एनपीएल फाइनल : उपाधि जित्न सुदूरपश्चिमले दियो जनकपुरलाई १८५ रनको विशाल लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिगको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको  लक्ष्य दिएङ्को छ।

टस जितेर ब्याटिङमा उत्रिएको सुदूरले ९ विकेट गुमाएर १८४  रन बनायो।

सुदूरपश्चिमले पावरप्लेमा  विना विकेट क्षतिमा ४८ रन बनाएको थियो भने १० ओभरमा ९७ रन बनाएका थियो।  सुदूरका लागि ११.६ ओभरमा ४३ बलमा ६९ रन बनाएर सैफ जेव आउट भए। उनलाई किशोर महतोको बलमा ललित राजवंशीले आउट गरे।

३१ बलमाम ४१ बल बनाएकाक अर्का ओपनर विनोद भण्डारीलाई राजवंशीले आउट गरे। ओपनरद्वय चल्दा सुदूर बलियो स्थितिमा पुगेको थियो।

मोहम्मद महसिनले ८ बलमा १४ रन बनाएका हर्मित सिंहलाई आउट गरे।  १५.६ ओभर जेम्स निसमले ब्राण्डा म्याककमुलेनलाई आउट गरे। उनले १४ रन बनाए।

१८.१ मा महसिनले कप्तान दिपेन्द्रसिंह ऐरीलाई आउट गरे। ऐरीले ९ रन बनाए। त्यहि ओभरमा महसिनले आरिफ शेखलाई पनि आउट गरे। शेखले एक रन बनाए। १९.१ ओभरमा किशोर महतोले स्कट कुगेलेइनलाई आउट गरे। उनले १३ रन बनाए। त्यस्तै महतोले ८ रन बनाएका नरेश बुढायरलाई पनि आउट गरे।

इशान पाण्डे ६ रनमा रनआउट हुँदा नरेन साउद १ रनमा नटआउट रहे।

 

फाइनलमा सुदूरपश्चिमको चौथो विकेट पतन, निशमको बलमा ब्राण्डन आउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज जारी फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले चौथो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १५.६ ओभरमा ब्राण्डन म्याकमुलन आउट भएका हुन् । उनी १२ बलमा १४ रन बनाएर आउट भए । उनको विकेट जिमी निशमले लिएका हुन् । त्यसअघि हर्मित सिंह पनि १४ रनमै आउट भएका थिए ।

दोस्रो विकेटमा ओपनर विनोद भण्डारी ४१ रन बनाएर आउट भए । उनी ललित राजवंशीको बलमा आउट भएका हुन् । यसअघि ११.६ ओभरमा ११७ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । ६९ रन बनाएर ओपनर शेफ जैब आउट भएका हुन् । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे । किशोर महत्तोले उनको विकेट लिएका हुन् । पहिलो विकेटका लागि भएको यो साझेदारी अहिलेसम्मकै उच्च हो ।

सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

उपाधि विजेताले ट्रफीसहित रु एक करोड १० लाख र उपविजेताले रु ५१ लाख प्राप्त गर्नेछन् । साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछन् ।

जारी प्रतियोगितामा दुवै टोली दुई पटक एकापसमा भिडिसकेका छन् । जसमा दुवै पटक जनकपुर बोल्ट्समाथि सुदूरपश्चिम रोयल्स हावी भएको थियो । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा जनकपुर आठ विकेटले पराजित भएको थियो ।

 

एनपीएलको फाइनल हेर्न प्रचण्ड सहित गृहमन्त्री पनि कीर्तिपुरमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल हेर्न पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू कीर्तिपुर पुगेका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल भइरहेको छ ।

त्यसैगरी गृहमन्त्री रमेश लेखक पनि खेल हेर्न त्रिवि मैदानमा पुगेका छन् ।

‘प्ले अफ’मा जानुअघि १२ अंकका साथ शीर्ष स्थानमा सुदूरपश्चिम थियो भने जनकपुर १० अंकसहित दोस्रो स्थानमा रहेको थियो ।

आज हुने फाइनलका बिजेताले १ करोड १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपबिजेता टोलीले ५१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, तेस्रो स्थान र चौथौं स्थानमा रहेका टोलीले क्रमशः २५ लाख र १५ लाख प्राप्त गर्नेछन् ।

 

पावर प्लेमा जनकपुरविरुद्ध सुदूरको बलियो सुरुवात

नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबार फाइनल खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुँदै छ । सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ  गरिरहेको छ । सुदूरका लागि विनोद भण्डारी र सैफ अली जैबले बलियो सुरुवात दिलाएका छन् । पहिलो ओभरमै विनोद भण्डारीले हर्ष ठाकरको ओभरमा दुई छक्कासहित १७ रन जोडेका थिए ।  त्यसपछि जिमी निशमको ओभरमा ११ रन आएको थियो भने ललित राजवंशीले ४ रन दिए । चौथो ओभर चौथो ओभर ठाकरले र पाँचौ ओभर राजवंशीले मेडन फाले पनि छैटौँ ओभरमा ठाकरले १६ रन दिएका थिए ।

पावर प्लेमा सुदूरले विना क्षति ४८ रन जोडेको छ ।

दर्शकहरू त्रिवि मैदान कीर्तिपुरमा बिहानैदेखि पुगिसकेका छन् । फाइनलका लागि टिकट खुलेको केही समयमै सोल्डआउट भएको थियो । फाइनल खेलमा दर्शकको ठूलो उपस्थिति हुने अनुमान छ । अनुमानअनुसारै बिहानैदेखि दर्शकहरूको घुइँचो लागको छ ।

जनकपुर र सुदूरपश्चिम दुवै टिमको फ्यान फलोइङ पनि अन्य टिमभन्दा राम्रो भएकाले र यी दुवै टिम भिड्ने भएकाले पनि दर्शकको ठूलो उपस्थिति हुने अवस्था बनेको हो । जनकपुर र सुदूरपश्चिम यसअघि दुईपटक भिडिसकेका छन् । जसमा सुदूरपश्चिम दुवै खेलमा हावी भएको थियो । यी दुवै टिम लिग चरणमा शीर्ष दुईमा थिए । पहिलो क्वालिफायरमा जनकपुर सुदूरपश्चिमसँग पराजित भएको थियो भने विजेता सुदूरपश्चिम फाइनल पुगेको थियो । दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई पराजित गर्दै फाइनल पुगेको थियो ।

एनपीएल फाइनल : जनकपुरविरुद्ध सुदूरपश्चिमको ब्याटिङ

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेपछि पहिला ब्याटिङ रोजेका हुन् ।

दुवै टोलीले पछिल्लो खेल खेलेको टोलीबाट कुनै खेलाडी परिवर्तन गरेका छैनन् । सुदूरपश्चिमले जनकपुरलाई क्वालिफायर १ मा र जनकपुरले कर्णाली याक्सलाई क्वालिफायर २ मा पराजित गरी फाइनलमा पुगेका थिए ।

सुदूरपश्चिमले यसै प्रतियोगितामा जनकपुरलाई दुई पटक पराजित गरी फाइनलमा पुगेको थियो । राउन्ड रोबिन लिग खेलमा सुदूरपश्चिमले जनकपुरमाथि ७२ रनको विजय हात पारेको थियो । सुदूरपश्चिमलाई १२३–९ को स्कोरमा रोके पनि जवाफमा आएको जनकपुर १२.१ ओभरमा ५१ रनमै अलआउट भएको थियो । यो स्कोर एनपीएलकै न्यून स्कोरमा रह्यो ।

जनकपुरलाई क्वालिफायर १ मा ८ विकेटले सहजै पराजित गरी सुदूरपश्चिम फाइनल पुगेको थियो । जनकपुरलाई १३९–९ को स्कोरमा रोकेपछि सुदूरपश्चिमले भेट्रान ओपनर विनोद भण्डारीको अविजित ५८ रनमा ९ बलअगाडि नै १ सय ४१ रन बनाउँदै फाइनल पुगेको थियो ।

जनकपुरले क्वालिफायर २ मा कर्णाली याक्समाथि २ विकेटको विजय हात पारी सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको थियो । न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसमले अलराउन्ड प्रदर्शन गर्दै जनकपुरलाई फाइनलमा पुर्‍याएका थिए । उनले २ विकेट लिएपछि पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १८ रन बनाएको थियो । निसमले १७ बलमा ४५ रन बनाएपछि जनकपुरले एक ओभर अगाडि लक्ष्य पूरा गरेको थियो ।

सुदूरपश्चिमले फाइनल पुग्ने क्रममा ८ मध्येको ७ खेल जितेको थियो । जनकपुरले ९ मध्येको ६ खेल जितेको थियो भने ३ मा पराजय भोगेको थियो, त्यसमध्येको दुई पराजय सुदूरपश्चिमसँगै थियो ।

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो।

प्रसाईंलाई शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतमा झिकाउन आदेश भएको थियो । सो मुद्दामा आदेश जारी भएको हो ।

प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।

भाटभटेनीले ढुसी लागेको नरिवल बचेपछि महानगरले तिरायो २ लाख जरिवाना

काठमाडौं । भाटभटेनी सुपर मार्केटले ढुसी लागको नरिवल बेचेको पाएपछि काठमाडौं महानगरपालिकाले जरिवाना गराएको छ । महानगरले अनुगमनका क्रममा नरिवलमा ढुसी लागेको फेला पारेको थियो ।

४४ वटा प्याकेटमा त्यस्तो भेटिएपछि सो नरिवल नस्ट गरिएको महानगरले जनाएको छ । साथै दुई लाख रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।

आइसीसी च्याम्पियन्स ट्रफी पाकिस्तानमै हुने, भारतका खेल तटस्थ स्थानमा खेलाइने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पाकिस्तानमा आयोजना गर्न लागेको च्याम्पियन्स ट्रफी २०२५ का केही खेल तटस्थ स्थानमा आयोजना गर्ने जनाएको छ ।

भारतले सुरक्षा कारणले पाकिस्तानमा च्याम्पियन्स ट्रफी खेल खेल्न असक्षम रहेको बताउँदै आईसीसीलाई यसबारे जानकारी गराएको थियो ।

यसपछि आईसीसीले सन् २०२४-२७ मा आईसीसी टूर्नामेन्टमा भारत र पाकिस्तानबीचको खेल तटस्थ स्थानमा खेलाइने बताएको छ ।

यसको मतलब भारतीय टोली च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान जाने छैन र यी दुई टोलीबीचको खेल तटस्थ स्थानमा खेलाइनेछ।

च्याम्पियन्स ट्रफी २०२५ का खेलहरू फेब्रुअरी-मार्चमा खेलिनेछन्। अर्थात् यस प्रतियोगिताका खेलहरू अब पाकिस्तान र तटस्थ स्थानमा खेलाइनेछन्। तटस्थ स्थल कुन हो भन्ने जानकारी भने दिइएको छैन ।

च्याम्पियन्स ट्रफी २०२५ बाहेक आइसीसीको यो व्यवस्था भारतले आयोजना गर्ने आइसीसी महिला क्रिकेट विश्वकप २०२५ र भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आइसीसी पुरुष टी-२० विश्वकप २०२६ को लागि पनि हो।

आईसीसीले च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका छिट्टै सार्वजनिक गरिने जनाएको छ । सन् २०१७ मा पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।

च्याम्पियन्स ट्रफीमा आठ टोली भारत, पाकिस्तान, अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिका रहेका छन् ।


एडीबीद्वारा एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको छ । सहायता रकममध्ये छ अर्ब ५२ करोड अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो ।

दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उक्त ऋण एवं अनुदान उपयोग गरिनेछ ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा. रामप्रसाद घिमिरे र एडीबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरे । त्यसअवसरमा सचिव घिमिरेले नेपालको समाजिक आर्थिक विकासमा एडीबीबाट प्राप्त सहयोगका निम्ति कृतज्ञता व्यक्त गरे । निर्देशक कोश्वाले नेपालको कृषि, प्राकृतिक स्रोत, ग्रामीण विकास, ऊर्जा, सार्वजनिक क्षेत्र व्यवस्थापन, खानेपानी, एवं सहरी पूर्वाधार निर्माणमा एडीबीले सघाउँदै आएको बताए ।

यू-१९ महिला एसिया कप : बंगलादेशसँग नेपाल ९ विकेटले पराजित

काठमाडौं । एसीसी अन्डर नाइन्टिन महिला एसिया कपमाको सुपर-४ को आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको छ ।

नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले ९.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो ।

वर्षाका कारण खेल ११ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाले निर्धारित ११ ओभरमा ७ विकेट गुमाएर ५४ रन बनाएको थियो ।

 

११ ओभरकाे खेलमा नेपालले बङ्गलादेशलाई ५५ रनकाे लक्ष्य दियाे

काठमाण्डौ – एसीसी १९ वर्षमुनिको महिला एशिया कपको दोस्रो ’सुपर–फोर’ मा नेपालले बङ्गलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालम्पुरमा रहेको बायोमास ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनायो । नेपालकी सावित्री धामीले ११, कप्तान पूजा महतो ९, एलिशा यादवले ८ रन बनाए । नेपालका चार जना खेलाडी रन आउट भए । बङ्गलादेशकी फर्जना इम्सिन, अनिसा अख्तेर, फहोमिदा चोया र हबिबा इस्लामले १/१ विकेट लिए ।

यसअघि हिजोको पहिलो ‘सुपर–फोर’ नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । यो खेलमा नेपालले बङ्गलादेशलाई हराएमा फाइनलमा पुग्नेछ । यदि यो खेल नतिजाविहीन भएमा नेट रन रेटमा अघि रहँदै बङ्गलादेश फाइनलमा पुग्नेछ ।

यस्तै ‘सुपर–फोर’ बाट भारत फाइनलमा पुगेको छ । आज बिहान भएको खेलमा श्रीलङ्कालाई हराउँदै भारत फाइनलमा पुगेको हो । प्रतियोगिताको समूह ’ए’ बाट भारत र नेपाल तथा समूह ’बी’ बाट बङ्गलादेश र श्रीलङ्का ’सुपर–फोर’ मा पुगेका हुन् । फाइनल खेल पर्सि आइतवार हुनेछ ।

सरकार परिवर्तन हुँदैन, गगन थापासँग असमझदारी छैन : शेखर कोइराला

धनगढी, ५ पुष । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अहिलेको सरकारलाई असफल हुन छुट नभएको बताएका छन् । पार्टीको कार्यक्रम लिएर सुदूरपश्चिम पुगेका नेता कोइराला ले आज (शुक्रबार) धनगढीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले अहिलेको सरकार नढल्नेसमेत दाबी गरे । उनले सरकारले जनताको चाहानाबमोजिम काम गर्नुपर्नेमा जोड दिए ।

सो क्रममा उनले आफू १५औं महाधिवेशनमा सभापतिको उम्मेद्वारी दिने तयारीका साथ अहिलेदेखि नै लागिपरेको बताए । आफूसँग महामन्त्री गगन थापासँग पनि राम्रो सम्बन्ध रहेको उनको दाबी छ । उनले गगन थापासँग कुनै असमझदारीन भएको स्पष्ट पारेका हुन् ।

 

नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक

काठमाडौँ- मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र बङ्गलादेशबीचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपाल र बङ्गलादेशबीचको खेल ११:४५ बजेदेखि हुने भनिए पनि वर्षाका कारण अहिलेसम्म सुरु हुन सकेको छैन । यस खेलमा बङ्गलादेशलाई हराउन सके नेपालले शीर्ष दुईमा स्थान बनाउन सक्ने छ । वर्षाका कारण एक एक अङ्क बाँडे बङ्गलादेश रनरेटका आधारमा शीर्ष दुईमा पुग्नेछ ।

यसअघि नेपाल समूह ‘बी’ को उपविजेता तथा बङ्गलादेश समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा प्रवेश गरेका हुन् । सुपर फोरको पहिलो खेल पनि वर्षका कारण रद्द हुँदा नेपालले श्रीलङ्कासँग अङ्क बाँडेको थियो । बङ्गलादेश भने भारतसँग आठ विकेटले पराजित भएको थियो ।

नदी व्यवस्थापनसम्बन्धी प्रदेशबिच सहमति समस्या अध्ययन गर्न बन्यो कार्यदल

काठमाडौं ।  कर्णाली नदीले कैलालीतिर बाढी, कटान र डुबानले सताउने गरेको छ भने गेरुवातिर पानी नहुँदा बर्दिया राष्ट्रिय निकुञ्जका जनावरले पानी खान नपाउने, नदी आसपासका गाउँमा हिउँदमा खानेपानी सुक्ने र सिंचाइको अभाव हुने गरेका छन् ।

स्थानीय पालिकाबिच सीमा विवाद छ भने गेरुवा गाउँपालिकाका नागरिकको जग्गा निकुञ्जमा परेको, मध्यवर्ती क्षेत्रका नागरिकले पाउने सुविधा नपाएर दुःख पाएको बताएका छन् । यस्तै कर्णाली नदीले धार परिवर्तन गर्दा बिच बिचमा टापु बन्ने र किनारतिर कटान हुने भएकाले टापुहरूको उत्खनन गर्नुपर्ने छ । यी सबै समस्या समाधानका उपाय खोज्न दुवै प्रदेशका मुख्यमन्त्रीले चासो दिएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कर्णाली नदीको फाइदा र नोक्सान दुवै प्रदेशलाई बराबर हुने भएकाले त्यसलाई मिलेर उपयोग गर्नुपर्ने बताए । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पनि सिमाना निर्धारणको मापदण्ड, वन ऐन, निकुञ्ज ऐन सङ्घीय सरकारको कार्यक्षेत्र भएकाले दुवै प्रदेशका मुख्यमन्त्री, मन्त्री सम्मलित बैठकले ध्यानाकर्षण गराउन सहयोग पुग्ने बताए। उनले तिन तहकै सरकार, दातृनिकाय मिलेर नदी तटीय क्षेत्रमा आधारित परियोजना सञ्चालन गरिने र कर्णालीको क्षति र विपत् घटाएर लाभको बाँडफाँट गरिनुपर्ने बताए ।

कर्णालीको तट गेरुवा गाउँपालिका–१, ओखरियामा बुधबार भएको बैठकमा सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र पाल, राज्यमन्त्री प्रकाशबहादुर बम, लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, ऊर्जा जलस्रोत, सिँचाइमन्त्री सीता शर्मा चौधरी, बर्दिया–२ का प्रतिनिधि सभा सदस्य लालवीर चौधरी, कैलाली र बर्दियाका सीमा क्षेत्रका प्रदेश सभा सदस्य, पालिका प्रमुखहरू, प्रशासन, वन, निकुञ्जका अधिकारीहरू सहभागी थिए ।

बन्यो कार्यदल

कर्णाली नदीको स्रोत, सीमा र विपत्ले ल्याउने समस्याको दिगो समाधान खोज्न लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

नदीजन्य स्रोतको उपयोग, संरक्षण तथा व्यवस्थापन गर्न बनेको कार्यदलको सदस्यहरूमा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. कमलप्रसाद पोखरेल, तटीय क्षेत्रका पालिका टीकापुर नगरपालिका, राजापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका, जानकी गाउँपालिका, गेरुवा गाउँपालिकाका प्रमुख, बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन, कैलाली र बर्दियाका सिँचाइ परियोजना, वन डिभिजन प्रमुख, नापी कार्यालयका प्रतिनिधिहरू रहेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कार्यदलका समस्याको अध्ययन गरेर ३५ दिनभित्र स्थानीय, प्रदेश र सङ्घ सरकारले के के गर्ने भन्ने प्रतिवेदन बुझाउन निर्देशन दिए ।

फरक फरक बुझाइ 

कर्णाली तटका सरोकारवालाका फरक फरक बुझाइ र फरक फरक समस्या छन् । स्थानीय पालिकाबिच सिमाना, नदीजन्य पदार्थको उपयोग गर्न नपाएको र जोखिम बढाएको समस्या छ । कर्णाली तटका पालिकाहरू नदीजन्य स्रोतको उपभोगबाट लाभ लिन नपाएको गुनासो गर्छन् भने जोखिम व्यवस्थापन प्रदेश र सङ्घले गरिदिऊन् भन्ने चाहन्छन् ।

जानकी गाउँपालिकाका अध्यक्ष चौधरीले पालिकाबिच कर्णाली नदीको स्रोत बाँडफाँट, सीमा विवाद र विपत् व्यवस्थापन मुख्य चुनौती रहेको र यसको समाधान सङ्घ सरकारले दिनुपर्ने बताए । लम्कीचुहा नगरपालिकाका प्रमुख सुशीला शाहीले निकुञ्जले नदीपारि पुगेर नगरपालिकाका नागरिकलाई दुःख दिने गरेको बताए ।

यसका साथै कैलालीतिरका पालिका नदीले कटान, डुबान, बगान गरेकाले आधा पानी गेरुवा नदीमा पठाउनुपर्ने उनले बताए। गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह विष्ट नागरिककको निकुञ्जभित्र पसेको जग्गा खाली गर्नुपर्ने, मध्यवर्ती क्षेत्रका नागरिकले वन्यजन्तुबाट पाउने सास्ती घटाउने, क्षतिपूर्ति पाउन सहज हुनुपर्ने र कर्णाली नदीको पानी नहर बनाएर मात्रै गेरुवामा पठाउनुपर्ने बताउँछन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वार्डेन अशोक राम गेरुवातिर कर्णालीको मुहान धेरै उच्चो भइसकेकाले उत्खननका लागि ऐन संशोधन गर्नुपर्ने तर अहिले नै पानी आपूर्ति अभाव भइसकेकाले मन्त्रीपरिषद्ले एक पटकका लागि भए पनि उत्खननको निर्णय गर्न आवश्यक रहेको बताए । बैठकमा निकुञ्ज ऐन, २०२९ अनुसार निकुञ्जभित्र उत्खनन गर्न नपाइने, बर्दिया राष्ट्रिय निकुञ्जको सिमाना कर्णाली नदीको पश्चिम भँगालो भन्ने शब्दले नदी सर्दै जाँदा नागरिकको जमिन निकुञ्जभित्र पस्ने गरेको कुरा उठेको छ । यस्तै वन ऐन, २०७६ ले कर्णाली नदीको बिचमा बन्ने टापुहरू उठाउन बाधा पुगेकाले संशोधन हुनुपर्ने सवाल पनि उठेको छ ।

साझा सहमतिका लागि प्रयास

कर्णाली नदी तटका पालिका, नागरिक र निकुञ्जबिच बेला बेला विवाद हुने, कैलालीतिर थेग्नै नसकिने बाढी र बर्दियातिर चाहिने मात्रामा पानी नहुने अवस्थाको अन्त्य गर्न पहल हुँदै आएका छन् । २०७८ वैशाख र असारमा दुवै जिल्लाका जिल्ला समन्वय समिति, नदी तटका पालिका, जिल्ला प्रशासन कार्यालय, सिँचाइ कार्यालयहरूको संयुक्त बैठकले बर्दियातिर पानी पठाउन, नदीबिचका टापु हटाउन सङ्घीय सरकारलाई अनुरोध गरेका थिए ।

यस्तै २०७९ मा दुवै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूको सयुक्त बैठकले कर्णालीबाट हुने विपत् घटाउन मिलेर काम गर्नुपर्ने निर्णय गरेका थिए । बहुसरोकारवाला विषय भएको र सङ्घीय सरकारको तहबाट मात्रै समाधान हुने भएकाले सङ्घीय सरकारको मुख ताक्दै आएका छन् ।

कुरा उठ्दै जाने समाधानमा नपुग्ने यो विषयलाई सहज गर्न २०८० पुस ३ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबिच संयुक्त बैठक गराएको र त्यसयता निरन्तर काम भइरहेको ठीक एक वर्षपछि पुनः स्मरण स्वरूप बैठक गरिएको संवाद समूहका सहजकर्ता सुशील बस्नेत बताउँछन् । -गोरखापत्रबाट

सुदूरको तुफानी ‘बाघ’ले उपाधी उचाल्ने अपेक्षा

काठमाण्डौं, ५ पुस ।
‘सुदूरको शान, मैदानमा तुफान’ र ‘बाघ’ नेपाल प्रिमियर लिग (एनपीएल) मा सबैभन्दा बढि सुनिएका शब्दहरु हुन् । सुदूरको शानका रुपमा चर्चा गरिएको टीम सुदूर पश्चिम रोयल्सका बाघको उपमा पाएका खेलाडी हुन्, दिपेन्द्र ऐरी ।

एनपीएलमा प्रतिस्पर्धा गरिरहेका अधिकांश टीममा सुदूरका खेलाडी नभएका होईनन । ती टीमको जितमा सुदूरका खेलाडीहरु निर्णायक भईरहदा कीर्तिपुरको मैदानमा मंसिर १५ देखि जारी एनपिएलमा आफ्ना प्रतिस्पर्धी टिमलाई मैदानमा पानी पिलाउने सुदूर पश्चिम रोयल्सका कप्तान दिपेन्द्र ऐरी नै हुन्, जसको जन्मथलो सुदूरपश्चिम हो ।

हुन् पनि खेल मैदानमा उत्रिएपछि सुदूर पश्चिम रोयल्सले हरेक खेलमा तुफान ल्याएको छ । त्यो तुफानले हुत्याएर कति टीमलाई मैदान बाहिर पु¥याई दिएको छ । जो फेरि मैदानमा उभिईरहने अवस्थामा रहेनन । तुफान ल्याउनुमा दिपेन्द्र ऐरी अर्थात ‘बाघ’ को स्फूर्ती, कौशल र उत्कृष्ट प्रदर्शनको योगदान नकार्न मिल्दैन ।

कतिपय खेलमा हारको सन्निकट भएर अप्रत्याशित जित निकालेर समर्थकलाई अपार खुशी दिएको सुदूर पश्चिमले प्रतिद्धन्द्धी टीमका समर्थकहरुलाई निराश बनाउदै आएको छ । कतिपय खेलमा यति फराकिलो जित हात पारेको छ कि प्रतिद्धन्द्धीको फेरि प्रतिस्पर्धामा आउनै नसक्ने गरी मनोबल खस्काएको छ ।

तीन खेलमा अविजित रहेको सुदूर पश्चिम रोयल्स चौथो खेलमा चितवन राईनोजसंग पराजित भएपछि राईनोजका समर्थकहरुले ‘गैडासंग बाघ’ पराजित भएको भन्न भ्याए । हुन पनि शुरुवातदेखि उत्कृष्ट फर्ममा रहेको सुदूर पश्चिमका लागि चितवनसंगको त्यो हार अप्रत्याशित थियो ।

चौथो खेलमा लय गुमाउदा बेहोरेको हारको पीडाबाट निस्किन सुदूरपश्चिम पाँचौ खेल जित्नै पर्ने दवावमा थियो । उत्कृष्ट लयमा फर्किर्दै पाँचौ खेलमा जित दिलाएर सुदूर पश्चिम रोयल्सले आफ्ना समर्थकहरुलाई भरोसा दिलायो, र भन्यो, एउटा खेलको हारले हामीलाई बिचलित बनाउदैन । पूर्ण मनोबलका साथ मैदानमा उत्रिएको सुदूर पश्चिम रोयल्सले पाँचौ खेलमा समर्थकहरुलाई निराश हुन दिएन ।

सुदूरपश्चिमसंग यसअघि लिग र क्वालिफायरका दुई खेल खेलेको जनकपुरसंग ती दुबै खेलको नमिठो अनुभव छ । उसले दुबै खेलमा सुदूरपश्चिमसंग लज्जास्पद हार व्यहोरेको थियो ।

सुदूर पश्चिम रोयल्ससंग लिग चरणमा ५१ रनमा समेटिएको जनकपुरले बुधबार क्वालिफायरको पहिलो खेलमा १३९ रनको स्कोर खडा गरेको थियो, जसलाई सुदूरले पूरा गर्दै फाइनलमा सोझै स्थान बनायो ।

एनपिएलमा सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा बलियो देखिएको छ । र, उसले अहिलेसम्मका खेलहरुमा एकाँध गल्ती गरे पनि हरेक गल्तीलाई सुधार गर्दै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

जितमा नमात्तिएको सुदूर पश्चिम हारमा हताश भएन । जितपछि पनि ज्यानमा स्फूर्ति ल्याउन नसकेको जनकपुरले न जीतको रणनीतिलाई कायम राखिरहन सक्यो, न त हारबाट नयाँ रणनीति बनाउन सिक्यो ।

कतिपय खेलमा संयोगले, कतिपय खेलमा प्रतिस्पर्धी टीमको कमजोर प्रदर्शनले जनकपुरलाई हारका बाबजुद पनि अघि बढाउन मद्दत गरिरह्यो । एनपिएलको शुरुवातदेखि नै उत्कृष्ट लयमा देखिएको सुदूरपश्चिममाथि बिजय हात पार्न असम्भव हुने यसअघिका जनकपुरका खेलहरुको प्रदर्शनको स्मरणबाट अनुमान गर्न गाह्रो हुदैन । सुदूरलाई टक्कर दिन पनि जनकपुरले निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

हारेर पटक पटक उठेको जनकपुर र प्रत्येक खेलमा पिटेर हावी भएको सुदूरपश्चिमबीचको अन्तिम खेलको व्यग्र प्रतिक्षामा छन्, दुबै टीमका समर्थकहरु । यो अन्तिम खेलमा दुबै टीमका समर्थकहरु थपिनेछन् । र, घर गईसकेका टोलीका समर्थकहरु यी दुई टीममा बाडिनेछन् ।

सुदूर पश्चिम रोयल्सका कप्तान दिपेन्द्र ऐरी र जनकपुरका कप्तान आसिफ शेखबीच शनिवार कीर्तिपुर मैदानमा फेरि भेट हुदैछ । सुदूरको बाघले जनकपुरका शेखलाई एनपीएलको उपाधीका लागि हुने अन्तिम खेलमा तेस्रो पटक स्तब्ध गर्ने समर्थकहरुको आशा छ । त्यसपछि फेरि भिड्न आउने छैन सुदूरपश्चिमसंग जनकपुर ।

यद्दपि सुदूरको तुफानले हुत्याएर दुई पटक किनार पुगेर मैदानको मध्यभागमा फर्किएको जनकपुरसंग अन्तिम आशा भने जीवितै छ ।

भिन्न संस्कृति, भिन्न भाषा भएका देशका दुई भूगोलका यी टिममध्ये उपाधी जसले जितेपनि त्यहाँ सुदूरको देउडा, छलिया र जनकपुरको जोगिरा र झिझीयाले उत्सव मनाउने छन् । यही त हाम्रो सुन्दरता ।

 

नक्कली अभिभावक खडा गरेर दोस्रो विवाह गरे, अमेरिका लैजान्छु भन्थे बुडरमा पक्राउ परे

कैलाली । कञ्चनपुरमा नक्कली अभिभावक बनाएर बहुविवाह गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका ४ का विष्णु प्रसाद माली र उनीसँगै घटनाका मतियार बेदकोट नगरपालिका २ का जनक बहादुर धामी पक्राउ परेका छन् ।

मालीले विवाह गर्ने तयारी गरेको किशोरीको पक्षलाई धामीले ‘केटो मेरो सालो हो निकै राम्रो छ’ भन्दै उच्काएका थिए । धामीको कुरा सुन्दै मालीसँग विवाह गराउन केटी पक्ष पनि राजी भए । तर, विवाह भएको तेस्रो दिन नै मालीले नक्कली अभिभावक खडा गरेर दोस्रो विवाह गरेको पुष्टि भयो ।

कसरी ढाँटे मालीले ?

डडेल्धुराका माली र कञ्चनपुरकी युवतीसँग सामाजिक सञ्जाल मार्फत नजिकिएका थिए । सबै भन्दा पहिले उनले युवतीलाई आफू अविवाहित रहेको, इन्जिनियर भएको र अमेरिकाको भिजा लागिसकेको भन्दै फकाए । मालीले बुवा आमासहितका अन्य परिवारका सदस्य पनि नक्कली खडा गरे ।

उनीहरुले पनि मालीले भने झै गरे । केही महिनापछि युवती विवाह गर्न राजी भइन् । २२ गते कञ्चनपुरको चेतन होटेलमा उनीहरुको विवाह भयो । ‘मेरो काकाको स्वास्थ्य अवस्था जटिल बन्दै छ , जति बेला पनि नराम्रो खबर आउन सक्छ’ भन्दै मोबाइल बन्द गर्न लगाए र ५्७ जनाको उपस्थितिमा मात्रै विवाह मण्डमा आए ।

गुपचुपमा विवाह भयो । धनगढी आए, बसे र भोली पल्ट डडेल्धुरा प्रस्थान गर्न थाले । त्यो बेलासम्म सामाजिक सञ्जाल फेसबुक र टिकटकमा विवाहको फोटा र केही दृश्यहरू आइसकेका थिए । मालीको पहिलो श्रीमतीले आफ्नो श्रीमान्ले अर्काे विवाह गरेको त्यहि टिकटकमा थाहा पाइन् र उनले त्यहि टिकटमा आफू पहिलो श्रीमती रहेको जानकारी गराइन् ।

मालीको पहिलो श्रीमतीको कमेन्ट देखेर दोस्रो श्रीमतीका परिवारका सदस्यहरू अचम्मित भए । परिवारमार्फत प्रहरीसम्म कुरा पुराएपछि उनले नक्कली अभिभावक खडा गरेर बहुविवाह गरेको पुष्टि भयो।

दोस्रो श्रीमती लिएर डडेल्धुरा जाँदै गरेका माली २५ गते बुडर मै पक्राउ परे । मालीले आफूसँग विवाह गर्न गरेको नाटक सबै थाहा पाएपछि दोस्रो श्रीमतिले प्रहरीमा आफूलाई झुक्काएर विवाह गरेको भन्दै उजुरी दिइन् ।

युवतीको उजुरीपछि अहिले माली र उनलाई सहयोग गर्ने धामी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले अझै नक्कली बुवा र आमा बन्नेहरू पनि पक्राउ गर्न बाकी रहेको जनाएको छ । अहिलेसम्म माली सहचालक रहेको खुलेको छ । सहचालक रहेका विवाहित मालीले इन्जिनियर भएको र अमेरिकाको भिजा लागिसकेको भन्दै नक्कली अभिभावक बनाएर दोस्रो विवाह गरेका थिए ।

अधिराजकुमार निराजन जोगिएको त्यो भयानक दुर्घटना

म राजा बिरेन्द्रको सुरक्षाका लागि दरवारमा खटिएको थिए । त्यसदिन (२०५७ पुस ४ गते) भने म अधिराजकुमार निराजनको सुरक्षामा खटिएको थिए । राति ११ बजे हामी (म र अधिराजकुमार निराजन) गाडीमा नागार्जुन जादै थियौ । अधिराज कुमार निराजन गाडी चलाई बक्सिरहेको थियो । म उहाँको छेउको सीटमा बसेको थिए । हाम्रो गाडी अचानक गंगबुमा प्रहरीको भ्यानमा ठोकियो । मैले अधिराजकुमार निराजनलाई जोगाउन तत्काल स्टेरिङलाई आफ्नो नियन्त्रणमा लिए । गाडी मोडे । जोगाउने कोसिस गर्दा गर्दै गाडी भयानक दुर्घटनामा प¥यो । तर मेरो जिम्मेवारी आफू मरेर पनि अधिराजकुमारलाई जोगाउनु थियो । त्यतिबेला दिमागमा एउटै कुरा आयो, उहाँलाई केही हुन दिन्न । अधिराजकुमार निराजनलाई जोगाउन कुनै कसर बाँकी राखेन । उहाँलाई त जोगाए ।

७२ घण्टापछि दुर्घटनापछि होश खुल्दा म नेपाली सेनाको अस्पतालको शैयामा थिए । मेरो श्रीमती म होशमा आउदा खुशीले रोईन । दुर्घटनास्थल नजिकै मेरो डेरा थियो । र, दुर्घटनाको भयावह क्षति केही छिनमै मेरो श्रीमतीले आफ्नो आँखाले देखेकी थिईन । मेरो अवस्था हेरेपछि उनले म बाँच्ने आस मारेकी थिईन । म बोलेको सुनेपछि श्रीमती खुशी भएकी थिईन रे ।

होसमा आएपनि म बोल्न सक्ने अवस्थामा थिएन । बस्, आँखा खोलेको थिए । खतरामुक्त भईसकेको थिएन । स्टेरिङमा मेरो छाति परेर करङका आठ वटा हड्डी भाँचिएका थिए । मेरो अवस्था हेरेर डाक्टरहरुले पनि जोगिने आस गरेका थिएनन रे । म होसमा आउनु मेरो परिवार र डाक्टरहरुका नजरमा चमत्कार थियो ।

मैले अधिराजकुमारलाई जोगाउन स्टेरिङलाई छातिले ‘कभर’ गरेको थिए । गाडी नराम्ररी क्षतिग्रस्त भयो । त्यस्का बाबजुद पनि मैले उहाँलाई त ‘सेभ’ गरे । उहाँलाई एकरत्ति चोट लाग्न दिएन । अधिराजकुमारलाई बचाउने क्रममा म भने मरेर बाँचे । झण्डै ७२ घण्टा कोमामा रहे । टाउको र ‘स्पाईनल कर्ड’मा गम्भीर चोट लागेको थियो । देब्रे हात भाँचिएको थियो । चोट नलागेको र नदुख्ने शरीररको त्यस्तो कुनै भाग बाँकी थिएन । आफूलाई लागेका चोटहरु बिर्सेर अधिराजकुमार निराजनलाई जोगाउन सकेकोमा म खुशी थिए । मैले ज्यान जोखिममा परेर पनि आफ्नो कर्तव्य निर्बाह गरेको थिए । त्यो मेरो जिन्दगीको अवस्मरणीय पल थियो । त्यो भयानक दुर्घटनापछि मैले तीन महिना अस्पतालको शैयामा बिताए । अस्पतालमा मेरो स्वास्थ्य अवस्था बुझ्न रानी ऐश्वर्य म अचेत रहेकै अवस्थामा आईबक्सेको पछि थाह पाए ।

मेरो होश खुलेपछि अधिराज कुमार निराजन हप्तामा दुई/तीन पटक मेरो स्वास्थ्य अवस्था बुझ्न आईबक्सिन्थ्यो । म जति महिना अस्पतालमा उपचाररत थिए । उहाँ अस्पताल नआएको कुनै हप्ता थिएन । तीन महिनापछि सैनिक अस्पतालमा डिस्चार्ज भए । हिडडुल गर्न अझै सहजै भईसकेको थिएन ।

घरमै थेरापी शुरु गरे । दुखाई र घाउ निको हुदै गयो । म घरमा आराम गरिरहेको थिए । राजा बिरेन्द्रले सोधीबक्सेछ, बिक्रम यतिका समयसम्म किन आएन ? उसलाई कस्तो छ ? राजा बिरेन्द्रले मलाई दरवारमा बोलाईबक्सिनु भयो । र, म चार महिनापछि दरवारको काममा फर्किए । दिनमा कम्तिमा एक पटक राजासंग भेट हुन्थ्यो । कहिले दुई पटक पनि हुन्थ्यो । हरेक पटकको भेटमा राजा सोधीबक्सिन्थ्यो, बिक्रम तिमीलाई कस्तो छ ? हरेक दिन राजाले मेरो स्वास्थ्य अवस्थालाई चासो र चिन्ता व्यक्त गरिबक्सिन्थ्यो । मेरो उपचारको सम्पूर्ण खर्च पनि दरवारले बेहोरेको थियो । राजाको सदाशयता, चिन्ता र चासोले म क्रमशः निको हुदै गए ।

राजाको व्यबहार र बोली मेरा लागि औषधीतुल्य थियो । म जस्तो एक सामान्य प्रहरी निरीक्षकसंग राजाले आफ्नो सन्तानलाई झै गरेको त्यो स्नेह म जिन्दगी भर कहिल्यै बिर्सिन सक्दैन । मेरा लागि उहाँको त्यो स्नेह नै मल्हम थियो । त्यही ओखती ।

२०५७ बैशाख १ देखि २०५९ जेठ १ गतेसम्म मैले दरवारमा काम गरे । राजा बिरेन्द्र र राजा ज्ञानेन्द्रको सुरक्षामा खटिने अवसर पाए । म दरवारमै कार्यरत छदा दरवार हत्याकाण्ड भयो । राजा बिरेन्द्र र रानी ऐश्वर्य सहितले ज्यान गुमाए । भयानक गाडी दुर्घटनाबाट जोगिएका अधिराजकुमार निराजनको समेत दरवार हत्याकाण्डमा मृत्यु भयो । राजा बिरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार निराजनबाट पाएको त्यो स्नेह र मिठो व्यवहार अहिलेपनि झल्झली सम्झिन्छु । त्यही सम्झेर दरवार हत्याकाण्डपछिका धेरै रात म निदाउन सकेन ।

(२०२३ सालमा बैतडीको दशरथ चन्द नगरपालिका– ५ बस्कोटमा जन्मिएका बिक्रम चन्द झण्डै २९ वर्ष लामो प्रहरी सेवापछि यतिबेला कञ्चनपुरको भीमदत्तनगर–३ ऐठपुरमा अवकाश प्राप्त जीवन बिताईरहेका छन् । नेपाल प्रहरीमा २०४९ चैत ११ गते प्रहरी निरीक्षक भएका चन्दले २०७८ साल मंसिर ८ गते प्रहरी बरिष्ठ उपरीक्षक पदबाट अवकाश पाए । दरवारमा दुई वर्ष राजाको सुरक्षामा खटिएका चन्द दरवार हत्याकाण्डका बेला त्यही तैनाथ थिए । तत्कालीन अधिराज कुमार निराजनको गाडी दुर्घटना र दरवार हत्याकाण्डसंगका उनका अनुभव र अनुभूति क्रमशः प्रस्तुत गर्दैछौ । यस पटक भने भयानक गाडी दुर्घटनाबाट अधिराजकुमार निराजन कसरी जोगिए ? उनको अनुभूति पस्केका छौ ।)

(अवकाश प्राप्त प्रहरी बरिष्ठ उपरीक्षक बिक्रम चन्दसंग  द एभरेष्ट पोष्टका प्रधान सम्पादक दीर्घराज उपाध्यायले गरेको कुराकानीमा आधारित । यसमा प्रयोग गरिएको भाषा चन्दका हुन् ।)

एनपिएल : कर्णालीलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा

काठमाडौँ । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।

आज बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको हो।

जनकपुर बोल्ट्सले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिडन्त गर्नेछ । फाइनल खेल शनिबार हुने छ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो।

जवाफी ब्याटिङमा ओर्लिएको जनकपुर बोल्ट्सले १९ ओभरमा आठ विकेट गुमाएर विजय लक्ष्य पूरा गर्यो ।

 

रविको भाइरल फोटोपछि रन्जिता भन्छिन्–’रेशममाथि विभेद भएको रहेछ’

काठमाडौं ।  प्रहरी हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर यतिखेर भाइरल बनेको छ। उनको तस्बिर सार्वजनिक भएपछि रास्वपा सर्मथकहरुले हिरासतमा लामिछानेलाई कष्ट दिएको भन्दै सरकारको आलोचना गरिरहेका छन्।

यही मेसोमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले भने आफ्नो श्रीमान रेशम चौधरीको प्रहरी नियन्त्रणमा रहेका बेला अस्पतालको शय्याको तस्बिर समाजिक संजालमार्फत सेयर गर्दै अहिलेको कारागारमा धेरै सुविधा रहेको टिप्पणी गरेकी छिन्।

टिकापुर घटनामा दोषी ठहर भएपछि चौधरी सांसद रहेकै बेला पक्राउ परेर कारागार चलान भएका थिए, जहाँ उनका खुट्टामा फलामको शिक्री बाँधिएको देखिन्छ। उनले त्यसतर्फ इंगित गर्दै आफ्ना श्रीमानमाथि विभेद भएको महसुस गरेको बताएकी छिन्।

‘उहाँ (रेशम चौधरी) यसरी बस्नु हुन्थयो, अहिले त धेरै सुख सुविधा हुने रहेछ कारागारमा,’ उनले लेखेकी छिन्, ‘पूर्व गृहमन्त्री माननीय रवी ज्यूको फोटो भाइरल भैरहेको अवस्थामा हामीमाथी चाहीँ विभेद भएकै हो जस्तो महसुस भयो। हाम्रो नागरीक  उन्मुक्ती पार्टीको जन्मदाता त्यस समय उहाँ पनि जन निर्वाचित सासंद नै हुनुहुन्थ्यो।’

अब ह्वाट्सएप र टोल फ्री नम्बरबाटै च्याटपीटीसँग कुरा गर्न सकिने

काठमाडौं । ओपनएआईले आफ्नो लोकप्रिय च्याटबट च्याटजीपीटीलाई अझ पहुँचयोग्य बनाउने घोषणा गरेको छ । कम्पनीले ‘ट्वेल्भ डेज अफ ओपनएआई’ अभियान अन्तर्गत हालै सामान्य फोन वा ल्यान्डलाइन नम्बर र ह्वाट्सएप कलमार्फत च्याटजीपीटीसँग कुरा गर्न सकिने सुविधा ल्याएको हो ।

यसअन्तर्गत फोन वा ल्यान्डलाइनबाट च्याटजीपीटीसँग कुरा गर्ने सुविधा हाल अमेरिका र क्यानडाका प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । त्यहाँका प्रयोगकर्ताले 1-800-CHATGPT डायल गरेर च्याटजीपीटीसँग एक पटकमा १५ मिनेटसम्म कुराकानी सुरु गर्न सक्छन् । त्यस्तै विश्वभरका अन्य प्रयोगकर्ताहरूले ह्वाट्सएप नम्बर 1-800-242-8478 मा मेसेज गरेर च्याटजीपीटीसँग कुराकानी गर्न सक्नेछन् ।

अब कुनै पनि फोनबाट च्याटजीपीटीमा पहुँच गर्न सकिने भएकाले यो प्रविधि अझ धेरै मानिसले प्रयोग गर्ने कम्पनीको विश्वास छ । च्याटजीपीटीले विभिन्न भाषामा कुराकानी गर्नसक्ने भएकाले भाषाको बाधा पनि हट्ने बताइएको छ ।

ओपनएआईले भविष्यमा ह्वाट्सएपमा च्याटजीपीटीको क्षमतालाई अझ विस्तार गर्ने योजना बनाएको छ । कम्पनीका अनुसार प्रयोगकर्ताहरूले चाँडै नै आफ्नो च्याटजीपीटी अकाउन्टलाई ह्वाट्सएपसँग जोड्न सक्नेछन् ।

रविको हिरासतभित्रको फोटो सार्वजनिक गर्नेमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ‘रवि लामिछानेको हिरासतभित्रको फोटो’ भन्दै बाहिर ल्याउने काममा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतभित्रको फोटो भन्दै सामाजिक सञ्जालमा फोटो भाइरल भइरहँदा संलग्नलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।

तस्वीर बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संलग्न प्रहरीमाथि पनि कारबाही गर्न गृहमन्त्रीले निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ ।

सामाजिक सञ्जालमा एउटा सिरक ओढेर सुतिरहेको तस्वीर सार्वजनिक भएपछि सत्य हो वा फेक फोटो भाइरल बनाइएको हो भन्दै गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग चासो राखेका थिए ।

आवश्यक अनुसन्धान गर्ने र सत्य फोटो भएमा कारबाही गर्ने प्रहरी महानिरीक्षक कुँवरले बताएका छन् । रवि लामिछाने हाल कास्की प्रहरी हिरासतमा छन् ।

एनपिएल : फाइनल पुग्न जनकपुरले पायो ११९ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध ११९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११८ रनको योगफल खडा गरेको हो ।

कर्णालीका अलराउन्डर गुल्सन झाले सर्वाधिक ३५ रन बनाए । १७औँ ओभरको पहिलो बलमा मोहमद मोहसिनबाट बोल्ट हुनुअघि गुल्सनले २० बलमा एक चौका र दुई छक्का प्रहार गरे ।
ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्कासहित २४ रन जोडे । देवलाई छैटौँ ओभरको पहिलो बलमा जिम्मी निसमले आकाश त्रिपाठीबाट क्याच गराए ।

यसबाहेक, विलियम बोसिस्टोले १५ बलमा एक चौकासहित १४ रन बनाए । जिसान मक्सुदले ११ बलमा दुई चौकासहित १२ र चान्डविक वाल्टनले १३ बलमा एक चौकासहित ११ रन थपे ।

कर्णालीविरुद्ध जनकपुरका ललितनारायण राजवंशी, मोहमद मोहसिन र जिम्मी निसमले समान दुई विकेट लिए । चार ओभर बलिङ गरेका ललितले २२ रन खर्चिए । चार ओभर नै बलिङ गरेका मोहसिनले एक मेडन फ्याक्दै १४ रनमात्र खर्चिए ।

यसबाहेक, हर्ष थाकेर र शेर मल्लले समान एक विकेट लिए ।

जनकपुरविरुद्ध कर्णालीले १३ ओभरमा ६ विकेट गुमाएर ८५ रन बनाएको थियो । त्यसपछिका सात ओभरमा कर्णालीले ,, रनमात्र बनाउन सक्यो ।

प्रतियोगितामा जनकपुर लिग चरणको दोस्रो स्थानमा रहँदै प्लेअफमा आएको हो । तर, पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको हो ।

आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति आउँदो शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यसअघि सुदूरपश्चिमले पहिलो प्लेअफमा जनकपुरलाई आठ विकेटले निराश बनाउँदै फाइनल यात्रा तय गरेको थियो ।

लिग चरणबाट चौथो स्थानमा रहँदै प्लेअफमा आएको कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजविरुद्ध २१ रनको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

नेपाल र कोरियाबीच टिआइपीएफ सम्झौता

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टिआइपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ । गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पूरा भएका अवसरमा आज दक्षिण कोरियाको राजधानी सोलमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।

मन्त्री भण्डारीले टिआइपीएफ सम्झौताले दुई देशबीचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए ।

उनका समकक्षी मन्त्री च्योङले दक्षिण कोरियाली कम्पनीहरुद्वारा नेपालमा जलविद्युत्, अटोमोबाइल एसेम्बललगायत क्षेत्रमा लगानी गरेको बताउनुभयो । उनले टिआइपीएफ सम्झौताले दुई देशबीचको सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने बताए । साथै विगतका सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै दुई देश एकअर्काका सहयात्री बन्नुपर्नेमा जोड दिए ।

नेपाल र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको वातावरण र अवसरहरुबारे प्रस्तुतीकरण गरे ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय द्विपक्षीय व्यापार महाशाखा प्रमुख तथा प्रवक्ता बाबुराम अधिकारीले नेपालको व्यापारसम्बन्धी विद्यमान नीति तथा सो सम्बन्धमा हाल भइरहेका सुधारका विषयमा प्रस्तुतीकरण गरे ।

कोरिया नेपाल विजनेश फोरमको उक्त कार्यक्रममा नेपालको सरकारी पक्षबाट मन्त्रालय, लगानी बोर्ड, सोलस्थित नेपाली राजदूतावास र नेपालको निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रढकालसहित करिब ३० जना उद्योगी व्यवसायीको सहभागिता रहेको मन्त्री भण्डारीका स्वकीय सचिव भट्टले जानकारी दिए ।

महिला यू-१९ एसिया कप : वर्षाका कारण नेपालले श्रीलंकासँग अंक बाँड्यो

काठमाडौं । एसिसी महिला यू-१९ महिला एसिया कपअन्तर्गत सुपर-४ को खेलमा नेपाल र श्रीलंकाबीचको खेलमा वर्षा बाधक बनेको छ।

जससँगै खेल रद्द भएको छ भने दुवै टोलीले एक एक अंक बाडेका छन्। जससँगै नेपाल सुपर-४ को अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ।

नेपालले दुई खेलबाट दुई अंक जोडेको छ। तीन अंक जोडेको भारत शीर्ष स्थानमा छ। नकारात्मक रनरेट भएको तेस्रो स्थानको बंगलादेशको पनि २ अंक छ। श्रीलंका एक अंक जोडेर चौथो स्थानमा छ।

अब नेपालले भोलि सुपर-४ को अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ। जित निकाले नेपालले फाइनल खेल्नेछ। खेल रद्द भए पनि नेपाल फाइनल पुग्नेछ। हार भने नेपाल बाहिरिनेछ।

सुपर-४ का शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ।

बिहिबार मलेसियाको बायुमास क्रिकेट ओभलमा श्रीलंकाविरूद्ध टस जितेको नेपालले पहिले बलिङ गरेको थियो। नेपालले एक ओभरमा श्रीलंकाको एक विकेट लिएपछि खेल वर्षाले अवरुद्ध भएको थियो।

यसअघि समूह ‘ए’ को उपविजेताको रुपमा नेपाल सुपर-४ मा पुगेको थियो। समूहमा नेपालले पाकिस्तानलाई पराजित गर्दा भारतसँगको खेल वर्षाले रद्द हुँदा अंक बाडेको थियो।

पृथ्वीमा कहिले फर्कन्छन् अन्तरिक्षामा फसेका सुनिता विलियम्स र बुच

काठमाडौँ, ४ पुस: धर्तीमा ओर्लिन अमेरिकी अन्तरिक्ष यात्रीद्वय सुनिता विलियम्स र बुच विलमोरले अझै अरू समय कुर्नु पर्ने भएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उनीहरूलाई घर फर्काउन अझै अरू समय लाग्ने भनेको छ।

यी दुवै जना गएको जुनमा ८ दिनका लागि भनेर अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस)मा गएका थिए । चढेर गएको बोइङको स्टारलाइन यानमा समस्या आएपछि उनीहरूलाई फर्काउने योजना बारम्बार तुहियो ।

केही महिना अन्तरिक्षमा बसेर उक्त विमान रित्तै पृथ्वीमा आयो । नासाले यी दुबैलाई अमेरिकी खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सको यानमा आगामी वर्षको फेब्रुअरीमा उनीहरू फर्काउने पक्का पक्की भएको थियो । तर आईएसएसमा नयाँ अन्तरिक्ष यानको लन्चमा ढिलाइ भएपछि अन्तरिक्षयात्रीको यो जोडी मार्चको अन्त्य वा अप्रिलसम्म नफर्किन भएका छन् ।

यसमा भएको ढिलाइले दुवैको ज्यानमा कुनै जोखिम उत्पन्न नगर्ने नासाले भनेको छ । नोभेम्बरमा नासाले यी दुबैका लागि भने आईएसएसमा दुई पटक सामान कुरियर गरेको थियो । उनीहरूलाई चाहिने खाना, पानी, लत्ताकपडादेखि अक्सिजनसम्म सबै कुरा पर्याप्त भएको बताइएको छ । अधिकांश अन्तरिक्ष मिसन ५ महिनासम्म चल्छ । केही भने एउटा पूरा वर्षसम्म पनि चल्छ ।

आठ दिनका लागि मात्रै भनेर गएका बुच र सुनिताको बसाई लम्ब्याउँदा कुनै समस्या नहुने ओपन युनिभर्सिटीका डा. सिमेअन बार्बर भन्छन् । यी दुवै जना आउनु अघि नयाँ क्रुलाई आईएसएसमा पठाउनु पर्नेछ । यो मिसन एक डेढ महिनाले पछाडि धकेलिएको नासाले भनेको छ । नासाले अन्तरिक्ष यात्रीको समूहलाई २०२५ को फेब्रुअरीमा मात्रै आईएसएसमा पठाउँदै छ । सुनिता र बुच यिनै अन्तरिक्ष यात्री बोकेर गएको यानमा पृथ्वीमा फर्किनेछन् ।

एनपीएल: १० ओभर सकिँदा जनकपुरविरुद्ध कर्णालीले जोड्यो ६७ रन

काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङमा उत्रिएको कर्णाली याक्सले मध्ययम सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको कर्णालीले १० ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा ६७ रन बनाएर खेलिरहेको छ।

कर्णालीका ओपनर देव खनाल २४ रन बनाउँदै क्याच आउट भए। अर्का ओपनर जयकिसन कोल्सावाला १ रन बनाउँदा ललित राजवंशीको बलमा हर्ष ठाकेरबाट क्याच आउट हुन पुगे।

तेस्रो नम्बरमा ब्याटिङमा आएका जिसन मक्सुद १२ रन बनाउँदा मोहम्मद मोहसिनको बलमा विकेट किपर लाहिरु मिलान्थाको हातबाट पेभेलियन फर्के।

कर्णालीले चौथो विकेटको रुपमा विलियम बोसिस्टोलाई गुमाएको छ । १५ बलमा १४ रन जोडेका उनी ललित राजवंशीको बलमा आउट भएका छन् ।

यस्तो छ आजको बिदेशी बिनिमय दर

काठमाडौँ, ४ पुस । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरमा अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ २३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ २२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८६ रुपैयाँ शून्य एक पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८३ पैसा र बिक्रीदर आठ रुपैयाँ ८७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १० पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७ रुपैयाँ नौ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ नौ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ९९ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५२ रुपैयाँ २९ पैसा र बिक्रीदर तीन सय ५३ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुयैयाँ २९ पैसा र बिक्रीदर तीन सय ५३ रुपैयाँ ८४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

भ्रष्टाचारले सीमा नाघेकाले दुई ठूला दल मिल्नुपर्‍यो : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको हो भने ।

“हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ ।”, प्रधानमन्त्री ओलीले भने, “ नेकपा एमाले र नेपाली काँग्रेस समाज सुधारको एउटै लक्ष्य बनाएर अघि बढेका छन् । राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए । हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ । जातीय विभेद अन्त्यका लागि हामी विद्यमान कानुनमा संशोधनका निम्ति पनि लाग्नेछौँ ।”

प्रधानमन्त्री ओलीले जातीय छुवाछूत र साम्प्रदायिकतालाई निमिट्यान्न पार्न वर्तमान सरकार तत्पर प्रधानमन्त्रीले बताए । असमानता, अन्याय, छुवाछुत र दुःख भोगेर कोही सुखी हुन सक्दैन भन्दै उनले सुखी हुन असमानता र छुवाछूत हटाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानता सुनिश्चित गर्न संविधानमा नै व्यवस्था गरिएको बताए । “मान्छे एउटै हो । जन्मदै कोही पनि श्रेष्ठ हुँदैन । जन्मदै श्रेष्ठ वा ठूलो जातको हो भनिनु मान्य हुँदैन । सरकारले त्यस्ता कुराहरूलाई मान्यता दिँदैन”, उनले भने ।

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जातीय समानता सुनिश्चित गर्न संविधान र कानूनको पालनाका साथै सामाजिक सुधार पनि आवश्यक भएको बताए ।

 

खोज्नुहोस