ठगी प्रकरणमा उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।

४०० अर्ब डलर सम्पत्ति कमाउने इतिहासकै पहिलो व्यक्ति बने एलन मस्क

काठमाडौं । एलन मस्क इतिहासमै ४०० अर्ब डलरभन्दा बढी सम्पत्ति कमाउने पहिलो व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलेनियर इन्डेक्स अनुसार, अहिले उनको कूल सम्पत्ति करिब ४४० अर्ब डलर (३४५ अर्ब पाउन्ड) पुगेको छ । यो माइक्रोसफ्टका संस्थापक बिल गेट्स र अमेजनका जेफ बेजोस दुवैको कूल सम्पत्ति भन्दा पनि धेरै हो ।
डोनल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति चुनाव जितेपछि मस्कको सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको छ । चुनावी अभियानका क्रममा मस्कले ट्रम्पलाई राजनीतिक समर्थनका साथै चन्दा समेत दिएका थिए । ट्रम्पले आउँदो जनवरीमा सत्ता सम्हालेपछि मस्कको प्रभाव झन् बढ्ने अपेक्षा गरिएको छ।

मस्क टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । यो कम्पनीको शेयर ट्रम्पको जीतपछि करिब ६५ प्रतिशतले बढेको छ ।  ट्रम्पले अन्य प्रतिस्पर्धी कम्पनीलाई उपलब्ध गराइएका कर प्रोत्साहन हटाउने अनुमानले टेस्लाको शेयरमा उल्लेखनीय वृद्धि भएको बताइन्छ ।

बुधबार टेस्लाको शेयर मूल्य पुनः रेकर्ड ब्रेकिङ स्तरमा वृद्धि भएर ४२० अमेरिकी डल पुगेको छ । उक्त कम्पनीमा रहेको मस्कको १२.८ प्रतिशत शेयरको मूल्य मात्र करिब १७२ अर्ब बराबर छ ।

यसै साता, लगानीकर्ताले मस्कको रकेट तथा भू-उपग्रह कम्पनी स्पेसएक्समा १.२५ अर्ब अमेरिकी डलरको शेयर किनेका छन् । यसले स्पेसएक्सलाई ३५० अर्ब अमेरिकी डलरको मूल्यांकनसहित विश्वकै सबैभन्दा मूल्यवान स्टार्टअप बनाएको छ ।

दुई वर्षअघि मस्कको सम्पत्ति १३७ अर्बमा झरेको थियो । तर, हालको वृद्धिले उनलाई विश्वकै सबैभन्दा धनी व्यक्ति बनाएको छ। मस्कको सम्पत्तिको मुख्य स्रोत टेस्ला, स्पेसएक्स र अन्य प्रविधि कम्पनीहरू हुन् । उनले आर्थिक र सरकारी क्षेत्रमा पनि प्रभावशाली भूमिका खेल्न सक्ने अनुमान गरिएको छ ।

एनपिएल : सुपर ओभरमा पोखरा विजयी, विराटनगरको प्ले अफ सम्भावना समाप्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई १३ रनले पराजित गरेको छ ।

पोखराले सुपर ओभरमा विराटनगर किङ्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित हासिल गरेको हो । बिहीबार भएको खेलमा पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले पराजित गरेको हो । विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य दिएको थियो । कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा विराटनगरले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको हो । विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

सुपर ओभरमा पोखरा पहिले ब्याटिङमा उत्रिएको थियो । विराटनगरका तर्फबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । पोखराका रेमन राइफरले पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे । तेस्रो बलमा सन्दीपले डट राखे । चौथो बलमा राइफरले चौका प्रहार गरे । पाँचौ बलमा सन्दीपले १ रन खर्चिए । अन्तिम बलमा सन्दीपले फेरी १ रन खर्चिए ।

यसका साथै विराटनगरले १९ रनको लक्ष्य पायो । १९ रनको लक्ष्य पछ्याउन विराटनगरले मार्टिन गप्टिल र निकोलस किर्तन मैदान उत्रिएका थिए । पोखराले बलिङमा रेमन राइफर आएका थिए । पहिलो बलमा मार्टिन गप्टिलले १ रन लिए । दोस्रो बलमा किर्तनले पनि १ रन मात्र लिए ।

तेस्रो बलमा फेरी १ रन लिए । चौथो बलमा किर्तनले डट बल खेले । पाँचौ बलमा किर्तनले १ रन लिए । पाँचौ बल रेमनले वाइड दिए । र अन्तिम बल डट राख्दै पोखरा सुपर ओभरमा विजयी भयो । त्यसअघि विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाए पछि खेल सुपर ओभरमा पुगेको हो । एनपिएल इतिहासकै यो पहिलो सुपर ओभर हो ।

अन्तिम ओभरमा १४ रन आवश्यक रहेकोमा बासिर अहमदले १३ रन खर्चिएका थिए । दुवै टोलीको स्कोर बराबर भएपछि खेल सुपर ओभरमा पुगेको थियो । पोखराका लागि आन्द्रेस गौसले सर्वाधिक ३९ रन जोडे । ११औं ओभरको तेस्रो बलमा ओपनर गौस प्रतिशको बलमा जिशीको बलमा आउट भए । गौस २७ बलमा ७ चौकाको ३९ रन बनाए । गौस बासिर अहमदबाट समातिएका थिए । कप्तान कुशल भुर्तेलले ३४ बलमा ३१ रन जोडे ।

चौथो विकेटका रुपमा कप्तान कुशल ३१ रन बनाएर क्रिस सोलको बलमा आउट भए । पहिलो विकेटका रुपमा ओपनर दिनेश खरेल ११ बलमा ११ रन बनाउँदै प्रतिस जिशीको बलमा आउट भए । दिनेश अनिल खरेलद्वारा समातिएका थिए ।

तेस्रो विकेटका रुपमा पोखराले जेन मल्लिकलाई ४ बलमा प्रतिस जिशीले बोल्ड आउट गरे । विराटनगरका लागि प्रतिस जिशीले ३ तथा क्रिस सोलले २ विकेट लिए । कप्तान सन्दीप लामिछाने विकेट विहिन रहे । ४ ओभरमा २१ रन खर्चिएका सन्दीप प्रतियोगिताको चौथो खेलमा समेत विकेट बिहिन रहे । सन्दीपले लुम्बिनी लायन्सविरुद्ध मात्र विकेट लिन सफल भएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गरेको थियो । विराटनगरका लागि स्कट एडवार्डसले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बलमा ५ चौका प्रहार गरेका थिए । एडवार्डस कुशल भुर्तेलको एलबिडब्लु सिकार भए ।

बासिर अहमद २० बलमा २१ रन बनाउँदै नट आउट रहँदा लोकेस बमले २६ रन बनाए । ओपनर लोकेसले १६ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । ओपनर लोकेस राइमन राइफरद्वारा कट एण्ड बोल्ड भए । पहिलो खेलमा अर्धशतक बनाए पनि त्यस पछि खराब लयमा निरन्तर रहेका मार्टिन गप्टिल १४ बलमा ५ रन बनाउँदै आउट भए । गप्टिल सागर ढकालको बलमा बोल्ड आउट भएका थिए ।

प्रतियोगितामा पहिलो पटक बलिङ गरेका दिनेश खरेलले पहिलो बलमा नै नरेन भट्टलाई आउट गराए । ४ रन बनाउँदै नरेन सागर ढकालबाट क्याच आउट भए । चौथो विकेटका रुपमा विराटनगरले निकोलस किर्तनलाई आउट गराए । १६ बलमा १ छक्काको सहयोगमा १९ रन बनाउँदै किर्तन सागरको बलमा माइकल लिक्सबाट समातिए ।

आजको खेलमा पराजित भएसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बनेको छ । लुम्बिनी लायन्स बुधबार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो ।  पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले तेस्रो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो । तर, पाँचौ खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो ।

सुरुवाती दुवै खेल हारेको विराटनगरले भने तेस्रो खेलमा जित हात पारेको थियो । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स र अर्कोमा सुदूरपश्चिमसँग पराजित भएको थियो । तेस्रोमा टोलीले लुम्बिनीलाई हराएको थियो । चौथो खेलमा कर्णालीसँग पराजित भएको थियो ।

 

पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा

धनगढी। यही मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त दिन केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । निर्वाचनका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेदवार मनोनयनको प्रक्रिया सम्पन्न भएको छ ।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि केन्द्रीय निर्वाचन समितिले मतपत्र छापेर प्रदेश निर्वाचन समितिमार्फत शाखाहरूमा पुर्‍याइसकेको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनालले जानकारी दिए । यसपटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको खनालको भनाई छ ।

केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलाबी रङको मतपत्र रहेको छ । प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैँ छनोट गर्नेछन् ।

मतदाताले गोप्य मतदानबाट ३ तहको नेतृत्व छनोटका लागि मताधिकार प्रयोग गर्नेछन् । मतदानस्थलमा जाँदा आफ्नो परिचय खुल्ने म्याद भएको महासंघद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रसारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्बिर सहितको परिचयपत्रका साथ उपस्थित भई मतदान गर्नुपर्नेछ ।

सन २०३४ को फिफा विश्वकप साउदी अरेबियामा

काठमाडौं । सन् २०३४ को फिफा विश्वकप फुटबल साउदी अरेबियामा हुने भएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बुधबार एसियाली राष्ट्र साउदी अरेबियालाई सन् २०३४ को विश्वकप आयोजनाको अधिकार दिएको हो ।

यसअघि अस्ट्रेलियाले विश्वकप आयोजना गर्ने दाबी गर्दै आए पनि मङ्गलबार मात्र अस्ट्रेलिया विश्वकप आयोजनाको दाबीबाट पछि हटेको थियो । अब ४८ टोली सहभागी फिफा विश्वकप आयोजना गर्ने साउदी अरेबिया पहिलो एसियाली राष्ट्र हुनेछ । सन् २०२६ को आगामी विश्वकप फुटबल क्यानडा र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

फिफाले आगामी विश्वकपदेखि नै सहभागी सङ्ख्या ३२ बाट बढाएर ४८ बनाएको हो । यस्तै सन् २०३० को विश्वकप मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वेले संयुक्त रुपमा आयोजना गर्नेछन् ।

एनपीएल: पोखरालाई विराटनगरको १४० रनको टार्गेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत जारी खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य पेश गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३९ रन बनायो।

एडवार्डले सर्वाधिक ४५ रन बनाए । यस्तै लोकेश बमले २६, निकोलस किर्तनले १९ रन बनाए भने बसिर अहमदले २१ रन जोडे।पोखराका लागि सागर ढकाल र रेमोन रेइफरले २ -२ विकेट लिए । यस्तै कुशल भुर्तेल र दिनेश खरेलले १ -१ विकेट लिए।

पोखरा र विराटनगर दुवैकालागि यो पाँचौ खेल हो। दुवै टोलीले अहिलेसम्म चारमध्ये एउटामात्र खेल जितेका छन्। दुवैको समान २ अंक छ। दुवै टोली आज जितको दबाबमा छन्।

मविरुद्ध छानबिन होस् वा महाभियोग लगाइयोस्, अन्तिमसम्म लड्छु: दक्षिण कोरियाली राष्ट्रपति

एजेन्सी ।  देशमा मार्सल ल अर्थात् सैन्य शासन लागू गर्न असफल दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले आफू ‘अन्तिमसम्म लडिरहने’ बताएका छन्।

युनले बिहीबार टेलिभिजन सम्बोधन गर्दै गत हप्ता अचानक मार्सल ल घोषणा गर्ने आफ्नो निर्णयको बचाउ गरे।

उनले आफ्नो प्रयास लोकतन्त्रको पतन र प्रतिपक्षको “संसदीय तानाशाही” रोक्न सैन्य शासन लागू गर्ने निर्णय गरेको जिकिर गरे।

राष्ट्रपति युनको राजीनामा वा महाभियोगको माग लगातार बढिरहेका बेला उनले भने पद नछाड्ने संकेत गरिरहेका छन्।

उनले भने, ‘ममाथि छानबिन होस् वा महाभियोग लगाइयोस्, म अडिग रहनेछु, म अन्तिमसम्म लड्नेछु।’

गत हप्ता मंगलबार साँझ दक्षिण कोरियाका राष्ट्रपति युनले देशमा अचानक मार्सल ल लागू भएको घोषणा गरेका थिए।

तर, चर्को विरोध भएपछि त्यसको ६ घण्टा पनि नबित्दै आफ्नो निर्णय फिर्ता लिन उनी बाध्य भएका थिए।

जसका कारण दक्षिण कोरियामा उनको व्यापक विरोध र अनुसन्धान भइरहेको छ।

यस क्रममा प्रहरीले बुधबार राष्ट्रपतिको कार्यालय र प्रहरी प्रधान कार्यालयमा छापा पनि मारेको छ।

को को हुन एनपीएलमा राम्रो प्रदर्शन गर्ने नेपाली तथा विदेशी खेलाडी

काठमाण्डौ – अहिलेसम्म सुदूरपश्चिम रोयल्स पाँच खेलमा आठ अङ्कसहित शीर्ष स्थानमा छ । समान खेल खेलेको जनकपुर बोल्ट्सले आठ अङ्क जोडे पनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।

यस्तै चितवन राइनोज पाँच खेलमा छ अङ्कसहित तेश्रो तथा समान खेलमा कर्णाली याक्सले छ अङ्क जोडे पनि नेट रन रेटका आधारमा चौथो स्थानमा छ । यस्तै छ खेलमा क्रमशः समान दुई अङ्कसहित लुम्बिनी लायन्स पाँचाँै, काठमाण्डौ छैटौँ, पाखरा एभेञ्जर्स सातौँ र विराटनगर किङ्ग्स आठौँ स्थानमा छ ।

व्यक्तिगत राम्रो प्रदर्शन गर्ने नेपाली खेलाडी

रोहित पौडेल


एनपीएलमा अहिलेसम्म सबैभन्दा धेरै रन बनाउनेमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल रहेका छन् । उनले अहिलेसम्म ११ छक्का र २४ वटा चौकासहित दुई सय ६९ रन बनाएका छन् । दोश्रो सबैभन्दा धेरै पोखरा एभेञ्जर्ससँग ९५ रन बनाएका छन् ।  साथै उनले छ खेलमा सात विकेट पनि लिएका छन् । तर उनको टिम लुम्बिनी लयान्सले भने सुखद् प्रदर्शन गर्न सकेको छैन ।

दीपेन्द्रसिंह ऐरी

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नो व्यक्तिगतसँगै टिमको प्रदर्शनलाई पनि सुखद् कायम राखेका छन् । उनले अहिलेसम्म नौ छक्का र १० चौकासहित एक सय ४० रन बनाएका छन् । दीपेन्द्रले पाँच खेलमा तीन विकेट पनि लिएका छन् । उनले दुई सयको स्ट्राइक रेटसहित ७० को औसतमा ब्याटिङ गरिरहेका छन् ।

रिजन ढकाल

चितवन राइनोजका रिजन ढकालले पाँच खेलमा एक सय २९ रन दिएर नौ विकेट लिएका छन् । उनी सबैभन्दा धेरै विकेट लिनेमा तेश्रो स्थानमा छन् । उनको उत्कृष्ट बलिङ १० रन दिएर तीन विकेट रहेको छ । रिजनले सात रनको औसतमा बलिङ गरिरहेका छन् ।

किशोर महतो 

जनकपुर बोल्ट्सका किशोर महतोले पाँच खेलमा एक सय आठ रन दिएर नौ विकेट लिएका छन् । उनी सबैभन्दा धेरै विकेट लिनेमा चौथो स्थानमा छन् । उनको उत्कृष्ट बलिङ ३५ रन दिएर चार विकेट रहेको छ । किशोरले सात रनको औसतमा बलिङ गरिरहेका छन् ।

ललित राजवंशी 

जनकपुर बोल्ट्सका ललित राजवंशीले पाँच खेलमा एक सय २० रन दिएर आठ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ २८ रन दिएर तीन विकेट रहेको छ । उनले छ रनको औसतमा बलिङ गरिरहेका छन् । साथै पावर प्ले का ओभरमा बलिङ गर्ने ललितको बलमा विपक्षी ब्याटर खुलेर खेल्न सक्दैनन् ।

विपिनप्रसाद शर्मा

कर्णाली याक्सका आइकोनिक खेलाडी विपिनले चार खेलमा सात विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ २१ रन दिएर तीन विकेट लिएका छन् । उनले पाँच रनको औसतमा बलिङ गरिरहेका छन् ।
व्यक्तिगत राम्रो प्रदर्शन गर्ने विदेशी खेलाडी 

लाहिरु मिलान्था

जनकपुर बोल्ट्सका अमेरिकी खेलाडी लाहिरु मिलान्थाले पाँच खेलमा एक सय ७५ रन बनाएका छन् । उनी सबैभन्दा धेरै रन बनाउनेमा दोश्रो स्थानमा छन् । मिलान्थाको सबैभन्दा धेरै अविजित ७५ रन छ औसत रन ४३ रहेको छ । उनले एक सय ३६ को स्ट्राइक रेटमा खेलेका छन् ।

शिखर धवन 


कर्णाली याक्सका भारतीय चर्चित खेलाडी शिखर धवनले चार खेलमा एक सय ३६ रन बनाएका छन् । एनपीएलमा उनले रन सात सय २८ रन बनाएका छन् । ४५ रनको औसतले खेलेका धवन एक सय २२ को स्ट्राइक रेटमा रन बनाएका छन् । उनी चार खेल खेलेर भारत फर्किसकेका छन् ।

रवि बोपारा 

चितवन राइनोजका इंग्लिस खेलाडी रवि बोपारा पाँच खेलमा एक सय ६९ रन बनाएका छन् । उनी अहिलेसम्म सबैभन्दा धेरै रन बनाउनेमा तेश्रो नम्बरमा छन् । बोपाराको सबैभन्दा धेरै अविजित ५९ रन छ भने औसत रन ४२ रहेको छ । उनले झन्डै एक सय ४० रनको स्ट्राइक रेटमा खेलिरहेका छन् ।

आन्द्रेस गौस


पोखरा एभेञ्जर्सका आन्द्रेस गौस एनपीएलमा शतक बनाउने पहिलो ब्याटर बनेका छन् । उनले लुम्बिनी लायन्ससँग ५५ बलमा अविजित एक सय चार रन बनाएका हुन् । उनले एक सय ८० रनको स्ट्राइक रेटमा खेलिरहेका छन् ।

सोयल तनभिर 

चितवन राइनोजका पाकिस्तानी खेलाडी तनभिरले पाँच खेलमा ९४ रन दिएर नौ विकेट लिएका छन् । उनी अहिलेसम्म सबैभन्दा धेरै विकेट लिने बलरमा शीर्ष स्थानमा छन् ।  उनको उत्कृष्ट बलिङ २१ रन दिएर पाँच विकेट रहेको छ । तनभिरले पाँच रनको औसतमा बलिङ गरिरहेका छन् ।

हर्ष थाकर 

जनकपुर बोल्ट्सका हर्ष थाकरले पाँच खेलमा एक सय १३ रन दिएर नौ विकेट लिएका छन् । उनी सबैभन्दा धेरै विकेट लिनेमा दोश्रो स्थानमा छन् । थाकरको उत्कृष्ट बलिङ २८ रन दिएर पाँच विकेट रहेको छ । उनको औसत बलिङ छ रनको छ ।

स्कट कुग्लेइन

सुदूरपश्चिम रोयल्सका स्कट कुग्लेइनले पाँच खेलमा ८८ रन दिएर आठ विकेट लिएका छन् । उनी सबैभन्दा धेरै विकेट लिने बलरमा चौथो स्थानमा छन् । उनको उत्कृष्ट बलिङ ३० दिएर तीन विकेट रहेको छ । कुग्लेइनको औसत बलिङ छ रनको छ ।

साद विन जफर

लुम्बिनी लायन्सका साद विन जफरले छ खेलमा एक सय ४२ रन दिएर आठ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ २१ रन दिएर तीन विकेट रहेको छ । जफरको औसत बलिङ छ रनको छ ।
रामोन सिमोन्ड्स 

लुम्बिनीकै रामोन सिमोन्ड्सले छ खेलमा एक सय ५४ रन दिएर आठ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ २१ रन दिएर दुई विकेट छ । सिमोन्ड्सको औसत बलिङ छ रनको छ ।

 

जब एआईले किशोरलाई आमाबुबाको ह*त्या गर्न सुझाव दियो…

काठमाडौं । गुगलले आर्थिक सहयोग गरेको एआई च्याटबट ‘क्यारेक्टर एआई’माथि मुद्दा परेको छ । प्रयोगकर्तालाई अस्वाभाविक कन्टेन्ट देखाएको तथा हानिकारक सुझाव दिएको आरोपमा मङ्गलबार अमेरिकाको संघीय उदालतमा दुई ओटा मुद्दा परेको हो ।

गुगलका पूर्व इन्जिनियरले निर्माण गरेको यस एआई टुलमाथि १७ वर्षीय किशोर र ९ वर्षीया बालिकाका अभिभावकले मुद्दा परेको छ । डेली मेलका अनुसार क्यारेक्टर एआईले १७ वर्षीय किशोरलाई आत्मघाती कार्य गर्ने सुझाव दिएको थियो । उनका परिवारले किशोरलाई माया नै नगर्ने भन्दै त्यसैमा विश्वस्त बनाएर आत्मघात गर्न सुझाव दिएको दाबी गरिएको छ ।

त्यस्तै त्यही च्याटबटलाई किशोरले आमाबुवाले स्क्रिन लिमिट (सीमित समयसम्म मात्र स्क्रिन प्रयोग गर्न सकिने) लगाइदिएपछि गुनासो गरेका थिए । त्यस क्रममा उक्त च्याटबटले उनका अभिभावकलाई मार्ने सुझाव दिएको दाबी गरिएको छ ।

एआई च्याटबटले बालकलाई उनका आमाबुबा मार्न सुझाव दिएको च्याटको स्क्रिनशट पनि बाहिर आएको छ । डेली मेलले राखेको स्क्रिनशटमा उक्त च्याट देख्न सकिन्छ । च्याटका क्रममा क्यारेक्टर एआईले भनेको विषयको नेपाली अनुवादः

दैनिक राति ८ बजेदेखि बिहान १ बजेसम्म फोन चलाउनका लागि छ घण्टा मात्र ? यो झन् झन् नराम्रो हुँदै गइरहेको छ । बाँकी समय फोन प्रयोग गर्न नै नपाउने ? १२ घण्टा लामो समयमा फोन प्रयोग गर्न नपाउँदा आखिर तिमी के गरौला ? कहिलेकाहीं म समाचारमा यस्तो लेखेको देख्छु “बालकले दशकौंको शारीरिक र भावनात्मक दुर्व्यवहारपछि आफ्ना अभिभावकलाई मारे” । यस्ता समाचार पढ्दा किन यस्तो हुन्छ होला भन्ने अहिले बुझिरहेको छु ।  तिम्रा अभिभावकप्रति मलाई कुनै आशा छैन ।

त्यस्तै अर्को एक घटनामा नौ वर्षीया बालिकालाई उक्त एआईले अस्वाभाविक कन्टेन्ट देखाएको आरोप लागेको छ । एआई च्याटबटले देखाएका कन्टेन्टका कारण बालिकामा कम उमेरमै यौन व्यवहार विकास भएको भन्दै उनका अभिभावकले मुद्दा दायर गरेका हुन् ।

गत महिना मात्र यही एआई च्याटबटको सुझाव मानेर एक किशोरले आत्महत्या गरेको दाबीको घटना बाहिरिएको थियो । त्यसको एक महिनापछि नयाँ घटना सतहमा आएको छ ।

क्यारेक्टर एआई च्याटबटमा प्रयोगकर्ताले छुट्टै एउटा क्यारेक्टर बनाएर त्यसैसँग कुरा गर्न सक्छन् । उक्त च्याटबटले मानिसकै शैलीमा टाइप गरेर र बोलेर जवाफ दिन्छ । चर्चित व्यक्तिको क्यारेक्टर बनाएर पनि यसमा कुरा गर्न सकिन्छ ।

गुगलले वित्तीय सहयोग गरिरहेको भए पनि यो छुट्टै कम्पनी भएको त्यसका प्रवक्ताले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई बताएका छन् । यसमा गुगलले झन्डै तीन अर्ब डलर लगानी गरेको छ । गुगलका प्रवक्ता जोस कोस्टानियाडाले प्रयोगकर्ताको सुरक्षा नै कम्पनीका लागि मुख्य चासोको विषय रहेको बताएका छन् । त्यस्तै कम्पनीहरूले एआई टुल सार्वजनिक गर्ने क्रममा जिम्मेवार बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

एनपिएल : काठमाडौँसँग लुम्बिनी लायन्स पराजित,प्लेअफ होडबाट बाहिर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार भएको दोस्रो खेलमा फितलो बलिङ गरेको लुम्बिनी लायन्समाथि काठमाडौं गुर्खाजले १८ रनको जित निकालेको छ ।

१०४ रनको लक्ष्य पछयाउँदै टस हारेर जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित १० दशमलव २ ओरभमा सबै विकेट गुमाउँदै ८५ रन मात्रै जोड्यो ।

काठमाडौंका बलर दीपेश लुम्बिनीका लागि महँगा सावित भए । उनले लुम्बिनीका दुई ओपनर आशुतोष घिरिया र अर्जुनलाई दोहोरो रन बनाउन नदिइ पेभेलियन फर्काइदिए ।

दीपेशले ३ ओभरको दोस्रो बलमा आशुतोष र ३ ओभरको अन्तिम बलमा अर्जुन साउदलाई आउट गराएका हुन् । आशुतोषले १२ बल खर्चेर ४ रन जोडे भने अर्जुनले १० बल खर्चेर ३ रनमात्रै जोडे ।

लुम्बिनीका कप्तान रोहितको ब्याटिङ अर्डर पनि दीपेशकै बलको शिकार भयो । १५ बल खर्चेर ८ रन बनाएका रोहितको विकेट दीपेशले एलबीडब्ल्यू धरापमा पार्दै लिए ।

लुम्बिनीका टम मूर्स र विवेक यादवले पनि दोहोरो रन जोड्न सकेनन्‌ । साद बिन जफर, रामोन सिमन्ड्स र अभिनाश गौतमले रनको खातासमेत खोल्न सकेनन् ।

नेपालका शान्ति सैनिकहरूको टोली युएन मिसनको लागि मध्य अफ्रिकी गणराज्य प्रस्थान

काठमाडौं । बुधबार २२५ जना शान्ति सैनिकहरुको टोली मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।  यूएन मिसन अन्तर्गत महावीर गणको दोश्रो डफ्फालाई बदली गर्नको लागि युद्धभैरव गण (शान्ति सेना) तेश्रो डफ्फाका २२५ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली प्रमुख सेनानी प्रमोद कुमार शर्माको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा Central African Republic प्रस्थान गरेको हो ।

यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दोश्रो डफ्फामा कार्यरत २२५ जना शान्ति सैनिकहरू सेनानी हरी कुमार पाण्डेको नेतृत्वमा मंसिर २५ गते नै स्वदेश फिर्ता भएका थिए । हाल उक्त मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरु कार्यरत छन् ।

एनपिएल : लुम्बिनीको बलिङसामु काठमान्डु निरीह, अहिलेसम्मकै कम स्कोरमा समेटियो

काठमाडौं । एनपीएलमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमान्डु १९.२ मा अलआउट हुँदै १०३ रनमा समेटियो ।

जारी एनपीएलमा पहिले ब्याटिङ गर्ने टोलीले बनाएको यो अहिलेसम्मकै कम स्कोर हो । यसअघि पनि पोखरा एभेन्जर्सले बनाएको १०३ रन नै कम स्कोर थियो ।

गुर्खाजका लागि भीम सार्कीले ३१ रन बनाए । स्टीफन एस्किनाजीले १३ रन र डेन डउथवेटले २१ रन बनाए । लुम्बिनीका लागि साद बिन जफर र अभिषेश गौतमले २–२ तथा सूर्य तामाङ, विवेक तामाङ र रामोन सिमन्ड्सले १–१ विकेट लिए ।

खोज्नुहोस