जनकपुरलाई आठ विकेटले हराउँदै एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसलाई आठ विकेटले हराएको छ। यो जितसँगै सुदूरपश्चिम रोयल्स जारी एनपिएलको फाइनलमा प्रवेश गरेको छ।

टस जितेर जनकपुरले ९ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो। १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले अविजित ५८ रन जोडे। उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सैफी अली जैबले ३२ रनको योगदान दिएका थिए। ब्रैंडन मैकमुलेन २५ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे।

जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले एक-एक विकेट लिए।

हङकङविरुद्ध नेपाल २२६ रनले विजयी

काठमाडौं । नेपाली यु १९ टोलीले हङकङविरुद्ध २२६ रनले विजयी भएको छ ।

एकदिवसीय अभ्यास शृंखला आफ्नो पक्षमा पारेको नेपालले फराकिलो जीत हासिल गरेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार नेपालले २२६ रनको सानदार जित दर्ता गरेको हो ।

जितसँगै नेपालले तीन खेलको शृंखलामा २.० ले अगाडि बढेको छ । पहिलो खेलमा नेपाल तीन विकेटले विजयी भएको थियो । नेपालले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९.४ ओभरमा ७१ रनमै समेटिएको हो ।

हङकङका कप्तान शिव माथुरले १६, अरेज दार र प्र्रित मोन्गुकियाले समान १४ रन बनाए भने नेपालका लागि दयानन्द मण्डलले चार, सिब्रिन श्रेष्ठ र अपराजित पराजुलिले समान दुई तथा सन्तोष यादव र नरेन भट्टले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९७ रनको योगफल तयार पारेको थियो ।

शृंखलाका तेस्रो तथा अन्तिम खेलमा शुक्रबार हुनेछ ।

बेलायती राजकुमारमाथि चिनियाँ जासूससँग नजिकको सम्बन्ध राखेको आरोप

काठमाडौं । बेलायती राजकुमार एन्ड्रयुलाई चिनियाँ जासुससँग नजिक भएको आरोप लागेको छ । चिनियाँ व्यापारी याङ टेङ्बोसँगको घनिष्ठ सम्बन्धका कारण प्रिन्स एन्ड्र्यूमाथि अनुसन्धान भइरहेको छ। याङ टेङ्बोलाई चीनका लागि जासुसी गरेको आरोप छ।

याङ टेङ्बोलाई अहिलेसम्म एच सिक्स कोड नामले चिनिन्थ्यो। तर, सोमबार अदालतले उनको नाम सार्वजनिक नगर्ने पुरानो आदेश खारेज गरेको छ । यसपछि याङको परिचय सार्वजनिक भएको थियो ।

यसैबीच, याङसँग सम्बन्धको आरोप लागेपछि राजकुमार एन्ड्र्यूले शाही परिवारको क्रिसमस उत्सवबाट टाढा रहने निर्णय गरेका छन्। उनी यस वर्षको समारोहमा सहभागी हुने छैनन् ।

प्रिन्स एन्ड्र्यू बेलायतकी पूर्व महारानी एलिजाबेथका तेस्रो सन्तान र वर्तमान राजा चार्ल्सका माइला भाइ हुन्। उनी ड्यूक अफ योर्कको रूपमा पनि चिनिन्छन्।

याङ याङ टेङ्बोलाई क्रिस याङ पनि भनिन्छ र उनी एक परामर्श फर्मका निर्देशक हुन् । याङ परामर्शदाता कम्पनी ह्याम्पटन ग्रुप इन्टरनेशनलका निर्देशक हुन्। यो कम्पनीले बेलायती कम्पनीहरूलाई चीनमा सञ्चालनका लागि सल्लाह दिने काम गर्छ।

याङ टेङ्बो यसअघि बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन र थेरेसा मेजस्ता प्रमुख राजनीतिज्ञहरूसँग देखिएका थिए। प्रिन्स एन्ड्र्यूले चिनियाँ व्यवसायलाई बढावा दिन प्यालेस चाइना प्लेटफर्ममा पिच बनाए। याङ यस प्लेटफर्ममा संलग्न एक महत्त्वपूर्ण व्यक्ति हुन्।

याङलाई चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)का लागि शंकास्पद गतिविधिमा संलग्न भएको आरोप छ। बेलायतको गुप्तचर एजेन्सी एमआई–५ ले याङलाई राष्ट्रिय सुरक्षामा खतरा भएको आरोप लगाएको थियो । अदालतले एजेन्सीको प्रतिवेदनलाई स्वीकार गर्दै याङको अपील अस्वीकार गर्‍यो।

राजकुमार एन्ड्र्यूले याङलाई आधिकारिक रूपमा भेटेको उनको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार राजकुमारले याङसँग कुनै पनि संवेदनशील विषयमा छलफल गरेनन्।

स्पष्टीकरण दिँदै याङले आफूले बेलायतमा कुनै गैरकानुनी काम नगरेको बताएका छन् । याङले आफूलाई बेलायत र चीनबीच बढ्दो राजनीतिक तनावको शिकार बनाइएको आरोप लगाएका छन् । यद्यपि बेलायती प्रधानमन्त्री केयर स्टारमरले हालै चीनसँगको तनावपूर्ण सम्बन्ध सुधार्ने इच्छा व्यक्त गरेका छन् ।

स्टारमरले गत महिना जी-२० को छेउमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटेका थिए। सन् २०१८ यता सी जिनपिङलाई भेट्ने उनी पहिलो बेलायती प्रधानमन्त्री हुन्। यद्यपि विपक्षी कन्जरभेटिभ पार्टीका नेताहरूले चीनलाई बेलायतका लागि ठूलो खतरा भनेका छन्।

अस्कर दौडबाट बाहिरियो ‘शाम्बाला’

काठमाडौं । नेपालबाट सिफारिस भएको फिल्म ‘शाम्बाला’ ९७ औं अस्कर अवार्डको दौडबाट बाहिरिएको छ । नेपाली समयानुसार बुधबार बिहान एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले अन्तर्राष्ट्रिय फिचरसहित १० विधामा सर्टलिस्ट मनोनयन घोषणा गरेको छ ।

मीनबहादुर भाम निर्देशित उक्त नेपाली फिल्मसहित ८५ फिल्मले अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धा गरेका थिए । सर्टलिस्टको सूची हेर्दा यसपटक एसियालाई धक्का लागेको छ । सर्टलिस्टमा एसियाबाट थाइल्याण्डको फिल्म ‘हाउ टु मेक मिलियन्स बिफोर ग्राण्डमा डाइज’ मात्र छनोट भएको छ ।

भारतको औपचारिक सिफारिस फिल्म ‘लापता लेडिज’बाट पनि प्रतिस्पर्धाबाट बाहिरियो । चीनको फिल्म त प्रारम्भिक छनोटमै योग्य हुन सकेन । दक्षिण कोरिया, जापान र पश्चिम एसियाली मुलुकबाट समेत कुनै फिल्म यसपटक यस विधामा छनोट भएनन् । यसपकको सर्टलिस्ट एसियाको लागि निराशजनक देखिएको छ ।

इतिहास रच्दै बर्लिनमा छनोट भएको नेपालको ‘शाम्बाला’ सर्टलिस्ट मनोनयनमा पर्ने कुरालाई लिएर धेरैजना आशावादी थिए । यसपटक पनि नेपालको अस्कर दौड निराशजनक बनेको छ । सर्टलिस्टमा १५ फिल्म समावेश छन् । यसबाट पनि अन्तिम ५ फिल्मको मनोनयन घोषणा जनवरी १७ मा घोषणा हुनेछ ।

एनपिएल : फाइनलमा पुग्न सुदूरपश्चिमलाई १४० रनको लक्ष्य

काठमाडौं । एनपीएल क्रिकेटको पहिलो क्लालिफायरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको जनकपुरले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १३९ रन बनाएको हो ।

जनकपुरका लागि जेम्स निशमले विस्फोटक पारी खेले । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४५ रन जोडे । शुभ कंसाकारले २६, अरनिको यादवले ११, लाहिरु मिलान्थाले १२, हर्ष थाकेरले १२ र कप्तान आसिफ शेखले ११ रन बनाए ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले तीन तथा सैफ जैबले २ स्कट कुग्गेलिजन र अविनाश बोहराले एक/एक विकेट लिए ।

यस खेलको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ । पराजित भएको टोलीले एलिमिनेटरको विजेता कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ ।

दुर्गा प्रसाईंले बैंकविरुद्ध दायर गरेको रिट खारेज

काठमाडौं । विवादित मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ।

बैंकले ऋण असुल गर्न ताकेता गरेपछि ऋण नतिर्ने अभियान सञ्चालन गरेका प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेकोमा मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले रिट खारेज गरिदिएको हो।

कुमारी बैंकको विर्तामोड शाखासहित चार वटा बैंकविरुद्ध प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले रिट दाएर गरेका थिए। रिट खारेज भएसँगै प्रसाईंले ऋण लिएका बैंकलाई ऋण असुलीको बाटो खुलेको छ।

प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि चार वटा बैंकबाट ऋण लिएका थिए। आफूले पनि ऋण नतिर्ने र ऋण लिएकाहरूलाई समेत उनले भड्काउँदै आएका थिए।

ऋण असुलीको बाटो खुलेसँगै प्रसाईंले ऋण नतिरे धितो लिलामीबाट बैंकले ऋण असुल गर्न सक्नेछन्। पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि दुर्गा प्रसाईंले चार वटा बैंकबाट २ अर्बभन्दा बढी ऋण लिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक अभिव्यक्ति दिएपछि प्रसाईं गत मंसिर ४ गतेदेखि प्रहरी हिरासतमा छन्। उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दामा दर्ता भएकोमा जिल्ला अदालत काठमाडौंले ४० हजार धरौटीमा छाड्न आदेश दिएको थियो। तर, संगठित अपराध र अपराधिक लाभको कसूरमा उनीमाथि अर्को मु्द्दामा छानबिन भइरहेको छ।

सुदूरपश्चिमका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा डा. उपाध्याय नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको राजनीतिक सल्लाहकारमा डा. जितेन्द्र उपाध्याय नियुक्त भएका छन् ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको सल्लाहकार नियुक्ति तथा सेवा र सुविधा सम्बन्धी कार्यविधि २०८१ अनुसार उपाध्यायलाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।

युवा वैज्ञानिक उपाध्याय पछिल्लो समय क्यानडामा अध्यापन पेशामा थिए । विश्वकै प्रतिष्ठित विश्वविद्यालय क्यानडाको म्याकगिल विश्वविद्यालयमा अध्यापन गराउने उनी नेपाल फर्किएसँगै मुख्यमन्त्री शाहले राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन् ।

 दक्षिण कोरियाको चोनबुक नेशनल युनिभर्सिटीबाट फूड साइन्स र टेक्नोलोजीमा पिएचडी गरेका उपाध्यायका झन्डै दुई दर्जन अनुसन्धानमूलक जर्नलहरू प्रकाशित भएका छन् ।

मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकार नियुक्त उपाध्यायले यसअघि काठमाडौं विश्वविद्यालय र नेपाल एकेडेमी अफ साइन्स टेक्नोलोजी ९नास्ट० सहित विश्वका विभिन्न देशमा अध्यापन र अनुसन्धानको क्षेत्रमा काम गरिसकेका छन् । प्रवासमा रहेर अध्ययन, अध्यापन र अनुसन्धान सँगसँगै सामाजिक र राजनीतिमा पनि उत्तिकै क्रियाशील डा उपाध्याय युवा अभियानका क्षेत्रमा पनि लामो समयदेखि क्रियाशील छन् ।

नेपाल जेसीजबाट “द आउटस्ट्यान्डिङ युथ अफ नेशनल अवार्ड २०२१”, ग्लोबल युथ पिस कन्फरेन्समा “युवा प्रेरणा अवार्ड २०१८”, कोरियाका लागि प्रचार दूत सहित प्रतिष्ठित सम्मान पाएका छन् । नेपालका राष्ट्रपतिबाट सरकारी छात्रवृत्ति र शैक्षिक उपलब्धि पदक नेपाल विद्याभूषण “क” बाट पनि उनी विभूषित भइसकेका छन् ।

उनी कैलाली टिकापुरका हुन् ।

टस जितेर सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्स र दोस्रो टोली जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदै छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम बलिङ गर्दै छ ।

सुदूरपश्चिम र जनकपुरबीचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्ने हुनाले पनि आजको खेल निकै महत्त्वपूर्ण हुनेछ ।

एलिमिनेटरमा चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत एलिमिनेटरको खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

कर्णालीले दिएको १७६ रनको विशाल लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो।

चितवनका लागि ब्याटिङतर्फ रबि बोपराले अर्धशतकीय पारी खेले। उनले ३४ बलमा ५३ रन बनाएर आउट भए।

यस्तै, कप्तान कुशल मल्ल २१, विपिन रावल १८, ल्युक बेन्केनस्टेनले १७ रन बनाए। आउट भए।

यता, कर्णालीका लागि बलिङतर्फ जयकिसन कोल्सावालाले तीन विकेट लिँदा कप्तान सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो।

कर्णालीका लागि ब्याटिङतर्फ ओपन जयकिसन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतकीय पारी खेले। ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरेका कोल्सावाला ५३ रनमा आउट भए।

विलियम बोसिस्टाले ५२ रन बनाउँदा, चार्डविक वाल्टन २३ बलमा ४६ रनमा अविजित रहे।

ओपनर रित गौतम र गुलसन झा शून्य रनमा आउट भए भने जिसन मक्सुदले १४ रनको योग्दान गरे। यस्तै, देव खनाल तीन रनमा आउट भए।

यता, बलिङतर्फ चितवनका लागि सोहेल तनबिरले दुई विकेट लिँदा शरद भेषवाकर, कप्तान कुशल मल्ल, रबि बोपाराले समान एक एक विकेट हात पारे।

हारसँग चितवन बाहिरिएको छ भने कर्णालीले दोस्रो क्वालिफायर खेल्ने भएको छ। उसले सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच पराजित हुने टोलीसँग बिहिवार खेल्नेछ।

एनपिएल : रोहित पौडेलको उच्च स्कोरलाई बोपाराले उछिने

काठमाडौं । चितवन राइनोजका ब्याटर रवि बोपारा नेपाल प्रिमियर लिग (एनपीएल) मा हालसम्म सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको उच्च स्कोरलाई उछिन्दै उनी पहिलो स्थानमा उक्लिएका हुन् ।

रोहितको लुम्बिनी लिग चरणबाटै आउट भइसकेको छ । सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा पहिलो नम्बरमा रहेका रोहितले २७९ रन जोडेका थिए भने दोस्रो स्थानमा रहेका बोपाराको २३३ रन थियो । रोहितलाई उछिन्न बोपारालाई ४७ रन आवश्यक थियो ।

अहिले जारी इलिमिनेटरमा कर्णाली याक्सविरुद्ध अर्धसतक प्रहार गर्दै बोपाराले रोहितलाई पछि पारे । बोपारा ३४ बलमा ५३ रन बनाएर आउट भए । उनले ४ छक्का र ३ चौका प्रहार थिए । नन्दन यादवको बलमा ठूलो सट खेल्दा गुल्सन झाले उत्कृष्ट क्याच लिँदै बाेपारालाई पेभेलियन फर्काए ।

घर जग्गाको कारोबारबाट सङ्कल हुने राजश्वमा वृद्धि

काठमाडौं– अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट सङ्कल हुने राजश्वमा वृद्धि भएको छ । गत कात्तिकमा घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ रूपैयाँ बराबरको राजश्व सङ्कलन भएकामा मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ रूपैयाँ बराबर सङ्कलन भएको हो ।

मङ्सिरमा देशभर ४३ हजार तीन सय ७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यस्तै, गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । विभागका अनुसार मालपोत कार्यालय लगनखेलले ३३ करोड ९५ लाख दुई हजार आठ सय ७३ रूपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ।

काठमाडौं उपत्यकामा नौ वटा मालपोत कार्यालय छन् । तीमध्ये मालपोत कार्यालय कलङ्कीले २६ करोड ५७ लाख २५ हजार चार सय २५ रूपैयाँ, मालपोत कार्यालय चाबहिलले २२ करोड ५८ लाख २३ हजार आठ सय १५ रूपैयाँ, साँखुले सात करोड ५० लाख २२ हजार छ सय २९ रूपैयाँ, मनमैजुले सात करोड २६ लाख ३४ हजार दुई सय ३३ रूपैयाँ, टोखाले सात करोड १२ लाख ४५ हजार सात सय ६५ रूपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ ।

यस्तै, मालपोत कार्यालय विराटनगरले १० करोड ४९ लाख १० हजार तीन सय ९१ रूपैयाँ, मालपोत कार्यालय चितवनले ३५ करोड ९८ लाख ३१ हजार एक सय ८४ रूपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ । विभागमा अनुसार मङ्सिरमा सेवा कर २६ करोड छ लाख २५ हजार छ सय ९० रूपैयाँ, रजिस्ट्रेशन दस्तुर दुई अर्ब ६३ करोड ७८ लाख १२ हजार तीन सय ४० रूपैयाँ बराबर संकलन गरेको छ । त्यस्तै,एक अर्ब ३१ कोड ६३ लाख ४३ हजार सात सय १४ रूपैयाँ बराबरको पुँजीगत लाभकर सङ्कलन गरेको छ ।

एनपिएल : इलिमिनेटर खेलमा कर्णालीले चितवनलाई दियो १७५ रनको विशाल लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिगको इलिमिनेटरअन्तर्गतको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ को निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनायो ।

कर्णालीका ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतक प्रहार गरे । जयकिशन ५३ र विलियमले ५२ रन बनाए । विलियमले जयकिशनसँग ५९ र चाडविक वाल्टनसँग ६७ रनको साझेदारी गरेका थिए । वाल्टन ४६ रनमा अविजित रहे ।

यस्तै, जिसन मक्सदुले १४ रन जोड्दा देव खनाल ३ र गुल्सन झा ० रनमा आउट भए ।

बलिङतर्फ चितवनका सोहिल तवविरले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिए ।

यो खेलमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।

रवि लामिछानेलाई कुनै प्रकारको अमर्यादित व्यवहार भएको छैन: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेमाथि हिरासतमा कुनै प्रकारको अमर्यादित व्यवहार नभएको दाबी गरेका छन्।

नेपाल प्रेस युनियन रुपन्देहीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। गृहमन्त्री लेखकले सहकारीको रकम ठगी, अपचलन र हिनामिना गर्ने सयौँ मान्छे जेल गएको बताउँदै गलत गरेका कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारे।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नभएको दाबी गरे। गृहमन्त्री लेखकले सहकारीको रकम ठगी गर्ने अपचलन गर्ने हिनामिना गर्ने सयौँ मान्छे जेल गएको बताउँदै अब पनि कसैले उन्मुक्ति नपाउने बताए।

उनले रास्वपा सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नगरेको दाबी गर्दै मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदुरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने बताए।

‘लाखौँ गरिब मान्छेको अर्बौँ रुपैयाँ हिनामिना गर्ने, ठगी गरेर अर्काको रकम खाइदिने अनि मानवअधिकार उल्लंघन भयो भन्ने ? उहाँ माथि कुनै अवाञ्छित गतिविधि भएको छैन’ उनले भने।

यस्तै उनले सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने बताएका छन्। उनले वर्तमान सरकार संविधान संशोधन, राजनीतिक स्थायित्व, संविधानको रक्षा र दिगो आर्थिक विकासका लागि गठन भएको उल्लेख गर्दै सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने बताए।

गृहमन्त्री लेखकले १० वर्षको अवधिमा संविधानका सबल र दुर्बल पक्षलाई केलाएर संशोधनको प्रक्रियामा लाग्ने बताए। संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल बनाएर काम अगाडि बढाएको उल्लेख गर्दै यसमा सबै दललाई ल्याउने प्रयत्न भएको उनको भनाइ छ।

एनपीएल : आज सुदूरपश्चिम र जनकपुर भिड्दै, जित्ने टीम फाईनलमा प्रबेश गर्ने

काठमाण्डौं, ३ पुस ।
नेपाल प्रिमियर लिग (एनपीएल) को शुरुवाती चरणबाट उपाधीका प्रबल दावेदार मानिएका सुदूर पश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच आज क्वालिफायर खेल हुदैछ ।

एनपीएलको पहिलो क्वालिफायर खेल आज दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुरबीच शुरु हुने छ ।

सुदूरपश्चिम रोयल्स लिग चरणमा ७ मध्ये ६ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा छ । ७ खेलमा ५ जित र दुई हार बेहोरेको जनकपुर बोल्टस् १० अंक सहित दोस्रो स्थानमा छ ।

शुरुवाती तीन वटा खेलमा लगातार जित हात पारेको सुदूर पश्चिमले चौथो खेलमा हाल बेहोरेको थियो । ब्याटिङ बलिङ र फिल्डिङ तीनवटै क्षेत्रमा सुदूर पश्चिमले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । चौथो खेलमा चितवन राईनोजसँगको खेलमा पराजित भएको सुदूरले त्यसयता हारको सामना गर्नुपरेको छैन ।

चार वटा खेलमा लगातार जित हात पारेको जनकपुर बोल्ट्सले भने त्यसयता दुई खेलमा पराजय भोगेको छ ।

जनकपुर यसअघि सुदूर पश्चिमसंग पराजित भईसकेको छ । जनकपुरसंग भएको लिग चरणको खेलमा सुदूरपश्चिमले शानदार जित निकालेको थियो । १२४ रनको लक्ष्य पछ्याएको जनकपुरलाई सुदूरले ५१ रनमा अलआउट गरेको थियो ।

आजको प्लेअफ खेलमा जित हात पार्ने टीम फाईनल प्रवेश गर्नेछ । आजको खेलमा पराजित हुने टोलीका लागि भने अर्को मौका हुनेछ । इलिमिनेटरको विजेतासँग खेलेर हराएमा फाइनल पुग्ने उसंग अर्को विकल्प रहेको छ।

 

यस्तो छ आजको विदेशी मुद्राको बिनिमय दर

काठमाडौँ, ३ पुस । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार अमेरिकन डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, स्विडिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य बढेको छ । यस्तै, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, थाई भाट र साउथ कोरियन वनको भने भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ १४ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८१ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा कायम गरिएको  छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०७ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा निर्धारण भएको छ ।

यस्तै, साउथ कोरियन वन एक सयकोे खरिदर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ छ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७ रुपैया ५२ पैसा रे कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ५२  पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ९२ पैसा कायम गरेको छ ।

यस्तै ओमनी रियाल एकको खरिदर तीन सय ५२ रुपैयाँ ०५ पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ ६१ पैसा तोकिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

भ्रष्टाचार गरेको आरोपमा चीनका पूर्वअधिकारीलाई दिइयो मृत्युदण्ड

एजेन्सी । चीनले लगभग ३ अर्ब युआन भ्रष्टाचार गरेको आरोप लागेका एक पूर्वअधिकारीलाई मंगलबार मृत्युदण्ड दिएको छ।

चीनको स्वायत्त क्षेत्र इनर मंगोलियाको राजधानी होहोट सहरमा रहेको ‘इकोनोमिक डेभलपमेन्ट जोन’का पूर्वकम्युनिष्ट पार्टी प्रमुख ली जियानपिङलाई मंगलबार मृत्युदण्ड दिइएको भनेर चिनियाँ समाचार संस्था सिन्हुवाले जनाएको छ।

६४ वर्षीय लीलाई मार्नुअघि केही समय परिवारजनसँग भेट्न दिइएको जानकारी पनि सिन्हुवाले दिएको छ।

उनलाई सन् २०२२ सेप्टेम्बरमा घुस लिएको, सार्वजनिक पैसाको दुरूपयोग गरेको र अपराधी सिन्डिकेटसँग साँठगाँठ गरेको ठहर गर्दै इनर मंगोलियाको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। इनर मंगोलियाको उच्च जनअदालतले गत अगस्टमा उनले सो सजायविरूद्ध गरेको पुनरावेदनमा अघिल्लो अदालतको सजायलाई सदर गरेको थियो। चीनको सर्वोच्च जनअदालतले सो सजायलाई भर्खरै सदर गरेपछि मंगलबार उनलाई सो सजाय पहिलो पटक दिने इनर मंगोलियाको अदालतले फैसला कार्यान्वयन गरेको हो।

चीनमा पार्टी अधिकारीहरूलाई विरलै मृत्युदण्ड दिइन्छ। मृत्युदण्डको फैसला सुनाएपछि कार्यान्वयन गर्नका लागि प्रायजसो दुई वर्षको समय दिइन्छ। पछि सो सजायलाई जन्म कैदमा परिणत गर्ने गरिन्छ।

तर उनले ज्यादै संघीन अपराध गरेको र धेरै ठूलो रकम हिनामिना गरेको भन्दै सर्वोच्च जनअदालतले उनलाई मृत्युदण्ड दिने फैसला गरेको थियो। चीनमा पछिल्लो समयमा शक्तिशाली पार्टी अधिकारी र जनरलहरूमाथि भ्रष्टाचारको छानबिन भइरहेको छ।

गत महिना मात्रै रक्षा मन्त्रालयले विज्ञप्ति निकाल्दै राष्ट्रपति सी चिनफिङले नेतृत्व गरेको शक्तिशाली केन्द्रीय सैन्य आयोगका जनरल मिआओ हुआमाथि नियम र अनुशासनको गम्भीर उल्लंघन गरेको आरोपमा छानबिन थालिएको खुलासा गरेको थियो। आयोगको राजनीतिक कार्य विभागका निर्देशक मिआओलाई अनुसन्धान सुरू भएपछि जिम्मेवारीबाट हटाइएको पनि मन्त्रालयले जनाएको थियो।

वरियता क्रममा रक्षामन्त्री दोङ जुनभन्दा वरिष्ठ मिआओमाथि कारबाही भएपछि चीनको रक्षा क्षेत्रमा हलचल ल्याएको थियो। उनीविरूद्ध कारबाही थालेको एक दिन मात्रै अघि बेलायती पत्रिका फाइनान्सियल टाइम्सले भूतपूर्व र हालका अमेरिकी अधिकारीको हवाला दिँदै रक्षामन्त्री दोङमाथि भ्रष्टाचारको अनुसन्धान सुरू भएको दाबी गरेको थियो। तर दोङलाई अझै पनि उनको पदबाट हटाइएको छैन र उनी अझै पनि सार्वजनिक कार्यक्रममा रक्षामन्त्रीका रूपमा भाग लिइरहेका छन्।

६९ वर्षीय मिआओ १४ वर्षको उमेरमै जनमुक्ति सेनामा भर्ति भएका थिए। सन् २०१५ मा उनी नौसेनाको एड्मिरलमा बढुवा हुँदा सो पदमा पुग्ने सबैभन्दा कम उमेरका सैन्य अधिकारी बनेका थिए। उनी २०१७ देखि केन्द्रीय सैन्य आयोगको राजनीतिक कार्य विभागका निर्देशक थिए।

रक्षामन्त्री दोङमाथि भ्रष्टाचारको अनुसन्धान थालेको चर्चा चलेको भोलिपल्टै शीर्ष जनरल मिआओमाथि पनि छानबिन थालिएपछि यसले चीनको रक्षा क्षेत्रमा तरंग ल्याएको थियो।

दोङ अघिका दुई रक्षामन्त्री पनि भ्रष्टाचारको छानबिनमा परेका थिए।

राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार गरेको आरोपमा अक्टोबरमा सन् २०२३ मा ली शाङ्फुलाई हटाएर डिसेम्बरमा दोङलाई रक्षामन्त्री बनाएका थिए। लीलाई हटाएको कुरा सार्वजनिक हुनुभन्दा अघि उनी हप्तौंसम्म हराएका थिए।

लीभन्दा अघिका रक्षामन्त्री वेइ फेङ्गहीमाथि पनि पदबाट हटेपछि भ्रष्टाचारको अनुसन्धान गरिएको थियो।

गत वर्षको अन्त्यमा लीलाई हटाएको बेलामा नौ जना जनरलहरूमाथि पनि सीले कारबाही गरेका थिए। त्यतिबेला सेनाको रकेट फोर्सका प्रमुख रहेका लीभन्दा अघिका रक्षामन्त्री वेइसहित रकेट फोर्सका अरू वरिष्ठ सैन्य अधिकारी पनि कारबाहीमा परेका थिए।

आणविक हतियारसहित आधुनिक मिसाइलहरूबारे हेर्ने रकेट फोर्स चीनको सबैभन्दा धेरै बजेट हुने सैन्य निकायहरूमध्ये पर्छ। त्यहाँ व्याप्त भ्रष्टाचारले चीनको सैन्य क्षमतामाथि नै गम्भीर असर पार्न थालेपछि सीले रकेट फोर्सका वरिष्ठ अधिकारीलाई कारबाही थालेका थिए।

अमेरिकासँग युद्ध हुँदा प्रयोग गरिने कतिपय मिसाइलमा तरल इन्धनको साटो पानी राखेको र अरू पूर्वाधारमा पनि भ्रष्टाचारका कारण धेरै कमजोरी भेटिएपछि सीले कारबाही सुरू गरेको भनेर पश्चिमा मिडियाले लेखेका थिए।

कसरी संभव भयो टीकापुरमा ३५ वर्षपछि हवाई सेवा ?

दीर्घराज उपाध्याय
धनगढी, २ पुस ।

लामो समयको आशंका र अन्यौलताकाबीच अन्ततः आईतवारदेखि टीकापुरमा हवाई सेवा सञ्चालनमा आएको छ ।

२०४१ बैशाख २० गतेदेखि सञ्चालनमा आएको टीकापुर विमानस्थल २०४६ सालमा बन्द भएको थियो । झण्डै ३५ वर्षपछि आईतवारदेखि टीकापुरमा हवाई सेवा सञ्चालन भएको हो ।

टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा र एयरलाईन्सबीचको सम्झौतापछि टीकापुरमा हवाई सेवा सञ्चालनमा आएको हो ।

यद्यपि टीकापुर बिमानस्थल सञ्चालन समितिका संयोजक टीकाराम जैसी र उनको टीमको १३ वर्ष लामो अविचलित संघर्षबाट टीकापुरमा हवाई सेवा सञ्चालन संभव भएको हो ।

संयोजक जैसीसंगै यो अभियानमा निरन्तर खट्ने अर्का व्यक्ति हुन्, नवराज रावल । जो अभियानमा निरन्तर लागीरहे । त्यस्तै तत्कालीन मेयर तपेन्द्र रावल, नेपाली काँग्रेसका भरत स्वाँर, माओवादीका तर्फबाट समितिमा प्रतिनिधित्व गर्ने विकास चौधरी, जनमोर्चाका दयाराम सञ्ज्याल, बखत बहादुर बिष्ट, टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष नरेश खत्री, पत्रकार मात्रिका तिमिल्सेना लगायत सचिवालयमा रहेका २५ जनाको टीकापुरमा हवाई सेवा सञ्चालन हुनुमा महत्वपूर्ण भूमिका छ । टीकापुरबाट प्रतिनिधित्व गर्ने बिभिन्न पार्टीका प्रतिनिधिहरु र सर्वसाधारणको समेत उत्तिकै योगदान छ । समितिका अगुवा मध्येका एक नवराज रावल भन्छन्, टीकापुरमा हवाई सेवा शुरु हुनुमा टीकापुरका सबैलाई श्रेय जान्छ । र, टीकापुर बाहिर बसेर यो अभियानमा सहयोग गर्नेहरु पनि यसको श्रेयका हकदार हुन् ।

२०६७ को शुरुवातमा टीकापुरमा हवाई सेवा सञ्चालनका लागि सामुहिक प्रयास शुरु भयो । सर्वपक्षीय भेलाले व्यवयासी टीकाराम जैसीको संयोजकत्वमा टीकापुर बिमानस्थल सञ्चालन समिति गठन ग¥यो ।

त्यही समितिको अथक प्रयासपछि टीकापुरमा आईतवारदेखि हवाई सेवा शुरु भएको हो ।

जतिबेला हवाई सेवा सञ्चालनका लागि समिति गठन भयो, त्यतिबेला टीकापुर बिमानस्थल मुक्त कमैयाहरुको कब्जामा थियो । जहाँ ४०३ परिवारका दुई हजार जना बसोबास गर्थे । त्यहाँबाट मुक्त कमैयालाई अन्यत्र सार्नु असम्भव जस्तै थियो । तर जैसीको अगुवाईमा शुरु भएको अभियानले असंभव ठानिएको त्यही कार्यलाई संभव बनायो । समितिकै पहलमा उनीहरुले नगर विकास समितिको स्वामित्वमा रहेको जमिन पाए । रातो पूर्जा भएका परिवारले दुई कठ्ठाका दरले जग्गा पाए । र, अरुले एक कठ्ठा । अनि खाली भयो, मुक्त कमैया शिविरमा परिणत भएको बिमानस्थल ।

त्यसैबीच समितिले बिमानस्थल सञ्चालनका लागि अधिकतम ११ हजार रुपैयाका दरले सहयोग संकलन अभियान शुरु ग¥यो । बिभिन्न, पेशा, व्यवसायमा संलग्न व्यक्तिहरुसंग सर्वसाधारणहरुले यो अभियानमा साथ दिए । र, जम्मा भयो, ३५ लाख रुपैया । त्यस अभियानमा साथ दिदै कैलाली उद्योग वाणिज्य संघले एक लाख रुपैया सहयोग ग¥यो ।

सरकारलाई बिमानस्थल सञ्चालनका लागि यी र यस्ता अभियानले दवाव दिए । सरकारले बाध्य भएर बिमानस्थलको धावनमार्ग घेरवारका लागि काँडेतारमा करीव एक करोड रुपैया खर्च ग¥यो ।

२०६८ सालमा नेपाल वायु सेवा निगमको ट्वीनेटर जहाजले परीक्षण उडान भ¥यो । त्यसपछि फर्केर कुनै जहाज आएन । समिति माथि तमाम आरोप लागे । मुक्त कमैयालाई हटाउन बिमानस्थल सञ्चालनको नाटक गरिएको भनियो । मुक्त कमैयाका अगुवाहरुको आक्रोश त छदै थियो । स्थानीय नेताहरु समिति माथि खनिए ।

हामीले त बिमानस्थल सञ्चालन हुदै हुदैन भनेकै थियौ नि भन्नेहरु पनि निस्किए । स्थानीयहरुकै तमाम आरोप र आक्रोशबाट निरन्तर लखेटिएका समितिका संयोजक जैसी र अन्य सदस्यहरु न ती आरोपहरुबाट भागे । न त बिचलित भए ।

सायद हामीले हिम्मत हारेको भए जहाज उडाउन सक्दैनथ्यौ।, संयोजक जैसीले भने, ती आरोपलाई मिथ्या सावित गर्न पनि हामी बिमानस्थल सञ्चालनका लागि जुटिरह्यौ । सरकारलाइ दवाव दिईरह्यौ । जसको प्रतिफल हवाई सेवा शुरु भयो ।

हवाई सेवा सञ्चालन त गर्न सफल भयौ, संयोजक जैसी भन्छन्, हवाई सेवालाई निरन्तरता दिने अव हाम्रा सामु अर्को चुनौती छ ।

हप्तामा कति दिन सेवा ? कति छ भाडा ? के छ सम्झौतामा ?

टीकापुर नगरपालिकाले एउटै छातामुनी सञ्चालन हुने बिमान कम्पनी भएपनि तारा एयर र यति एयरसंग छुट्टाछुट्टै सम्झौता गरेको छ ।

काठमाण्डौंबाट नेपालगञ्जसम्म यति एयरलाईन्स र त्यहाँबाट टीकापुरसम्म तारा एयरले उडान भर्ने छ ।

सम्झौता अनुसार नगरपालिकाले तारा एयरमा १५ टिकटको जिम्मा लिएको छ । १५ जनाभन्दा कम यात्रु भएको खण्डमा प्रति टिकट ४५०० रुपियाँका दरले कम हुन जाने यात्रुको संख्या बराबरको रकम नगरपालिका भुक्तानी गर्नेछ ।

त्यस्तै नेपालगञ्जबाट काठमाण्डौंको यात्राको हकमा भने टीकापुर नगरपालिकाले १० जना यात्रुको जिम्मा लिएको छ । यो टीकापुरका यात्रुहरुका लागि नेपालगञ्जबाट काठमाण्डौं उड्ने यतिको जहाजमा आरक्षित गरिएको संख्या हो ।

सम्झौता अनुसार यात्रु संख्या अपुग भए प्रत्येक उडानमा मालिका स्टिल प्रा.लि. र ओमकृष्ण हस्पिटलले एक/एक टिकटको रकम भुक्तानी गरेर नगरपालिकालाई सहयोग गर्ने बताएका छन् ।

त्यस्तै लम्की नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिकाले समेत हवाई सेवा निरन्तरताका लागि सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

नेपालगञ्जबाट काठमाण्डौंको टिकटको न्यूनतम मूल्य ६७०० रुपियाँ रहेको छ । टीकापुर नगरपालिकाको हकमा भने छुट सहित यो रुटको भाडा ४५०० रुपियाँ तोकिएको छ । टीकापुरका लागि १० सीट आरक्षित गरिएको यतिको जहाजमा त्योभन्दा कम टिकट बिक्री भएमा त्यति संख्या बराबरको भाडा टीकापुर नगरपालिकाले भुक्तानी गर्नेछ ।

तारा एयरका अनुसार हप्तामा दुई दिन (आईतवार र बिहीवार) टीकापुर बिमानस्थलमा हवाई सेवा सञ्चालन हुनेछ ।

काठमाण्डौंबाट बिहान १० बजे यति एयरलाइन्सको विमान नेपालगन्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगन्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौं आउने समय तालिका निर्धारण गरिएको छ ।

काठमाण्डौं–नेपालगञ्ज–टीकापुरको भाडा ९००० रुपियाँ निर्धारण गरिएको छ । काठमाण्डौंबाट टीकापुर आउने यात्रुले नेपालगञ्ज बिमानस्थलमा एक घण्टा पर्खिनुपर्नेछ । त्यस्तै टीकापुरबाट काठमाण्डौंका लागि उडेका यात्रुले नेपालगञ्जमा यतिको जहाजका लागि २० मिनेट कुर्नु पर्नेछ ।

टीकापुर–नेपालगञ्ज र नेपालगञ्ज–काठमाण्डौंको भाडा ४५०० सय रुपियाँ तोकिएको छ । यो भाडामा टीकापुरबाट नेपालगञ्जसम्म हवाई यात्रा गर्न सकिने बताईएको छ ।

टिकट बुकिङको अवस्था हेरेर हामी उत्साही छौ, समितिका संयोजक जैसी भन्छन्, बिहीवार उडान छ, आज(मंगलवार)सम्म दुबै तर्फ ८/८ वटा टिकट बिक्री भईसकेका छन् ।

पुस महिनाभरी हप्तामा दुई वटा उडान भर्ने भएपनि माघबाट हप्तामा तीन वटा उडान भर्ने हवाई कम्पनीसंग सहमत भएको जैसीले बताए ।

नेपाल प्रिमियर लिग : उपाधि विजेताले १ करोड १० लाख पाउने

काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधि विजेताले १ करोड १० लाख पाउने भएको छ।  नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एनपीएलका विजेताले पाउने पुरस्कार राशि घोषणा गरेको हो। पहिलो संस्करणको एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पाउने भएको छ।

यस्तै उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पाउने भएको छ।  एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुगेका छन्। बुधबार एलिमिनेटरमा चितवन र कर्णाली भिड्दैछन् भने पहिलो क्वालिफायर क्वालिफयरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन्।

यो खेलको विजेता फाइनलमा प्रवेश गर्ने छ। पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता टोलीसँग भिड्नेछ। फाइनल खेल शनिबार हुनेछ।

एनपीएल : कुन खेलाडीले जित्ला ६२ लाख पर्ने ओमोडाको कार

काठमाडौं– नेपाल प्रिमियर लिग(एनपीएल)को लिग चरणको खेल सक्किएका छन्। अब प्रतिस्पर्धा अझ रोचक हुनेछन्।

नेपाली खेलाडीले घरेलु फ्रेन्चाइजबाट राम्रो प्रतिस्पर्धा गरिरहेका छन्। एनपीएलमा राम्रो प्रदर्शन गर्ने म्यान अफ दी सेरिज बन्ने नेपाली खेलाडीले ६२ लाख पर्ने ओमोडाको गाडी पाउनेछन्।

यो होडमा राम्रो प्रदर्शन गर्ने खेलाडीबीच प्रतिस्पर्धा छ। राष्ट्रिय टोलीका कप्तानसमेत रहेका लुम्बिनी लायन्सका मार्की रोहित पौडेलको टोली अर्को चरणमा प्रवेश नगरेका कारण उनको रेकर्ड तोडेको खण्डमा अन्य नेपाली खेलाडीले उक्त गाडी लैजान सक्नेछन्।

शारडा समूहले उत्कृष्ट खेल खेल्ने नेपाली खेलाडी मध्य एक जनालाई यति महँगो कार दिने सम्झौता नेपाल क्रिकेट संघ क्यानसँग गरेको थियो। अब पुस ६ गते हुने फाइनल खेलका दिनसम्मको प्रस्तुतीकरणले कार चढ्ने खेलाडी फाइनल हुनेछन्।

रोहित पौडेलले हालसम्म बलिङमा ८ विकेट लिएका छन् भने रनमा शीर्ष स्थानमा नै रहेका छन्।

पौडेलले लिग चरणमा अलराउण्ड प्रदर्शन गरे । टिमले हारिरहँदा पनि उनले उत्कृष्ट प्रदर्शन गरिरहे । लिगमा दुई अर्धशतकसहित उनले सर्वाधिक २७९ रन बनाएका छन् ।

पहिलो खेलमै विराटनगरविरूद्ध ४६ रन बनाएका रोहितले पोखराविरूद्ध सर्वाधिक ९५ रन बनाएका थिए। यस्तै चितवनविरूद्ध ८० रन बनाएका थिए। यसैगरी जनकपुरविरूद्ध ३५ रन बनाएका रोहित सुदूरपश्चिमविरूद्ध ५, काठमान्डुविरूद्ध ८ र कर्णालीविरूद्ध १० रनमा आउट भएका थिए।

अलराउण्डरद्वय कुशल मल्लले एक अर्धशतकसहित २०२ र दीपेन्द्र सिंह ऐरीले पनि एक अर्धशतकसहित १९८ रन बनाएका छन्। दुवैले अलराउण्ड प्रदर्शन गरिरहेका छन्। कुशल मल्लले सबै खेलमा दोहोरो अंकमा रन बनाएका छन्। उनले काठमान्डु गुर्खाज विरुद्ध ११, पोखरा विरुद्ध ३८, कर्णाली विरुद्ध २३, सुदूरपश्चिम विरुद्ध १३, लुम्बिनी विरुद्ध २०, विराटनगर विरुद्ध २० रन बनाएका थिए भने अन्तिम खेलमा जनकपुर विरुद्ध ७२ रन बनाएका थिए।

उनले हालसम्म सबै खेल गरेर ८ विकेट लिएका छन्। यस हिसाबले अब बाँकी खेलको प्रदर्शन हेरेर मल्ल पनि उक्त ओमोडा गाडी पाउन सक्ने एक दाबेदार हुन्।

सुदूरपश्चिम रोयल्सका मार्की दीपेन्द्र सिंह ऐरीले भने पहिलो खेलमै विराटनगर विरुद्ध अविजित ५७ रन बनाएका थिए। त्यसपछि ब्याटिङ अर्डर चेन्ज गरिरहेका उनको रन गति पनि चेन्ज भइरह्यो। दोस्रो खेलमा काठमान्डु विरुद्ध ४३ र लुम्बिनी विरुद्ध अविजित ३९ रन बनाएका दीपेन्द्र चितवन विरुद्ध १ र जनकपुर विरुद्ध शुन्यमा आउट भए। त्यसपछि पोखराविरुद्ध २० र कर्णाली विरुद्ध ३८ रन बनाए।

ऐरीले समग्र खेलमा हालसम्म ५ विकेट मात्र लिएका छन्। यद्यपि उनका टीमका खेल अझै बाँकी रहेका कारण रन बढाउने र विकेट समेत बढाउन सक्ने सम्भावना रहेको छ।

जनकपुर बोल्ट्सका ललितकुमार राजबंशी पनि एक भयानक दाबेदार हुन्। सुरुदेखि नै राम्रो बलिङ गरेका उनले हालसम्म १३ विकेट लिएर सर्वाधिक विकेट लिनेमा दोस्रो स्थान सुरक्षित गरेका छन्। नेपाली खेलाडी मध्यका भने उनी पहिलो हुन्।

यसैगरी बलिङमा नै चितवन राइनोजका रिजन ढकालको पनि राम्रो प्रदर्शन रहेको छ। उनले पनि राजबंशी जत्ति नै १३ विकेट लिएको र आगामी खेलमा राम्रो प्रदर्शन गरेको खण्डमा ६२ लाखको गाडी चढ्ने भाग्य कोर्न सक्छन्।

यू-१९ महिला एसिया कप : वर्षाले खेल रोकिएपछि नेपाल र भारतले अंक बाँडे

काठ्माण्डौँ – एसीसी यू-१९ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र भारतले अंक बाँडेका छन् ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेल वर्षाले प्रभावित भएपछि दुवै टीमले एक-एक अंक बाँडेका हुन् ।
नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभर १ बल ब्याटिङ गरेपछि वर्षाले खेल रोकिएको थियो । खेल रोकिनुअघि भारतले विना विकेटको क्षतिमा २८ रन जोडेको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित  २० ओभरमा ९ विकेट गुमाएर ९४ रन जोडेको थियो ।
नेपालको पारीमा कप्तान पूजा महतोले २५ र एलिसा कुमारी यादवले २० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यससँगै नेपाल एक जीत र एक बराबरीसहित सुपर फोरमा पुगेको छ । सुपर फोरमा नेपालले बिहीबार श्रीलंका र शुक्रबार बंगलादेशसँग खेल्नेछ ।

वर्षाका कारण नेपाल र भारतबीचको खेल रोकियो

काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ ।
नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको हो ।

 

भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गयो

काठमाडौं प्रशान्त महासागरको टापु देश भानुआटुमा मंगलबार बिहान ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेपाली समय अनुसार आज बिहान साढे ७ बजे भूकम्प गएको हो । भूकम्पको केन्द्र राजधानी पोर्टभिलाबाट करिब ३० किलोमिटर पश्चिममा थियो ।

भूकम्पपछि दिउँसो १२ बजेतिर ५.५ म्याग्निच्युडको परकम्प समेत आएको थियो । यसलाई भानुआटुमा २० वर्षपछिकै सबैभन्दा शक्तिशाली भूकम्प भनिएको छ ।
भूकम्प र परकम्पका कारण घरहरु भत्किएका, बिजुलीका पोल ढलेका, गाडीहरुमा क्षति पुगेको भिडियोहरु सार्वजनिक भइरहेका छन् । बेलायत, फ्रान्स र न्यूजील्याण्डका दूतावासहरु रहेको एउटा ठूलो भवन पनि भत्किएको देखिन्छ । भूकम्प लगत्तै सरकारी वेबसाइटहरु पनि डाउन भएका थिए ।

पोर्टभिलामा रहेका एक पत्रकार डेन म्याकगेरीले बीबीसीसँग भनेका छन्, ‘धेरै मानिसहरु भुईंमा लडिरहेका र उनीहरु गम्भीर घाइते अवस्थामा रहेको देखेको छु ।’
घाइतेहरुलाई उद्धार गर्दै अस्पताल लैजाने काम जारी छ । अस्पतालको आकस्मिक कक्ष बाहिर थुप्रै घाइते र तिनका आफन्तहरुको भिड देखिन्छ । केही घाइतेहरुको मृत्यु समेत भएका समाचार सार्वजनिक भइरहेका छन् । तर मृतकको संख्या यो समाचार तयार पार्दासम्म सार्वजनिक भइसकेको छैन । उद्धारकर्मी र स्वास्थ्यकर्मीहरु घाइतेहरुको उपचारमा व्यस्त देखिन्छन् ।

भानुआटु जंगल एडभेन्चर कम्पनीका डाइरेक्टर माइकल थम्प्सनले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘सडकमा थुप्रै मानिसहरु लडिरहेको देखेको थिएँ । धेरै घरहरु भत्किएका छन् । भग्नावशेषमा कसैलाई जिवितै उद्धार गर्न सकिन्छ कि भनेर ठूलो उद्धार अभियान चलिरहेको छ ।’

एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित

डोटी । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० जिल्ला कमिटी डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छन् । एमाले डोटीको नवौं जिल्ला अधिवेशनबाट निकटम प्रतिद्वन्दी शेरबहादुर मल्ललाई पराजित गर्दै मलासी अध्यक्षमा निर्वाचित भएकी हुन् ।

मङ्गलबार बिहान सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार मलासीले आफ्ना प्रतिस्पर्धी शेरबहादुर मल्ललाई ४४ मत बढी ल्याएकी छन् । मलासीले दुई सय १५ प्राप्त गर्दा मल्लले एक सय ७१ मत प्राप्त गगरिन् ।

मङ्सिर २८ गतेबाट सुरु भएको नवौं डोटी जिल्ला अधिवेशनमा चार सय १२ जना प्रतितिधि रहेका थिए । निर्वाचन समितिका संयोजक अधिवक्ता नवराज भट्टका अनुसार सोमबार सम्पन्न भएको निर्वाचनमा तीन सय ९३ जना प्रतिनिधिहरुले मतदान गरेका थिए ।

अधिवेशनबाट जिल्ला कमिटी उपाध्यक्ष पदमा खगेन्द्र बढैला, सचिवमा पदमराज भट्ट, खुला उपसचिवमा डम्मरसिंह डौडी र महिला उपसचिवमा बिस्ना देवी सिंह निर्वाचित भएकी छन्। २०८० चैतमा सम्पन्न हुनुपर्ने एमाले डोटीको जिल्ला अधिवेशन प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएपछि २०८१ मङ्सिरमा सारिएको थियो ।

यू–१९ एसिया कप : नेपालले दियो भारतलाई ९५ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी महिला यू–१९ एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको नेपालले पूरै ओभर खेलेर ८ विकेट गुमाउँदै ९४ रन बनाएको हो ।

नेपालका लागि कप्तान पूजा महतोले २५ रन बनाइन् । एलिसाकुमारी यादवले २० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।

भारतका लागि पारुनिका सिसोदियाले तीन विकेट लिइन् । नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।

यू-१९ महिला एसिया कप: भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

भारत टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो ।

नेपाल र भारत दुवै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । दुवै टीमले पाकिस्तानलाई हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।

आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

जाखोर सिमसारमा चराको बासस्थान सुधार

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-७ मा रहेको जाखोर ताल क्षेत्रमा चराको बासस्थानमा सुधार भएको छ । तालको जथाभावी दोहनलाई रोक्नुका साथै ताल क्षेत्रमा रहेको जलकुम्भी हटाइएपछि चराको बासस्थानमा सुधार भएको हो ।

केही वर्ष पहिले सो ताल क्षेत्रलाई पुरै जलकुम्भीले ढाकेको थियो । त्यहाँ रहेको जलकुम्भी हटाउनुका साथै जलीय वनस्पति र जीव संरक्षणको कार्य अगाडि बढाइएको वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गंगादत्त भट्टले बताए ।

“ताललाई जलकुम्भीले ढाकिसकेपछि चराहरु बस्दैनथे”, उनले भने, “हामीले जलकुम्भी हटाएर चराचुरुङ्गीले मन पराउने जलीय वनस्पति र जीव संरक्षण गरिरहेका छौं । त्यसले चराको बासस्थानमा सुधार भएको छ ।”

देवहरिया वनस्पति उद्यानमा रहेको जाखोर तालमा केही वर्ष अगाडिसम्म माछा पालन गर्नुका साथै मनलाग्दी दोहनको कार्य भएको थियो । हाल सो तालबाट कमलको फूल पनि टिप्न बन्देज गरिएको छ। जलकुम्भी मिचाहा प्रजाति भएकाले कथमकदाचित फेरि आएमा त्यसलाई तुरुन्त हटाउने कार्य गर्नुका साथै ताल संरक्षणमा जोड दिइएको जनाइएको छ ।

जाखोर तालमा बासस्थान सुधार भएपछि पहिलेको तुलनामा अचेल चराको उपस्थिति बढेको चराविद् हिरुलाल डङ्गौराले बताए । उनले चरा अवलोकनका लागि जाखोर ताल राम्रो गन्तव्य रहेको उल्लेख गरे ।

भैँसीको मासु निर्यातका लागि नेपाल-चीनबीच सम्झौता

काठमाडौं- नेपालबाट राँगा,भैँसीको मासु चीन निर्यातका लागि सम्झौता भएको छ । सोमबार साँझ काठमाडौंमा एक समारोहकाबीच हिमालयन फुड इन्टरनेसनल प्राली र चीनको सांघाई जियान फुड प्रालीबीच उक्त सम्झौता भएको हो ।

सम्झौता कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उक्त सम्झौता नेपाल-चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

उनले नेपालको हावापानी र नेपालको भूबनावट पशुपालनका लागि उत्कृष्ट रहेको बताए । उनले नेपालको हिमाली भेगमा पाइने जडिबुटी तथा औषधिजन्य घाँसपात खाएर हुर्किएका पशुवस्तुको दुध तथा मासुमा पौष्टिक तथा औषधिजन्य फाइदा पाइनेसमेत बताए ।

उनले नेपालमा राँगा,भैँसी पालनको सुनिश्चितता गर्दै युवालाई पनि पशुपालनप्रति आकर्षण गर्नुपर्ने बताए । नयाँ-नयाँ पशुपालनमा प्रविधिको प्रयोग गर्दै युवाहरुलाई आकर्षित गर्न सकिने उनको भनाइ छ ।

‘यो सम्झौताले नेपाल-चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगाको रुपमा रहेको कुरा यहाँ राख्न चाहन्छौं । नेपाल र चीनबीच भएको सम्झौताले नेपाली किसानलाई राँगा,भैंसी पालनका लागि थप प्रोत्साहित गरेको छ । नेपालको हावापानी र नेपालको भूबनावट पशुपालनका लागि उत्कृष्ट रहेको छ ।’ उनले भने,’हामीले यो हावापानीमा उत्पादन गर्ने नेपाली मौलिक उत्पानको मात्रा धेरै नभएपनि यसको महत्व भने ठूलो छ । नेपालको हिमाली भेगमा पाइने जडिबुटी तथा औषधिजन्य घाँसपात खाएर हुर्किएका पशुवस्तुको दुध तथा मासुमा पौष्टिक तथा औषधिजन्य फाइदा पाइने धेरैको विश्वास रहेको छ । नेपालमा भैँसी पालनको सुनिश्चित गर्न आवश्यक छ । हामीले युवालाई पनि यस पेशामा जोडेर पुस्तान्तरण गर्न जरुरी छ । पशु पालनका सन्दर्भमा नयाँनयाँ प्रविधिको प्रयोग गर्दै युवाहरुलाई पशुपालनतिर आकर्षण गर्न सकिन्छ ।’

रविलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई त्यसअघि थपिएको म्याद सकिएसँगै आज अदालत उपस्थित गराइएको हो ।

कास्की प्रहरी रविविरुद्ध अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ । सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई बयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।

खोज्नुहोस