अमेरिकी ‘पीस कोर’ ह्याच दम्पत्तीको डोटी प्रेम

सन १९६२ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन अफ कनेडीले ‘पीस कोर’ स्थापना गरे । संयुक्त राज्य अमेरिका र नेपाल सरकारबीचमा भएको द्धिपक्षीय सम्झौतापछि त्यही वर्षदेखि नेपालमा ‘पीस कोर’ आउन थाले । पहिलो वर्ष ७७ जना ‘पीस कोर’ नेपाल आए । र, बिभिन्न जिल्लामा गएर उनीहरुले स्वयमसेवा गरे । त्यसको चार वर्षपछि १९६६ मा आठ जना ‘पीस कोर’ नेपाल आए । ती मध्ये न्यान्सी ह्याच र डअ ह्याचले डोटी रोजे । र, पुगे सिलगढी । भर्खरै अध्ययन सकेर स्वयमसेवकका रुपमा नेपाल आएका ती अमेरिकन युवा दम्पत्तीले काठमाण्डौं भन्दा धेरै टाढा रहेको सिलगढीस्थित पदम पब्लिक बहुउद्देश्यीय हाईस्कुललाई आफ्नो कार्यक्षेत्र बनाए । जहाँ उनले आफ्नो जीवनका महत्वपूर्ण दुई वर्ष बिताए ।

त्यतिबेला धनगढी–डोटी जोड्ने सडक बनिसकेको थिएन । डोटीबाट धनगढी पुग्न कम्तिमा सात दिन लाग्थ्यो । सिलगढीबाट एकदिनमा कफल्लेकी वा नापानी । दोस्रो दिन मडे ओडार । महाभारतको लेक अन्तर्गत पर्ने त्यो ओडारमा मुर्दा ल्याउदा बास बस्ने हुनाले त्यसको नाम मडे ओडार राखिएको थियो । त्यहाँबाट चौथौ दिन खलबस्ता, गडसेरा । र, पाँचौ दिन जोरायल । छैठौ दिन खसरेको ओरालो । जो भासु नजिकै पथ्र्यो । सातौ दिन मछेलीको ओरोलो हुदै कोल्मुडा । आठौ दिन मालाखेती । र, साँझ खाना खाएर लडियामा रातभरी जंगलै जंगलको बाटो भएर बिहान ११ बजे धनगढी पुगिन्थ्यो ।

यो बाटो कसैले सात दिनमा पार गर्थे । कसैले आठ दिनमा । हिड्न नसक्नेले यही बाटोमा नौ दिन पनि लगाउथे । न्यान्सी र उनका श्रीमान डअ यही बाटो भएर सात दिनमा डोटीको सिलगढी पुगेका थिए ।

विद्यालयलाई त्यतिबेला दुई तहमा बिभाजन गरिएको थियो । एक देखि पाँच कक्षासम्मको पढाई प्राथमिक विद्यालय र छ देखि १० कक्षासम्मको पढाई हाईस्कुलमा हुन्थ्यो । सिलगढीमा भने छात्राहरुका लागि छुट्टै गल्र्स मिडिल स्कुल पनि थियो । जहाँ ६ कक्षादेखि ८ कक्षासम्म छात्राहरुको पढाई हुन्थ्यो । दिउसो काम गर्नु पर्ने भएकोले उनीहरुको पढाई विहान हुन्थ्यो । शारदा प्राथमिक विद्यालयमा सञ्चालित गल्र्स मिडिल स्कुल पछि बन्द भयो । त्यसबाहेक सिलगढीमा सिद्धी प्राथमिक विद्यालय र शैलेश्वरी प्राथमिक विद्यालय र भाषा पाठशाला पनि पढाई हुन्थ्यो ।

न्यान्सी र डअले पद्म पब्लिक बहुउद्देश्यीय हाईस्कुलमा दुई वर्ष पढाए । ह्याच दम्पत्तीले अंग्रेजी मात्र पढाएनन । उनीहरु बौद्धिक विकाससंगै शारिरिक विकासमा पनि उत्तिकै जोड दिन्थे । पढाईसंगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल हुनुपर्छ भन्ने उनीहरुको सोच थियो ।

ह्याच दम्पत्ती रानी पौवामा बस्थे । विद्यालयको समयमा पढाउथे । मध्यान्तर र विदाको समयमा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउँथे । उनी आफू पनि भलिबल खेल्थे । अरुलाई पनि खेलाउँथे ।

पहिले पद्म पब्लिक हाईस्कुल भनेर चिनिथ्यो । पाठ्यक्रममा कृषि, औद्यागिक शिक्षा, होम साईन्स र सेक्रेटेरियल साईन्स गरी चार वटा विषय थप भएपछि पदम पब्लिक बहुउद्देश्यीय हाईस्कुल भनेर लेखिन थालियो । त्यतिबेला प्रत्येक कक्षामा दुई वटा सेक्सन हुन्थे । विद्याथी संख्या चार सय भन्दा बढि हुन्थ्यो ।

बीएस्सी गरेर आएको शिक्षकलाई बिएस्सी मास्टर भनिन्थ्यो । उसको योग्यता जोडेर उसको पहिचान बन्थ्यो । राम्रो लेख्ने विद्यार्थीलाई नम्बर दिन शिक्षकहरु निकै कञ्जुस्याई गर्थे । एक जना शिक्षकले भनेको कुरा मुकेश श्रेष्ठ अहिले पनि सम्झिन्छन्, मैले त्यति नम्बर पाएको छैन । तिमीलाई कसरी दिनु ।

३३ अंक ल्याउने पास हुन्थ्यो । शिक्षकले अधिकांशलाई नम्बर ३३ दिन्थे । ४० वा त्यो भन्दा बढि पाउने त अपवाद हुन्थे । राम्रै विद्यार्थीलाई पनि धेरै अंक दिदा शिक्षकहरु गुन लगाएको ठान्थे ।

मुकेश श्रेष्ठले अंग्रेजीमा ७६ अंक पाए । त्यो नै सबैभन्दा बढि नम्बर थियो । उनी अहिले पनि त्यो सम्झेर दंग पर्छन । भन्छन्, विद्यार्थीभित्र आत्मविश्वास कसरी भर्न सकिन्छ, त्यो गुण न्यान्सीमा थियो । न्यान्सीले नै विद्यार्थीहरुलाई उनीहरुको पढाई र लेखाईमा जहिले प्रोत्साहन गरिन । र संगै अतिरिक्त क्रियाकलापमा पनि ।

एसलएसलीमा डोटीको रेकर्ड

त्यतिबेला अछाम, बझाङ, बाजुरा र डोटीको एलएलसीको केन्द्र सिलगढी थियो । एसएलसीको परीक्षाका लागि काठमाण्डौंबाट सुपरीटेण्डेण्ट सिलगढी जान्थे ।

२०२६ सालमा चार जिल्लाका डेढ सयभन्दा बढि एसएलसीको परीक्षामा सहभागी भएका थिए । उत्तीर्ण पाँच जना मात्र भए । त्यो पनि तृतीय श्रेणीमा । उत्तीर्ण हुने बीमा श्रेष्ठ, ओमराज श्रेष्ठ, चन्द्र प्रसाद जोशी, मुकेश श्रेष्ठ र सुबर्णमान श्रेष्ठ सहित पाँचै जना पदम पब्लिक बहुउद्देश्यीय हाईस्कुलका विद्यार्थी थिए ।

अमेरिकी राजदुत क्यारोल सी लेसको डोटी भ्रमण

सन १९६७ अर्थात आज भन्दा ५७ वर्षअघि तत्कालिन अमेरिकी राजदूत क्यारोल सी लेस डोटी पुग्ने हल्ला डढेलो झै फैलियो । राजदुत आउने दिन सिलगढीबाट हुलका हुल मान्छेहरु कृषि अनुसन्धान केन्द्र भागेतडा पुगे । राजदुत चढेको सानो जहाज भागेतडामा अवतरण भयो ।

बडाहाकिम हेम बहादुर कार्की र स्थानीयले त्यहाँ राजदुतको भव्य स्वागत गरे । त्यतिबेला सवारीको साधन घोडा थियो । त्यो पनि केही सिमित व्यक्तिसंग मात्र । कृषि अनुसन्धान केन्द्रको पनि घोडा थियो । त्यही घोडामा चढेर राजदूत क्यारोल सिलगढी पुगिन । सिलगढीमा उनको भव्य स्वागत भयो । अनुहार नै ढाकिने गरी स्थानीयले माला लगाई दिए । राजदूत स्थानीयको स्वागतबाट अत्यन्त खुशी भईन । पदम पब्लिक स्कुलमा राजदूतले आफ्ना कुरा राखिन । डोटीको शैक्षिक तथा भौतिक विकासमा अमेरिकाले गर्दै आएको सहयोगलाई बृद्धि गर्ने राजदुत क्यारोलले प्रतिबद्धता जनाईन ।

नेपाली झण्डा हातमा लिएर विद्यार्थीहरुले राजदूतको स्वागत गरेका थिए, त्यही लाईनमा थिए, मुकेश श्रेष्ठ पनि । भन्छन्, राजदूतको टेबलमा अमेरिका र नेपालको झण्डा राखिएको थियो । र, विद्यार्थीहरुका हातमा नेपालको झण्डा । उनी नेपालमा अमेरिकी राजदूतावास स्थापना भएपछि कार्यभार सम्हाल्ले पहिलो राजदूत थिईन ।

नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापित भएपछि ३ मे १९४८ मा भारतको दिल्लीमा नेपालका लागि अमेरिकी दूतावास स्थापना भएको थियो । ६ अगष्ट १९५९ मा नेपालमा अमेरिकी दूतावास स्थापना भयो । सात वटा राजदूतले भारतको दिल्लीबाटै काम गरेका थिए । यो नै क्यारोलको डोटी पहिलो भ्रमण थियो ।

डोटीको शिक्षा क्षेत्रमा ह्याच दम्पत्तीको योगदान

डोटीको शैक्षिक विकासमा ह्याच दम्पत्तीले पु¥याएको योगदान अतुलनीय रहेको उनका विद्यार्थीहरु बताउछन् । ह्याच दम्पत्तीले कितावी ज्ञान वा अंग्रेजी मात्र सिकाएनन । जीवन जिउने कला सिकाए । खेल चिनाए । खेल्ने बिधि सिकाए । र, बाँच्नका लागि आवश्यक व्यवहारिक ज्ञान र शिक्षा पनि    दिए ।

खेलमा समेत अत्यन्त रुचि राख्ने न्यान्सीले काठमाण्डौंमा पनि भित्रिई नसकेको खेलहरु डोटीमा भित्र्याएकी थिईन । बास्केटबल । क्रिकेट । बेसबल । उनलै डोटीमा भित्र्याएकी हुन् । त्यतिबेला यी खेलमा काठमाण्डौंमा पनि खेलिन्थेनन, सिद्धी गणेश श्रेष्ठले भन्छन्, २०२७ सालमा एलएसली दिएर उच्च शिक्षाका लागि काठमाण्डौं पुगेपछि त्यसको महशुस भयो ।

पढाईका साथै अतिरिक्त क्रियाकलापमा जुन किसिमको एक्सपोजर गर्नुभयो त्यस्ले सिलगढीबाट उत्पादित विद्यार्थीहरु जहाँ गएपनि पढाईका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल भए, न्यान्सीका विद्यार्थी सिद्धि गणेश श्रेष्ठ सम्झिन्छन्, बौद्धिक र शारिरिक विकास संगसंगै लैजानुपर्छ भन्ने न्यान्सीको सोच कति दुरदर्शी थियो । अहिले त्यसको महत्व थाह भयो ।

कृषि मन्त्रालय लामो समय सेवा गरेर सहसचिवबाट अबकाश पाएका ६३ वर्षीय सिद्धी गणेश र कृषि विकास बैंकको बिभागीय प्रमुखबाट अवकाश पाएका मुकेश श्रेष्ठ डोटीको शैक्षिक विकासमा र खासगरी अंग्रेजीको जग बसालेर डोटीका विद्यार्थीलाई अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनुको श्रेय न्यान्सी र उनका पति डअलाई दिन्छन् ।

कृषिमा मास्टर्स गर्न गएका बेला सिद्धि गणेशले थाह पाए कि, विकसित फिलिपिन्समा त्यो प्रबिधि भित्रिएको थिएन । जुन न्यान्सीले डोटीमा सिकाएकी थिईन ।

पदम पब्लिकबाट एसएलसी पास भएपछि काठमाण्डौं गएका सिद्धी गणेश काठमाण्डौबाट आईएस्सी पुरा गरेपछि कृषिमा स्नातक गर्न भारत गए । त्यहाँबाट १९७८ मा बीएस्सी एजी गरेपछि कृषिमै मास्टर्स गर्न छि फिलिपन्समा गएका थिए ।

शिक्षा के हो ? शिक्षा भनेको बुक मात्र होईन । अंग्रेजी के हो ? अंग्रेजीको महत्व र शिक्षासंगै अतिरिक्त क्रियाकलापको महत्व हामीले न्यान्सीबाट सिक्यौ, सिद्धी गणेश भन्छन्, अहिले मण्टेश्वरी र प्रि पाईमरी स्कुलमा देखिने प्रयोगात्मक शिक्षा ५८ वर्षअघि न्यान्सीले डोटीमा अभ्यास गरेकी थिईन । जो अहिले नेपालमा लागु भएको छ ।

नेपाली काँग्रेस डोटीका नेता  भरत खड्का डोटीको शैक्षिक विकासमा अमेरिकन पीस कोर भोलेन्टेरको योगदान उल्लेख्य रहेको सुनाउछन् । त्यतिबेला दुई किसिमका पीस कोर भोलेन्टेर हुन्थे । पहिलो, विद्यालयमा पढाउने । दोस्रो, विकासका आयोजनाका बारेमा सिकाउने । तथा त्यसको प्राबिधिक ज्ञान दिने । प्राबिधिक ज्ञान दिने पीस कोर भोलेन्टेरहरु जिल्ला पञ्चायत अन्तर्गत काम  गर्थे ।

खड्काका अनुसार डोटीमा त्यतिबेला चार जना पीस कोर भोलेन्टेर थिए । न्यान्सी र डअ पदम पब्लिकमा पढाउथे । जर्ज र म्याट जिल्ला पञ्चायतका योजनाहरुमा सहयोग गर्थे ।

अमेरिकन पीस कोर भोलेन्टेर म्याट केही समय फुलौट गाउँमा समेत बसेका थिए । उनी कतिसम्म सरल र सहज थिए भने गाउँमा जे पाक्थ्यो, त्यो निसंकोच खान्थे ।

डोटीमा २० को दशकदेखि २०३६ सालसम्म अमेरिकन पीस कोर भोलेन्टेरहरुले स्वयमसेवा गरेका थिए । उनीहरुको सम्पूर्ण खर्च अमेरिकी सरकारले व्यहोथ्र्यो ।

डोटीबाट फर्केको ५६ वर्षपछि पनि न्यान्सी र डअले डोटीलाई बिर्सेका छैनन । जीवनको उत्तरार्धमा पनि ह्याच दम्पत्तीको डोटी प्रतिको माया उस्तै छ । उनीहरु डोटीमा बिताएका पल पल याद गरिरहन्छन् । र, ती यादहरुलाई सामाजिक सञ्जालमा पोखिरहन्छन । उनीहरुले पछिल्लो समय आफ्नो डोटी बसाईका क्रममा खिचेका तस्वीरहरु सार्वजनिक गरेका छन् ।

५८ वर्ष अघि नेपाल आएका आठ जना पीस कोर भोलेन्टर यतिबेला जीवनको उत्तरार्धमा छन् । नेपालमा बिताएका जीवनका महत्वपूर्ण दुई वर्ष र त्यो अबधिमा संगालेका अनुभवहरु उनीहरु एक आपसमा अहिले पनि बाडिरहन्छन । कोरोनाको कहरले पनि यादहरु साट्ने त्यो प्रकृयालाई रोक्न सकेन । उनीहरुका बीचमा त्यो अबधिमा पनि हरेक बुधवार भर्चुअल मिटिङ भईरह्यो ।

डोटीमा बिताएका दुई वर्ष न्यान्सी र उनका पति डाअ सम्झिरहन्छ । जव डोटीको यादले चिमोट्छ, ह्याच दम्पत्तीलाई । तव पल्टाउन्छन, अतितमा कैद गरेका तस्वीरहरुको एल्बम । ती एल्बमहरुमा कैद छन्, ५८ वर्षअघिको डोटीका तस्वीरहरु । जसरी न्यान्सी र ह्याचले ५८ वर्षपछि पनि डोटीलाई ‘मिस’ गरिरहेका छन् ।

त्यसैगरी ५८वर्षअघि ह्याच दम्पत्तीले डोटीको शैक्षिक विकासमा पु¥याएको अतुलनीय योगदान सम्झिदै उनका पूर्व विद्यार्थीहरु भन्छन्, न्यान्सी तिमी र तिमीले लगाएको गुन हामी कसरी बिर्सिन सक्छौ । तिमी र तिम्रा पति डाअलाई धन्यवाद । तिम्रो योगदान त डोटीको पुस्तौ पुस्ताले सम्झिरहने छन् ।

डोटी त ह्याच दम्पत्तीको सम्झनामा अझै ताजा छ, अमेरिकामा रहेका धनगढीका हरी जोशी भन्छन्, डोटी फेरियो कि उस्तै छ ? ह्याच दम्पत्ती सोधिरहन्छन् ।

बोक्सीको आरोपमा निर्घात कुटपिट, चार दिनदेखि आईसीयूमा

कैेलाली । गाउँलेहरूले बोक्सीको आरोपमा निर्घात कुटपिट गरेपछि कैलालीको भजनीकी एक महिला गम्भीर घाइते छिन्। आईसीयूमा उनको उपचार चलिरहेको छ।

कैलालीको भजनकी ३० वर्षीया पूजालाई गाउँले मिलेर बोक्सी भन्दै कुटपिट गरेका हुन्। उनीहरूले पुस ४ गते दिउँसो ३ बजे घरबाट तानेर लगी कुटपिट गरेको उनकी आमा सरस्वती बताउँछिन्। “गाउँकै बडघर, भलमन्सा र गुरुवाको आदेशमा सबै मिलेर बोक्सी भन्दै कुटे,” उनी भन्छिन्।

यसअघि पनि बोक्सी भनेर कुटपिट गरेका थिए। त्यति वेला सहेर बसेको सरस्वती सुनाउँछिन्। “बोक्सी भनेर कुटपिट गरेको यो चौथो पटक हो,” उनी भन्छिन्, “पहिले त अलिअलि कुटपिट गर्थे, यस पटक मर्ने गरी कुटे।”

सरस्वतीका अनुसार गाउँलेहरू पुस १ गते राति पूजाको घरमा आएका थिए। राति ८ बजे आएका गाउँलेले उनलाई घरमै कुटपिट गरेका थिए। “गाउँलेले ‘म बोक्सी हुँ, गल्ती गरें, माफ गर’ भन्न लगाएका थिए,” सरस्वती भन्छिन्, “छोरीले ‘म बोक्सी होइन, किन माफी माग्ने’ भनेकी थिइन्।”

छोरीले माफी नमागेपछि उनीहरूले पुस ४ गते दिउँसो घरमै आएर कपाल तानेर लगेको सरस्वती बताउँछिन्। घरबाट तानेर करीब ५०० मिटर पर लगेपछि सबै मिलेर कुटपिट गरेको उनको भनाइ छ।

उनीहरूले लाठी र खुट्टाले निर्घात कुटपिट गरेका छन्। पूजाका शरीरभरि नीलडाम छन्। मारिदिने भन्दै कोदालोले हिर्काउँदा उनी बेहोश भएको आमाले सुनाउँछिन्।

कुटपिटबाट पूजाको शरीरमा बनेका निलडाम।
पूजा बेहोश भएपछि बचाउन उनका भाइ आएका थिए। भाइलाई पनि कुटपट गरिएको छ। “साना नातिलाई पनि छोडेनन्, बोक्सीको सन्तानलाई सिध्याउनुपर्छ भन्दै लछारपछार गरे,” सरस्वती भन्छिन्।

पूजाका पाँच र दुई वर्षका दुई छोरा छन्। श्रीमान् रोजगारीका लागि भारतमा छन्। आर्थिक अवस्था कमजोर भएकाले बोक्सी भन्दै हेप्ने गरेको उनी सुनाउँछिन्।

कुटपिट गर्दा प्रहरीलाई खबर गरेका थिए। दुई जना प्रहरी घटनास्थलमा पुगेका पनि थिए। तर उनीहरूले पनि सहयोग नगरेको आमा सरस्वती सुनाउँछिन्।

कुटपिटका कारण पूजा अचेत भएपछि मात्रै छोडेका थिए। त्यसपछि बेलुका ५ बजे आफन्तजनले भजनी नगरपालिकाको स्वास्थ्य केन्द्रमा लगेका थिए। त्यहाँ उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको थियो।

अहिले धनगढीस्थित नवजीवन अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उनको उपचार भइरहेको छ। उनको होशमा आए पनि अझै केही दिन अस्पतालमा राख्नुपर्ने उपचारमा संलग्न डा. विदुरमणि ढकाल बताउँछन्। “कुटपिटले मांसपेशीमा नराम्रोसँग असर परेको छ। रगतमा इन्फेक्शन पनि हुन सक्ने र मुटुमा असर पुग्न सक्ने भएकाले केही दिन निगरानीमा राख्नुपर्छ,” डा. ढकाल भन्छन्।

आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न समस्या भइरहेको पूजा दुखेसो गर्छिन्। आईसीयूमा रहेकी पूजाले हिमालखबरसँगको संक्षिप्त कुराकानीमा सबै गाउँले मिलेर आफूलाई बाँच्नै अप्ठ्यारो पारेको बताउँछिन्। “मसँग उपचार गर्ने पैसा छैन। मेरो उपचारको जिम्मा कसले लिन्छ?” उनी भन्छिन्।

भलमन्सा लालबहादुर चौधरीले कुटपिट गर्न आदेश दिएको पूजा बनाउँछिन्। “भलमन्साले बोक्सी हो, कुट भन्यो, त्यसपछि कुटपिट गर्न थाले। गाउँका मान्छे हेरेर बसिरहे,” पूजा सुनाउँछिन्।

कुटपिट गर्नेलाई कारबाही हुनुपर्ने र आफूलाई गाउँमा बस्ने व्यवस्था गरिदिनुपर्ने उनको माग छ। उनीहरूलाई कारबाही नभएमा आफू गाउँमा बस्नै नसक्ने पूजा सुनाउँछिन्। “अब म त्यो समाजमा कसरी फर्कने? शरीरमा लागेको घाउ त निको होला, समाजले गरेको तिरस्कार कसरी निको हुन्छ,” उनी प्रश्न गर्छिन्।

कुटपिटमा संलग्न ६ जना विरुद्ध पूजाका परिवारजनले प्रहरीमा किटानी जाहेरी दिएका छन्। उनीहरूमध्ये चार जनालाई पक्राउ गरिसकिएको र दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले बताए।

कुटपिटमा संलग्न रहेको आरोपमा लाहनु चौधरी, मनोज चौधरी, रूपा चौधरी र बाबुराम चौधरी पक्राउ परेका छन्। किटानी जाहेरी परेका जयराम चौधरी र करन चौधरीको खोजी भइरहेको एसपी विष्टको भनाइ छ।

त्यस्तै, बोक्सी भनेर कुटपिट गर्न आदेश दिने भलमन्सालाई पनि कारबाही गरिने प्रहरीको भनाइ छ। भलमन्सा लालबहादुर चौधरीले कुटपिट गर्न आदेश दिएको पीडितको भनाइ छ।

कारबाही नहुँदा कुटपिट

बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कारबाही नहुँदा यस्तो घटना दोहोरिने गरेको पाइएको छ। यसअघि कात्तिक २२ मा कैलालीको टीकापुर नगरपालिकाकी ४३ वर्षीया महिलालाई पनि बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको थियो। घाँटी थिचेर मार्न खोजिएको उनी सुनाउँछिन्।

पीडितले कुटपिट गर्ने विरुद्ध इलाका प्रहरी कार्यालय, टीकापुरमा किटानी जाहेरी दिएकी थिइन्। “प्रहरीले कुटपिट गर्नेलाई केही दिन हिरासतमा राखेर छोडिदियो,” उनी भन्छिन्।

कारबाही नहुँदा यस्ता घटना दोहोरिने गरेको अधिकारकर्मी बताउँछन्। हानिकारक परम्परागत अभ्यासको आडमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनाको अभिलेख राखेको ओरेक नेपाल, कैलालीकी प्रमुख गीता चौधरी दोषीलाई कारबाही गर्नुपर्ने बताउँछिन्। “कारबाही नहुँदासम्म यस्ता घटना भइरहन्छन्,” उनी भन्छिन्।

ओरेक नेपालको तथ्यांक अनुसार गएको एक वर्षमा ११ जनालाई बोक्सीको आरोपमा शारीरिक तथा मानसिक यातना दिइएको छ। त्यस्तै, हानिकारक परम्परागत अभ्यासको आडमा ९३ जना महिला तथा किशोरीमाथि हिंसा भएको तथ्यांक छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार गत आर्थिक वर्षमा २३ जनालाई बोक्सीको आरोपमा हिंसा भएको थियो।

नेपालको संविधानको धारा ३८ (३)मा महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नहुने व्यवस्था छ।

यस्तो कार्य कानून बमोजिम दण्डनीय मानिएको छ। यसमा संलग्नलाई कैद सजायको व्यवस्था गरिएको छ। बोक्सीको आरोप, कसूर र सजाय ऐन, २०७२ को दफा ११ को उपदफा (ङ)मा पाँचदेखि आठ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ। – हिमाल खबरबाट

(पीडितको नाम परिवर्तन गरिएको छ।)

सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुला गर्न तयारी

काठमाडौँ : नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारी गर्न कार्यदल गठन गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अतिरिक्त सचिव डा टङ्क बराकोटीको नेतृत्वमा सेना तथा प्रहरीका अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने गरी व्यवस्था गर्न कार्यदल बनाएका हुन । कार्यदललाई सर्वसाधारणलाई समेत सेवा दिनका लागि आवश्यक कार्यविधि तयार गर्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन दिन भनिएको छ ।

गत जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र नेपाली सेना मातहतका संस्थाबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा खुला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवं कार्यविधि बनाउने निर्णय गरेको थियो । मन्त्री पौडेलले गत साता कार्यदललाई सशस्त्र प्रहरी बलद्वारा सञ्चालित अस्पतालका हकमा समेत अध्ययन गर्न निर्देशन दिएका थिए । कार्यदलले विज्ञ तथा सरोकारवालासँग छलफल गरेर कार्यविधि तयार पार्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

कार्यदलमा गृह तथा रक्षा मन्त्रालयका प्रतिनिधिका साथै सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधिसँगै मन्त्रालयका अधिकारीहरुसमेत रहेका छन् । सर्वसाधारणलाई समेत सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालको सेवा उपलब्ध गराउन मन्त्री पौडेलले विगतको निर्णय कार्यान्वयन गराउन प्रक्रिया अघि बढाएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए ।

 

मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन

काठमाडौं । मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । आज बिहान उनी जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा मृत फेला परेको पारिवारिक स्रोतले बतायो ।

उनका श्रीमान बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए । त्यसपछि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुल्न भने बाँकी छ ।

सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी संस्थापक अध्यक्ष हुन् । उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता) को सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो ।

भारतीय गायक सोनु निगम नेपाल आउँदै

काठमाडौं । भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताएका छन्। यही पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रमका लागि भिडियो सन्देश पठाउँदै उनले नेपालीसँग पहिलोपटक साक्षात्कार हुने बताए।

उनले भनेका छन्, ‘मैले नेपाली गीत धेरै गाए पनि नेपालमा कन्सर्ट भने गरेको छैन। अहिले नेपालीसँग साक्षात्कार गर्ने अवसर जुटेकोछ, म उक्त दिनको प्रतीक्षामा छु। नेपाली र भारतीय गीतमार्फत उपस्थित दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी राख्ने छैन।’

आयोजक संस्था नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकसँगै नेपाली गीतसङ्गीत पनि प्रस्तुत गर्न सक्ने भएकाले नेपाल ल्याउन लागिएको बताए।

‘उहाँले धेरै नेपाली गीत गाउनुभएको छ। यसअघि नेपालमा उहाँलाई लिएर कन्सर्ट आयोजना भएको छैन। सोही कारण हामीले उहाँलाई नेपालीमाझ प्रस्तुत गर्न लागेका हौँ। उहाँले साङ्गीतिक समूहसँग आफ्नो प्रस्तुति दिनु हुनेछ। उहाँ नेपाल आउने सन्दर्भमा निकै उत्साहित र प्रतीक्षारत हुनुहुन्छ’, निर्देशक घिमिरेले भने।

लाइट र साउण्डको सामान मिलाएर स्टेज तयारी गर्ने कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। १२ हजार दर्शक क्षमता रहेको ह्यात चौरमा छ हजार दर्शकले टिकेट खरिद गरिसकेको निर्देशक घिमिरेले जानकारी दिए।

‘हामीले कार्यक्रमलाई सभ्य र भव्य बनाउने प्रयासमा तयारी गरेका छौँ। सोहीअनुसार अस्ट्रेलिया र हङकङपश्चात् नेपालमा पनि कार्यक्रम गर्न सुरु गरेका हौँ। आगामी दिनमा स्वदेशी तथा विदेशी कलाकारलाई नेपाली दर्शकमाझ व्यवस्थित रूपमा प्रस्तुत गर्ने तयारीमा छौँ’, उनले भने।

गायक निगमले स्वर दिएको ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन्। यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन्।

उक्त कार्यक्रमका लागि न्यूनतम दुई हजारदेखि अधिकतम ५० हजारसम्मको टिकेट राखिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार गायक निगम पुस १० गते बिहान नेपाल आउने छन्।

रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन हुने

काठमाण्डौं, ८ पुस ।
रास्वपा सभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ ।

सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।
यस विषयमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेविरुद्ध मुद्दा दर्र्ता भएको संसद् सचिवालयलाई सूचना पठाइसकेको छ भने उक्त सूचना संसद् सचिवालयमा पुगिसकेको बुझिएको छ ।

सम्पत्ति शुद्धीकरण ऐन अनुसार लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिईन।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ९संशोधनसहित० को दफा ९२७० बमोजिम पद निलम्बन हुने भएको हो । ऐनमा भनिएको छ, “प्रचलित कानुनबमोजिम स्थापित सङ्गठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकामा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिने छ ।”

रास्वपा सभापति लामिछाने सहित ४४ जनाविरुद्ध मुद्दा दर्ता

काठमाण्डौं, ८ पुस । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको छ । कास्की जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अभियोगपत्र दर्ता गराएको हो ।

३१ व्यक्ति, आठ कम्पनी र जफत प्रयोजनका लागि पाँच व्यक्ति गरी ४४ जना प्रतिवादी कायम भएका छन् । कास्की प्रहरीले गएको पुस २ गते सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको थियो ।
गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित पूर्वउपाध्यक्ष छविलाल जोशी, जिबी एन्ड कम्पनीकी कर्मचारी लीला पछाई र रामबहादुर खनाललाई सम्पत्ति शुद्धीकरण अभियोगसमेत लगाइएको छ ।

सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ भने १९ जनाविरुद्ध सङ्गठित अपराध अभियोगमा कारबाही चलाउन माग गरिएको छ ।

सरकारी वकिल कार्यालयकी सूचना अधिकारी शान्तिदेवी शर्माले कसुर अनुसार फरक फरक मागदाबी लिइएको जानकारी दिईन । “सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरणसहित राष्ट्र बैङ्क ऐनविरुद्धको कसुरमा अभियोगपत्र दायर गरिएको छ,” शर्माले भनिन, “शुक्रबार थप अभियोगपत्र दर्ता गरेका थियौँ, आइतबार पूरक अभियोगपत्र दर्ता भयो ।”

सूर्यदर्शन प्रकरणमा मूल अभियोग र पूरक अभियोग गरी ६३ जनालाई प्रतिवादी कायम गरिएको छ । यो अभियोगमा गितेन्द्रबाबु (जिबी) राईसहित देवेन्द्रबाबु राई, विज्ञान राई, दीपेशकुमार पुन, नेत्रपाणि बास्तोला, आरती गुरुङ, लीलाबहादुर गुरुङलगायतलाई प्रतिवादी बनाइएको छ ।

यस्तै पेशलकुमार राई, कृष्णबहादुर गुरुङ, विश्वविक्रम राई, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठ, ज्ञानबहादुर बम्जन, मीना गुरुङ, सूर्यध्वज न्यौपाने, देवकुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मीप्रसाद पौडेललाई पनि मुद्दा दायर भएको छ ।

लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपियाँको स्रोत नखुलेको दाबीसहित सम्पत्ति शुद्धीकरण अभियोग छ । जोशीविरुद्ध भने ७४ करोड ३४ लाख सात हजार १५५ रुपियाँ यो अभियोगमा बिगो कायम गरिएको छ । लामिछानेकी पत्नी निकिता पौडेल, जोशीकी पत्नी पद्मा, छोरा रोचकलगायत पाँच जनालाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले आइतबार अभियोगपत्र दर्ता गर्न मात्र सकिएको उल्लेख गरे । “दर्ता प्रक्रिया सकियो । हामी मिसिल अध्ययनमै छौँ,” अधिकारीले भने, “सोमबार प्रतिवादीको बयान सुरु हुन्छ । बयान सकिएपछि थुनछेक बहस आरम्भ हुन्छ ।”

अभियोगपत्रमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपियाँ बिगो मागदाबी लिइएको छ । संसदीय समितिको प्रतिवेदनले सूर्यदर्शन सहकारीबाट पाँच करोड ५८ लाख गोर्खा मिडियामा गएको उल्लेख गरेको थियो । देशभरका सहकारीबाट ६५ करोड गोर्खा मिडिया नेटवर्कमा लगी दुरुपयोग हुँदा लामिछाने त्यसको प्रबन्ध निर्देशक थिए । लामिछानेको नाममा समेत सूर्यदर्शन सहकारीबाट एक करोड रकम जम्मा भएको देखिएको छ ।

देशका मुख्य सहरहरूमा सहकारी खोली बचत र सेयर रकम हिनामिना गर्नेसहित ३७ प्रतिवादी फरार छन् भने नौ जना पुर्पक्षका लागि थुनामा छन् । शुक्रबार यसअघि अदालतबाट मुद्दा चलेका जिबीसहित १९ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता भएको थियो । सहकारी ठगीमा मात्र मुद्दा चलाइएका उनीहरूविरुद्ध सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग थपिएको छ ।

जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाण्डौं, ७ पुस ।

सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा. शैल रूपाखेतीले जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टेनमायरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति भवनमा गत बुधबार आयोजित समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रमाणपत्र पेस गरेपश्चात राष्ट्रपतिसँग भएको छोटो भेटघाट र कुराकानीकाक्रममा राजदूत डा. रूपाखेतीले नेपालको वर्तमान राजनीतिक घटनाक्रम, भूराजनीति र नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराएका थिए ।

त्यस अवसरमा जर्मनीका राष्ट्रपति स्टेनमायरले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको  जर्मनीमा यसैवर्ष भएको भेटको सन्दर्भ र दुई देशबिचको वर्तमान सम्बन्धबारे चर्चा गरेका थिए ।
सो समारोहमा जर्मनीका उच्च पदस्थ अधिकारीहरू र नेपाली राजदूतावास बर्लिनका अधिकारीको पनि उपस्थिति रहेको थियो ।

रूसले पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको दावी

मस्को, ७ पुस। रूसले आइतबार पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको जनाएको छ ।

रक्षा मन्त्रालयले टेलिग्राममार्फत् जारी एक विज्ञप्तिमा भनिएको छ, “रूसी सेनाले उत्तरपूर्वी खार्किभ क्षेत्रको लोजोभा र युक्रेनको सोन्त्सिभका भनिने क्रास्नोय गाउँलाई ‘मुक्त’ गरेको छ ।

क्रास्नोय कुराखोभको संसाधन क्षेत्रको नजिकमा रहेको छ । रूसले लगभग खार्किभको सवै भागलाई घेरेको छ र यो सम्पूर्ण डोनेट्स्क क्षेत्र कब्जा गर्ने मस्कोको प्रयासको लागि प्रमुख उपलब्धि हुनेछ ।

आगामी जनवरीमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आउनुअघि नै रुसले पूर्वी युक्रेनमा आफ्नो प्रगति तीव्र बनाएको छ ।

रिपब्लिकन पार्टीले युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै ठोस शर्त प्रस्ताव नगरी करिब तीन वर्षदेखि जारी द्वन्द्वको शीघ्र अन्त्य गर्ने वाचा गरेको छ ।

मस्कोको सेनाले यस वर्ष १९० भन्दा बढी युक्रेनी बस्तीहरू कब्जा गरेको दाबी गरेको छ । किएभले जनशक्ति र गोलाबारुदको अभावबीच आफ्नो गुमेको भूभाग फिर्ता लिने कठिन यात्राको सामना गरिरहेको छ ।

यस्तो छ आजको विदेशी मुद्राको बिनिमय दर

काठमाडौँ, ८ पुस । नेपाल राष्ट्र बैंकले  सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ ।

युरो, पाउण्ड स्टर्लिङ, स्वस फ्र्याङ्क, अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलर जापानी येन,  साउदी रियाल, थाई भाट साउथ कोरियन वन, स्विडिस र डेनिस क्रोनर, कुवेती र बहराइन दिनार तथा ओमनी रियालको भाउ बढेको छ ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३  पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८५ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६०  पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६८ पैसा र बिक्रीदर आठ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४०  पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ०३ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६२ पैसा, ओमानी रियाल एकको खरिदर तीन सय ५२ रुयैयाँ ५३ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ०९ पैसा तोकिएको छ । त्यसैगरी  भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

प्रस्तुत विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने केन्द्रीय बैंक जनाएको छ ।

‘आँखाले देखेको बिर्सिन नसकिने दरवार हत्याकाण्ड’

राजा वीरेन्द्रको सुरक्षाका लागि म दरवारमा खटिएको थिए । आफ्नो ड्युटी सकिएपछि क्वार्टरमा फर्किन्थे । सधै झैं २०५८ जेठ १९ गते साँझ ५ बजे म ड्युटी सकेर गंगबुस्थित आफ्नो क्वार्टर फर्के । राति ११ः३० बजे तुरुन्त दरवार आउनु भनेर कल आयो । कारण भनिएन । माथिको आदेश थियो–तत्काल आउनु ।

म तत्काल दरवार पुगे । त्यहाँको भयावह अवस्था देखेपछि भने म स्तब्ध भए । राजा वीरेन्द्र, रानी ऐश्वर्य सहित ११ जना गोलीको शिकार हुनुभएको थियो । दरवार रक्तरञ्जित थियो । सबैका लागि त्यो अकल्पनीय घट्ना थियो । त्यहाँ पुगेपछि मेरो दिमागले केही सोच्नै सकेन । के गर्ने, के नगर्ने अन्यौल म किमकर्तव्यबिमूढ थिए ।

राजा वीरेन्द्रको सुरक्षा मेरो जिम्मेवारी थियो । तर गोलीको शिकार हुनुभएका राजा बिरेन्द्रको अवस्थाका बारेमा कसैले केही भन्न सकिरहेका थिएनन । म बेला बेला अधिराजकुमार निराजनको सुरक्षामा खटिने गर्थे । उहाँको अवस्थापनि चिन्ताजनक रहेको सुने । म दरवारभित्र पुग्दा अस्पताल लैजानु पर्नेलाई अस्पताल लगिसकिईको थियो ।

भयावह घट्नापछि दरवार भित्र सन्नाटा थियो । त्यहाँ मुर्दा शान्ति थियो । कसैको दिमागले काम गरिरहेको थिएन । कोहीकसैसंग बोलिरहेका थिएन । सबैका ओठ बन्द थिए । हात चलिरहेका थिएनन । सबैका आँखामा त्रास थियो । सबै निर्जिव जस्ता लाग्थे । त्यहाँको अवस्था हेर्दा नर्मल अवस्थामा आउछ कि आउदैन लाग्थ्यो ।

राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानेर हत्या गरेर त्यसपछि युवराज दीपेन्द्रले आफैँमाथि गोली प्रहार गरेका   थिए ।

अधिराजकुमार ज्ञानेन्द्र शाह दरवारभित्र त्यो घट्ना हुदा पोखरा हुनुहुन्थ्यो । राति नै उहाँलाई काठमाण्डौं ल्याउने प्रयत्न मौसमको प्रतिकुलताका कारण सफल हुन सकेन । अधिराजकुमार शाह बिहान काठमाण्डौं आइपुग्नुभयो । अस्पतालको हेलिप्याडमा ओर्लिनुभएका अधिराजकुमार ज्ञानेन्द्रलाई लिन प्रधानमन्त्री कोईराला हेलिप्याडसम्म जानुभयो ।

म जसको सुरक्षाका लागि दरवारमा खटिएको थिए । उहाँहरु मध्ये कोही पनि जीवित हुनुहुन्थेन । राजपरिवारका सबै सदस्यको सामूहिक अन्तिम संस्कार गरियो । जनताका लोकप्रिय राजा बिरेन्द्र र राजपरिवारका सदस्यहरुको अन्त्येष्टिमा पुरै देश रोयो । नागरिकहरु राजपरिवारको तस्वीरहरु बोकेर स्वतस्फूर्त रुपमा सडकमा उत्रिए । पुरै देश शोकमा डुब्यो । नरुने सायदै कोही थियो होला ।

घाईते अवस्थामा अस्पताल लगिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो । यद्दपि बाहिर उहाँको मृत्यु भईसकेको आंकलन गरिएको थियो । अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पिएको थियो । २०५८ जेठ २२ गते राजा दीपेन्द्रको मृत्युको औपचारिक घोषणा गरियो । र ज्ञानेन्द्र नयाँ राजा घोषित हुनुभयो ।

नयाँ राजाले सर्वोच्च अदालतका प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालिन सभामुख तारानाथ रानाभाट रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाका सम्बन्धमा छानबिन गर्न आदेश दिनुभएको थियो । एक हप्तापछि समितिले राजालाई प्रतिवेदन प्रस्तुत गर्दै त्यसलाई सार्वजनिक गरेको थियो । प्रतिवेदनमा लागू पदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको निष्कर्ष निकालिएको थियो ।

म सधै राजा वीरेन्द्रको सुरक्षामा खटिन्थे । त्यसदिन भने अधिराजकुमार निराजनको सुरक्षामा खटिएको थिए । साँझ ५ बजे मेरो ड्युटी सकियो । र, म क्वार्टर तर्फ गए । त्यसदिन दरवारभित्र राजपरिवारको भोज थियो । राजाका नजिकका आफन्तहरुलाई भोजमा बोलाईएको थियो । तर को को बोलाईएका थिए, थाह थिएन ।

दरवार भित्रको कार्यक्रम भएको हुनाले मलाई घर जान छुट मिलेको थियो । किनकी दरवार भित्र हुने भोज वा कार्यक्रममा राजाको सुरक्षामा खटिएका सुरक्षाकर्मी पनि जान मिल्दैनथ्यो । यो दरवारको नियम थियो । त्यसैले म पाँच बजे क्वार्टर तर्फ निस्किए । दरवार बाहिर भोज अथवा राजा सहभागी हुने कुनै पनि किसिमको कार्यक्रम भए म निस्किन पाउदैनथे । किनकी त्यस्तो अवस्थामा राजाको सुरक्षामा रहेका सुरक्षाकर्मीहरुसंगै हुनुपथ्र्यो । बाहिर जान पाईदैनथ्यो ।

दुर्भाग्यवश त्यसदिन मैले राजाको सुरक्षा गर्ने अवसर गुमाए । देश र जनताले त्यो बिभत्स हत्याकाण्डमा अभिभावक गुमायो ।
मैले आफ्नो ज्यान जोखिममा पारेर भयानक गाडी दुर्घटनाबाट जोगाएका अधिराजकुमार निराजनको समेत दरवार हत्याकाण्डमा मृत्यु भयो । राजा बिरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार निराजनबाट पाएको त्यो स्नेह र मिठो व्यवहार सम्झेर दरवार हत्याकाण्डपछिका धेरै रात म निदाउन सकेन । हत्याकाण्डपछि पनि नियमित रुपमा दरवार जान्थे । तर दिमागले काम गरिरहेको थिएन ।

म एक पटक दुर्घटनामा परी गम्भीर घाईते हुदा राजाले हरेक दिन मेरो स्वास्थ्य अवस्था प्रति चासो र चिन्ता व्यक्त गर्नुहुन्थ्यो । मेरो उपचारको सम्पूर्ण खर्च पनि दरवारले बेहोरेको थियो । राजाको सदाशयता, चिन्ता र चासोले म क्रमशः निको हुदै गए । राजाको व्यबहार र बोली मेरा लागि औषधीतुल्य थियो ।

म जस्तो एक सामान्य प्रहरी निरीक्षकसंग राजाले आफ्नो सन्तानलाई झै गरेको त्यो स्नेह म जिन्दगी भर कहिल्यै बिर्सिन सक्दैन । मेरा लागि उहाँको त्यो स्नेह नै मल्हम थियो । त्यही ओखती ।

देश र जनताले लोकप्रिय राजा गुमाए । मैले मलाई स्नेह गर्ने अभिभावक । जसको स्नेह र ममता सम्झिदा पनि मन भक्कानिन्छ । र, फर्किन्छु ती अतितका यादहरुमा, जहाँ राजाका हरेक शब्दहरु मेरा कानमा गुञ्जिन्छन । र, उहाँको सन्निक्ट बिताएका ती दिव्यपलहरुले भावबिभोर हुन्छु । मेरो जीवन र प्रहरी सेवाका ती अवस्मरणीय पलहरु कहिल्यै बिर्सिन सक्दैन । म जस्तो सामान्य मान्छेलाई आफ्ना सन्तानलाई झै सञ्चो बिसञ्चो सोध्ने र शिघ्र स्वास्थ्य लाभको कामना गर्ने राजा वीरेन्द्र यो संसारमा रहनुभएन भन्ने कुरा विश्वास गर्न धेरै समयसम्म गाह्रो भयो । तर सत्य यही थियो, उहाँहरु हामी माझ रहनुभएन ।

२०५७ पुस ४ गते राति ११ बजे गंगबुमा भएको भयानक दुर्घटनामा अधिराजकुमार निराजनलाई जोगाउदा म मुस्किलले बाँचेको थिए । नागार्जुन निवास जादै गरेको बेला हामी (म र अधिराजकुमार निराजन) चढेको गाडी राति गंगबुमा प्रहरीको गाडीसंग ठोक्किएको थियो । अधिराजकुमार निराजनले गाडी चलाईरहनुभएको थियो । उहाँलाई जोगाउने क्रममा स्टेरिङमा मेरो छाती   पर्दा करङका आठ वटा हड्डी भाँचिएका थिए । टाउको र ‘स्पाईनल कर्ड’मा गम्भीर चोट लागेको थियो । देब्रे हात भाँचिएको थियो ।

त्यो भयानक दुर्घटनापछि मैले तीन महिना अस्पतालको शैयामा बिताए । र, डिस्चार्ज भए । हिडडुल गर्न अझै सहजै भईसकेको थिएन । घरमै थेरापी शुरु गरे । दुखाई र घाउ निको हुदै गयो । म घरमा आराम गरिरहेको थिए । राजा वीरेन्द्रले सोध्नुभएछ, बिक्रम यतिका समयसम्म किन आएन ? उसलाई कस्तो छ ? राजा वीरेन्द्रले मलाई दरवारमा बोलाउनुभयो । र, म सात महिनापछि दरवारको काममा फर्किए । दिनमा कम्तिमा एक पटक राजासंग भेट हुन्थ्यो । कहिले दुई पटक पनि हुन्थ्यो । हरेक पटकको भेटमा राजा सोध्नुहुन्थ्यो, बिक्रम तिमीलाई कस्तो छ ?

मैले २०५७ बैशाख १ देखि २०५९ जेठ १ गतेसम्म दरवारमा काम गरे । राजा बिरेन्द्र र राजा ज्ञानेन्द्रको सुरक्षामा खटिने अवसर पाए । म दरवारमै कार्यरत छदा दरवार हत्याकाण्ड भयो । राजा बिरेन्द्र र रानी ऐश्वर्य सहितले ज्यान गुमाए ।

दरवार हत्याकाण्डको समयमा म राजा वीरेन्द्रको अंगरक्षक थिए । राजाको सुरक्षामा खटिए पनि सुरक्षाकर्मीहरुको पनि एउटा दायरा हुन्थ्यो । हामी ढोकाभन्दा भित्र जान पाउदैनथ्यौ । हामी ढोका बाहिरै हुन्थ्यौ । र, भित्र हुने भोज तथा विशेष कार्यक्रममा पनि हामी जान पाउदैनथ्यौ । हतियार भित्र पुग्नु नपर्ने हो । त्यहाँ दरवारको सुरक्षा संयन्त्र चुक्यो । युवराज दीपेन्द्रको खोपीमा हतियार पुग्नु नै सबैभन्दा ठूलो दुर्भाग्य भयो । युवराज दीपेन्द्रको खोपीसम्म हतियार नपुगेको भए यस्तो भयानक घट्ना हुदैनथ्यो ।
आफ्नै सन्तानले त्यस्तो गर्ला भनेर कसैले परिकल्पना गर्दैन । त्यही विश्वास नै राजा वीरेन्द्र र उहाँका परिवारका लागि घातक भयो । मुलुकले उदार र प्रजा वात्सल्य राजा र सिंगो राजपरिवार गुमायो ।

युवराज दीपेन्द्रको बाहिरको छवि र भित्रको व्यवहार फरक थियो । दुई वर्ष दरवारभित्र काम गर्दा त्यो मैले महशुस गरेको थिए ।

२०४७ सालअघि राजालाई संबिधानमाथि राखिएको थियो । राजालाई विष्णुको अवतार मानिन्थ्यो । राजा वीरेन्द्र कतिसम्म उदार र जनता प्रेमी थिए कि, उहाँ संबैधानिक राजतन्त्र स्वीकार गरेर संबिधानको मातहतमा बस्न तयार हुनुभयो । यही कुराले पनि उहाँको महानता देखाउछ । उहाँ आईडियल र भलादमी राजा हुनुहुन्थ्यो । जनताको पीर, मर्का बुझ्नुहुन्थ्यो । जनतालाई दुख्दा उहाँलाई पीडा हुन्थ्यो । बाढी, पहिरो वा दैवी विपत्तिमा परी नागरिकको जिउँधनको क्षति हुदा उहाँ छटपट्निुहुन्थ्यो । जनताको चाहना बुझेर हरेक कदम चाल्नुहुन्थ्यो ।

राजा वीरेन्द्रको देहावसानपछि म केही समय राजा ज्ञानेन्द्रको सुरक्षामा खटिए । उहाँ दरवारहत्याकाण्डको दोषीका रुपमा आरोपित हुनुभयो । युवराज दीपेन्द्रमाथि कसैले शंका गरेन । दीपेन्द्रले हत्या गरेको कुरा कसैले पत्याएन । तर राजपरिवारको हत्या दीपेन्द्रबाटै भएको थियो । यो सत्य बोल्ने आँट नजिकबाट घट्ना देखेका र त्यो भयावह घट्नामा परी जोगिएका मध्ये सबैले अझै गर्न सकेका छैनन । केहीले बोले । तर कसैले पत्याएनन । बरु सत्य बोल्नेहरुलाई सबैले गाली गर्छन । तर सत्य यही हो । युवराज दीपेन्द्रले चलाएको हतियारको गोलीबाट राजा, रानी सहित १० जनाको हत्या भयो ।

राजा ज्ञानेन्द्र आफ्नै दाजुभाउजुको हत्या गरेको आरोप चुपचाप सहिरहनुभयो । सायद बंशको प्रतिष्ठाका लागि राजा ज्ञानेन्द्रले आफ्नै बुवालाई युवराज दिपेन्द्रले मारेको कुरा बाहिर ल्याउनु भएन ।

कुलको ईज्जत र प्रतिष्ठाका लागि राजा ज्ञानेन्द्रले सत्य कुरालाई दवाउनु भयो । त्यही कुरा उहाँका लागि घातक भयो ।

(२०२३ सालमा बैतडीको दशरथ चन्द नगरपालिका– ५ बस्कोटमा जन्मिएका बिक्रम चन्द झण्डै २९ वर्ष लामो प्रहरी सेवापछि यतिबेला कञ्चनपुरको भीमदत्तनगर–३ ऐठपुरमा अवकाश प्राप्त जीवन बिताईरहेका छन् । नेपाल प्रहरीमा २०४९ चैत ११ गते प्रहरी निरीक्षक भएका चन्दले २०७८ साल मंसिर ८ गते प्रहरी बरिष्ठ उपरीक्षक पदबाट अवकाश पाए । दरवारमा दुई वर्ष राजाको सुरक्षामा खटिएका चन्द दरवार हत्याकाण्डका बेला त्यही तैनाथ थिए । आजको अंकमा दरवार हत्याकाण्डसंगका उनका अनुभव र अनुभूति प्रस्तुत गरेका छौ । )

 

आगलागी हुदा धनगढी शहिद गेट छेउका तीन पसलमा क्षति

धनगढी, ७ पुस ।
आईतवार राति धनगढी उपमहानगरपालिका– ४ शहिदगेटस्थित मोवाईल ग्यालरीबाट फैलिएको आगोले तीन वटा पसलमा ठूलो क्षति भएको छ ।

आईतवार राति करीव ८ बजे समीर मोवाईल ग्यालरीबाट शुरु भएको आगलागीमा परी मोवाईल ग्यालरी पूर्ण रुपमा जलेर नष्ट भएको छ । ग्यालरीसंगै जोडिएका लवली टेलरिङ र अर्जुन आर्टसमा पनि क्षति क्षति भएको छ । लवली टेलरिङ आधा भन्दा बढि जलेको छ ।

आगलागी भएको २० मिनेटपछि धनगढी उपमहानगरपालिकाबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।
आगलागी हुदा समीर मोवाईल ग्यालरी बन्द थियो । वरीपरीका पसलहरु खुला रहेका कारण ग्यालरी भित्र आगलागी भएको स्थानीयले थाह पाए । र, दमकल बोलाए ।

समयमा दमकल नपुग्दा समीर मोवाईल ग्यालरी जलेर नष्ट भयो । र, अन्य दुई पसलमा समेत ठूलो क्षति भयो । ग्यालरीसंगै जोडिएको चक्र चन्दको घरको भित्तामा समेत आगोले क्षति भएको छ ।

यद्दपि दमकल आएपछि भने थप क्षति हुन नपाएको स्थानीय बासिन्दाले बताए । स्थानीय बासिन्दाले बन्द मोवाईल ग्यालरीमा विद्युत सर्ट भएर फैलिएको आगोले थप दुई पसलमा समेत क्षति पुगेको बताए ।

प्रहरीले आगलागी नियन्त्रणमा आईसकेको र क्षतिको विवरण लिने क्रम जारी रहेको जनाएको छ ।

महाकालीको धार परिवर्तन गर्दै गरेको भारतीय जेसिबी नियन्त्रणमा

दार्चुला । दार्चुलामा नेपाल–भारत सीमा छुट्याउने महाकाली नदी पार गरेर अनुमति बिना भारतीय जेसिबी नेपालतर्फ आएको छ । महाकाली नदी पार गरेर भारतीय जेसिबी नेपालको दार्चुला सदरमुकाम खलङ्गामा आएपछि जेसिबी मेसिन र चालकलाई स्थानीयले पक्राउ गरेका छन् ।

दार्चुलाबासीको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले नदीको धार नेपालतर्फ धकेलिने गरी आफूखुसी तटबन्ध निर्माण गरिरहेको छ । नदीको धार नेपालतर्फ फर्काउने क्रममै भारतीय जेसिबी नदी पार गरेर नेपालतर्फ आएको भन्दै स्थानीयले आइतबार स्काइभेटर मेसिन र चालक (अपरेटर) लाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

नेपालतर्फ तटबन्ध निर्माणको काममा अवरोध गर्दै आएको भारतले पारीपट्टी तटबन्ध बनाउन नेपाली सीमामै पुगेर निर्माण सामाग्री लैजाने र नदीको धार नेपालतर्फ फर्काउने काम गर्दै आएको छ । भारतीय पक्षले नेपाली प्रशासनसँग समन्वय नगरेरै नेपाली भूमिमा समेत स्काइभेटर चलाउन थालेपछि स्थानीय आक्रोशित भएका हुन् । अन्तर्राष्ट्रिय सन्धि–सम्झौता अनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाउँदैन  । तर भारतले अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिबेगर महाकालीको बहाव नेपालतर्फ फर्कने गरी विगतदेखि नै तटबन्ध बनाइरहेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

भारतीय पक्षले नेपाली सीमामा दादागिरी गर्दै आएको स्थानीय महेश भट्टले बताए । केही दिन पहिले पनि भारतीयले नेपालीहरुलाई ढुगां हानेको स्थानीयको आरोप छ । गत वर्षपनि भारतले नेपालतर्फ नदीको धार फर्किने गरी खलंगास्थित नदी किनारमा तटबन्ध निर्माणको काम गरेको थियो ।

नेपालतर्फबाट स्थानीयले पटकपटक भारतीय दादागिरीको विरोध गरेपनि सरकारी पक्षको उदासिनताका कारण भारतीय पक्षले धमाधम काम गर्दै आएको छ । हिउँदमा महाकाली नदीमा पानीको सहत घटेको मौका छोप्दै नेपालतर्फ पानीको धार फर्काएर भारतीय पक्षले पारिपट्टि नेपालको भन्दा ठूलो तटबन्ध बनाउने गरेको स्थानीय कृष्ण धामीले बताए । नेपालले यसअघि महाकाली नदी किनारको धेरै भाग छोडेर संरचना निर्माण गरेको थियो ।

ूहामीले महाकाली नदीको धेरै भाग छोडेर नेपालतर्फकै भूमिमा तटबन्ध गरेका थियौंू, स्थानीय सुन्दर धामीले भने, ूतर भारतले भने महाकाली नदीको सीमाना मिचेर तटबन्ध निर्माण गरिरहेको छ।ू २०७० सालमा बाढी आउनुअघि नेपालकै भूमि रहेको क्षेत्रमा अहिले भारतले कब्जा जमाएको उनले बताए । दार्चुलाबासीले महाकाली नदीको धारसमेत परिवर्तन गरी नेपालतर्फको खलंगा बजारलाई क्षति पुग्ने गरी भारतले तटबन्ध निर्माण गरिरहेको भन्दै सो कार्य बन्द गराउन विगतदेखि नै जिल्ला प्रशासनसँग माग गर्दै आएका छन् । आइतबार पक्राउ परेको जेसिबी चालकलाई समेत कार्वाहीको माग गरिएको छ ।

पक्राउ परेको जेसिबी मेसिन नेपालतर्फ नै रहेको र चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । नेपाली सीमाबाट पक्राउ परेका भारतीय स्काइभेटर चालकले प्रारम्भिक सोधपुछका क्रममा भूलबस (गल्तीले) जेसिबी नेपालतर्फ पुगेको बयान दिएको प्रजिअ जोशीले बताए । स्थानीयबासीले भने नेपाल सरकार र प्रशासनले भारतीय विस्तारवादी प्रवृत्तिका विरुद्ध कडा कदम चाल्नुपर्ने माग गरेका छन् ।

जेसिबी नेपालतर्फ आएर पक्राउ परेपछि घटनाबारे अनुसन्धान भइरहेको र सीमामा देखिएको समस्या समाधान गर्न छलफल भइरहेको प्रजिअ जोशीले बताए । -गारेखापत्र

हवाई आक्रमणमा परि गाजा क्षेत्रका १३ जनाको मृत्यु

काठमाडौं — इजरायली सेना (आईडीएफ) ले गाजा क्षेत्रमा आइतबार गरेको आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ । आईडीएफले उत्तरी गाजामा रहेको मुसा विन नुसइर विद्यालयमा हवाई आक्रमण गरेको हो ।

द्वन्द्वप्रभावितहरूले आश्रय लिइरहेको विद्यालयमा गरिएको आक्रमणमा कम्तीमा ८ जनाको ज्यान गएको छ । आईडीएफले उत्तरी गाजाको कामल आड्वान र अल(अवदा अस्पतालमा आक्रमण गरेको अल जजिराले जनाएको छ ।

त्यस्तै, आईडीएफले उत्तरी गाजाकै जबालिया क्षेत्रमा पनि आक्रमणमा गरेको छ । आक्रमणमा ५ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ४ जना बालबालिका छन् ।

आईडीएफले भने हमास लडाकुहरूविरुद्ध आक्रमण गरेको दाबी गरेको छ । आईडीएफले विज्ञप्ती जारी गर्दै विद्यालय परिसरमा रहेको ‘कमाण्ड एण्ड कन्ट्रोल कम्प्लेक्स’ मा लडाकुहरूविरुद्ध हवाई आक्रमण गरिएको जनाएको हो ।

हङकङबाट काठमाडौं आएको जहाजभित्र एक यात्रुको मृत्यु

काठमाडौं : हङकङबाट काठमाडौं आएको जहाज भित्रै बेहोस् भएका एक पुरूषको मृत्यु भएको छ।

शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाल वायु सेवा निगमको आरए ४१० जहाजमा सवार ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बू  जहाजभित्रै अचेत भेटिएका थिए।

जहाजभित्रै अचेत भएका उनलाई जहाज अवतरणपछि उपचारका लागि  नजिककै काठमाडौं मेडिकल कलेज पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए।

उनी कतिबेला बेहोस् भएका थिए भन्ने यकिन नभएको पनि भूलले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए।

रवि पत्नी निकिताविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं- सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलविरुद्ध पनि मुद्दा अघि बढेको छ।

पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी आरोपमा गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेसँगै पत्नी निकितालाई पनि प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दर्ता गराएको हो ।

पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको हो । उनको नाममा देखिएको अवैध सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरिएको हो । सम्पत्ति जफत प्रयोजन शीर्षकमा निकितासहित ५ जनालाई प्रतिवादी बनाइएको छ।

यस प्रयोजनका लागि निकितासहित पद्‌मा बञ्जाडे, रोचक जोशी, राधा पछाई र मीना पछाईलाई प्रतिवादी बनाइएको हो । उनीहरूको हकमा अदालतबाट कानुन बमोजिम हुने गरी मुद्दा अघि बढाइएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका अनुसार लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो ।

रवि, छविलाल जोशी र गितेन्द्रबाबु राईसहितका प्रतिवादीहरूविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबीसहित मुद्दा चलाइएको हो ।

सहकारी ठगीमै मुछिएका अन्य प्रतिवादीहरू लीला पछाई र विश्वविक्रम राईविरुद्ध नेपालमा अवैध रहेको क्रिप्टो कारोबारअन्तर्गत अर्को मुद्दा पनि चलाइएको छ ।

कास्की जिल्ला अदालतमा रवि लामिछानेविरुद्ध अभियोग पत्र पेश

पोखरा : पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृमन्त्री रवि लामिछानेविरुद्ध अदालतमा अभियोग पत्र पेश भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग पत्र पेश गरेको हो। अहिले मुद्दा दर्ताको क्रममा रहेको छ।

मुद्दा दर्ताका लागि लामिछानेलाई बिहान अदालतमा उपस्थित गराइएको थियो।

यसअघि पुस १ गते कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदन अध्ययन गरी सरकारी वकिलको कार्यालयले आज अदालतमा लामिछानेविरुद्ध अभियोग दायर गरेको हो।

सहकारीको रकम अपचलनको अभियोगमा उनीसँगै गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआई छविलाल जोशी,लीला पछाई,रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरुद्ध अभियोग दायर भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ। प्रतिवेदनमा लामिछाने,पूर्वडीआईजी जोशीलगायतसँग डेढ अर्ब रुपैयाँ बिगो असुल र सहकार ठगी,संगठित अपराध र सम्पत्ती शुद्धिकरणमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ।

लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद,संगठित अपराधमा ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धिकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने  प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

सहकारी ठगीमा सामूहिक बिगो १ करोड ६२ लाख ,व्यक्तिगत बिगो १ करोड ७५ लाख सहित सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख रुपैयाँ  बिगो कायम गर्नुपर्ने अनुसन्धान प्रतिवेदनमा छ।

सहकारी ठगीका मुख्य योजनाकार भनिएका जीवी राईलाई संगठित अपराध,सम्पत्ति शुद्धिकरण कसूरमा मुद्दा चलाइएको छ।

सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए।  सहकारी ठगी प्रकरणमा लामिछानेसहित अन्य चारजनाविरुद्ध पाँच जिल्लामा उजुरी परेको थियो।  सोही उजुरीका आधारमा लामिछानेसहित अन्य चारैजनालाई कास्की,चितवन,काठमाडौं,रुपन्देही र पर्सा पुर्‍याएर बयान लिएको थियो।

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आएको र उक्त रकम खर्च गर्ने प्रक्रियामा लामिछानेसमेतको सहभागिता देखिएको छानबिन विशेष समितिले ठहर गरेको थियो। तर,लामिछानेले देशभरका कुनै पनि सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नता नभएको दावी गर्दै आएका छन्।

गोरखा मिडिया नेटवर्कमा देशभरिका ९ वटा सहकारीको रकम अपचलन भएको समितिले निष्कर्ष निकाले थियो। प्रतिवेदनमा उल्लेख भएअनुसार गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी,चितवनको सहारा,वीरगन्जको सानोपाइलाको रकम अपचलन भएको छ। त्यस्तै इमेज,समानता, सुमेरू र आइएमईबाट पनि गोरखा मिडियामा रकम अपचलन भएको प्रतिवेदनमा उल्लेख छ।

परीक्षा रोक्न विद्यार्थीले पठाए विद्यालयमा बम धम्की

काठमाडौं । भारतको राजधानी दिल्लीका तीन विद्यालयमा बम धम्की दिने सोही विद्यालयमा अध्ययनरत विद्यार्थी रहेको पाइएको छ।

दिल्ली प्रहरीलाई उदृधत गर्दै दैनिक भास्करले दाजुबहिनीले त्यस्तो धम्की दिएको भनेको छ। सोधपुछका क्रममा उनीहरूले परीक्षा स्थगित गर्नका लागि बमको धम्की पठाएको स्वीकार गरेका छन्।

दुवैलाई सोधपुछपछि रिहा गरिएको छ। यस वर्षको मे महिनादेखि दिल्लीमा ५० वटा बम धम्की दिइएको छ, जसमा विद्यालय, अस्पताल र एयरपोर्टहरू समावेश छन्।

डिसेम्बर महिनामा ४ पटक विद्यालयलाई धम्की मिलेको थियो। यहीँ डिसेम्बर १३ मा विभिन्न विद्यालयहरूलाई बम धम्की पठाइएको थियो।

सरकारले काम गर्न नसकेको शेखर कोइरालाको ठहर

धनगढी- नेपाली काँग्रेसका नेता डा. शेखर काेइरालाले वर्तमान सरकार असफल भए देशमा अराजकता निम्तिने बताएका छन् । उनले वर्तमान सरकारलाई असफल हुने छुट नभएकाे बताए ।

आइतबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा नेता काेइरालाले भने- ‘याे सरकारलाई असफल हुने छुट छैन, कुनै पनि हालतमा अघि बढनुपर्छ । जुन म्याण्डेड अनुसार सरकार बनेकाे हाे त्यही अनुसार अघि बढनु पर्छ ।’

नेता काेइरालाले सरकारले तत्काल संविधान सुधारका लागि सबै दलसँग समन्वय र समझदारी गरेर अघि बढनु पर्ने बताए । काेइरालाले भने – ‘तर अहिलेसम्म सरकारले संविधान सुधारका बारेमा पटक्कै छलफल गरेकाे छैन, अब सबैले दवाव दिनुपर्छ ।’

वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेकाे प्रधानमन्त्री स्वयंले नै स्विकारेकाे बताउँदै नेता काेइरालाले भने – ‘याे सरकार बनेकाे ५ महिना भयाे, अब सुधार गर्दै अघि बढनुपर्छ ।’ उनले नेपाली काँग्रेस महाधिवेशनका लागि जुर्मुराएकाे बताए । पार्टी सभापति शेर बहादुर देउवासँग आफ्नाे कुनै दुरी नभएकाे उनको दाबी छ। उनले सभापति सुदूरपश्चिमकाे मात्र नभइ देशकै आदरणीय ब्यक्ति रहेकाे बताए ।

क्रोऐसियामा सुदूरपश्चिमेली नेपाली समाजले भलिबल प्रतियोगिता गर्ने

क्रोऐसिया । युरोपेली देश क्रोऐसियामा सुदूरपश्चिमेली नेपाली समाजले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाली नयाँ वर्ष र म्यारी क्रिस्मसका अवसरमा सुदूरपश्चिमेली नेपाली समाजले भलिबल प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ ।

गत वर्ष देखि संचालन गरिएको प्रतियोगितामा यस वर्ष हालसम्मकै ठूलो धनराशी पुरस्कार राखेर भलिबल प्रतियोगिता आयोजना गरिन लागेको सुदूरपश्चिमेली नेपाली समाजका कोषाअध्यक्ष चेतन बि.सीले जानकारी दिए । उनका अनुसार डिसेम्बर २६ गते (पुस ११) गते प्रतियोगिताको आयोजना गरिदै छ ।

प्रतियोगिता प्रिजवल्ज २ जरेवमा ईनडोर हुने उनले बताए । भलिबलको पुरस्कार राशी क्रोऐसियाली रुपैयाँ तीन हजार सय ३१ (नेपाली रुपैयाँ चार लाख ५३ हजार ९९५) नगदसहित ट्रफि र मेडल रहेको छ । प्रतियोगिताको द्धितिय पुरस्कार क्रोऐसियाली रुपैयाँ एक हजार ५१५ (नेपाली रुपैयाँ दुई लाख १९ हजार ६७५) नगदसहित ट्रफि र मेडल रहेको छ ।

टिम दर्ता शुल्क क्रोसियाली रुपैयाँ तीन सय (नेपाली रुपैयाँ ४३ हजार ५००) तोकिएको उनले बताए । प्रतियोगिता बिहान ७ः०० बजेदेखी संचालन गरिने सचिव साउदले बताए । प्रतियोगितामा ईयु कर्म भूमी बनाएका नेपालीहरुले टिम दर्ता गर्न सक्ने उनले जानकारी दिए ।

सुदूर पश्चिम रोयल्सको हौसला बढाउन को को नेता पुगे कीर्तिपुर मैदानमा ?

काठमाण्डौं, ७ पुस ।
जनकपुर बोल्ट्ससंग शनिवार भएको नेपाल प्रिमियर लिग(एनपीएल)को फाईनल खेलमा सुदूर पश्चिम रोयल्सको हौसला बढाउन सुदूरपश्चिका अधिकांश नेताहरु कीर्तिपुरस्थित खेल मैदान पुगे ।

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, गृह मन्त्री रमेश लेखक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, पूर्वमन्त्रीहरु एनपी साउँद, लेखराज भट्ट, प्रेम आले,  लगायतका नेताहरु सुदूर पश्चिम रोयल्सको हौसला बढाउन फाईनल खेल अबधिभरी कीर्तिपुरस्थित खेल मैदानमा रहे ।

फाईनल खेलमा सुदूर पश्चिम रोयल्सको हौसला बढाउन सुदूर पश्चिमबाट मुख्यमन्त्री कमल बहादुर शाह, पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवा लगायतका नेता तथा क्रिकेटप्रेमीहरु शुक्रवार साँझ काठमाण्डौं आएका थिए ।

कैलाली र कञ्चनपुरमा सयौ क्रिकेट प्रेमीहरु फाईनल खेल हेर्नकै लागि काठमाण्डौं आएका थिए ।

कैलाली जिल्ला क्रिकेट संघका पूर्व उपाध्यक्ष राजेश खड्का फाईनल खेल हेर्न शुक्रवार साँझ बुद्ध एयरको जहाजमा धनगढीबाट काठमाण्डौं आएका थिए । उनी खेल हेरेर शनिवार साँझ धनगढी फर्किए । उनीजस्तै खेलाडी, नेता र क्रिकेटप्रेमीहरु काठमाण्डौं आएका थिए । सुदूर पश्चिम रोयल्स फाईनल खेलमा जनकपुरसंग पराजीत भएपछि भने उनीहरु निराश भए ।

एनपीएलमा लाहिरुले बनाए रनमा कीर्तिमान

नेपाल प्रिमियर लिग (एनपीएल)मा सबैभन्दा बढी रन बनाउने खेलाडी जनकपुरका लाहिरु मिलन्था बनेका छन्।

सुदूरपश्चिमसँगको फाइल खेलमा ८७ रन जोड्दै चितवनका रवि बोपारालाई उछिन्दै कीर्तिमान आफ्नो नाममा पारेका हुन्। १० खेलमा उनले जनकपुरलाई जम्मा २९३ रन जोडेको योगदान दिए।

सबैभन्दा बढी रन जोड्ने दोस्रो खेलाडी रविले ८ खेलमा २८६ रन बताउँदा तेस्रो नम्बरमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ७ खेलमा २७९ रन बनाए।

विश्वकप खेल्ने महिला यू–१९ विश्वकपको टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध रङ्गशालामा

चितवन । मलेसियामा आगामी जनवरी १८ तारिखदेखि हुने महिला यू–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा प्रशिक्षण हुने चितवन क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले जानकारी दिए ।

यही पुस १० देखि २२ गतेसम्म बन्द प्रशिक्षण हुने प्रशिक्षणमा १८ खेलाडीसहित २३ जना सहभागी हुनेछन् । भरतपुर महानगर प्रमुख रेनु दाहालले नेपाल क्रिकेट सङ्घ (क्यान) को आग्रहअनुसार मैदान उपलब्ध गराइएको बताइन् ।

उनले सन् २०२७ मा नेपाल र बङ्गलादेशमा तय भएको महिला यू–१९ विश्वकपका खेल यही रङ्गशालामा आयोजना गर्ने गरी महानगरले तयारी गरिरहेको पनि बताइन् । यसका लागि क्यानसँग पहल भइरहेको महानगर प्रमुख दाहालले जानकारी दिइन् ।

यसअघि नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली चितवन राइनोजले पनि यही रङ्गशालामा प्रशिक्षण गरेको थियो ।

 

लुम्बिनी लायन्सले जित्यो फेयर प्लेको अवार्ड

काठमाडौं – नेपाल प्रिमियर लिगको फेयर प्लेको अवार्ड लुम्बिनी लायन्सले जितेको छ । फाइनल खेलपछि उक्त पुरस्कारको घोषणा गरिएको हो ।

खेल अवधिभर अनुशासित खेल प्रदर्शन गरेको टोलीलाई उक्त पुरस्कार दिइन्छ ।

जैब ‘प्लेयर अफ द टुर्नामेन्ट’

काठमाडौं । एनपीएल उपविजेता टोली सुदूरपश्चिम रोयल्सका सैफ जैब ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका छन् ।

जैबले अवार्डसँगै ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताभर उनले सुदूरपश्चिमका लागि २७५ रन र १२ विकेट लिएका थिए ।

दीपेन्द्रसिंह ऐरीले जिते कार

काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिगमा कार जितेका छन्।

सुदूरपश्चिम रोयल्स भने पहिलो संस्करणको नेपाल प्रिमियर लिगको उपविजेता बनेको छ ।

 

बाजुरा भूकम्प : १६ घरमा क्षति

बाजुरा ।  बाजुरामा शनिबार बिहान गएको भूकम्पका कारण १६ घरमा क्षति पुगेको छ । जगनाथ गाउँपालिका वडा नम्बर –५ को गोत्रीमा केन्द्रबिन्दु बनाएर ५।२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पबाट मानवीय क्षति नभए पनि भौतिक रुपमा भने क्षति पुगेको छ । भूकम्पबाट १६ घर चर्किएका छन् । चर्किएको घर बस्न लागयक नभएको र गत वर्ष माघ १० गतेस्वामिकार्तिक गाउँपालिकाको मेलामा केन्द्रबिन्दु भएर ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्पले चर्किएका घरमा थप क्षति रहेका छ ।

यती बेला फेरि भूकम्पले घर हल्लाएपछि घर छोडेर बाहिर आएका कारण मानवीय क्षति भने भएन । तर घर भने बस्न लायक नहुने गरेर चर्किएको जगनाथ गाउँपालिका वडा नं –५ का स्थानीय अनिराम दमाइले बताए।

उनले भने, “बिहान घरमा सुतिरहेको बेलामा भूकम्प आएको हो । त्यसले घरमा सुतेको बेला निकै हल्लाएपछि हामी तुरुन्त बाहिर आएर बस्यौं ।”

चर्काइएको जगनाथ गाउँपालिका –५ का वडा अध्यक्ष गौरी सार्कीले भूकम्पका कारण स्थानीयका घर चर्किएको जानकारी दिए । उनले भूकम्पबाट कुनै मानवीय क्षति भएको बताए।

उनले भने, “अहिले कती घर चर्किएका छन् । सबै कती घर भत्किए भन्ने कुरा एकिन भएको छैन । अहिले माथिल्लो तल्लो गोत्रीमा गएर चर्किएका घरको तथ्याङ्क लिने काम भइरहेको छ ।”

चर्किएका घरको सबै तथ्याङ्क सङ्कलन गरी सकेपछि पीडितलाई के कसरी राहत दिन सकिने त्यसको बारेमा छलफल गरिने वडा अध्यक्ष सार्कीेले बताए ।

गोत्रीमा केन्द्र बिन्दु बनाएर गएको भूकम्पले गोत्रीका अधिकांश घरमा आशिकरुपमा क्षति गरेको जुड्डी प्रहरी चौकी हल्दवार महोन भट्टले बताए ।

उनले भए, “यहाँको माथिल्लो गोत्रीका अनिराम दमाई, अबी दमाई, धर्म दमाई, गइकला दमाई सुपरा शाहीलगायतका १६ जनाका घर चर्किएका छन् ।”

भूकम्पले यहाँ भौतिक रुपमा क्षति गरेकाले कहाँ के कती घर चर्किएका हुन् । त्यसको बारेमा तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको भट्टले बताए ।

बाजुराको गोत्रीमा केन्द्र बिन्दु बनाएर फेरि भूकम्प गएको भन्ने कुरा जानकारीमा आएको छ । अहिले त्यो ठाउँ लगायत जिल्लाका विभिन्न ठाउँमा के कती क्षति गरेको भन्ने त्यसको बारेमा तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

भूकम्पले मानवीय क्षति भने नभएको जानकारीमा आएको छ । तर यहाँ रहेका केही पुराना तथा जीर्ण रहेका घरमा भने क्षति गरेको छ ।

ती घरमा पनि के कती क्षति भएको त्यसको बारेमा जिल्ला भरीको तथ्याङ्क लिने काम भइरहेको जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।

गत वर्षको वैशाख १५ गते गएको भूकम्पले गौमुल हिमाली बडिमालिका बूढीगङ्गा खप्तड छेडेदह लगायतका गाउँपालिका गत माघ १० गते गएको भूकम्पका कारण १०४ पूर्ण ५०९ आंशिक र ४६३ वटा घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सलाई

काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । लाहिरु मिलान्थाको ८७ रनको मदतमा सुदूरले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो ।

जनकपरका ओपनर लाहिरु मिलान्थाले उत्कृष्ट ब्याटिङ गरे । उनले ४९ बलमा ८७ रनको जिम्मेवारपूर्ण इनिङ खेले । उनले ९ चौका र ४ छक्का प्रहार गरे । कप्तान आसिफ शेखले ३३, मोहम्मद मोहसिनले ९, आकाश त्रिपाठीले २ र जिमी निशमले ४ रनको योगदान दिए । हर्ष थाकर २४ बलमा ३० रन र मायन यादव ३ बलमा २ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका सैफ अलि जैव, कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र स्कट कुगेलेइनले एकएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । सुदूरपश्चिमका लागि दुई ओपनरले उत्कृष्ट ब्याटिङ गरे । ओपनर सैफ अलि जैव र विनोद भण्डारीले पहिलो विकेटका लागि ११७ रनको शतकीय साझेदारी गरे । सैफ ४३ बलमा ६९ र विनोद ३१ बलमा ४१ रन बनाएर आउट भए । ब्रान्डन म्याकमुलने १४, हर्मित सिंह १४, स्कट कुगेलेइन १३, कप्तान दीपेन्द्रसिंह ऐरी ९, नरेश बुढाएर ८, इसान पाण्डे ६ र आरिफ शेख १ रनमा आउट भए नरेन साउद १ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका मोहम्मद मोहसिन र किशोर महत्तोले ३-३ विकेट लिए । जिमी निशम र ललित राजवंशीले एकएक विकेट लिएका छन् ।

खोज्नुहोस