इटालीकी पत्रकार इरानमा पक्राउ

तेहरान । इटालियन पत्रकार सेसिलिया सालालाई इरानमा पक्राउ गरिएको छ । इटालीका विदेशमन्त्री एन्टोनियो तजानीले सिसिलिया सालालाई आठ दिनअघि इरानको राजधानी तेहरानबाट हिरासतमा लिइएको जानकारी दिए ।
इटालियन पत्रिका इल फोग्लियोका अनुसार सेसिलिया सालालाई एविन जेलमा राखिएको छ । उनीमाथि लागेको आरोपबारे कतै पनि उल्लेख छैन ।
यसै महिनाको सुरुमा पत्रकार भिसा पाएर इरान पुगेकी सेसिलिया सालाले ‘पितृसत्ताबारे कुराकानी’ शीर्षकको पोडकास्ट एपिसोड अपलोड गरेकी थिइन्। रिपोर्टका अनुसार इटालियन कूटनीतिज्ञहरूले उनलाई जेलमा भेटेका छन् र उनको रिहाइ सुनिश्चित गर्ने प्रयास गरिरहेका छन्।